निःशुल्क १६६०-५६५२-९९९ यो नम्वरमा फोन गरी आफ्नो समस्याको समाधान खोज्नुहोस

नमस्कार
तपाई को वोल्नु भएको ?
यो किसान कल सेन्टर हो । म यहीको स्टाफ बोलेको हँ ।
तपाई चाही कहाँबाट को बोल्नु भएको ? (सुरिलो स्वरमा एउटी युवतीले प्रश्न गरिन)
मैले आफ्नोवारे सवै बताई दिए ।
उताबाट संस्थावारे विस्तृत जानकारी गराउन थालियो.....
किसानको सेवा र सहयोगकालागि खुलेको गैर नाफा मुलक संस्था हो यो । हामीले टोल फ्रि नम्वर संचालन गरिरहेका छौ । यो नम्वरमा किसानले आफुले लगाएको वारीमा हुने गरेको विभिन्न समस्याको वारेमा प्रश्न राख्न सक्नेछन् । गहिरिएर खोतली खोतली समस्या बुझ्छौ । र, विज्ञको रायसुझाव लिएर सम्वन्धित किसानको समस्या समाधान गर्ने प्रयास गर्नेछौ । विरुवाको खाद्य तत्वहरुको कमी भएको हो कि ढुसी परेको हो कि वा किराको समस्याको वारेमा बुझ्छौ ।
माटो तयारी गर्ने कसरी, विउ उपचार गर्ने कसरी जस्ता थुप्रै खाले समस्याका वारेमा हामीले किसानको समस्या समाधान गर्ने प्रयास गर्छौ । सकेसम्म जैविक उपायहरु नै खोजिन्छ तर हुदै नभए हतियारको रुपमा रसायनिक उपाय पनि दिने गछौ । फोनबाट हुन नसक्ने समस्याकालागि फोटो माग्छौ । त्यो पनि नभए हाम्रा नेपालैभरि छरिएर रहेका विज्ञ टोली पनि पठाउने गछौ ।
शुक्रवार साँझ १६६०५६५२९९९ (निःशुल्क नम्वर) यो नम्वरमा फोन गर्दा भएको कुराकानीको एउटा अंश हो यो । विगत तीन बर्षदेखि संचालनमा रहेको यो नम्वरमा फोनगरी किसानले निःशुल्क परापर्श तथा किसानका समस्या समाधान गर्ने प्रयास गर्दै आइरहेको छ ।
बाली संरक्षण र शुक्ष्म खाद्य कम्पनी एग्री केयर नेपाल प्रालि र पशुपक्षी र गाईवस्तुको फिड सप्लीमेन्ट उत्पान गर्ने कम्पनी लाईफ केयर नेपालले सामाजिक उत्तरदायित्व अन्र्तगत सुरु गरेकोे यो किसान कल सेन्टरबाट धेरै किसानले फाइदा लिइरहेका छन् ।
सरकारले अहिलेसम्म अर्बौ रकम प्रचारप्रसारमा खर्च गरेको छ । तर, किसान तहसम्म त्यो पुग्न सकिरहेको छैन । महंगो कागजमा छापिएका ति जानकारीहरु साच्चै राम्रा छन् । तर, ति पब्लिकेसनहरु शहरमै केन्द्रित छन् । यस्तो अवस्थामा सुरु भएको किसान कल सेन्टरले बाली, सिचाई, विउविजन जस्ता हरेक प्रकारको जानकारी दिने गरेको छ ।
तीन, चार जना कर्मचारी भएपनि त्यहाँ विज्ञको टोली समेत राखिएको संचालक संस्थाका प्रमुख कार्यकारी अधिकृत रविन अधिकारीले जानकारी दिए । ३० बर्षे रविनले सानै उमेरमा किसानकालागि धेरै राम्राराम्रा काम गर्दै आएका छन् । उनी भन्छन्, 'वास्तवमा भन्ने हो भने यो काम सरकारले गर्नुपर्ने हो । तर, कतैबाट केहि नभएपछि हामीले सुरु गरेका हौ ।'
तीन वर्षमा प्रत्यक्ष रुपमा २० हजार भन्दावढि किसानले सुविधा लिइसकेका छन् । भरतपुर यग्यपुरी चितवनमा यसको कार्यालय छ । ति दुई कम्पनीले यसको खर्च व्यहोर्दै आएको छ । रविनका अनुसार यसलाई राष्टिय रुपमा लैजान सकेमा किसानले धेरै फाइदा उठाउने थिए । सरकारी स्तरबाट समेत यो सुविधा दिन सकिनरहेको वेला एग्री केयर नेपाल र लाईफ केयर नेपालले संचालनमा ल्याएको यो सेवा साच्चै प्रसंनिय छ ।
साभारः हलोखबर
- यो पनि हेर्नुहोस् कृषकहरुको गुनासा र परामर्शका लागि (किसान कल सेन्टर)
0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !