नेपाललगायत विश्वका विभिन्न देशमा स्वाइन फ्लुको संक्रमण बढिरहेको छ । श्वासप्रश्वासको माध्यमले एक-अर्कामा सर्ने यो रोग लाग्दा सामान्य रुघाखोकीको जस्तै लक्षण देखिन्छ । समयमा उपचार नगरे रोगीको मृत्यु समेत हुने भएकाले अहिले यो रोगबाट जोगिन विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।
स्वास्थ्य मन्त्रालय तथा डाक्टर सबै स्वाइन फ्लुको सामना गर्न सक्दो प्रयास गर्दैछन । स्वाइन फलूको सुरुवाती लक्षण देखा पर्न साथ उपचार सुरु गर्नुपर्छ। त्यसैले तपाईंलाई थाहा हुन जरुरी छ कि स्वाइन फ्लु के हो ? र यो कसरी फैलिन्छ। तपाइलाई यो जानकारी अझ महत्त्वपूर्ण छ कि हिउँद वर्षामा चिस्यान बढ्छ र यस्तो मौसममा स्वाइन फ्लु तीव्र रुपमा फैलिन्छ ।
सामान्यतया बढ्दो चिसो, शीतकालीन वर्षा तथा खराब मौसममा यो सक्रिय हुन्छ। वास्तवमा स्वाइन फ्लु भाइरल ज्वरो हो अर्थात् यो भाइरस द्वारा फैलिन्छ। वर्षाको कारणले स्वाइन फ्लु भाइरस अझै घातक हुन्छ। वातावरणमा बढेको चिस्यानसंगै यो अझ छिटो फैलिन्छ। जसको कारणले मानिसको मृत्यु बढ्दै छ
तर यो बिमारीलाइ राम्रो संग जान्न-बुझ्न सके र यसलाई चिन्न सके यसको महामारीबाट बच्न सजिलो हुनेछ।
स्वाइन फ्लु के हो ?
सुँगुर इन्फ्लूएंजा अर्थात स्वाइन फ्लू जसलाई एच1 एन1 को रूपमा पनि जानिन्छ। जुन इन्फ्लूएंजा विषाणुयुक्त्त सुँगुरद्वारा फैलिने संक्रमण हो। २००९ सम्मको जानकारी अनुसार SIV- Slailvi कारणमा इन्फ्लुएन्जा सी र इन्फ्लुएन्जा ए को उपप्रकार एच1एन1(H1N1), एच1एन2(H1N2), एच3एन1(H3N1), एच3एन2(H3N2) र एच2एन3(H2N3) समावेश छन् । यस प्रकारका इन्फ्लुएन्जा मानिस र चरामा पनि प्रभाव पार्दछ। स्वाइन फ्लु एच1एन1 भाइरसका कारण लाग्छ भन्ने कुरा सन् २००९ मा पहिलो पटक अमेरिकामा पत्ता लागेको थियो । केही समयमै यो विश्वका धेरै देशमा फैलियो र विश्व स्वास्थ्य संगठनले यसलाई गम्भीर महामारी घोषणा गर्यो । सन् २००९ र २०१० मा मात्र उक्त भाइरसको संक्रमणका कारण १० हजार मानिसको मृत्यु भएको थियो । बीचमा फाट्टफुट्ट मात्र देखिएको यो रोगले अहिले फेरि संक्रमणको रूप लिएको छ ।
स्वाइन फ्लुको भाइरस संसारको कुनै पनि ठाउँमा पाईनु सामान्य हो। यो विषाणु सुँगुरबाट मानिसहरूमा प्रसारण हुनु साधारण हो र यो विषाणु मानव इन्फ्लुएन्जाको कारणले बन्ने पनि होइन, बरु हाम्रो रगतमा यो विषाणुको विरुद्ध लड्ने क्षमता (एंटीबडी) को उत्पादन हुन्छ । यदि यसको प्रसारण मानव इन्फ्लुएन्जाको कारण हुन्छ भने त्यसलाई ज़ूनोटिक स्वाइन इन्फ्लुएन्जा (Zoonotic Swine Influenza) भनिन्छ । जो व्यक्ति नियमित रुपमा सुंगुरको सम्पर्कमा रहन्छ त्यसलाई यो फ्लुको संक्रमणको उच्च जोखिम रहन्छ । यदि कुनै संक्रमित सुंगुरको मासु राम्रोसँग पकाएर खाएमा संक्रमण कुनै खतरा हुँदैन ।
२० औं शताब्दीको बीचमा इन्फ्लुएन्जाको उपप्रकारको पहिचान गर्न सम्भव भएको थियो जसलेगर्दा मानिसमा यसको प्रसारणको सही निदान सम्भव भयो। त्यसबेला केवल ५० जनामा भेटिएको पुष्टि भएको थियो। मानिसहरूमा ज़ूनोटिक स्वाइन इन्फ्लुएन्जाको लक्षण अरु इन्फ्लुएन्जाको लक्षणसँग मिल्दो जुल्दो हुन्छ जस्तैः चिसो लाग्नु, ज्वरो आउनु, घाँटी खसखस गर्नु, खोकी लाग्नु, मांसपेशीको दुखाइ, बेस्सरी टाउको दुखाइ, कमजोरी र सामान्य असुविधा महसुस हुनु इत्यादि ।
स्वाइन फ्लुको वर्गीकरण :-
मानिसमा सुँगुर इन्फ्लूएंजाको लागि उत्तरदायी तिन प्रकारको इन्फ्लूएंजा मध्ये दुई प्रकारको इन्फ्लूएंजा सुँगुरमा पनि फैलिन सक्छ, जसमा इन्फ्लूएंजा ए त साधारण हो तर इन्फ्लूएंजा सी कता कतै पाइन्छ । अहिले सम्म इन्फ्लूएंजा बी चाहिँ सुँगुरमा देखिएको छैन । इन्फ्लूएंजा ए र इन्फ्लूएंजा सी भित्र मानिस र सुँगुरमा पाइने नस्लहरुमा फरक हुन्छ त्यसो त पुनः पृथकीकरणको कारणले नस्लमा ठुलो मात्रामा जिनको स्थानान्तरण देखिएको पाइन्छ चाहे त्यो सुँगुर, पंक्षि वा मानिसमा होस् ।
इन्फ्लूएंजा सी :
इन्फ्लूएंजा सी भाइरसले मानिस र सुँगुर दुबैमा संक्रमण गर्दछ तर यसको संक्रमण पंक्षिमा हुँदैन। अतितमा पनि यसको प्रसारण सुँगुर र मानिस बीच मात्र भएको पाइन्छ । उदाहरणको लागि इन्फ्लूएंजा सी जापान र क्यालिफोर्नियाका बच्चाहरुमा फैलिएको थियो त्यस बेला आफ्नो सिमित भेटघाट, पाहुना सिमा र आनुवंशिक विविधताको कमीको कारण इन्फ्लूएंजा सी मानिसमा माहामारीको रुप लिन पाएन
इन्फ्लूएंजा ए :
सुँगुर इन्फ्लूएंजा ए को उपप्रकारहरु एच1एन1 (H1N1), एच1एन2 (H1N2), एच3एन1 (H3N1), एच3एन2 (H3N2) र एच2एन3 (H2N3) को कारण स्वाइन फ्लु हुन्छ । यस उपप्रकार मध्ये तिन ओटा एच1एन1 (H1N1), एच1एन2 (H1N2) र एच3एन2 (H3N2) विश्वमा साधारण स्वाइन फ्लुको रुपमा लिईन्छ ।
स्वाइन फ्लु भाइरसको स्थिति :-
स्वाइन फ्लु एच १ एन १ भाइरसका कारण हुन्छ । यो नयाँ प्रकारको इन्फ्लुएन्जा भाइरसका कारण हुने एक प्रकारको संक्रमण हो, जसले उपल्लो र तल्लो श्वासप्रश्वास प्रणालीलाई आक्रमण गर्छ । यसलाई टाइप ए इन्फ्लुएन्जा पनि भनिन्छ, जसका कारण गम्भीर प्रकारको संक्रमण देखिन्छ ।
पहिले यसको लक्षणबाट स्वाइन फ्लु पहिचान गर्न सकिन्थ्यो, तर हाल यसको भाइरसले आफ्नो स्वरूप परिवर्तन गरेको पाइएको छ । पहिले त्यही औषधि एक साता खाए पुग्थ्यो भने अब डेढ देखि दुई महिनासम्म खानुपर्ने भएको छ । स्वाइन फ्लु फैलाउने भाइरस म्युटेसनका कारण बढिरहेको पाइन्छ र यसको लक्षण पनि पहिले जस्तो स्पष्ट रुपमा थाहा पाउन सहज छैन । चिकित्सकहरू पहिले भन्दा यो भाइरसको क्षमता ६ देखि ८ गुणासम्म बढेको बताउँछन् ।
संक्रमण हुने सम्भावित व्यक्तिहरू :-
व्यक्तिको रोग प्रतिरोधात्मक क्षमताले पनि स्वाइन फ्लुको संक्रमण हुने वा नहुने कुरालाई प्रभावित गर्छ । कुनै पनि व्यक्तिलाई यो रोग लाग्न सक्छ । उच्च रूपमा रोग प्रतिरोधात्मक क्षमता भएकाहरूलाई यो रोग लाग्दैन र सर्दैन ।
१) १४ वर्षसम्मका बालबालिकामा यो रोगको जोखिम बढी हुन्छ । तीमध्ये पनि एक वर्षभन्दा मुनिका बालबालिका बढी जोखिममा हुन्छन् । उनीहरूमा रोग प्रतिरोधात्मक क्षमताको विकास नै भएको हुँदैन । ६५ वर्षभन्दा माथिका व्यक्तिमा यो रोग लाग्ने सम्भावना कमै हुन्छ ।
२) गर्भवती महिलाहरूको प्रतिरोधात्मक क्षमता प्रभावकारी नहुने भएकाले यो रोग लाग्ने सम्भावना बढी हुन्छ । विशेष गरी गर्भ रहेको ६ महिनाभन्दा पछिको अवस्थामा त्यस्तो सम्भावना बढी हुन्छ ।
३) दम र श्वास-प्रश्वाससम्बन्धी विभिन्न रोग भएका व्यक्तिहरूमा पनि यो रोग लाग्ने सम्भावना बढी हुन्छ । फ्लु भाइरसले फोक्सोमा आक्रमण गर्छ र श्वासप्रश्वास प्रक्रियामै अवरोध पुर्याउन सक्छ ।
४) पार्किन्सनजस्ता मस्तिस्कसम्बन्धी रोग, मुटु सम्बन्धी रोग, मृगौला रोग, मधुमेह एवं एचआइभी तथा एड्स जस्ता रोगका कारण रोग प्रतिरोधक क्षमता कमी भएकाहरूलाई पनि यो रोग लाग्ने सम्भावना बढी हुन्छ ।
५) मोटा व्यक्तिहरूलाई पनि पहिले नै विभिन्न प्रकारका रोगको संक्रमण भएको हुनसक्छ । त्यसैले उनीहरूलाई पनि स्वाइन फ्लुको भाइरसको संक्रमण हुने सम्भावना बढी हुन्छ ।
स्वाइन फ्लुका लक्षण :
सुँगुरमा देखिने लक्षण :-
इन्फ्लुएन्जाको संक्रमणको कारणले सुँगुरमा ज्वोरो आउने, सुस्ती हुने, हाछ्युं आउने, खोकी लाग्ने, सांस लिन गार्हो हुने र भोक कम लाग्ने जस्ता लक्षण देखा पर्दछ । कहिले काँही गर्भावस्थामा पनि यस्ता केहि लक्षणहरु देखा पर्न सक्छ त्यसमा ख्याल गर्नुपर्ने हुन्छ । सामान्यतया इन्फ्लुएन्जाको संक्रमणको कारणले सुँगुरको मृत्यु दर १/४ % मात्र छ । यो संक्रमणको कारणले सुंगुरको तौल घट्ने र विकासमा प्रभावित गर्न सक्छ जसले गर्दा सुँगुर पालकलाई आर्थिक नोक्सानी हुनसक्छ । संक्रमित सुंगुरको तौल ३ देखि ४ हप्ताको अवधिमा ५-६ किलोग्राम सम्म घटन सक्छ ।
मानिसमा देखिने लक्षण :-
१. नाकबाट लगातार सिगान बग्नु, हाच्युं आउनु
२. कफ, रुघा र लगातार खोकी लाग्नु
३. घांटीमा खस-खस बढ्दै जानु, घाँटी दुख्नु
४. चिसो लाग्नु
५. सांस लिन गारो हुनु
६. ज्वोरो आउनु, औषधि खाँदा पनि ज्वोरो लगातार आउनु (38°C/100.4°F भन्दा माथि)
७. मांसपेशीमा दुख्नु
८. शरीर, टाउको तथा जोर्नी दुख्नु
९. निन्द्रा नलाग्नु, थकाई मात्र लाग्नु
१०. झाडापखाला लाग्नु, वान्ता हुनु आदि
स्वाइन फ्लूको भाइरस धेरै छिटो फैलिन्छ त्यसैले कुनै पनि व्यक्तिमा स्वाइन फ्लुको लक्षण देखिना साथ त्यो व्यक्तिबाट कम्तिमा पनि ३ फिट (१ मिटर) को दुरीमा अभिवादन तथा कुराकानी गर्नुपर्दछ साथै स्वाइन फ्लुको बिरामीले प्रयोग गरेको कुनै पनि चीजलाई छुनु हुँदैन ।
कसरी फैलिन्छ ?
अन्य मौसमी फ्लु भाइरस जस्तै यो पनि त्यही तरिकाले फैलन्छ । संक्रमित व्यक्ति खोक्दा वा हाँच्छिउ गर्दा नजिक रहेका व्यक्तिहरूसम्म भाइरस पुग्छ । त्यसैगरी स्वाइन फ्लु भाइरस भएको हात वा डोर ह्यान्डिल आदि कुनै पनि वस्तु अर्को व्यक्तिले छुदा भाइरस सर्छ । भाइरस सरेको हात वा कुनै अंगले आफ्नो नाक, मुख वा आँखा आदि कुनै अंग छुँदा पनि भाइरस सर्छ । सुंगुरबाट सर्ने भए पनि सुँगुरको मासु खाँदा भने यो रोग लाग्दैन । सुंगुरको मासुलाई राम्रोसँग पकाउँदा त्यसमा भएका कीटाणु पनि मर्छन् ।
कहिलेसम्म रहन्छ स्वाइन फ्लु ?
एच1एन1 भाइरस स्टिल र प्लास्टिकमा २४ देखि ४८ घण्टा, कपडा र कागजमा ८ देखि १२ घण्टा, टिस्यु पेपरमा १५ मिनेट र हातमा ३० मिनेट सम्म एक्टिभ रहन्छ । यसलाई खतम गर्नका लागि साबुन, सरफ, एल्कोहल वा ब्लीचको प्रयोग गर्न सकिन्छ । कुनै पनि बिरामीमा यसको लक्षण इन्फेक्शनको १ देखि ७ दिन सम्ममा विकसित हुन सक्छ। त्यसैले लक्षण देखिएको २४ घण्टा पहिला र ८ दिन पछिसम्म अरु मानिसमा पनि यो भाइरस प्रसारण हुने खतरा रहन्छ।
स्वाइन फ्लुबाट जोगिने उपाय :
(क) समय-समयमा साबुन पानीले करिब ३० सेकेन्ड सम्म हात धोइरहने ।
(ख) खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो नाक र मुखलाई टिस्यु पेपरले छोप्ने । उक्त पेपरलाई तुरुन्तै डस्टबिनमा फ्याँक्ने ।
(ग) आफ्नो नाक वा मुखतिर बारम्बार हातलाई नलाने ।
(घ) खोकी लागेको व्यक्तिबाट टाढै रहने ।
(ङ) लक्षण देखिएको शंका लागे तुरुन्त चिकित्सकसँग परामर्श गर्ने ।
मास्क कति उपयोगी ?
डा.शेरबहादुर पुनका अनुसार स्वाइनलगायत संक्रमणबाट बच्न मास्क लगाउनु मात्र पर्याप्त हुन्न । सुरक्षित मानिएको 'एन-९५', मास्क मुलुकमा सर्वसुलभ नपाइने उल्लेख गर्दै डा.पुनले भने, 'साधारण मास्कले पूर्ण सुरक्षा प्रदान नगरे पनि यो लगाएर घाटा हुन्न।'
डा.पुनका अनुसार 'थ्री-लेयर्स सर्जिकल मास्क' ले यस्ता खाले संक्रमणबाट बच्न केही हदसम्म सघाउन सक्छ। तर थ्री लेयर सर्जिकल मास्क उपलब्ध छैन भने पनि आत्तिनु पर्दैन। कपडाको मास्क, रुमाल वा पेपर मास्क उपयोग गर्नुसमेत प्रभावकारी नै हुन्छ। तर मास्क कसरी लगाउने भन्ने जान्नु आवश्यक छ। मास्कको गलत प्रयोगले संक्रमणको खतरा अझ बढ्छ। कपडाको मास्क प्रयोग गर्दा विशेष सतर्कता अपनाउनुपर्छ। पेपर मास्कको प्रयोग एक पटकभन्दा बढी गर्नु हुन्न। प्रत्येक प्रयोगपछि कपडा मास्कलाई साबुनले धुनुपर्छ।
रोगीलाई स्याहार गरेपछि मास्कलाई उतार्नुस् र हात साबुन पानीले धुनुस्। मास्कलाई मुख र नाक राम्ररी छोप्ने गरी लगाउनुपर्छ।
स्वाइन फ्लु भएमा :
स्वाइन फ्लु लागिहाले पनि डराइहाल्नु हुँदैन । सकारात्मक मनस्थितिको निर्माण गरी आवश्यक उपाय अपनाउन र उपचार गर्न सकिन्छ ।
१. लक्षण देखिए कतै सार्वजनिक स्थानमा नजाने ।
२. अंकमाल, चुम्बन नगर्ने ।
३. अभिवादन गर्दा हात नमिलाउने ।
४. सार्वजनिक स्थानमा मास्क प्रयोग गर्ने । खासगरी 'एन-९५' मास्क यसका लागि उत्तम मानिन्छ, तर त्यो मास्क नभए सामान्य मास्क प्रयोग गर्दा पनि धेरै हदसम्म सुरक्षित हुन सकिन्छ ।
रोकथामको उपाय :
कसैलाई स्वाइन फ्लु भैहाल्यो भने औषधि प्रयोग गर्न सकिन्छ । यसले बिरामीलाई सामान्य र स्वस्थ अवस्थामा फर्काउन सक्छ । पछिल्लो समयमा यसका लागि खोपको समेत विकास भएको छ ।
- तनाव नलिने ।
- प्रशस्तै पानी पिउने ।
- पौष्टिक पदार्थयुक्त खाना खाने ।
- निद्रा पूरा गर्ने ।
- शारीरिक रूपमा सक्रिय रहने ।
- सार्वजनिक स्थानमा नथुक्ने ।
- स्वाइन फ्लु लागेको शंका लागे तुरुन्त स्वास्थ्य संस्थामा जँचाउन जानु उपयुक्त हुन्छ । सामान्य रुघाखोकी लागेको हो भने आत्तिनु पर्दैन । रुघाखोकी केही दिनमा सन्चो भएन र माथिका लक्षण देखिन थाले जँचाउनु उपयुक्त हुन्छ ।
आयुर्वेदिक उपचार विधि :
१.# निमको बोक्रा- १ सय ग्राम
# गुर्जो- १ सय ग्राम
# तुलसी- ५० ग्राम
# दालचिनी- ५० ग्राम
# ल्वाङ-२५ ग्राम
यी सबै मसला सुकाएर धूलो हुने गरेर कुट्ने । एक चिया चम्चा उक्त धूलोलाई ४ सय मिलिलिटर पानीमा पकाउने । उक्त पानी १ सय मिलिलिटर भएपछि छानेर पिउने । यो उपाय दैनिक २-३ पटक अवलम्बन गर्ने । यसले स्वाइन फ्लु हुँदैन भने भएको अवस्थामा पनि राहत प्राप्त हुन्छ ।
२. * खाने कपुर र सुकमेललाई राम्रोसँग पिसेर सफा सुतीको कपडामा बाँधेर १-२ घण्टाको अन्तरमा सुँघ्दा स्वाइनफ्लु हुन पाउँदैन ।
३. # १-२ ग्राम बेसार
# ५-७ ओटा ल्वाङ
# ३-५ ओटा मरिच
# ५-७ ओटा तुलसीको पात
# अमृता/ गिलोयको डाँठ
यी सबैलाई पानीमा उमालेर पिउनाले स्वाइन फ्लु लाग्न दिदैन
४. * हरेक दिन पांच तुलसीको पातलाई राम्ररी धोएर खानाले पनि स्वाइन फ्लु लाग्न पाउदैन
५. * कपुरलाई आलु अथवा केरामा मिसाएर खानाले पनि स्वाइन फ्लुबाट बच्न सकिन्छ तर यो महिनामा १ अथवा २ पटक मात्र प्रयोग गर्नुहोला
योगद्वारा लाभ :
शरीरको प्रतिरक्षा प्रणाली र श्वासप्रश्वास तन्त्रलाई मजबुत बनाउनको लागि योग सहयोगी साबित हुनसक्छ । कपालभाति, ताड़ासन, महावीरासन, उत्तानपादासन, पवनमुक्तासन, भुजंगासन, मंडूकासन, अनुलोम-विलोम र उज्जायी प्राणायाम तथा बिस्तारै-बिस्तारै मस्तिष्कको प्राणायाम वा दिर्घ श्वास र ध्यान आदि जस्ता आसन गर्नु भयो भने पनि स्वाइन फ्लु तथा अन्य रोगबाट केहि हदसम्म नियन्त्रण गर्न सकिन्छ। यस्ता रोगबाट बच्नको लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने अभ्यास गर्नुपर्दछ।
स्वाइन फ्लु सम्बन्धि १० महत्वपूर्ण कुरा :
१. स्वाइन फ्लु कुनै डरलाग्दो रोग हैन। यो केवल सुँगुर/ बङ्गुरको रुघा हो।
२. नेपालमा खासै स्वाइन फ्लु फैलिएको छैन। अहिलेको रुघाखोकी " सिजनल " हो।
३. स्वाइन फ्लुको मात्र कारणले मृत्यु हुने सम्भवन एकदमै न्यून छ तर जो व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम छ त्यसको मृत्यु हुने सम्भावना भने हुन्छ। तसर्थ स्वाइन फ्लु मात्र मृत्युको कारक हैन।
४. स्कुल, क्याम्पस, सार्वजनिक यातायात, सपिंग मल. फिलिम हल, अस्पताल तथा भिडभाडमा मात्र मास्क प्रयोग गरौँ। मास्क स्वाइन फ्लुको उपचारक हैन। भिडभाड बाहेकको स्थानमा मास्क लगाउनु हुँदैन। फ्रेस अक्सिजनको सेवनले स्वाइन फ्लुलाई निस्क्रिय गर्दछ तसर्थ हरियाली भएको ठाउँमा खुब अक्सिजन तान्ने र कार्बनडाइअक्साइड फ्याँक्ने गरौँ।
५. हाम्रा झ्यालढोका बलिया भए चोर पस्न पाउदैन तसर्थ आफ्नो शरीर तन्दुरुस्त राखेर रोगप्रतिरोधात्मक क्षमता वृद्धि गरौँ। यसको लागि सागसब्जी, फलफूल, गेडागुडी, दूध, अण्डा, माछामासु, झोलिलो पदार्थ प्रशस्त खाने गरौँ। नियमित ब्यायाम तथा सकारात्मक सोंचको विकास गरौँ। फुर्सद मिलाएर अक्सिजन तान्न हरियाली स्थानमा जाने गरौँ।
६. धेरैजसो भाइरल रोगहरु एकपटक लागेपछि त्यसको रेसिस्टेन्स हुन्छ तसर्थ अरू देशमा भन्दा हाम्रो देशमा धुलो/धुँवा पचाउने शक्ति बढी छ त्यसैले " यस्ता " रोग पचाउने हाम्रो क्षमता गजबको छ।
७. बच्चाहरुलाई भनौं : स्कुलमा रुघाखोकी लागेको साथीको नजिक नबस्नु, कसैले कक्षामा रुघाखोकीका लक्षण देखाएमा मास्क लगाऊ, आफ्नो टिचरलाई जानकारी देऊ, त्यस्तो बिध्यार्थीलाई बेड रेस्टको व्यवस्थाको लागि सर / म्यामलाई जानकारी देऊ.........आदि।
८. सकभर सबैले " ह्याण्ड स्यानिटेजर " झोल खल्तीमा राखौं ! कतै हातले छोएपछि, मुखमा हात राख्नुपुर्व त्यसको ७/८ थोपाले हात सफा गरौँ। " ह्याण्ड स्यानिटेजर " प्रयोग गरेपछि साबुन, पानी, टावेल चाहिदैन।
९. सुर्ती खाने व्यक्ति सबैभन्दा जोखिमयुक्त हुन्छन्। सुर्तीलाई हातमा राखेर मुखभित्र राख्दा यो रोग सर्न निकै सजिलो हुन्छ तसर्थ मलुवा होस् कि प्याकेटको , सुर्ती सेवन नगरौं। गर्नै परे " ह्याण्ड स्यानिटेजर " प्रयोग गरौँ।
१०. कतिपय अवस्थामा हाम्रो जस्तो भ्रष्टाचारी मुलुकमा विधि नपुर्याई टन्नै पैसा खान सिजन परिवर्तन हुनेबेलामा फलानो रोग फैलिएको भनेर मेडिया तथा जनतालाई रोगमा व्यस्त बनाएर ठुलो रकमको चलखेल हुनेगर्दछ तसर्थ सबैभन्दा पहिले आफ्नो कान छामौं अनि छैन भनेमात्र कागको पछि लागौं।
यसको बारेमा विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस।
- स्वाइन फ्लु लक्षण, पहिचान र रोकथाम सम्बन्धि एक भिडीयो

0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !