गाई र भैंसी पाल्न नसक्ने साना किसानलाई वितरण गर्न भन्दै सरकारले अमेरिकाबाट बोका र पाठी आयात गरेको छ। प्रत्येकको दुई हजार डलर (दुई लाख रुपैयाँ) तिरेर २० बोका र ३० पाठी भित्र्याइएको हो । तिनीहरूलाई १८ पुसमा नेपाल ल्याइएको थियो ।
कृषि विकास मन्त्रालयका प्रवक्ता डा. उदय ठाकुरले अमेरिकाबाट एउटाको दुई हजार डलर तिरेर २० बोका र ३० पाठी आयात गरिएको र तिनीहरूलाई चिकित्सकको निगरानीमा खुमलटार स्थित कृषि अनुसन्धान परिषद् (नार्क) मा राखिएको बताए ।
अमेरिकी बोका तथा पाठीलाई नेपालको हावापानीअनुसार हुर्कन सिकाउने उद्देश्यले चिकित्सकको निगरानीमा राखिएको हो । मन्त्रालयका उपसचिव शंकर सापकोटाले नेपालको हावापानीअनुसार घुलमिल हुन थालेपछि र पाठीहरू प्रजननयोग्य भएपछि बोकाको संसर्गबाट गर्भाधान गराइने जानकारी दिए । सापकोटाका अनुसार खोप लगाएर भए पनि तिनीहरूलाई नेपालको हावापानीमा घुलमिल हुने अवस्था सिर्जना गराइनेछ ।
बोका र पाठीबीच संसर्ग गराई पाठीलाई गर्भाधान गराउने र ब्याएपछि बालबच्चा र महिलालाई दूध खुवाउने उद्देश्य राखिएको उपसचिव सापकोटाले बताए । उनका अनुसार सानन जातका बाख्रा एक बेतमा नौ सयदेखि एक हजार ६ सय लिटरसम्म दूध दिने क्षमताका छन् । ‘अमेरिकाबाट आयात गरिएको पाठी ब्याएपछि आफ्नो नयाँ पाठापाठीलाई खुवाएर पनि एक बेतमा नौ सयदेखि एक हजार ६ सय लिटरसम्म दूध दिन सक्ने क्षमताका छन्,’ सापकोटाले भने । यसको अर्थ दैनिक तीनदेखि चार लिटरसम्म ती बाख्राले दूध दिने गर्छन् ।
धेरै दूध दिने ती बाख्राको दूध पोषणयुक्त खानेकुरा कम भएका गाविसका बालबच्चा र महिलालाई उपभोगका लागि उपलब्ध गराउने सरकारको तयारी छ । बाख्राको दूध धेरै पोषिलो हुने सापकोटाले बताए । ‘अमेरिकी बाख्राको दूध बच्चा र आमालाई खुवाउँदा धेरै राम्रो हुने पाइएको छ,’ उनले भने । ‘अमेरिकन डेरी गोट एसोसिएसन’मार्फत मन्त्रालयले ती पाठापाठी ल्याएको हो । ल्याइएका पाठापाठी १०–१० महिनाका छन् ।
साना किसानले दूधका लागि गाई, भैंसी पाल्न नसक्ने देखेर दुधालु अमेरिकी बाख्रा आयात गरी किसानलाई वितरण गर्ने योजना बनाइएको मन्त्रालयले जनाएको छ । ‘साना किसानले दूधका लागि गाई किनेर पाल्न सक्दैनन्,’ प्रवक्ता ठाकुरले भने, ‘तर, बाख्रा पाल्न गाह्रो छैन । त्यसैले साना किसानलाई दूध खुवाउनकै लागि अमेरिकाबाट पाठापाठी ल्याएका हौँ ।’ उनले पशु नश्ल सुधारका लागि उन्नत जातका पाठापाठी भित्र्याएको बताए ।
अमेरिकी पाठापाठी प्रजननयोग्य भएपछि संसर्ग गराई पाठापाठी जन्माइने र पाठी साना किसानलाई दिइने प्रवक्ता ठाकुरले बताए । ‘नयाँ पाठी साना किसानलाई सित्तैमा उपलब्ध गराइनेछ,’ उनले भने, ‘नयाँ बोका भने वीर्य उत्पादनका लागि सरकारी फार्ममा नै राखिनेछ ।’
मन्त्रालयमातहतको कृषि तथा खाद्य सुरक्षा आयोजनाले बोका तथा पाठीको रेखदेख र वितरण गर्नेछ । आयोजनाले नै साना किसानको समूह छनोट गरी अमेरिकी बाख्राबाट जन्मिएका पाठी किसानलाई दिनेछ । ‘नयाँ पाठीले पनि प्रजननपछि स्थानीयको तुलनामा धेरै दूध दिन्छन्,’ ठाकुरले भने । यस्ता पाठी पाल्ने किसानले मनग्य दूध उपभोग गर्न पाउने सरकारको अपेक्षा छ ।
‘दूध उपभोग गरेर जनतामा पोषण सुरक्षा हुन्छ भने अर्कोतिर नश्ल सुधार पनि हुँदै जान्छ,’ उनले भने । हाल आयात गरिएका बोका र पाठीले जन्माएका नयाँ बोकाबाट वीर्य संकलन गरी स्थानीय जातका बाख्रामा कृत्रिम गर्भाधान गराउने मन्त्रालयले जनाएको छ । ‘उच्च नश्लको वीर्यबाट कृत्रिम गर्भाधानपछि स्थानीय जातका बाख्राले पनि धेरै दूध दिन्छन्,’ उनले भने, ‘कृत्रिम गर्भाधानबाट जन्मिएका बोकाहरू उच्च नश्लका हुन्छन् भने पाठी पनि धेरै दूध दिने क्षमताका हुन्छन् ।’
कस्तो हो सानन ?
सानन बाख्रा दूधका लागि विश्वभर प्रख्यात छ । यो जातको बाख्रा अमेरिकामा ‘डेरी गोट’ नामले पनि चिनिन्छ । स्विट्जरल्यान्डको सानन उपत्यकामा विकास भएको यो जातको बाख्रा १९औँ शताब्दीमा युरोप र २०औँ शताब्दीको सुरुमा अमेरिका लगिएको थियो । पूर्ण सेतो रंगको र कान ठाडा हुने यो बाख्राको दूधमा तीनदेखि चार प्रतिशत मात्र फ्याट हुने बताइएको छ ।
यस्तो छ तयारी :
सरकारले अमेरिकाबाट ल्याएलगत्तै बोकापाठीलाई नेपालको हावापानीमा चाँडै घुलमिल गराउन नार्कको निगरानीमा राखेको छ । त्यसपछि पाँच बोका र पाँच पाठी चित्लाङस्थित सरकारी फार्ममा, १० बोका तथा १० पाठी बन्दीपुर फार्ममा र बाँकी राष्ट्रिय प्रजनन केन्द्र, पोखरामा राखिनेछन् ।
प्रजननयोग्य भएपछि तीनवटै केन्द्रमा राखिएका पाठापाठीबीच संसर्ग गराई नयाँ पाठापाठी जन्माइनेछन् । स्थानीय कृषि समूहलाई पाठी दिइन्छ भने बोका फार्ममा राखिनेछ । पाठी स्थानीय जातको बोकाबाट गर्भधान भए पनि ब्याएपछि माउको जस्तै धेरै दूध दिने क्षमताको हुने कृषि विकास मन्त्रालयका अधिकारीहरू बताउँछन् । बोकाबाट वीर्य निकाली स्थानीय जातका बाख्रासँग संसर्ग गराइन्छ । तत्काल मध्य र सुदूरपश्चिमका किसानले यस्तो लाभ पाउनेछन् ।
डडेल्धुरामा सरकारले किसानलाई कृत्रिम गर्भाधानबारे तालिम दिने जनाएको छ । किसानलाई तालिम दिएपछि बोकाको वीर्य दिने र किसान आफैँले पालेका बाख्रामा कृत्रिम गर्भाधान गराउन सक्ने सरकारको अपेक्षा छ ।
अहिले विश्वमा आधुनिक रुपमा सानन बाख्रा पालन तथा दुध ब्यबसायको उच्च प्रयोग भइरहेको छ यो भिडियो हेर्नुहोस !
साभारः नयाँ पत्रिका

0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !