पागल इन्जिनियर । केही वर्ष यही परिचय बन्यो पर्साको धोेरे गाउँमा उनको । कारण इन्जिनियर बनिसकेका उनी जागिर खाएर आनन्दले बस्नुको सट्टा गाईपालनमा लागे । दिमाग खुस्केको मान्छेले मात्रै यस्तो गर्छ भन्नेहरु कम थिएनन् । तर, उनलाई कसले के भन्दैछ भन्ने कुराको कुनै पर्वाह भएन । भन्नेहरु भन्दै गरून् । गाई पाल्दा कसैले पागल भन्छ भने म पागल नै सही । यही सोचे र निरन्तर काममा खटिए ।
पर्साको धोरे ५ मा रहेको उनको परिवार निम्न मध्यम वर्गीय पृष्ठभूमिको हो । बाआमाको पढाइ मुस्किलले सात आठ कक्षा मात्र थियो । तर, सपना भने छोरालाई ठूलो मान्छे बनाउँने भन्ने थियो । त्यही भएर घरको धान, पराल बेचेर, बनीबुतो गरेर छोरालाई इन्जिनियर बनाए उनका बा आमाले । एउटा छोरो मात्रै भएकाले सकभर दुःख कटाएनन् । छोरालाई इन्जिनियर पढ्न इन्डिया पठाए, इन्जिनियरिङ सकेपछि उतै एमबिए पढाए । छोराले पनि राम्रैसँग पढे । बाआमाको सपना अनुसार इन्जिनियर बने श्यामवदन यादव ।
भारतको बैंग्लोरबाट एमबीएसमेत सकेका उनी वीरगञ्जस्थित निम्बस कम्पनीका हाकिम भएका थिए । निम्बसको जिएम । तलब, सेवा, सुविधा सबै राम्रै थियो । मासिक एक लाख तलब । गाउँमा इज्जत, शान र प्रतिष्ठा बेग्लै । बा–आमा, इष्टमित्र सबै दङ्ग थिए उनको वाहवाही देखेर । तर, उनलाई आफ्नो त्यो प्रतिष्ठाले पटक्कै आनन्द दिएको थिएन । बरू दिनरात पिरोलिरहेको थियो आफ्नो गाउँको गरिबी, अशिक्षा र बेरोजगारीले । गाउँ पूरै गाँजा खेतीले ढाकिएको हुन्थ्यो । प्रतिबन्धित गाँजा खेतीले । कति बेला को गाउँले प्रहरीको फन्दामा पर्ने हुन् पत्तो हुँदैनथ्यो । उनी असाध्यै चिन्तित थिए गाउँलेको त्यो अवस्था देखेर ।
एक दिन आफूसँगै बैंग्लोरमा पढेका साथीहरु नेपाल घुम्न आए । उनले साथीहरुलाई आफ्नो गाउँमा पनि लगे । साथीहरु गाउँको त्यो अवस्था देखेर निकै गम्भीर भए जति उनी भएका थिए । साथीहरुले भने, ‘श्याम यो गाउँका लागि तिमी केही गर्न सक्दैनौ ? यो त ठीक भएन नि ?’
तर, के गर्ने ? न उनीसँग कुनै जवाफ थियो न त साथीहरुले नै तत्काल कुनै उपाय सुल्झाउन सके । गाउँलाई त्यो अवस्थाबाट मुक्ति कसरी दिलाउने भन्ने विषयमा उनीहरुबीच निकै छलफल भयो । छलफलकै क्रममा एउटा निष्कर्ष निस्कियो, गाउँलेहरुलाई साथमा लिएर गाईभैंसी पालन गर्ने । तर, सजिलो थिएन त्यो काम । पढेलेखेका मान्छेले खेती किसानी गर्न हुँदैन भन्ने मानसिकताले जरो गाडेको समाजमा श्यामका लागि त्यो कम्ता चुनौतीको विषय थिएन । तर, गाउँलेको जीवनस्तर उकास्ने हो भने त्यसको अर्को विकल्प पनि त थिएन । खेती किसानी, गाई वस्तु पालनको काम गाउँलेले गर्न सक्ने काम थियो । र, उनीहरुलाई गाँजाखेतीबाट बाहिर निकाल्नका लागि त्यही मात्र एक विकल्प थियो । श्यामले त्यही विकल्प रोजे ।
मासिक एक लाख रुपैयाँ तलब र आकर्षक सेवा सुविधाको जागिर छोड्ने निर्णयमा पुगे उनी । जुन कुरा उनले आफ्ना बुबालाई भने । बुबा छाँगाबाट खसेजस्तै भए । त्यत्रो दुःख गरेर पढाएको छोरो गाई भैंसी पाल्ने कुरा गर्छ । कति मूर्ख ? के भन्लान् अब गाउँलेले ? इज्जतको पनि त कुरा हुन्छ । छोरा त्यस्तो कुरा नगर ।
तर, श्याम मानेनन् । छोरालाई सम्झाउँनका लागि श्यामका बुबाले बुहारीलाई भने । बुहारीले सम्झाउलिन् भन्नुको सट्टा बरू उल्टै भनिन्, बुबा उहाँ जे गर्न खोज्दै हुनुहुन्छ त्यो नराम्रो काम होइन । पढेलेखेकाले गाईवस्तु पाल्नै हुँदैन भन्ने होइन । उहाँ उद्यमी बन्न चाहिरहँदा उहाँलाई रोक्नु सही होइन । त्यसैले चाहेको कुरा गर्न दिऊँ । बुहारीले नै त्यसो भनेपछि उनले थप ढिपी गर्न चाहेनन् । र, दिए मौन स्वीकृति ।
छोरा पनि इन्जिनियर, बुहारी पनि इन्जिनियर । तर, इन्जिनियर छोरा बुहारीको योजना गाई वस्तु पाल्ने । साँच्चै उदेकलाग्दो थियो । जागिर छोडेर गाई पाल्ने योजना उता ससुरालीलाई पनि पटक्कै मन परेको थिएन । ज्वाइँको यस्तो योजना बिहे गर्नुभन्दा अघि नै सुनेको भए सायद छोरी नै पो दिने थिएनन् कि ? इन्जिनियर, पढेलेखेको, प्रतिष्ठित जागिरे केटा यसैले आकर्षित गरेको थियो उनीहरुलाई ।
जागिर छोडे । र, सुरू गरे गाईपालन । सुरूमा पाँचवटा गाई किने । गाईपालनका लागि व्यवस्थित गोठ बनाए । अब इन्जिनियरको दैनिकी गाइपालनमा बित्न थाल्यो । दूधका क्यान बोकेर उनी प्रत्येक दिन धोरेबाट वीरगञ्जसम्म पुग्न थाले । करिब सय लिटर दूध बेच्न वीरगञ्ज पुग्नु, घाँस कुँडोको व्यवस्था गर्नु, गाईहरुको हेरविचार गर्नु नै उनको प्रमुख काम बन्यो । त्यो कामका लागि उनले दुई जना सहयोगी पनि राखे ।
दूध बेचेर मासिक करिब ३० हजार रुपैयाँ जति सङ्कलन हुन्थ्यो । जुन पैसाले वास्तवमा उनको लागत पनि उठ्दैनथ्यो । काम गर्न बसेकाहरुलाई दिँदा र गाईको स्याहारसुसार गर्दा नै ठिक्क हुन्थ्यो त्यो पैसा ।
गाउँलेको गरिबीले उनलाई त्यो पेशामा तानेको थियो । त्यसैले उनी गाउँलेको जीवनस्तर सुधार्न चाहन्थे । उनले सोचे– मैले पाँचवटा गाई पालेर एक दुई जनालाई रोजगारी दिएको भरमा जीवनस्तर सुध्रँदैन । त्यसका लागि उनीहरुको प्रत्यक्ष संलग्नता हुनेगरी मैले काम गर्नुपर्छ । त्यसबेलासम्म गाउँलेको आम्दानीको बाटो अवैधानिक गाँजा खेती मात्र थियो । उनले आफ्नो जग्गाजमिन धितो राखेर बैङ्कबाट करिब १५ लाख रुपैयाँ जति कर्जा लिए । एक बिगाहा जमिन बेचे । अनि ३९ वटा भैंसी गाउँलेलाई निःशुल्क बाँडे । सर्त थियो, ती भैंसी पालेर गाउँलेले दूध उनलाई बेच्नुपर्ने । र, त्यही दूधमा भैंसीको दाम कट्टा हुने ।
गाउँलेले दूध श्यामबदनलाई बेचेबापत निश्चित पैसा पनि पाउँदै गए र भैंसी पनि आफ्नो बनाउँदै गए । श्याम दूधको बजारीकरणमा खटिए । दूधको बजार वीरगञ्ज नै थियो । दूधको व्यापारबाट राम्रै हुन थालेपछि उनले कलश मिल्क इन्डष्ट्रिज खोले । दूध सङ्कलन, प्रशोधन र विक्री–वितरण कलश मिल्क इन्डष्ट्रिजका नामबाट हुन थाल्यो । आफूले भैंसी वितरण गरेका क्षेत्रका अलवा अन्य क्षेत्रबाट पनि दूध सङ्कलन हुन थाल्यो । गाउँलेलाई आफ्नै लगानीमा भैंसी वितरण गरेर दुग्ध व्यवसाय सुरू गरेको कुरा स्थानीय र राष्ट्रिय पत्रपत्रिकामा चर्चाको विषय बन्यो । एकजना इन्जिनियर जसले एक लाख रुपैयाँको जागिर छोडेर कृषक उद्यमी बन्नका लागि गरेको काम साँच्चै उदाहरणीय भयो । त्यही गाउँका मान्छे जो जागिर छोडेर गाईपालनमा लागेपछि उनलाई पागल इन्जिनियर भन्थे । तिनैले पछि उनको गुणगान गाउन थाले । श्यामबदनका कारण आफूहरुको आर्थिक जीवनस्तर माथि पुगेको भन्दै उनको प्रशंसा गर्न थाले ।
त्यही समयमा समृद्धि फाउण्डेसनले उनलाई ‘ग्लोबल इण्टरप्रिनरसिप’ अवार्ड प्रदान ग¥यो । त्यो अवार्ड पाएपछि उनलाई थप जिम्मेवारीबोध भयो । कलश मिल्क इन्डष्ट्रिजमा केही ठूला मेसिनहरु थपे । दक्ष कामदारहरुलाई आफ्नो उद्योगमा प्रवेश गराए । आफूसँग पैसा भएर होइन, बैङ्कबाट कर्जा लिएर उनले व्यवसाय गरेका थिए । कलश इण्डष्ट्रिजमा जे सोचेर उनले लगानी बढाएका थिए । सोचेजस्तो भएन । विविध कारण उद्योग घाटामा जान थाल्यो । कर्जा र ब्याज तिर्न अति गाह्रो अवस्थाको सिर्जना भयो ।
घर जग्गा धितो राखेर बैङ्कबाट कर्जा लिएका उनलाई एकदिन बैङ्कको पत्र आयो । घर जग्गा लिलामीको पत्र । त्यो समयजति तनाबको समय उनका लागि कहिल्यै भएन । बैङ्कको कर्जा/ब्याज तिर्न सक्ने अवस्थामा थिएनन् उनी । अब लगभग पक्का जस्तै थियो, घर जग्गा लिलामी हुने । त्यसबेला उनले आफ्नो विगत सम्झिए । मासिक एक लाख रुपैयाँको जागिर हुँदाहुँदै आफूलाई ज्ञान नभएको क्षेत्रमा हात हालेर गल्ती गरेको निष्कर्षमा पुगे । अब सुकुम्बासी भन्दा फरक नहुने भइयो भनेर यति चिन्ता लाग्यो कि जसको शब्द नै छैन उनीसँग । अब बुबालाई के भन्ने आमालाई के भन्ने ? इष्टमित्र साथीभाइसँग कसरी मुख देखाउने ? घर जग्गा लिलाम भएपछिको अवस्थामा के गर्ने ? यस्तै यस्तै चिन्ताको बादल मडारियो उनको मनमा । कोठामा बसेर धेरैदिन एक्लै रोए । जिन्दगीकै सबैभन्दा ठूलो समस्याको गलपासो लागेको त्यो क्षण भगवानलाई धेरै पुकारे ।
केही दिनपछि एउटा यस्तो दिन आयो जुन दिन त्यो गलपासो हटाउने जुक्ति फु¥यो । चिनेका एकजना साथी अर्को एउटा बैङ्कको माथिल्लो तहमा थिए । उनकोमा गए । समस्याको बेलिबिस्तार लगाए । कर्जा तिर्न सक्ने आधार देखाए । उनको दृढ आत्मविश्वासबाट साथी प्रभावित भए । र, तत्कालै वचन दिए कर्जा उपलब्ध गराउने । समस्याको पहाडले थिचेको महसुस गरेका उनी त्यसदिन यति खुसी भए कि जुन खुसी उनले आजसम्म कहिल्यै महशुस नै गरेका छैनन् ।
एकपटक त्यो समस्याको पहाड छिचोलेपछि त्यसयताको यात्रा राम्रै भएको छ उनको । कलश मिल्कका अलवा कलश क्याटल फार्मिङ र डेरी हब सञ्चालनमा छन् । सय भन्दा बढी गाई क्याटल फार्मिङमा छन् । आफ्नै फर्मका सयभन्दा बढी गाई र गाउँलेलाई वितरण गरेका तीन दर्जनभन्दा बढी भैंसीको दूध कलश मिल्कमार्फत् नियमित रुपमा बजारमा जान्छ । दूध, दही, घिउ, पनिर, बटर, विभिन्न स्वादका आइसक्रिम कलश मिल्कले उत्पादन गर्छ भने डेरी हबले त्यसलाई उपभोक्ताकोमा पु¥याउछ । डेरी हबका दुई दर्जन आउटलेट तत्काल विस्तारको योजनामा छन् उनी । कलश क्याटल फार्मिङमा अरू सय वटा गाई थप्ने र कलश मिल्क इन्डष्ट्रिजलाई भारतको अमुल मिल्कको दाँजोमा पु¥याउने सोचाइमा छन् उनी । एमबीए गर्दा अमुल मिल्क इण्डष्ट्रिजका भर्गिसको गेष्ट लेक्चरले निकै प्रभावित गरेको छ उनलाई । त्यही भएर उनी दिनरात कलश मिल्क इन्डष्ट्रिजलाई अमुल मिल्कझैं चर्चित बनाउने विषयमा नै सोचिरहेका हुन्छन् ।
अहिले पनि उनी दैनिक १२/१४ घण्टा काममा नै खटिएका हुन्छन् । कहिले कलश मिल्कमा देखिन्छन्, कहिले कलश क्याटल फार्मिङमा गाईसँगै भेटिन्छन्, कहिले डेरी हब त कहिले गाउँलेहरुसँग जसलाई उनले भैंसी वितरण गरेका छन् । सबैभन्दा आनन्दको क्षण उनलाई त्यतिबेला लाग्छ, जतिबेला क्याटल फार्मिङका गाईसँग उनी घण्टौं बिताउन पाउँछन् । गाउँलेको मुहारमा देखिएको खुसीले उनलाई औधी खुसी तुल्याएको छ । गाँजा खेतीबाट गाउँलाई मुक्त गर्न सक्नुलाई उनले आफ्नो ठूलो सफलता ठानेका छन् ।
उनी आफूलाई सफल होइन सङ्घर्षशील मान्छे भन्न रूचाउँछन् । आँट, सङ्घर्ष र निरन्तरता नै सफलताको आधार हो भन्ने लाग्छ उनलाई । निम्बसको जागिर त्यागेर गाई पालनमा होमिने आँट नगरेका भए उनको प्रगति औसत जागिरेको भन्दा फरक हुने थिएन । अहिले तीनवटा उद्योगमा १०/११ करोडको सम्पत्ति छ । सिङ्गो गाउँलेको माया, साथ र सहयोग छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय ख्याति छ । जागिरमा नै अल्झिएको भए त्यो ख्याति, त्यो साथ र सहयोग सम्भव थिएन । थुप्रै अवार्डहरुबाट सम्मानित भएका छन् उनी । दिनहुँजसो नेपाली र विदेशी मिडियाले पछ्याइरहेका छन् ।
उनी सबैका लागि उदाहरणीय बनेका छन् र अझै बन्ने कसरतमा छन् । उनले यतिसम्म सोचेका छन् कि आफ्ना सबै उद्योगहरुलाई ट्रष्ट बनाउने । अब केही वर्ष मेहनत गरेर उद्योगको ख्याति बढाउने । त्यसपछि ट्रष्टको प्रक्रियामा जाने । उनी भन्छन्, यी सम्पत्ति न मेरा हुनेछन् न मेरी श्रीमतीका न त मेरा छोरा छोरीका नै । यो सब समाजको, राष्ट्रको सम्पत्ति हुनेछ । उनले श्रीमतीसँग पनि सल्लाह गरिसकेका छन् । बा–आमालाई पनि भनिसकेका छन् ।
आफ्नो निजी सम्पत्ति ट्रष्टका नाममा गर्ने सोचका बारेमा उनी भन्छन, म मेरो निजी स्वार्थका लागि मात्र काम गरिरहेको थिएँ भने त मैले निम्बसको जागिर नै छोड्न पर्दैनथ्यो नि ? मासिक एक लाख रुपैयाँ तलब छँदै थियो । अरू सेवा सुविधाको पनि कमी थिएन । मैले किन छोड्नुपथ्र्यो निम्बस ? मैले किन गाउँलेलाई बाँड्नुपथ्र्यो भैंसी ? म त समाजका लागि काम गर्न चाहन्छु । यो समाज, देशको आर्थिक जीवनस्तर उकास्न चाहन्छु । मेरो अहिले जुन हैसियत छ, त्यो हैसियत सबै समाजले बनाइदिएको हो । गाउँलेले भैंसी नपालेका भए, मेरो काममा साथ नदिएका भए म कहाँ यो अवस्थामा हुन्थेँ र ? मलाई समाजले चिनायो त्यसैले म समाजलाई चिनाउँछु । म जे गर्छु समाजकै लागि गर्छु ।
साभार: नेपालीपत्र

0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !