Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » , » बीस वर्ष अध्यापनपछि अहिले बाख्रापालन

बीस वर्ष अध्यापनपछि अहिले बाख्रापालन

एक पूर्व शिक्षकले व्यावसायिक बाख्रापालन सुरु गरेको एक वर्षमै राम्रो कमाई गर्न सफल भएका छन् । बागलुङको मल्म–१ छिसका ४३ वर्षीय मित्र खरेलले स्थापना गरेको खरेल बाख्रा उत्पादन फार्मबाट वर्ष दिनमै रु एक लाखभन्दा बढी आम्दानी भएको हो । रु ३० हजारको लगानीमा व्यवसाय सुरु गरेका खरेलको फार्ममा अहिले स्थानीय खरी जातका ८० वटा बाख्रा छन् ।

 
बाख्रापालक किसान सङ्घ बागलुङका अध्यक्षसमेत रहेका खरेलले २० वर्षसम्म अध्यापन पेसामा संलग्न रहेर अवकाश लिएपछि कृषि पेसामा लागेका हुन् । रिघा गाविसको सरस्वती प्राथमिक विद्यालयमा खरेलले २० वर्षसम्म पढाएका थिए ।

व्यवसाय विस्तार गरेर ३०० बाख्रा पु¥याउने लक्ष्य खरेलको छ । खरेल र उहाँकी श्रीमती सीता मिलेर बाख्रापालन व्यवसायलाई अघि बढाएका हुन् । “बाख्रापालन व्यवसायबाट राम्रो कमाई हुने देखेर नै मैले यसैलाई रोजेँ, सुरु गरेको एक वर्षमै मैले रु एक लाखभन्दा बढीका बाख्रा बेचिसकेको छु”, खरेलले भने, “मसँग अहिले फर्ममा रु तीन लाखबराबरको बाख्रा छन् ।”

व्यवसायसँगै खरेलले अध्ययनलाई पनि अघि बढाएका छन् । गत वर्ष उनले काँडेबासमा रहेको जनजागृति उच्च माध्यामिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरिसक्नुभएको छ । अब बिएडको पढाइ सुरु गर्ने खरेलले बताए । सात सन्तानका पिता रहेका खरेलले बाख्रापालन र अन्य कृषि उत्पादनको बिक्रीबाट भएको आम्दानीले परिवारको सम्पूर्ण खर्च र व्यवहार चलेको उल्लेख गरे ।

बाख्रापालन व्यवसायसँगै उनले तरकारीखेती पनि गर्दै आएका छन् । करिब तीन रोपनी क्षेत्रफलमा बेसारखेती गर्दै आएको खरेलले जानकारी दिए । गत वर्ष एक क्विन्टल बेसार बेचेको उनको भनाइ छ । धुलो बेसार प्रतिकिलो रु ५०० मा बिक्री हुने गरेको खरेलले जानकारी दिए । खरेलले स्थानीयस्तरमा रहेर पत्रकारितालाई पनि अघि बढाइरहेका छन् । गलकोटमा रहेको रेडियो गलकोट र गलकोटपत्र साप्ताहिकको सम्वाददाताका रुपमा रहेका छन् ।
साभारः रातोपाटी

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !