राजधानी आसपासका क्षेत्रमा बंगुरपालन पछिल्लो समय खुबै फस्टाउँदै गएको छ । र, यस्तो पेशामा वैदेशिक रोजगारमा गएर फर्किएकाहरूको संलग्नता निकै देखिएको छ । वैदेशिक रोजगारीमा गएर फर्किएका संखुवासभाका दुई युवाले यही पछिल्लो लहरलाई पच्छ्याउँदै काभ्रेको धुलिखेलमा बंगुरपालन तथा तरकारी खेती सुरु गरेका छन् ।
संखुवासभा पाथीभराका प्रभुराम गुरुङ अहिले बंगुर पालन गरिरहेका छन् । घरका एक्लो छोरा प्रभुरामका लागि गाउँमा नपुग्दो केही थिएन । तर साथीभाइको लहैलहैमा उनी एक दशक अगाडि रोजगारीका लागि सिङ्गापुर र मलेसियातिर गएका थिए । केही वर्ष वैदेशिक रोजगारीमा बिताएपछि उनी घरपरिवार सम्हाल्न र स्वदेशमै केही गर्ने सोचका साथ स्वदेश फर्किए । छोरोलाई राजधानीकै एक बोर्डिङ स्कुलमा पढाइरहेका उनी गाउँ जान भने नभ्याउने भए । त्यसैले अर्का इराकमा केही वर्ष रोजगारी गरेर फर्किएका संखुवासभाकै विशाल गुरुङसँग साझेदारी गरेर काभ्रेको धुलिखेलमा बंगुरपालनसहित तरकारी खेती सुरु गरेका छन् ।
गत वर्षबाट गुरुङद्वयले सुरु गरेको बंगुर फार्ममा अहिले पाख्रीबास कालो, हेमसायरलगायतका बंगुर छन् ।
त्यसो त प्रभुरामसँगै वैदेशिक रोजगारमा गएका उनका दाँवली साथीहरू अधिकांश अहिले पनि वैदेशिक रोजगारीमै रमाइरहेका छन् । तर उनलाई भने वैदेशिक रोजगारमै बसिरहने इच्छा भएन रे ।
वैदेशिक रोजगारीमा प्रगति हुन कि त सीपमा दक्ष हुनुपर्छ कि त पढाइमा अब्बल र चलाखी पनि । तर दुर्गम गाउँमा हुकिएका प्रभुरामले न कुनै सीप सिक्ने अवसर पाए न उनको जाति तथा परिवेश नै चलाख हुने खालको रह्यो । साझो रूपमा गरिने काबाट वैदेशिक रोजगारीमा पनि खासै उन्नति हुने नदेखिएपछि आफ्नै देशमा केही गर्ने सोचका साथ उनले बंगुरपालन तथा तरकारी खेती सुरु गरेका छन् ।
धुलिखेल अस्पतालको नजिकै चार रोपनी जग्गा भाडामा लिएर बंगुरपालन गुरु गरेका गुरुङद्वयले अहिले तरकारी खेती पनि सुरु गरेका छन् । गएको तिहारमा केही फूल पनि लगाएका उनीरूले माछापालनका लागि पोखरी पनि तयार पारेका छन् । र, फार्ममा एउटा परिवारले रोजगारी पनि पाएको छ । भर्खरै सुरु गरेकाले अहिले आम्दानीभन्दा पनि लगानी नै बढी भइरहेको छ । तर छिट्टै लगानी उठाएर फाइदा हुन संकेत देखिन थालेको प्रभुरामको भनाइ छ ।

0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !