Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » बङ्गुरपालनमा दुई करोडको लगानी

बङ्गुरपालनमा दुई करोडको लगानी

जिल्लाको उग्रचण्डीनाला, कुशादेवी, नाल्दुम, घुम्लुटार, दोलालघाट लगायतका ३५ गाविसमा भएको व्यावसायिक बङ्गुरपालनबाट करीब एक सय फर्मका एक सय कृषक आश्रित रहेका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिए । उनले छोटो समयमा नै मासु खान लायक हुने र खेर गएका वस्तुको उपयोग हुने कारणले गर्दा बङ्गुरपालन व्यवसायमा आकर्षण बढ्दै गएको बताए । पशु चिकित्सक सापकोटाले यो व्यवसायमा छोटो समयमा धेरै आम्दानी हुने भएकाले विदेश गएका युवाको आकर्षण बढेको बताए ।

उनले बङ्गुर पालेको ६ देखि आठ महीनामा त्यसको मासु तयार हुने बताउँदै एउटा बयस्क भाले बङ्गुरको मासु झण्डै ४ सय ५० किलोग्राम हुने उल्लेख गरे । अहिले बजारमा बङ्गुरको मासु प्रति किलोग्राम रू. ३ सय ५० रहेको छ । दुई वर्षदेखि बङ्गुरपालन गर्दै आएका पाँचखाल–५ का यज्ञबहादुर दर्जीले बङ्गुरपालन व्यवसायमा घाटा नभएकोले यसलाई प्रवर्द्धन गर्न सके बेरोजगारी समस्याको अन्त्य गर्न सहज हुने बताए ।

उनले १५ वटा खोरमा झण्डै ४० वटा ल्यान्डसायर र ह्याम्पसायर जातका बङ्गुरपालन गरेर अहिलेसम्म रू. पाँच लाख बराबरको आम्दानी गरेको जानकारी दिए । बङ्गुरपालनसँगै माछा र अर्गानिक खेती गरेका कृषक दर्जीले समुदायमा काम गर्ने भावनाको विकास भएको उल्लेख गर्दै मिहिनेत र इमान्दारिताबाट मात्रै काममा सफलता पाउन सकिने बताए । उनले आधा रोपनी जमिन भाडामा लिएर अर्गानिक खेती र माछापालन गरेका छन् । उनको सो फर्मलाई केन्द्रीय बङ्गुर तथा कुखुरा प्रवद्र्धन कार्यालय र जिल्ला पशुसेवा कार्यालय काभे्रपलाञ्चोकले संयुक्त रुपमा रू. पाँच लाखको आर्थिक सहयोग र प्राविधिक सहयोग गरेको छ ।
साभार: आर्थिक अभियान 

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !