Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

अब मोबाइल एपबाटै ट्याक्सी बुकिङ सेवा



चाहिएकै समयमा आफ्नो एरियामा ट्याक्सी नपाउने समस्या सामान्यजस्तै भइसकेको छ । झन मिटरमा जानै नमान्ने र बढी भाडा असुल्ने प्रवृत्तिबाट यात्रुहरु दिक्क छन् । तर, अब भने तपाईले आफूलाई ट्याक्सी चाहिएकै बेला अनलाइन स्मार्ट एपमार्फत बुकिङ गर्न सक्नुहुने छ ।

नेपालमा अहिले ‘अन्भर स्मार्ट ट्याक्सी’ मोबाइल एप प्रचलनमा आएको छ । यसबाट जोसुकैले ट्याक्सीलाई आफू भएको स्थानमा बोलाउन सक्छन् । यी ट्याक्सीले अरुले जस्तो किच-किच गर्ने छैनन् र मिटरकै आधारमा उठेको रकम लिनेछन् ।

एपमार्फत सेवा दिन २ सय वटा स्वरोजगार ट्याक्सी चालक अन्भरमा दर्ता भएका छन् । यी ट्याक्सीले एपमार्फत आएको अनुरोधअनुसार तपाईंलाई सेवा दिनेछन् । अन्भरमा संस्थापक ओम खड्काका अनुसार यसमार्फत सेवा दिने ट्याक्सीहरुलाई जीपीएस ट्रयाकिङ गरिएको छ ।
उनीहरुले सेवा दिइरहेको समयमा त्यसलाई ‘अन’ राख्छन् । एपमार्फत यात्रुले अनुरोध गरेपछि उनीहरु म्यापका आधारमा सेवाका यात्रु भएकै स्थानमा पुग्छन् ।

कसरी प्रयोग गर्ने ?

यो एप डाउनलोड गरेपछि यसमा यात्रुले एकपटक मोबाइल नम्बर, इमेल र पासवर्ड राखेर रजिष्टर गर्नुपर्छ । त्यसपछि आफूलाई ट्याक्सी चाहिएका बेला आफ्नो स्मार्टफोनबाट एप खोल्नुपर्छ ।

एप खुल्नासाथ आफू रहेको स्थान देखाउँछ । र, ट्याक्सीमार्फत आफू कुन गन्तब्यमा पुग्ने हो, त्यसमा क्लीक गर्नुपर्छ । आफू जाने गन्तव्यलाई अक्षरमा टाइप गर्ने सुविधा पनि छ । त्यसपछि अन्भर एपले त्यो गन्तब्यमा पुग्ने सबैभन्दा छोटो रुट जानकारी दिन्छ ।

त्यसपछि सँगै देखिने ‘फाइण्ड ट्याक्सी’ अप्सनमा क्लिक गर्नुपर्छ । यसमा क्लिक गरेपछि तपाईं रहेको क्षेत्र वरपर अन्भरको सेवा दिने गरी दर्ता भएका ट्याक्सी देखाउँछ । ट्याक्सी आफू बसेको क्षेत्रबाट कति परको दूरीमा छ भन्ने पनि एपमै देखिन्छ ।

सबैभन्दा नजिक देखिएको ट्याक्सीलाई तपाईंले सेवाका लागि अनुरोध गर्न सक्नुहुन्छ । तपाईंले आफ्ना केही कुरा भए ट्याक्सी चालकलाई एपमार्फत नै म्यासेज गर्न सक्नुहुन्छ ।

ट्याक्सीले तपाईंको ‘रिक्वेष्ट’ स्वीकारेपछि तपाईं सेवाको लिनका लागि तयार बन्न सक्नुहुन्छ ।



नेपालीभन्दा विदेशी यात्रुको आकर्षण

अन्भरका संस्थापक खड्का अनुसार यो यो प्रविधिबाट ट्याक्सी बुकिङ सुरु भएको ४ महिना बितेको छ । तर, यसमा नेपाली यात्रुको भन्दा विदेशबाट आएका पर्यटकको बढी चासो देखिएको छ ।

विदेशमा यस्तो प्रविधि निकै प्रचलनमा छ । धेरै ट्याक्सी कम्पनीहरुले आफ्नै ट्याक्सीलाई यो सिस्टमबाट चलाउँछन् । तर, नेपालमा भने यो प्रविधि बिल्कुलै नयाँ रुपमा आएको छ ।

सेवा विस्तार हुँदै

धेरैजसो स्वरोजगार ट्याक्सी चालकहरुले यसलाई बुझेका पनि छैनन् । त्यसैले अन्भरलाई यसबारे बुझाउनै समस्या परेको छ । यात्रुमा पनि यसप्रति विश्वास जागिसकेको छैन । ‘नेपाली यात्रुभन्दा बढी विदेशी पाहुनाले अन्भरको प्रयोग गरिरहेका छन् । उनीहरु गुगलमा खोजेर पनि यो एप डाउनलोड गरिरहेका छन् र एपमार्फत ट्याक्सी सेवाको बुकिङ गरिरहेका छन्’ खड्का भन्छन् ।

अन्भरमा अब झण्डै थप ४ सय ट्याक्सी जोडिने प्रक्रियामा आइसकेका छन् । २ सय मात्रै ट्याक्सी यसमा आएकाले सेवा विस्तारै प्रभावकारी हुँदै जाने अन्भरको विश्वास छ ।

‘हाम्रो आफ्नै ट्याक्सी नभएकाले चालकले आफूलाई पायक पर्दा मात्रै जीपीएस अन गर्छ । नेपालमा सकेसम्म चालकहरुले अनलाइन बुकिङ लिन चाहेको देखिँदैन’ खड्काले भने,’अब विस्तारै यो प्रविधिमा नगई सुख छैन ।’
साभार : अनलाइनखबर

निःशुल्क फिल्म डाउनलोड गर्न यो हो उत्कृष्ट साइट, मात्र एक क्लिकमा

धेरैजसो मानिस आफ्नो फुर्सदको समयमा फिल्म हेर्न रुचाउँछन् । यद्यपी, धेरैजसो अवस्थामा फिल्मको क्वालिटी राम्रो नभएकाले फिल्म हेर्दा मजा आउँदैन । हुन त धेरैजसो वेबसाइट यस्ता पनि हुन्छन् जहाँ एचडी क्वालिटीमा अनलाइन फिल्म हेर्न सकिन्छ तर बफरिङ हुँदा यहाँ पनि मजा नआउनसक्छ । यस्तोमा आज हामी तपाईंलाई यस्तो वेबसाइटबारे जानकारी दिँदै छौं जहाँ एक क्लिकले मात्र पनि एचडी मुभी डाउनलोड गर्न सकिन्छ ।

बलिउड फिल्मको भण्डारः




यो साइटमा फिल्मका थुप्रै क्याटगोरी दिइएको हुन्छ ता कि प्रयोगकर्ताले आफूले मनपराएको फिल्म छान्न सकून् । जस्तै बलिउड फिल्मका लागि इन्डिया मुभी नामको क्याटगोरी छ । योभित्र वर्षैपिच्छे सब–क्याटगोरी छ । अर्थात् तपाईं वर्षको हिसाबले कुनै पनि फिल्म निकै सजिलै खोज्न सक्नुहुन्छ ।


चर्चित फिल्मका विशेष क्याटगोरीः


बलिउडका साथै यहाँ सबैभन्दा चर्चित फिल्मको क्याटगोरी २५० टप मुभी पनि दिइएको छ । यो क्याटगोरीमा प्रयोगकर्ताले भिजिट र डाउनलोडको हिसाबले मूभी स्तवः यो क्याटगोरीमा आउँछ । यो क्याटगोरीमा २५० वटा फिल्म छन् । सबै फिल्म अल्फाबेटको हिसाबले आउँछन् ।


हलिउडको हज्जारौं फिल्मः


जुन प्रयोगकर्ता हलिउड फिल्म हेर्न चाहन्छन् उनका लागि यहाँ फिल्मको निकै ठूलो भण्डार रहेको छ । यी प्रयोगकर्ताका लागि विशेष आर्काइभ नामको क्याटगोरी बनाइएको छ । जसमा सन् १९०० देखि २०१६ सम्मका फिल्म दिइएको छ । अर्थात् यहाँ हज्जारौं फिल्म छन् ।


डुअल अडियोको क्याटगोरीः


अन्य क्याटगोरीमा कलेक्सन, डबल फार्सी र पर्सियन मुभी संलग्न छन् । सबै क्याटगोरी वर्षका अनुसार राखिएका छन् । अर्थात्, यहाँ अनलिमिटेड फिल्म छन् । डबल फार्सीमा सबै फिल्म डुअल अडियोमा दिइएको छ । अर्थात्, प्रयोगकर्ताले एउटै फिल्मलाई हिन्दी वा अंग्रेजी साउन्डसँगै हेर्न सक्छन् ।


सिररियलको क्याटगोरीः


फिल्मका साथै यहाँ अदर, पर्सियन सिरिज, सिरिज, आइकोन्स, आइएमजी र मिलाड नामको क्याटगोरी पनि छ । सिरिज क्याटगोरीमा हलिउड सिरियलको पूर्ण सिरिज दिइएको छ । अर्थात्, प्रयोगकर्ताले आफूलाई मनपरेको सिरिज यहाँबाट पूर्ण डाउनलोड गर्न सक्छन् ।


मोबाइल फ्रेन्डली वेबसाइटः



यो वेबसाइटको नाम sv1.bia2dl.xyz हो जुन कुनै पनि ब्राउजरमा सजिलै खुल्ने गर्दछ । स्मार्टफोनमा यो मोबाइल फर्मेटमा ओपन हुन्छ । अर्थात्, प्रयोगकर्ता यसलाई डेस्कटप र मोबाइल दुबैमा निकै सजिलै चलाउन सक्छन् ।


लिंकको लागि यहाँ क्लिक गर्नुहोस् 

विदेशबाट ल्याएका मोबाइल दर्ता गर्नुस्, नत्र ब्लक होला ! कसरी गर्ने त दर्ता ?

विदेशबाट आउँदै गरेका परिवारका सदस्य वा साथीभाइलाई नेपालमा भएकाहरुले गिफ्टको आशा गर्नु सामान्य नै भयो। तीमध्ये केहीले मोबाइल माग्छन्। हुनत अहिले सजिलो पनि हो, विदेशबाट मोबाइल मगायो, यहाँ बजारमा किन्नेभन्दा सस्तो भइहाल्छ। नेपालमा ल्यायो, यताको सिम राख्यो- चलायो। आनन्दै। तर पख्नुस्, अब यति सजिलो हुनेछैन विदेशबाट ल्याउने मोबाइल चलाउन।

मोबाइल फोनहरुबारे नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख १ गतेदेखि नयाँ नियम बनाउँदैछ। प्राधिकरण भनेको टेलिफोन, मोबाइल, इन्टरनेटलगायतका सेवा नियमन गर्ने निकाय हो। यसले नेपाल टेलिकम, एनसेल, युटिएल आदि मोबाइल सेवा दिनेदेखि आइएसपीसम्मलाई निर्देशन दिने काम गर्छ।


नयाँ नियम अनुसार तपाईँले विदेशबाट ल्याएको मोबाइल के हुन्छ त?
नेपाल दूरसञ्चार प्राधिकरणले अवैध तथा गैह्रकानुनी रुपमा भित्रिएका मोबाइल फोनलाई व्यवस्थित गर्न नयाँ निर्देशिका लागु गरेको छ । निर्देशिकाअनुसार अब अनिवार्य रुपमा सबै मोबाइल सेटहरु सरकारी निकायमा दर्ता गर्नुपर्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणमा मोबाइल सेटको आइएमइआई नम्बर दर्ता नगरे कात्तिकदेखि तपाईंको मोबाइल ‘ब्लक’ हुन्छ । ‘अब भन्सार नतिरी भित्रिएका र विदेशमा किनेर ल्याइएका मोबाइलको आइएमइआई नम्बर दर्ता नगरिएका मोबाइलले नेपालमा काम नै गर्ने छैनन्,’

तपाईँले त्यसरी विदेशबाट ल्याएको मोबाइल नेपाल दूरसञ्चार प्राधिकरणमा लगे दर्ता गर्नुपर्ने हुन्छ। त्यसका लागि तपाईँले यस्तो फाराम भर्नुपर्छ




फारामका साथ तपाईँले नागरिकता वा पासपोर्ट पनि बुझाउनु पर्छ। वैशाख १ गतेदेखि प्राधिकरणको यो अन्तरिम निर्देशिका लागू हुने भए पनि विदेशबाट ल्याएका मोबाइलको IMEI नम्बर फाराम भरेर दर्ता गराउन लानुपर्ने यो व्यवस्था चाहिँ दशैँपछि अर्थात् २०७३ कात्तिक १ गतेदेखि मात्रै लागू हुनेछ।

दर्ता गर्नका लागि तपाईँसित भन्सार तिरेको कागजात पनि पक्कै खोजिनेछ। प्राधिकरणले क्लियरेन्स दिइसकेपछि मात्रै तपाईँले हाल्ने एनसेल वा नेपाल टेलिकम वा अन्य सिमहरुले यी मोबाइलमा काम गर्नेछन्।

व्यक्तिगत रुपमा नभई बेच्नका लागि कम्पनीले ल्याउने मोबाइलमा भने तपाईँले केही गर्नुपर्ने छैन। कम्पनीले नै IMEI नम्बर दर्ता गरिदिन्छ। सक्कली र भन्सार तिरेका मोबाइलहरुमात्र प्रयोगमा आउन् भनेर यस्तो नियम लागू गर्न लागिएको हो।


कसरी थाहा पाउने आइएमइआई नम्बर ?


आइएमइआई नम्बर मोबाइलको पहिचान हो जुन *#06# थिच्यो भने देखिन्छ । सामान्य खालको मोबाइलमा ब्याट्रि निकालेपछि र आइफोनमा सेटिङ भित्र गएर पनि आइएमइआई नम्बर  हेर्न सकिन्छ ।

अब मोबाइल आयातकर्ताले आफूले वैध रुपमा बेच्न ल्याएका मोबाइलको आइएमइआई नम्बर समेत सरकारलाई बुझाउनुपर्ने छ । नेपालमा किनिएका मोबाइलको भने आइएमइआई दर्ता गर्नुपर्ने छैन । गैरकानुनी रुपमा भित्रिएका मोबाइल फोनले विभिन्न समस्या भएपछि प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । अब अबैध तरिकाले भित्रिएका मोबाइल फोन दर्ता हुनेछैनन् र नेपालमा काम पनि गर्ने छैनन् ।

प्राधिकरणका अनुसार आजदेखि सबैखाले मोबाइलको युनिक आइडेन्टिटी रजिष्ट्रिको काम सुरु भएको छ । योसँगै अवैध आइएमइआई नम्बर भएका मोवाइलको ट्रयाकिङ पनि सुरु भएको छ । कत्तिकदेखि प्राधिकरणले मोबाइल ट्रयाकिङ सिस्टमलाई फूल अपरेसनमा लैजाने बताएको छ । कात्तिकदेखि आइएमइआई नम्बर फर्जी भएका मोबाइललाई ब्लक गरिनेछ ।




पुराना मोबाइल के हुन्छन् त ?
२०७२ चैत ३० गतेसम्म चलाइएका मोबाइलहरुको सेवा रोकिने छैन। ती मोबाइलहरु विदेशबाट ल्याइएका हुन् कि नेपालमै किनिएका हुन् कि जेसुकै होस्, सेवा रोकिने छैन।

त्यस्तै अब जस्तोसुकै मोबाइल पनि चलाउन पाइने छैन। प्राधिकरणले टाइप अप्रुभ गरेका मोबाइलहरु मात्रै व्यापारीले आयात गर्न पाउने छन्।

ग्राहकका रुपमा तपाईँले के के गर्नुपर्ने भन्ने बारे अन्तरिम निर्देशिकाको यो भागमा विस्तृत छ-


विदेशबाट ल्याएकालाई के गर्ने ?
अब विदेशबाट आएको मोबाइलको आइएमइआई नम्बर अनिवार्य रुपमा दर्ता गराउनुपर्नेछ । यस्ता विदेशबाट आएका मोबाइलमा अब सेवा प्रदायक मोबाइल कम्पनीले दर्ताका लागि एसएमएस पठाउनेछन् ।

त्यसपछि आफ्नो मोबाइलको आइएमइआई नेपाल दूरसञ्चार प्राधिकरणमा गएर दर्ता गराउनुपर्नेछ । मोबाइलको यस्तो नम्बर दर्ता नभए विदेशबाट आएका मोवाइल ब्लक हुनेछन् । नेपालमा किनिएका मोबाइलको भने आइएमइआई दर्ता गर्नुपर्दैन । अब आफ्ना मोबाइल हराएमा त्यसलाई नचल्ने बनाउन पनि सकिनेछ ।

मोवाइल हराएपछि त्यसका विवरण राखेर दूरसञ्चार प्राधिकरणमा निवेदन दिनुपर्ने हुन्छ । यसो गरेपछि हराएको मोबाइल चल्ने छैन । आइएइआई नम्बरका आधारमा ति मोबाइल ब्लक हुनेछन् ।

अब मोबाइल हरायो वा चोरी भयो भने पनि सजिलै हुने भयो। तपाईँले फाराम भरेर त्यस्तो मोबाइल ह्यान्डसेटलाई ब्लक गर्न सक्नुहुनेछ। अथवा ट्रयाक पनि गर्न सक्नुहुनेछ। यो अनुसार
अब हराएको मोबाइल कसैले भेट्टायो भने पनि त्यसमा सिम राखेर चलाउन मिल्ने छैन।

विदेशबाट नेपाल आएका पाहुना वा पर्यटकहरुले आफूले ल्याएको मोबाइलमा यहाँको सिम हालेर चलाउन चाहेमा पनि १५ दिनभित्र  IMEI  कोडसहित फाराम बुझाउनु पर्नेछ।
साभार: मेरो संसार र अनलाइन खबर 

फोन अनलक नगरी यूट्युब कसरी चलाउने?

फोनलाई अनलक नगरी यूट्युब प्रयोग गर्न पनि सकिन्छ। यसका निम्ति फोनमा मोजिला फायरफक्स (Mozilla Firefox) डाउनलोड गर्नु पर्ने हुन्छ। डाउनलोड गरिसकेपछि मोजिला फायरफक्सको ब्राउजरमा गएर यूट्युब खोल्ने र ब्राउजरको सेटिङमा गएर ‘रिक्वेस्ट डस्कटप साइज’ (Request Desktop Size) मा क्लिक गर्ने। उक्त प्रक्रिया पुरा गरेपछि फोन लक गरेपनि यूट्युब चल्ने छ।

टर्च म्युजिक एप (Torch Music App) का मद्दतले पनि फोनको ब्याकग्राउण्डमा यूट्युब भिडियो हेर्न सकिन्छ। यसका लगि यस एपमा गएर कुनै भिडियो सर्च गरेर प्ले गर्ने। यसपछि फोन लक गरे पनि भिडियो हेर्न सकिने छ। टर्च म्युजिक एपलाई प्ले स्टोरबाट फ्रि डाउनलोड गर्न सकिनेछ।

यसका साथै इन्टरनेट ब्राउजरको एड्रेसबारमा youtube.com/tv टाइप गर्ने। उक्त लिंक राखेपछि यूट्युब टिभी जस्तै खुल्ने छ। यसलाई बिना माउस पनि प्रयोग गर्न सकिन्छ।

हराएको वा चोरी भएको फोन कसरि प्राप्त/कन्ट्रोल गर्ने

सूचना प्रविधीको विकासले मोवाईल गास बास कपास जत्तिकै महत्वपूर्ण बनेको छ। यस्तो आवश्यकताको कुरा मोवाईल हरायो भने कस्लाई चिन्ता नहोला? अझ महङ्गो मोवाईल हरायो भने त दुखद घटना नै बन्न पुग्छ। मोबाईल हराएमा मोबाईलमा रहेका सम्पूर्ण फोन नम्बर र अरु डाटाहरु गुमाइन्छ जसले हामीलाई सानो देखी लिएर ठुलै नोक्सान सम्म पुर्याउन सक्छ। मोबाईल हराउने र चोरी हुने क्रम एकदमै बडीरहेको हुनाले मोबाईल हराउने र चोरी हुने बड्दो चिन्ताको बिषय भएको छ । तर अब तपाइले चिन्ता लिनु पर्दैन किनभने फोन  हराएको वा चोरी भएपछि पनि तपाईंको फोनमा पूर्ण नियन्त्रणमा गर्न सक्नुहुन्छ। यसर्थ चोरी गरिएको फोन चोरका लागि सिर्फ एक खेलौना रूपमा अन्त हुनेछ।

१. Android Device Manager
आफ्नो फोन हराएको छ भने, पहिला यो सुविधाको सहयोग लिनुहोस् । यो सुविधा एन्ड्रोइड स्मार्टफोनमा  'Device Manager' हुन्छ । यसको उपयोगिता यो छ कि तपाइको फोन चोरी भएको अवस्थामा फोन  जहाँ  छ त्यहाँको लोकेशन देखाउंछ । त्यसकोलागि आफ्नो फोनको Android Device Manager सधैं अन राख्नुपर्छ । हुन त तपाइले आफ्नो फोनमा  मेल आईडी राख्न साथ यो आफैं स्वत अन हुन्छ त्यहि पनि  तपाईं एन्ड्रोइड स्मार्टफोनको सेटिङमा गएर अन गर्न सक्नुहुन्छ । त्यसका लागि :

1. पहिला  setting मा जानुहोस् ।

2 अब, Security मा क्लिक गर्नुहोस्।

3. त्यसपछि Device Administrators मा जानुहोस्।

4 अब Android Device Manager मा टिक लगाई अन गर्नुहोस् ।

अर्को अथवा अरु कसैको Smart Phone बाट तपाइको चोरी भएको फोनको Location Track गर्न सक्नुहुन्छ  त्यसका लागि Android Device Manager App डाउनलोड गरि वा Google Search मा गएर Track My Phone अथवा  Android Device Manager लेखेर चोरी भएको फोनको Location Track गर्नसक्नुहुन्छ । याद राख्नुहोस् Location Track गर्दा तपाईंको चोरी भएको फोनमा रहेको  G-mail आईडी ले नै लगिन गरनुपर्ने हुन्छ ।

क. चोरि भएको फोनलाई कन्ट्रोल गर्नुहोस:
Android Device Manager द्वारा चोरिभाएको फोन मार्फत चोरलाई चेतावनी वा संदेश पठाउन सक्नुहुन्छ साथै तपाइले आफ्नो वैकल्पिक नम्बर पनि दिनसक्नु हुन्छ जसमा त्यो मानिसले फोन गरेर फिर्ता दिन सकोस ।  अथवा नयाँ Password राखी चोरी भएको फोनको स्क्रिन लक गरि कन्ट्रोल पनि सक्नुहुन्छ ।

ख. चोरि भएको फोनको Data वा Apps Erase गर्नुहोस् :
यदि तपाईलाई लाग्छ कि त्यो चोरी भएको फोन फिर्ता प्राप्त हुँदैन भने त्यसमा रहेको आफ्नो Data तथा Apps लाई  Erase गरि मेटाउन सक्नुहुन्छ जसलेगर्दा तपाइको Data वा Apps बाट कुनै दुरुपयोग हुन पाउँदैन ।

२. आइएमइआइ (IMEI) नम्बर
आफ्नो मोबाइलको आइएमइआइ नम्बर सुरक्षित राख्नु पर्दछ अथवा त्यसलाई कपिमा टिपेर सुरक्षित राख्न सक्नुहुनेछ । यसले तपाईंको मोबाइल हराएमा भेट्टाउन सहयोग गर्छ । आफ्नो फोनको IMEI नम्बर पत्ता लगाउनका लागि *#06# डायल गर्नुपर्ने हुन्छ अथवा मोबाइलको ब्याट्री निकालेर पनि हेर्न सकिन्छ । हराएको फोन खोज्नका लागि तपाईंले मोबाइलको आइएमइआइ नम्बरसहित प्रहरीलाई उजुरी गर्न सक्नुहुन्छ । यदि त्यस मोबाईलमा आइएमइआइ नम्बर छैन भने तपाईंको सीम यदि युज भएको रहेछ भने पनि मोबाइल भेट्टाउने सम्भावना हुन्छ । त्यसका लागि तपाईंले प्रहरीमा उजुरी दिनुपर्ने हुन्छ ।

३. JEENYA Mobile Security एप्लिकेशन
जेन्या प्रलिले बजारमा ‘जेन्या मोवाईल सेक्युरेटी’ एप्लिकेशन ल्याएको छ । अब तपाईको हराएको मोवाइलको विवरण तपाईले चाहेमा सहजै उपलब्ध हुन सक्ने छ। नेपालका केही सूचना प्रविधि क्षेत्रमा लागेका युवाहरुको समुहले एउटा गजबको मोबाइल एप्लीकेशन निमार्ण गरेका छन् जसले तपाईको हराएको मोवाइलको स्थान र प्रयोग गरेको व्यक्ती एक छिनमै पत्ता लगाउन सकिन्छ। यो एप्लिकेशन एण्ड्रोइड मोबाइलहरुमा उपलव्ध छ। सूचना प्रविधीको क्षेत्रमा काम गदै आएको जेन्या प्रालिले अहिले मोबाईल सुरक्षाको क्षेत्रमा पनि हात हालेको छ। निर्माण गरिएको एप्लिकेशनले तपाईको हराएको मोवाईलमा एउटा यूनिक कोडको मार्फत प्रयोग भएको स्थान र प्रयोग कर्ताको जानकारी सजिलै पत्ता लगाउन सकिन्छ । यो एप्लिकेसन हराएको खण्ढमा सकृय हुने भएकाले मोबाईलमा राखेपछि नदेखिने अथवा काम नगरिरहेको भान हुन सक्छ ।

‘जेन्या मोबाईल सेक्युरेटी’ डाउनलोड गरेपछि त्यो मोबाईल सम्बन्धि सम्पूर्ण जानकारी पाउन मोबाईल भेरिफाइ गर्नु पर्नेछ । भेरीफिकेसन प्रणाली मोबाईल ब्यक्तीको नाममा दर्ता हुन्छ । दर्ता भएको ब्यक्तिले आफ्नो मोबाईल कहाँ छ भनेर जानकारी पाउन सक्छन । भेरीफिकेसन प्रणाली कहाँ र कसरी गर्ने भनेर जेन्या कम्पनीबाट यो एप्लिकेसन डाउनलोड गरिसक्नु भएको मोबाईलहरुमा सम्पर्क गरेर जानकारी दिईनेछ ।
यो एप्लिकेशन एण्ड्रोइड प्रयोग कर्ताले ‘Play Store’ मा ‘JEENYA Mobile Security’ खोज्दा भेटिने छ । यो एप्लिकेशनको सम्पूर्ण जानकारी ‘http://mobilesecurity.jeenya.com‘ मा पाउन सकिन्छ।

४. Where's My Droid एप्लीकेशन
यो एप्लीकेशन Google Play Store बाट नि:शुल्क डाउनलोड गर्न सकिन्छ ।  डाउनलोड गरिसकेपछि Commander मा जानुहोस् र Create Account मा गएर  Username, password, Email (यो Email राख्दा Gmail Account राख्दा राम्रो हुन्छ ) राखिसकेपछि एउटा Security Question माग्छ र त्यो सकेपछि Submit मा click गर्नुहोस । त्यसपछि एउटा नयाँ पेज खुल्छ त्यसमा तपाइको आफ्नो Device को नाम लेखेर Add Device मा click गरि Done मा click गर्नुहोस । अब प्रयोग को लागि तयार भयो तपाइको Email Account मा एउटा भेरिफिकेशनको लिंक Message आउँछ त्यसमा click गरेर भेरिफाई गर्नुहोस् ।

1. साथीको फोनबाट हराएको फोन खोज्ने तरिका :
 क. Message पठाएर
साथीको फोनको Message  Box मा गएर  wmd gps लेखेर तपाइको हराएको फोन नम्बरमा Message पठाउनुहोस ।  अब एकै छिनमा तपाइलाई Message को Reply आउँछ त्यसमा त्यो फोन कहाँ छ भनेर Address दिन्छ, साथै google map को लिंक पनि पठाउँछ जसमा click गरेर map मा फोन भएको ठाउं हेर्न सक्नुहुन्छ ।

ख. घन्टी बजाएर 
साथीको फोनको Message  box मा गएर  wmd ring लेखेर तपाइको हराएको फोन नम्बरमा Message पठाउनुहोस  । अब तपाइको हराएको फोनमा घन्टी बज्न थाल्छ , अब तपाइले आफ्नो फोन भेटाउनु भयो भने Found Phone मा click गरेपछि फोनको घन्टी बज्न छोड्छ ।

2. ल्यापटपबाट हराएको फोन खोज्ने तरिका :
ल्यापटपमा गएर www.wheresmydroid.com Type गर्नुहोस् ।  अब खुलेको वेब साइटमा Commander मा Click गरि खुलेको नयाँ पेजमा Username/Email र Password राखी Login मा Click गर्नुहोस । तपाइको Device को नाम सहितको पेज खुल्छ त्यसमा Find, Rename र  Delete को Option पनि हुन्छ  त्यसमध्ये Find मा click गर्नुहोस् । Find मा Click गरेपछि Location, Ring, Camera, Lock र Wipe को Option देखिनेछ । Location मा Click गरेर हराएको मोबाइल रहेको ठाउं  Quick Location वा Accurate Location बाट पत्ता लगाउन सकिन्छ। त्यस्तै Ring मा Click गरि Make Device Ring मा Click गरि हराएको फोनमा घन्टी बजाउन पनि सक्नुहुन्छ ।
Camera, Lock र Wipe Option भने Pro Version मा मात्र उपलब्ध छ ।



युट्युब लिंक : https://www.youtube.com/watch?v=0OiM_9M5QZ8

त्यस्तै:  Contact Owner, Plan B, Find My Lost Phone इत्यादी जस्ता थुप्रै एप्लीकेशन छन् भने Avg, Lookout अथवा Avast जस्ता Antivirus App को Remote Tracking Facility द्वारा पनि तपाइले आफ्नो हराएको वा चोरी भएको  फोनलाइ लक वा Data डिलिट गरि कन्ट्रोल गर्नसक्नुहुन्छ ।


Apple Phone (iPhone) को लागि 
एप्पलले आइओएस डिभाइसका लागि आफ्नै एन्टी थेफ्ट ऐप फाइन्ड माई आईफोन (Find My iPhone) सुविधा दिएको छ । यसको सेटअफ निकै सजिलो छ र सिंगल एप्पल एकाउन्टबाट सबै डिभाइसलाई व्यवस्थापन गर्न सकिन्छ । आईक्लाउड एकाउन्डमा लग इन गरेपछि कुनै पनि ब्राउजरबाट डिभाइसलाई लोकेट गर्न सकिन्छ । यसपछि फोनमा म्यासेज पठाउन, लक गर्न साथै डाटा डिलिट गर्न पनि सकिन्छ । आइओएस प्रयोगकर्ताले आफ्नो फोन पुन पाउनका लागि सिक्युरिटी वा आईलस्टफाइन्डर पनि प्रयोग गर्न सक्छन् ।

Black Berry फोनको लागि 
ब्लाकबेरीले पनि एन्टिथेफ्ट सल्युसनका लागि ब्लाकबेरी प्रोटेक्ट सुविधा उपलब्ध गराएको छ । यसलाई ब्लाकबेरी एकाउन्टबाट ब्लाकबेरी डिभाइसमा सेट गर्न सकिन्छ । यो एक्टिभ भएपछि सम्पर्क नम्बरहरु, क्यालेन्डर एन्ट्री तथा बुकमार्कहरुको अटो ब्याकअप बनाइदिन्छ । प्रोटेक्ट बेभसाइटमा लगइन गरेपछि डिभाइसको लोकेसन ट्रयाक गर्न सकिन्छ भने म्यासेज पठाउन, लक गर्न र डाटा डिलिट गर्न पनि सकिन्छ ।

Windows फोनको लागि 
विन्डोज फोनको एन्टी थेफ्ट फिचर फाइन्ड माई फोन हो । प्रयोगकर्ताले विन्डोज स्मार्टफोनमा प्रयोग गर्ने आइडीबाट नै यस वेबसाईट लिंकमा साइन इन गर्न सक्छन् । त्यसपछि ब्राउजरमा रहेको म्यापमा फोनको लोकेसन देख्न सकिन्छ । यस ब्राजउरबाट फोनमा ठूलो आवजमा रिङ बजाउन र आवश्यक डाटा डिलिट गर्न पनि सकिन्छ ।

SMS द्वारा फोन खोज्नको लागि  
यदि तपाई नेपालमा हुनुहुन्छ भने नेपालको फोन प्रयोग कर्ता ले SMS बाट यो सेवा प्रयोग गर्न सक्नुहुन्छ ।त्यसका लागि यो उपाय अपनाउनु होला ।

यो सेवा Register गर्न को लागि (FOR REGISTRATION)
सुरुमा मोबाइल को Message Box मा जाने त्यसपछि
reg एउटा space mobile imei no. एउटा space अनि वैकल्पिक मोबाइल नम्बर  Type गर्ने र  ७२७२ मा SMS पठाउने ।

उदाहरणका लागि: Reg 356415025025891 98******** अनि 7272 मा SMS पठाउनुहोस् ।

यति गरे पछी तपाई को मोबाइल मा एउटा मेसेज आउछ, जसमा तपाइको Password रहेको हुन्छ ।
 यो password  लाइ सुरक्षित रुपमा राख्नुहोस तपाइको फोन  हराएमा काम लाग्छ ।

यदि हराएमा (IF LOST)
जुन वैकल्पिक मोबाइल नम्बर दिनुभएको छ त्यस  मोबाइलको Message Box मा जाने त्यसपछि
lost एउटा space mobile imei no.एउटा space अनि  password. Type गर्ने  र ७२७२ मा SMS पठाउने ।

उदाहरणका लागि: lost 356415025025891 1234 अनि 7272 मा SMS पठाउनुहोस् ।

अब यति गरिसके पछि तपाइको वैकल्पिक मोबाइल नम्बरमा तपाइको हराएको फोनको सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ । त्यो प्राप्त जानकारी को आधारमा पुलिस रिपोर्ट गरि फोनको खोजि गर्न सक्नुहुन्छ ।

फाइल तथा डाटा सेयरका लागि केहि उपयाेगी एप्स

म्यासेज पठाउन, फोटो खिच्न, जरुरी फाइलहरु राख्न र सेयर गर्न हामी आफ्नो मोबाइल फोनमा भर परेका छौँ। पहिले पहिले फोनबाट डाटा तथा फाइलहरु पठाउनका लागि हामीलाई फोनमा प्रयोग हुने डाटा केबलको आवश्यकता पथ्र्यो। तर अब त्यो समय गइसेकेको छ। फाइल तथा डाटा सेयरका लागि अब डाटा केबल बोकेर हिँड्न पर्ने आवश्कता छैन।
 
अहिले हाम्रो फोनमा विभिन्न किसिमका एप्सहरु राख्न सकिन्छ जसको सहायताले हामी सजिलै डाटा र फाइलहरु सेयर गर्नसक्छौँ। डाटा सेयरका लागि छिटो र सरल हुने केही प्रमुख एप्सहरु निम्न प्रकारका रहेका छन्ः

१ एयरड्रोइडः
यो एपको सहायताले फाइलहरु सजिलैसँग सेयर र इन्सटल गर्न मिल्छ। फाइलहरु फोनमा पठाउन उक्त फाइललाई तानेर कुनै एक फोल्डरमा राख्नुपर्दछ। एयरड्रोइडले लोकल वाईफाई वा डाटा कनेक्सनसँग कनेक्ट गर्छ। यसको साहयताले एपीके फाइलहरु पनि इन्सटल गर्न सकिन्छ। एयरड्रोइडले कन्ट्याक्टस् ब्राउसर, म्यासेजीङ ड्यासबोर्ड र डिभाइस लोकेटर जस्ता विशेषता पनि प्रदान गरेको छ।

२ जेन्डरः
यो एप एयरड्रोइडसँग मिल्दो जुल्दो छ। इन्टरनेट कनेक्सन नभएपनि वाईफाई हट स्पटका सहयोगले फाइलहरु सार्न सकिन्छ। जेन्डर आफ्नो कम्प्युटरमा पनि इन्सटल गर्न सकिन्छ र सजिलै फोटो, भिडियो, गीत, फाइलहरु आदी हेर्न सकिन्छ । जेन्डरबाट पनि एयरड्रोइड जस्तै फाइललाई तानेर सार्न मिल्छ । निःशुल्क रुपमा जेन्डरलाई आइओएस र एन्ड्रोइड स्टोरबाट डाउनलोड गर्न मिल्छ ।

३ सुपरबिमः
एन्ड्रोइड र आइओएसमा काम गर्ने सुपरबिम एपबाट फाइलहरु सेयर गर्न इन्टरनेट चाहिँदैन। यो एपले वाईफाई डाइरेक्ट प्रविधिको माध्यमबाट फाइलहरु सार्छ। यो एपको विशेषता भनेको सर्पोट नगर्ने फाइल (जस्तै–एमपी थ्री)लाई क्लाउड स्टोरेजमा सेभ गर्नसकिन्छ र पछि अन्य एप्स जस्तै–जीमेलका सहायताले सेयर गर्नसकिन्छ ।

४ पूसबुलेटः
एन्ड्रोइड र आइओएस डिभाइसहरुमा फोटो, भिडियो, फाइल आदी सेयर गर्न यो एप निकै लाभदायक रहेको छ। पूसबुलेट ब्राउजर एक्सटेनसनले एकै पटकमा लिङ्क तथा फाइलहरु अन्य डिभाइसमा सार्न मद्धत गर्छ। इन्टरनेटमा चलाइरहेको पेज तुरुन्त खोल्न र सेयर गर्न पनि यसले सहयोग गर्छ।

५ पोर्टलः
यो एपबाट पनि पूसबुलेट जस्तै सजिलैसँग फाइलहरु सार्न सकिन्छ। पोर्टलले सेयर गरिएका फाइलहरु छुट्टाछुट्टै फोल्डरमा सेभ गर्छ। यदि फोनमा एन्ड्रोइड ५.० ललीपप भन्दा माथिको ओपरेटिङ सिस्टम छ भने फाइलहरु सिधै मेमोरी कार्डमा सेभ हुन्छन्।

६ बीट टोरेन्ट सिङ्कः
यो एपका सहायताले फाइलहरुलाई सुरक्षित तरिकाले सेयर गर्न सकिन्छ। बीट टोरेन्ट सिङ्कले डिभाइसहरु चिन्नका लागि पब्लिक की आर्किटेक्चरको प्रयोग गर्छ र फाइल सार्नका लागि १२८–बीट इन्सक्रिप्सनका साथ बीट टोरेन्ट प्रोटोकलको मद्धत लिन्छ। यसका साथै यो एपल परिवर्तन भएका फाइलहरुलाई पनि अपडेट गर्छ।

७ वीट्रान्सफरः
एकै साथ थुप्रै फोटो, भिडियो आपलोड गर्नको लागि यो एपले मद्धत गर्छ । यो फ्री एपबाट एक पटकमा १० जीबी सम्मको डाटा अपलोड गर्न सकिने छ।सेयर गर्न खोजेका फोटो र भिडियोलाई छानेपछि ई–मेल ठेगाना राख्नुपर्छ र वीट्रान्सफरले फाइलहरु अपलोड गर्न सुरु गर्छ।

८ इनफिनीटः
यो एपबाट डेस्कटपबाट क्लाउडका सहायताले फाइलहरु सार्न मिल्छ। यो एप आइओएस र एन्ड्रोइड अपरेटिङ सिस्टममा पनि उपलब्ध छ। तर फाइल सेयर गर्नुभन्दा पहिले नयाँ एकाउन्ट बनाउनु पर्ने हुन्छ र एकाउन्ट बनाइ सकेपछि कुनैपनि ई–मेल ठेगानामा सजिलैसँग फाइल सेयर गर्न मिल्छ ।

९ बीट टोरेन्ट सुटः
यो एपबाट एकैसाथ धेरै फोटोहरु सार्न मिल्छ। सेयर गर्न फोटोहरु छानी सकेपछि यो एपले क्युआर कोड उत्पन्न गर्छ। प्रथम तीन सेयरहरु निःशुल्क हुनेछन्। अनलिमिटेड सेयरका लागि भने २ डलर तिर्नुपर्ने हुन्छ।

मोबाइल र कम्प्युटरबारे केहि अनावश्यक भ्रम

तपाई मोवाइलमा ब्याट्री कसरी चार्ज गर्नुहुन्छ ? कति मेगापिक्सेलको क्यामेराले भनेजस्तो फोटो खिच्छ ? के एप्पल कम्प्युटरमा भाइरस लाग्दैन ? बजारमा हरेक दिन नयाँ नयाँ प्रविधि आइरहेको हुन्छ । तीब्र रुपमा विकास भइरहेका नयाँ प्रविधिका बारेमा सधै अपडेट भइरहन असम्भव पनि छ । यस्ता प्रविधिबारे समयमै अपडेट नभएपछि मान्छेहरुमा धेरैले थुप्रै भ्रम छरिरहेका हुन्छन् । त्यही भ्रमको शिकार धेरै मान्छेहरु हुन्छन् । यदि तपाईमा पनि यी कुराको भ्रम छ भने आजै देखि त्यसलाइ त्यागिदिनुस । केही भ्रमहरु यस्ता छन्ः

१. एप्पल कम्प्युटरमा भाइरस लाग्दैन
ल्यापटप वा कम्प्युटर प्रयोगकर्ताका वीचमा एउटा ठूलो भ्रम छ कि एप्पलका डिभाइसमा भाइरस लाग्दैन् । यो भ्रमलाई मलजल गर्नेगरी एप्पलले आफ्नो वेबसाइटमा म्याकबुक भाइरस फ्रि रहेको दावी गरेको थियो । तर, उसको दावी कति हावादारी थियो भने कुरा सन् २०१२ मै पुष्टी भयो जब हजारौं एप्पल कम्प्युटर एकैसाथ भाइरस आक्रामणको निशानामा परे । विन्डोज कम्प्युटरको तुलनामा एप्पल आईओएस डिभाइस तुलनात्मक रुपमा सुरक्षित भए पनि भाइरस नै नलाग्ने भने हैन् । त्यसैले आजैदेखि यो भ्रमबाट मुक्त हुनुहोस् ।

२. प्राइभेट ब्राउजिङमा पहिचान लुक्छ
आजकल वेब ब्राउजरहरुले सुरक्षित ब्राउजिङ सुबिधा ल्याएका छन् । सफारीमा यसलाई प्राइभेट ब्राउजिङ भनिन्छ भने क्रोममा इनकङनितो । ब्राउजरलाई यस्तो सुरक्षित मोडमा परिवर्तन गरियो भने ब्राउज गर्नेको सारा पहिचान लुक्छ र जे जे ब्राउज गरेपनि थाहा हुँदैन भन्ने भ्रम धेरैमा छ ।
यस्तो ब्राउजिङ मोडले के मात्र गर्छ भने तपाईले कुन(कुन साइट खोल्नुभयो भन्ने कुराको रेकर्ड तपाईको डिभाइसमा स्टोर गर्दैन् । प्राइभेट ब्राउजिङ गर्नुको अर्थ तपाईले कुन देशबाट कम्प्युटर चलाउनुभएको छ, कुन नेटवर्क प्रयोग गर्नुभएको र तपाईले प्रयोग गर्ने डिभाइसको आइपी ठेगाना कुन हो सवै कुरा लुकाइदिन्छ भन्ने होइन् ।

३. पूर्ण चार्ज भएपछि पनि जोडिराख्दा ब्याट्री खतम हुन्छ
अन्य धेरै फोन प्रयोगकर्ताले जस्तै तपाईंले पनि आफ्नो फोन रातभरी चार्जमा जोडिराख्नुहुन्छ होला । तर, ब्याट्री एकपटक पूर्ण चार्ज भइसकेपछि हत्तपत्त निकालिएन भने ब्याट्री ड्यामेज हुन्छ भन्ने धारणा ब्याप्त छ । त्यसैले धेरै मानिस साँझमा मोबाइल पूर्ण चार्ज भएपछि अनप्लग गरेर मात्र सुत्ने गर्छन् ।
तर, यो मान्यता पूर्णतया भ्रम हो । किनभने पछिल्ला सवैजसो मोबाइलमा अत्याधुनिक ब्याट्री प्रबिधि प्रयोग गरिएको हुन्छ जसले गर्दा ब्याट्री एकपटक सत प्रतिशत चार्ज भएपछि आफै चार्ज हुन बन्द हुन्छ । तपाईले बिजुलीमा फोन जोड्नु भएको छ कि छैन भन्ने कुराले खासै अर्थ राख्दैन् ।

४. धेरै मेगापिक्सेलको क्यामेराले राम्रो तस्वीर खिच्छ
आजकल निकै सस्ता स्मार्टफोन पनि १२१५ मेगापिक्सेलका क्यामेरासहित आएका छन् । अक्सर धेरै प्रयोगकर्तालाई लाग्छ कि, धेरै मेगापिक्सेलको क्यामेरा हुनु भनेको राम्रो फोटो खिच्नु हो, उच्च गुणस्तरको फोटो खिच्नु हो ।
वास्तवमा स्तरीय फोटो खिच्नुसँग मेगापिक्सेलको निकै कम साइनो छ । कहिलेकाहीँ १३ मेगापिक्सेलको क्यामेराले भन्दा ८ मेगापिक्सेलको क्यामेराले उच्च गुणस्तरको तस्वी खिच्न सक्छ । कुनै पनि तस्वीरको गुणस्तर त्यो क्यामेराले कति धेरै प्रकाश सेन्सर गर्न सक्छ भन्ने कुराले निर्धारण गर्छ न कि मेगापिक्सेलको नम्बरले । त्यसैले मेगापिक्सेलको नम्बर बढ्दैमा राम्रो क्यामेरा हो भ्रम त्याग्नुहोस् ।

५. ब्याट्री पुरै नसकिएसम्म चार्ज गर्नु हुँदैन
यो पनि भ्रम छ कि मोबाइल वा ल्यापटपको ब्याट्री पुरै नसकिएसम्म चार्जमा जोड्नु हुँदैन, यसले ब्याट्रीको आयु घटाइदिन्छ । तर, वास्तविकता चाहिँ ठिक उल्टो छ । यदि तपाईले ब्याट्री पुरै सकिएपछि, आफ्नो डिभाइस अफ भएपछि ब्याट्री चार्जमा राख्नुभयो भने चार्ज हुन निकै बेर लाग्छ । ब्याट्रीको लाइफ सकिने कुरा ब्याट्री साइकल कति सकियो भन्ने कुराले निर्धारण गर्छ । चार्ज आधा बाँकी हुँदै फेरी जोड्दा तपाईको ब्याट्रीको आयु घट्दैन् ।

६. हाइ रिजुलेसनको स्क्रिन भएको स्मार्टफोन राम्रो हो
आजकल हरेक नयाँ स्मार्टफोनले धेरै रिजुलेसनको स्त्रिmनयुक्त फोन ल्याउने होडबाजी गरिरहेका छन् । पछिल्लो समय एलजीले २५६०हृ १४४० पिक्सेलको स्त्रिmन भएको जी ३ मोबाइल ल्यायो । के यो फोन प्रतिस्पर्धी १९२० पिक्सेलवाला स्मार्टफोनभन्दा राम्रो छ त रु भिडियो वा तस्वीर हेर्दा प्रयोगकर्ताको आँखाले यी दुईमा प्रष्ट भेद थाहा पाउन सक्छ ?
प्रबिधि साइट गिजमोडोले बिज्ञको भनाई उदृत गर्दै उल्लेख गरेअनुसार मानिसको आँखाले प्रतिइन्च ३०० पिक्सेलभन्दा माथिको पिक्सेल पढ्न सक्दैन र भेद छुट्टयाउन सक्दैन् । त्यसैले एप्पलजस्ता कम्पनीले पिक्सेल बढाउने प्रतिस्पर्धामा भन्दा ब्राइटनेस बढाउनेतिर बढि ध्यान दिएका छन् ।

७. आइप्याड चार्जरले आइफोन चार्ज गर्नु हुँदैन
अर्को भ्रम के पनि छ भने आइप्याडको एडप्टरले आइफोन चार्ज गर्नु हुँदैन, यसले आइफोनको ब्याट्री लाइफ खतम गर्छ । तर, एप्पलको वेबसाइटका अनुसार १२ वाटको आइप्याड एडप्टरले आइफोन र आइप्याड दुवै चार्ज गर्न सकिन्छ । त्यसले केही पनि फरक पार्दैन् । केही बिज्ञहरुले एक बर्षभन्दा लामो समयसम्म आइप्याडको एडप्टरले आइफोन चार्ज गर्दा समस्या आउने बताए पनि एप्पलले त्यसलाई स्वीकार गरेको छैन् ।

८. हरेक दिन कम्प्युटर बन्द गर्नु हुँदैन
 सायद तपाईंले आफ्नो कार्यालय वा घरको कम्प्युटर प्रयोग गरेपछि हरेक दिन सट डाउन गरेर जानुहुन्छ होला । आम बिश्वास के छ भने यसरी हरेक दिन कम्प्युटर बन्द गर्दा कम्प्युटर बिग्रन्छ, ल्यापटपको ब्याट्री बिग्रन्छ । त्यसैले धेरै जना प्रयोगकर्ता आफ्नो ल्यापटप स्लीप मोडमा राख्ने गर्छन् । लाइफ ह्याकर वेबसाइटका अनुसार कम्प्युटर हेरक दिन बन्द गर्दा प्रोसेसर र अन्य इन्जिनमाथिको दबाब कम हुन्छ र डिभाइसको आयु लम्बिन सक्छ । त्यसैले हरेक दिन कम्प्युटर अफ गर्नु बुद्धिमानी हुन्छ ।

स्मार्टफोन ह्याङ्ग हुन नदिन यसो गर्नुहोस् ।

जमाना स्मार्टफोनको जमाना हो। तर यदि स्मार्टफोन मिनेट–मिनेटमा ह्याङ्ग हुन थाल्यो भने सम्पूर्ण स्मार्टपनाको केही अर्थ रहन्न। यस्तो समस्या विशेषगरी फोनको मेमोरी भरिँदा हुने गर्छ। फोन नयाँ होस या पुरानो, ह्याङ्ग हुने समस्याले सबैलाई हैरान पारेको छ। त्यसैले निम्न उल्लेखित तरिकाहरुको प्रयोग गरेर फोन ह्याङ्ग हुने समस्या कम गर्न सकिन्छ।

सीपीयू (क्यास) डाटा डिलीट गरी ममोरी स्पेश बढाउनेः
प्रयोगकर्ताले फोनको प्रयोग गर्दा क्यास अर्थात् सीपीयू मेमोरीमा नचाहिने डाटा पनि सिर्जित भइरहेको हुन्छ। त्यसकारण फोनको सीपीयू डाटा कम गर्नाले फोनमा धेरै खाली ठाउँ रहन्छ र फोन ह्याङ्ग हुने समस्या कम हुन्छ। सेटिङ्गमा गएर स्टोरेजबाट क्यास डाटा डिलीट गर्न सकिन्छ।

एप्सलाई मेमोरी कार्डमा सार्ने र इन्स्टल गर्नेः
फोनमा धेरै एप्स हुँदा फोन सुस्त हुने हुँदा केही एप्सलाई मेमोरी कार्डमा सार्न सकिन्छ। फोनको इन्टरनल मेमोरी कम छ भने एप्स सिधै मेमोरी कार्डमा इन्स्टल गर्न पनि सकिन्छ।
सेटिङ्गको एप्लीकेसन म्यानेजरमा गएर एप्स सार्न सकिन्छ।

स्टारेजका लागि मेमोरी कार्डको प्रयोग गर्नेः
सुरुदेखि नै फोटो र भिडियोहरु मेमोरी कार्डमा राख्नुपर्छ। तर यदि फोनको इन्टरनल मेमोरी धेरै छ र यसमै फोटो, अडियो र भिडियो फाइल सेभ भएको भए तिनीहरुलाई पनि मेमोरी कार्डमै सार्दा फोनको मेमोरी खाली हुन्छ र ह्याङ्ग कम हुन्छ। खिचिएका फोटाहरु पनि सिधै मेमोरी कार्डमा सेभ हुनेगरी राख्दा राम्रो हुन्छ।

मेमोरी बचाउन क्लाउड स्टोरेजको प्रयोग गर्नेः
क्लाउड स्टोरेजको सुविधा जुनसुकै स्मार्टफोनमा रहेको हुन्छ। जुन फाइल तथा फोल्डरको कम उपयोग हुन्छ तिनीहरुलाई क्लाउडमा राख्न सकिन्छ। क्लाउड स्टारेज एप्समा गुगल ड्राइभ, वान ड्राइभ, जी ड्राइभ, ड्रपबक्स आदि रहेका छन्।

इन्टरनल मेमोरी बढाउन फ्याक्ट्री डाटा रिसेटको प्रयोग गर्नेः
स्मार्टफोनमा फ्याक्ट्री डाटा रिसेटको विकल्प रहेको हुन्छ। फोनको इन्टरनल मेमोरी शुरुको अवस्थामा फर्काउने यो अन्तिम उपाय हो। तर फ्याक्ट्री डाटा रिसेट गर्दा फोनका सबै डाटा हट्ने भएकाले रिसेटमा जानुअघि आफ्ना महत्वपूर्ण डाटाहरुको ब्याकअप राख्न जरुरी हुन्छ। आवश्यकभन्दा अरु डाटा हटेपछि फोनले चाँडो काम गर्न थाल्छ। फ्याक्ट्री डाटा रिसेटका लागि फोनको सेटिङ्गमा ब्याकअप एण्ड रिसेट विकल्प रहेको हुन्छ।

आइफोनको इयरफोनको १० रोचक काम

हेर्दा निकै सामान्य लाग्छ । अक्सर यसको प्रयोग फोन कल गर्न वा गीत सुन्नका लागि मात्र गर्छन आम प्रयोगकर्ताले ।
तर, तपाईं यदि यसको स्मार्ट तरिकाले प्रयोग गर्न चाहनुहुन्छ भने यही सानो इयरफोनमा निकै ठूलो संसार छ ।
एयरफोनमार्फत् आइफोनका फिचर नियन्त्रण गर्ने यन्त्रलाई एयरबड्स भनिन्छ । इयरबड्सका माध्यमबाट तपाईले आइफोन नचलाई धेरै काम गर्न सक्नुहुन्छ ।

आउनुहोस् आज हामी तपाईंलाई एयरफोनभित्र लुकेर रहेका केही यस्तै फिचरबारे जानकारी दिँदैछौं :

१. एयरबड्सको बिचको बटनलाई एकपटक मात्र थिच्नुभयो भने तपाईले फोन उठाउन, कुरा गरिरहेको अबस्थामा फोन काट्न, सुनिरहेको गीत रोक्न वा रोकिएको गीतलाई पुनः सुचारु गर्न सकिन्छ ।

२. आइफोन स्क्रिन लक भइरहेका बेला पनि तपाईले इयर बड्सको बिचको भाग एकपटक थिच्नुभयो भने तपाईको आइफोनमा भएको गीत बज्न थाल्छ । फेरि एकपटक थिच्नुभयो भने रोकिन्छ ।

३. गीत सुनिरहेका बेला तुरुन्तै अघिल्लो गीतमा जम्प गर्नका लागि एयरबड्सलाई डबल क्लिक गर्नुहोस् ।

४. यदि तपाई पुरानै गीतमा फर्किनु चाहानुहुन्छ भने फटाफट तीनचोटी सोही बटन थिच्नुहोस् ।

५. डबल क्लिक गरेर बिचको बटनलाई केहीबेर थिचिराख्नुभयो भने गीत फास्ट फरवार्ड हुन्छ ।

६. गीतलाई रिवान्ड गर्नु छ भने तीनपटक फटाफट थिचेर केहीबेर होल्ड गर्नुहोस् ।

७. एयरबड्सको बिचको बटन थिचेर कुरा गरिरहेको फोन कललाई होल्डमा राखेर अर्को कल रिसिभ गर्न वा फेरि होल्डमा राखिएको फोन कलमा फर्किन सकिन्छ ।

८. यसैगरी बजिरहेको कललाई अस्वीकार गरी म्यासेज पठाउन चाहानुहुन्छ भने बिचको बटन एकपटक क्लिक गरेर केहीबेर थिचिराख्नु पर्छ ।

९. पज बटन थिचेर होल्ड गर्दा भ्वाइस कन्ट्रोलमा जान्छ अनि फोनलाई टच नगरिकन कल मात्र होईन समय थाहा पाउन, गीत परिवर्तन गर्नेजस्ता घेरै फंक्सन चलाउन सकिन्छ ।

१०. एयरफोनबाटै फोटो पनि खिच्न सकिन्छ । यसका लागि तपाईले क्यामेरा एप अन गरेर एयरबड्सको बिचको बटन थिच्नुपर्छ ।

के तपाईले आइफोन एयरफोनका अन्य फिचरबारे पनि थाहा पाउनुभएको छ ? कृपया कमेन्टमार्फत् बाँडनुहोस् ।
साभार: अनलाइनखबर 

यी तरिकाबाट ल्यापटप र मोबाइलको ब्याट्रि लाइफ बढाउनुहोस्

आफ्नो ल्यापटपमा निकै महत्वपूर्ण काम गरिरहँदा वा फोनमा कुरा गर्दा, हामीमध्ये धेरैले जीवनमा एकपटक ब्याट्रिका कारण समस्या झेल्नु परेको होला । एक समयपछि चाहे त्यो ल्यापटप होस् या फोन सबैको ब्याट्रिको क्षमतामा बिस्तारै ह्रास आउने गर्दछ । तर यदि तपाईं केहि कुरामा ध्यान दिनुहुन्छ भने तपाईंको स्मार्टफोन र ल्यापटपको ब्याट्रि एक वर्ष बढि टिक्ने गर्दछ । ल्यापटप अथवा फोनको ब्याट्रिलाई यदि राम्रोसँग हेर्ने हो भने त्यसमा केहि निर्देशन दिइएको हुन्छ जसलाई हामी मध्ये धेरैले पढ्दैनौँ । कतिपय कुराहरु हामीलाई त्यहाँ दिइएको निर्देशनबाट थाहा हुन्छ भने कतिपय कुराहरु हामी तपाईंलाई अहिले बताउँदैछौँ ।

१. ब्याट्रिलाई अत्यधिक तापक्रमबाट टाढा राख्नुहोस्ः 
कुनै पनि डिभाइसको ब्याट्रि लाइफ त्यसलाई प्रयोग गर्ने ठाउँको तापमानसँग गहिरो सम्बन्ध रहेको हुन्छ । यदि तपाईं आफ्नो ल्यापटप र मोबाइलको प्रयोग त्यस्तो ठाउँमा प्रयोग गर्नुहुन्छ जहाँको तापमान ३५ डिग्रिभन्दा बढि र जिरो डिग्रीभन्दा कम भएको अवस्थामा ब्याट्रिको क्षमता निकै चाँडै कम हुने गर्दछ । यसका लागि आफ्नो ल्यापटपलाई सकेसम्म तातो हुनबाट बचाउनुहोस् । यसको लागि सम्भव भएको खण्डमा कुलिङ प्याडमा ल्यापटपको प्रयोग गर्नुहोस् ।

 २. फुल डिस्चार्जः 
थुप्रै जानकारहरुका अनुसार ब्याट्रि फुल डिस्चार्ज हुनुभन्दा अगाडि नै चार्ज गर्नपर्ने हुन्छ । अर्थात जब तपाईंको फोन ४० प्रतिशत चार्ज भएको छ भने चार्जर निकाल्नुहोस् र केहि क्षण पछि त्यसलाई फेरि चार्ज गर्नुहोस् । यसले तपाईंको ब्याट्रि लाइफलाई बढाउन मद्दत गर्दछ र चार्ज पनि धेरैबेरसम्म रहने गर्दछ । ब्याट्रि ओभर चार्ज हुनबाट बचाउनुहोस् किनभने यसले ब्याट्रिमा भएको लिथियम प्लेट खराब हुने गर्दछ ।

 ३. तेज चार्जिङ गर्ने चार्जरको प्रयोग नगर्नुहोस्ः 
ल्यापटप अथवा मोबाइल तेज चार्ज गर्नबाट बचाउनुहोस् । कुनै पनि डिभाइस चार्ज गर्नका लागि ओरिजिनल चार्जरको प्रयोग गर्नुहोस् । यसले तपाईंको ब्याट्रि लाइफलाई सेफ राख्दछ ।

४. जहिले पनि केहि प्रतिशत चार्ज राख्नुहोस्ः 
यदि तपाईं १ वा २ हप्ताको लागि कतै बाहिर जाँदै हुनुहुन्छ भने कम्तीमा ५० प्रतिशतसम्म मोबाइल अथवा ल्यापटप चार्ज गरेर मात्र बन्द गर्नुहोस् ता कि जब तपाईं बाहिरबाट आउनुहुन्छ, त्यसमा ब्याट्रिको मात्रा रहिरहोस् । यसले ब्याट्रिको भित्र भएको चार्जिङ पार्टिकललाई एक्टिभ राख्ने गर्दछ ।

५. नक्कली चार्जरबाट बच्नुहोस्ः 
फुटपाथमा पाइने चार्जरहरुबाट बच्नुहोस् । यस्ता नक्कली चार्जरले तपाईंको डिभाइस चार्ज नभएता पनि गलत चार्जिङ लाइट देखाउने गर्दछ ।
(एजेन्सी)

You Must Have 7 Nepali Android Apps

The number of Smartphone users in Nepal is growing everyday. Smartphones are slowly becoming our lifestyle, it's just not limited to phone calls nowadays.



Moreover the number of Nepali Android Apps is rising. There are hundreds of Nepali Android Apps on the Google Play Store that are being downloaded thousands of times.


1. Nepal Loadshedding Schedule 
Nepal Load Shedding Schedule by Chandra Man Shrestha is a must have Android app in Nepal as we are suffering from the frequent power cuts. This app keeps us updated about the daily load-shedding schedule in Nepal. With this app, you can view the schedule offline, and can also get the notification with countdown timer for load shedding. This app has been downloaded more than 100K times from the Play Store. 


2. Hamro Nepali Keyboard
Hamro Nepali Keyboard by Shankar Uprety is the Best Nepali Keyboard ever for Android mobile and tablets. Hamro Nepali Keyboard is based on the MPP's Nepali Romanized Unicode layout and Google transliteration.


3. Hamro Patro
Nepali Calendar by Shankar Uprety is a multipurpose android app. We can access Nepali Patro, Nepali FM Radio, Foriegn exchange rates, Horoscope etc with this app. If you don't want to miss any Nepali important events, festivals, and rituals then you should not miss this app. Alternatively, there's another popular app called "Nepali Patro" which does the similar job. 


4. Picovico
Picovico by Picovico Inc is an online video creation app that automatically converts your photos into a beautiful video. As the description says, users can select the style of presentation from the multiple templates, add photos and text, select music of their choice and then put in the titles and credits. Once these steps are completed, a video is created in a minute. You can export the video to Facebook or YouTube. And even download and share it offline. Those who are fond of clicking photos with their phone must try this amazing app.


5. nLocate : Places in Nepal
nLocate is all about finding places including ATMs, Hospitals, Bank, Ambulance, Restuarants, Cafes, Cinema hall, Government offices, school, colleges etc in our locality. This is an amazing app to find places with detailed information but it is focused only in Kathmandu for now. 


6. Online Baghchal
Semicolon Developers has brought our famous Baghchal (Tiger and Goats) game on Android mobile and tablets with the 'Online Baghchal' app. You can play Online Baghchal both offline and online with your friends or with a computer. Those who love the Baghchal game must install this app.


7. RVL Radio
RVL Radio (Revolution Radio) app is an Internet radio station streaming live 24/7 from Kathmandu, Nepal. You can listen non-stop music with 9 different channels streaming simultaneously with music genres for all. Alternatively, there's another Nepali music streaming app. 


Bonus: CashOnAd
CashOnAd is a mobile video advertisement platform for advertisers. But for the Android phone users CashOnAd is more than that, with the CashOnAd you can earn 1 cent on each call received. If you're in Nepal and want to earn a few bucks while receiving a phone call on your Android mobile, this app is for you.


५० जिबी फ्रि स्पेस लिनुहोस्

अनलाइनमा तपाइले ५० GB को फ्री स्पेस लिएर तपाइको आवश्यक कागज पत्र, फाइल, डकुमेन्ट, फोटो, भिडियो इत्यादि राख्न सक्नुहुन्छ । जसको लागि तल दिएको लिंकमा क्लिक गरेपछि पेज खुल्छ र त्यो पेजमा आफ्नो ई-मेल राखि रजिस्टर गर्नु पर्छ  ।


तपाइले प्रयोग गर्नु भएको साधन अनुसार फरक-फरक लिंक तल दिएको छु :-

वर्षका सबैभन्दा लोकप्रिय १० स्मार्टफोन एप्स

वर्ष सन् २०१४ सकिएर नयाँ वर्ष २०१५ सुरु भैसकेको छ । अघिल्लो वर्ष स्मार्टफोन एपको दुनियाँमा असंख्य नयाँ पूराना एपहरु चलन चल्तीमा रहे । बितेको वर्ष कुन स्मार्टफोन एप सबैभन्दा बढि प्रयोग गरियो होला ? यो सबैको चासोको विषय हो । प्रविधि जगतमा विभिन्न खाले अध्ययन अनुसन्धान तथा सर्भेक्षण गरी नयाँ तथ्य तथ्यांक सार्वजनिक गर्ने अमेरिकी सूचना तथा मापन कम्पनी  निल्सेनले  वर्ष सन् २०१४ का टपटेन स्मार्टफोन एपको सूची सार्वजनिक गरेको छ ।
अमेरिकी बजारमा केन्द्रित भएर तयार पारिएको यो सूचिले धेरै हदसम्म विश्वव्यापी ट्रेण्डको प्रतिनिधित्व छ । निल्सेनका अनुसार वर्ष सन् २०१४ का टपटेन स्मार्टफोन एप यस्ता छन्-

१. फेसबुक :- टेक जगतका अन्य सम्पूर्ण एपलाई पछार्दै फेसबुकको स्मार्टफोन एप गत वर्षको सर्वाधिक लोकप्रिय स्मार्टफोन एप बन्न सफल भएको छ । फेसबुक एपका औषत युनिक युजर्सको संख्या ११ करोड ८० लाख २३ हजार छ । गत वर्षदेखि फेसबुक एपमा थप नयाँ प्रयोगकर्ता समेत थपिएका छन् र वाषिर्क १५ प्रतिशतको वृद्धिदर हासिल गर्न सफल भएको छ । आइओएस तथा एन्ड्रोइड लगायत स्मार्टफोनमा फेसबुक एप निशुल्क डाउनलोड गर्न सकिन्छ ।

२. गुगल सर्च :- विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन गुगल सर्च एप स्मार्टफोनमा सर्वाधिक लोकपि्रय दोश्रो एप बनेको छ । मानिसहरु अहिले आफुलाई चाहिएको जानकारी गुगलमा खोज्न मन पराउँछन् र त्यसका लागि सजिलो बाटो बनेको छ स्मार्टफोनमा गुगल सर्च एप डाउनलोड गर्नु । गुगल सर्च एपका औषत युनिक प्रयोगकर्ताको संख्या ९ करोड ७ लाख भन्दा बढि छ ।

३. यु ट्युब : - यु ट्युबको मोबाइल एप अझैपनि स्मार्टफोनमा अनलाइन भिडियो हेर्ने सबैभन्दा उत्तम ठाउँ बनिरहेको छ । वर्षको तेश्रो सर्वाधिक लोकप्रिय स्मार्टफोन एप बन्न सफल यु ट्युबले गत वर्ष ८ करोड ८३ लाख भन्दा बढि युनिक युजर्स प्राप्त गरेको छ । निल्सेनका अनुसार स्मार्टफोनमा यु ट्युब एपको डाउनलोड एक वर्षमा २६ प्रतिशतले बढेको छ।

४. गुगल प्ले :- प्रयोगकर्ताहरुमा आफ्नो एकाधिकार स्थापित गर्ने अभियानमा रहेको गुगलको अर्को एप गुगल प्ले वर्षको सर्वाधिक लोकपि्रय मोबाइल एपको चौथो स्थानमा परेको छ । अन्य एप डाउनलोड गर्न सकिने गुगलको अनलाइन स्टोरको रुपमा रहेको गुगल प्ले अधिकांस एन्ड्रोइड स्मार्टफोनमा पहिले नै डाउनलोड गरिएको हुन्छ । गत वर्ष गुगल प्लेका युनिक युजर्स ८ करोड ४९ लाख नाघे ।

५. गुगल म्याप्स :- सर्वाधिक लोकप्रिय तथा सजिलो अनलाइन नक्सा एपको रुपमा रहेको गुगल म्याप्स एप लोकप्रियताको सूचिमा पाँचौ स्थानमा आयो । ७ करोड ९० लाख युनिक प्रयोगकर्ता यो एपमा आबद्ध भए ।



६. जिमेल :- विश्वको सबैभन्दा लोकप्रिय तथा वृहत इमेल सेवा जिमेलको स्मार्टफोन एप सर्वाधिक लोकपि्रय इमेल एप बन्नुका साथै समग्रमा छैटौँ लोकप्रिय मोबाइल एप बन्न सफल भयो । गत वर्ष जिमेलको स्मार्टफोन एपमा ७ करोड २४ लाख भनदा बढि औषत युनिक युजर्स आबद्ध भए ।

७. फेसबुक म्यासेन्जर :- फेसबुकको मुख्य एप वर्षको सर्वाधिक लोकपि्रय स्मार्टफोन एप बन्न सफल भएपनि फेसबुक म्यासेन्जर एप भने खासै चल्न सकेन । तर मेन पेजभन्दा छुट्टै म्यासेन्जर सार्वजनिक गरेर फेसबुकले एउटा तहल्का भने मच्चाउन सफल भयो । यो एप लोकप्रियताको सातौँ स्थानमा रहँदै ५ करोड ३७ लाख भन्दा बढि युनिक प्रयोगकर्ता आबद्ध गर्न सफल भयो ।

८. गुगल प्लस :- सोसल नेटवर्कबाट उत्पत्ति भई गुगलका अन्य एप जस्तै जिमेल र यु ट्युबसँगको संयोजक तन्तुको रुपमा विकशित भएको गुगल प्लस वर्षको आठौँ लोकप्रिय एप बन्यो । गत वर्ष यो एपका युनिक प्रयोगकर्ताको संख्या ४ करोड ८३ लाख ८५ हजार रह्यो ।

९. इन्स्टाग्राम :- फोटो शेयरिङ एपको बादशाह इन्स्टाग्राम गत वर्ष निकै चर्चामा रह्यो । बितेको वर्ष यसले आफ्नो युनिक प्रयोगकर्ताको संख्यामा ३४ प्रतिशतले वृद्धि गर्न सफल भई ४ करोड ३९ लाख भन्दा बढि पूराउन सफल भयो ।

१०. म्युजिक एप (आइ ट्युन्स रेडियो/आइ क्लाउड) :-
एप्पललको म्युजिक एप यो वर्षको सर्वाधिक लोकप्रिय दश स्मार्टफोन एपको सूचिमा पर्न सफल भएको छ, भलै अन्तिम स्थानमा किन नहोस् । निल्सेनका अनुसार यो एप्पल एपका युनिक युजर्सको संख्या ४ करोड २५ लाख ४६ हजार छ ।

नेपाली एप्सको आफ्नै स्टोर "एप्स झोला"

गुगल प्ले स्टोर हामी धेरैले प्रयोग गर्छौं। विभिन्न प्रकारका एप्स डाउनलोड गर्न यसको प्रयोग गरिन्छ। संसारमा एन्ड्रोइड भर्सनका जति पनि एप्स निर्माण हुन्छन्, ती सबै प्ले स्टोरमा संग्रहित हुन्छन्। आफूलाई आवश्यक एप्स त्यही प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिन्छ।

गुगल प्ले स्टोरमा यति धेरै एप्स छन्, ती सबैका बारेमा जानकारी लिन पनि गार्‍हो हुन्छ। नेपाली एप्स निर्माताहरूले बनाएका एप्स संग्रह गर्ने छुट्टै स्थान भैदिए कति राम्रो हुन्थ्यो? यही समस्याको समाधानका रूपमा आएको छ- एप्स झोला। नेपाली नाम झोलाबाटै यसको अर्थ प्रस्ट हुन्छ। झोलामा धेरै प्रकारका एप्स संग्रहित छन्, जुन नेपाली डेभलपरहरूले निर्माण गरेका हुन्।

नेपाली एप्स स्टोर एप्स झोलामा जानका लागि माथिको चित्रमा अथवा  यहाँ क्लिक  गर्नुहोस् ।

नेपालमा पनि प्रशस्तै एप्स डेभलपर छन्। तीमध्ये एन्ड्रोइड भर्सनमा एप्स निर्माण गर्ने डेभलपरहरूले नेपालमा पनि गुगल डेभलपर ग्रुपको निर्माण गरेका छन्। उक्त ग्रुपमा ३ हजारजति सदस्य छन्। गुगल डेभलपर ग्रुपले नै एप्स झोलाको निर्माण गरेको हो। नेपालमा डेभलपरहरूले एप्स निर्माण गरे पनि गुगल प्ले स्टोरमा ती एप्स राख्न भने झन्झटिलो प्रक्रिया अपनाउनुपर्छ। त्यसका लागि २५ डलर तिर्नुपर्छ। उक्त रकम तिर्न र त्यसको डलरमा भुक्तानी गर्ने प्रक्रिया नेपालका लागि सहज छैन। यस्तो अवस्थामा अब डेभलपरहरूले आफ्ना एप्सलाई एप्स झोलामा राख्न सक्छन्। एप्स झोलामा एप्स राख्न १० डलर मात्र तिर्नुपर्छ भने नेपालमै तिर्न सकिने भएकाले यसको प्रक्रिया पनि सजिलो छ। स्थापनाको ६ महिनामै एप्स झोलामा २५ जना जति डेभलपरका ५० वटा एप्स संग्रहित भैसकेका छन्। यसमा अनलाइन बाघचाल, हाम्रो किबोर्ड, लोडसेडिङ, बर्थडे फरेष्ट, पिकोभिको, एनलोकेट, गाउँ खाने कथा, पासपोर्ट फोटो भ्युअर आदि लोकप्रिय एप्स समेत उपलब्ध छन्।

नेपालमा भएका एप्स डेभलपरहरूलाई हौसला प्रदान गर्न पनि एप्स झोलाको अवधारणा अघि सारिएको ग्रुपका संस्थापक भुपाल सापकोटा बताउँछन्। नेपाली एप्स कहाँ पाइन्छ भनेर खोजी गर्नेहरूले अब एप्स झोला प्रयोग गर्नेछन्। यद्यपि एप्स झोलामा नेपाली एप्सका नाममा जस्तो सुकै प्रकारका एप्स भने राखिनेछैन। ती एप्स गुणस्तरीय पनि हुनेछन्। गुणस्तरीयताका आधारमा एप्स झोलामा राख्ने र राम्रो एप्सको प्रवर्द्धन एवं बजारीकरण गर्ने जस्ता कार्यसमेत गरिदिने सापकोटा बताउँछन्। एप्स झोलाको अवधारणा प्रारम्भ भएको लगभग ६ महिना मात्र भएको छ। अब भने यसलाई व्यवसायिक रूपमा अघि बढाउने योजना रहेको उनले बताए। दसैंअघि नै यो योजनाले मूर्त रूप लिनेछ। अब नेपाली प्रयोगकर्ताले १ सय, २ सय रुपैयाँको सस्तो दरमा समेत यी एप्स किन्न सक्नेछन्। त्यसका आधारमा एप्स झोलाले २५ प्रतिशत र डेभलपरले ७५ प्रतिशत रकम बाँड्नेछन्।

त्यसो त गुगल डेभलपर ग्रुपले अहिले पनि गुगलसँगको प्रत्यक्ष सम्पर्कमा नेपालमा विभिन्न गतिविधि गरिरहेको छ। काठमाडौंबाहेक पोखरा, विराटनगर, वीरगन्ज र चितवनमा समेत यस्ता ग्रुप निर्माण भएका छन्। ती क्षेत्रमा ग्रुपले एप्स निर्माण गर्ने, प्ले स्टोरमा राख्ने, मार्केटिङ गर्ने आदि पक्षका बारेमा जानकारीमूलक सेमिनारसमेत आयोजित गरेको छ। लगभग २ हजार व्यक्ति यस्ता सेमिनारमा सहभागी भैसकेका छन्।

एप्स निर्माण गर्नु पनि एउटा कला हो। राम्रा एप्स किन्न चाहनेहरू प्रशस्तै हुन्छन्। नि:शुल्क एप्स पनि पाइन्छन्, तर तिनै एप्स राम्रा र लोकप्रिय भए भने बिक्री गर्न पनि पाइन्छ। यसले गर्दा डेभलपरहरूले पैसा कमाउने सम्भावना पनि हुन्छ। केही समयअघि बिक्री भएको नेपाली एप्स 'लोडसेडिङ' त्यसकै ताजा उदाहरण हो। उक्त एप्स २० लाख रुपैयाँमा बिक्री भएको थियो। यो अवस्थामा एप्स झोला पनि एप्स डेभलपरहरूका लागि एउटा गतिलो प्लेटर्फम बन्न सक्छ
साभारः साप्ताहिक

मोबाईल इन्टरनेटको बारेमा केही जानकारी

मोबाइल फोन वा मोबाइल डिभाइसमा इन्टरनेट चलाउने प्राय: हामी सबैले याद गरेको हुनुपर्छ। हाम्रो सेट इन्टरनेटमा जोडिएपछि प्रायजसो सेटको माथिल्लो देब्रे भागमा (सेट अनुसार फरक पनि हुनसक्छ) तपाइको सेट इन्टरनेटमा जोडिएको जनाउ दिने G, E, 3G, H वा 4G आदि जस्ता सङ्केत चिन्हहरू देखिन्छन् । तलको चित्र हेर्नुस (चित्रलाई ठूलो पारेर हेर्न सोही चित्रमा क्लिक गर्नुहोस्, चित्र आफैँ ठूलो आकारमा अर्को पेजमा खुल्ने छ )



यी चिन्हहरु तपाइले लिनु भएको सेटको हार्डवेयर क्षमता वा तपाइले सेवा प्रदायकबाट लिनु भएको सुविधा अनुसार फरक हुन्छन् । तर कहिलेकाहीँ भने तपाई रहेको स्थान विशेषमा उपलब्ध सेवा प्रदायकको सिग्नलको आधारमा पनि एउटै सुविधा लिएको सेटमा पनि माथि उल्लिखित कुनैपनि सङ्केत चिन्ह देखिन सक्छ वा छिनछिनमा सो सङ्केत चिन्ह परिवर्तन हुनसक्छ ।


तपाइलाई थाहा छ किन यी चिन्हहरू फरक-फरक हुन्छन् वा एउटै सेटमा पनि स्थान विशेष वा समय विशेषमा भिन्न भिन्न चिन्हहरू देखिन्छन ?

वास्तवमा यी चिन्हहरूले तपाइको सेटमा तत्कालको लागि उपलब्ध इन्टरनेटको गतिलाई ईङ्गीत गर्छन् । यस पोस्टमा यही बारेमा सामान्य जानकारी दिइएको छ :

G :- 
“G” अर्थात GPRS । मतलव आजकलको प्रविधिको कुरा गर्ने हो भने, GSM network मा यो दोस्रो पुस्ताको (2G) प्रविधिमा गनिन्छ। र अझ प्रस्ट भन्नु पर्दा मोबाईलबाट इन्टरनेट चलाउने सबैभन्दा कम गतिको प्रविधि हो यो । त्यसैले तपाइको मोबाइल सेट इन्टरनेटमा जोडिएको बेलाम यदि तपाईको सेटमा “G” देखिन्छ भने तपाइले द्रुतगतिको आशा नराख्दा हुन्छ ।

E :- 
E अर्थात EDGE को छोटकरी नाम हो यो। हुन त यो पनि GPRS कै सुधारिएको रूप हो तर GPRS कै extension भएपनि र GSM network को दोस्रो पुस्ताकै (2G) प्रविधि भएपनि यो “G” भन्दा “E” केही हदसम्म छिटो हुन्छ । वा सामान्य शब्दमा भन्दा, तपाईको सेटमा “G” देखिएको बेलामा भन्दा “E” देखिएको बेलामा इन्टरनेट केही छिटो चल्छ।

3G :-
छोटकरीमा तेस्रो पुस्ताको प्रविधि वा third generation(3G)को विकसित रूप हो यो । यो GSM network को UMTS (Universal Mobile Telecommunications System) पनि भनिन्छ।

H :- 
मोबाईलको डिस्प्लेमा देखिने “H” ले HSDPA (High-Speed Downlink Packet Access) जनाउँछ । जुन माथिका सबैभन्दा द्रुत गतिको इन्टरनेट प्रविधि हो । यसले UMTS बेस्ड नेटवर्कमा माथीका अन्य भन्दा पनि छिटो गतिको सुविधा दिन्छ । त्यसैले यसलाई बोलीचालीमा 3.5G, 3G+ र turbo 3G पनि भनिन्छ ।

4G वा H+ :-
यो चौथो पुस्ताको (4G) प्रविधि मोबाइल इन्टरनेटको दुनियाँमा सफल र उच्च गतिको प्रविधि हो । यसलाई H+ पनि भनिन्छ जुन H को विकसित वा सुधारिएको स्वरूप हो । यो Long Term Evolution (LTE) स्तरमा आधारित छ जसद्वारा Mobile Web Access, IP Telephony, Gaming Services, High-Definition Mobile TV, Video Conferencing, 3D Television, र  Cloud Computing को प्रयोग गर्न सकिन्छ ।

सजिलोगरी भन्दा G, E, 3G , H र 4G मा G सबैभन्दा ढिलो चल्ने र 4G सबैभन्दा छिटो चल्ने हुन्छ ।

तलको तालिकाले यसलाई अझ प्रस्ट पार्नेछ:

क्र.सं.      सेवा सङ्केत    गति

१. GPRS G 56kbps पहिलो पुस्ता (1G)

२. EDGE E 236 kbps दोस्रो पुस्ता (2G)

३. UMTS 3G 386 kbps तेस्रो पुस्ता (3G)

४. HSDPA H 3.2 MBps साढे तेस्तो पुस्ता (3.5G)

५. LTE 4G  14.4 MBps चौथो पुस्ता (4G)

क्रमगत रूपमा १ नं. सबैभन्दा ढीला र ५ नं सबैभन्दा छिटो भएपनि तिनको ठीक गति भने माथि लेखिए जस्तै तपाइँको सेवा प्रदायकको हार्डवेयर-सफ्टवेयरको उच्चता, तपाई रहेको स्थान विशेषमा उपलब्ध सेवा प्रदायकको सिग्नलको आधारमा फरक हुनसक्छ ।

भनिरहनु नपर्ला, तपाईँले कुनै 3G वा सो भन्दा बढी गतिको सुविधा लिनु भएको छ भने पनि यदि तपाईको सेवा प्रदायकको नेटवर्कको रेन्ज भित्र हुनुहुन्न भने तपाईको मोबाईलको गति स्वत E वा G मा झर्न सक्छ । साथै यदि तपाई नेपालमा हैन् विदेशमा हुनुहुन्छ र बढी गतिको सेवा लिनु भएको छ भने हार्डवेयर र सफ्टवेयर क्षमताले धान्ने मोबाईलमा तपाइँले 4G वा H+ को राम्रो गति पनि पाउन सक्नुहुन्छ । हुन त विदेशमा अहिले 5G को अवधारणा पनि आइसकेको छ जुन हाम्रो सोंच भन्दा  अत्यन्तै उच्च गतिमा रहने छ तर यो अहिले अनुसन्धानको क्रममा छ निकट भविष्यमा यसको सुविधा पनि लिन सकिन्छ ।