दाङमा बाहिरी जिल्लाबाट ७० प्रतिशत माछा भित्रिने गरेको छ । उत्पादन भएको अनुपातमा माछाको माग बढि भएपछि ७० प्रतिशतसम्म दाङमा माछा आयात गर्ने गरिएको जिल्ला कृषि विकास कार्यालय दाङका मत्स्य विकास अधिकृत विष्णु खनालले जानकारी दिएका छन् ।दाङमा बर्दिया, बाँके रुपन्देही र भारतबाट माछा आयात हुने गरेको छ । जिल्लामा अहिले विभिन्न स्थानमा गरि बार्षिक रुपमा ५ सय ५० मेट्रिक टन माछा उत्पादन भइरहेको कार्यालयले जनाएको छ । दाङमा २० देखि ३० प्रतिशत मात्रै माग पुरा हुने गरेको छ ।
माछापालनमा कृषकको आकर्षण
यसैबिच माछाको माग बढेपछि व्यवसायिक माछापालनतर्फ कृषकहरुको आकर्षण बढ्दै गइरहेको छ । कार्यालयका अनुसार अहिले एक सय ४५ हेक्टर क्षेत्रफलमा माछा पालन भइरहेको छ । जो गत वर्षको तुलनामा २५ हेक्टर क्षेत्रफल बढि हो । अन्य खेतिबालीको तुलनामा माछापालनबाट राम्रो उत्पादन हुने हुदाँ पनि यसप्रति कृषकहरुको आकर्षण बढेको अधिकृत खनालले जानकारी दिए । व्यवसायिक रुपमा माछापालन गर्ने कृषकको संख्या ५ सय ४० पुगेको छ ।
विदेशिनुभन्दा स्वदेशमै केहि गर्ने उद्देश्यले डेढ बर्षदेखि टरिगाउँ–५ मा माछा पालन व्यवसाय सुरु गरेका कृषक पदम केसीले घरमै जहान, परिवार सँगसँगै बसेर काम गर्दा रमाइलो पनि हुने र कमाइ पनि हुने भएकाले यो पेशामा सन्तुष्ट रहेको बताए ।
छिमेकीहरुले विदेश गएर कति कमईसके, त पनि विदेश जा भनेर घरमा आमा–बुबाले साहुऋण गरेर ल्याइदिएको एक लाख रुपैयाँले व्यवसाय सुरु गरेको केसी बताउँछन् । पैसा खेर गयो भने तेरो बटा कट्टी हुने गरि तलाईं घरबाट अलग गराउने भन्थे तर, एक बर्षमा राम्रो कमाइ भएपछि अहिले त सबै जना खुशी हुनुहुन्छ उनले भने । एक बर्षको अबधिमा खर्च उठाएर ५० हजार आम्दानी गरेको उनको भनाई छ ।
‘बजारको सम्भावना पनि राम्रो छ र अन्य कृषि व्यावसायभन्दा यो पेशा सजिलो पनि छ, जसले गर्दा सजिलै गरि जीविकोपार्जन चलिरहेको छ ” केसीले भने । बाँकेको शमसेरगंजबाट माछाका भुराहरु ल्याएर दाङका किसानहरुले माछा पालन गरिरहेका छन् । जसमा ग्रास जातका माछाहरु जस्तै रहु, कमन ग्रास, नैनि ग्रास, बैखा लगायतका छन् ।
कार्यालयद्वारा सहयोग
यद्यपि माछापालनलाई व्यावसायीक रुपमा विकास गर्नका लागि कृषि विकास कार्यालय दाङले किसानहरुको सहयोगका लागि दुई किसिमका कार्यक्रमहरु पनि ल्याएको छ । जसअन्र्तगत १४ लाख बराबरको केन्द्रिय कार्यक्रम मिसन फिस र करिब ७ लाख बराबरको कृषिप्रसार कार्यक्रम रहेको छ ।
त्यसैगरि कार्यालयले व्यावसायीक रुपमा माछापालन गर्न चाहने किसानहरुका लागी भुरा ढुवानी अनुदान, पोखरी बिस्तारका लागि १ हेक्टर जलासय क्षेत्रफल बराबर एक लाख अनुदान, माछापालनका लागी विभिन्न तालिमहरुको व्यवस्था गरेको जनाएको छ ।
साभारः रातोपाटी


0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !