दोलखा: नेपाल डेरी उद्योग संघका पूर्व अध्यक्ष रामकुमार खड्का अहिले शहरमा भेटिँदैनन्। कुनै समय बानेश्वरस्थित इन्द्रेणीको काल्दी कफी सपमा हरेक दिन भेटिने खड्का अहिले काठमाडौंबाट १ सय १० किलोमिटर टाढा दोलखाको बोच गाउँमा डाँडा सम्याउँदैछन्।
दक्षिण एसियामै सबैभन्दा ठूलो गाई फाम सञ्चालन गर्ने उद्देश्यले पाँच वर्षदेखि उनी निरन्तर त्यहीँ डाँडा सम्याएर गोठ निर्माणमा जुटेका छन्। दैनिक डेढ लाख लिटर दूध उत्पादन उनको लक्ष्य हो। यो लक्ष्य पूरा गर्न उनले कालिञ्चोक काउफार्म एन्ड रिसर्च सेन्टर स्थापना गरे। अहिले गाई गोठ निर्माण अन्तिम चरणमा पुर्याएका छन्।
‘सरकारी निकायमा बस्नेहरुले सधै नारा मात्रै घन्काए। व्यवहारमा कुनै काम गरेनन्,’ खैरो काउब्वाय टोपीमा भेटिएका उनले भने, ‘मैले त्यही नीति निर्मातालाई देखाउन शहर छोडेर अनवरत काम गरेका हुँ।’ यो अभियानकै लागि उनले आठ करोड रुपैयाँ लगानी गरिसकेका छन् । उनले १५ करोड लगानी गरेर ६ सय गाई पाल्ने योजना बनाएका छन्।
उनको योजना अनुसार काम भए अत्याधुनिक गोठमा ६ महिना भित्रै ६ सय गाई आइसक्ने छन्। वित्तीय स्रोतका लागि उनले अहिलेसम्म कुनै बैंक तथा वित्तीय संस्थाको सहयोग पनि खोजेका छैनन्।
‘बैंक तथा वित्तीय संस्थाले पूर्वाधार नभई लगानी गदैनन्। सुरुमा डाँडा र खोल्सा मात्रै थियो। अहिले सम्याएर यस्तो भएको हो,’ खड्काले भने, ‘मैले यसैका लागि प्रति महिना सात लाख कमाउने पोखराको डेरी समेत बिक्री गरेँ। मेरो जीवनको कमाई यही परियोजनामा खन्याएको छु।’ यो अभियानमा उनका एमबीए पढेका छोराछोरीले साथ दिएका छन्।
खड्काले तीस हजार रोपनी जग्गा लिएर गाईपालनको अभियान सुरु गर्दैछन्। यो अभियानलाई ६ वटा सामूदायिक वनले जग्गा दिएका छन्। उनको निजी जग्गा पाँच सय रोपनी छ जहाँ उनले गाईपालनको लागि अत्याधुनिक गोठ बनाएका छन्। भुँइ, छाना र भित्तामा काठको फ्लोरिङ ओच्छ्याएका छन् ।
‘गाईलाई उपयुक्त तापक्रममा राख्न सकिएन भने बचाउन सकिदैन । त्यसैले मानिसलाई जस्तै गरेर राख्नुपर्छ,’ उनले भने, ‘जीवनभरको लगानी खन्याउँदा कुनै सम्झौंता गर्न सकिदैन । त्यसैले अत्याधुनिक गोठ बनाएको हो ।’ उनले अत्याधुनिक गोठ मात्रै बनाएका छैनन् । नेपालमा पहिलोपटक घाँसबाट दाना बनाउने प्रविधि समेत भित्र्याउँदैछन् । नेपाली किसानले अहिलेको महँगो दाना किनेर खुवाउनुपर्ने बाध्यताले दूधको उत्पादन लागत महँगो भएको निष्र्कष निकाल्दै घाँसबाट दाना बनाउने प्रविधि भित्र्याउन लागेका हुन् ।
‘डेढ करोड तिरेर घाँसबाट दाना बनाउने मेसिन चीनबाट ल्याउँदैछु। त्यसका लागि घाँस लगाउने काम सुरु भइसकेको छ,’ खड्काले भने, ‘दूधको उत्पादन लागत सस्तो बनाउन ध्यान दिएका छौँ।’ गाई दुनको लागि डेढ करोडकै मिल्किङ पार्लर समेत ल्याउँदैछन्।
‘मान्छेले दूध दुहुँदा धेरै समय लाग्ने मात्रै होइन महँगो पनि पर्छ । हामीले अत्याधुनिक मिल्किङ पार्लर ल्याउन खोजेका हौ । हामीले चीनमा गएर सबै मेसिन हेरिसकेका छौ,’ उनले भने । उनलाई मेसिन ल्याउन भन्दा गाई ल्याउन ठूलो चुनौतीे छ ।
‘हामीलाई मेसिन ल्याउन कुनै समस्या छैन । एलसी खोलेको केही समयमा सामान आउँछ तर सबैभन्दा ठूलो चुनौती भनेको गाई ल्याउनुनै हो,’ खड्काले भने, ‘अहिलेसम्म यति ठूलो संख्यामा गाई कसैले ल्याएको छैन ।’ उनी चुनौतीसँगै अवसर पनि देख्छन् ।
‘कुनै पनि काम नगर्ने हो भने चुनौतीहरु आउँदैनन् । काम गर्दा चुनौती आउँछ र सँगै अवसरपनि,’ उनले भने, ‘अरु डराएर ल्याउन सकेनन् हामीले दृढ ईच्छाशक्ति लिएकाले गाई ल्याएर छाड्छौ ।’ खड्काले विभिन्न मुुलुकका कम्पनीसँग गाईको स्पेशिफिकेसन मागेका छन् । कम्पनी नेदरल्यान्डबाट गाई ल्याउने टुंगोमा पुगेको छ ।
‘हामीलाई नेदरल्यान्डको एउटा कम्पनीले कोलकातासम्म १२ सय डलरमा गाई हस्तान्तरण गर्ने प्रतिवद्वता जनाएको छ,’ उनले भने, ‘नेपालसम्म ल्याउँदा एउटा गाईको १५ सय डलरसम्म पर्छ ।’ नेदरल्यान्डबाट आउने गाईले दैनिक ३० लिटर दूध दिने ग्यारेन्टी गरेको छ।
‘नेपालका गाईले १० लिटर दूध दिन्छन् । गाईले घाँस र दाना उतिकै खाने हो,’ उनले भने, ‘त्यसैले हामीले बढी दूध दिने गाई विदेशबाट ल्याउन लागेका हौ ।’ गाईसँगै एक महिनालाई पुग्ने घाँस समेत नेदरल्यान्डमार्फत ल्याउनुपर्छ । ‘गाईलाई नेदरल्यान्डबाट ल्याएको घाँस र यहाँको घाँस मिसाउँदै बानी पार्नुपर्छ’ उनले भने, ‘त्यसपछि गाईलाई यहीको घास खुवाउन सकिन्छ ।’
‘पागल भन्थे’
सुरुमा हुँदाखाँदाको डेरी बिक्री गरेर डाँडा खन्दा खड्कालाई धेरैले पागल भन्थे ।
‘धेरैले मलाई यो काममा हात हाल्दा पागल भनेका थिए तर अहिले पूर्वाधार देखेपछि उनीहरु चकित पर्छन्,’ उनले भने, ‘मैले ठूलो जोखिम मोलेको हुँ। म मात्रै होइन दुई जना छोरा÷छोरी पनि जोखिम मोलिरहेका छन् । कान्छो छोरालाई पशु चिकित्सक पढाउँदैछु।’ अहिले उनी आफ्नो कामलाई तपस्या सम्झिन्छन्।
‘यो तपस्या हो । वर्षौ तपस्या बसेर ऋषीमुनीले फल प्राप्त गरेका छन् । मैले पनि अहिले तपस्याजस्तै गरेर काम गरिरहेको छु,’ उनले भने, ‘मेरो तपस्या भनेको ६ सय गाई पालेर सफल भएर देखाउनुनै हो । मेरो तपस्या पनि सफल हुनेमा विश्वस्त छु ।’ आफ्नै डोजर लगाएर फाँडेको ठाउँमा गत वर्ष १५ लाखको आलु समेत बिक्री गरिसकेका छन्।
‘म सफल हुन थालिसकेको छु। गत वर्ष १५ लाखको आलु बिक्री गरे। यो वर्ष २५ लाखको बिक्री गर्ने लक्ष्य राखेको छु,’ खड्काले भने, ‘मकै र च्याउ लगाइरहेको छु। मैले सुरु गरेको अभियानमार्फत पर्यटन प्रवद्र्धन हुनेमा विश्वस्त छु।’
कालिञ्चोक काउफार्म एन्ड रिसर्च सेन्टरको भिडियो हेर्नुहोस्
साभार: पहिलोपोष्ट

0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !