अहिले एकाइसौ शताब्दीको युगमा सूचना प्रविधिले विश्वमा दिनानुदिन फड्को मारिरहेको बेला नेपालमा पनि सूचनालाई प्रविधिको माध्यमाबाट सम्प्रेशन गर्ने नयाँ नयाँ प्रविधीहरु आउन थालेका छन्। अब नेपालमै पनि आफु बसेको वरपर रहेका अति आवश्यक ठाउँबारेमा सजिलैगरी जानकारी मोबाइलबाटै जानकारी पाउन सकिने सुविधा भित्रिइ सकेको छ।यदि तपाइलाई आफ्नो वरपर रहेको स्कुल, बैंक, अस्पताल, सरकारी कार्यालय, मेडिया हाउस, पार्टी प्यालेस लगायत अति आवश्यक ठाउँहरुको बारेमा जानकारी छैन र थाहा पाउन चाहनुहुन्छ भने अब एन्ड्रइड भएको तपाइको आफ्नै मोबाइलमा सम्पूर्ण सुविधाहरु पाउन सक्नुहुन्छ।
एन्ड्रोईड भएका स्मार्ट फोन प्रयोगकर्ताहरुले अब आफ्नो मोबाईल फोनमा आफु बसेको ठाउँको बारेमा यो मोबाइल एप्सबाट सम्पूर्ण जानकारी लिने सक्ने छन्। यसका लागि तपाइले एनलोकेट एप्स यो लिङकमा गएर डाउनलोड गर्नुपर्ने हुन्छ अथवा तपाईले आफ्नो मोबाईलमा एनलोकेट एप्लिकेशन यहाँ बाट डाउनलोड गर्न सक्नुहुन्छ।
हालै विकसित गरिएको ‘एनलोकेट एप्स’ एन्ड्रोईड एप्लिकेशनबाट विशेष गरी स्मार्ट फोन हुनेहरुले आफ्नो वरिपरि रहेका बैंक एटिएम, एम्बुलेनस, बैंक, एम्बेसी, कलेज, कफी शप, सरकारी कार्यालय, पार्टी प्यालेस, धार्मिक ठाउँ,रिसोर्ट, शपिङ मल, ट्राभल एजेन्सी,होस्टले, प्रहरीबारे जानकारी, आपतकालिन सम्पर्क नम्बरहरु,पेट्रोलपम्प, हस्पिटल, तथा गुगल म्याप समेत सजिलै गरी हेर्न सक्नेछन्। यसति मात्रै नभएर विभिन्न मेडिया हाउसेसले निकालेका अनलाई समाचारहरु पनि सजिले हेर्न र पढ्न सकिन्छ। यसको लागि उनीहरुले आफुले चाहिएको ठाउँको नाम वा खोजिएको बस्तुबारे एनलोकेट एप्सले तयार गरेको क्याटेगोरीमा गएर खोज्नुपर्ने हुन्छ।
हालै एनलोकेटले व्यापार प्रपर्द्धनको लागिस भने भर्सन २ नामक नयाँ विजिनेस डाटा ल्याएको छ जसले विजिनेस गर्न सकिने ठाउँको बारेमा जानकारी दिनेछ। विजिनेसवालाहरुले आफुलाई चाहिएको सूचना, नयाँ अफर तथा विशेष कार्यक्रमको बारेमा http://www.nlocate.com/ को साहयताबाट जानकारी लिन सक्ने छन।
साभार : हाम्रोकुरा
प्रकाशित मिति : २०६९-१०-२८



0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !