Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » जानौं यू-ट्यूबका केहि Tips & Tricks

जानौं यू-ट्यूबका केहि Tips & Tricks

यू-ट्यूब भिडियोको लागि एक सामुन्द्रिक खजाना जस्तै हो जहाँ आजको समयमा तपाइले कुनैपनि विषयवस्तुसँग जोडिएको भिडियो खोज्न तथा हेर्न सक्नुहुन्छ । गुगल यू-ट्यूबलाइ अझै राम्रो र नयाँ विशेषता युक्त्त बनाउन निरन्तर लागिपरेकै छ । जसको प्रयोगले तपाई हामीलाई अझ सरल र सहज अनुभूति हुन्छ ।


१-सेकेन्ड म्याजिंग
यू-ट्यूबको Search मा गएर  'Beam me up Scotty' टाइप गरेर हेर्नुहोस र हेर्नुहोस कस्तो म्याजिक हुन्छ ।

२- म्याजिक स्क्रिन
यू-ट्यूबको Search मा गएर  'Use the force Luke' टाइप गर्नुहोस् र हेर्नुहोस तपाइको यू-ट्यूब स्क्रिन कसरी डान्स गर्न थाल्छ ।

३- भिडियो डाउनलोड 
यू-ट्यूबको स्क्रिनमा दिएको यू-ट्यूब URL मा www. को पछि 'ss' राख्नुहोस र त्यसपछि बाँकी URL लेख्नुहोस | यसपछि कुनैपनि भिडियो सजिलैसँग डाउनलोड गर्नसक्नुहुन्छ |

४- रेस्‍ट्रिक्‍टेड भिडियो
यदि यू-ट्यूबका कुनै कुनै भिडियोमा Content Warning भनेर  Age Verification माग्छ भने त्यसकोलागि यू-ट्यूबको URL मा 'watch' हटाएर "v=" को ठाउमा "v/" लेखेर इन्टर हान्नुहोस ।

५- फन्ट रंगीविरंगी 
आफ्नो यू-ट्यूबको Search मा गएर 'doge meme' टाइप गरेर हेर्नुहोस तपाइको यू-ट्यूब पेज कस्तो रंगी विरंगी हुन्छ ।

६- यू-ट्यूब सर्टकट कि :
k- पज/ प्ले गर्नका लागि
j- भिडियो १० सेकेन्ड पछि गर्नका लागि
i- भिडियो १० सेकेन्ड अगि गर्नका लागि
m- भोलयूम बन्द गर्नका लागि

७- किबोर्ड अपरेट 
यदि तपाई आफ्नो किबोर्डद्वारा यू-ट्यूब अपरेट गर्न चाहनुहुन्छ भने त्यसकोलागि https://www.youtube.com को पछाडि /leanback टाइप गरि इन्टर बटम थिच्नुहोस् र हेर्नुहोस ।

८- जफि इमेज 
यू-ट्यूबमा URL मा https://www. र  youtube.com को बिचमा  gif टाइप गर्नुभयो भने तपाइले यू-ट्यूबको कुनैपनि भिडियोलाई जफि इमेजमा परिवर्तन गर्न सक्नुहुन्छ । जस्तै: https://www.gifyoutube.com/watch?v=VwV5SE560JA

९- अटो प्ले
यू-ट्यूबको पेजको दाहिने साइडको माथितिर दिएको अटो प्ले अप्सनलाइ स्लाइड गरेर अटो प्ले लाइ बन्द गर्न सक्नुहुन्छ ।

१०- भिडियो प्ले टाइम
यदि तपाई कुनै निस्चित समयमा यू-ट्यूबको भिडियो प्ले गर्न चाहनुहुन्छ भने यसकोलागि तपाइले भिडियोको URL पछाडी '#t=1m5s' अथवा '#t=65s' टाइप गरेर चाहेको समयमा प्ले गर्न सक्नुहुन्छ ।

११- अफलाइन भिडियो
 यू-ट्यूबको कुनै मनपर्ने भिडियो ओपन गर्नुहोस् र भिडियोको तल रहेको लाइक, डिसलाइकको छेउमा दाहिनेतिर अफलाइन बटम देखिनेछ त्यो बटममा क्लिक गरि आफ्नो भिडियो लाइ डाउनलोड अर्थात अफलाइन गराउन सकिन्छ, जसलाई पछी हेर्दा कुनै डाटा शुल्क लाग्दैन ।

१२- HD भिडियो
यदि यू-ट्यूबको भिडियो विभिन्न अप्सनको साथ द्रुतगतिमा HD क्वालिटीमा हेर्न चाहनुहुन्छ भने तलको लिंकमा क्लिक गर्नुहोस् ।
Mozilla Firefox को लागि
Google Crome को लागि
Opera Mini को लागि  

नोट: अन्य यू-ट्यूब tricks को लागि यहाँ क्लिक गर्नुहोस् 

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !