Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » पशुहरूको लागि केही घरेलु उपचारहरू

पशुहरूको लागि केही घरेलु उपचारहरू


१. अरुची 
क) १० ग्राम नून र १० ग्राम ज्वानो सँगै पिँध्ने र यसमा २० ग्राम खुदो मिसाएर पशुलाई दिनहुँ दुई पटक २–३ दिनसम्म खुवाउने 
ख) एक चौथाई लिटर मही दिनको दुई पटक २ दिनसम्म खुवाउने 
ग) ५०० मि. लि. इमिलीको रसमा १० ग्राम सुकेको हर्रो फूलको धुलो मिसाई बनाएको झोल २०० मि. लि. दिनको एक पटक केही दिनसम्म खुवाउने । 
घ) आहारामा परिवर्तन गर्ने ।

२. ज्वरो आएमा 
क) १०० ग्राम खुदोमा १० ग्राम चिराइतो मिसाई बाक्लो लेदो बनाई पशुको जिब्रो तथा मुखको माथिल्लो भागमा दिनहुँ दुई पटक लगाउने 
ख) एक मुठ्ठी हरियो नीमको पातलाई १ लिटर पानीमा १५ मिनेटसम्म उमाली दिनको २ पटक गरेर खुवाउने 
ग) एक मुठ्ठी इमलीको पात र २५० ग्राम इमली फल आधा बाल्टी पानीमा १५ मिनेटसम्म उमाल्ने र पानीको सट्टामा खान दिने ।

३. रुघाखोकी 
क) दुई मुठ्ठी हरियो इमलीको पातलाई १ लिटर पानीमा ५ मिनेटसम्म उमाल्ने र २०० मि.लि.को दरले दिनको ३ पटक ३ दिनसम्म खान दिने 
ख) ५ ग्राम सुकेको बेसारको टुक्रालाई धुलो पारी त्यसमा थोरै मात्रामा सख्खर मिसाई लेदो पारी दिनको १ पटक केही दिनसम्म दिने 
ग) फलेदोको ५०० ग्राम हरियो पातलाई पिनेर ३००–४०० मि.लि. पानीमा मिसाएर आधा आधा गरी बिहान, बेलुका गरेर ३ दिनसम्म दिने 
घ) ५–१० ग्राम सुकेको तुलसीको पातलाई धुलो पारी अलिकति सख्खरमा मिसाई लेदो पारी दिनको २–३ पटक ३ दिनसम्म खान दिने

४. पखाला लागेमा 
क) १ लिटर पानीमा १ चिया चम्चा नून र ४ चिया चम्चा चिनी घोलेर तयार पारेको झोल दिनको ३–४ पटक खुवाउने
ख) चामलको माडमा १ ग्राम अदुवाको धुलो मिसाएर बिरामी पशुलाई दिनको २ पटक खुवाउने 
ग) एक मुठ्ठी चियापत्तीलाई १ लिटर पानीमा उमाल्ने, यसलाई छानेर यसमा आधा मुठ्ठी अदुवाको धुलो हाल्ने र यो दिनको ३–४ पटक गरेर बिरामी पशुलाई खुवाउने

५. पेट फुलेमा 
क) १०० मि.लि. जति तोरीको तेल एकै पटकमा खुवाइदिने 
ख) एक चम्चा लुगा धुने पाउडरलाई २०० मि.लि. जति पानीमा घोलेर खुवाइदिने । यसमा खाने सोडा पनि प्रयोग गर्न सकिन्छ 
ग) सामान्य किसिमबाट हावा भरिएको छ भने दुई वटा केराको पात टुक्रा पारेर दिनहुँ २–३ पटक २ दिनसम्म खुवाउने 
घ) पेट साह्रै फुलेको छ भने सफा धारिलो चक्कुले पशुको बाँयापट्टिको भूँडिमा दुलो पारेर सो ठाउँमा कुनै नली राखिदिने ।

६. कब्जियत भएमा 
क) पशुले खान सकेजति केराको पात खान दिने । 
ख) ५० देखि १०० ग्राम घिउकुमारीको पातलाई पिनेर २–३ दिनसम्म खुवाउने । 
ग) यथेष्ट मात्रामा पानी खान दिने । 
घ) तरल पाराफिन, का“चो आलसको तेल दिनहु“ एकपटक १०० मिलि जति १–२ दिनसम्म खुवाउने ।

७. विष खाएमा 
क) विष खाएको पशुलाई १ लिटर दूध खुवाई दिने । 
ख) १०० ग्राम म्याग्नेसियम सल्फेट ५०० मिलि पानीमा मिसाई खुवाउने । 
ग) विष खाएको पशुलाई १ लिटर पाराफिनको तेल वा का“चो आलसको तेल वा कुनै प्राकृतिक वनस्पति तेल खुवाइ दिने । 
घ) २०० ग्राम काठको खरानीको धुलोलाई ८०० मिलि पानीमा मिसाई विष खाएको पुशलाई खुवाउने ।
ङ) ४ वटा फुल, २५० ग्राम सख्खर र १०० ग्राम बेसारलाई १०० मिलि पानीमा मिसाइ तुरुन्तै खुवाउने ।

८. आन्तरिक परजीवी 
क) लज्जावती झारको सुकेको पात एक भाग र दुई भाग पानी मिसाएर ४० मिलि जति खुवाउने । २–३ हप्तापछि फेरि दोहो¥याउने । 
ख) ५० मिलि पानी र अलिकति नून राखी त्यसमा एउटा किम्बुको छिप्पिएको फल राखी कुट्ने र हप्ताको १ पटक ३ हप्तासम्म खुवाइराख्ने । 
ग) घाममा सुकाएको छिप्पिएको मेवाका बीऊहरू धूलो पारी अलिकति पानीमा मिसाउने र १०० ग्राम जति ६ दिनसम्म दिनहु“ १ पटक खुवाउने । 

९. किर्ना परेमा 
क) २०० ग्राम नून ४ लिटर पानीमा घोलेर यसै झोलले नहाइदिने । 
ख) ५० मिलि नरिवलको तेल १०० ग्राम गन्धक र ५० ग्राम अदुवा मिसाई तताएर चिसो पार्ने र पशुको जीउभरि लगाइदिने । 
ग) ३०० ग्राम सुकेको सूर्तीको पातलाई १ लिटर पानीमा भिजाउने र १ चम्चा हालेर यसलाई ३ घण्टासम्म यथावत राख्ने । ३ घण्टापछि यो झोल पशुको जीउभरि लगाउने ।

१०. लुतो भएमा 
क) गन्धक धूलोमा अलिकति तेल मिसाई त्यसको लेदो लुतो भएको ठाउ“मा लगाउने । 
ख) एक मुठ्ठी सुकेको बकाइनोको छिप्पिएको बीउलाई पिनेर त्यसमा अलिकति पानी मिसाई लेदो बनाएर लुतो भएको ठाउ“मा लगाई दिने ।

११. खोरेत 
क) खोरेत लागेका पशुहरूलाई शुरुको अवस्थामा १२ वटा केरा खुवाउने र १ के.जी. मेथीको पात खान दिने 
ख) फिटकिरीले मुख वरिपरिको घाउ सफा गन

१२. खुर कुहिने 
क) पशु आउने जाने बाटोमा एक खाडल खनी २÷३ लिटर मट्टितेल खाडलमा हाल्ने 
ख) २–३ मुठ्ठी निलोतुथो १ बाल्टी पानीमा घोल्ने र खाडलमा हाल्ने 
ग) ३–५ के.जी. हरियो नीमको पातलाई राम्ररी पिनेर खाडलमा हाल्ने 
घ) दिनको २–३ पटक पशुलाई त्यसमा हिँडाउने ।
साभारः कृषि डायरी, कृषि सूचना तथा सञ्चार केन्द्र

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !