Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » थाइराइडको समस्यामा खानाको छनोट २ जया प्रधान jaya.pradhan@hotmail.com

थाइराइडको समस्यामा खानाको छनोट २ जया प्रधान jaya.pradhan@hotmail.com

इराइड ग्रन्थि घाँटीको फेदनिर श्वासनलीको माथिल्लो भागमा पुतली आकारको हुन्छ । यो ग्रन्थिले आयोडिनयुक्त हर्मोन थाइरोक्सिन अर्थात् त्घ निकाल्छ । यी हर्मोनहरू टाइरोसिन नामक एमिनो एसिड र आयोडिन मिलेर बन्छन् । शरीरका कोषहरूमध्ये थाइराइड ग्रन्थिको कोषले मात्र आयोडिन सोसेर लिन सक्छ । यसरी बनेको हर्मोनले सीधै रगतमा गएर शरीरको मेटाबोलिजम क्रिया सुचारु राख्नुको साथै क्याल्सियम सन्तुलन राख्न र कोषहरूमा प्रोटिन बनाउन प्रेरित गर्छ । एक स्वस्थ व्यक्तिमा थाइराइड ग्रन्थिले करिब ८० प्रतिशत थाइरोक्सिन हर्मोन बनाउँछ भने २० प्रतिशत ट्राइआयोडोथाइरोक्सिन बनाउँछ ।

खानाबाट प्राप्त हुने आयोडिनको मद्दतले थाइराइड ग्रन्थिले थाइरोक्सिन हर्मोन बनाउने हुनाले दैनिक भोजनमा आयोडिनको परिमाण सन्तुलित हुनुपर्छ । अन्य विविध कारणहरूबाहेक भोजनमा आयोडिनको कमी वा असन्तुलन भएमा थाइराइड ग्रन्थिको कार्यमा गडबडी आई स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ ।

शरीरमा थाइरोक्सिन हर्मोनको मात्रा सन्तुलित हुन जरुरी पर्छ । थाइरोक्सिन हर्मोन जति बढी हुन्छ शरीरमा शक्तिको मेटाबोलिजम पनि त्यति नै बढ्छ । शरीरमा यो हर्मोनको कमी भएको अवस्थामा मेटाबोलिजम क्रिया पनि ढिलो हुन्छ । यस प्रकार थाइराइड ग्रन्थिले आवश्यकभन्दा बढी हर्मोन बनाएको छ भने त्यस अवस्थालाई हाइपर–थाइरोइडिजम  भनिन्छ भने ग्रन्थिले आवश्यक मात्रामा हर्मोन बनाउन नसकेको अवस्थालाई हाइपो–थाइरोइडिजम भनिन्छ ।

हाइपर र हाइपो–थाइरोइडिजम दुवै अवस्थाले मेटाबोलिजम क्रिया (पौष्टिक तत्त्वबाट प्राप्त क्यालोरी शक्तिमा रूपान्तरण गर्ने क्रिया), शरीरको वृद्धि र विकासमा प्रभाव पार्ने भए तापनि वयष्क व्यक्तिहरूमा हाइपर (उच्च)भन्दा हाइपो (न्यून) थाइरोइडिजमको समस्या भएको कुरा अध्ययनले देखाएको छ । विशेषगरी ५० वर्ष उमेरका महिला तथा गर्भवती एवम् सुत्केरी महिलाहरूमा हाइपो–थाइरोडिजमको समस्या बढी पाइन्छ ।

बढ्ने उमेरका केटाकेटीमा यो हर्मोनको कमी भएमा शारीरिक तथा मानसिक विकासमा नकारात्मक प्रभाव पर्न सक्छ । यसको कमीले शारीरिक रूपमा देखिने विकृतिमा पुड्को हुने, अनुहारको छाला मोटो, सुक्खा, चाउरी पर्ने हुन्छ भने मानसिकरूपमा राम्ररी बोल्न नसक्ने लठेब्रो किसिमको हुन्छ । गर्भवती महिलामा यो हर्मोनको कमी भयो भने बच्चा जन्माउन अयोग्य÷असमर्थ हुनुको साथै जन्मेको बच्चा पनि अड्डभड्ड हुनसक्छ ।

हाइपो–थाइरोइडिजमले गाँड आउने, जन्मदोष हुने, उच्च कोलेस्टेरोल तथा ट्राइग्लिसिराइडका साथै मुटुसम्बन्धी समस्या पनि आउन सक्छ ।

वयष्क एवम् प्रौढ व्यक्तिहरू हाइपरभन्दा हाइपो थाइरोइडिजमबाट बढी पीडित रहेको कुरा अनुसन्धानले देखाएको छ । यसबाट देखिने लक्षण व्यक्तिअनुसार फरक हुनुको साथै सबैमा नदेखिन पनि सक्छ ।

लक्षणहरू प्रायः सबैमा नदेखिने हुनाले व्यक्तिमा हाइपर वा हाइपो थाइरोइडिजम छ भन्ने कुरा रगत जाँचबाट पहिचान गर्न सकिन्छ । थाइराइडको समस्या छ भने डाक्टरले सिफारिस गरेको औषधि लिनुपर्छ । यो समस्याको उपचारको प्रमुख उपाय औषधि नै हो । तर पनि औषधिसहित उपयुक्त खाना र शारीरिक व्यायाम अपनाउन सकेमा लिइरहेको औषधिले शरीरमा गर्ने कामलाई अझ प्रभावकारी बनाई जटिल समस्या हुनबाट बचाउन सक्छ ।

हाइपो–थाइरोइडिजममा शरीरको मेटाबोलिजम क्रिया कम हुने भएकोले शारीरिक तौल बढ्ने हुन्छ । यस्तो स्थितिमा खानाबाट प्राप्त भएको क्यालोरी उपयुक्त मात्रामा अक्सिडेसन (जलनक्रिया) हुन सक्दैन । यस अवस्थामा दैनिक भोजनमा क्यालोरीको मात्रा सन्तुलित राख्न आवश्यक हुन्छ । भोजनमा प्रशस्त मात्रामा हरियो सागसब्जी, ताजा फलफूल, पूर्ण प्रोटिनको खाद्यस्रोत र उचित चिल्लो पदार्थ समावेश गर्नुपर्छ । बिरामीको मेटाबोलिजम क्रिया सुस्त हुने भएकाले दिनभरिको भोजनलाई थोरै–थोरै परिमाणमा धेरै पटक प्राप्त हुने किसिमले व्यवस्था गर्नुपर्छ ।

हाइपो–थाइरोइडिजममा आवश्यक पर्ने पौष्टिक तत्त्व
ग्रन्थिले आवश्यक मात्रामा हर्मोन बनाउन नसकेको अवस्थालाई हाइपो–थाइरोइडिजम भनिन्छ । यस अवस्थामा भोजनमा हुनुपर्ने पौष्टिक तत्त्व यहाँ उल्लेख गरिन्छ ।

फाइबरः– यस अवस्थामा एकातिर कब्जियत र बढी तौलको समस्या हुने भएकोले भोजनमा खस्रोपना र फाइबरयुक्त खाद्यपदार्थ समावेश गर्नुपर्ने हुन्छ भने अर्कोतिर फाइबरयुक्त खाद्यपदार्थले यस अवस्थामा लिने औषधिको प्रभावकारितालाई कम गर्ने हुनाले फाइबर भएको खाद्यपदार्थको उचित छनोट गरी ठीक मात्रामा भोजनमा समावेश गर्नुपर्छ । साधारण स्वस्थ व्यक्तिको दैनिक भोजनमा करिब ३०–३५ ग्राम फाइबर आवश्यक हुन्छ भने यस अवस्थामा १५ ग्राम फाइबर प्राप्त हुने गरी भोजनको व्यवस्था गर्नुपर्छ ।

सेलिनियमः– सेलिनियम तत्त्वले थाइराइड ग्रन्थिमा बन्ने थाइरोक्सिन हर्मोनलाई सक्रियरूपमा अर्थात् ट्राइआयोडोथाइरोनिन हर्मोनमा परिणत गर्न मद्दत पुर्याउँछ । टुनामाछा, नट्स, बोसोरहित कुखुरा–टर्कीको मासु, प्याज, लसुन, खमीर, पूरै अन्न, चिल्लोरहित दूध तथा दूधका परिकार सेलिनियमका स्रोत हुन् ।

आयोडिनः– यस अवस्थामा आयोडिनको कमी हुने भएकोले भोजनमा आयोडिनयुक्त खाद्यपदार्थहरू जस्तै– चिज, अण्डा, माछा, स्रिम्प माछा, सामुद्रिक झारपात, माछाको तेल, आयोडिनयुक्त नून आदि समावेश गर्नुपर्छ ।

टाइरोसिनः– थाइराइड ग्रन्थिमा हर्मोन बन्नको लागि आयोडिनको साथै टाइरोसिन नामक एमिनो एसिड पनि आवश्यक हुनाले यो तत्त्वयुक्त खाद्यपदार्थहरू जस्तै– माछा, कुखुराको मासुको ब्रेस्ट, केरा, फर्सी, तिल, कागजी बदाम, दाल, गेडागुडी आदि भोजनमा समावेश गर्नुपर्छ ।

यी माथि उल्लिखित पौष्टिक तत्त्वबाहेक प्रोटिन, भिटामिन ई, बी, सी र खनिज पदार्थ जिड्ढ, तामा पनि आवश्यक पर्ने हुनाले यी तत्त्वहरू पाइने खाद्यपदार्थहरू पनि भोजनमा समावेश गर्नुपर्छ ।

हाइपो–थाइरोइडिजममा परहेज गर्नुपर्ने खाद्यपदार्थ
न्यष्तचयनभलष्अ युक्त खाद्यपदार्थः– न्यष्तचयनभलष्अ पदार्थ अर्थात् गलगाँड आउन मद्दत पुर्याउने पदार्थ भएका खाद्यपदार्थले थाइरोक्सिन बन्नको लागि आवश्यक पर्ने तत्त्व आयोडिन ठीक रूपमा प्रयोग हुन बाधा पुर्याउँछ । यो तत्त्व विशेषगरी भटमास तथा भटमासका परिकार, काउली वर्गका तरकारी, ब्रोकाउली, काउली, बन्दा, सलगम, रायोको साग, बदाम, मुला, स्ट्राबेरी, ओखर, आरू आदिमा पाइन्छ ।

प्रशोधित अन्नः– प्रशोधित अन्नबाट बनेका खाद्य परिकारमा आवश्यक पौष्टिक तत्त्वहरूको मात्रा कमी हुने तर कार्बोहाइड्रेटको मात्रा बढी हुने भएकाले यस्तो खाद्यपदार्थबाट क्यालोरी मात्र पाइने हुनाले यसको समावेशलाई न्यून गर्नुपर्छ ।

गुलियो र तयारी खाद्यपदार्थः– गुलियो खाद्यपदार्थ विशेषगरी मनोस्याकराइडको कार्बोहाइड्रेटको मात्र उत्तम स्रोत हुने भएकोले भोजनमा यस्तो खाद्यपदार्थको समावेश कम गर्नुपर्छ । यसबाहेक तयारी खाद्यपदार्थ पनि कार्बोहाइड्रेट, चिल्लो पदार्थको मात्र स्रोत भएकाले यसलाई पनि कम गर्नुपर्छ । यसैगरी कफी, अल्कोहलको उपभोग पनि कम गर्नुपर्छ ।

बोसोयुक्त मासु, चिल्लोयुक्त दूध र दूधका परिकारः– बोसो तथा छाला रहेको मासुमा बढी चिल्लो विशेषतः अतृप्त फ्याटी एसिड हुन्छ । त्यसैले एकातिर यसप्रकारको चिल्लो पदार्थले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ भने अर्कोतिर यस अवस्थामा बिरामीको शरीरको तौल बढी हुने भएकोले यस्ता खाद्यपदार्थले तौल बढाउन थप मद्दत पुर्याउने हुन्छ । त्यसैले सकेसम्म यस्ता खाद्यपदार्थको परहेज गर्नुपर्छ ।

माथि उल्लिखित पौष्टिक तत्त्व र केही खाद्यपदार्थको समावेशमा विशेष ध्यान दिनुको साथै ग्लुटिनयुक्त खाद्यपदार्थ जस्तै– गहुँ, रेय ९च्थभ०, जौ, ओट आदिको समावेशमा पनि ध्यान पुर्याउनुपर्छ । यसैगरी फ्लोराइड र क्लोरिन तत्त्वले पनि हर्मोन बनाउन आवश्यक तत्त्व आयोडिनको उपयोगमा बाधा पुर्याउने हुनाले पानीको उपभोग गर्दा पनि ध्यान पुर्याउनुपर्छ ।

हाइपो–थाइरोइडिजममा भोजनको व्यवस्था
दैनिक भोजनको व्यवस्था गर्दा सबै खाद्यसमूहबाट ठीक परिमाणमा खाद्यपदार्थको छनोट गरी खाद्यपदार्थ सन्तुलित बनाउनुपर्छ ।

दैनिक भोजनलाई सकेसम्म ५–६ पटक खाने किसिमले व्यवस्था गर्नुपर्छ ।

हरेक पटकको खानाबाट लगभग ३०० क्यालोरी प्राप्त हुने किसिमले भोजनको व्यवस्था गर्नुपर्छ ।

कम क्यालोरी, बढी प्रोटिन (पूर्ण–प्रोटिन)युक्त भोजनको व्यवस्था गर्नुपर्छ ।

दैनिक भोजनमा आयोडाइज नूनको प्रयोग गर्नुपर्छ ।

हरियो सागपातमा न्यष्तचयनभलष्अ पदार्थ अर्थात् गलगाँड आउन थप मद्दत पुर्याउने तत्त्व हुनाले यो पदार्थ निष्क्रिय बनाउन खाद्यपदार्थ पकाउनुपर्छ ।

भोजनमा प्रशस्त सफा पिउने पानी, ताजा फलफूलको जुस समावेश गर्नुपर्छ ।

समुद्रमा पाइने विभिन्न जातका माछा तथा अन्य खान हुने सामुद्रिक झारपात आयोडिनको उत्तम स्रोत भएकोले भोजनमा समावेश गर्नुपर्छ ।

अक्सिजन प्राप्त हुने किसिमको शारीरिक व्यायाम, कसरत र मानसिक तनाव कम गर्न ध्यान पनि गर्नुपर्छ ।







हाइपरथाइरोडिजम थाइराइड ग्रन्थिको कार्यको गडबडीबाट हुने स्वास्थ्य समस्या हो । यस अवस्थामा ग्रन्थिले आवश्यकताभन्दा बढी हर्मोन पैदा गर्दछ । यस ग्रन्थिबाट पैदा हुने हर्मोन थाइरोक्सिन र ट्राइआयोडोरोनिनले शरीरको आवश्यकताअनुसार क्यालोरीबाट शक्ति प्रदान गर्ने, न्यानो अनुभव गराउने, शरीरको तौल ठीक राख्ने जस्ता विविध कार्यहरूमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । अर्थात् शरीरको मेटाबोलिजम क्रिया ठीक राख्छ ।

यस अवस्थामा साधारण स्वास्थ्य स्थितिमा भन्दा बढी हर्मोन पैदा हुने भएकोले मेटाबोलिजम क्रिया छिटो हुन्छ । यसले गर्दा शक्ति बढी पैदा भई गर्मी महसुस हुने र ठीक मात्रामा खाना खाँदा पनि शरीरको तौल कम हुन सक्छ । साथै खानाप्रति रुचि प्रशस्त हुँदाहुँदै पनि तौल घट्नाले अन्योलमा पर्ने हुन्छ । तौल घट्नुको साथै बेलुकीपख बढी थाकेको महसुस हुन्छ र रातमा राम्ररी निद्रा नलाग्ने हुन्छ । यसले गर्दा व्यक्तिमा चिडचिडेपन र नैराश्यता पैदा हुन सक्छ ।

साधारणतया सुरुको अवस्थामा कुनै लक्षणहरू देखिँदैनन् । बिस्तारै रोग बढ्दै गएपछि बिरामीले लक्षण अनुभूति गर्न सक्छ । यस अवस्थामा प्रायः देखिने लक्षणहरू– गर्मी खप्न नसक्ने, शरीरको तौल घट्ने, मुटुको धड्कन तेज हुने, दिसा–पखाला लाग्ने, थकाइ लाग्ने, खानाप्रति रुचि बढ्ने, हात काँप्ने, मांसपेशी कमजोर हुने, केश झर्ने, आँखाको बल बाहिर निस्कने आदि हुन् । यी लक्षणहरू प्रायः हाइपरथाइरोडिजममा देखिने भए पनि सबैमा नदेखिन पनि सक्छ । कुनै अन्य स्वास्थ्य समस्याका कारणले गर्दा पनि यी लक्षण देखिन सक्ने हुनाले रोगको पहिचानको लागि व्यक्तिको रगत जाँच गर्न जरुरी हुन्छ ।

हाइपोथाइरोडिजममा जस्तै यसको उपचार पनि औषधिबाटै हुने भएकोले सम्बन्धित डाक्टरबाट सिफारिस औषधिको सेवन नियमित र समयमा गर्नुपर्छ । औषधिको साथै बिरामीले आफ्नो स्वास्थ्यस्थितिअनुरूप उपयुक्त एवम् सन्तुलित भोजनको व्यवस्था गर्नुपर्छ । उपयुक्त भोजनले औषधिको कार्यलाई अझ प्रभावकारी बनाउनुको साथै स्वास्थ्यस्थितिलाई नियन्त्रण राख्न पनि मद्दत पुर्याउँछ ।

हुन त यस अवस्थाको उपचारको लागि निश्चित भोजनको व्यवस्था नभए तापनि व्यक्तिको अवस्था हेरी उपयुक्त खाद्यपदार्थको छनोट गरी भोजनमा समावेश एवम् परहेज गर्न सकेमा थाइराइड ग्रन्थिको कार्यमा नियन्त्रण तथा हर्मोन बन्ने कार्यमा सन्तुलन ल्याई स्वास्थ्यस्थितिमा सुधार ल्याउनमा मद्दत पुर्याउँछ । विशेषगरी यस अवस्थामा तौल घट्ने तथा मांसपेशी तन्तुहरूसमेत नष्ट हुने भएकाले बिरामीको शारीरिक तौल हेरी बढी क्यालोरी, बढी प्रोटिनयुक्त भोजनको व्यवस्था गर्नुपर्छ । शरीरको तौलअनुरूप बढी क्यालोरीयुक्त खानाले तौल सन्तुलित राख्न मद्दत पुर्याउँछ भने बढी प्रोटिनयुक्त भोजनले मांसपेशी तन्तु बनाउन मद्दत गर्छ । साधारण अवस्थामा भन्दा तौल घटेको स्थितिमा दैनिक क्यालोरीको मात्रा ४०० देखि ५०० क्यालोरी बढाउनुपर्ने हुन्छ । यसैगरी प्रोटिनको हकमा १.५ देखि २ ग्राम प्रतिकिलो शरीरको तौलअनुसार बढाउनुपर्छ । साथै पूर्ण प्रोटिन विशेषतः पशुजन्य स्रोतबाट प्राप्त खाद्यस्रोत जस्तै– मासु, अण्डा, दूध आदि दैनिक भोजनमा समावेश गर्नुपर्छ ।

थाइराइड ग्रन्थिले क्याल्सिटोनिन  नामक हर्मोन पनि बनाउँछ । जुन हर्मोनले रगतमा क्याल्सियम ठीक राख्न मद्दत पुर्याउँछ । हाइपरथाइरोडिजम भएको अवस्थामा क्याल्सिटोनिन हर्मोनको उत्पादन पर्याप्त हुन सक्दैन । यसले गर्दा हाड कमजोर हुने अर्थात् अस्टियोपोरोसिस ९ग्कतभयउयचयकष्क० को प्रबल सम्भावना हुने भएकोले हाड मजबुत र स्वस्थ राख्ने तत्त्वहरू जस्तै– क्याल्सियम र भिटामिन ‘डी’युक्त खाद्यपदार्थ भोजनमा प्रशस्त समावेश गर्नुपर्छ । बिरामीको अवस्था हेरी प्राकृतिक तवरले खानाबाट मात्र यी तत्त्वहरू पर्याप्त पूर्ति हुन नसकेमा डाक्टरको सल्लाहबमोजिम थप औषधि पूरकको रूपमा लिनुपर्ने हुन्छ ।

यसैगरी शरीरको मेटाबोलिजम तथा थाइराइड ग्रन्थिको क्रिया ठीक राख्न आयोडिन तत्त्व आवश्यक हुन्छ । यस अवस्थामा थाइराइड ग्रन्थिमा हर्मोन बन्ने कार्य तीव्र हुने र आयोडिन तत्त्वले यस कार्यमा साथ दिने हुनाले ग्रन्थिको कार्यलाई नियन्त्रण गर्न भोजनबाट प्राप्त हुने आयोडिन अर्थात् आयोडिनयुक्त खाद्यस्रोतको समावेशलाई कम गर्नुपर्छ । यस्तो स्थितिमा दैनिक सिफारिश गरेअनुरूप आयोडिन समावेश गरी यस स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न सकिन्छ । एक दिनमा साना केटाकेटीलाई ५०–१०० माइक्रोग्राम र ठूला वयष्कहरूलाई १५० माइक्रोग्राम आयोडिन आवश्यक हुन्छ ।

क्रुसिफेरस  जातका तरकारीहरू जस्तै– बन्दा, काउली, ब्रोकाउली आदिमा आयोडिनलाई निष्क्रिय पार्ने तत्त्व हुन्छ । यसलाई ग्वाइट्रोजेनिक तत्त्व भनिन्छ । यो तत्त्वले गर्दा खाद्यपदार्थमा भएको आयोडिन थाइराइड गन्थिले राम्ररी प्रयोग गर्न सक्दैन । फलस्वरूप ग्रन्थिको कार्यमा कमी आई हर्मोन उत्पादनमा बाधा पुर्याउने हुनाले यस अवस्थामा क्रुसिफेरस जातका तरकारी भोजनमा समावेश गर्दा आयोडिनको प्रयोगमा कमी भई ग्रन्थिमा उत्पादन हुने हर्मोनमा समेत नियन्त्रण हुन्छ । यसले गर्दा हाइपरथाइरोइडिजमको समस्यालाई नियन्त्रण गर्न मद्दत पुर्याउँछ ।

यसैगरी जरा वर्गका सागसब्जी, सलगम, मूलामा थायोग्लुकोसाइड ९त्जष्यनगिअयकष्मभ० तत्त्व हुन्छ । यसले आयोडिनको शोषणमा बाधा पुर्याउने हुनाले थाइराइड ग्रन्थि बढी सक्रिय हुनमा नियन्त्रण गर्दछ । यस प्रकार क्रुसिफेरस तथा जरावर्गका सागसब्जी दैनिक भोजनमा समावेश गर्दा एकातिर थाइराइड ग्रन्थिको कार्यमा नियन्त्रण भई थाइरोक्सिन हर्मोनको उत्पादन ठीक रूपमा हुन मद्दत पुर्याउँछ भने अर्कोतिर यस अवस्थामा पौष्टिक तत्त्व बढी खेर जानाले उल्लिखित सागसब्जीबाट आवश्यक भिटामिन तथा खनिज पदार्थ प्राप्त गर्न सकिन्छ ।

हाइपर थाइरोइडिजम नियन्त्रण गर्न खानामा ध्यान दिनुपर्ने कुराहरू

दैनिक भोजन स्वस्थ र सन्तुलित हुनुपर्दछ । सन्तुलित भोजनले औषधिको कार्यलाई प्रभावकारी बनाउन मद्दत पुर्याउँछ ।

अवस्थामा हाड पनि कमजोर हुन सक्ने भएकाले क्याल्सियम तथा भिटामिन ‘डी’युक्त खाद्यपदार्थहरू जस्तै– दूध, दूधबाट बनेका परिकार (चिल्लो कम भएका), सालमोन जातका माछा, अण्डा, च्याउ आदि भोजनमा समावेश गर्नुपर्छ ।

ओमेगा ३ फ्याटी एसिडयुक्त खाद्यपदार्थको समावेशबाट शरीरले आवश्यक फ्याटी एसिड प्राप्त गरी स्वस्थ राख्नुको साथै थाइराइड ग्रन्थिको कार्यलाई ठीक राख्न मद्दत पुर्याउँछ । ओखर, कागजी बदाम, ओलिभ तेल, फ्लेक्स तेलहनजस्ता खाद्यपदार्थ भोजनमा समावेश गर्नुपर्छ ।

एन्टिअक्सिडेन्टयुक्त खाद्यपदार्थ– अंगुर, बेरी, ताजा फलफूल तथा साग–तरकारी भोजनमा समावेश गर्दा थाइराइड ग्रन्थिको कार्यलाई नियन्त्रण गर्नुको साथै शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्वहरू पनि प्राप्त गर्न सकिन्छ ।

काउली, बन्दा, ब्रोकाउली, सलगम, भटमास आदि साग, तरकारी भिटामिन तथा खनिज पदार्थका उत्तम स्रोत हुनुको साथै यी तरकारीहरूमा भएको ग्वाइट्रोजोनिक तत्त्वले आयोडिन शोषणमा बाधा पुर्याउने हुनाले भोजनमा यी खाद्यपदार्थहरू समावेश गर्दा थाइराइड ग्रन्थिको कार्यमा नियन्त्रण हुन सक्छ ।

हरेक छाकमा प्रोटिनयुक्त खाद्यपदार्थ जस्तै– चिल्लोरहित मासु, दूध, अण्डा आदि भोजनमा समावेश गर्दा शरीरमा नष्ट भएका तन्तु बनाउन, मर्मत गर्न मद्दत पुर्याउँछ । यदि शाकाहारी भएमा वनस्पति स्रोत जस्तै– गेडागुडी, नट्स आदि खानामा समावेश गर्नुपर्छ ।

हाइपरथाइरोइडिजममा मुटुको धड्कनमा प्रभाव पार्ने हुनाले मुटु स्वस्थ राख्ने खाना जस्तै– ताजा फलफूल, हरियो सागसब्जी, कम चिल्लोयुक्त दूध एवम् मासु भोजनमा समावेश गर्नुपर्छ । साथै तृप्त फ्याटी एसिड, कोलेस्टेरोल, सोडियम, बढी चिनीयुक्त खाद्यपदार्थको उपयोगमा सतर्कता अपनाउनुपर्छ ।

दैनिक खाने खानाबाहेक ठीक अर्थात् मध्यम खालको व्यायाम गर्नाले शरीरमा नष्ट भएका तन्तु, मांसपेशी तन्दुरुस्त राख्न मद्दत पुर्याउँछ ।

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !