नजिकैको फोटो हेर्नुस्, यो केको फोटो हो अनुमान लगाउन सक्नुहुन्छ ? ज्वालामुखी पहाड जस्तो देखिन्छ, कालो गहिरो प्वालको वरपरका दृश्य बालुवा जस्तो पनि देखिन्छ। आखिर के हो त यो ? जवाफ भित्र छ।
यो वास्तवमा आँखा हो। मान्छेको आँखा। आर्मेनियाका फोटोग्राफर Suren Manvelyan मान्छेको आँखालाई नजिकबाट खिचेका हुन् यी फोटो। यो संसार हेर्ने काम आँखाले नै गर्छ। तर हाम्रो आँखालाई यति नजिकबाट हेर्न हाम्रै आँखा सक्षम हुन्न। यो त माइक्रो लेन्सको कमाल हो। माइक्रो लेन्सले हाम्रो आँखाका स-साना कुरालाई समेत यसरी नजिकैबाट प्रष्ट पारेको हो।
गाजलु ती ठूला-ठूला आँखा, तीर बनी पसे यो दिलैमा……आँखाको सौन्दर्य बारे कविहरुले हजारौँ कविता लेखेका छन्। कयौँ गीत बनेका छन्। तर उनीहरुले यति नजिकबाट आँखालाई देखेका भने छैनन् होला। यति नजिकबाट देखे भने आँखाको बारेमा अर्कै कविता पो बन्ने हो कि !

संसार हेर्छ आँखाले। अब यसैको मद्धतले नजिकबाट यसैको बनोटलाई हेरौँ न त,गज्जब छैन? तपाईँका सुन्दर आँखा शीर्षकमा उनले खिचेका यी फोटोहरु झण्डै २९ लाख पटक हेरिसकिएका छन्।
0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !