दक्षता भनेको के हो ?
दक्षिण कोरियामा खास गरी नेपालको सम्बन्धमा ईपिएस बाट ई ९ भिसा मार्फत कार्यरत नेपालीहरु बहुसंख्यक रुपमा रहेका छन । E-7 भिसा भन्नासाथ यो भिसा परिवर्तनलाई सोझै ई 9 को भिसामा आएका या भनौ ईपिएस मार्फत आएका कामदारलाई थपिने या भिसा परिवर्तन गरिने भनि सोझो अर्थमा लिएको पाइएको छ । यसकारण पनि यो विदेशीकामदारको लागि झन्झटिलो प्रकृया उपयोगी हुन नसक्ने जस्ता कुराहरु आएका छन । जसको कारणले यस बारेमा आशा भन्दा निराशा छाएको पनि पाईएको छ । कतिपय त यो प्रवासी कामदारको आखामा छारो हाल्ने काम मात्र हो पनि भनिरहेका छन ।
तर केही अनुभवी कोरियाका नेपालीहरु भने यो प्रकृयाबाट नेपालीले फाईदा लिन सक्ने बताउछन । यसमा दक्षता भन्ने कुराले के हो दक्षता कसको छ कसको छैन कसरी दक्ष हुन र पाउने भन्ने विज्ञासा अलि बडि मात्रामा देखिने गरेको छ । दक्षता भनेको तपाईले गर्नुभएको काममा नै पाउने तपाई बडि अनुभवी हुनु हो । तपाईले लगातार गर्नुभएको निश्चित प्रविधि वा प्रकृतिको काममा हासिल गरेको अनुभव पर्दछ । दक्षिण कोरियामा धेरै नेपालीहरुले आफुले गर्ने काममा दक्षता प्राप्त गरेका छन । नेपालीले गरेको कामलाई प्राथमिकतामा राखेर नै दक्षिण कोरियाले धेरै संख्यामा नेपालीहरु भित्रयाउन लागेको पनि छ । यस अर्थ कोरियामा रहेका कामदारले आफुले गरेको काम अन्तर्गतको गहिरो ज्ञान नै दक्षता हो । तर सबै प्रकृतिको काम गर्ने व्यक्ति या सबै कामदारले E-7 भिसा पाउछन नै भन्ने पनि होईन ।
कोरियाका E-9, E-10, H-2 भिसामा रहि काम गरि रहेका मजदुरहरु मध्ये दक्षता भएको प्रमाणित भएमा उनीहरुलाई E-7 भिसामा परिवर्तन गर्न पाउने छ । तपाईले आफुले गरेको काम सम्बन्धमा बुझेर सम्बन्धित कामको प्रकृति छुटयायर कम्पनी समेतको अनुमति लिई ईमेग्रेसनले संचालन गरेको तालिम जसलाई साहवे योङहाप भनिन्छ लिन सकिन्छ । उत्पादन कृषि का विभिन्न पक्षमा विषेश ज्ञान तथा सीप दक्षता हो । फिसरिङ कृषि अन्तर्गतका काममा तपाईले गरेको काम कुन शिर्षकमा दक्षता पर्छ तपाईले प्रयोग गर्ने मेशिन काम गर्ने कम्पनी गर्ने काम जस्ता कुरामा निर्भर हुन सक्छ । यस विषयमा सम्बन्धि कामको सिप को विभाजन स्पष्ट भएपछि मात्र थाहा पाउन सकिन्छ ।
यो ईपिएस अन्तर्गतको सबै कामदारलाई भिसा परिवर्तन गर्ने कुरा नभई दक्ष कामदारलाई लामो समय काम गर्न दिने अनुमति भिसा हो । काम सम्बन्धी दक्ष र अनुभवी कामदारलाई कम्पनीले समेत राख्न चाहने हुदा सरकारले समेत यस्ता व्यक्तिहरुलाई E-7 भिसा लिई बस्न सक्ने व्यवस्था गरेको हो ।
E-7 भीषामा कम्पनिको प्रकार :
E-7 भीषामा कम्पनिको प्रकारमा पूरीसानअब (뿌리산업) र छेजोअब (제조업) गरी दुई प्रकार हुन्छन ।
पुरी सानब (뿌리 산업 रुट कम्पनी) मा पाईन हाल्ने काम, वेल्डीङ गर्ने काम , ग्रेन्डिङको काम , सामान पगालेर पुन बस्तु बनाउने , हातले तयार गर्ने काम , गाडीको पार्ट पूर्जाको काम पर्दछ, भने यो भन्दा बाहेकका कम्पनि छेजोअब (제조업) अन्तर्गत पर्दछ ।
कोरियामा काम गर्ने विदेशी अदक्ष कामदार (E-9) ले दक्ष कामदार भिषा (E-7)को लागी पदावधिका लागि निम्नानुसारको सर्त पुरा गर्नुपर्नेछ :
१) कोरियामा 4 वर्ष कुनै पनि कम्पनि वा Agriculture मा काम गरेको हुनुपर्छ! पुरी सानप भए 3 वर्ष (Example 2006 देखि 2016 सम्ममा कुनै पनि कम्पनी 4 वर्ष काम गरेको हुनुपर्छ (कम्पनी फेरेको भए पनि हुने) ।
२) उमेर ३५ बर्ष पुरी सानपमा भने 39 वर्ष ननाघेको हुनुपर्ने ।
३) युनिभर्सिटी वा डिप्लोमा पास हुनुपर्ने गरेको हुनु पर्ने र पुरी सानप भए A वा+12 गरेको हुनु पर्ने (नेपाल तथा दक्षिण कोरिया जहाको भए पनि हुन्छ ।) तर सर्टिफिकेट र Mark sheet लाई नेपालको शिक्षा मन्त्रालयबाट छाप हानेर मात्र कोरियन Embassy बाट छाप लगाऊनु होला ।
४) युनिभर्सिटी नपढेकोले 3 लेभल कोरियाको भाषा परिक्षा पास गरे हुन्छ तर कोरियामै 2 वर्ष युनिभर्सिटी पढेकोले भाषाको 3 लेभल पास गर्न पदैंन ।
५) कोरियन भाषा परिक्षा TOPIK नगर्नेलाई कोरियन अध्यागमनबाट संचालित 사화통합프로그램 कक्षामा सहभागी भएर 3 Steps (3 단계) पुरा गरेको हुनु पर्नेछ (2016/07/01 देखि लागु) ।
६) हाईस्कुलबाट +२ नभएकोलाई कोरियाको सोसियल एडजसमेन्ट कार्यक्रममा भाग लिएको प्रमाणमत्रलाई पनि आधार बनाउन सकिने छ। यस सम्बन्धमा भने कोरियाको संघ संस्थामा सम्पर्क राख्नुहोला ।
भाषाको लागि बिस्तृत जानकारी www.socinet.go.kr बाट लिन सकिन्छ र टपिक परिक्षाको जानकारीको www.topik.go.kr हेर्न सक्नुहुनेछ ।जसमा प्रश्न पत्र , पुराना परिक्षाका सामाग्रीहर , परिक्षाको आवेदन , परिक्षा केन्द्र समय सबै दिइएको छ ।
७) आफूले काम गरेको काम को प्रकृति बुझि कोरियाको सिप तालिम केन्द्रहरुबाट दक्षताको प्रमाण पत्र लिनु पर्नेछ ।
८) 직종의 기능사 이상의 자격증 जुन आफ्रनो काम सम्बन्धित license www.q-net.or.kr बाट बुझ्न सकिन्छ तथा 1 साल देखिको तलब मासिक 2,556,723₩ वा सो भन्दा माथि थापेको हुनुपर्ने (2016/07/01 देखि लागू) ।
९) कोरिया भाषा टोपिक 3 लेभल पास हुनुपर्ने तर पूरी सानपमा पॅनेॅले 2 लेभल पास गरे हुन्छ ।
१०) दक्षता सम्बन्धमा कम्पनीको स्वीकृती हुनपर्ने हुदा कम्पनीको मार्फतबाट यी प्रकृयाको काम गर्न सकिनेछ । यसको लागि आफुले थाहा पाएको जानकारी कम्पनीलाई भन्ने र त्यसबारेमा नोदम्बो, कोरिया जव सेन्टर, अध्यागमन विभाग तथा संघ संस्थाहरुबाट थप जानकारी लिन सकिनेछ ।
कम्पनीमा कोरियनको संख्या :
10~49 जना भएको कम्पनीमा = 1 जना E7, तर पूरी सानपमा 5~9 जना जना भएको कम्पनीमा = 1 जना E7
50~149 जना भएको कम्पनीमा= 2 जना E7, तर Agriculture मा भने 30 भन्दा कम कामदार भएकोमा = 1 जना E7
नोट:- कोरियामा मापसे, झै झगडा, अपराधिक केशमा परेकाले E-7 पाऊने छैनन् ।
बिस्तृत जानकारीको लागि:
wwww.hikorea.go.kr
www.migrantok.org
www.kpic.re.kr
- यहिनै बसोबास गर्न सकिने कुराहरु पनि जोडिएको हुदाE-7 प्राप्त गरिसकेपछि एफ 2.5 भिसाको लागि आवेदन दिन सकिन्छ ।
>>>>> Download Now
ReplyDelete>>>>> Download Full
>>>>> Download LINK
>>>>> Download Now
>>>>> Download Full
>>>>> Download LINK
E7मा जानको लागि भाषा न पढेपनि हुने हो
ReplyDelete