लौ पानी पर्यो ! गर्मी बढ्यो, अब लामखुट्टेले टोक्ने भए अनि डेंगु वा मलेरिया लाग्नेभयो भनेर डराउनु भएको छ । नआत्तिनुहोस् ! अब सजिलै लामखुट्टेबाट छुटकारा पाउन सक्नुहुन्छ । केही प्राकृतिक उपायहरु अपनाएर लामखुट्टेलाई भगाउन सक्नुहुन्छ ।
कागती र ल्वाङको गन्धलाई लामखुट्टेले मन पराउदैनन् । त्यसैले दुईवटा कागतीलाई बीचबाट काटेर प्रत्येक टुक्राको भित्र ५ देखि ६ वटा ल्वाङ राख्नुहोस् अनि एउटा प्लेटमा लगेर आफ्नो कोठामा राख्नुहोस् । बस यति गरे पछि लामखुट्टे कोठाबाट भाग्दछन् ।
घरमा लसुन त हुने नै भो । बढी लसुन हालेको खाना प्रयोग गर्नुभयो भने लामखुट्टे लुसन खाएका मानिसबाट टाढा हुन्छ ।
लामखुट्टे भगाउने क्रिमहरु प्रयोग गर्नुहुन्छ ? यसलाई छाडिदिनुहोस् । अब तपाईं आफैं घरेलु प्रविधिबाट लामखुट्टे भगाउने स्प्रे बनाउन सक्नुहुन्छ । यसका लागि तुलसी, पानी र भोड्का जस्ता घरमै उपलब्ध हुने सामग्रीहरु चाहिन्छन् । पहिला तुलसी र पानी उमाल्नुहोस् र तुलसीलाई राम्रोसँग निचोरेर आएको पानीलाई एउटा सफा बोतलमा राख्नुहोस् । बोत्तलमा जति पानी छ, त्यसको आधा भोड्का थप्नुहोस् । बिस्तारै हल्लाउनुहोस् । तपाईंको घरमै अब लामखुट्टे धपाउने स्प्रे तयार भयो ।
तपाईंको घरमा सुगन्धित तेलहरु छन् ? कुनै सुगन्धित तेलको बासनाले लामखुट्टेलाई धपाउने क्षमता राख्दछ । कागती, पुदिना, मेहन्दी, लेभेन्डर, जेरानियम, सिट्रोनला जस्ता बिरुवाबाट बनेका तेलहरुले लामखुट्टे र अन्य किराहरु हटाउन उपयोगी हुन्छन् । उक्त तेललाई तेल घोल्ने रसायनमा खन्याउनुहोस्, त्यसपछि लामखुट्टेविरुद्ध यसले आफ्नो जादू देखाउन थाल्नेछ ।
ताली पिटेर न मार्न सक्नुहुन्छ न भगाउन । कति गाह्रो लामखुट्टेलाई तह लगाउन । ठिकै छ हार नमान्नुहोस् तपाईंलाई सघाउन केही मांशाहारी विरुवाहरु तयार छन् । जसरी हामी लामखुट्टे मनपराउँदैनौं त्यसैगरी भेनस फ्लाइट्राप, पिचर प्लान्ट, बट्टरवर्ट, डचम्यानुस पाइपका लागि लामखुट्टे मिष्ठान्न भोजन नै हो ।
तर, हामीले घरमा प्रयोग गर्ने केही म्याट, स्प्रे, धुप लगायतका रसायनिक पदार्थ मिश्रित पदार्थहरुले लामखुट्टेलाई मात्र होइन, हामीलाई पनि असर गर्दछ । धुप, कपुर राखिएको भाँडो, लामखुट्टे एप्स जस्ता सामग्रीहरु तपाईंले प्रयोग गर्नसक्नुहुन्छ ।
यति नै । तर, लामखुट्टेले टोक्न छाडेनन् भने, यहाँ घरमै तत्काल प्रयोग गर्न सकिने घरेलु उपाय छन् । तातो पानीमा एक मिनेटसम्म धातुको चम्चा डुबाउनुहोस् । लामखुट्टेले टोकेको ठाउँमा राख्नुहोस् । यसले लामखुट्टेले टोक्दा निस्किएको एकप्रकारको प्रोटिनलाई नष्ट गर्दछ र चिलाउनबाट जोगाउँछ ।
– नीलगिरि र कागतीको तेल मिसाएर शरीरमा लगाउँदा पनि लामखुट्टेको टोकाइबाट जोगिन सकिन्छ।
– कोठाको झ्याल-ढोका बन्द गरेर कपुर जलाउनुपर्छ। २० मिनेटपछि सबै लामखुट्टे हराउँछन्।
– तुलसीको पात झ्यालमा राख्दा पनि लामखुट्टेबाट छुट्कारा पाइन्छ।
– पुदिनाको पातलाई झ्यालमा राख्दा वा शरीरमा दल्दा पनि लामखुट्टेले दुःख दिँदैन।
– थोरै लसुन कुच्याएर पानीमा उमाली स्प्रे बोतलमा राखेर कोठामा स्प्रे गर्नुपर्छ। यसले लामखुट्टेको आतंक बन्द हुन्छ।
हामीले बोक्दै आएको मोबाइल फोनबाट समेत लामखुट्टे भगाउन सकिने भएको छ। स्मार्टफोनमा हाई फ्रिक्वेन्सीको आवाज निकाल्ने एप डाउनलोड गरी लामखुट्टे सहजै भगाउन सकिने भएको छ। लामखुट्टेले यो आवाज सुनेसँगै स्मार्टफोनको आसपास नआउने अन्र्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले उल्लेख गरेको छ।
स्मार्टफोनमा हर्टजाइर फ्री एप डाउनलोड गरी यो एपको सहायताले सहजै टेस्ट गर्न सकिन्छ भने हर्टजाइर प्लाटेनियम एप ९६ रुपैयाँमा खरिद गर्न सकिने यो एपले आवाजको सहायताले लामखुट्टे भगाउँछ।
- कपुर र पानी
- कागती र ल्वाङ
कागती र ल्वाङको गन्धलाई लामखुट्टेले मन पराउदैनन् । त्यसैले दुईवटा कागतीलाई बीचबाट काटेर प्रत्येक टुक्राको भित्र ५ देखि ६ वटा ल्वाङ राख्नुहोस् अनि एउटा प्लेटमा लगेर आफ्नो कोठामा राख्नुहोस् । बस यति गरे पछि लामखुट्टे कोठाबाट भाग्दछन् ।
- लसुन
घरमा लसुन त हुने नै भो । बढी लसुन हालेको खाना प्रयोग गर्नुभयो भने लामखुट्टे लुसन खाएका मानिसबाट टाढा हुन्छ ।
- आयुवेर्दिक स्प्रे
लामखुट्टे भगाउने क्रिमहरु प्रयोग गर्नुहुन्छ ? यसलाई छाडिदिनुहोस् । अब तपाईं आफैं घरेलु प्रविधिबाट लामखुट्टे भगाउने स्प्रे बनाउन सक्नुहुन्छ । यसका लागि तुलसी, पानी र भोड्का जस्ता घरमै उपलब्ध हुने सामग्रीहरु चाहिन्छन् । पहिला तुलसी र पानी उमाल्नुहोस् र तुलसीलाई राम्रोसँग निचोरेर आएको पानीलाई एउटा सफा बोतलमा राख्नुहोस् । बोत्तलमा जति पानी छ, त्यसको आधा भोड्का थप्नुहोस् । बिस्तारै हल्लाउनुहोस् । तपाईंको घरमै अब लामखुट्टे धपाउने स्प्रे तयार भयो ।
- सुगन्धित तेलहरु
तपाईंको घरमा सुगन्धित तेलहरु छन् ? कुनै सुगन्धित तेलको बासनाले लामखुट्टेलाई धपाउने क्षमता राख्दछ । कागती, पुदिना, मेहन्दी, लेभेन्डर, जेरानियम, सिट्रोनला जस्ता बिरुवाबाट बनेका तेलहरुले लामखुट्टे र अन्य किराहरु हटाउन उपयोगी हुन्छन् । उक्त तेललाई तेल घोल्ने रसायनमा खन्याउनुहोस्, त्यसपछि लामखुट्टेविरुद्ध यसले आफ्नो जादू देखाउन थाल्नेछ ।
- लामखुट्टेलाई मन पर्दैन यी बिरुवाहरु
- यी बिरुवा जसले लामखुट्टेलाई नै खाइदिन्छन्
ताली पिटेर न मार्न सक्नुहुन्छ न भगाउन । कति गाह्रो लामखुट्टेलाई तह लगाउन । ठिकै छ हार नमान्नुहोस् तपाईंलाई सघाउन केही मांशाहारी विरुवाहरु तयार छन् । जसरी हामी लामखुट्टे मनपराउँदैनौं त्यसैगरी भेनस फ्लाइट्राप, पिचर प्लान्ट, बट्टरवर्ट, डचम्यानुस पाइपका लागि लामखुट्टे मिष्ठान्न भोजन नै हो ।
- एउटा अप्राकृतिक उपाय पनि !
तर, हामीले घरमा प्रयोग गर्ने केही म्याट, स्प्रे, धुप लगायतका रसायनिक पदार्थ मिश्रित पदार्थहरुले लामखुट्टेलाई मात्र होइन, हामीलाई पनि असर गर्दछ । धुप, कपुर राखिएको भाँडो, लामखुट्टे एप्स जस्ता सामग्रीहरु तपाईंले प्रयोग गर्नसक्नुहुन्छ ।
यति नै । तर, लामखुट्टेले टोक्न छाडेनन् भने, यहाँ घरमै तत्काल प्रयोग गर्न सकिने घरेलु उपाय छन् । तातो पानीमा एक मिनेटसम्म धातुको चम्चा डुबाउनुहोस् । लामखुट्टेले टोकेको ठाउँमा राख्नुहोस् । यसले लामखुट्टेले टोक्दा निस्किएको एकप्रकारको प्रोटिनलाई नष्ट गर्दछ र चिलाउनबाट जोगाउँछ ।
- यो पनि प्रयोग गरेर हेर्ने कि ?
– नीलगिरि र कागतीको तेल मिसाएर शरीरमा लगाउँदा पनि लामखुट्टेको टोकाइबाट जोगिन सकिन्छ।
– कोठाको झ्याल-ढोका बन्द गरेर कपुर जलाउनुपर्छ। २० मिनेटपछि सबै लामखुट्टे हराउँछन्।
– तुलसीको पात झ्यालमा राख्दा पनि लामखुट्टेबाट छुट्कारा पाइन्छ।
– पुदिनाको पातलाई झ्यालमा राख्दा वा शरीरमा दल्दा पनि लामखुट्टेले दुःख दिँदैन।
– थोरै लसुन कुच्याएर पानीमा उमाली स्प्रे बोतलमा राखेर कोठामा स्प्रे गर्नुपर्छ। यसले लामखुट्टेको आतंक बन्द हुन्छ।
- स्मार्टफोन एप
हामीले बोक्दै आएको मोबाइल फोनबाट समेत लामखुट्टे भगाउन सकिने भएको छ। स्मार्टफोनमा हाई फ्रिक्वेन्सीको आवाज निकाल्ने एप डाउनलोड गरी लामखुट्टे सहजै भगाउन सकिने भएको छ। लामखुट्टेले यो आवाज सुनेसँगै स्मार्टफोनको आसपास नआउने अन्र्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले उल्लेख गरेको छ।
स्मार्टफोनमा हर्टजाइर फ्री एप डाउनलोड गरी यो एपको सहायताले सहजै टेस्ट गर्न सकिन्छ भने हर्टजाइर प्लाटेनियम एप ९६ रुपैयाँमा खरिद गर्न सकिने यो एपले आवाजको सहायताले लामखुट्टे भगाउँछ।
0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !