Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » , » गाई पालनबाट मासिक एक लाख आम्दानी

गाई पालनबाट मासिक एक लाख आम्दानी

गाईपालन व्यवसायबाट इलामका तीन दाजुभाईले मासिक एक लाख रुपैयाँ आम्दानी गर्दै आएका छन । इलाम गोदक ६ घर भई हाल सुर्योदयनगरपालिका ३ स्थित भालुखोपमा दुई बर्ष अघिदेखी ब्यवसायिक रुपमा गाई पालन गर्दै आएका कुमार रेग्मी, यामकुमार र अरुण रेग्मीले राम्रो आम्दानी लिँदै आएका हुन् ।

   एआईबाट जन्मिएका उन्नत जातका गाई पालेर व्यवसाय थालेका रेग्मीदाजुभाईले मासिक एकलाख रुपैयाँ आम्दानी गर्दै आएका हुन ।  गाई व्यवसाय गर्नका लागि रेग्मीदाजुभाईले त्रिबर्दस गाई फाम दर्ता गराएर दश बर्षका लागि मेची राजमार्गको पन्चकन्या छेऊ घालुखोपमा एकसय रोपनी जग्गा समेत लिजमा लिएका छन ।

 उनीहरुको गाई अहिले फार्ममा १५ वटा गाई छन । ती मध्ये अहिले १० माऊ गाईले दैनिक १ सय ६८ लिटर दुध दिँदै आएको छ भने अन्य ५ वटा गाई पनि व्याउन लागेको छ । गाईपालन व्यवसायमा मेहनत अनुसार आम्दानी पनि राम्रो हुन थालेपछि रेग्मी परिवारले सबै लगानी नै व्यवसायमा लगाउन थालेका हुन । आर्थिक अवस्था सामन्य रहेका रेग्मीका परिवारले नेपालमा जागिरको खोजी गर्दा नपाएपछि गाई फार्ममा लगानी गरेको व्यवसायि कुमार रेग्मी बताउँछन ।

   जिल्लामा दुधको मुल्य प्रति लिटर ५० रुपैया पुग्दा रेग्मीले गाउँमै चिस्यान केन्द्र भएकाले ४३ रुपैयाँ लिटरमा दुध विक्री गदैँ आएका छन । गाई व्यवसामा लगानी गर्न रेग्मीले शुरुमा बैंक तथा विभिन्न व्यक्तिबाट समेत ऋण लिएर व्यवसाय थालेका थिए । तर अहिले उनीहरुले दुधको आम्दानीबाटै सबै ऋण तिरिरहेको बताउँछन । गाई पालनका लागि आवश्यक रुपमा उन्नतजातको घाँस चाहिने भएपछि उनीहरुले  ५ सय रोपनी जग्गामा विभिन्न जातका घाँस लगाएका छन ।

   रेग्मी दाजुभाईले व्यवसायमा गर्न विहान पाँच बजे देखी वेलुकाको पाँच सम्म दैनिक  रुपमा गाईलाई दाना दिने, गोबर सोर्ने सरसफाई गर्ने, दुध दोएर संस्था लैजाने देखी घाँस हाल्ने लगायका काम गर्न रुटिङ्ग नै बनाएका छन । उनीहरुले रुटिङ्ग अनुसारको व्यवसायमा समय खर्चेपछि अन्य व्यवसायमा लगानी गर्न भने समय नमिलेको व्यवसायि कुमारको अनुभव छ । ती १५ वटा गाईलाई दैनिक १ क्वीटल दाना खुवाउने गरेको कुमारको भनाई छ । दाना राम्रो खुवाएपछि दुध पनि राम्रो हुने उनी बताउँछन । व्यवसायि ति रेग्मी परिवारले गाईलाई चिसोबाट जोगाउनका लागि सिमेन्टको भूँइमाथि न्यानो किसिमको कार्पेट समेत विच्छ्याएका छन । गाई व्यवसाय थालेका उनीहरुले  दुध विक्री मात्र होइन गाईको गहुँत, गोबर समेत विक्री गरिरहेका छन ।


जैविक मल बनाउनका लागि गाईको गहुँत राम्रो हुने भएपछि उनीहरुले टयाङ्की बनाएर दैनिक रुपमा गहुँत संकलन गरिरहेका छन । यता उनीहरुले गाईको बाछाबाछी पनि महङगो मूल्यमा विक्री गरिरहेका छन । उन्नतजातको गाईका बाछा भएकाले ६ महिनाको बाछाबाछी ४० देखी ५० हजार सम्ममा विक्री गरिरहेको व्यवसायि कुमार बताउँछन ।
    रेग्मीको फार्ममा दैनिक १० देखी २८ लिटर सम्म दुध दिने गाई रहेका छन । उनीहरुको गाई फार्म व्यवसाय हेर्नका लागि सरकारी निकाय पनि बेलाबेलामा आउने गरेका छन । नेपालमा रोजगारी नपाएर विदेश तिर होमिएका युवाहरुलाई समेत ती दाजुभाईले उदाहरणीय काम गरि चुनौति नै दिएका छन ।
साभार: सन्दकपुर

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !