काठमाडौं, फागुन १६, कृषि विकास मन्त्रालय अन्तर्गतको कृषि सुचना तथा सन्चार केन्द्र हरिहरभवन ललितपुरमा रहेको किसान कल सेन्टरबाट देशका कुनाकुनामा रहेका किसानले आफ्ना समस्या र गुनासा किसान कल सेन्टरमा राख्न पाउने भएका छन् । कृषि मन्त्रालयले किसानका समस्या विज्ञमार्फत समाधान गर्न किसान कल सेन्टरको सुरुवात गरेको छ । कृषिमन्त्री हरिबोल गजुरेलले आइतबार किसानसँग कुरा गर्दै सेन्टरको शुभारम्भ गर्नुभयो ।
किसानले आफ्नो पैसा नलाग्ने १६६००१९५००० नम्बरमा फोन गरी आफ्ना समस्या राख्न सक्ने र ती समस्यालाई विज्ञमार्फत समाधान गर्ने व्यवस्था मिलाइएको र किसानका समस्या विज्ञले समाधान गर्ने कृषी विकास मन्त्रालयले जनाएको छ ।
अहिले दिन विराएर हप्ताको तीन दिन ११ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ भने सार्वजनिक विदाका दिन कल सेन्टर बन्द रहने छ । किसानले खेतीका क्रममा भोग्नुपरेका समस्या टेलिफोनबाटै समाधान गर्ने कल सेन्टर लाई दीर्घकालिन बनाउन अर्थ मन्त्रालयसँग कुराकानी भैरहेको मन्त्री गजुरेलले जानकारी दिनुभयो । किसानले कल सेन्टरमा फोन गरी कृषिमा भएका समस्याहरु राख्न पाउने ब्यवस्था गरिएको छ ।
अहिले सार्वजनिक कृषि प्रसार सेवामा मात्र १५ प्रतिशत किसानको पहुँचमा रहेको छ । किसानको जीवनस्तर सुधार गरी कृषिलाई मर्यादित, सम्मानजनक बनाउन र उत्पादन तथा उत्पादकत्व बढाउन आवश्यक छ ।
कृषिमा आश्रित झण्डै दुई तिहाई किसानको माझमा विज्ञको सेवा पु¥याउन कल सेन्टरले सहयोग गर्ने मन्त्रालयले जनाएको छ ।
परम्परागत कृषि प्रणालीलाई सुचना प्रविधि र विज्ञानमा आधारित व्यवसायमा विकास गर्न र आधुनिक सञ्चार एवं कृषि बाली र पशु वस्तुमा लाग्ने रोग र समस्याको समाधान गर्ने उद्देश्यले किसान कल सेन्टरको स्थापना तथा सञ्चालन भएको कृषि सुचना तथा सञ्चार केन्द्रका प्रमुख मिनप्रसाद बुढाथोकीले बताउनुभयो ।
किसान कल सेन्टरका प्रमुख उद्देश्यहरु :
कार्यहरु:
# किसानका गुनासो संकलन गर्न आवश्यक व्यवस्था मिलाउने र गुनासा संकलन गर्ने ।
# कृषि उत्पादन तथा उत्पादकत्व बृद्धिका लागि प्रविधीबारे किसान उद्यमी व्यवसायी एवं अन्य सरोकारवालालाई जानकारी गराउने ।
# कृषि उपजको संम्भाव्य बजारका बारेमा जानकारी गराउने ।
# कृषिमा आधारीत संरक्षण एवं प्रशोधन प्रविधीबारे जानकारी गराउने ।
# अवकाशप्राप्त कृषि विज्ञ एवं प्राविधीकको सिपलाई किसानमाझ पु¥याउने ।
# यसलाई आवश्यकता अनुसार प्रदेशस्तरमा समेत लैजाने ।
साभारः उज्यालो अनलाइन
भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

# किसान र कृषि व्यवसायीका बाली, पशु वस्तुहरु तथा व्यवसाय सम्वन्धी समस्यालाई आधुनिक सञ्चार माध्यमको प्रयोग मार्फत विषय विशेषज्ञको सल्लाहबाट समाधान गर्ने ।
# सुचना प्रवाहमा भौगोलिक विकटताले पारेको असरलाई न्यून गरी न्यायपूर्ण सेवा प्रवाह प्रणालीको स्थापना गर्ने ।कार्यहरु:
# किसानका गुनासो संकलन गर्न आवश्यक व्यवस्था मिलाउने र गुनासा संकलन गर्ने ।
# कृषि उत्पादन तथा उत्पादकत्व बृद्धिका लागि प्रविधीबारे किसान उद्यमी व्यवसायी एवं अन्य सरोकारवालालाई जानकारी गराउने ।
# कृषि उपजको संम्भाव्य बजारका बारेमा जानकारी गराउने ।
# कृषिमा आधारीत संरक्षण एवं प्रशोधन प्रविधीबारे जानकारी गराउने ।
# अवकाशप्राप्त कृषि विज्ञ एवं प्राविधीकको सिपलाई किसानमाझ पु¥याउने ।
# यसलाई आवश्यकता अनुसार प्रदेशस्तरमा समेत लैजाने ।
साभारः उज्यालो अनलाइन
भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
- यो पनि हेर्नुहोस् किसानलाई खुसीको खबर (किसान कल सेन्टर)
0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !