नेपाल सरकारले ७० प्रकारका औषधी निःशुल्क वितरण गर्छ । तर धेरैलाई निःशुल्क पाइने औषधीको बारेमा जानकारी नै छैन ।
यसअघि ४० प्रकारका औषधि निःशुल्क पाइने गरेकोमा २०७१-५-११ गतेबाट सरकारले थप ३० प्रकारका औषधी पनि निःशुल्क बाँड्ने निर्णय गरेको हो । उच्च रक्तचाप, मुटु र मधुमेह सम्बन्धि तथा लेक लाग्दा प्रयोग हुने औषधिहरु पनि सरकारी अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र र स्वाथ्य चौकीमा निःशुल्क पाइने छ ।
यस्तै युरिक एसिड तथा मानसिक रोगसँग सम्बन्धित औषधीहरु पनि अब सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निःशुल्क पाइने औषधीको सम्पूर्ण विवरण सहितको जानकारी तल हेरेर थाहा पाउन सकिन्छ ।
त्यस्तै नेपाल सरकारले केही उपचारहरु पनि नि:शुल्क गर्दै आएको छ त्यो के के हो त जानकारी लिन को लागि यहाँ क्लिक गर्नुहोस् ।
साभार : उज्यालो अनलाइन
प्रकाशित मिति : २०७१ भाद्र २०
0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !