शंकर भण्डारी होटल व्यवसायी हुन् । गुल्मीको रुपाकोट–३ मा जन्मेका भण्डारी, उमेरले भर्खरै ३३ टेकेका छन् । भण्डारीले ०६३ सालमा काठमाडौंको सुन्धारामा किराना पसलबाट सुरु गरेका थिए । यो नौ वर्षमा उनले काठमाडौं र लुम्बिनीमा ६ वटा स्तरीय होटल सञ्चालन गरिरहेका छन् । यसबाहेक सेकुवा रेस्टुरेन्ट र ट्राभल एन्ड टुर्स पनि सञ्चालन गरेका छन् । उनै भण्डारीसँग रातोपाटी सहकर्मी भरत पाण्डेयले गरेको कुराकानीको सम्पादित अंश :
होटल व्यवसायमा कसरी प्रवेश गर्नुभयो ?
गाउँमा द्वन्द्व चर्किएको थियो । हामीलाई कि त माओवादी बनेर युद्धमा जानुपर्ने कि गाउँ छाड्नुपर्ने अवस्था आयो । त्यो अवस्थामा म २०/२२ वर्षको अल्लारे केटो थिएँ । जनयुद्धतिर मन गएन । घरबाट पनि दबाब आयो, गाउँ छाड्ने । आफन्तको सहयोगमा कैलाली पुगेँ । त्यहाँ होटलको अनुभव गरेँ । होटल व्यवसायको अनुभव पछि ०६०/६१ तिर पार्टनरसिपमा होटल गरियो । केही समय पार्टनरसिपमा गरेपछि मैले असहज महसुस गरेँ । ममा जुन क्षमता र रुचि थियो, उत्साह थियो, त्यो पार्टनरमा गर्न सकिनँ । त्यहाँ मैले अरुको अधिनमा रहेको जस्तो लाग्यो । अनि, आफ्नै किराना पसल सञ्चालन गरेँ । सुरुमा जम्मा एक लाख रुपैयाँमा किराना पसल सुरु गरेको हुँ । मलाई होटल व्यवसायमा अनुभव भएकाले पर्यटन सेक्टरमै लाग्न मन लाग्यो । अर्को वर्ष सुन्धारा बागदरबारमा होटल दर्ता गरेर सुरु गरेँ ।
खासमा मेरो नातेदार होटललाइनमा भएकाले मैले सुरुमा काम सिक्ने मौका पाएँ । कामको अनुभव बटुलेपछि होटल व्यवसायमै लागेँ । मैले जुन सोँच बनाएको थिएँ, पार्टनरसिपमा गर्दा त्यो सोँचअनुसार गर्न सकिनँ, त्यसैले सुरुमा पैसा जम्मा गर्न एक वर्ष किराना पसल गरेँ । पछि चाहिँ होटल व्यवसायमै लागेँ ।
तपाईंले आफैँ व्यवसाय सुरु गरेको नौ वर्ष भयो, कति सफल भएजस्तो लाग्छ ?
मैले कमाएको जति होटल व्यवसायमै लगानी गर्दै गरेँ । मैले आज १० हजार कमाएँ भने भोलि २० हजार लगानी कसरी गर्ने होला भनेर सोच्छु । यी ६ वटा होटलमा पछिल्लोपटक साझेदारीमा शाखा खोल्ने योजनामा छु ।
सुरुमा मैले बागदरबारमा होटल प्रेसिडेन्ट दर्ता गरेर सुरु गरेको अहिले सुन्धारामा चारवटा होटल, बुद्धजन्मस्थल लुम्बिनीमा एउटा, काठमाडौं नयाँ वसपार्कमा एउटा गरी ६ वटा होटल र सुन्धारामा आधुनिक सेकुवा कर्नर छ । मैले २०६४ वैशाख २७ गते आफ्नै होटल सुरु गरेँ । करिब डेढ वर्षको अवधिमा त्यसलाई पूर्ण रूपमा स्थापित गरिसेकको थिएँ । त्यसपछि ग्राहकलाई पर्याप्त सेवा दिन नसकेपछि अर्को थपेँ । त्यतिबेला सुन्धारामै सबैभन्दा बढी कोठा भएको होटल दी प्रेसिडेन्टलाई अपरेटिङमा ल्याएँ र सेवा प्रदान गरेँ । त्यसको एक डेढ वर्षपछि मलाई के लाग्यो भने हामी काठमाडौंमा मात्र सीमित भएर हुँदैन, देशका विभिन्न ठाउँमा पर्यटकलाई पनि सेवा दिनुपर्छ भनेर भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ०६७ सालमा होटल सुरु गरेँ, होटल प्रेसिडेन्टकै नामबाट । त्यसपछि सुन्धारामै मेरो व्यवसाय विस्तार गर्न २०६८ सालमा होटल भ्यु रोड सोबाट सेवा थप गरेँ । २०७० सालमा सुन्धारा क्षेत्रमै स्तरीय सेकुवा कर्नर सुरु गरेँ, पूरै पारिवारिक वातावरण र एकदम नेचुरल स्वादमा । मुख्य रुपमा सेकुवा भए पनि रेस्टृुरेस्टमा खाजाका अन्य आइटमहरू पनि । त्यसपछि २०७२ वैशाखमा छैटौँ शाखाको रूपमा काठमाडौंको बालाजु क्षेत्रलाई मध्यनजर गरी नयाँ होटल सुरु गरेको छु । अहिलेसम्म मानिसलाई बसपार्कमा स्तरीय होटल छैन÷चाहिँदैन भन्ने जुन मानसिकता छ, त्यो मानसिकता अन्त्य गर्न बसपार्क क्षेत्रमा स्तरीय होटल आवश्यक छ र हुनुपर्छ भनेर सुरु गरेको हुँ ।
भारतीय ठूला गाडीहरू उपत्यका प्रवेशपछि बसपार्कमा बाहेक अन्यत्र राम्रो पार्किङको सुविधा छैन । अन्य ठाउँमा ती गाडी जान नसक्ने भएकाले भारतीय आगन्तुकलाई लक्षित गरेर बालाजुमा स्तरीय होटल सुरु गरेको हुँ । मेरो मुख्य उद्देश्य व्यवसायसँगै पर्यटन विकासलाई पनि टेवा पु¥याउनु हो । त्यसैले २०६९ सालमै पर्यटन विकासका लागि सहयोग पुगोस भनेर ठमेलमा एस नेपाल टुर्स एन्ड ट्राभल्स पनि सुरु गरेको छु ।
यो छोटो अवधिमै होटल व्यवसायको क्षेत्रमा राम्रै उपलब्धि कमाउनुभयो, यो अवधिमा कस्ता–कस्ता अप्ठेरा सामना गर्नुप¥यो ?
नेपालको परिवेश, यहाँको अर्थनीति आदि यहाँका व्यवसायीका लागि प्रतिकूल नै छन् भन्नुपर्छ । राज्यले व्यवसायीलाई न्यूनतम सेवा–सुविधा पनि उपलब्ध गराएको छैन भन्दा हुन्छ । २४ घन्टामा १८ घन्टा लोडसेडिङको भार छ । सुन्धारा क्षेत्रमा पानीको पाइपलाइन छैन । दैनिक रुपमा ट्यांकरबाट पानी सप्लाई गर्नुपर्छ । त्यही पनि कहिले पानी ट्यांकरहरूको आन्दोलन, कहिले मजदुर हडताल, होटल व्यवसाय हरबखत सफा सुग्घर हुनपर्छ, यहाँ धेरैजसो सरसफाई मजदुरको आन्दोलन । आन्दोलन नै आन्दोलनको मारमा होटल व्यवसाय परेको छ । यस्तो अवस्थामा पनि हामीले आफ्नो व्यवसायलाई कसरी जोगाइराख्ने भन्ने समस्या भएको छ । चुनौतीसँग लड्दै–भिड्दै सामना गरेर अगाडि बढिरहेका छौँ ।
राज्यले आधारभूत सुविधा दिँदैन तर कसरी बढी कर उठाउने मात्रैमा सरकारको ध्यान छ । होटल व्यवसाय भएपछि जे–जस्तो पनि सहनुप¥यो । उपत्यकामा कुनै घटना घट्यो भने रातको १२ वा १ बजेपछि चेकिङ गर्नुपर्ने भन्दै पुलिसले होटल खोल्न आउँछ । अनि साधु, सन्त, महन्त, गुन्डा, चोर, डाँका सबै किसिमका मान्छे आउँछन् । सबैको फेस गरेर व्यवसाय सञ्चालन गर्नुपर्छ । अहिलेको महँगी उस्तै छ । अहिले युवाहरू विदेश जाने लहर पनि उस्तै छ जसले गर्दा हामीजस्ता मध्यमवर्गका होटलहरूलाई कामदारको अभाव । म्यानपावरमा पासपोर्ट बुझाएर जागिर खोज्न आउँछन् युवाहरू । पहिला त १÷२ वर्ष गर्छु भन्दै आउँछन् । अनि जब काम सिक्छन्, तब मेरो त भिसा आयो भनेर हिँडिहाल्छन् ।
होटलका कामदार त नेपालमा रेल–वे स्टेसनमा झोला समाएर उभिएको यात्रुजस्तै छन् । एकैछिन उभिरहने, रेल आयो कि टाप । चुनौती नै चुनौतीको बीचमा रहेको होटलमा उनीहरूलाई यहीँ राख्न नसक्नु हाम्रो पनि विवशता छ । किनकि अलि राम्रो सेवा–सुविधा भएन भने बन्द–हडताल गरिरहन्छन् । जसोतसो म्यानेज गरेर चुनौतीको सामना गरेर उनीहरूलाई दक्ष बनायो हिँडिहाल्छन् ।
अहिले युवाहरू विदेश जाने लहरजस्तै छ । तर, तपाईं यसरी नेपालमै होटल व्यवसाय गरेर सफल हुनुभयो, सफलताको कारण ?
जुनसुकै काम गर्ने पनि पैसा कमाउनका लािग हो । त्यसमा पनि हाम्रो व्यवसाय सेवाग्राहीलाई खुवाउने, बास बसाउने गरेर खुसी बनाएर बल्ल अन्त्यमा पैसा लिने हो । होटल क्षेत्रको सूत्र नै यही हो । मैले यसैभित्र रहेर सफा, सुग्घर राखेर सेवा–सुविधा दिएर ग्राहकलाई एकदम खुसी बनाएर, मिजासिलो व्यवहार गरेकाले मेरो होटलहरू ग्राहकको रोजाइमा परेका हुन् । त्यसैअनुसार मैले सेवा विस्तार गर्दै गएँ । नेपाली समाजमा २÷४ पैसा कमाएपछि जग्गा किन्ने, घर किन्ने बानी छ । तर मैले त्यसो गरिनँ । कमाएको पैसा थप उत्पादनमूलक कामका लागि होटलमै लगानी गरेँ ।
अर्को कुरा मेहनेत हो । मेहनेतका लागि पनि क्षेत्र चयन गर्न सक्नुप¥यो । मेरो क्षमता, रुचि, सक्षमता अनुसार क्षेत्र चयन गरेर व्यवसाय सुरु गर्नुप¥यो । मैले अहिले पनि आफैँ काम गर्छु । म काममा आफैँ कस्सिएको देखेर मेरा कर्मचारी साथीहरू पनि उत्साही भएर काम गर्नुहुन्छ ।
हो सबै क्षेत्रमा नकारात्मक कुराहरू पनि छन् । पुलिसले छापा हानेर दुःख दिने, चोर, फटाहा, अपराधी पनि पहिला चिनिँदैनन् । तर लुक्न, ज्यान जोगाउन होटलमै आउने, अझ कतिसम्म भने आत्महत्या गर्नेहरू पनि होटलमै पुग्ने अवस्था छ । मजदुर पाइँदैन, पानीको अभाव, बन्द, हडताल, आन्दोलन पनि यही क्षेत्रमा बढी । तर यी सबै नकारात्मक कुराहरूलाई पनि सकारात्मक तरिकाले सोँचेर आँट र साहस गरियो भने सफल हुन सकिन्छ । त्यही नकारात्मक कुरालाई मैले सकारात्मक तरिकाले सोँचेर फेस गरेँ र अहिले यहाँसम्म आएको छु । भोलि चुनौती कसरी सामना गर्ने र बढीभन्दा बढी नेपालीलाई यहीँ नै रोजगारी कसरी दिने भन्ने कुरा मेरो पहिलो प्राथमिकतामा छ ।
काम ग¥यो भने त सफल भइँदो रहेछ, विदेश जाने युवालाई के भन्नुहुन्छ ?
खासमा भन्ने हो भने म पनि विदेश जानका लागि लिएको ऋणबाट व्यवसाय सुरु गरेको मान्छे हुँ । हाम्रो गाउँ समाजको संस्कार अनुसार म पनि विदेशको लाइनमा थिएँ । गाउँमा व्यवसाय गर्छु भन्दा कसैले सहयोग नगर्ने, तर भिसा लाग्यो भनेपछि जति पनि ऋण दिने अवस्था छ । ठूलाबडाका नाउँमा साहु–महाजनले गाउँमा त्यो परिपाटी बसाएका छन् । किनकि आफ्नो लगानी सुरक्षित र बढी प्रतिफल दिने होस् । त्यो अवस्थामा मैले बुबासँग सल्लाह गरेर व्यवसायका लागि भनेर ऋण माग्दा पाइनँ । तर बुबाले छोराको भिसा लाग्यो भनेर ऋण खोज्नुभएको पाउनुभयो । हामीले पनि त्यही भनेर ऋण खोज्यौँ । त्यही एक लाख रुपैयाँबाट मैले व्यवसाय सुरु गरेको हुँ ।
अहिलेको अवस्थामा झन्डै दैनिक १७ सय युवाहरू खाडी मुलुक जान्छन् । अहिले मेरो व्यवसाय जुन अवस्थामा छ, योभन्दा सुरु गर्ने बेला झन् ठूलो समस्या थियो । भर्खरै द्वन्द्व सकिएको थियो । तर फेरि दीर्घकालीन शान्ति हुने हो वा फेरि युद्ध हुने हो भन्ने अवस्था थियो । ठूला होटल, उद्योग, कलकारखाना बन्द हुँदै थिए । त्यो बेला मैले व्यवसाय गर्नुपर्छ भनेर एक लाख ऋण खोजेर सुरु गरेँ । तर अहिले धेरै पूर्वाधार विकास भएको छ । सहज छ ।
तर अध्ययनमा तगडा युवाहरू युरोप अमेरिका जान्छन् । ताकत भएका तर शिक्षा नभएकाहरू खाडी मुलुक । यसलाई रोक्न के गर्ने भनेर नीति बनाएर लागिएन भने देशमा समस्या आउँछ । शान्ति प्रक्रियाले गति लिएको अवस्थामा देशमा वृद्धवृद्धा र काम गर्न नसक्ने मात्र छन् । यो अवस्थामा जोश, जाँगर भएका युवाहरू यहीँ आफ्नै माटोमा रमाउनुपर्छ ।
अहिले त युवालाई विदेश पठाउने र रेमिट्यान्समा राजनीतिक दलहरू रमाइरहने चलनको अन्त्य हुनुपर्छ । पछिल्लोपटक निःशुल्क भिसा प्रक्रिया भन्ने कुराले पनि युवालाई यहीँ बसेर केही गर्ने होइन, जति सक्यो विदेश पलायन गराउने भन्ने जस्तो लाग्छ ।
विदेश जान छाडेर यहीँ व्यवसाय गर्न चाहने युवालाई तपाईंको सहयोग, सुझा कस्तो रहन्छ ?
वास्तवमा धेरैभन्दा धेरै युवा मजस्तै स्वरोजगार बनून भन्ने म चाहन्छु । त्यसका लागि आफ्नो तर्फबाट गर्न सक्ने सहयोगका लागि म तत्पर छु । यसका लागि जुनसुकै व्यवसाय गर्न चाहना भए पनि पहिला आफ्नो सीप, क्षमता र रुचिअनुसारको व्यवसाय रोज्नुस् । यदि होटल व्यवसाय नै गर्न चाहनुहुन्छ भने पनि आउनुहोस् । यो अरु व्यवसायभन्दा अलि फरक हो । कति कुरा सार्वजनिक गर्न मिल्छ कति मिल्दैन । यदि तपाईँ इच्छुक हुनुहुन्छ भने आउनुस् । म हरतरहले सहयोग गर्न तयार छु । आफूले सिकेको अनुभवबाट सहयोग गर्न तयार छु् । यसले मलाई आत्मसन्तुष्टि पनि हुन्छ । किनकि म धेरैभन्दा धेरै युवा साथी आफ्नै देशमा स्वरोजगार भएको देख्न चाहन्छु । अर्कोतर्फ तपाईंलाई नयाँ आइडिया पनि हुन्छ ।
तपाईंको सफल बनाउन सघाउने कोही छ कि ?
मैले बिजनेस सुरु गरेदेखि नै भाइ कृष्णले सघाए । अहिले पनि हामीबीच सल्लाह हुन्छ ।
त्यसैगरी श्रीमती लक्कीको पनि प्रत्यक्ष सहयोग छ । भाइ–बुहारी देवीले पनि हाम्रो म्यानेजमेन्ट तहमा सघाउँछिन् । हामीले यसरी मिलेर व्यवस्थापन गरेका छौँ ।
त्यसपछि हाम्रा एक सय जनाभन्दा बढी कर्मचारी छन् । विदेशमा काम गरेर दक्षता हासिल गरेका कर्मचारीहरु काशी भण्डारी, समिर लामा, चेतन लामिछाने लगायतको एउटा समूह छ । उहाँहरू सबैको मलाई प्रत्यक्ष सहयोग छ ।
अहिले प्रत्यक्ष रूपमा झन्डै एक सय जनालाई रोजगारी दिएको छु भने अप्रत्यक्ष रुपमा पार्ट टाइमको रुपमा पनि ५०–६० जनाले काम गरिरहनुभएको छ । उहाँहरू सबैको प्रत्यक्ष–अप्रत्यक्ष सहयोगले म यो अवस्थामा छु ।
तपाईं होटल व्यवसाय मात्र हो या अन्य कुनै क्षेत्रमा पनि संलग्न हुनुहुन्छ ?
मान्छे जन्मजात सामाजिक प्राणी हो । त्यसैले सामाजिक सेवामा संलग्न हुनु सामान्य कुरा भइहाल्यो । म थुप्रै सामाजिक संघ–संस्थामा आबद्ध छु । गुल्मीबासी भएकाले गुल्मीबाट आउने असहाय, गरिव, बिरामी जनतालाई सहयोग गर्ने संघ–संस्थामा छु । आफूले एक सय रुपैयाँ कमाउँदा कम्तीमा १०÷१५ रुपैयाँ सहयोग पनि गर्नुपर्छ भनेर लागेको छु ।
व्यवसायको काम पनि एउटा सिस्टममा गएको छ । त्यसैले सिस्टमअनुसार सबै काम फत्ते गर्नुपर्ने हुन्छ । केही समस्या व्यवस्थापनमा देखियो भने मात्रै म आफू संलग्न भएर समाधान गर्छु । अन्यथा मैले सामाजिक क्षेत्रमै समय दिएको छु ।
व्यवसाय बढाउने सोचमा हुनुहुन्छ कि ?
मेरो उद्देश्य सेवासँगै पर्यटन प्रवद्र्धन पनि हो । त्यसका लािग हामी सेवा विस्तारको तयारीमा छौँ । तत्काल हामी काठमाडौंमै थप शाखासहित चितवन र पोखरामा पनि हाम्रो शाखा विस्तार गर्ने योजना छ । यो भूकम्पका कारण पर्यटन क्षेत्रमा असर परेकाले अलिकति ढिला भएको हो । उद्धार र राहतका काममा आफैँ पनि खट्नुपर्ने भएकाले पनि ढिला भयो । त्यसले गर्दा ढिला भए पनि अब छिटै शाखा विस्तार गर्ने कार्यक्रम छ ।
साभार: रातोपाटि

0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !