Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

‘होल बडी चेक’ गर्दा कुन अस्पतालको शुल्क कति?

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ। शरीरका विभिन्न अंगहरुले सही रुपमा काम गरे नगरेको र स्वस्थ रहे नरहेको बारेमा जानकारी लिई आवश्यक सजगता अपनाउनु नै सबैभन्दा बुद्धिमानी हुने स्वास्थ्य विज्ञहरु बताउँछन्।

गम्भीर भइसकेपछि उपचार गर्दा कतिपय रोग लाखौँ खर्चेर पनि निको नहुन सक्छ। त्यसैले बेलाबेलामा आफ्ना शरीरका अंगहरु स्वस्थ रहे नरहेको परीक्षण गरी त्यहीअनुरुप व्यवहार सुधार्न सकेमा धेरै हदसम्म स्वस्थ रहन सकिने विज्ञहरुको भनाई छ।

नेपाल किड्नी फाउण्डेसनका अध्यक्ष डा. शक्ति बस्नेतका अनुसार कतिपयलाई एउटा किड्नी फेल भइसकेको जानकारी नहुने तर अर्कोले पनि काम गर्न छोडेपछि अन्तिम अवस्थामा बल्ल परीक्षण गर्ने गरेका छन्। ‘यदी बेलाबेलामा किड्नीको परीक्षण गर्ने हो भने प्रारम्भिक चरणमा धेरै हदसम्म दुबै किड्नी जोगाउन सकिन्छ’ सेतोपाटीसितको कुराकानीमा उनले भने।

खासगरी उचित खानपिन, व्यायाम, खुसी जीवनशैलीले मात्र स्वस्थ रहन सकिन्छ। स्वस्थ रहन सबैभन्दा पहिला खानपानलाई नै ध्यान दिनुपर्ने डाक्टरहरु सुझाउँछन्। फलफूल र सागसब्जीमा जोड दिने, रातो मासु, चिल्लो, बढी मसलेदार, बढी नुनिलो र गुलियो खाना नखाने, जंक फुड नखाने, पानी पर्याप्त पिउने, मदिरा, धुम्रपान सेवन नगर्ने, नियमित व्यायाम गर्ने, समयमै सुत्ने/उठ्नेजस्ता कुरामा ध्यान दिएमा धेरै रोगबाट छुट्कारा मिल्ने डा. बस्नेत बताउँछन्।

सके ६/६ महिनाको अन्तरालमा नसके वर्षमा १ पटक भए पनि स्वास्थ्यका सबैजसो अंगहरुको परीक्षण गर्नेुपर्ने र रोग लाग्नुपूर्व सावधान हुन जरुरी रहेको बस्नेतको भनाइ छ। ‘अस्पतालको कमी कतै छैन, सामान्य स्वास्थ्य क्लिनिक पसलमै सस्तो शुल्कमा धेरै अंगको परीक्षण गर्न सकिन्छ’ उनले भने ‘त्यसैले स्वास्थ्यजस्तो सबैभन्दा ठूलो धन जोगाउन, कुनै हालतमा हेलचेक्राइँ गर्नु हुँदैन।’

पूर्ण स्वास्थ्य परीक्षणका लागि अधिकांश अस्पतालहरुले विशेष प्याकेज समेत बनाउने गरेका छन्। सस्तो रुपमा सबैले सबै अंगहरु परीक्षण गर्न र सावधानी अपनाउन सकुन् भन्ने उद्देश्यले अस्पतालहरुले ‘होल बडी चेकअप’को प्याकेज संचालन गरिरहेका छन्।  

के हो ‘होल बडी चेकअप’ ?
‘होलबडी चेकअप’ गर्दा सामान्यतया मानिसमा चाँडो संभावित ठूला रोगहरुबारे पूर्व जानकारी हुने गर्दछ। होलबडीमा मानिसको मुटु, कलेजो, फोक्सो, मृगौला, छातीको भिडियो एक्सरे गरिन्छ।

दुवै मृगौलाले सहज तरिकाले काम गरे नगरेको, मुटु, फोक्सो तथा कलेजोको अवस्था पत्ता लाग्छ। परीक्षणपछि के के कुरामा सावधानी अपनाउने भनेर डाक्टरहरुले सुझाव पनि दिन्छन्। ति सुझावहरु अवलम्वन गर्न सकेमा लाखौँ खर्चेर पनि निको नहुने रोगहरुबाट समेत बच्न सकिन्छ।

त्यस्तै होल बडी चेकअपमा मुत्र थैलीको अबस्था, इसिजी, अल्ट्रा साउण्ड परीक्षण गरी पूर्व जानकारी हुने डा. बस्नेतको भनाइ छ। ‘अहिलेको सामान्य खर्चले, भोलिको संभावित लाखौं खर्च जोगाउने हुँदा होल बडी चेकअपका लागि सानो रकममा कसैले कन्जुस्याइँ गर्न खोज्नु मुर्खता हुनेछ’ उनले भने।

होल बडी चेकअपमा पनि कतिपयले महिला र पुरुषका हकमा छुट्टाछुट्टै शुल्क तोकेका छन्। महिलामा स्तन, पाठेघरसहित केही थप अंगहरु परीक्षण गर्नुपर्ने भएकाले शुल्क फरक पर्न गएको अस्पतालहरुले बताएका छन्।

त्यस्तै प्रारम्भिक चरणमा परीक्षण गर्दा कुनै अंगमा डाक्टरहरुलाई केही शंका लागेमा थप परीक्षण भने गर्नुपर्छ। त्यसैले केही अस्पतालहरुले प्रारम्भिक चरण र दोस्रो चरण गरी चेक अपको प्याकेज बनाएका छन्।

अब हेरौँ, कुन अस्पतामा कति लाग्छ होल बडी चेकअपको शुल्क?

टिचिङ अस्पताल
काठमाडौंस्थित महाराजगंजमा रहेको टिचिङ सरकारी अस्पताल हो। एमबीबीएस पढाई समेत हुने भएकाले यसको नाम ‘टिचिङ’ रहन गएको हो। पढाई त छँदैछ, अस्पतालमा विभिन्न ठूला रोगको उपचार पनि हुने गरेको छ। होलबडी स्वास्थ्य परीक्षण गर्दा जम्मा २ हजार ४ सय ५० रुपैयाँ शुल्क तोकिएको अस्पतालले जनाएको छ।

सिभिल अस्पताल 
नयाँ बानेश्वरस्थित सिभिल अस्पताल अर्ध सरकारी  रुपमा संचालित छ। विभिन्न रोगको उपचार हुने सिभिल अस्पतालमा होलबडी स्वास्थ्य परीक्षण गर्दा ३ हजार २ सय ६५ रुपैयाँ शुल्क लाग्दछ।

बी एण्ड बी अस्पताल 
ललितपुर ग्वार्कोमा रहेको बी एण्ड बी अस्पताल पूर्ण निजी तवरले संचालित अस्पताल हो। विभिन्न ठूला रोगको उपचार हुने बी एण्ड बी अस्पतालमा होलबडी स्वास्थ्य परीक्षणलाई दुई समूहमा छुट्याइएको छ। पहिलो समूहअन्तर्गत सामान्यतः पूर्व जानकारी लिन गरिने होलबडी परीक्षण पर्दछ।

पैसाका कारण परीक्षण नरोकियोस् भन्ने उद्देश्यले यो समूह तय गरिएको अस्पतालले जनाएको छ।  जसको शुल्क ३ हजार पाँचसय लाग्दछ।

मुटुको विशेष परीक्षण गर्नेगरी अर्को समूहमा बडी चेक अप गर्ने गरिएको छ। ब्लडपे्रसर भएका बिरामीले यही समूहबाट पूर्ण परीक्षण गर्नुपर्दछ। ‘कार्डियो प्याकेज’ नामको यो परीक्षणमा शुल्क ६ हजार ५ सय शुल्क लाग्ने अस्पतालले जनाएको छ।

सुमेरु अस्पताल 
ललितपुर धापाखेलमा रहेको सुमेरु निजी तवरबाट संचालित अस्पताल हो। यहाँ होलबडी स्वास्थ्य परीक्षण गर्दा सामान्य मानिसलाई ४ हजार पाँचसय ५० रुपैयाँ शुल्क लाग्छ। यदी प्रारम्भिक चरणमा कुनै अंगमा रोगको संकेत वा लक्षण देखिएमा पुनः भित्री रुपमा परीक्षण गर्नुपर्दछ। यसका लागि पुरुषका हकमा ९ हजार ९ सय रुपैयाँ र महिलाको हकमा ११ हजार शुल्क लाग्ने सुमेरु अस्पतालले जनाएको छ।

अल्का अस्पताल 
निजी तवरमा संचालित ललितपुर जाउलाखेलमा रहेको अल्का अस्पतालमा होलबडी स्वास्थ्य परीक्षणलाई तीन समूहबाट गर्ने गरिन्छ। समूहअनुसार शुल्क फरक फरक पर्दछ। सामान्य मानिसको हकमा २ हजार ९ सय ७०, र ब्लडपे्रसरका बिरामीको हकमा ४ हजार ९ सय ७० रुपैयाँ शुल्क लाग्छ। मुटु रोग, सुगर भएका बिरामीको हकमा होलबडी परीक्षण गर्दा ७ हजार १ सय रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पताल
काठमाडौं थापाथलीमा रहेको नर्भिक अस्पताल निजी तवरबाट संचालित छ। नर्भिकमा निरोगी १५ देखि ४० वर्षको उमेरका मानिसले होलबडी स्वास्थ्य परीक्षण गर्दा  पुरुषका हकमा ६ हजार शुल्क लाग्ने गर्दछ।

महिलाको हकमा भने केही महँगो पर्ने अस्पतालले जनाएको छ। यदी सुगर, ब्लडप्रेसरका बिरामीले भने भित्री परीक्षण गर्नुपर्ने र  थप शुल्क लाग्ने अस्पतालले जनाएको छ।

ओम अस्पताल 
निजी क्षेत्रबाट संचालित चाबाहिलमा रहेको ओम अस्पतालमा पुर्ण स्वास्थ्य परीक्षण गर्दा पुरुषको हकमा १५ हजार पाँचसय र महिलाको हकमा १४ हजार ६ सय रहेको छ।

वयोधा अस्पताल- बल्खु 
बल्खु रिङगरोडसँगै रहेको वयोधा पनि निजी क्षेत्रबाट संचालित अस्पताल हो। यहाँसामान्य मानिसको होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषको लागि लागि १२ हजार पाँचसय र पहिलाको ११ हजार पाँचसय लाग्ने अस्पतालले जनाएको छ।

ग्रान्डी अन्तर्राष्ट्रिय  अस्पताल
काठमाडौं धापासी हाइटमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पनि निजी क्षेत्रबाटै संचालित छ। यस अस्पतालमा विभिन्न अंग प्रत्यारोपण पनि हुने गरेको छ। ग्रान्डीमा होलबडी स्वास्थ्य परीक्षण गर्दा प्रारम्भिक चरणमा २ हजारदेखि थप चरणमा १७ हजार सम्मको प्याकेज रहेको छ।

दुई हजारमा रगतको परीक्षण गरिने र मुटु किड्नीको पनि सामान्य चेकजाँच हुने गर्छ। १७ हजारको प्याकेजमा प्रत्येक अंगहरुको भित्री परीक्षण गरी विस्तृत जानकारी पाइने अस्पतालले जनाएको छ। 

जानी राख्नुहोस् आपतकालिन उपचारमा प्रयोग हुने ११ जडिबुटी

हामी जुनसुकै बेला दुर्घटनामा पर्न सक्छौं। तर कतिपय अवस्थामा तत्कालै चिकित्सकहाँ जान असम्भव पनि हुन सक्छ । त्यस्तो अवस्थामा हाम्रोवरिपरि पाइने जडिबुटिबाटै उपचार गर्न सकिन्छ । सामान्य चोटदेखि शरीर पोलेका समस्या घरमा नै उपचार गर्न सकिन्छ । स्वास्थ्यमा आपतकालिन समस्या परेका बेला उपचारमा प्रयोग हुने घरेलु जडीबुटी

१. घिउकुमारी (Aloe Vera)


शरीरको छाला जलेमा वा पोलेमा घिउकुमारीअचुक औषधिको रुपमा प्रयोग गरिन्छ । पोलेको ठाउँमा यसको रस लगाउँदा चिसो र शितलता प्रदान गर्छ । गमला वा सानो प्लाष्टिकको बट्टामा नै घर वरिपरि रोप्न सकिने घिउकुमारीका अनगिन्ति फाइदा छन् ।

२. तितो घिउकुमारी (Bitter Aloe Vera)
 

घिउकुमारीकै एक जात  तर ठूला आकारका पात० को यो जडिबुटि कब्जियत, एपेन्डिसाईटिस र पित्तासयको रोगको उपचारमा प्रयोग गरिन्छ । एलोलाई क्याप्सुलको रुपमा पनि किन्न पाइन्छ । यो क्याप्सुल नियमित सेवन गरेमा पाचन प्रणालीलाई सहयोग पुग्छ । शरीरमा भएका विषादि हटाउन दैनिक एक क्याप्सल एलो खान सकिन्छ ।

३. अदुवा (Ginger)


दैनिक किचनमा प्रयोग हुने अदुवाले पाचनशक्ति वृद्धि गर्छ । यसले अनावश्यक ग्याँस फाल्न मद्दत गरी पेटलाई हल्का बनाउनुका साथै बान्ता आउने समस्याको समाधान गर्छ । हरेक राती एक कप अदुवा चिया खाँदा पाचन पक्रियालाई सहज बनाउछ । त्यस्तै मनतातो अदुवा पानी खाँदा बान्ता आउने समस्याको समाधान गर्छ ।
 
४. लसुन  (Garlic)


क्यान्सर रोगबाट बचाउने लसुनले रोग प्रतिरोध क्षमतालाई पनि बलियो बनाउछ । एन्टिभाइरस र एन्टिव्याक्टेरियलयुक्त लसुनले चिसो, ज्वरो र फ्लुबाट जोगाउँछ । लसुनको नियमति सेवनले आन्तरिक संक्रमणबाट बचाउँछ । त्यस्तै खेलाडीको पैताला र कानमा बाह्य संक्रमण भएमा लसुनको रस लगाउँदा तत्कालै उपचार हुन्छ । प्रतिदिन भोजनमा लसुनको प्रयोग गर्नाले पेटको अल्सर र क्यान्सरबाट जोगिन सकिन्छ । दैनिक लसुन सेवन गर्नाले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयोग पुग्छ र यसबाट लामो समयसम्म शरीरको इम्युन सिस्टम पनि बलियो रहन्छ।

५. बेसार (Turmeric)


बेसार आफैमा एन्टिसेप्टिक र एन्टि व्याक्टेरियाजन्य तत्व हो । त्यही भएर काटेको ठाउँमा, जलेको स्थान वा अन्य घाउमा यसको प्रयोग गरिन्छ । सामान्य चोटपछिको घाउमा बेसार दल्ने संस्कार प्रचलित छ । चिसो लागेको छ रु सुत्नु अगाडि तातो दुधमा केही चिम्टि बेसार राखेर पिउनुहोस् । एक रातमै तपाईको चिसो भाग्छ । बेसारले प्राकृतिक पेन किलर ९दुखाई कम गर्ने औषधि०को काम गर्छ । छालासम्बन्धि निश्चित रोगको उपचारमा पनि बेसारको प्रयोग हुन्छ । बेसारले मुटु रोग र क्यान्सरबाट बचाउँछ । बेसारले डिप्रेसन रोगको औषधीको काम गर्छ । नियमित बेसारको धुलो अनुहारमा लगाउँदा अनुहारमा चमक ल्याउनुका साथै चाउरीनबाट बचाउँछ ।
 
६. प्याज (Onion)


प्याजमा क्युरसेटिन नामको रसायन हुन्छ जसले ग्याष्ट्रिकबाट पनि बचाउछ । प्याजले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ । प्याजमा विभिन्न पोषणतत्व हुन्छ जसले हामीलाई अन्य रोग लाग्नबाट पनि जोगाउँछ । लन्चको समयमा प्याजलाई सलादको रुपमा पनि प्रयोग गर्न सकिन्छ । पाचनमा समस्या भएकाहरुले दिनमा एउटा काँचो प्याज चबाएमा पाचन समस्याको समाधान हुन्छ । जलेको छालामा प्याज दल्दा छालालाई आराम दिन्छ । नियमित काँचो प्याज खाँदा छालामा चमक आउँछ । नियमति प्याज खाएमा मुटुमा समस्या ल्याउने खराब कोलेस्ट्रोललाई हटाउन सकिन्छ । प्याजलाई पानीमा भिजाएर केही मिनेट राखेर खाँदा शरीरलाई शितल प्रदान गर्छ । त्यस्तै प्याजलाई ज्वरो आउदा पनि प्रयोग गर्न सकिन्छ । हनहनी ज्वरो आउदा प्याजको टुक्रालाई निधारमा राखेमा ज्वरो घट्छ । प्याजलाई हल्का पानीमा डुबाएर निधार, पैताला र हातखुट्टामा दल्दा बिरामीलाई हल्का महशुस हुन्छ । गर्मीमा नाथ्रो फुटेर नाकबाट रगत आएको छ भने प्याजलाई दुई तीन टुक्रा बनाउनुहोस र बेस्सरी नस लिनुहोस वा सुघ्नुहोस नाकबाट रगत आउन छाड्छ ।

७. हींग (Asafoetida) 



हींगले पाचनक्रिया मजबुत बनाउछ । श्वासप्रश्वाससम्बन्धी रोगबाट बचाउछ । रोघाखोकी लाग्नबाट बचाउछ । तातो पानीमा राखेर हिंग खाँदा ब्रोन्काइटिसमा राहत मिल्छ । पेट दुख्दा तातो पानीसंग हींग खाँदा दुखाई कम हुन्छ । दाँत दुखेमा हींग खाँदा राहत मिल्छ । दुखाई भएको ठाउमा हींगको लेप लगाउदा दुखाई कम हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउछ । दाद, लुतो भएको ठाउमा हिंगको लेप लगाउदा औषधिको काम गर्छ । कब्जियत भएमा तातो पानी र हिंग खाँदा फाइदा हुन्छ ।
 
८. जाइफल (Nutmeg)



जाइफल घोटेर दूधमा मिसाई पिउनाले निद्रा लाग्दछ तर, यो बढी मिसाएमा बढी नशाकारक एवम् हानिकारक हुन सक्दछ । जीउ दुखेमा, हातगोडा गलेमा जाइफललाई पानी वा दूधमा पकाइ पिउने गर्दा त्यो समस्या केही क्षणमै सुधार हुन्छ । त्यसैगरी तोरीको तेलमा जाइफल थिचेर फुराउने र त्यसलाई जीउमा दल्दा जीउ दुखाइमा आराम पाइन्छ । जाइफल र तीतेपातीको पातलाई तोरीको तेलमा पानी दोब्बर राखी उमाल्ने र कम आँचमा पकाई पानी सुकाउने । उक्त तेललाई जोर्नी दुखेको ठाउँमा राखी कपडाले बेर्ने गर्दा दुखाई सञ्चो हुन्छ । एक लिटर दूधमा थोरै जाइफल राखेर पकाउने र पिउने बेलामा १ चम्चा मह र सानो टुक्रा शिलाजित मिसाइ पिउने गर्दा नपुंसकता एवम् शीघ्रपतन सम्बन्धी यौन समस्या ठीक हुन्छ । तर, यसको केही महिनासम्म प्रयोग गर्नुपर्छ ।
मुटु कमजोर भएका ब्यक्तिलाई महमा मिसाई नित्य केही मात्रामा सेवन गर्दा फइदा हुन्छ । डरलाग्ने, मुटु बढी ढुकढुक हुने, झस्किने लक्षणहरु उत्पन्न भएमा दूध र शिलाजितका साथमा थोरै जाइफल मिसाई प्रयोग गर्दा फइदा हुन्छ । भोक नलाग्ने भएमा केही दिन जाइफको टुक्रा चुस्नाले भोक बढी लाग्न थाल्दछ ।

९. तुलसी (Holy Basil)


तुलसीले रोगका किटाणु नष्ट गर्न मद्दत गर्छ । यदि घरअगाडि तुलसीको बोट रोपिन्छ भने हावा पनि शुद्ध हुन्छ, आसपासका हानिकारक किटाणु पनि प्रभावहिन हुन्छन् । तुलसीमा एन्टीबायोटिक गुण हुन्छ, जो मलेरिया रोगका लागि लाभकारी हुन्छ । तुलसीको सेवनबाट शरीरमा रोग प्रतिरोधी क्षमता बढ्छ, यसको कुनै साइडइफेक्ट हुँदैंन र यसको सेवनबाट रुघाखोकी, निमोनिया निको हुन्छ । यस्तै यसको सेवन गरेपछि श्वास गन्हाउदैन । कफ तथा बाडुलीमा तुरुन्त आराम मिल्छ । यस्तै, बान्ता रोक्न, कुष्ट तथा विषनाशक तथा मानसिक पीडा हटाउन तुलसी लाभदायी मानिन्छ ।तुलसीको पहेंलो पातमा हरियो रंगको एक तैलीय पदार्थ पाइन्छ, यो पदार्थ हावामा मिसियो भने कैयौं किटाणु मर्छन् । पानीमा तुलसीको पत्ता राखेर पिएमा पेटको समस्या समाधान हुन्छ भने अनुहारलाई पनि चम्किलो बनाउँछ । तुलसीको प्रयोगले स्मरणशक्ति बढाउँछ भने यसमा पाइने विशेषप्रकारको एसिडले दुर्गन्ध भगाउँछ । तुलसीको प्रयोगले शरीरको सेतो दाग पनि हट्छ, किनकी यसले हाम्रो रगतलाई पनि सफा बनाउँछ । तुलसीको पातलाई चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । अथवा तुलसीको पातलाई सुकाएर दालचिनी, तेजपत्ता, सुपलगायत मिसाएर धुलो बनाएमा चियाको रुपमा प्रयोग गर्न सकिन्छ । दमको रोगीले तुलसीको पातलाई काँडा बनाएर हरेक दिन तातो पार्दै बिहान बिहान पिएमा लाभदायी हुन्छ ।
खोकी र ज्वरोमा तुलसीको पात उमालेर दिएमा फाइदा हुन्छ । तुलसीले रगतमा कोलस्ट्रोलको मात्रा नियन्त्रित गर्छ, नियमित सेवनले वजन घटाउँछ । तुलसीको रसमा केही नुन मिसाएर बेहोस मानिसको नाकमा अलिकता राखिदिने हो भने होस चाँडै खुल्छ । चिया बनाउँदा तुलसीको केही पात पनि उमाल्ने हो भने रुघा, ज्वरो तथा शरीरको दुखाई कम हुन्छ । तुलसीको रसलाई ५ ग्राम महका साथ खाने हो भने बाडुली रोकिन्छ, दमका रोगीलाई लाभदायी हुन्छ ।

१०. ल्वाङ (Clove)


ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ । यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ । यस्तै, यसमा भिटामिन ए तथा सि, म्याग्नीज र फाइबर पनि पाइन्छ । ल्वाङ प्राकृतिक पेनकिलरको रुपमा पनि प्रयोग गरिन्छ । यसमा रहेको युजेनल आयल दाँतको दुखाईका लागि लाभदायी मानिन्छ । जतिसुकै दाँत दुखेपनि ल्वाङको तेल लगाउनाले दुखाई तत्कालै निको हुन्छ । यसमा एन्टीब्याक्टेरियल विशेषता हुन्छ, जसका कारण यसको प्रयोग टुथपेष्ट, माउथवास तथा क्रिम बनाउन प्रयोग हुन्छ । जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक हुन्छ । कैयौं अरोमा विशेषज्ञहरु जोर्नी दुख्ने समस्याका लागि ल्वाङको तेल सिफारिस गर्छन् । ल्वाङका तेल सुँघ्नाले रुघा, कफ, दम, ब्रोङकाइटिस, साइनसाइटिसजस्ता समस्यामा तुरुन्त आराम मिल्छ । ल्वाङको तेलमा एन्टीसेप्टिक गुण पनि हुन्छ, जसबाट फंगल संक्रमण, काटेको, घाउ भएको र छालासंबन्धी अन्य समस्यामा यसको प्रयोग गरिन्छ । ल्वाङको तेल सिधै नभई कुनै तेलमा मिसाएर लगाउनुपर्छ ।
 
११. सुकुमेल (Green Cardamom)

भोक नलाग्ने, बान्ता हुने, अपच हुने आदि समस्या छन् भने सुकुमेल खानाले कम हुन्छ । तिर्खा लागिरहन्छ अथवा घाँटी पोल्ने गरिरहन्छ भने सुकुमेल मिसाइएको पानी पिउँदा राम्रो हुन्छ । छातीमा कफ जमेको छ र सास लिन गाह्रो भइरहेको छ भने सुकुमेल खानाले कफ बाहिर निस्कन्छ र शरीरलाई राहत मिल्छ । रुघाखोकी लागेको छ अथवा घाँटी खसखस भइरहने समस्या छ भने सुकुमेललाई पिसेर महसँग खानुपर्छ । सुक्खा खोकी लागेको छ भने सुकुमेल, तोरीको तेल र चिनी मिसाएर खानुपर्छ । यसले कफ बाहिर निकाल्न मद्दत गर्छ । ज्वरो आएर जीउ पोलेको छ भने सुकुमेल खानाले सहज महसुस हुन्छ ।-
साभार: स्वास्थ्य खबरपत्रिका

थाइराइडको समस्यामा खानाको छनोट २ जया प्रधान jaya.pradhan@hotmail.com

इराइड ग्रन्थि घाँटीको फेदनिर श्वासनलीको माथिल्लो भागमा पुतली आकारको हुन्छ । यो ग्रन्थिले आयोडिनयुक्त हर्मोन थाइरोक्सिन अर्थात् त्घ निकाल्छ । यी हर्मोनहरू टाइरोसिन नामक एमिनो एसिड र आयोडिन मिलेर बन्छन् । शरीरका कोषहरूमध्ये थाइराइड ग्रन्थिको कोषले मात्र आयोडिन सोसेर लिन सक्छ । यसरी बनेको हर्मोनले सीधै रगतमा गएर शरीरको मेटाबोलिजम क्रिया सुचारु राख्नुको साथै क्याल्सियम सन्तुलन राख्न र कोषहरूमा प्रोटिन बनाउन प्रेरित गर्छ । एक स्वस्थ व्यक्तिमा थाइराइड ग्रन्थिले करिब ८० प्रतिशत थाइरोक्सिन हर्मोन बनाउँछ भने २० प्रतिशत ट्राइआयोडोथाइरोक्सिन बनाउँछ ।

खानाबाट प्राप्त हुने आयोडिनको मद्दतले थाइराइड ग्रन्थिले थाइरोक्सिन हर्मोन बनाउने हुनाले दैनिक भोजनमा आयोडिनको परिमाण सन्तुलित हुनुपर्छ । अन्य विविध कारणहरूबाहेक भोजनमा आयोडिनको कमी वा असन्तुलन भएमा थाइराइड ग्रन्थिको कार्यमा गडबडी आई स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ ।

शरीरमा थाइरोक्सिन हर्मोनको मात्रा सन्तुलित हुन जरुरी पर्छ । थाइरोक्सिन हर्मोन जति बढी हुन्छ शरीरमा शक्तिको मेटाबोलिजम पनि त्यति नै बढ्छ । शरीरमा यो हर्मोनको कमी भएको अवस्थामा मेटाबोलिजम क्रिया पनि ढिलो हुन्छ । यस प्रकार थाइराइड ग्रन्थिले आवश्यकभन्दा बढी हर्मोन बनाएको छ भने त्यस अवस्थालाई हाइपर–थाइरोइडिजम  भनिन्छ भने ग्रन्थिले आवश्यक मात्रामा हर्मोन बनाउन नसकेको अवस्थालाई हाइपो–थाइरोइडिजम भनिन्छ ।

हाइपर र हाइपो–थाइरोइडिजम दुवै अवस्थाले मेटाबोलिजम क्रिया (पौष्टिक तत्त्वबाट प्राप्त क्यालोरी शक्तिमा रूपान्तरण गर्ने क्रिया), शरीरको वृद्धि र विकासमा प्रभाव पार्ने भए तापनि वयष्क व्यक्तिहरूमा हाइपर (उच्च)भन्दा हाइपो (न्यून) थाइरोइडिजमको समस्या भएको कुरा अध्ययनले देखाएको छ । विशेषगरी ५० वर्ष उमेरका महिला तथा गर्भवती एवम् सुत्केरी महिलाहरूमा हाइपो–थाइरोडिजमको समस्या बढी पाइन्छ ।

बढ्ने उमेरका केटाकेटीमा यो हर्मोनको कमी भएमा शारीरिक तथा मानसिक विकासमा नकारात्मक प्रभाव पर्न सक्छ । यसको कमीले शारीरिक रूपमा देखिने विकृतिमा पुड्को हुने, अनुहारको छाला मोटो, सुक्खा, चाउरी पर्ने हुन्छ भने मानसिकरूपमा राम्ररी बोल्न नसक्ने लठेब्रो किसिमको हुन्छ । गर्भवती महिलामा यो हर्मोनको कमी भयो भने बच्चा जन्माउन अयोग्य÷असमर्थ हुनुको साथै जन्मेको बच्चा पनि अड्डभड्ड हुनसक्छ ।

हाइपो–थाइरोइडिजमले गाँड आउने, जन्मदोष हुने, उच्च कोलेस्टेरोल तथा ट्राइग्लिसिराइडका साथै मुटुसम्बन्धी समस्या पनि आउन सक्छ ।

वयष्क एवम् प्रौढ व्यक्तिहरू हाइपरभन्दा हाइपो थाइरोइडिजमबाट बढी पीडित रहेको कुरा अनुसन्धानले देखाएको छ । यसबाट देखिने लक्षण व्यक्तिअनुसार फरक हुनुको साथै सबैमा नदेखिन पनि सक्छ ।

लक्षणहरू प्रायः सबैमा नदेखिने हुनाले व्यक्तिमा हाइपर वा हाइपो थाइरोइडिजम छ भन्ने कुरा रगत जाँचबाट पहिचान गर्न सकिन्छ । थाइराइडको समस्या छ भने डाक्टरले सिफारिस गरेको औषधि लिनुपर्छ । यो समस्याको उपचारको प्रमुख उपाय औषधि नै हो । तर पनि औषधिसहित उपयुक्त खाना र शारीरिक व्यायाम अपनाउन सकेमा लिइरहेको औषधिले शरीरमा गर्ने कामलाई अझ प्रभावकारी बनाई जटिल समस्या हुनबाट बचाउन सक्छ ।

हाइपो–थाइरोइडिजममा शरीरको मेटाबोलिजम क्रिया कम हुने भएकोले शारीरिक तौल बढ्ने हुन्छ । यस्तो स्थितिमा खानाबाट प्राप्त भएको क्यालोरी उपयुक्त मात्रामा अक्सिडेसन (जलनक्रिया) हुन सक्दैन । यस अवस्थामा दैनिक भोजनमा क्यालोरीको मात्रा सन्तुलित राख्न आवश्यक हुन्छ । भोजनमा प्रशस्त मात्रामा हरियो सागसब्जी, ताजा फलफूल, पूर्ण प्रोटिनको खाद्यस्रोत र उचित चिल्लो पदार्थ समावेश गर्नुपर्छ । बिरामीको मेटाबोलिजम क्रिया सुस्त हुने भएकाले दिनभरिको भोजनलाई थोरै–थोरै परिमाणमा धेरै पटक प्राप्त हुने किसिमले व्यवस्था गर्नुपर्छ ।

हाइपो–थाइरोइडिजममा आवश्यक पर्ने पौष्टिक तत्त्व
ग्रन्थिले आवश्यक मात्रामा हर्मोन बनाउन नसकेको अवस्थालाई हाइपो–थाइरोइडिजम भनिन्छ । यस अवस्थामा भोजनमा हुनुपर्ने पौष्टिक तत्त्व यहाँ उल्लेख गरिन्छ ।

फाइबरः– यस अवस्थामा एकातिर कब्जियत र बढी तौलको समस्या हुने भएकोले भोजनमा खस्रोपना र फाइबरयुक्त खाद्यपदार्थ समावेश गर्नुपर्ने हुन्छ भने अर्कोतिर फाइबरयुक्त खाद्यपदार्थले यस अवस्थामा लिने औषधिको प्रभावकारितालाई कम गर्ने हुनाले फाइबर भएको खाद्यपदार्थको उचित छनोट गरी ठीक मात्रामा भोजनमा समावेश गर्नुपर्छ । साधारण स्वस्थ व्यक्तिको दैनिक भोजनमा करिब ३०–३५ ग्राम फाइबर आवश्यक हुन्छ भने यस अवस्थामा १५ ग्राम फाइबर प्राप्त हुने गरी भोजनको व्यवस्था गर्नुपर्छ ।

सेलिनियमः– सेलिनियम तत्त्वले थाइराइड ग्रन्थिमा बन्ने थाइरोक्सिन हर्मोनलाई सक्रियरूपमा अर्थात् ट्राइआयोडोथाइरोनिन हर्मोनमा परिणत गर्न मद्दत पुर्याउँछ । टुनामाछा, नट्स, बोसोरहित कुखुरा–टर्कीको मासु, प्याज, लसुन, खमीर, पूरै अन्न, चिल्लोरहित दूध तथा दूधका परिकार सेलिनियमका स्रोत हुन् ।

आयोडिनः– यस अवस्थामा आयोडिनको कमी हुने भएकोले भोजनमा आयोडिनयुक्त खाद्यपदार्थहरू जस्तै– चिज, अण्डा, माछा, स्रिम्प माछा, सामुद्रिक झारपात, माछाको तेल, आयोडिनयुक्त नून आदि समावेश गर्नुपर्छ ।

टाइरोसिनः– थाइराइड ग्रन्थिमा हर्मोन बन्नको लागि आयोडिनको साथै टाइरोसिन नामक एमिनो एसिड पनि आवश्यक हुनाले यो तत्त्वयुक्त खाद्यपदार्थहरू जस्तै– माछा, कुखुराको मासुको ब्रेस्ट, केरा, फर्सी, तिल, कागजी बदाम, दाल, गेडागुडी आदि भोजनमा समावेश गर्नुपर्छ ।

यी माथि उल्लिखित पौष्टिक तत्त्वबाहेक प्रोटिन, भिटामिन ई, बी, सी र खनिज पदार्थ जिड्ढ, तामा पनि आवश्यक पर्ने हुनाले यी तत्त्वहरू पाइने खाद्यपदार्थहरू पनि भोजनमा समावेश गर्नुपर्छ ।

हाइपो–थाइरोइडिजममा परहेज गर्नुपर्ने खाद्यपदार्थ
न्यष्तचयनभलष्अ युक्त खाद्यपदार्थः– न्यष्तचयनभलष्अ पदार्थ अर्थात् गलगाँड आउन मद्दत पुर्याउने पदार्थ भएका खाद्यपदार्थले थाइरोक्सिन बन्नको लागि आवश्यक पर्ने तत्त्व आयोडिन ठीक रूपमा प्रयोग हुन बाधा पुर्याउँछ । यो तत्त्व विशेषगरी भटमास तथा भटमासका परिकार, काउली वर्गका तरकारी, ब्रोकाउली, काउली, बन्दा, सलगम, रायोको साग, बदाम, मुला, स्ट्राबेरी, ओखर, आरू आदिमा पाइन्छ ।

प्रशोधित अन्नः– प्रशोधित अन्नबाट बनेका खाद्य परिकारमा आवश्यक पौष्टिक तत्त्वहरूको मात्रा कमी हुने तर कार्बोहाइड्रेटको मात्रा बढी हुने भएकाले यस्तो खाद्यपदार्थबाट क्यालोरी मात्र पाइने हुनाले यसको समावेशलाई न्यून गर्नुपर्छ ।

गुलियो र तयारी खाद्यपदार्थः– गुलियो खाद्यपदार्थ विशेषगरी मनोस्याकराइडको कार्बोहाइड्रेटको मात्र उत्तम स्रोत हुने भएकोले भोजनमा यस्तो खाद्यपदार्थको समावेश कम गर्नुपर्छ । यसबाहेक तयारी खाद्यपदार्थ पनि कार्बोहाइड्रेट, चिल्लो पदार्थको मात्र स्रोत भएकाले यसलाई पनि कम गर्नुपर्छ । यसैगरी कफी, अल्कोहलको उपभोग पनि कम गर्नुपर्छ ।

बोसोयुक्त मासु, चिल्लोयुक्त दूध र दूधका परिकारः– बोसो तथा छाला रहेको मासुमा बढी चिल्लो विशेषतः अतृप्त फ्याटी एसिड हुन्छ । त्यसैले एकातिर यसप्रकारको चिल्लो पदार्थले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ भने अर्कोतिर यस अवस्थामा बिरामीको शरीरको तौल बढी हुने भएकोले यस्ता खाद्यपदार्थले तौल बढाउन थप मद्दत पुर्याउने हुन्छ । त्यसैले सकेसम्म यस्ता खाद्यपदार्थको परहेज गर्नुपर्छ ।

माथि उल्लिखित पौष्टिक तत्त्व र केही खाद्यपदार्थको समावेशमा विशेष ध्यान दिनुको साथै ग्लुटिनयुक्त खाद्यपदार्थ जस्तै– गहुँ, रेय ९च्थभ०, जौ, ओट आदिको समावेशमा पनि ध्यान पुर्याउनुपर्छ । यसैगरी फ्लोराइड र क्लोरिन तत्त्वले पनि हर्मोन बनाउन आवश्यक तत्त्व आयोडिनको उपयोगमा बाधा पुर्याउने हुनाले पानीको उपभोग गर्दा पनि ध्यान पुर्याउनुपर्छ ।

हाइपो–थाइरोइडिजममा भोजनको व्यवस्था
दैनिक भोजनको व्यवस्था गर्दा सबै खाद्यसमूहबाट ठीक परिमाणमा खाद्यपदार्थको छनोट गरी खाद्यपदार्थ सन्तुलित बनाउनुपर्छ ।

दैनिक भोजनलाई सकेसम्म ५–६ पटक खाने किसिमले व्यवस्था गर्नुपर्छ ।

हरेक पटकको खानाबाट लगभग ३०० क्यालोरी प्राप्त हुने किसिमले भोजनको व्यवस्था गर्नुपर्छ ।

कम क्यालोरी, बढी प्रोटिन (पूर्ण–प्रोटिन)युक्त भोजनको व्यवस्था गर्नुपर्छ ।

दैनिक भोजनमा आयोडाइज नूनको प्रयोग गर्नुपर्छ ।

हरियो सागपातमा न्यष्तचयनभलष्अ पदार्थ अर्थात् गलगाँड आउन थप मद्दत पुर्याउने तत्त्व हुनाले यो पदार्थ निष्क्रिय बनाउन खाद्यपदार्थ पकाउनुपर्छ ।

भोजनमा प्रशस्त सफा पिउने पानी, ताजा फलफूलको जुस समावेश गर्नुपर्छ ।

समुद्रमा पाइने विभिन्न जातका माछा तथा अन्य खान हुने सामुद्रिक झारपात आयोडिनको उत्तम स्रोत भएकोले भोजनमा समावेश गर्नुपर्छ ।

अक्सिजन प्राप्त हुने किसिमको शारीरिक व्यायाम, कसरत र मानसिक तनाव कम गर्न ध्यान पनि गर्नुपर्छ ।







हाइपरथाइरोडिजम थाइराइड ग्रन्थिको कार्यको गडबडीबाट हुने स्वास्थ्य समस्या हो । यस अवस्थामा ग्रन्थिले आवश्यकताभन्दा बढी हर्मोन पैदा गर्दछ । यस ग्रन्थिबाट पैदा हुने हर्मोन थाइरोक्सिन र ट्राइआयोडोरोनिनले शरीरको आवश्यकताअनुसार क्यालोरीबाट शक्ति प्रदान गर्ने, न्यानो अनुभव गराउने, शरीरको तौल ठीक राख्ने जस्ता विविध कार्यहरूमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । अर्थात् शरीरको मेटाबोलिजम क्रिया ठीक राख्छ ।

यस अवस्थामा साधारण स्वास्थ्य स्थितिमा भन्दा बढी हर्मोन पैदा हुने भएकोले मेटाबोलिजम क्रिया छिटो हुन्छ । यसले गर्दा शक्ति बढी पैदा भई गर्मी महसुस हुने र ठीक मात्रामा खाना खाँदा पनि शरीरको तौल कम हुन सक्छ । साथै खानाप्रति रुचि प्रशस्त हुँदाहुँदै पनि तौल घट्नाले अन्योलमा पर्ने हुन्छ । तौल घट्नुको साथै बेलुकीपख बढी थाकेको महसुस हुन्छ र रातमा राम्ररी निद्रा नलाग्ने हुन्छ । यसले गर्दा व्यक्तिमा चिडचिडेपन र नैराश्यता पैदा हुन सक्छ ।

साधारणतया सुरुको अवस्थामा कुनै लक्षणहरू देखिँदैनन् । बिस्तारै रोग बढ्दै गएपछि बिरामीले लक्षण अनुभूति गर्न सक्छ । यस अवस्थामा प्रायः देखिने लक्षणहरू– गर्मी खप्न नसक्ने, शरीरको तौल घट्ने, मुटुको धड्कन तेज हुने, दिसा–पखाला लाग्ने, थकाइ लाग्ने, खानाप्रति रुचि बढ्ने, हात काँप्ने, मांसपेशी कमजोर हुने, केश झर्ने, आँखाको बल बाहिर निस्कने आदि हुन् । यी लक्षणहरू प्रायः हाइपरथाइरोडिजममा देखिने भए पनि सबैमा नदेखिन पनि सक्छ । कुनै अन्य स्वास्थ्य समस्याका कारणले गर्दा पनि यी लक्षण देखिन सक्ने हुनाले रोगको पहिचानको लागि व्यक्तिको रगत जाँच गर्न जरुरी हुन्छ ।

हाइपोथाइरोडिजममा जस्तै यसको उपचार पनि औषधिबाटै हुने भएकोले सम्बन्धित डाक्टरबाट सिफारिस औषधिको सेवन नियमित र समयमा गर्नुपर्छ । औषधिको साथै बिरामीले आफ्नो स्वास्थ्यस्थितिअनुरूप उपयुक्त एवम् सन्तुलित भोजनको व्यवस्था गर्नुपर्छ । उपयुक्त भोजनले औषधिको कार्यलाई अझ प्रभावकारी बनाउनुको साथै स्वास्थ्यस्थितिलाई नियन्त्रण राख्न पनि मद्दत पुर्याउँछ ।

हुन त यस अवस्थाको उपचारको लागि निश्चित भोजनको व्यवस्था नभए तापनि व्यक्तिको अवस्था हेरी उपयुक्त खाद्यपदार्थको छनोट गरी भोजनमा समावेश एवम् परहेज गर्न सकेमा थाइराइड ग्रन्थिको कार्यमा नियन्त्रण तथा हर्मोन बन्ने कार्यमा सन्तुलन ल्याई स्वास्थ्यस्थितिमा सुधार ल्याउनमा मद्दत पुर्याउँछ । विशेषगरी यस अवस्थामा तौल घट्ने तथा मांसपेशी तन्तुहरूसमेत नष्ट हुने भएकाले बिरामीको शारीरिक तौल हेरी बढी क्यालोरी, बढी प्रोटिनयुक्त भोजनको व्यवस्था गर्नुपर्छ । शरीरको तौलअनुरूप बढी क्यालोरीयुक्त खानाले तौल सन्तुलित राख्न मद्दत पुर्याउँछ भने बढी प्रोटिनयुक्त भोजनले मांसपेशी तन्तु बनाउन मद्दत गर्छ । साधारण अवस्थामा भन्दा तौल घटेको स्थितिमा दैनिक क्यालोरीको मात्रा ४०० देखि ५०० क्यालोरी बढाउनुपर्ने हुन्छ । यसैगरी प्रोटिनको हकमा १.५ देखि २ ग्राम प्रतिकिलो शरीरको तौलअनुसार बढाउनुपर्छ । साथै पूर्ण प्रोटिन विशेषतः पशुजन्य स्रोतबाट प्राप्त खाद्यस्रोत जस्तै– मासु, अण्डा, दूध आदि दैनिक भोजनमा समावेश गर्नुपर्छ ।

थाइराइड ग्रन्थिले क्याल्सिटोनिन  नामक हर्मोन पनि बनाउँछ । जुन हर्मोनले रगतमा क्याल्सियम ठीक राख्न मद्दत पुर्याउँछ । हाइपरथाइरोडिजम भएको अवस्थामा क्याल्सिटोनिन हर्मोनको उत्पादन पर्याप्त हुन सक्दैन । यसले गर्दा हाड कमजोर हुने अर्थात् अस्टियोपोरोसिस ९ग्कतभयउयचयकष्क० को प्रबल सम्भावना हुने भएकोले हाड मजबुत र स्वस्थ राख्ने तत्त्वहरू जस्तै– क्याल्सियम र भिटामिन ‘डी’युक्त खाद्यपदार्थ भोजनमा प्रशस्त समावेश गर्नुपर्छ । बिरामीको अवस्था हेरी प्राकृतिक तवरले खानाबाट मात्र यी तत्त्वहरू पर्याप्त पूर्ति हुन नसकेमा डाक्टरको सल्लाहबमोजिम थप औषधि पूरकको रूपमा लिनुपर्ने हुन्छ ।

यसैगरी शरीरको मेटाबोलिजम तथा थाइराइड ग्रन्थिको क्रिया ठीक राख्न आयोडिन तत्त्व आवश्यक हुन्छ । यस अवस्थामा थाइराइड ग्रन्थिमा हर्मोन बन्ने कार्य तीव्र हुने र आयोडिन तत्त्वले यस कार्यमा साथ दिने हुनाले ग्रन्थिको कार्यलाई नियन्त्रण गर्न भोजनबाट प्राप्त हुने आयोडिन अर्थात् आयोडिनयुक्त खाद्यस्रोतको समावेशलाई कम गर्नुपर्छ । यस्तो स्थितिमा दैनिक सिफारिश गरेअनुरूप आयोडिन समावेश गरी यस स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न सकिन्छ । एक दिनमा साना केटाकेटीलाई ५०–१०० माइक्रोग्राम र ठूला वयष्कहरूलाई १५० माइक्रोग्राम आयोडिन आवश्यक हुन्छ ।

क्रुसिफेरस  जातका तरकारीहरू जस्तै– बन्दा, काउली, ब्रोकाउली आदिमा आयोडिनलाई निष्क्रिय पार्ने तत्त्व हुन्छ । यसलाई ग्वाइट्रोजेनिक तत्त्व भनिन्छ । यो तत्त्वले गर्दा खाद्यपदार्थमा भएको आयोडिन थाइराइड गन्थिले राम्ररी प्रयोग गर्न सक्दैन । फलस्वरूप ग्रन्थिको कार्यमा कमी आई हर्मोन उत्पादनमा बाधा पुर्याउने हुनाले यस अवस्थामा क्रुसिफेरस जातका तरकारी भोजनमा समावेश गर्दा आयोडिनको प्रयोगमा कमी भई ग्रन्थिमा उत्पादन हुने हर्मोनमा समेत नियन्त्रण हुन्छ । यसले गर्दा हाइपरथाइरोइडिजमको समस्यालाई नियन्त्रण गर्न मद्दत पुर्याउँछ ।

यसैगरी जरा वर्गका सागसब्जी, सलगम, मूलामा थायोग्लुकोसाइड ९त्जष्यनगिअयकष्मभ० तत्त्व हुन्छ । यसले आयोडिनको शोषणमा बाधा पुर्याउने हुनाले थाइराइड ग्रन्थि बढी सक्रिय हुनमा नियन्त्रण गर्दछ । यस प्रकार क्रुसिफेरस तथा जरावर्गका सागसब्जी दैनिक भोजनमा समावेश गर्दा एकातिर थाइराइड ग्रन्थिको कार्यमा नियन्त्रण भई थाइरोक्सिन हर्मोनको उत्पादन ठीक रूपमा हुन मद्दत पुर्याउँछ भने अर्कोतिर यस अवस्थामा पौष्टिक तत्त्व बढी खेर जानाले उल्लिखित सागसब्जीबाट आवश्यक भिटामिन तथा खनिज पदार्थ प्राप्त गर्न सकिन्छ ।

हाइपर थाइरोइडिजम नियन्त्रण गर्न खानामा ध्यान दिनुपर्ने कुराहरू

दैनिक भोजन स्वस्थ र सन्तुलित हुनुपर्दछ । सन्तुलित भोजनले औषधिको कार्यलाई प्रभावकारी बनाउन मद्दत पुर्याउँछ ।

अवस्थामा हाड पनि कमजोर हुन सक्ने भएकाले क्याल्सियम तथा भिटामिन ‘डी’युक्त खाद्यपदार्थहरू जस्तै– दूध, दूधबाट बनेका परिकार (चिल्लो कम भएका), सालमोन जातका माछा, अण्डा, च्याउ आदि भोजनमा समावेश गर्नुपर्छ ।

ओमेगा ३ फ्याटी एसिडयुक्त खाद्यपदार्थको समावेशबाट शरीरले आवश्यक फ्याटी एसिड प्राप्त गरी स्वस्थ राख्नुको साथै थाइराइड ग्रन्थिको कार्यलाई ठीक राख्न मद्दत पुर्याउँछ । ओखर, कागजी बदाम, ओलिभ तेल, फ्लेक्स तेलहनजस्ता खाद्यपदार्थ भोजनमा समावेश गर्नुपर्छ ।

एन्टिअक्सिडेन्टयुक्त खाद्यपदार्थ– अंगुर, बेरी, ताजा फलफूल तथा साग–तरकारी भोजनमा समावेश गर्दा थाइराइड ग्रन्थिको कार्यलाई नियन्त्रण गर्नुको साथै शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्वहरू पनि प्राप्त गर्न सकिन्छ ।

काउली, बन्दा, ब्रोकाउली, सलगम, भटमास आदि साग, तरकारी भिटामिन तथा खनिज पदार्थका उत्तम स्रोत हुनुको साथै यी तरकारीहरूमा भएको ग्वाइट्रोजोनिक तत्त्वले आयोडिन शोषणमा बाधा पुर्याउने हुनाले भोजनमा यी खाद्यपदार्थहरू समावेश गर्दा थाइराइड ग्रन्थिको कार्यमा नियन्त्रण हुन सक्छ ।

हरेक छाकमा प्रोटिनयुक्त खाद्यपदार्थ जस्तै– चिल्लोरहित मासु, दूध, अण्डा आदि भोजनमा समावेश गर्दा शरीरमा नष्ट भएका तन्तु बनाउन, मर्मत गर्न मद्दत पुर्याउँछ । यदि शाकाहारी भएमा वनस्पति स्रोत जस्तै– गेडागुडी, नट्स आदि खानामा समावेश गर्नुपर्छ ।

हाइपरथाइरोइडिजममा मुटुको धड्कनमा प्रभाव पार्ने हुनाले मुटु स्वस्थ राख्ने खाना जस्तै– ताजा फलफूल, हरियो सागसब्जी, कम चिल्लोयुक्त दूध एवम् मासु भोजनमा समावेश गर्नुपर्छ । साथै तृप्त फ्याटी एसिड, कोलेस्टेरोल, सोडियम, बढी चिनीयुक्त खाद्यपदार्थको उपयोगमा सतर्कता अपनाउनुपर्छ ।

दैनिक खाने खानाबाहेक ठीक अर्थात् मध्यम खालको व्यायाम गर्नाले शरीरमा नष्ट भएका तन्तु, मांसपेशी तन्दुरुस्त राख्न मद्दत पुर्याउँछ ।

थाइराइड के हो ? यो रोग लाग्नुको प्रमुख कारण र यस रोग बाट बच्ने उपाएहरु जानिराखौ

थाइराइड भनेको एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको अगाडीको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ ।  थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ । तर जब थाइराईड ग्रन्थीको प्रणालीमा बाधा उत्पन्न हुँदा विभिन्न स्वास्थ्य समस्या आउने गर्दछन् । तथ्यांकले लाखौं मानिस थाइराईडले प्रभावित भएको देखाउँछ । 'समस्या के छ भने धेरैलाई आफूलाई थाइराईड भएको पत्तै पाउँदैनन्।'
यदि थोरै खाना खाँने गर्दा पनि ताैल बढिरहेको छ, साना साना कुराले पनि तनाव दिईरहेको , सन्तान प्राप्तिको लागि समस्या छ र पटक पटक गर्भ तुहिने समस्या छ भने हामीलाई थाइराइड पनि भएको हुनसक्छ ।
थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।

यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन । अथवा बढी काम गर्न दिँदैन । कहिलेकाहिं रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी देखिन्छ । तर, केही समयपछि यो समस्या आफै निको भएर जान्छ । कसैलाई मुटु र डिप्रेशनको औषधिका कारण पनि थाइराइडको समस्या हुनसक्छ । थाइराइड रोग जो सुकैलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ । तर महिलामा बढी देखिन्छ । रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो ।  बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ । यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् । यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।

थाइराइडका लक्षण:-
-अस्वाभाविक रूपमा ताैल बढ्नु
-गलगाँड आउनु
-तनाव
-छिटो छिटो महिनावारी हुनु र अत्यधिक रक्तश्राव
-कपाल झर्नु
-छाला फुस्रो हुनु
-मुटुको गति सुस्त हुनु
-चाँडो थकाई लाग्नु
-मुड छिनछिनमा परिवर्तन भईरहनु र कमजोर --- -स्मरणक्षमता
-चिसो लाग्नु
-आवाजमा भारीपन बढ्नु
युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ । शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पुर्याउनु पर्छ ।  रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्छ ।थाइराइडका कारण बाँझोपनको समस्या पनि आउन सक्छ । थाइराइडले पुरुषमा यौनइच्छामा कमी र वीर्यमा कमी देखिन्छ भने महिलामा अण्डा उत्पादन गर्नमा कठिनाई र छिटो रजनोवृत्ति हुन सक्छ ।
 
थाइराइड हुनबाट बच्न कस्तो भोजन लिने ?
हाइपोथाइरोडिजम भएकालाई भर्जिन नरिवलको तेल लाभदायक हुन्छ । यसमा चेन फ्याटी एसिड हुन्छ जसले मेटाबोलेटिज्मलाई बढाएर वजन घटाउन मद्दत गर्छ ।
१. कृत्रिम चीनीको प्रयोगबाट बच्ने
२. बदाम लगायतका चिल्ला ड्राइफुट नखाने, धुमपानबाट बच्ने र पोषणका औषधीहरु नखाने
३. आवश्यक मात्रामा आयोडिन र भिटामिन ए को सेवन गर्ने । एक वयस्क व्यक्तिका लागि १ सय ५० माइक्रोग्राम आयोडिन प्रतिदिन लिन आवश्यक छ ।
४. बन्दा, काउली, ब्रोकोली जस्ता तरकारीबाट बनेका काँचो सलाद नखाने । यी तरकारीमा पाइने गोट्रोजेन्स नामको तत्वले थाइराइडलाई प्रभाव पार्छ । बरु पकाएर खानाले खासै असर गर्दैन ।
५. सामुद्रिक माछा प्रशस्त खाने । त्यस्तै हरियो पत्तेदार तरकारी र दुग्धजन्य पदार्थमा पनि प्रशस्त आयोडिन पाउन सकिन्छ ।
६. अण्डा, पहेलो पाकेको फलफूल र हरिया सागसब्जीले भिटामिन ए को मात्र परिपूर्ति गर्छ ।
७. गर्भवती महिलालाई प्रतिदिन २ सय २० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने हुनाले यसमा विशेष विचार पुर्याउने ।

नियमित अाैषधी सेवनबाट थाइराइड निको हुन्छ ।
(स्रोत:स्वास्थ्य सम्बन्धि  पत्रिका)




थाइराइड भनेको के हो ? यो कस्तो रोग हो ?
यो आफैमा रोग होइन । थाइराइड भनेको हार्मोन उत्पादन गर्ने ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा हुन्छ । यसले उत्पादन गर्ने हर्मोनमा घटी र बढी भयो भने मात्र यसको असर देखिने हो । थाइराइड भन्ने ग्रन्थी घाँटीमा हुन्छ तर यसले निकाल्ने हर्मोनले शरीरका हरेक अंङ्गलाई प्रभाव पार्छ । यसैले शरीरको हरेक क्रियाकलाप नियन्त्रण गरेको हुन्छ । यसले उत्पादन गर्ने हर्मोन धेरै भयो भने र ग्रन्थीले काम कम ग¥यो भने पनि शरिरको बृद्धिविकास नै रोकिन्छ ।

यस्तो के कारणले हुन्छ ?
आयोडिनको कमी हुँदा, खानामा रासायनिक पदार्थ अत्यधिक भएमा र शरीरमा किटाणुसँग लड्ने क्षमताको कमी भएमा हर्मोनको तलमाथि हुन सक्छ । अनि यसले प्रभाव देखाउन थाल्छ । धेरैलाई मुटु र डिप्रेसनका औषधी सेवन गर्दा र सिटीस्क्यान गरेका बिरामीहरुमा पनि यस्तो हुन सक्छ ।

थाइराइड कति प्रकारका हुन्छन् ?
थाइराइड आफैंमा शरीरलाई नभइ नहुने एउटा ग्रन्थी हो । यो रोग भन्दा पनि यसले दुई अबस्थामा शरीरलाई असर गर्छ । पहिलो, थाइराइड ग्रन्थीले चाहिने भन्दा बढी हार्मोन उत्पादन गर्दा र दोस्रो, चाहिने भन्दा कम हार्मोन उत्पादन गर्दा हाम्रो शरीरमा असर देखिन्छ । यी दुई अबस्थालाई हाइपर र हाइपो थाइरोडिज्म भनिन्छ । थाइराइड ग्रन्थीले शरीरमा अत्यधिक हार्मोन उत्पादन गर्ने प्रक्रियालाई हाइपर थाइरोडिज्म्  भनिन्छ भने शरीरमा चाहिने भन्दा कम हार्मोन उत्पादन गर्ने अबस्थालाई हाइपो थाइरोडिज्म् भनिन्छ ।

शरीमा थाइराइड कम उत्पादन हुँदा र बढी उत्पादन हुँदा के के लक्षण देखिन्छ ?
थाइराइड ग्रन्थीले  शरीरको हरेक क्रियाकलापको नियन्त्रण र सञ्चालन गर्ने हुँदा थाइराइडलाई शरीरको एक्सीलेटर समेत भन्ने गरिन्छ । थाइराइड बढी उत्पादन भयो भने खान कम रुच्ने, खाना कम खाए पनि शरिर मोटाउदै जाने, बच्चाको मोटोपन अत्याधिक बढ्ने तर, उचाइ र दिमाग नबढ्ने, गर्भवती हुन चाहानेको गर्भ नबस्ने, बसेको गर्भ तुहिएर जाने आदि लक्षणहरु देखा पर्छन् । शरीरमा थाइराइडले अत्यधिक हर्मोन उत्पादन गरेर यो समस्या आएको हो भन्ने बुझ्नु पर्छ ।

०००घाँटीमा रहने थाइराइड भन्ने ग्रन्थीले शरीरको हरेक क्रियाकलाप नियन्त्रण गरेको हुन्छ । यसले उत्पादन गर्ने हर्मोन धेरै भयो भने र ग्रन्थीले कम काम गर्यो भने पनि शरीरको बृद्धिविकास नै रोकिन्छ ।

त्यस्तै खानामा अति नै रुचि भए पनि शरीरमा दुब्लोपन बढ्दै जाने, कपाल झर्ने, शरीर आलस्य हुने, रुघाखोकी बारम्बार लागिरहने, गलगाँड आउने, महिलाको महिनावारी छिटो छिटो वा अत्यधिक ढिलो हुने ,आवाजमा भारीपन आउने, छाला फुस्रो हुने, कसैकसैको आँखा बाहिर निस्कने, खुट्टा नचल्ने समेत समस्या आउन सक्छ । हाइपो थाइरोडिज्म् अर्थात शरीरमा थाइराइड ग्रन्थीले कम काम गरेको भन्ने बुझिन्छ ।

कस्ता मान्छेलाई थाइराइड बढी हुन्छ ?
यो सबैलाई नै हुन्छ । सबै उमेर समुहका र सबै बर्गका मान्छेलाई हुन्छ । तर बढी महिलाहरुलाई हुन्छ । यो १० जना मानिसमा लाग्यो भने नौ जान महिला र एक पुरुषमा देखापर्छ  ।

महिलाहरुमा बढी हुने कारण चाहीँ के हो ?
महिलाहरुको शारीरिक बनौट पुरुषहरुको तुलनामा अलि फरक खालको हुन्छ । उनीहरुको शरीरमा सजिलै हर्मोन तलमाथि हुनसक्के भएर पनि यो थाइराइडको असर बढी देखिएको हो । पुरुषहरुमा हुँदै हुँदैन भन्ने होइन । महिलाको तुलनामा पुरुषमा कम मात्र हुन्छ ।

यो बेला के के कुरा खानु हुदैन ? मुख बार्नै पर्ने कुरा के के हुन् ?
यो बेला मुख बार्नु पर्ने केही कुरा पनि  हुँदैन । यत्ति हो काउली, बन्दामा यो ग्रन्थी लाई बढाउने एक प्रकारको एसिड हुन्छ । त्यो पनि काँचै र धेरै खाँदा मात्र । पकाएर खाँदा यसले त्यत्ति असर गर्दैन । त्यसैले खानै नहुँने भन्ने चिज नै हुँदैन ।

के खाएमा यसको नियन्त्रण हुन्छ ?
थाइराइड घटबढ भएकाहरुका लागि आयोडिन र भिटामिन ए को प्रयोग गर्नु अतिनै राम्रो हुन्छ । सामुद्रिक खानेकुराहरु माछा, सामुद्रिक झारयुक्त खाना खाने, हरियो साग–सब्जी, दूधजन्य पदार्थ, अण्डा र पहेंलो पाकेको फलफूलको प्रयोगले थाइराइडको नियन्त्रण गर्न सकिन्छ ।

पेटमा बच्चा हुँदा थाइराइडको गडबडी भयो भने बच्चा पाउनु हुन्न भनिन्छ किन ?
एक त थाइराइड गडबडीको समयमा गर्भ रहंदैन । गर्भ बस्यो नै भने पनि गर्भ धारणको अबस्थाका महिलाहरु अति नै कमजोर हुन्छन् । यो अबस्थामा कुनै पनि रोग हुँदा बच्चा पाउनु उपयुक्त हुँदैन । त्यसमाथि थाइराइड गडबडी भएको बेला त झनै आमाको शरीर अतिनै कमजोर भएको हुन्छ । यस्तो बेला थाइराइडको उपचार नगरी वच्चा जन्माउँदा बच्चाको बृद्घि र विकास हुन पाउँदैन । त्यही कारणले बच्चा सानो दिमाग भएको र अपाङ्ग, जन्मन्छ । त्यसै कारण बच्चा नपाउन डाक्टरहरुले सल्लाह दिएका हुन् । पेटमै बच्चा भए पनि थाइराइडको उपचार गरेर मात्र बच्चा जन्माउनु पर्छ ।

०००थाइराइड बढी उत्पादन भयो भने खान कम रुच्ने, खाना कम खाए पनि शरीर मोटाउँदै जाने, बच्चाको मोटोपन अत्याधिक बढ्ने तर, उचाइ र दिमाग नबढ्ने, गर्भवती हुन चाहानेको गर्भ नबस्ने, बसेको गर्भ तुहिएर जाने आदि लक्षणहरु देखा पर्छन् ।

नेपालमा पछिल्लो समय थाइराइडको समस्या बढेको वताउने धेरै भेटिन्छन् । के थाइराइडको समस्या हुने मान्छेको संख्या बढेको हो ?
नेपालमा थाइराइडको समस्या लिएर आउने मान्छे ह्वात्तै बढेका छन् । टिचिङअस्पतालमा दुई दिन काम गर्दा र मेट्रो अस्पतालमा थप चार दिन काम गर्दा मैले एक बर्षयता थाइराइडका विरामी चार गुणाले बृद्घि भएको अनुभव गरेकी छु ।

यसको पहिचान कहिले भएको हो ? नेपालमा अहिले मात्र यसको उपचारमा चासो हुनाको कारण केहो ?
यो रोग उहिल्यै पत्ता लागेको रोग हो । तर पहिला पहिला नेपालमा यसको टेष्ट गर्ने मेशीन आइपुगेको थिएन । मान्छेहरु यसको टेष्टको लागि भारत जान्थे । पछि एउटा मेशीन आयो, त्यो पनि अति नै महङ्गो थियो । सबैको पहुँचमा थिएन । अहिले सबैले टेष्ट गर्न सक्ने भए र हरेकले यसको बारेमा जानेर सचेत भएका मात्र हुन् ।

रोगहरु मध्ये थाइराइड कुन प्रकारको हो ? कुन समुहकालाई बढी हुन्छ ?
यो सामान्य प्रकारको रोग हो । यो जुनसुकै उमेर समुहकालाई पनि हुन सक्छ ।




थाइरोइड के हो ?
डा मनिषा मिश्रका अनुसार थाइरोइड पुतली आकारको ग्रन्थी हो । यो घाँटीको अग्र भागमा रहेको हुन्छ । भन्छिन् यसको प्रमुख काम थाइराइड ग्रन्थी निकाल्नु हो । थाइराइडले मतिष्कको तल्लो भागमा अवस्थीत पिट्युटरी ग्रन्थीको निर्देशनमा विभिन्न किसिमका हर्मोनहरु उत्पादन गर्छ । यी हर्मोनहरु रगतमा मिसिएर शरीरका सम्पुर्ण अंगहरुमा पुग्छन । हेरक कोष कोषहरुलाई सही तरिकाले काम गर्न यी हर्मोनहरुले उत्प्रेरित गर्दछन । तर थाइराइड ग्रन्थीबाट कम मात्रामा हर्मोन उत्पादन हुँदा वा उत्पादन नै नहुँदा शरीरमा देखा पर्ने प्रभावहरुको समष्टी रुप नै थाइराइड समस्या हो । खासगरी थाइराइड हर्मोनले शरीरको वृद्धि र विकासमा सहयोग गर्दछ । यसले शरीरको तापक्रम नियन्त्रण गर्नुका साथै विभिन्न अंगको काममा मद्धत गर्दछ । तर थाइराइड हर्मोनको कमीले गर्दा शरीरमा असामान्य असरहरु देखा पर्दछ ।

यस कारण हुन्छ थाइरोइड समस्या ?
शरीरको प्रतिरक्षा प्रणाली अनावश्यक रुपमा सक्रिय भइ थाइराइड ग्रन्थीको सुजन भएमा ।
शल्यचिकित्साद्धारा थाइराइड ग्रन्थी निकालिएको अवस्थामा ।
आयोडिनको कमी भएको अवस्थामा ।
पिटुटरी ग्रन्थीमा समस्या भइ थाइराइड ग्रन्थीमालाई काम गर्न सघाउने हर्मोन कम भएमा ।
विकिरणको प्रभाव स्वरुप थाइरोइड ग्रन्थीमा हानी पुग्नाले ।
जन्मजात रुपमै थाइरोइडको हर्मोन कमी हुनाले ।

थाइरोइडका सामान्य लक्षण
डिप्रेसन हुनु, अस्वभाविक तौल बढनु, अत्याधिक थकान हुनु, कपाल झर्नु, छाला सुख्खा हुनु, कोलोस्टोरल बढनु, महिनावारी गडबढी हुनु, बाँझोपन हुनु, गर्भ खेर जानु, खुट्टा सुन्निनु, अत्याधिक दिषा लाग्नु, हात काम्नु, सुत्न कठिनाइ हुनु, घाँटी सुख्खा हुनु, मुटुको चाल बढनु, शरीर झमझम गर्नु आदि थाइरोडका लक्षण हुन् ।

थाइराइडको उपचार नगरे के हुन्छ ?
थाइराइडको उपचार हुन नसके नराम्रो कोलेस्टोरोलको मात्र बढाउँछ । कब्जियत बढाउँछ । आन्द्राको चालको कमी हुन्छ । बाझोपना ल्याउने, महीनावारी कम हुने हुन्छ । गर्भवती भएमा शिशुको शारीरीक र मानसिक विकास हुदैन । त्यसैगरी डिप्रेसन हुने, एकाग्रतामा कमी हुने, केही चीजमा चाख नहुने हुन्छ । मुटुको चाल कम हुन्छ । रक्तचाप कम वा बढी हुन्छ । रक्त संञ्चालनमा कमी हुन्छ । मृगौलाको कार्यमा बाधा पुग्दछ । शरीरमा पानीको मात्रा बढेर खुट्टा वा शरीर शुन्निने हुन्छ ।

थाइराइड समस्यामा खानपान
डा मनिषाका अनुसार यस रोगीले सकेसम्म परिस्कृत गरिएका खानाहरु खानु हुदैन । फलफुलको नियमित सेवन गर्नुपर्दछ । त्यसैगरी यी रोगीको लागि सागपात र हरियो तरकारी उपयुक्त हुन्छ । माछामा आयोडिनको मात्रा बढी हुने भएकोले माछा पनि खानको लागि उपयुक्त हुन्छ । स्वस्थ खाने तेलको प्रयोग गर्नु पर्दछ ।

मधुमेह र थाइरोइड तथा हर्मोन रोगकोे सघन उपचारको लागि खोलिएको गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र गोंगबुमा कार्यरत डा मनिषा थप परामर्श र उपचारका लागि आफनो कार्यालयमा विरामीलाई स्वागत गर्छिन । भन्छिन् ‘यस्ता रोगीहरुले डाक्टरहरुलाई आफना समस्या प्रष्ट राख्न सक्नुपर्छ । मधुमेह र थाइरोइड दुवैका लागि ताजा खाना र नियमित व्यायामको आवश्यकता पर्ने उनी बताउँछिन । यस्ता समस्या देखिएमा तुरुन्त डाक्टरहरुको सम्पर्कमा रहनुपर्ने सल्लाह उनको छ ।





थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ ।  थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ । हाइपर थाइरोइडिज्म् २ बर्ष औषधि सेवन गरे निको हुनसक्छ । हाइपो थाइरोडिज्म्मा चाहिँ धेरैजसो  बिरामीले जीवनभरी नै औषधि सेवन गर्नुपर्छ ।
यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन । अथवा बढी काम गर्न दिँदैन । कहिलेकाहिं रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी देखिन्छ । तर, केही समयपछि यो समस्या आफंै निको भएर जान्छ । कसैलाई मुटु र डिप्रेशनको औषधिका कारण पनि थाइराइडको समस्या हुनसक्छ ।  थाइराइड रोग जो सुकैलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ । तर यो रोग महिलामा बढी देखिन्छ । रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो ।  बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ । यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् । यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।
हाइपो थाइराइडिज्म्मा महिनावारी नियमित नहुने, मोटोपना, अल्छी हुने, मोटाउने, शरीर सुन्निने, दिक्क लाग्ने, अनावश्यक जाडो हुने, प्रजनन् क्षमतामा कमी हुने हुन्छ । कसै कसैलाई कपाल झर्ने लक्षण पनि देखिन्छन् । हाइपरथाइराइडीज्म्मा मानिस एकदमै दुब्लाउने, मुटुको धड्कन बढ्ने, शरीरको तापक्रम बढ्ने, भोक बढी लाग्ने तर दुब्लाउने, दिसा बढी लाग्ने, महिनावारी गडबडी हुने, मन आत्तिने र मानसिक तनाव बढी हुने हुन्छ ।  युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ । शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पु¥याउनु पर्छ ।  रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्ने उदाहरण पनि प्रशस्त छन् । मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ । कहिले काहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ । थाइराइड अटो इम्युन रोग भएकाले खाना बार्नु पर्दैन ।
हाइपो थाइराइडिज्म्का लक्षण
महिनावारी नियमित नहुने
मोटोपना
अल्छी लाग्ने
शरीर सुन्निने
दिक्क लाग्ने
अनावश्यक जाडो हुने
कपाल झर्ने
प्रजनन् क्षमतामा कमी आउने ।


हाइपर थाइराइडिज्म्का लक्षण
एकदमै दुब्लाउने
मुटुको धड्कन बढ्ने
शरीरको तापक्रम बढ्ने
भोक बढी लाग्ने तर दुब्लाउने
दिसा बढी लाग्ने
महिनावारी गडबडी
मन आत्तिने
मानसिक तनाव बढी हुने
कपाल झर्ने ।

डा. दिना श्रेष्ठ, इन्डोक्राइनोलोजिष्ट, नर्भिक अस्पताल

यात्रा गर्दा वान्ता (उल्टी) हुन्छ? अपनाउनुस यी सजिला घरेलु उपाय

यात्रा गर्दा शरीरका इन्द्रीयहरु आँखा, कान आदिले सन्तुलित ढंगबाट आ–आफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य वान्ता उत्पन्न हुन्छ । मोसन सिकनेस पनि व्यक्तिपिच्छे फरक–फरक हुन्छ । कसैलाई सवारी साधन जस्तैः– बस, ट्याक्सी, हवाईजहाज चढेको केही मिनेटमै सुरु हुन्छ भने कसैलाई घन्टौं पछि । मोसन सिकनेस भएमा यात्रा सार्है कष्टकर हुन्छ ।
अतः आफ्नो यात्रा सुखदायी र रमाईलो बनाउनका लागि हाम्रै घर भान्सामा प्रयोग हुने केही प्रभावकारी घरेलु उपाय र औषधीय गुणयुक्त जडिबुटीको बारेमा जानकारी लिई राखौं ।



१. जेठीमधु : यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ । अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसीरहनु पर्दछ ।

२. ल्वाङ्ग : ल्वाङ्ग मुखमा राखेर चुसीरहँदा पनि वान्ता हुँदैन ।

३. जामुन : जामुनको फल तथा यसका पातहरुमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ । अतः जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको वीच–वीचमा अलि–अलि रस पिउँदा पनि वान्ता हुँदैन । साथै जामुनको फल नै फलफुलका रुपमा प्रयोग गर्न सकिन्छ ।

४. आँप : काँचो आँपले खानामा रुची लगाउँछ, खाना पचाउन सहयोग गर्दछ । त्यही आँपको पातले वान्ता रोक्ने काम गर्दछ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर वीच वीचमा पिउने गर्नुपर्दछ ।

५. सौंफ : सौंफले पनि वान्ता रोक्ने काम गर्दछ । यात्राका क्रममा मुखमा सौंफ राखेर चपाईरहँदा पनि वान्ता हुँदैन ।

६. अदुवा : रुघा खोकी, अरुची आदिमा प्रयोग गरिने तथा दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ । अतः यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसीरहँदा पनि मोसन सिकनेस कम हुन्छ ।

यसैगरी फलफुलका रुपमा प्रयोग हुने दाडिम (अमिलो अनार), बयर, बिमिरो आदि यात्राका क्रममा पटक–पटक खाँदा पनि मोसन सिकनेस कम गर्न सकिन्छ । अथवा माथि भनिएका मध्ये मौसम अनुसार काँचो आँप वा दाडिम जे उपलब्ध हुन्छ त्यही लिई त्यसको जुस बनाउने र उक्त जुसमा पुदिना, अदुवा, ल्वाङ्ग मिसाएर अलिकति नुन र सौंफको पाउडर पनि राखी यात्राका क्रममा पटक–पटक पानीका रुपमा प्रयोग गर्दा पनि मोसन सिकनेसलाई कम गर्न सकिन्छ ।

छोटो यात्रामा भन्दा लामो यात्रामा, सोझो बाटोमा भन्दा घुम्ती बाटोमा बढी उल्टी हुनु स्वभाविकै हो। उल्टी हुनु नहुनुमा मानिसको प्रकृति तथा स्वस्थ र अस्वस्थ अवस्थाले पनि फरक पार्छ। यदि तपाइँहरूलाई पनि लामो यात्रा गर्दा उल्टी हुने गरेको छ भने निम्न लिखित कुरामा ध्यान दिनु भई पालना गर्नुभयो भने यसबाट मुक्ति पाइन्छ।

  • सम्भव भएसम्म रात्रिबसमा यात्रा गर्ने।
  • अगाडिका सिटहरूमा मात्र सीधा अगाडि फर्केर बस्ने। क्याविनमा भए पनि हुन्छ।
  • यात्रा सुरु हुनुभन्दा १ घण्टा जति अगाडि नै हल्का तातो खाना खाने।
  • खाना खाँदा तरल पदार्थ बढी खाने। भोको पेट पटक्कै नहिँड्ने यात्रा गर्नुभन्दा १ घण्टा अगाडि औषधि खाने (डाक्टरको राय लिई)
  • बस चढेपछि सकेसम्म निदाउने निन्द्रा नलागे पनि आँखा चिम्लने। यात्रा गर्नुभन्दा अगाडि रातमा कम निदाएमा सो दिन अवश्य निन्द्रा पर्छ।
  • मुख खाली नराख्ने। प्रायः नुनिलो पदार्थ चापाइराख्ने (जस्तै अदुवा±नुन या हजमोला क्याण्डी) आदि।
  • बसको घ्यार घ्यार आवाजबाट पेट नर्थकोस् भनी पेटमा टाइट हुने गरी ५-७ फन्का पटुका कस्ने।


भोजन-ज्ञान : हामीले के खाएर गलत गर्दै छौँ, स्वस्थ रहन के खाने ?

डा. योगी विकाशानन्द

एउटा भनाइ छ- तिमी त्यस्तै बन्छौ, जस्तो खान्छौँ । हाम्रो शरीरमा ५० मिलियनभन्दा बढी सेल खानाबाट बनेका हुन्छन् । मस्तिष्कका सेल पनि खानाबाट बन्छन् । अब मस्तिष्कको बनावटजस्तो छ, सोच-विचार, कार्य पनि त्यस्तै हुन्छ । त्यसकारण भोजनलाई ध्यान दिनुपर्ने हुन्छ । तर, हामी नेपालीले भोजनमा गल्ती गरिरहेका छौँ, यो मेरो मेडिकल बुझाइ हो । किनकि म अल्टरनेटिभ मेडिसिनमा ट्रेन भएको व्यक्ति हुँ ।

खानाका वर्ग
भोजनलाई पाँच वर्गमा विभाजन गर्न सकिन्छ- कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन्स र मिनिरल्स । यी पाँच वर्गभित्र हामीले खाने सबै भोजन पर्छन् ।

१) कार्बोहाइड्रेट
सबैभन्दा बढी कार्बोहाइड्रेट खान्छौँ । कार्बोहाइड्रेट भन्नासाथ जति पनि अन्न वर्ग छन्- गहुँ, जौ, मकै, कोदो, फापर र चामल र आलु-सखरखण्ड पनि कार्बोहाइड्रेटभित्रै पर्छन् । सहर-बजार क्षेत्रका मानिसले प्रायः चामल खान्छन् । नेपालका हुनेखानेले खाने भनेकै ह्वाइट राइस अर्थात् रिफाइन गरिएको चामल हो । डायबिटिज लागेपछि डाक्टरले ह्वाइट राइस खान दिँदैनन् । किनकि यो खायो भने सुगर बढ्छ । धेरै खायो भने त चामलले पनि सुगर जन्माउँछ, अझ सुगर भएका मान्छेका लागि ह्वाइट राइस विष हो । ‘ह्वाइट राइस इज ह्वाइट पोइजन’ भनेर अहिले संसारभरि नै भनिन्छ । वास्तवमा खानुपर्ने ब्राउन राइस अर्थात् नफलेको चामल हो । यदि आफूले बनायो भने, यो तुलनात्मक रुपमा सस्तो पनि हुन्छ ।

नेपालमा जहिले पनि ५० प्रतिशतभन्दा बढी विद्यार्थी फेल हुँदै आएका छन् । यसमा दुई कारण छन्, एक त एजुकेसनको क्वालिटी छैन हाम्रोमा, अर्को असन्तुलित भोजन । ब्राउन राइस वा नफलेको भिटामिन बी वान र बी टु विद्यमान रहन्छ । तर, रिफाइन वा प्रशोधित गरिसकेपछि चामलबाट त्यो भिटामिन हट्छ । यी दुवै भिटामिनको भूमिका मेमोरी, कन्सन्ट्रेसन बढाउने र इनर्जी ल्याउने हुन्छ । मेमोरी, कन्सन्ट्रेसन र इनर्जी नबढाई विद्यार्थीले राम्रो गर्न सक्दैन । त्यसकारण हामीले ब्राउन राइस खान आवश्यक छ ।
हामीले ह्वाइट राइस खान थालेको धेरै भएको छैन, किनकि मिल आउनअघि हामीले ब्राउन राइस नै खान्थ्यौँ ।


चामलभन्दा गहुँ उत्तम
हाम्रो परिप्रेक्ष्यमा ह्वाइट राइस अथवा चामल खाने मान्छेभन्दा रोटी खाने मान्छे बढी शक्तिशाली भएको देखिन्छ । जस्तो, हाम्रो देशमा सबैभन्दा धनी मान्छेको एउटा वर्ग छ, मारवाडी, उनीहरूले रोटी वा गहुँ खान्छन् । त्यस्तै, हाम्रोमा मिहिनेतको काम गर्ने मधेसीहरू पनि रोटी खान्छन् । रोटी अर्थात् गहुँमा भिटामिन ई बढी हुन्छ । भिटामिन ईको मात्रा बढी हुँदा शरीरलाई पनि बढी इनर्जी प्राप्त हुन्छ । त्यस्तै, भिटामिन ईले सेक्स हर्मोन टेस्टोनटेरोन बनाउन पनि भूमिका खेल्छ । भिटामिन ई बढ्दा सेक्स हर्मोन बढ्छ, सेक्स हर्मोन बढ्दा मान्छेमा सिर्जनशीलता पनि बढ्छ । किनकि सेक्स पनि क्रियसन नै हो ।

गहुँ खाँदा शरीरमा गर्मी बढ्छ, तर चामलले चिसो गर्छ । चिसो मान्छे कहीँ पनि काम लाग्दैन । चिसो मान्छे रमाइलो पनि हुँदैन । रमाइलो, क्रियटिभ मान्छे, धेरै काम गर्न सक्ने मान्छे त तातो हुनुपर्छ ।
भारतीय मूलका नागरिकले भात र रोटी ब्यालेन्स गरेर खान्छन् । तर, हामीले सधैँ भात मात्रै खाइरहन्छौँ । गहुँ नखानुको परिणामस्वरुप हामीलाई इनर्जी प्राप्त भएन ।

गहुँभन्दा जौ उत्तम
संसारको परिप्रेक्ष्यमा गहुँ खाने मान्छे भन्दा पनि जौ खाने मान्छे शक्तिशाली भएको पाइएको छ । खासगरी सभ्यता र आधुनिक विज्ञानको विकास गर्ने मान्छेहरूले जौ खाएको पाइन्छ । युरोप, अमेरिकातिर बिहानै ब्रेक फास्ट जौबाट सुरु हुन्छ, उनीहरू जौको ओटमिल खान्छन् । उनीहरू संसारका सबैभन्दा सिर्जनशील देखिएका छन् । पछिल्लो रिसर्चले यो देखाएको छ कि जौ यस्तो चिज हो, जसले मानिसलाई डिप्रेसन नै हुन दिँदैन, मेन्टल्ली रिल्याक्स गर्छ । जौमा यस्ता तत्त्व हुन्छन्, जुन तत्वले ब्रेनका सेल ड्यामेज हुँदा रिपेयर गर्छ । शरीरमा रहेका विकार फाल्ने काम पनि गर्छ । गेडागुडीमा भिटामिन बी-१२ पाइँदैन । यो माछामासु, दूध-दहीमा पाइन्छ । भिटामिन बी-१२ पुगेन भने पनि ब्रेन सोलो हुन्छ ।

जस्तो, मानिसलाई रुघा लाग्छ, शरीरमा मुसा आउँछ, यो भाइरल इन्फेक्सनका कारण हुन्छ । भाइरल इन्फेक्सनको औषधि हुँदैन । ब्याक्टेरियल इन्फेक्सन हुँदा एन्टिबायोटिक्स दिइन्छ । तर, जौ खाइरहने मानिसलाई भाइरल इन्फेक्सन हुँदैन । ह्वाइट ब्लड सेलले भाइरसलाई मार्न सक्छ । ह्वाइट ब्लड सेलको विकासमा पनि जौले काम गर्छ । त्यस्तै, डिप्रेसन हुन नदिने तत्व पनि जौमा पाइन्छ । कार्बोहाइड्रेट पाइनेमा जौ सर्वश्रेष्ठ हो । तर, हामीले जौ खाँदै खाँदैनौँ । यसकारण हामीले भोजनमा परिवर्तन ल्याउँदै जौ नियमित खान आवश्यक छ । जसरी युरोपियन र अमेरिकनहरूले पहिलो ब्रेक फास्ट नै जौ खान्छन् ।

मकैले शक्ति दिन्छ
हाम्रो पहाडी भेगमा बढी मकै फल्छ र खाइन्छ । ब्रेनसँग रिलेटेड तत्व मकैमा हुँदैन । मकैभन्दा भात, गहुँ, जौ नै उत्तम हुन्छ । तर, मकैमा जति इनर्जी दिने तत्व चामल, गहुँ, जौमा हुँदैन । त्यसकारण मकै खाने मानिस बडो बलवान हुन्छ । तर, मकै पनि समग्र नेपालीले कमै खान्छन् । कतिले त खाँदै खाँदैनन् । अमेरिकामा मैले खाने शैली गज्जबको देखेँ, उनीहरू बिहान जे खान्छन्, दिउँसो त्यो खाँदैनन् । दिउँसो जे खान्छन्, बेलुका त्यो खाँदैनन् । त्यस्तै, आइतबार जे खान्छ, सोमबार त्यो खाँदैनन् । उनीहरूले भोजनलाई घुमाइरहन्छन् । हाम्रो के छ त भन्दा भोजनलाई घुमाउने होइन आफैँ एउटै भोजनको वरिपरि घुम्छौँ । रिसर्चले के देखाएको छ भने, बिहानको ब्रेकफास्ट नखानेहरू स्वस्थ हुँदैनन् । किनभने ब्रेकफास्ट खाएन भने सुगर लेभल तल-माथि भइरहन्छ ।

भोजन कसरी गर्ने ?
जौको सातु किन्न पाइन्छ । अथवा जौको चिउरा जसलाई ओटमिल भनिन्छ, बिहानमा जौको परिकार खाँदा राम्रो हुन्छ । यो महँगो चिज पनि होइन । खान पनि सजिलो छ, दूध, हर्लिक्स नभए तातोपानीमा मात्रै पनि भिजाएर खान सक्छौँ । पैसा छ भने, यसमा ड्राइफुड मिसाउन सकिन्छ- छोरा, पेस्ता, बदाम, ओखर आदि ।
रिसर्चले के देखाएको छ भने, बिहानको ब्रेकफास्ट नखानेहरू स्वस्थ हुँदैनन् । किनभने ब्रेकफास्ट खाएन भने सुगर लेभल तल-माथि भइरहन्छ । इनर्जी त ब्लड सुगरले नै दिने हो । त्यसैले बिहान ब्रेकफास्ट खाने मान्छे फ्रेस हुन्छ, काम गर्ने मुडमा हुन्छ ।

लन्चमा हामीले प्रायः ह्वाइट राइस खान्छौँ । तर, हामीले लन्चमा खानुपर्ने ब्राउन राइस हो । यसलाई भिजाएर पकाउनुपर्ने हुन्छ, पकाउनु जान्यो भने यो स्वादिलो पनि हुन्छ । ह्वाइट राइस खाँदा कति बेफाइदा हुन्छ र ब्राउन राइसले कति फाइदा गर्छ भन्ने माथि आइसक्यो । त्यस्तै, दिउँसो हामीलाई इनर्जी चाहिन्छ । इनर्जी मकैले दिन्छ । गाउँघरमा त मकै नै भुटेर खान सकियो । तर, सहरमा मकै भुट्न, पोल्न झमेला पनि हुन्छ र सधैँ भुटेको-पोलेको मकै किन्न पनि पाइँदैन । सहरमा मकैको रेडिमेट परिकार पाइन्छ- कोर्नफ्लेक्स । अन्य चिजभन्दा यो तुलनात्मक रुपमा सस्तो पनि छ । यसलाई पनि दूध, हर्लिक्स वा तातोपानीमा खान सकिन्छ ।

अब आयो, डिनर । डिनरमा रोटी भइदियो भने अति उत्तम । तर, रोटी मैदाको नभएर आँटाको हुनुपर्छ । मैदा पनि ह्वाइट राइसजस्तै हो । किनभने, मैदा रिफाइन गरिएको हुन्छ । रिफाइन गर्दा थुप्रै आवश्यक चिज पनि नष्ट पुग्छन् । गहुँ उसिनेर भातजस्तै पकाएर पनि खान सकियो ।दिनभरि यसरी मिलाएर खाँदा हामीले शरीरलाई आवश्यक थुप्रै तत्व खान सक्छौँ । त्यस्तै, कोदो र फापरलाई पनि बेला-बेला, हप्ता-हप्ता खान सक्छौँ । कार्बोहाइड्रेट पाइने यी चिजमा पनि फरक-फरक तत्व हुन्छन् । त्यसकारण स्वस्थ रहन हामीले मिलाएर अझ भनौँ समावेशी प्रकारको खाना खानुपर्छ । अहिलेसम्म साइन्समा नोबेल पुरस्कार जित्नेहरूमा प्रायः मासु खाने छन् । किनकि, माछामासुमा प्रोटिन पाइन्छ । भन्नुको मतलब, बढी दिमागको काम गर्नेका लागि एमिनो एसिड आवश्यक हुन्छ, यो प्रोटिनमा पाइन्छ ।

कार्बोहाइड्रेटको कार्य भनेको शरीरलाई इनर्जी दिने नै हो । जसरी मोबाइलले काम गरिरहन ब्याट्री वा इनर्जी चाहिन्छ, त्यसरी नै शरीरले पनि काम गर्न छोड्छ । इनर्जीको मूल स्रोत कार्बोहाइड्रेट नै हो । कार्बोहाइड्रेट पनि रिफाइन वा प्रशोधित होइन, कम्पाउन्ड वा मिश्रति नै खानुपर्छ ।

२) प्रोटिन
कार्बोहाइड्रेटमा हामीले जसरी गल्ती गर्यौँ, प्रोटिनमा पनि गरिरहेका छौँ । प्रोटिनमा माछा, मासु, अण्डा, दूध, दही र बोट-बिरुवाबाट आउने गेडागुडी नै पर्छन् ।

प्रोटिनले शरीरलाई के गर्छ ?
हरेक मिनेटमा शरीरका कोषहरू बिग्रँदै र भत्किँदै गइरहेका हुन्छन्, लाखौँ कोषहरू मरिरहेका हुन्छन् । यदि प्रोटिन पुगेन भने नयाँ सेल बन्दैन । प्रोटिनमा इमिनो एसिड पनि हुने भएकाले यो ब्रेनका लागि आवश्यक छ ।
यदि इमिनो एसिड ब्रेनमा पुगेन भने मान्छे एकाग्र हुन सक्दैन । एकाग्र हुन पनि आवश्यक मात्रामा भिटामिन बी वान र प्रोटिन चाहिन्छ । एल-फेनिलालानाइन भन्ने एमिनो एसिडको वर्ग छ, यो पुगेन भने बच्चाहरूले पढ्न-सिक्न सक्दैनन् । किनभने, एकाग्र हुन सक्दैन । रोचक के छ भने, अहिलेसम्म साइन्समा नोबेल पुरस्कार जित्नेहरूमा प्रायः मासु खाने छन् । किनकि, माछामासुमा प्रोटिन पाइन्छ । भन्नुको मतलब, बढी दिमागको काम गर्नेका लागि एमिनो एसिड आवश्यक हुन्छ, यो प्रोटिनमा पाइन्छ ।

रातो मासुले रोग हुर्काउँछ
प्रोटिनमा पनि हामीले रेडमिट (रातोमासु) खाइरहेका छौँ, जसमा चारखुट्टे जनावर पर्छन् । कसैले खसी खान्छन्, कसैले राँगा, कसैले सुँगुर-बँदेल खान्छन् । सुँगुर वा खसी खानु एउटै कुरा हो । यी सस्तो-महँगो जे भए पनि, सबै रेडमिटले शरीरलाई एकै प्रकारको असर गर्छ । वैज्ञानिक रिसर्चले रेडमिट शरीरका लागि हानिकारक रहेको देखाएको छ । यो मासु पोलेर खाँदा क्यान्सर हुने सम्भावना हुन्छ । यो मासु पोल्नासाथ क्यार्सिनोमास विकास हुन्छ, यसले क्यान्सर बनाउँछ ।

रेडमिटले पाँचभन्दा बढी रोग त सीधै हुर्काउँछ । पहिलो, यसले कोलेस्टेरोल बढाउँछ । कोलेस्टेरोलकै कारण ब्लड प्रेसर बढ्छ । ब्लड प्रेसरकै कारणले मुटुको रोग लाग्ने सम्भावना हुन्छ । मुटुको रोगका कारण पक्षघात हुने सम्भावना हुन्छ । युरिक एसिड बढेपछि दुखाइ बढ्छ । अर्को, क्यान्सर लाग्ने पनि सम्भावना हुन्छ । यी रोग हुर्काउन रेडमिटको भूमिका हुन्छ । तर, हामी नेपालीले प्रायः रेडमिट नै खान्छौँ ।

ह्वाइट मिटका फाइदा
हामीले खानुपर्ने ह्वाइट मिट हो- चिकेन, माछा । यो सस्तो पनि छ । चिकेन खाँदा माथिका रोग हुर्कने चान्स कम हुन्छ । विभिन्न पन्छी पनि ह्वाइट मिटमा पर्छन् । पहिला मानिसहरू जंगलमा बस्थे । मानिसले सभ्यता सिकेको १०-१२ हजार वर्ष मात्रै भयो । जंगलमा बस्दा चारखुट्टे जनावर मारेर खान्थे होला । जब मानिसहरू नदी वा समुद्र किनारमा आएर बस्न थाले, तब सभ्यता सुरु भएको पाइएको छ । किनभने, यिनीहरूले माछा खान थाले । माछा खान थालेपछि मान्छेहरूको बुद्धि र्यापिड्ली विकास भएको पाइएको विभिन्न खोजले देखाएको छ ।

अधिकांश ब्रेन फ्याटबाट बन्छ । ब्रेनको फ्याट र माछामा पाइन फ्याट मिल्छ । माछामा पाइने फ्याटलाई ओमेगा थ्री भनिन्छ, यो भनेको तेल वा फ्याटको एउटा जात । ओमेगा थ्री ब्रेन फ्रेन्ड्ली हुन्छ । डिप्रेसन छ, ब्रेनले राम्रो काम गरेको छैन भने ओमेगा थ्रीले राम्रो गर्छ । अहिले माछाको तेल मात्रै पनि पाइन्छ । अब माछाको तेल खानु राम्रो, किनकि यसले ब्रेनको विकास गर्छ । माछा अन्य मासुभन्दा सस्तो पनि छ । तर, नेपालीले माछा कति ठाउँमा पाउँदैनन्, पाउने ठाउँमा पनि खासै खाँदैनन् ।

भिटामिन बी-१२ पुगेन भने पनि ब्रेन सोलो हुन्छ । त्यसैले माछामासु, अण्डा नखानेले दूध-दही खानुपर्छ
अमेरिकातिर पनि भेजिटेरियन हुन्छन्, तर उनीहरूले अण्डा खाइरहेका हुन्छन् । हाम्रोमा कति भेजिटेरियन अण्डा पनि नखाने हुन्छन् । उनीहरूले गेडागुडी खान सक्छन् । भट्टमासमा सबैभन्दा बढी प्रोटिन पाइन्छ ।
गेडागुडीमा भिटामिन बी-१२ पाइँदैन । यो माछामासु, दूध-दहीमा पाइन्छ । भिटामिन बी-१२ पुगेन भने पनि ब्रेन सोलो हुन्छ । त्यसैले माछामासु, अण्डा नखानेले दूध-दही खानुपर्छ । यी खाना नखाँदा भिटामिन बी डिफिसेन्सी हुन्छ, यो भनेकै डिजिज अर्थात् रोग हो । भिटामिन बी-१२ को कमीले आउने रोगबाट बच्न पनि माछामासु, अण्डा नखाने हो भने दूध-दही रेगुलर खानैपर्छ ।

३) फ्याट
फ्याट भनेको चिल्लो वा तेल । शरीरलाई फ्याट चाहिन्छ, फ्याट भएन भने शरीर न्यानो बनाउँछ, इनर्जी पनि दिन्छ । फ्याट भएन भने शरीरमा आवश्यक हर्मोन बन्दैन, मान्छेको साइकोलजी नै डाउन हुन्छ । यो फ्याट पनि त्यति धेरै होइन, थोरै नै भए पुग्छ । र, फ्याटका स्रोत धेरै हुन्छन्- मकै, चामलमा पनि पाइन्छ ।
हामीले तोरीको तेल खान्छौँ, जुन अमेरिकामा ब्यान छ । अमेरिकामा ल्याब टेस्ट गर्दा तोरीमा युरुसिक एसिड देखियो, जुन स्वास्थ्यका लागि हानिहारक छ ।

चिल्लोमा पनि सबैभन्दा घटिया भनेको ट्रान्स फ्याट हो । यो शरीरका लागि अझ भनौँ ब्रेन र बडीका सबैभन्दा हानिकारक हुन्छ । यो फ्याट जनावरको बोसोमा पाइन्छ । जुन हामी नेपालीले प्रायः खाइरहेकै हुन्छौँ । डाइरेक्ट बोसो नखाए पनि मःमः खान्छौँ । मःमःमा बढी नै बोसो हुन्छ । अर्को ट्रान्स फ्याटको स्रोत वनस्पति हो । यो अझ मःमः भन्दा खतरनाक छ । प्रायः बजारमा पाइने मिठाई वनस्पति घिउबाटै बन्छन् । वनस्पति घिउ बनाउन सात सय डिग्री उमाल्नुपर्ने हुन्छ, यसो हुँदा यसमा भिटामिन मिनिरल्स बच्दैनन्, यो घिउ प्लास्टिकजस्तै हुन्छ ।

कुन तेल उत्तम ?
भट्टमासको तेल, सनफ्लावरको तेल फ्याटका लागि ठीकै हो, तर उत्तम चाहिँ होइन । बेस्ट तेल भनेको ओमेगा-थ्री नै हो, जसको स्रोत आलस हो । आलस तराईमा उत्पादन हुन्छ, पहाडमा हुँदैन । यो सस्तो पनि छ, तर हामी खाँदैनौँ । तराईमा पनि गरिबले मात्रै खाएको पाइन्छ । हुनेले पनि यो बेचेर अर्कै तेल ल्याउँछ । हामीकहाँ ओमेगा-थ्री विदेशबाट क्याप्सुलमा आउँछ । किनकि डक्टरले यो खान सिफारिस गरिरहेका हुन्छन् । तर, यसको स्रोत हामीकहाँ पाइने आलस नै हो ।

हामीले तोरीको तेल खान्छौँ, जुन अमेरिकामा ब्यान छ । अमेरिकामा ल्याब टेस्ट गर्दा तोरीमा युरुसिक एसिड देखियो, जुन स्वास्थ्यका लागि हानिहारक छ । अर्को स्वास्थ्यका लागि फाइदाजनक लिनोलेनिक एसिड पनि पाइयो । तर, एउटा मात्रै राम्रो भएर भएन, अर्को नराम्रोले स्वास्थ्यलाई हानि नै गर्ने भयो । योभन्दा राम्रो त भट्टमास, सन फ्लावर नै हुन्छ । युरोप अमेरिकातिर जैतुनको तेल खान्छन् । तर, जैतुन हाम्रोमा त्यति उत्पादन भइसकेको छैन, यो महँगो पनि छ । त्यसकारणका हाम्रा लागि सबैभन्दा उत्तम आलसको तेल नै हो ।

४) भिटामिन र मिनिरल्स
भिटामिन र मिनिरल्सको वर्ग फरक भए पनि काम एउटै हुन्छ । यी दुवैलाई प्रोटेक्टिभ फुड अर्थात शरीरलाई रक्षा गर्ने खाना भनिन्छ । हामीलाई रोग लाग्नै नदिने वा रोग प्रतिरोध गर्ने भिटामिन र मिनिरल्स नै हो । खानामा जति भिटामिन र मिनिरल्स हुन्छ, त्यति नै हामीलाई रोग लाग्दैन । जति कम हुन्छ, त्यति नै रोगले आक्रमण गर्छ ।

भिटामिनको मूल स्रोत तरकारी, सलाद, फलफूल हुन् । तर, हामी धेरैको फलफूल खाने सोच नै हुँदैन । जस्तो, बेलाबेला मासु खाएजस्तै बेलाबेला फलफूल खान सकिन्छ, त्यो पनि हामी गर्दैनौँ । प्राकृतिक चिकित्साको सिद्धान्तअनुसार रोग भनेको विकार जम्नु र उपचार भनेको विकार फाल्नु हो । तर, मेडिकल साइन्सले अहिले हजारभन्दा बढी रोग पत्ता लगाइसकेको छ । प्राकृतिक चिकित्साले यी हजारभन्दा बढी रोगलाई रोग नभनेर रोगका लक्षण भन्छ । जस्तो, आँखामा समस्या आयो, आँखाका धेरै थरी रोग हुन्छन् । ती रोग भनेकै विकार जमेको हो । विकार फाल्यो भने रोग जान्छ । त्यस्तै घाँटीमा विकार जम्यो भने टन्सिल हुन्छ, यसका पनि धेरै कारण हुन्छन् । भन्नुको मतलब धेरैतिर विकार जमेका हुन्छन् । जेहोस्, शरीरमा विकार जमेर नै रोग देखिने हो । विकार जम्नै नदिने वा जमिसकेको भए हटाउने हो भने स्वस्थ भइन्छ । भिटामिन र मिनिरल्सले शरीरका विकार फाल्ने काम गर्छ ।

भिटामिनको मूल स्रोत तरकारी, सलाद, फलफूल हुन् । तर, हामी धेरैको फलफूल खाने सोच नै हुँदैन । जस्तो, बेलाबेला मासु खाएजस्तै बेलाबेला फलफूल खान सकिन्छ, त्यो पनि हामी गर्दैनौँ । सलाद पनि हामी धेरैले खाँदैनौँ । हाम्रोमा एक टुक्रा मुला र एक-दुई टुक्रा प्याजको नाम नै सलाद हुन्छ । तर, गि्रन सलाद हुनलाई झन्डै पाँचथरीका काँचै खान मिल्ने साग र त्यसमा मुला, गाजर, प्याज, लसुन, कागती, खुर्सानी लगायत मिसाएर सलाद बनाउनुपर्छ । यसो भयो भने, खानामा भिटामिन र मिनिरल्सको कमी हुँदैन र हामी स्वस्थ रहन्छौँ ।

तामाको भाँडामा राखेको पानी पिउनुको फाइदा

तामालाई ओलीगोडिनेमिक (ब्याक्टेरियामा धातुको स्टरलाइज प्रभाव) को रुपमा चिनिन्छ । यसमा राखेको पानी पिउनाले ब्याक्टेरिया सजिलै नष्ट हुन्छ । प्रदुषित पानीको समस्यालाई ध्यानमा राख्दै आजभोलि मानिसहरुले आफ्नो घरमा वाटर प्यूरीफायरहरु लगाएका हुन्छन्। वाटर प्यूरीफायरले पानीमा भएका दूषित किटाणु मार्न मद्दत गर्छ। तर पुरानो जमानामा यस्तो सुविधा थिएन। यसको समाधानका लागि मानिसहरु तामाको भाँडामा पानी जम्मा गर्थे।

शास्त्र अनुसार पनि तामालाई पानी राख्न र पानी पिउनका लागि तामाको भाँडो उत्कृष्ठ मानिन्छ । तामाको भाँडामा राखेको पानी पिउनु उत्कृष्ठ मानिएको छ । तामाको भाँडामा रातभरि (कम्तिमा ८ घण्टा) पानी राख्ने र बिहान उठ्ने बित्तिकै मुख धोएर खाली पेटमा त्यो पानी  पिउनु पर्दछ ।

तामाको भाँडामा राखिएको पानी पिउनाले के के फाइदा हुँदोरहेछ त जानौं :

१. तामाको भाँडामा पानी राख्नाले विभिन्न प्रकारका फङ्गल, एलगी र पानीमा पाइने अन्य ब्याक्टेरियालाई सजिलै मार्छ। तामाले हाम्रो शरीरलाई धेरै किसिमले फाईदा गर्छ।

२. तामाले पानीमा हुने सम्पूर्ण प्रकारको ब्याक्टेरियाहरुलाई मार्छ जसले पखाला, आउँ र जन्डिस जस्ता रोगको खतराबाट बचाउँछ।

३. तामाको भाँडामा राखेको पानी पिउनाले एसिडिटी, ग्यास र कब्जियत जस्ता समस्यालाई टाढा राख्छ।

४. पाचन सही राख्नुका साथै तामाले फ्याट्टि कोषहरुलाई बढ्नबाट पनि रोक्छ।

५. यसले मोटोपन नियन्त्रण गर्छ।

६. तामामा पाइने खनिजले मुटुसँग जोडिएका समस्यालाई टाढा राख्छ।

७. रक्तचाप नियन्त्रण गर्नुका साथै नराम्रो कोलस्ट्रोललाई पनि कम गर्छ।

८. थायोराइड ग्रन्थीको कार्यप्रणालीमा नियन्त्रण गरि थायोराइडको समस्यामा राहत दिन्छ।

९. यसले मुटु, दिमाग, कलेजो र मृगौलाको कार्य सही राख्न पनि मद्दत गर्छ।

१०. छालासँगै आँखा र कपालको रङ्ग बढाउने मेलालिन बनाउन तामाले मद्दत गर्छ।

११. मेलालिनले छालालाई अल्ट्रोभायालेट किरणहरुबाट बचाउँछ र मुहारका दाग धब्बालाई पनि टाढा राख्छ।

१२. रक्त अल्पताको समस्याबाट बच्न पनि तामा राखेको पानी पिउने गरिन्छ।

१३. तामा निकै राम्रो एन्टिअक्सिडेन्ट हुन्छ जसले समय अगावै हुने चाउरीपनाको समस्या टाढा राख्छ।

१४. तामामा एन्टि इन्फ्ल्यामेटरी गुण हुन्छ जसले शरीर दुख्ने समस्या कम गर्नुका साथै आर्थराइटिसको समस्या पनि कम गर्छ।

१५. मुटुलाई स्वस्थ राख्नुको साथै उमेर बढ्ने प्रक्रियालाई ढिलो गराउँछ ।

१६. चिसो लाग्ने समस्या हुन्छ त्यस्ता ब्यक्तिले तामाको भाँडोमा अलिकति तुलसीको पात राखेर राखेको पानी पिउँदा रोगबाट मुक्ति मिल्छ ।

१७. शरीरको रोगप्रतिरोधात्मक क्षमतालाई पनि बढाउँछ ।

८ वर्ष लामो अध्ययन पछि क्यान्सर विरुद्ध फल पत्ता लाग्यो

अष्ट्रेलिया-बैज्ञानिकहरुले अष्ट्रेलियामा क्यान्सर रोगका विरुद्ध अत्यन्तै हितकारी फल पत्ता लगाएका छन् । ब्रिस्बेन शहरस्थित ‘क्युआइएमआर’ बर्घोफर मेडिकल रिसर्च इन्स्टिच्युटका ग्लेन बोय्लेले नेतृत्व गरेका अनुसन्धानकर्ताहरुले यो कुरा पत्ता लगाएका हुन् । उनीहरुले यो फलका बारेमा भर्खरै ८ वर्ष लामो अध्ययन पुरा गरेका हुन् । शुदुर उत्तरी क्विन्स्ल्याण्डमा यो फल फल्ने गर्दछ ।

यसको प्रयोगले घाँटी, अनुहारको ट्युमर र छालाको क्यान्सरलाई पुरै नष्ट पार्दछ । ‘ब्लुसउड’ रुखमा यो फल फल्ने गर्दछ । यसको बैज्ञानिक नाम ‘हिल्याण्डीया डकरिली’ हो । यसलाई यहाँका स्थानिय जनजातीहरुले ‘एकदमै छिटो काम गर्ने औषधी’को रुपमा चिन्ने गर्दछन् । यो फलमा प्राप्त भएको तत्वलाई निकालेर अहिले औषधी बनाइएको छ । र यो औषधि बिरालो, कुकुर र घोडा लगायतका ३०० प्रकारका जनावरहरुमा प्रयोग गरिसकिएको छ ।

यी जनावरहरु सतही खालका क्यान्सरबाट पिडीत थिए । जेसिका भोन्डेरेनका अनुसार ३०० मध्ये ७५ प्रतिशत जनावरहरुको ट्युमर हरायो । बैज्ञानिकहरुका अनुसार यो औषधि जनावरहरुका लागि त एकदमै प्रभावकारी र छिटो पनि छ। पाँच मिनेटमै यसले प्रभावकारी असर देखाउन थाल्छ ।

एक हप्तादेखी १५ दिनसम्ममा ट्युमर पुरै निको भएको देखियो । तर दुखको कुरो यो बेरी जस्तो पायो मौषम र स्थानमा नफल्ने देखिएको छ । रिसर्च टिमका प्रमुख बोय्लेका अनुासर अब छिटै मानवका लागि पनि यो औषधी निर्माण गरिँदै छ ।

लामखुट्टे भगाउने केहि सरल घरेलु उपायहरु

लौ पानी पर्‍यो ! गर्मी बढ्यो, अब लामखुट्टेले टोक्ने भए अनि डेंगु वा मलेरिया लाग्नेभयो भनेर डराउनु भएको छ । नआत्तिनुहोस् ! अब सजिलै लामखुट्टेबाट छुटकारा पाउन सक्नुहुन्छ । केही प्राकृतिक उपायहरु अपनाएर लामखुट्टेलाई भगाउन सक्नुहुन्छ ।
  • कपुर र पानी
 कपुर र पानी प्रयोग गरेर लामखुट्टे भगाउन सक्नुहुन्छ जसका लागि दुई टुक्रा कपुर एक चौथाई कप पानीमा हाल्नु भयो भने जादूझै लामखुट्टे भगाउन सक्नुहुन्छ । र यदि उक्त पानीमा अर्को टुक्रा कपुर मिसाउनु भयो भने त झन चाँडो लामखट्टे भाग्दछन् ।
  • कागती र ल्वाङ

 कागती र ल्वाङको गन्धलाई लामखुट्टेले मन पराउदैनन् । त्यसैले दुईवटा कागतीलाई बीचबाट काटेर प्रत्येक टुक्राको भित्र ५ देखि ६ वटा ल्वाङ राख्नुहोस् अनि एउटा प्लेटमा लगेर आफ्नो कोठामा राख्नुहोस् । बस यति गरे पछि लामखुट्टे कोठाबाट भाग्दछन् ।
  • लसुन

 घरमा लसुन त हुने नै भो । बढी लसुन हालेको खाना प्रयोग गर्नुभयो भने लामखुट्टे लुसन खाएका मानिसबाट टाढा हुन्छ ।
  • आयुवेर्दिक स्प्रे

लामखुट्टे भगाउने क्रिमहरु प्रयोग गर्नुहुन्छ ? यसलाई छाडिदिनुहोस् । अब तपाईं आफैं घरेलु प्रविधिबाट लामखुट्टे भगाउने स्प्रे बनाउन सक्नुहुन्छ । यसका लागि तुलसी, पानी र भोड्का जस्ता घरमै उपलब्ध हुने सामग्रीहरु चाहिन्छन् । पहिला तुलसी र पानी उमाल्नुहोस् र तुलसीलाई राम्रोसँग निचोरेर आएको पानीलाई एउटा सफा बोतलमा राख्नुहोस् । बोत्तलमा जति पानी छ, त्यसको आधा भोड्का थप्नुहोस् । बिस्तारै हल्लाउनुहोस् । तपाईंको घरमै अब लामखुट्टे धपाउने स्प्रे तयार भयो ।
  • सुगन्धित तेलहरु

तपाईंको घरमा सुगन्धित तेलहरु छन् ? कुनै सुगन्धित तेलको बासनाले लामखुट्टेलाई धपाउने क्षमता राख्दछ । कागती, पुदिना, मेहन्दी, लेभेन्डर, जेरानियम, सिट्रोनला जस्ता बिरुवाबाट बनेका तेलहरुले लामखुट्टे र अन्य किराहरु हटाउन उपयोगी हुन्छन् । उक्त तेललाई तेल घोल्ने रसायनमा खन्याउनुहोस्, त्यसपछि लामखुट्टेविरुद्ध यसले आफ्नो जादू देखाउन थाल्नेछ ।
  • लामखुट्टेलाई मन पर्दैन यी बिरुवाहरु
ब्रम्हबुटी (क्याटनिप)लाई घरमा ल्याउनुहोस्, किनकी यसले लामखुट्टे भगाउन मद्दत गर्दछ । त्यस्तै सयपत्री, लेमनग्रास, चुनित्रो घाँस (जिरानियमस्), तुलसी, मेहन्दी जस्ता सुगन्धित जडीबुटीहरुको गन्धले लामखुट्टेलाई भगाउँछ ।
  • यी बिरुवा जसले लामखुट्टेलाई नै खाइदिन्छन्

 ताली पिटेर न मार्न सक्नुहुन्छ न भगाउन । कति गाह्रो लामखुट्टेलाई तह लगाउन । ठिकै छ हार नमान्नुहोस् तपाईंलाई सघाउन केही मांशाहारी विरुवाहरु तयार छन् । जसरी हामी लामखुट्टे मनपराउँदैनौं त्यसैगरी भेनस फ्लाइट्राप, पिचर प्लान्ट, बट्टरवर्ट, डचम्यानुस पाइपका लागि लामखुट्टे मिष्ठान्न भोजन नै हो ।
  • एउटा अप्राकृतिक उपाय पनि !

तर, हामीले घरमा प्रयोग गर्ने केही म्याट, स्प्रे, धुप लगायतका रसायनिक पदार्थ मिश्रित पदार्थहरुले लामखुट्टेलाई मात्र होइन, हामीलाई पनि असर गर्दछ । धुप, कपुर राखिएको भाँडो, लामखुट्टे एप्स जस्ता सामग्रीहरु तपाईंले प्रयोग गर्नसक्नुहुन्छ ।


यति नै । तर, लामखुट्टेले टोक्न छाडेनन् भने, यहाँ घरमै तत्काल प्रयोग गर्न सकिने घरेलु उपाय छन् । तातो पानीमा एक मिनेटसम्म धातुको चम्चा डुबाउनुहोस् । लामखुट्टेले टोकेको ठाउँमा राख्नुहोस् । यसले लामखुट्टेले टोक्दा निस्किएको एकप्रकारको प्रोटिनलाई नष्ट गर्दछ र चिलाउनबाट जोगाउँछ ।


  • यो पनि प्रयोग गरेर हेर्ने कि ?
–    निम र नरिवलको तेल मिसाएर शरीरमा दल्नुपर्छ, यसको गन्धले लामखुट्टे भाग्छ।
–    नीलगिरि र कागतीको तेल मिसाएर शरीरमा लगाउँदा पनि लामखुट्टेको टोकाइबाट जोगिन सकिन्छ।
–    कोठाको झ्याल-ढोका बन्द गरेर कपुर जलाउनुपर्छ। २० मिनेटपछि सबै लामखुट्टे हराउँछन्।
–    तुलसीको पात झ्यालमा राख्दा पनि लामखुट्टेबाट छुट्कारा पाइन्छ।
–    पुदिनाको पातलाई झ्यालमा राख्दा वा शरीरमा दल्दा पनि लामखुट्टेले दुःख दिँदैन।
–    थोरै लसुन कुच्याएर पानीमा उमाली स्प्रे बोतलमा राखेर कोठामा स्प्रे गर्नुपर्छ। यसले लामखुट्टेको आतंक बन्द हुन्छ।


  • स्मार्टफोन एप 


हामीले बोक्दै आएको मोबाइल फोनबाट समेत लामखुट्टे भगाउन सकिने भएको छ।  स्मार्टफोनमा हाई फ्रिक्वेन्सीको आवाज निकाल्ने एप डाउनलोड गरी  लामखुट्टे सहजै भगाउन सकिने भएको छ। लामखुट्टेले यो आवाज सुनेसँगै स्मार्टफोनको आसपास नआउने अन्र्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले उल्लेख गरेको छ।

स्मार्टफोनमा हर्टजाइर फ्री एप डाउनलोड  गरी यो एपको सहायताले सहजै टेस्ट गर्न सकिन्छ भने  हर्टजाइर प्लाटेनियम एप ९६ रुपैयाँमा खरिद गर्न सकिने यो एपले आवाजको सहायताले लामखुट्टे भगाउँछ।

निरोगी बन्न डाक्टरका ३५ सुझाव

तपाई हामीले आफ्नो शरीरलाइ स्वस्थ तथा स्फुर्त राख्नका लागि निम्नलिखित कुराहरुमा ध्यान दिने र पालना गर्ने हो भने कहीलै पनि रोग लाग्दैन ।



१. दैनिक ८ गिलास पानी पिउने
२. दैनिक साग खाने
३. खानामा सलाद समावेश गर्ने
४. टुसा उम्रेका अनाज खाने
५. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
६. मौसमअनुसारका फलफूल खाने
७. चिसो पेयपदार्थ नपिउने
८. चिया÷कफी धेरै नपिउने
९. रेसायुक्त तरकारी खाने
१०. नुन कम खाने
११. बढी गुलियो नखाने
१२. तारेको र डढेको नखाने
१३. तरकारीको बोक्रा नफाल्ने
१४. भुटेको भटमास, मकै, चना खाने
१५. रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
१६. खाना खानेबित्तिकै नसुत्ने
१७. चाँडै सुत्ने र चाँडै उठ्ने 
१८. ८ घण्टा मस्त सुत्ने
१९. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने
२०. बिहान कम्तिमा ३० मिनेट हिड्ने, व्यायाम गर्ने
२१.तनावमा काम नगर्ने
२२. सुख/दुःख सेयर गर्ने
२३. बिदाको दिन परिवारसहित घुमफिर गर्ने
२४. प्रार्थना, पुजापाठ गर्ने
२५. जंकफुड, फास्टफुड सेवन नगर्ने
२६. बेलाबेलामा मनोरञ्जन गर्ने
२७. हरेक कुरामा चित्त बुझाउने
२८. धेरै नमोटाउने
२९. ६/६ महिनामा शरीर चेकअप गराउने
३०. ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने
३१. यौन जीवन सक्रिय राख्ने
३२. दिनहुँ एकपटक मजाले हाँस्ने
३३. आफूलाई कमजोर नसम्झने
३४. सकारात्मक सोचाई राख्ने
३५. ध्यान गर्ने
डा. विपलव सापकोटा