घोषणापत्रको केहि मुख्य बुँदाहरु यस बमोजिम छन् :
- घूसको भत्ता व्यवस्था त्रिपक्षीय वार्ताबाट मिलाइनेछ ।
- देशमा वन मासिँदै गएकाले हरियो देख्न नपाइने गुनासोलाई सरल उपायबाट जनतालाई राहत दिन हरियो चस्मा वितरण गरिनेछ ।
- देशमा शान्ति भएन र असफल भयौँ भन्नेहरूका लागि अति उत्तम उपाय अपनाइनेछ । जो शान्ति माग्न आउँछ उसलाई श्रीमतीको नाम फेरेर शान्ति राखि शान्तिसँग बस्न बाध्य पारिनेछ।
- मान्छे मर्नेभन्दा मार्ने बढेकाले मलामी मन्त्री नियुक्त गरिने छ । सम्पुर्ण घोषणापत्र पढ्न भित्र आउनुहोस्
-डा.रामकुमार पाँडे-
मन्त्रालयको व्यापक हेरफेर गरेर द्वन्द्व, बन्द र गन्ध त्रि-मन्त्रालय खडा गरी यसलाई अझ अघि बढाउने र एकआपसमा लडाउने महामन्त्रि नियक्त गरिने छ । द्वन्द मन्त्रालयको कार्यक्षेत्र जोइपोइको झगडादेखि दलले फलमा बल गर्ने भागबण्डामा डण्डा चलाउने अधिकार दिइने छ । मेरो गोरूको बाह्रै टक्का एवं झुट बोल्ने छुटका अतिरिक्त लूट खुलेआम गर्ने व्यवस्था मिलाइने छ ।
बन्द मन्त्रीले बाटोबन्द, नेपाल बन्ददेखि ढोका बन्द र नियोजनका बन्ध्याकरणको जिम्मा दिँदै चित्त नबुझेमा आँखाबन्द गर्ने तर मुख बन्द नगर्ने निर्णय गरिने छ । बन्ध व्यापार एवं कमिशन नआउने काम बन्द र आफूलाई नोक्सान पर्ने परिबन्दमा बन्दोबस्ता मिलाउनु एकमतले सहमत गर्ने निर्णय गरिने छ ।
गन्ध मन्त्रालयले काठमाडौँको बिग्रेको वायु देखि अपचले छोडिने अमानवायु जम्मा गरी कुमन्त्रीहरूको ग्याँस आपूर्ति हुनेछ । गन्ध बन्द भएमा नगरका वासिन्दा बाँच्न नसक्ने भएकाले जतिसक्दो फोहर थुपार्ने काम सम्बद्ध मन्त्रालयलाई प्रदान गरिने छ । बुद्धिजीवीहरूको दिमागमा गोवर भरिँदै गएकामा खुशी प्रकट गर्दै यसलाई मलका रूपमा प्रयोग गरी दुनियाँलाई दङ्गदास पारिनेछ । दिमागमा गोबर भरिँदै गएका सांसद, मन्त्रीदेखि नेताहरूको टाउका माथि थप जीवजन्तुको लिदी हालेर लिदिनै बढाउने प्रविधिबाट देशमा हाइसन्चो हुने हुँदा कुकुर, मुसा, गधा, भालु आदिको सङ्ख्या बढाउन बल गरिनेछ ।
अब उप्रान्त प्रशासनलाई बलियो बनाउन एउटा सचिवबाट काम नचल्ने देखिँदा अनुकूल र प्रतिकुल दुई दुईजना सचिव, निर्देशकदेखि हेडमास्टर र ढोल पिट्ने बेन मास्टर खटाइने र काम पटाइने काम हुनेछ । एउटाले भन्या नटेरे अर्कालाई गर्न बाध्य पारिनेछ । घूसको भत्ता व्यवस्था त्रिपक्षीय वार्ताबाट मिलाइनेछ । डबल नियुक्ति पाउनेले नियुक्ति पत्र पाउनेबित्तिकै कार्यालयको कुर्सीमा दौडेर पहिला पुग्नेलाई कुर्सीमा पदस्थापन गरिनेछ ।
देशमा वन मासिँदै गएकाले हरियो देख्न नपाइने गुनासोलाई सरल उपायबाट जनतालाई राहत दिन हरियो चस्मा वितरण गरिनेछ । यसको प्राथमिकता सम्बद्ध जिम्मेवार संस्थालाई अग्राधिकार प्राप्त हुनेछ ।
देशमा शान्ति भएन र असफल भयौँ भन्नेहरूका लागि अति उत्तम उपाय अपनाइनेछ । जो शान्ति माग्न आउँछ उसलाई श्रीमतीको नाम फेरेर शान्ति राखि शान्तिसँग बस्न बाध्य पारिनेछ । अविवाहितलाई शान्तिका लागि एकान्तमा बस्न, उठ्न सुत्न सुरक्षा प्रदान गरी स्वतन्त्र रूपमा लठ्याउने औषधि प्रयोगमा पनि छुट हुनेछ । बाँकीलाई शान्तिवाटिका स्वरूप सार्वजनिक स्थलमै खुला विचरण आचरण गराइनेछ । शान्ति सुरक्षाको जिम्मा चोरलाई साँचो सुम्पने नीति अख्तियार गरी जेल परेका र पर्ने आचरण गरेकालाई बाहिर छोडिनेछ । शान्ति सुरक्षामा लागेकालाई चोरको जिम्मेवारी सुम्पिइनेछ । दल दलका बुद्धिजीवीले आफ्नो बुद्धि प्रयोग गर्न नसकेको असक्त अवस्था सुधारका लागि बेवकूफलभन्दा दलदलले नै हण्डी स्वरूप बाँड्न बाध्य पारिनेछ । यसरी ख्वाइने र पाइने हण्डी नेतादेखि कार्यकर्तासम्म आयकर लाग्नेछैन । बरू कर आय हुनेछ ।
सबै सफललाई असफल र असफललाई सफल पार्न मन्त्री र मन्त्रालय हेरफेर र फेरहेर गरिनेछ । विद्युत्मा विरोध बढेकाले ‘लोडसेडिङ मन्त्री नियुक्ति गरिनेछ । पानी खुवाउन नसक्ने पानीमरूवा जलमन्त्रीलाई मलस्रोत मन्त्री बनाइने छ । मान्छे मर्नेभन्दा मार्ने बढेकाले मलामी मन्त्री नियुक्त गरिने छ । देशमा सजिलो आम्दानीको स्रोत विचार गरी लूटपाटलाई सङ्गठित रूप दिनुका अतिरिक्त सुरक्षा निकायबाटै चोरलाई सुरक्षा दिने व्यवस्था सुरू गरिने छ । सबै व्यापार फेल भएकाले बढी आम्दानी भित्र्याउने लागू औषध व्यापारमा प्रोत्साहन गर्न सबै सम्बद्ध मन्त्रीले लागू औषधि खाएको अभिनय गर्न सिकाइनेछ । बेकारी बढेकाले त्यसलाई रोजगारी स्वरूप राजनीतिक नियुक्ति पाउने टिके हाकिम, प्राज्ञ, कवि, कलाकार सबैलाई विभेद विना आ-आफ्नो क्षत्रेमा भ्यासेक्टोमी कार्य गर्न खटाइनेछ । नगद दिने सम्भावना भएमा बडेमानको सम्मान भिडाइने छ । दलका नेताहरूमा कुकुरको स्वभाव देखिएकाले रेविज कन्ट्रोलका लागि पशु चिकित्सालय बढाउने निर्णय जनतालाई सुम्पनु पर्ने र प्रधानमन्त्री चुन्न कठिन परेकाले उपाय पत्ता लगाउनेलाई नै प्रधानमन्त्रीको कुर्सी हस्तान्तरण पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !