सान डियागो– आफै चल्ने कार पहिले फिल्ममा मात्र हेर्न सकिन्थ्यो। अब सफ्ट्वयर दुनियाको बादशाह गुगल यस्तो कार ल्याएको छ। हरेक क्षेत्रमा नयाँ प्रविधि प्रयोग गर्न माहिर गुगलले सेल्फ ड्राइभिङ कार ल्याएको हो।यो कार चलाउन चालक चाहिँदैन। गुगलको यो रोबो–ट्याक्सीले मान्छेले चाहेअनुसार ल्याउने-लैजाने सुविधा प्रदान गर्नेछ। यो कारले विश्वमा अहिले भएको परिवहन व्यवस्थालाई बदल्न सक्ने दाबी गुगल अधिकारीले गरेका छन्। जुलाई महिनासम्म गुगल सेल्फ ड्राइभिङ कार २ हजार ५ सय यस्ता कार गुगलले बिक्री गरेकी छ।
यो कारको निर्माणपछि धेरै मानिसहरुलाई व्यक्तिगत कारको आवश्यकता महसुस हुने छैन। यसले सडक दुर्घटनामा पनि कमी ल्याउने गुगलले दाबी छ। 'मानवीय त्रुटिलाई यसले कमी गर्ने छ', गुगलले भनेको छ- 'यसले वातावरण प्रदुषण हुनबाट समेत जोगाउने छ।' यो कार एक पटक चार्ज गरेपछि ७५० माइलसम्म गुड्छ अथवा ४८ घन्टासम्म स्ट्यान्ड बाइ मोडमा रहन सक्छ।
गुगलले हालै कार निर्माताहरु सँगको परामर्शपछि रोबो–ट्याक्सी बनाउने निर्णय गरेको हो। सेल्फ ड्राइभीङ सफ्टवयरको प्रयोग गरेर यो प्रोजेक्ट सफलतापूर्वक पूरा हुने विश्वास लिइएको छ। यो कारको निर्माणसँगै ट्राफिक नियमहरुको बारेमा प्रश्न पनि उठेका छन्। यो कार कानुनी हुने वा नहुने भन्ने पनि छलफल सुरु भएका छन्। कार दुर्घटनामा परेमा त्यसको जिम्मेवार को हुने?, स्पिडको समस्या कसरी समाधान गर्ने ? भन्ने विषय बहसमा आएका छन्।
अमेरिकाका क्यालिफोर्निया, फ्लोरिडा र नेभदामा यो कारले गुड्ने अनुमति पाइसकेको छ।
0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !