Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » , » च्याउबाट करोड आम्दानीको लक्ष्य

च्याउबाट करोड आम्दानीको लक्ष्य


रोजगारीका लागि खाडी मुलुक जाने मोह त्यागेर युवा गाउँमै च्याउखेतीमा लागेका छन् ।
भकुण्डे गाविस वडा नं १, २ र ३ का झन्डै एकसय युवाले समूहमा मिलेर खेती थालेका हुन् । उनीहरूले सात हजार उत्तीसका मुढामा ‘सिताके च्याउ’ लगाएर रु एक करोड ५६ लाख आम्दानी गर्ने कार्ययोजना बनाएका हुन् ।
हिराताल पर्यटकीय र सौर्य सामुदायिक उपभोक्ता समितिका सदस्यले झन्डै रु २० लाख लगानी गरिसकेका छन् । जग्गा भाडामा लिएर दुईजना दैनिक हेरालोसमेत राखेर थालेको खेतीबाट यसै वर्ष रु एक करोडको आम्दानी हुने समितिका अध्यक्ष दलबहादुर थापाले बताउनुभयो ।

सौर्य समितिका सदस्यले पनि रु ५० लाख आम्दानी गर्ने लक्ष्यले काम थालेका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ र बहुसरोकारवाला वन कार्यक्रमले तालिम, बीउ र प्रविधि सहयोग गरेको छ ।
जलवायु परिवर्तन अनुकूलन योजना निर्माणमा सदस्यलाई सक्रिय बनाउन च्याउखेतीमा आकर्षित गरिएको जिल्ला महासङ्घका अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।
उहाँले भन्नुभयोे, “विदेश जाने र रोजगारी खोज्दै सहर पस्ने युवालाई गाउँमा रोकेर पानीका स्रोत संरक्षणमा पनि लगाएका छौँ ।” सिताके जातको च्याउ सहरमा प्रतिकेजी रु एक हजार ६०० देखि रु दुई हजारसम्म पनि बिक्री भइरहेको छ । एकपटक काठको मुढामा लगाएपछि छ वर्षसम्म उत्पादन दिन्छ । भकुण्डे–२ को सौर्य सामुदायिक वन उपभोक्ता समितिका १७ सदस्यले रु एक हजार, भकुण्डे–३ का युवाले एक हजार, व्यक्तिगतरुपमा पनि झन्डै रु दुई हजार गरी रु सात हजार बढी मुढामा च्याउ लगाइएको लामिछानेले बताउनुभयो ।

“माछा मासुमा पाइने तत्वसमेत भएकाले यो च्याउको माग बढिरहेको छ” थापाले भन्नुभयोे, “बजारमा बढी माग भएको र सजिलै बिक्री हुने भएपछि विदेश जान खोजेका युवा पनि हौसिएका छन् ।” उनीहरूको देखासिकीबाट छिमेकी तित्याङका राजु थापा र फाँटबहादुर थापाले पनि च्याउ लगाएर लाखौँ आम्दानी गरिरहेका छन् ।
जलवायु संरक्षणतर्फ महासङ्घले प्लास्टिक पोखरीमार्फत पानी सङ्कलन, सुक्न लागेका मूलको खोजी गरी संरक्षण तथा वृक्षरोपण अभियान पनि सञ्चालन गरेको भकुण्डे–१ का टीकाराम थापाले बताउनुभयो । पछिल्लो १० वर्षमा सुकेका मूलको खोजी गरी संरक्षण गर्न पनि समूह सदस्य सक्रिय रहेको उहाँले जानकारी दिनुभयो ।

साभार: नेपाली किसान

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !