Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Popular Posts

अब मोबाइल एपबाटै ट्याक्सी बुकिङ सेवा



चाहिएकै समयमा आफ्नो एरियामा ट्याक्सी नपाउने समस्या सामान्यजस्तै भइसकेको छ । झन मिटरमा जानै नमान्ने र बढी भाडा असुल्ने प्रवृत्तिबाट यात्रुहरु दिक्क छन् । तर, अब भने तपाईले आफूलाई ट्याक्सी चाहिएकै बेला अनलाइन स्मार्ट एपमार्फत बुकिङ गर्न सक्नुहुने छ ।

नेपालमा अहिले ‘अन्भर स्मार्ट ट्याक्सी’ मोबाइल एप प्रचलनमा आएको छ । यसबाट जोसुकैले ट्याक्सीलाई आफू भएको स्थानमा बोलाउन सक्छन् । यी ट्याक्सीले अरुले जस्तो किच-किच गर्ने छैनन् र मिटरकै आधारमा उठेको रकम लिनेछन् ।

एपमार्फत सेवा दिन २ सय वटा स्वरोजगार ट्याक्सी चालक अन्भरमा दर्ता भएका छन् । यी ट्याक्सीले एपमार्फत आएको अनुरोधअनुसार तपाईंलाई सेवा दिनेछन् । अन्भरमा संस्थापक ओम खड्काका अनुसार यसमार्फत सेवा दिने ट्याक्सीहरुलाई जीपीएस ट्रयाकिङ गरिएको छ ।
उनीहरुले सेवा दिइरहेको समयमा त्यसलाई ‘अन’ राख्छन् । एपमार्फत यात्रुले अनुरोध गरेपछि उनीहरु म्यापका आधारमा सेवाका यात्रु भएकै स्थानमा पुग्छन् ।

कसरी प्रयोग गर्ने ?

यो एप डाउनलोड गरेपछि यसमा यात्रुले एकपटक मोबाइल नम्बर, इमेल र पासवर्ड राखेर रजिष्टर गर्नुपर्छ । त्यसपछि आफूलाई ट्याक्सी चाहिएका बेला आफ्नो स्मार्टफोनबाट एप खोल्नुपर्छ ।

एप खुल्नासाथ आफू रहेको स्थान देखाउँछ । र, ट्याक्सीमार्फत आफू कुन गन्तब्यमा पुग्ने हो, त्यसमा क्लीक गर्नुपर्छ । आफू जाने गन्तव्यलाई अक्षरमा टाइप गर्ने सुविधा पनि छ । त्यसपछि अन्भर एपले त्यो गन्तब्यमा पुग्ने सबैभन्दा छोटो रुट जानकारी दिन्छ ।

त्यसपछि सँगै देखिने ‘फाइण्ड ट्याक्सी’ अप्सनमा क्लिक गर्नुपर्छ । यसमा क्लिक गरेपछि तपाईं रहेको क्षेत्र वरपर अन्भरको सेवा दिने गरी दर्ता भएका ट्याक्सी देखाउँछ । ट्याक्सी आफू बसेको क्षेत्रबाट कति परको दूरीमा छ भन्ने पनि एपमै देखिन्छ ।

सबैभन्दा नजिक देखिएको ट्याक्सीलाई तपाईंले सेवाका लागि अनुरोध गर्न सक्नुहुन्छ । तपाईंले आफ्ना केही कुरा भए ट्याक्सी चालकलाई एपमार्फत नै म्यासेज गर्न सक्नुहुन्छ ।

ट्याक्सीले तपाईंको ‘रिक्वेष्ट’ स्वीकारेपछि तपाईं सेवाको लिनका लागि तयार बन्न सक्नुहुन्छ ।



नेपालीभन्दा विदेशी यात्रुको आकर्षण

अन्भरका संस्थापक खड्का अनुसार यो यो प्रविधिबाट ट्याक्सी बुकिङ सुरु भएको ४ महिना बितेको छ । तर, यसमा नेपाली यात्रुको भन्दा विदेशबाट आएका पर्यटकको बढी चासो देखिएको छ ।

विदेशमा यस्तो प्रविधि निकै प्रचलनमा छ । धेरै ट्याक्सी कम्पनीहरुले आफ्नै ट्याक्सीलाई यो सिस्टमबाट चलाउँछन् । तर, नेपालमा भने यो प्रविधि बिल्कुलै नयाँ रुपमा आएको छ ।

सेवा विस्तार हुँदै

धेरैजसो स्वरोजगार ट्याक्सी चालकहरुले यसलाई बुझेका पनि छैनन् । त्यसैले अन्भरलाई यसबारे बुझाउनै समस्या परेको छ । यात्रुमा पनि यसप्रति विश्वास जागिसकेको छैन । ‘नेपाली यात्रुभन्दा बढी विदेशी पाहुनाले अन्भरको प्रयोग गरिरहेका छन् । उनीहरु गुगलमा खोजेर पनि यो एप डाउनलोड गरिरहेका छन् र एपमार्फत ट्याक्सी सेवाको बुकिङ गरिरहेका छन्’ खड्का भन्छन् ।

अन्भरमा अब झण्डै थप ४ सय ट्याक्सी जोडिने प्रक्रियामा आइसकेका छन् । २ सय मात्रै ट्याक्सी यसमा आएकाले सेवा विस्तारै प्रभावकारी हुँदै जाने अन्भरको विश्वास छ ।

‘हाम्रो आफ्नै ट्याक्सी नभएकाले चालकले आफूलाई पायक पर्दा मात्रै जीपीएस अन गर्छ । नेपालमा सकेसम्म चालकहरुले अनलाइन बुकिङ लिन चाहेको देखिँदैन’ खड्काले भने,’अब विस्तारै यो प्रविधिमा नगई सुख छैन ।’
साभार : अनलाइनखबर

‘जडीबुटीयुक्त दानाले कुखुराको तौल वृद्धि’



पर्सा– स्वदेशमै उत्पादित जडीबुटी ‘लेमन ग्रास तेल’ मिसिएको दाना खुवाए कुखुराको तौल छिट्टै बढाउन सकिने तथ्य पत्ता लागेको छ । पशु आहार महाशाखाले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा गरकोे ६ साता लामो अनुसन्धानले यस्तो परिणाम देखाएको हो। महाशाखाका वरिष्ठ वैज्ञानिक डा. मेघराज तिवारी नेतृत्वको टोलीले ‘कब ५ सय’ जातको ब्रोइलर कुखुरामा अनुसन्धान गरकोे हो।

नेपालमा कुखुरापालक किसानले हाल सबैभन्दा बढी पाल्ने यो जातको कुखुरालाई अनुसन्धानको क्रममा दानामा लेमन ग्रास तेल मिसाइएको थियो। सामान्य दानाभन्दा यो खाएका कुखुराको ४२ औं दिनसम्ममा अत्यधिक बढी तौल भएको उनले बताए । ‘सामान्य अवस्थामा ४२ दिनसम्ममा ब्रोइलर कुखुराको तौल २ देखि अढाइ कलोसम्म हुन्छ, डा तिवारीले भने, ‘तर, लेमन ग्रास तेल मिसिएको दाना खाएका कुखुराको तौल अढाइदेखि ३ किलो ९ सय ग्रामसम्म पुग्ने गरकोे अनुसन्धानबाट देखियो।’



अनुसन्धानमा १ सय किलो दानामा २ सय मिलिलिटर, ४ सय र ६ सय गरी ३ खाले दाना बनाएर कुखुरालाई खुवाइएको थियो। त्यसमध्ये सबैभन्दा बढी ६ सय मिलिलिटर लेमनग्रास तेल मिसिएको दाना खाएका कुखुराको तौल बढी भएको पाइएको छ । किसानले यसरी पाल्ने कुखुरालाई १ महिनामै २ देखि अढाइ किलोसम्म वजन हुने भएकाले किसानको पालन लागत हालको भन्दा ३० प्रतिशतले कम हुने उनले बताए । यस्तो दाना खाएका कुखुरामा बोसोको मात्रा कम, खदिलो र रसादार मासु बढी भएको पाइएको छ । ‘यी कुखुराको मासु चाख्ने जो कोहीले पनि सामान्य ब्रोइलर कुखुराभन्दा मिठो स्वाद रहेको प्रतिक्रिया दिएका छन्,’ उनल भने, ‘अब यो प्रविधि किसानलाई हस्तान्तरण गर्ने तयारीमा हामी लागेका छौं ।’


अनुसन्धान टोलीका सदस्य एवं क्षेत्रीय कृषि अनुसन्धान केन्द्र कुखुरा अनुसन्धान एकाइका प्रमुख डा अजित झाले लेमन ग्रास स्वदेशमै उत्पादन हुने र किसानले यसलाई सहजै खरिद गर्न सक्ने बताए । यो तेल जडीबुटी प्रशोधन केन्द्रले उत्पादन गर्छ । प्रतिलिटर ४ हजार रुपैया पर्ने यो तेल किसानलाई केही महगो पर्न गए पनि यो विधिबाट कुखुरा पाल्दा अन्य एन्टिबायोटिक र औषधिहरू कुखुरालाई दिनु नपर्ने भएकाले लागत सस्तो पर्न जान्छ । ‘हामी थप अनुसन्धान गरी दानामा लेमन ग्रास तेलको मात्रा घटाउने प्रयासमा लागेका छौं,’ उनले भने, ‘एन्टिबायोटिक तथा अन्य औषधि नखाएको तथा स्वस्थ्य दाना खाएका कुखुराको मासु सेवन गर्ने उपभोक्ताले स्वस्थ्य र अग्र्यानिक स्वाद पाउने हाम्रो ठहर हो।’
साभार: कान्तिपुर 

निःशुल्क फिल्म डाउनलोड गर्न यो हो उत्कृष्ट साइट, मात्र एक क्लिकमा

धेरैजसो मानिस आफ्नो फुर्सदको समयमा फिल्म हेर्न रुचाउँछन् । यद्यपी, धेरैजसो अवस्थामा फिल्मको क्वालिटी राम्रो नभएकाले फिल्म हेर्दा मजा आउँदैन । हुन त धेरैजसो वेबसाइट यस्ता पनि हुन्छन् जहाँ एचडी क्वालिटीमा अनलाइन फिल्म हेर्न सकिन्छ तर बफरिङ हुँदा यहाँ पनि मजा नआउनसक्छ । यस्तोमा आज हामी तपाईंलाई यस्तो वेबसाइटबारे जानकारी दिँदै छौं जहाँ एक क्लिकले मात्र पनि एचडी मुभी डाउनलोड गर्न सकिन्छ ।

बलिउड फिल्मको भण्डारः




यो साइटमा फिल्मका थुप्रै क्याटगोरी दिइएको हुन्छ ता कि प्रयोगकर्ताले आफूले मनपराएको फिल्म छान्न सकून् । जस्तै बलिउड फिल्मका लागि इन्डिया मुभी नामको क्याटगोरी छ । योभित्र वर्षैपिच्छे सब–क्याटगोरी छ । अर्थात् तपाईं वर्षको हिसाबले कुनै पनि फिल्म निकै सजिलै खोज्न सक्नुहुन्छ ।


चर्चित फिल्मका विशेष क्याटगोरीः


बलिउडका साथै यहाँ सबैभन्दा चर्चित फिल्मको क्याटगोरी २५० टप मुभी पनि दिइएको छ । यो क्याटगोरीमा प्रयोगकर्ताले भिजिट र डाउनलोडको हिसाबले मूभी स्तवः यो क्याटगोरीमा आउँछ । यो क्याटगोरीमा २५० वटा फिल्म छन् । सबै फिल्म अल्फाबेटको हिसाबले आउँछन् ।


हलिउडको हज्जारौं फिल्मः


जुन प्रयोगकर्ता हलिउड फिल्म हेर्न चाहन्छन् उनका लागि यहाँ फिल्मको निकै ठूलो भण्डार रहेको छ । यी प्रयोगकर्ताका लागि विशेष आर्काइभ नामको क्याटगोरी बनाइएको छ । जसमा सन् १९०० देखि २०१६ सम्मका फिल्म दिइएको छ । अर्थात् यहाँ हज्जारौं फिल्म छन् ।


डुअल अडियोको क्याटगोरीः


अन्य क्याटगोरीमा कलेक्सन, डबल फार्सी र पर्सियन मुभी संलग्न छन् । सबै क्याटगोरी वर्षका अनुसार राखिएका छन् । अर्थात्, यहाँ अनलिमिटेड फिल्म छन् । डबल फार्सीमा सबै फिल्म डुअल अडियोमा दिइएको छ । अर्थात्, प्रयोगकर्ताले एउटै फिल्मलाई हिन्दी वा अंग्रेजी साउन्डसँगै हेर्न सक्छन् ।


सिररियलको क्याटगोरीः


फिल्मका साथै यहाँ अदर, पर्सियन सिरिज, सिरिज, आइकोन्स, आइएमजी र मिलाड नामको क्याटगोरी पनि छ । सिरिज क्याटगोरीमा हलिउड सिरियलको पूर्ण सिरिज दिइएको छ । अर्थात्, प्रयोगकर्ताले आफूलाई मनपरेको सिरिज यहाँबाट पूर्ण डाउनलोड गर्न सक्छन् ।


मोबाइल फ्रेन्डली वेबसाइटः



यो वेबसाइटको नाम sv1.bia2dl.xyz हो जुन कुनै पनि ब्राउजरमा सजिलै खुल्ने गर्दछ । स्मार्टफोनमा यो मोबाइल फर्मेटमा ओपन हुन्छ । अर्थात्, प्रयोगकर्ता यसलाई डेस्कटप र मोबाइल दुबैमा निकै सजिलै चलाउन सक्छन् ।


लिंकको लागि यहाँ क्लिक गर्नुहोस् 

लाइसेन्स लिखित परीक्षाको तयारी अब मोबाइल एपबाटै



सवारी चालक अनुमतिपत्र पास गर्नको लागि लिखित परीक्षा पास गर्न किताब किनेर पढ्ने सोचमा हुनुहुन्छ भने एकपटक सोच्नुहोस।

यदि तपाईसँग एन्ड्रोइड स्मार्ट फोन छ भने तपाईले किताब होइन एउटा एप्लीकेशन डाउनालोड गरेपुग्छ। हो नेपाली एप डेप्लभमेन्ट कम्पनी माकुरा क्रियशनले त्यस्तै एप ल्याएको छ, जसले तपाईलाई लाइसेन्सको सैद्धान्तिक ज्ञानको बारेमा जानकारी दिनेछ।

नेपाल ड्राइभिङ लाइसेन्स नामको उक्त एपमा दुई÷चार पांग्रे सवारी चालक अनुमतिपत्रको लागि आवस्यक सम्पूर्ण सामग्रीहरु समेटिएको निर्माता चन्दन गुप्ताले जानकारी दिए।

त्यस्तै सरकारी नियम परिवर्तन हुनेवित्तिकै तत्काल एपमा त्यसको अपडेट राखिने भएकोले एप अपडेट गरे पुग्ने बताइएको छ।

एपमा परीक्षामा सोधिने सम्पूर्ण जानकारीहरु राखिएको र ट्राफिक सिग्नल,नियम तथा सबै रोड सेफ्टीका उपायहरु सामावेस गरिएको निर्माताहरुले जानकारी दिएका छन्।

तत्कालको लागि सैद्धान्तिक परीक्षको बारेमा मात्र केन्द्रित एप्लीकेशनमा आगमी भर्सनबाट अनलाई फर्म भर्ने सुविधा पनि उपलब्ध गराइने गुप्ताले जानकारी दिए।

एप डाउनलोड गर्नको लागि यहाँ जानुहोस 

‘होल बडी चेक’ गर्दा कुन अस्पतालको शुल्क कति?

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ। शरीरका विभिन्न अंगहरुले सही रुपमा काम गरे नगरेको र स्वस्थ रहे नरहेको बारेमा जानकारी लिई आवश्यक सजगता अपनाउनु नै सबैभन्दा बुद्धिमानी हुने स्वास्थ्य विज्ञहरु बताउँछन्।

गम्भीर भइसकेपछि उपचार गर्दा कतिपय रोग लाखौँ खर्चेर पनि निको नहुन सक्छ। त्यसैले बेलाबेलामा आफ्ना शरीरका अंगहरु स्वस्थ रहे नरहेको परीक्षण गरी त्यहीअनुरुप व्यवहार सुधार्न सकेमा धेरै हदसम्म स्वस्थ रहन सकिने विज्ञहरुको भनाई छ।

नेपाल किड्नी फाउण्डेसनका अध्यक्ष डा. शक्ति बस्नेतका अनुसार कतिपयलाई एउटा किड्नी फेल भइसकेको जानकारी नहुने तर अर्कोले पनि काम गर्न छोडेपछि अन्तिम अवस्थामा बल्ल परीक्षण गर्ने गरेका छन्। ‘यदी बेलाबेलामा किड्नीको परीक्षण गर्ने हो भने प्रारम्भिक चरणमा धेरै हदसम्म दुबै किड्नी जोगाउन सकिन्छ’ सेतोपाटीसितको कुराकानीमा उनले भने।

खासगरी उचित खानपिन, व्यायाम, खुसी जीवनशैलीले मात्र स्वस्थ रहन सकिन्छ। स्वस्थ रहन सबैभन्दा पहिला खानपानलाई नै ध्यान दिनुपर्ने डाक्टरहरु सुझाउँछन्। फलफूल र सागसब्जीमा जोड दिने, रातो मासु, चिल्लो, बढी मसलेदार, बढी नुनिलो र गुलियो खाना नखाने, जंक फुड नखाने, पानी पर्याप्त पिउने, मदिरा, धुम्रपान सेवन नगर्ने, नियमित व्यायाम गर्ने, समयमै सुत्ने/उठ्नेजस्ता कुरामा ध्यान दिएमा धेरै रोगबाट छुट्कारा मिल्ने डा. बस्नेत बताउँछन्।

सके ६/६ महिनाको अन्तरालमा नसके वर्षमा १ पटक भए पनि स्वास्थ्यका सबैजसो अंगहरुको परीक्षण गर्नेुपर्ने र रोग लाग्नुपूर्व सावधान हुन जरुरी रहेको बस्नेतको भनाइ छ। ‘अस्पतालको कमी कतै छैन, सामान्य स्वास्थ्य क्लिनिक पसलमै सस्तो शुल्कमा धेरै अंगको परीक्षण गर्न सकिन्छ’ उनले भने ‘त्यसैले स्वास्थ्यजस्तो सबैभन्दा ठूलो धन जोगाउन, कुनै हालतमा हेलचेक्राइँ गर्नु हुँदैन।’

पूर्ण स्वास्थ्य परीक्षणका लागि अधिकांश अस्पतालहरुले विशेष प्याकेज समेत बनाउने गरेका छन्। सस्तो रुपमा सबैले सबै अंगहरु परीक्षण गर्न र सावधानी अपनाउन सकुन् भन्ने उद्देश्यले अस्पतालहरुले ‘होल बडी चेकअप’को प्याकेज संचालन गरिरहेका छन्।  

के हो ‘होल बडी चेकअप’ ?
‘होलबडी चेकअप’ गर्दा सामान्यतया मानिसमा चाँडो संभावित ठूला रोगहरुबारे पूर्व जानकारी हुने गर्दछ। होलबडीमा मानिसको मुटु, कलेजो, फोक्सो, मृगौला, छातीको भिडियो एक्सरे गरिन्छ।

दुवै मृगौलाले सहज तरिकाले काम गरे नगरेको, मुटु, फोक्सो तथा कलेजोको अवस्था पत्ता लाग्छ। परीक्षणपछि के के कुरामा सावधानी अपनाउने भनेर डाक्टरहरुले सुझाव पनि दिन्छन्। ति सुझावहरु अवलम्वन गर्न सकेमा लाखौँ खर्चेर पनि निको नहुने रोगहरुबाट समेत बच्न सकिन्छ।

त्यस्तै होल बडी चेकअपमा मुत्र थैलीको अबस्था, इसिजी, अल्ट्रा साउण्ड परीक्षण गरी पूर्व जानकारी हुने डा. बस्नेतको भनाइ छ। ‘अहिलेको सामान्य खर्चले, भोलिको संभावित लाखौं खर्च जोगाउने हुँदा होल बडी चेकअपका लागि सानो रकममा कसैले कन्जुस्याइँ गर्न खोज्नु मुर्खता हुनेछ’ उनले भने।

होल बडी चेकअपमा पनि कतिपयले महिला र पुरुषका हकमा छुट्टाछुट्टै शुल्क तोकेका छन्। महिलामा स्तन, पाठेघरसहित केही थप अंगहरु परीक्षण गर्नुपर्ने भएकाले शुल्क फरक पर्न गएको अस्पतालहरुले बताएका छन्।

त्यस्तै प्रारम्भिक चरणमा परीक्षण गर्दा कुनै अंगमा डाक्टरहरुलाई केही शंका लागेमा थप परीक्षण भने गर्नुपर्छ। त्यसैले केही अस्पतालहरुले प्रारम्भिक चरण र दोस्रो चरण गरी चेक अपको प्याकेज बनाएका छन्।

अब हेरौँ, कुन अस्पतामा कति लाग्छ होल बडी चेकअपको शुल्क?

टिचिङ अस्पताल
काठमाडौंस्थित महाराजगंजमा रहेको टिचिङ सरकारी अस्पताल हो। एमबीबीएस पढाई समेत हुने भएकाले यसको नाम ‘टिचिङ’ रहन गएको हो। पढाई त छँदैछ, अस्पतालमा विभिन्न ठूला रोगको उपचार पनि हुने गरेको छ। होलबडी स्वास्थ्य परीक्षण गर्दा जम्मा २ हजार ४ सय ५० रुपैयाँ शुल्क तोकिएको अस्पतालले जनाएको छ।

सिभिल अस्पताल 
नयाँ बानेश्वरस्थित सिभिल अस्पताल अर्ध सरकारी  रुपमा संचालित छ। विभिन्न रोगको उपचार हुने सिभिल अस्पतालमा होलबडी स्वास्थ्य परीक्षण गर्दा ३ हजार २ सय ६५ रुपैयाँ शुल्क लाग्दछ।

बी एण्ड बी अस्पताल 
ललितपुर ग्वार्कोमा रहेको बी एण्ड बी अस्पताल पूर्ण निजी तवरले संचालित अस्पताल हो। विभिन्न ठूला रोगको उपचार हुने बी एण्ड बी अस्पतालमा होलबडी स्वास्थ्य परीक्षणलाई दुई समूहमा छुट्याइएको छ। पहिलो समूहअन्तर्गत सामान्यतः पूर्व जानकारी लिन गरिने होलबडी परीक्षण पर्दछ।

पैसाका कारण परीक्षण नरोकियोस् भन्ने उद्देश्यले यो समूह तय गरिएको अस्पतालले जनाएको छ।  जसको शुल्क ३ हजार पाँचसय लाग्दछ।

मुटुको विशेष परीक्षण गर्नेगरी अर्को समूहमा बडी चेक अप गर्ने गरिएको छ। ब्लडपे्रसर भएका बिरामीले यही समूहबाट पूर्ण परीक्षण गर्नुपर्दछ। ‘कार्डियो प्याकेज’ नामको यो परीक्षणमा शुल्क ६ हजार ५ सय शुल्क लाग्ने अस्पतालले जनाएको छ।

सुमेरु अस्पताल 
ललितपुर धापाखेलमा रहेको सुमेरु निजी तवरबाट संचालित अस्पताल हो। यहाँ होलबडी स्वास्थ्य परीक्षण गर्दा सामान्य मानिसलाई ४ हजार पाँचसय ५० रुपैयाँ शुल्क लाग्छ। यदी प्रारम्भिक चरणमा कुनै अंगमा रोगको संकेत वा लक्षण देखिएमा पुनः भित्री रुपमा परीक्षण गर्नुपर्दछ। यसका लागि पुरुषका हकमा ९ हजार ९ सय रुपैयाँ र महिलाको हकमा ११ हजार शुल्क लाग्ने सुमेरु अस्पतालले जनाएको छ।

अल्का अस्पताल 
निजी तवरमा संचालित ललितपुर जाउलाखेलमा रहेको अल्का अस्पतालमा होलबडी स्वास्थ्य परीक्षणलाई तीन समूहबाट गर्ने गरिन्छ। समूहअनुसार शुल्क फरक फरक पर्दछ। सामान्य मानिसको हकमा २ हजार ९ सय ७०, र ब्लडपे्रसरका बिरामीको हकमा ४ हजार ९ सय ७० रुपैयाँ शुल्क लाग्छ। मुटु रोग, सुगर भएका बिरामीको हकमा होलबडी परीक्षण गर्दा ७ हजार १ सय रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पताल
काठमाडौं थापाथलीमा रहेको नर्भिक अस्पताल निजी तवरबाट संचालित छ। नर्भिकमा निरोगी १५ देखि ४० वर्षको उमेरका मानिसले होलबडी स्वास्थ्य परीक्षण गर्दा  पुरुषका हकमा ६ हजार शुल्क लाग्ने गर्दछ।

महिलाको हकमा भने केही महँगो पर्ने अस्पतालले जनाएको छ। यदी सुगर, ब्लडप्रेसरका बिरामीले भने भित्री परीक्षण गर्नुपर्ने र  थप शुल्क लाग्ने अस्पतालले जनाएको छ।

ओम अस्पताल 
निजी क्षेत्रबाट संचालित चाबाहिलमा रहेको ओम अस्पतालमा पुर्ण स्वास्थ्य परीक्षण गर्दा पुरुषको हकमा १५ हजार पाँचसय र महिलाको हकमा १४ हजार ६ सय रहेको छ।

वयोधा अस्पताल- बल्खु 
बल्खु रिङगरोडसँगै रहेको वयोधा पनि निजी क्षेत्रबाट संचालित अस्पताल हो। यहाँसामान्य मानिसको होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषको लागि लागि १२ हजार पाँचसय र पहिलाको ११ हजार पाँचसय लाग्ने अस्पतालले जनाएको छ।

ग्रान्डी अन्तर्राष्ट्रिय  अस्पताल
काठमाडौं धापासी हाइटमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पनि निजी क्षेत्रबाटै संचालित छ। यस अस्पतालमा विभिन्न अंग प्रत्यारोपण पनि हुने गरेको छ। ग्रान्डीमा होलबडी स्वास्थ्य परीक्षण गर्दा प्रारम्भिक चरणमा २ हजारदेखि थप चरणमा १७ हजार सम्मको प्याकेज रहेको छ।

दुई हजारमा रगतको परीक्षण गरिने र मुटु किड्नीको पनि सामान्य चेकजाँच हुने गर्छ। १७ हजारको प्याकेजमा प्रत्येक अंगहरुको भित्री परीक्षण गरी विस्तृत जानकारी पाइने अस्पतालले जनाएको छ। 

नेपालको पहिलो कृषि टेलिभिजन

कृषि टेलिभिजन नेटवर्क प्रालिले आइतबारदेखि आफ्नो प्रसारण सुरु गर्ने भएको छ ।

सर्वसाधारणलाई कृषि गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले सञ्चालन हुन लागेको उक्त टेलिभिजन नेपालको पहिलो कृषि टेलिभिजन हो ।

ललितपुरको कुमारीपाटीबाट प्रसारण हुने सो टेलिभिजनले ‘किसानको सम्मान, स्वाभिमान, राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि कृषिको विकास हाम्रो अभियान’ भन्ने मूल उद्देश्य लिएको छ ।

कृषि, भूमि, जलस्रोत, वन, पशुपक्षी, सिचाइ, कृषि शिक्षा, स्वास्थ्य, कृषि पर्यटन, वातावरण, उपभोक्ता, मनोरञ्जनलगायत कृषिसँग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने मुद्दालाई समाचार बनाउने अभिप्रायबाट कृषि टेलिभिजन नेटवर्कको स्थापना गरेको अध्यक्ष तेजविक्रम थापाले शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए ।

नेपालको पहिलो टेलिभिजन नेपाल टेलिभिजन हो । उक्त टेलिभिजनको स्थापना २०४२ सालमा भएको थियो । तर, कृषि गतिविधिका समाचार सम्प्रेषण गर्ने अठोटले स्थापित यस टेलिभिजनले किसान वर्गमा उत्साह आउने विश्वास सञ्चालकले लिएका छन् ।

नेपाल कृषि प्रधान देश हो । झन्डै ६७ प्रतिशत जनता कृषि पेसामा आबद्ध छन् । खेती गर्ने युवा जनशक्ति विदेश पलायन हुँदैछन् भने खेतीयोग्य जमिन घडेरीमा परिणत हुँदैछ । परम्परागत ढङ्गले चलेको कृषिमा सयौं कठिनाइ छन् । मल, बीउ र प्रविधिको अभावमा लागत अनुरुपको मूल्य प्राप्त हुन सकेको छैन ।

कृषि, भूमि, जलस्रोत, वन, पशुपन्छी, सिंचाई, कृषि शिक्षा, कृषि स्वास्थ्य, कृषि पर्यटन, वातावरण, उपभोक्तालगायतका बिषयबस्तु उक्त टेलिभिजनमा समावेश गरिएका छन् । आइतबारदेखि परिक्षण प्रशारण हुने उक्त टेलिभिजनको तिहारपछि पूर्ण प्रशारणमा आउनेछ । पहिलो चरणमा केवुल नेटवर्कबाट प्रशारण हुन लागेको उक्त टेलिभिजन तिहारपछि सैटेलाइट प्रविधिबाट मुलुकभर प्रशारणमा आउनेछ ।  साथै स्मार्टफोन मार्फत विश्वको जुनसुकै स्थानबाट पनि हेर्न सकिने छ । यसका लागि स्मार्टफोनमा नेपाली च्यानल एफ डाउनलोड गरि कृषि टेलिभिजन हेर्न सकिने छ ।

‘कृषिमा राज्यको लगानी धेरै भएपनि प्रतिफल शुन्य अवस्थामा छ’, टेलिभिजनका अध्यक्ष थापाले भने,‘नीतिगत सूचनाहरु ग्रामिण भेगका किसानको जानकारीमा आउदैंन् । सिंहदरबारमा शहरिया किसानको पहुँच भएपनि बास्तविक किसानको पहुँच छैंन् । ग्रामिण भेगका किसानलाई वास्तविक सूचना उपलब्ध गराई नीतिगत रुपमा उनीहरुलाई माथि उठाउन कृषि टेलिभिजन ल्याएका छौं ।’  टेलिभिजनले अहिले १० घण्टासम्म प्रशारण गर्नेछ । केही समयपछि दैनिक १८ घण्टासम्म कृषिका बिषयबस्तु प्रशारण गरिनेछ । कूल साढे दुई करोड रुपैयाँको लगानीमो उक्त टेलिभिजन सुरु गरिएको हो ।

कृषि पत्रकार प्रतिष्ठानका महासचिव गोविन्द शर्माले राज्यले अनुदान, बिमा, कृषिमा यान्त्रिकीकरण गरेको छ तर सो सुविधा प्राप्तिका लागि किसानले आवश्यकता महसुस गर्न नसकेको बताए । रासस




जानी राख्नुहोस् आपतकालिन उपचारमा प्रयोग हुने ११ जडिबुटी

हामी जुनसुकै बेला दुर्घटनामा पर्न सक्छौं। तर कतिपय अवस्थामा तत्कालै चिकित्सकहाँ जान असम्भव पनि हुन सक्छ । त्यस्तो अवस्थामा हाम्रोवरिपरि पाइने जडिबुटिबाटै उपचार गर्न सकिन्छ । सामान्य चोटदेखि शरीर पोलेका समस्या घरमा नै उपचार गर्न सकिन्छ । स्वास्थ्यमा आपतकालिन समस्या परेका बेला उपचारमा प्रयोग हुने घरेलु जडीबुटी

१. घिउकुमारी (Aloe Vera)


शरीरको छाला जलेमा वा पोलेमा घिउकुमारीअचुक औषधिको रुपमा प्रयोग गरिन्छ । पोलेको ठाउँमा यसको रस लगाउँदा चिसो र शितलता प्रदान गर्छ । गमला वा सानो प्लाष्टिकको बट्टामा नै घर वरिपरि रोप्न सकिने घिउकुमारीका अनगिन्ति फाइदा छन् ।

२. तितो घिउकुमारी (Bitter Aloe Vera)
 

घिउकुमारीकै एक जात  तर ठूला आकारका पात० को यो जडिबुटि कब्जियत, एपेन्डिसाईटिस र पित्तासयको रोगको उपचारमा प्रयोग गरिन्छ । एलोलाई क्याप्सुलको रुपमा पनि किन्न पाइन्छ । यो क्याप्सुल नियमित सेवन गरेमा पाचन प्रणालीलाई सहयोग पुग्छ । शरीरमा भएका विषादि हटाउन दैनिक एक क्याप्सल एलो खान सकिन्छ ।

३. अदुवा (Ginger)


दैनिक किचनमा प्रयोग हुने अदुवाले पाचनशक्ति वृद्धि गर्छ । यसले अनावश्यक ग्याँस फाल्न मद्दत गरी पेटलाई हल्का बनाउनुका साथै बान्ता आउने समस्याको समाधान गर्छ । हरेक राती एक कप अदुवा चिया खाँदा पाचन पक्रियालाई सहज बनाउछ । त्यस्तै मनतातो अदुवा पानी खाँदा बान्ता आउने समस्याको समाधान गर्छ ।
 
४. लसुन  (Garlic)


क्यान्सर रोगबाट बचाउने लसुनले रोग प्रतिरोध क्षमतालाई पनि बलियो बनाउछ । एन्टिभाइरस र एन्टिव्याक्टेरियलयुक्त लसुनले चिसो, ज्वरो र फ्लुबाट जोगाउँछ । लसुनको नियमति सेवनले आन्तरिक संक्रमणबाट बचाउँछ । त्यस्तै खेलाडीको पैताला र कानमा बाह्य संक्रमण भएमा लसुनको रस लगाउँदा तत्कालै उपचार हुन्छ । प्रतिदिन भोजनमा लसुनको प्रयोग गर्नाले पेटको अल्सर र क्यान्सरबाट जोगिन सकिन्छ । दैनिक लसुन सेवन गर्नाले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयोग पुग्छ र यसबाट लामो समयसम्म शरीरको इम्युन सिस्टम पनि बलियो रहन्छ।

५. बेसार (Turmeric)


बेसार आफैमा एन्टिसेप्टिक र एन्टि व्याक्टेरियाजन्य तत्व हो । त्यही भएर काटेको ठाउँमा, जलेको स्थान वा अन्य घाउमा यसको प्रयोग गरिन्छ । सामान्य चोटपछिको घाउमा बेसार दल्ने संस्कार प्रचलित छ । चिसो लागेको छ रु सुत्नु अगाडि तातो दुधमा केही चिम्टि बेसार राखेर पिउनुहोस् । एक रातमै तपाईको चिसो भाग्छ । बेसारले प्राकृतिक पेन किलर ९दुखाई कम गर्ने औषधि०को काम गर्छ । छालासम्बन्धि निश्चित रोगको उपचारमा पनि बेसारको प्रयोग हुन्छ । बेसारले मुटु रोग र क्यान्सरबाट बचाउँछ । बेसारले डिप्रेसन रोगको औषधीको काम गर्छ । नियमित बेसारको धुलो अनुहारमा लगाउँदा अनुहारमा चमक ल्याउनुका साथै चाउरीनबाट बचाउँछ ।
 
६. प्याज (Onion)


प्याजमा क्युरसेटिन नामको रसायन हुन्छ जसले ग्याष्ट्रिकबाट पनि बचाउछ । प्याजले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ । प्याजमा विभिन्न पोषणतत्व हुन्छ जसले हामीलाई अन्य रोग लाग्नबाट पनि जोगाउँछ । लन्चको समयमा प्याजलाई सलादको रुपमा पनि प्रयोग गर्न सकिन्छ । पाचनमा समस्या भएकाहरुले दिनमा एउटा काँचो प्याज चबाएमा पाचन समस्याको समाधान हुन्छ । जलेको छालामा प्याज दल्दा छालालाई आराम दिन्छ । नियमित काँचो प्याज खाँदा छालामा चमक आउँछ । नियमति प्याज खाएमा मुटुमा समस्या ल्याउने खराब कोलेस्ट्रोललाई हटाउन सकिन्छ । प्याजलाई पानीमा भिजाएर केही मिनेट राखेर खाँदा शरीरलाई शितल प्रदान गर्छ । त्यस्तै प्याजलाई ज्वरो आउदा पनि प्रयोग गर्न सकिन्छ । हनहनी ज्वरो आउदा प्याजको टुक्रालाई निधारमा राखेमा ज्वरो घट्छ । प्याजलाई हल्का पानीमा डुबाएर निधार, पैताला र हातखुट्टामा दल्दा बिरामीलाई हल्का महशुस हुन्छ । गर्मीमा नाथ्रो फुटेर नाकबाट रगत आएको छ भने प्याजलाई दुई तीन टुक्रा बनाउनुहोस र बेस्सरी नस लिनुहोस वा सुघ्नुहोस नाकबाट रगत आउन छाड्छ ।

७. हींग (Asafoetida) 



हींगले पाचनक्रिया मजबुत बनाउछ । श्वासप्रश्वाससम्बन्धी रोगबाट बचाउछ । रोघाखोकी लाग्नबाट बचाउछ । तातो पानीमा राखेर हिंग खाँदा ब्रोन्काइटिसमा राहत मिल्छ । पेट दुख्दा तातो पानीसंग हींग खाँदा दुखाई कम हुन्छ । दाँत दुखेमा हींग खाँदा राहत मिल्छ । दुखाई भएको ठाउमा हींगको लेप लगाउदा दुखाई कम हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउछ । दाद, लुतो भएको ठाउमा हिंगको लेप लगाउदा औषधिको काम गर्छ । कब्जियत भएमा तातो पानी र हिंग खाँदा फाइदा हुन्छ ।
 
८. जाइफल (Nutmeg)



जाइफल घोटेर दूधमा मिसाई पिउनाले निद्रा लाग्दछ तर, यो बढी मिसाएमा बढी नशाकारक एवम् हानिकारक हुन सक्दछ । जीउ दुखेमा, हातगोडा गलेमा जाइफललाई पानी वा दूधमा पकाइ पिउने गर्दा त्यो समस्या केही क्षणमै सुधार हुन्छ । त्यसैगरी तोरीको तेलमा जाइफल थिचेर फुराउने र त्यसलाई जीउमा दल्दा जीउ दुखाइमा आराम पाइन्छ । जाइफल र तीतेपातीको पातलाई तोरीको तेलमा पानी दोब्बर राखी उमाल्ने र कम आँचमा पकाई पानी सुकाउने । उक्त तेललाई जोर्नी दुखेको ठाउँमा राखी कपडाले बेर्ने गर्दा दुखाई सञ्चो हुन्छ । एक लिटर दूधमा थोरै जाइफल राखेर पकाउने र पिउने बेलामा १ चम्चा मह र सानो टुक्रा शिलाजित मिसाइ पिउने गर्दा नपुंसकता एवम् शीघ्रपतन सम्बन्धी यौन समस्या ठीक हुन्छ । तर, यसको केही महिनासम्म प्रयोग गर्नुपर्छ ।
मुटु कमजोर भएका ब्यक्तिलाई महमा मिसाई नित्य केही मात्रामा सेवन गर्दा फइदा हुन्छ । डरलाग्ने, मुटु बढी ढुकढुक हुने, झस्किने लक्षणहरु उत्पन्न भएमा दूध र शिलाजितका साथमा थोरै जाइफल मिसाई प्रयोग गर्दा फइदा हुन्छ । भोक नलाग्ने भएमा केही दिन जाइफको टुक्रा चुस्नाले भोक बढी लाग्न थाल्दछ ।

९. तुलसी (Holy Basil)


तुलसीले रोगका किटाणु नष्ट गर्न मद्दत गर्छ । यदि घरअगाडि तुलसीको बोट रोपिन्छ भने हावा पनि शुद्ध हुन्छ, आसपासका हानिकारक किटाणु पनि प्रभावहिन हुन्छन् । तुलसीमा एन्टीबायोटिक गुण हुन्छ, जो मलेरिया रोगका लागि लाभकारी हुन्छ । तुलसीको सेवनबाट शरीरमा रोग प्रतिरोधी क्षमता बढ्छ, यसको कुनै साइडइफेक्ट हुँदैंन र यसको सेवनबाट रुघाखोकी, निमोनिया निको हुन्छ । यस्तै यसको सेवन गरेपछि श्वास गन्हाउदैन । कफ तथा बाडुलीमा तुरुन्त आराम मिल्छ । यस्तै, बान्ता रोक्न, कुष्ट तथा विषनाशक तथा मानसिक पीडा हटाउन तुलसी लाभदायी मानिन्छ ।तुलसीको पहेंलो पातमा हरियो रंगको एक तैलीय पदार्थ पाइन्छ, यो पदार्थ हावामा मिसियो भने कैयौं किटाणु मर्छन् । पानीमा तुलसीको पत्ता राखेर पिएमा पेटको समस्या समाधान हुन्छ भने अनुहारलाई पनि चम्किलो बनाउँछ । तुलसीको प्रयोगले स्मरणशक्ति बढाउँछ भने यसमा पाइने विशेषप्रकारको एसिडले दुर्गन्ध भगाउँछ । तुलसीको प्रयोगले शरीरको सेतो दाग पनि हट्छ, किनकी यसले हाम्रो रगतलाई पनि सफा बनाउँछ । तुलसीको पातलाई चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । अथवा तुलसीको पातलाई सुकाएर दालचिनी, तेजपत्ता, सुपलगायत मिसाएर धुलो बनाएमा चियाको रुपमा प्रयोग गर्न सकिन्छ । दमको रोगीले तुलसीको पातलाई काँडा बनाएर हरेक दिन तातो पार्दै बिहान बिहान पिएमा लाभदायी हुन्छ ।
खोकी र ज्वरोमा तुलसीको पात उमालेर दिएमा फाइदा हुन्छ । तुलसीले रगतमा कोलस्ट्रोलको मात्रा नियन्त्रित गर्छ, नियमित सेवनले वजन घटाउँछ । तुलसीको रसमा केही नुन मिसाएर बेहोस मानिसको नाकमा अलिकता राखिदिने हो भने होस चाँडै खुल्छ । चिया बनाउँदा तुलसीको केही पात पनि उमाल्ने हो भने रुघा, ज्वरो तथा शरीरको दुखाई कम हुन्छ । तुलसीको रसलाई ५ ग्राम महका साथ खाने हो भने बाडुली रोकिन्छ, दमका रोगीलाई लाभदायी हुन्छ ।

१०. ल्वाङ (Clove)


ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ । यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ । यस्तै, यसमा भिटामिन ए तथा सि, म्याग्नीज र फाइबर पनि पाइन्छ । ल्वाङ प्राकृतिक पेनकिलरको रुपमा पनि प्रयोग गरिन्छ । यसमा रहेको युजेनल आयल दाँतको दुखाईका लागि लाभदायी मानिन्छ । जतिसुकै दाँत दुखेपनि ल्वाङको तेल लगाउनाले दुखाई तत्कालै निको हुन्छ । यसमा एन्टीब्याक्टेरियल विशेषता हुन्छ, जसका कारण यसको प्रयोग टुथपेष्ट, माउथवास तथा क्रिम बनाउन प्रयोग हुन्छ । जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक हुन्छ । कैयौं अरोमा विशेषज्ञहरु जोर्नी दुख्ने समस्याका लागि ल्वाङको तेल सिफारिस गर्छन् । ल्वाङका तेल सुँघ्नाले रुघा, कफ, दम, ब्रोङकाइटिस, साइनसाइटिसजस्ता समस्यामा तुरुन्त आराम मिल्छ । ल्वाङको तेलमा एन्टीसेप्टिक गुण पनि हुन्छ, जसबाट फंगल संक्रमण, काटेको, घाउ भएको र छालासंबन्धी अन्य समस्यामा यसको प्रयोग गरिन्छ । ल्वाङको तेल सिधै नभई कुनै तेलमा मिसाएर लगाउनुपर्छ ।
 
११. सुकुमेल (Green Cardamom)

भोक नलाग्ने, बान्ता हुने, अपच हुने आदि समस्या छन् भने सुकुमेल खानाले कम हुन्छ । तिर्खा लागिरहन्छ अथवा घाँटी पोल्ने गरिरहन्छ भने सुकुमेल मिसाइएको पानी पिउँदा राम्रो हुन्छ । छातीमा कफ जमेको छ र सास लिन गाह्रो भइरहेको छ भने सुकुमेल खानाले कफ बाहिर निस्कन्छ र शरीरलाई राहत मिल्छ । रुघाखोकी लागेको छ अथवा घाँटी खसखस भइरहने समस्या छ भने सुकुमेललाई पिसेर महसँग खानुपर्छ । सुक्खा खोकी लागेको छ भने सुकुमेल, तोरीको तेल र चिनी मिसाएर खानुपर्छ । यसले कफ बाहिर निकाल्न मद्दत गर्छ । ज्वरो आएर जीउ पोलेको छ भने सुकुमेल खानाले सहज महसुस हुन्छ ।-
साभार: स्वास्थ्य खबरपत्रिका

जिरो बजेट अर्गानिक खेति प्रबिधि तथा जैविक किटनाशक औषधि

किसानको लागि यो भन्दा बिडम्वना के हुनसक्छ कि पुरा देशभरिका जनताको पेट भर्ने किसान आफैमा भोकमरीको शिकार हुनुपरेको छ । उसको घरको छानाबाट पानी चुहिन्छ फेरी पनि वर्षाको पर्खाइमा हुन्छ । हाम्रो देश कृषि प्रदान देश भएर पनि कृषि उत्पादन प्रत्येक वर्ष घट्दो क्रममा छ आखिर किन त ?
हरेक वर्ष किसान  सरकारको अनुदान तथा राहतको प्रतिक्षामा बस्नुपर्छ के यसको समाधान छैन र ?
महँगो रासायनिक मलखाद तथा किटनाशकको लागि किसान चर्को व्याजमा ऋण लिनुपर्ने बाध्यता छ के यसको विकल्प छैन र ?
आज म तपाईहरुलाई यो पोस्ट मार्फत माथिका समस्याका समाधान तथा विकल्पका उपायबारे जानकारी उपलब्ध गराई सहयोग गर्नेछु ।


किसानको खेति गर्दाको मुख्य खर्च भनेको रासायनिक मलखाद र किटनाशक औषधि नै हो, जसको लागि महँगो ब्याजमा ऋण लिनेगर्दछन जसले गर्दा किसानहरुलाई ऋणको भार बढ्दै गैरहेको छ । जसअनुरुप उत्पादन भने बढेको छैन जसले गर्दा किसान निराश, चिन्तित तथा भुकमरीको शिकार बनेका छन् । खेती गर्नकालागि किसानले आफ्नो खेतमा यूरिया, DAP, Superphosphate जस्ता मलखाद र एंडोसल्फान ,मेलाथ्यान आदि जस्ता किटनाशक औषधिको प्रयोग गर्दछन । यो सम्पूर्ण विदेशी कम्पनीको उत्पादन हो जसको खरिदको लागि किसानको पैसा लुटिन्छ र देशको ठुलो धनराशी बाहिरिन्छ ।

भारतको कर्नाटक, महाराष्ट्रमा, छतिसगढका हजारौं किसानले रासायनिक मलखाद छोडेर अहिले गाईभैंसीको गोबर हाल्न थालेका छन् । जसको प्रयोगले उत्पादन र गुणस्तरमा राम्रो उन्नति हात पारेका छन् । जुन खेतमा रासायनिक मलखादबाट एक बिघामा ६-८ मेट्रिकटन उखु हुन्थियो आज त्यो खेतमा २४-२६ मेट्रिकटन उत्पादन भएको छ । जुन खेतमा रासायनिक मलखादबाट एक बिघामा ४ क्विन्टल गहुँ उत्पादन हुन्थियो अहिले त्यो खेतमा ६-७ क्विन्टल उत्पादन भैरहेकोछ । त्यस्तै नेपालको झापामा पनि केहि किसानले प्रयोग गर्न सुरु गरेका छन् ।

खेतमा जैविक मलखाद हाल्नाले के हुन्छ त ?
वास्तवमा गोबर पनि धेरै जसो जीवजन्तु, किराको भोजन (आहार) हो भने रासायनिक मलखाद जहर हो । तपाइको खेतमा यस्तो एउटा जीव हुन्छ जसलाई हामीले गड्यौला हुन्छ । अब उदाहरणको लागि एउटा गड्यौलालाइ समातेर त्यसको माथि अलिकति रासायनिक मल हाल्नुस् र हेर्नुस् त के हुन्छ अब त्यो गड्यौला तड्पिन थाल्छ र एकैछिनमा मर्छ भने हामीले क्विन्टलका क्विन्टल रासायनिक मलखाद हालेर करोडौं गड्यौला मारिरहेका छौं ।

गड्यौलाले हाम्रो खेतमा के गर्छ त ?
गड्यौलाले हाम्रो खेतको माटोलाई नरम तथा खुकुलो बनाउने काम गर्छ । गड्यौलाको काम हो माथिबाट तल जाने र तलबाट माथि आउने एक दिनमा एउटा गड्यौलाले ३-४ पटक सम्म तलमाथि गर्छ । जब गड्यौला तल जान्छ एउटा बाटो (छिद्र) बनाएर जान्छ भने माथि आउँदा अर्कै बाटो(छिद्र) बनाएर आउँछ । यसबाट के हुन्छ त भन्दा यसरि गड्यौला तलमाथि गर्दा सानो सानो छिद्र तयार हुन्छ र वर्षाको पानी यहि छिद्र हुँदै जमिनको भित्रीभागमा पुगि जमाहुन्छ । यसको अर्थ Water Recharging को काम गर्ने सारा संसारमा गड्यौला मात्र एउटा जीव हो जो रासायनिक मलखादका कारणले मर्दछ । तसर्थ रासायनिक मलखाद हाल्नुको मतलब किसानले आत्महत्या गर्नु सरह हो । जुन किसानले खेतमा रासायनिक मलखाद हाल्छ त्यसको खेतमा रहेको गड्यौला मर्छ यदि गड्यौला मर्यो भने खेतको माटो तलमाथि हुन पाउँदैन खेतको माटो तलमाथि भएन भने माटो कडा बन्दै जान्छ जसले गर्दा उत्पादन मा ह्रास आउँछ ।

के हो माटो उल्टोपुल्टो भनेको ?
जसरि रोटी पकाउँदा उल्टोपुल्टो गरि पकाउँछौं त्यसरी नै खेति गर्दा माटो पनि उल्टोपुल्टो गर्नु पर्छ । रोटी उल्टोपुल्टो गरिएन भने डढछ, माटो उल्टोपुल्टो गरिएन भने माटो कडा भै ढुंगा जस्तो हुदैं जान्छ । जुन काम गड्यौलाले मात्र गर्दछ, त्यसैले गड्यौला किसानको सबै भन्दा राम्रो साथी हो । एउटा गड्यौलाले एक वर्षमा ३६ मेट्रिकटन माटोलाइ  उल्टोपुल्टो बनाउँछ यतिनै माटो ट्याक्टरले गरेमा १०० लिटर डिजल लाग्छ १०० लिटर डिजल रु.८० को दरले हिसाब गर्ने हो भने रु.८,००० हुन आउँछ यसको अर्थ एउटा गड्यौलाले किसानको वर्षमा रु.८,००० को वचत गराउँछ  भने यस्ता करोडौं गड्यौलाले किसानको र देशको कति पैसा वचत गर्न मदत गर्छ सोचौं त ?


जैविक मलखाद हाल्नाले के हुन्छ ?
रासायनिक मलखाद हाल्नाले गड्यौला मर्छ भने गोबरको मलखाद हाल्नाले गड्यौला भोजन प्राप्त गरि बाँच्छ र आफ्नो जनसंख्या तिब्र रुपले बढाउँछ । गड्यौलाको प्रजनन क्षमता यति धेरै हुन्छ कि एउटा गड्यौलाले आफ्नो जीवनमा ५० हजार बच्चा जन्माउँछ कुनै कुनै प्रजातिले त १ लाख सम्म बच्चा जन्माउँछ । अब आफै बिचार गर्नुस् त एउटा गड्यौलाले १ लाख बच्चा जन्माउँछ भने ति १ लाखले १ लाखको दरले जन्माउँदा कति पुग्छ । र यो क्रम यहि रुपमा अगाडी बढे के हुन्छ यदि जैविक मलखाद हाल्नु भयो भने ।

कसरी बनाउने त जैविक मलखाद ?
प्राय किसानहरुले घुर फोहोर फाल्ने ठाउँमा गोबर जम्मा गर्ने गर्छन र पुरा वर्षभरि घाममा राखेर सुकाउँछन् जसले गर्दा गोबरमा हुने उत्पादकत्व शक्ति हराएर जान्छ र त्यो गोबरले कुनै लाभ दिदैन । त्यसैले गोबरलाई जहिले पनि चिसो(ताजा) मै हाल्नुपर्छ । जैविक मलखाद बनाउने तरिका निम्नानुसार छ ।
यो एक बिघा खेतको लागि तयार गरेको फर्मुला हो ।

एउटा प्लास्टिकको ड्रममा तल दिइएको पांच चिजलाई एक आपसमा राम्ररी मिलाउने(घोल्ने) ।

# ५ किलो गोबर (लोकल गाई, गोरु वा भैंसीको)
# ५ लिटर मुत्र  (लोकल गाई, गोरु वा भैंसीको)
# १/२ (आधा) किलो भेली(गुँड) (खाना योग्य नभएको सडेगलेको जस्तो भए पनि हुन्छ)
# १/२ (आधा) किलो दाल वा चोकर (खान योग्य नभएको जस्तो भए पनि हुन्छ)
# १ किलो पुरानो पिपल वा बरको फेदको माटो ( पिपल र बरको रुखले २४ घण्टानै अक्सिजन निकाल्छ जसमा जीवाणुको संख्या धेरै हुन्छ जुन खेतको लागि अत्यन्तै उपयोगी हुन्छ)

यो पांच चिजलाई एक आपसमा राम्ररी मिलाउने । यदि मिलाउन अलि गाह्रो भयो भने अलिकति पानी हालेर घोल बनाउने । अब यो घोललाइ १५ दिन सम्म छाँयामा राख्ने (रुखको छाँयामा राख्दा राम्रो) ख्याल राख्नु कि घाम पर्न हुँदैन । प्रत्यक दिन बिहान र साँझ एक पटक मिलाउने(घोल्ने) । १५ दिन पछि यो मलखाद प्रयोगको लागि तयार हुन्छ । अब यसमा करोडौं करोड सुक्ष्म जीवाणु छन् जुन माटो हामीले हालेको थियौं त्यसमा रहेको जीवाणुले  आफ्नो संख्या बढाएको हो । जुन दिन हामीले माटो राखेको थियौं यदि त्यो दिन जीवाणुको संख्या १ लाख थियो भने अहिले(१५ दिनमा) त्यसको संख्या बढेर १ करोड भन्दा बढी पुग्यो ।

अब यो जीवाणु मलखाद(घोल) लाई खेतमा हाल्नु भन्दा पहिला पानी मिसाउनु पर्छ । पानी मिसाउँदा गोबरको मात्राको १० गुणा मिसाउने ५ किलो गोबर थियो भने ५० लिटर पानी मिसाउने । पानी मिसाएपछि यो पूर्ण रुपले तयार भयो अब यसलाई १ बिघा खेतमा छर्नुपर्छ । जसरि धुलो नउडोस भनेर पानी छर्किन्छौँ  त्यसरी नै छर्कने सबै तिर पुग्ने गरि । जब यो जीवाणु खेतको माटोमा पुग्छन तब आफ्नो काम गर्न सुरु गर्छन ।

जीवाणुले खेतमा के काम गर्छन त ?
विरुवाको जरालाई नाइट्रोजन चाहियो भने यो जीवाणुले उपलब्ध गराउँछ ।
विरुवाको जरालाई क्याल्सियम चाहियो भने यो जीवाणुले उपलब्ध गराउँछ ।
विरुवाको जरालाई आइरन चाहियो भने यो जीवाणुले उपलब्ध गराउँछ ।
त्यस्तै विरुवालाई चाहिने जति पनि सुक्ष्म तत्व छन् सबै यो जीवाणुले उपलब्ध गराउँछ । त्यति मात्र होइन हामीलाई चाहिने तत्व पनि फलको माध्यमबाट हामीलाई उपलब्ध गराउँछ । जुन विरुवाले जीवाणु धेरै पाउँछ त्यो छिटो हुर्किन्छ र फल पनि धेरै दिन्छ जसले गर्दा उत्पादन धेरै हुन्छ ।

जैविक मलखाद हाल्ने समय 
अब यो मलखाद हाल्ने समयको राम्ररी ख्याल गर्नुहोस् कि कहिले कहिले हाल्ने भनेर । सबै भन्दा राम्रो तरिका भनेको बिउ छर्नु अगाडी खेत जोत्नु भन्दा १ दिन अगाडी छर्कने ।
बिउ छरेको २१ दिनमा फेरी दोस्रो पटक छर्कने । र हरेक २१ दिनमा छार्किदै गर्ने । यसरी यदि ४ महिनामा त्यो बाली तयार हुन्छ भने ५ पटक जीवाणु मलखाद हाल्न पर्यो ।

जैविक मलखाद हाल्ने विधि:
जैविक मलखाद हाल्ने ४ वटा विधि छन् ति हुन्
१) एउटा बाल्टीमा हालेर सानो डब्बाले छर्कने
२) दोस्रो तरिका भनेको खेतमा सिंचाइको पानी लगाउँदा आलीबाट खेतमा जाने ठाउँमा सानो ड्रम राखेर टुटीधारा बाट थोपा थोपा  झारेर छर्न सकिन्छ ।
३) यदि तपाइकोमा जनावर धेरै छन् र गोबर पनि धेरै छ भने १५ दिनमा तयार भएको जीवाणु घोलमा भएको गोबर हालेर १०० लिटर पानी हालेर  लड्डु जस्तो गोलो गोलो बनाएर खेतमा छर्न सक्नुहुन्छ ।
४) खेतको माटो खनेर १५ दिनमा तयार भएको घोललाइ माटोमा मिसाएर सानो सानो लड्डु आकारको गोलो बनाइ खेतको चारैतिर फाल्ने ।

यसरि सुन्य लागतको मलखाद तयार भयो कसरीभने गोबर र मुत्र गाईवस्तुको, भेली(गुँड/सक्खर) बेच्ने ठाउँबाट फालिएको ल्याए पनि भयो, यदि खेतीपाती गर्ने किसान हो भने दाल पनि सित्तैको जस्तो भयो र माटो जताततै पाइन्छ । तर गुणस्तरको कुरा गर्ने हो भने जबर्दस्त छ किनभने यसमा क्याल्सियम, आइरन, म्याग्नेसियम, नाइट्रोजन आदि जस्ता १८ किसिमका पोषक तत्व प्रचुर मात्रामा पाइन्छ, यी पोषक तत्व नै खानाको माध्यमबाट हाम्रो शरीरमा जान्छ र हामी बलियो स्वस्थ हुन्छौँ । जुन रासायनिक मलखादमा पाइन्दैन । अब किसानहरुले सम्झनु पर्यो कि जैविक मलखाद नै आफ्नो खेतमा प्रयोग गर्ने जसको खर्च शुन्य छ । यदि उत्पादनको कुरा गर्ने हो भने पहिलो वर्ष रासायनिक मलखाद प्रयोग गर्दाको भन्दा कम भयो भने पनि त्यो मलखादमा हाल्ने पैसा त वचत भएको छ नि त्यसैले बराबर गराउँछ भने हरेक वर्ष उत्पादन बिस्तारै बढ्दै जान्छ र १०-१२ वर्षमा रासायनिक मलखादको तुलनामा दोब्बर उत्पादन हुन्छ । तर एउटै कुराको ध्यान दिनुहोला जैविक मलखादमा प्रयोग गर्ने गोबर केवल लोकल गाईवस्तुको हुनुपर्छ विदेशी जर्सी गाईको गोबरबाट लाभ मिल्दैन ।

जैविक किटनाशक औषधि 
जैविक मलखाद मात्र हालेर पूर्ण रुपमा अर्गानिक हुँदैन किनभने जुन बलि लगाए पनि त्यसमा किरा नलाग्ने भन्ने हुँदैन र त्यो किरा मर्न रासायनिक किटनाशक औषधि प्रयोग गरियो भने अर्गानिक बाली प्राप्त हुँदैन तसर्थ जैविक किटनाशक औषधि कसरी बनाउने भन्नेबारे जानकारी दिन गैरहेको छु ।
जैविक किटनाशक औषधि १ बिघा खेतको लागि बनाउनका लागि निम्नानुसार चिज आवश्यक पर्दछ ।

१) ८ लिटर मुत्र (लोकल गाई, गोरु वा भैंसीको)
२) १ किलो पिसेको निमको पात
३) १ किलो पिसेको सिताफलको पात
४) १ किलो पिसेको आँकको पात
५) १ किलो पिसेको धतुरोको पात
६) १ किलो पिसेको बेलको पात
७) १००-१५० ग्राम पिसेको पिरो रातो खुर्सानी
८) २०० ग्राम पिसेको लसुन र अर्को महत्वपुर्ण कुरा तपाइको छेउछाउमा रहेको झारपात जुन गाईवस्तुले खाँदैनन त्यो सबै हालेर खुब उमाल्नुहोस  । अब त्यो उम्लेको झोललाइ चिसो भएपछी छानेर भाँडा वा जर्किनमा राख्नुहोस । जब खेतको बालीमा किरा लाग्छ तब यसमा ८० लिटर  पानी मिसाएर छर्कीदिनुहोस् । छर्केको दिनमा नै बालीमा लागेका सबै किराहरु मर्छन । जसको लागि बजार बाट केहि किन्न नि परेन पैसा पनि खर्च भएन सजिलै आफ्नो घरमा बनाउन सकियो ।

किसानहरुले यो शुन्य लागत जैविक मलखाद तथा किटनाशक औषधि प्रयोग गरि आफ्नो पैसाको वचत गरि देशको ठुलो धनराशी विदेशीनबाट जोगाउनुहोस् । जसले गर्दा तपाइले चर्को व्याजमा ऋण लिन पर्दैन र अतिरिक्त आर्थिक भारको बोझ तपाई किसानहरु माथि पर्दैन ।

शुन्य लागत जैविक मलखादद्वारा खेति गर्दा केहि समस्या आइपरेमा नेपाल र भारतमा रहेका किसान (जुन तल दिएकोछ) फोन नम्बरमा सम्पर्क राखी आवस्यक जानकारी तथा सल्लाह सुझाव लिन सक्नुहुन्छ ।

डिल्ली खतिवडा :- ९८४२७१९०८८                नेपाल  
अमित आनंद     :- +९१-८०९००१२३४९         भारत 
माधव राव          :- +९१-९८६६५४८२७८       भारत 
सचिन शिंदे        :- +९१-९९२२४१९३३४         भारत       

                                      

युट्युब लिंक :-  https://www.youtube.com/watch?v=XAdAP7DGh1U



                                    

युट्युब लिंक :- https://www.youtube.com/watch?v=cab-PNqho4I




व्यावसायिक कुखुरा पालना गर्दा ध्यान दिनुपर्ने कुरा

नेपालमा अहिले कुखुरा पालन व्यवसाय फस्टाइरहेको छ । बेला बेलामा बर्ड फ्लु तर्साएपनि किसानहरु व्यवसायबाट हच्चिएका छैनन् । वर्ड फ्लुको हल्ला ताका व्यवसायमा केही असर परेपनि पछि स्थिति सामान्यमा आएपछि व्यवसाय भएपनि राम्रैसँग चल्ने गरेको व्यवसायीहरुले बताएका छन् ।
कुनै एउटा निश्चित सिजनमा कुखुरा पालन गरेर यो व्यवसायबाट खुदमुनाफा लिन नसकिने वरिष्ठ पशु चिकित्सक उमेश दाहालले सेतोपाटीलाई बताए । उनले कुखुरा पालन व्यवसायमा धैर्य र मेहनत आवश्यक भएको बताए ।
कतिपय व्यवसायीहरुले पहिलो लटमा नै नाफा भएमा व्यवसायलाई निरन्तर दिने र घाटा भएमा व्यवसाय नै छोडने गरेका दाहालले बताए। कतिपय व्यवसायीहरुले भने कुखुरा पालन गर्दा सामान्य जानकारी र औषधीको प्रयोग गर्ने विधि नजान्दा पनि व्यवसाय तलतिर झर्ने गरेको उनले सुनाए ।
अहिले नेपालका व्यवसायीक रुपमा गरिएको कुखुरा पालनका लागि आवश्यक ब्रोइलर चल्ला भने केही रुपमा नेपालमा नै उत्पादन भईरहेको छ। तर लेस कुखुराको प्यारेन्टस अझै पनि पुरै रुपमा अन्य देशसँग निर्भर रहनु पर्ने बाध्यता रहेको दाहालले बताए। कुखुरा पालन गर्दा व्यवसायीहरुले प्रयोग गर्ने प्राय जसो औषधिले भने मानव शरीरमा खासै असर नपर्ने र एन्टिबायोटिकको प्रयोग गरिरहेकै समयमा तत्काल बजारमा ल्याउने हो भने यसले मानव शरीरमा असर पुर्‍याउने डा. दाहालले बताए।
उनले भने कुखुरा पालन गर्दा व्यवसायीहरुले कुखुरामा कुनै प्रकारको रोगले सङक्रमण नगरोस भनी भ्याक्सिन र उत्पादन बढाउनका लागि भिटामिनहरुको प्रयोग गर्छन। भूकम्पले अहिले हजारौं कुखुराको खोर नष्ट भएका छन, लाखौं अण्डा क्षति भएका छन र लाखौंको सङ्ख्यामा चल्लाको क्षति भएको पशु निर्देशनालयले जनाएको छ।
सामान्यत बजारमा कुखुराको मासु साउन र माघमा बढी घट्ने गरेको छ। तर अरु महिनामा पनि सामान्यत कुखुराको मासुमा मूल्यमा तलमाथी भईरहेको पनि छ। जव बजारमा माग भए जति कुखुरा व्यवसायीहरुले उपलब्ध गराउन नसक्दा मासुको मूल्य बढने र माग भन्दा बढी बजारमा आउदा मूल्य घट्ने गरेको कुखुरा व्यवसायीहरुले बताए।
डा. उमेश दाहालका अनुसार कुखुरा व्यवसायीहरुले कुखुरा पालन गर्दा सङक्रमण रोगहरुको महामारी नलागोस भनी प्रयोग गरीने भ्याक्सिन, औषधि र भिटामिनको प्रयोग विधिबारे जानकारी लिनै पर्छ ।
प्रयोग गर्ने तरिका र औषधी, भ्याक्सिन र भिटामिनहरु
१. शुन्य दिनदेखि ५ दिन सम्म चल्लालाई इलोक्ट्रोलाइट, गुल्कोज र भिटामिनको प्रगोग गर्ने
२. ५ देखि ७ दिन सम्मका चल्लालाई रानीखेत विरुद्धको एफ १ भ्याक्सिन आँखामा १ थोपा दिने।
३ यदि यो समयमा चल्लाको मूत्युदर बढी भएमा एन्टिबायोटी पनि दिन सकिन्छ। एन्टिभाईटी प्रयोग गरेको समयमानै तत्काल मासु प्रयोगमा ल्याउदा भने मानव शरीरमा असर पु¥याउँछ।
४. ८ देखि १० दिनको समयमा लिच्ची रोग बिरुद्धको लाई ०.२ एमएमको भ्याक्सिन सुई घाँटीको छालामुनी दिने।
५. १२ देखि १४ दिनको बिचमा गमबोरो बिरुद्धको भ्याक्सिन आखाँमा दिने।
६. १९ देखि २१ दिनकोबिचमा गमबोरो विरुद्धकै भ्याक्सिन पानीमा मिलाएर दिने।
७. २५ देखि २८ दिनको बिचमा रानीखेत विरुद्धको लासोटो भ्याक्सिन पानिमा दिने। तर पानीको माध्यमबाट भ्याक्सिन दिदाँ पानी सफा गर्न भनी पानीमा भने कुनै प्रकारको औषधी प्रयोग नगर्ने।
८ २५ दिन देखिबाट भने भिटामिनको प्रयोग गर्न सक्निे र भिटामिन ५ देखि १० एमएल १ हजार कुखुराको लाई दिन सकिन्छ।
यी औषधि र भ्याक्सिनको प्रयोगले कुखुरामा लाग्ने रोग सिआर डी( स्वासनलीको रोय), आई बी( उत्पादन घटाउने र घाटीमा खसखस हुने), हैजा, कोराइजा( ठाउँको सुनिने), दुषित पानीको प्रयोगले आउनसक्ने रोगहरु( तौल नबढ्ने, ज्वरो आउनु र विभिन्न रङमा छेर्ने) जस्ता रोगको प्रयोग गरेका औषधि र भ्याक्सिनले मानव शरीरमा खासै असर भने नगर्ने दाहालले बताए।
व्यवसायीहरुले कुखुरा पालनकोलाई खोर कस्तो बनाउने त?
१ पुर्व पश्चिम मोड फर्केको जमिन
२. लम्बाई आवश्यकता अनुसार सयदेखि १ सय ५० मिटर सम्म र चौडाई भने ३० फिटको हाराहारीमा निमार्ण गर्ने ।
३. दुई पाखे खोर छ भने मध्य बिन्दुको धुरी खम्बाको उचाई १३ देखि १५ फिट बनाउने र छेउछाउको उचाई भने ७ देखि ९ फिट सम्मको बनाउने।
४. जमिनको सतहलाई डेढ फिट देखि २ फिट सम्म उठाउने र लामो खोर छ भने बिच बिचमा पाटेसन गर्ने।
५. एक वयस्क बोईलर कुखुरकोलाई एक वर्ग फिट आवश्य पर्ने हुदाँ सोहि अनुरुप निमार्ण गर्ने र ५० कुखुरा बराबर एउटा पानीको भाडा राख्ने।

कोरियामा E-9 भिषाबाट E-7 परिबर्तन गर्ने प्रक्रिया

दक्षिण कोरियामा दक्ष कामदार भित्रयाउनको लागि बनाइएको भिसाको प्रकार हो E7 । यस अन्तर्गत विभिन्न सम्बन्धित क्षेत्रमा ज्ञान सिप दक्षता हासिल गरेका प्रवासीहरुले आवश्यक प्रकृया पुरा गरी यो विशेषज्ञ कामदारको लागि दिईने भिसा प्राप्तको लागि आवेदन दिन सकिन्छ । यहाँको अध्यागमन विभागले विदेशी कामदारहरूलाई यस अघि उपलब्ध गराउदै आएको दक्ष कामदार भिसा (E-7)मा परिवर्तन गरि केहि खुकुलो बनाइ २०१४।०४।२८बाट लागु गरेको छ ।

दक्षता भनेको के हो ?
दक्षिण कोरियामा खास गरी नेपालको सम्बन्धमा ईपिएस बाट ई ९ भिसा मार्फत कार्यरत नेपालीहरु बहुसंख्यक रुपमा रहेका छन । E-7 भिसा भन्नासाथ यो भिसा परिवर्तनलाई सोझै ई 9 को भिसामा आएका या भनौ ईपिएस मार्फत आएका कामदारलाई थपिने या भिसा परिवर्तन गरिने भनि सोझो अर्थमा लिएको पाइएको छ । यसकारण पनि यो विदेशीकामदारको लागि झन्झटिलो प्रकृया उपयोगी हुन नसक्ने जस्ता कुराहरु आएका छन । जसको कारणले यस बारेमा आशा भन्दा निराशा छाएको पनि पाईएको छ । कतिपय त यो प्रवासी कामदारको आखामा छारो हाल्ने काम मात्र हो पनि भनिरहेका छन ।

तर केही अनुभवी कोरियाका नेपालीहरु भने यो प्रकृयाबाट नेपालीले फाईदा लिन सक्ने बताउछन । यसमा दक्षता भन्ने कुराले के हो दक्षता कसको छ कसको छैन कसरी दक्ष हुन र पाउने भन्ने विज्ञासा अलि बडि मात्रामा देखिने गरेको छ । दक्षता भनेको तपाईले गर्नुभएको काममा नै पाउने तपाई बडि अनुभवी हुनु हो । तपाईले लगातार गर्नुभएको निश्चित प्रविधि वा प्रकृतिको काममा हासिल गरेको अनुभव पर्दछ । दक्षिण कोरियामा धेरै नेपालीहरुले आफुले गर्ने काममा दक्षता प्राप्त गरेका छन । नेपालीले गरेको कामलाई प्राथमिकतामा राखेर नै दक्षिण कोरियाले धेरै संख्यामा नेपालीहरु भित्रयाउन लागेको पनि छ । यस अर्थ कोरियामा रहेका कामदारले आफुले गरेको काम अन्तर्गतको गहिरो ज्ञान नै दक्षता हो । तर सबै प्रकृतिको काम गर्ने व्यक्ति या सबै कामदारले E-7 भिसा पाउछन नै भन्ने पनि होईन ।

कोरियाका E-9, E-10, H-2  भिसामा रहि काम गरि रहेका  मजदुरहरु मध्ये दक्षता भएको प्रमाणित भएमा उनीहरुलाई E-7 भिसामा परिवर्तन गर्न पाउने छ । तपाईले आफुले गरेको काम सम्बन्धमा बुझेर सम्बन्धित कामको प्रकृति छुटयायर कम्पनी समेतको अनुमति लिई ईमेग्रेसनले संचालन गरेको तालिम जसलाई साहवे योङहाप भनिन्छ लिन सकिन्छ । उत्पादन कृषि का विभिन्न पक्षमा विषेश ज्ञान तथा सीप दक्षता हो । फिसरिङ कृषि अन्तर्गतका काममा तपाईले गरेको काम कुन शिर्षकमा दक्षता पर्छ तपाईले प्रयोग गर्ने मेशिन काम गर्ने कम्पनी गर्ने काम जस्ता कुरामा निर्भर हुन सक्छ । यस विषयमा सम्बन्धि कामको सिप को विभाजन स्पष्ट भएपछि मात्र थाहा पाउन सकिन्छ ।

यो ईपिएस अन्तर्गतको सबै कामदारलाई भिसा परिवर्तन गर्ने कुरा नभई दक्ष कामदारलाई लामो समय काम गर्न दिने अनुमति भिसा हो । काम सम्बन्धी दक्ष र अनुभवी कामदारलाई कम्पनीले समेत राख्न चाहने हुदा सरकारले समेत यस्ता व्यक्तिहरुलाई E-7 भिसा लिई बस्न सक्ने व्यवस्था गरेको हो ।

E-7 भीषामा कम्पनिको प्रकार :
 E-7 भीषामा कम्पनिको प्रकारमा पूरीसानअब (뿌리산업) र छेजोअब (제조업) गरी दुई प्रकार हुन्छन ।
पुरी सानब (뿌리 산업 रुट कम्पनी) मा पाईन हाल्ने काम, वेल्डीङ गर्ने काम , ग्रेन्डिङको काम , सामान पगालेर पुन बस्तु बनाउने , हातले तयार गर्ने काम , गाडीको पार्ट पूर्जाको काम पर्दछ, भने यो भन्दा बाहेकका कम्पनि  छेजोअब (제조업) अन्तर्गत पर्दछ ।

कोरियामा काम गर्ने विदेशी अदक्ष कामदार (E-9) ले दक्ष कामदार भिषा (E-7)को लागी पदावधिका लागि निम्नानुसारको सर्त पुरा गर्नुपर्नेछ :

१) कोरियामा 4 वर्ष कुनै पनि कम्पनि वा Agriculture मा काम गरेको हुनुपर्छ!  पुरी सानप भए 3 वर्ष (Example 2006 देखि 2016 सम्ममा कुनै पनि कम्पनी 4 वर्ष काम गरेको हुनुपर्छ (कम्पनी फेरेको भए पनि हुने) ।

२) उमेर ३५ बर्ष  पुरी सानपमा भने 39 वर्ष ननाघेको हुनुपर्ने ।

३) युनिभर्सिटी वा डिप्लोमा पास हुनुपर्ने गरेको हुनु पर्ने र पुरी सानप भए A वा+12 गरेको हुनु पर्ने (नेपाल तथा दक्षिण कोरिया जहाको भए पनि हुन्छ ।) तर  सर्टिफिकेट र Mark sheet लाई नेपालको शिक्षा मन्त्रालयबाट छाप हानेर मात्र कोरियन Embassy बाट छाप लगाऊनु होला ।

४) युनिभर्सिटी नपढेकोले 3 लेभल कोरियाको भाषा परिक्षा पास गरे हुन्छ तर कोरियामै 2 वर्ष युनिभर्सिटी पढेकोले भाषाको 3 लेभल पास गर्न पदैंन ।

५) कोरियन भाषा परिक्षा TOPIK नगर्नेलाई कोरियन अध्यागमनबाट संचालित 사화통합프로그램 कक्षामा सहभागी भएर 3 Steps (3 단계) पुरा गरेको हुनु पर्नेछ (2016/07/01 देखि लागु) ।

६) हाईस्कुलबाट +२ नभएकोलाई कोरियाको सोसियल एडजसमेन्ट कार्यक्रममा भाग लिएको प्रमाणमत्रलाई पनि आधार बनाउन सकिने छ।  यस सम्बन्धमा भने कोरियाको संघ संस्थामा सम्पर्क राख्नुहोला ।
भाषाको लागि बिस्तृत जानकारी www.socinet.go.kr बाट लिन सकिन्छ र टपिक परिक्षाको जानकारीको www.topik.go.kr हेर्न सक्नुहुनेछ ।जसमा प्रश्न पत्र  , पुराना परिक्षाका सामाग्रीहर , परिक्षाको आवेदन , परिक्षा केन्द्र समय सबै दिइएको छ ।

७) आफूले काम गरेको काम को  प्रकृति बुझि कोरियाको सिप तालिम केन्द्रहरुबाट  दक्षताको  प्रमाण पत्र लिनु पर्नेछ ।

८) 직종의 기능사 이상의 자격증 जुन आफ्रनो काम सम्बन्धित license www.q-net.or.kr बाट बुझ्न सकिन्छ तथा 1 साल देखिको तलब मासिक 2,556,723₩ वा सो भन्दा माथि थापेको हुनुपर्ने  (2016/07/01 देखि लागू) ।

९) कोरिया भाषा टोपिक 3 लेभल पास हुनुपर्ने तर पूरी सानपमा पॅनेॅले 2 लेभल पास गरे हुन्छ ।

१०) दक्षता सम्बन्धमा कम्पनीको स्वीकृती हुनपर्ने हुदा कम्पनीको मार्फतबाट यी प्रकृयाको काम गर्न सकिनेछ । यसको लागि आफुले थाहा पाएको जानकारी कम्पनीलाई भन्ने र त्यसबारेमा नोदम्बो, कोरिया जव सेन्टर, अध्यागमन विभाग तथा संघ संस्थाहरुबाट थप जानकारी लिन सकिनेछ ।

कम्पनीमा कोरियनको संख्या :
10~49 जना भएको कम्पनीमा = 1 जना E7, तर  पूरी सानपमा 5~9 जना जना भएको कम्पनीमा = 1 जना E7
50~149 जना भएको कम्पनीमा= 2 जना E7, तर Agriculture मा भने 30 भन्दा कम कामदार भएकोमा = 1 जना  E7

नोट:- कोरियामा मापसे, झै झगडा, अपराधिक केशमा परेकाले E-7 पाऊने छैनन् ।

बिस्तृत जानकारीको लागि:
wwww.hikorea.go.kr
www.migrantok.org
www.kpic.re.kr


  • यहिनै  बसोबास गर्न सकिने कुराहरु पनि जोडिएको हुदाE-7  प्राप्त गरिसकेपछि एफ 2.5  भिसाको लागि आवेदन दिन सकिन्छ ।