Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

अब मोबाइल एपबाटै ट्याक्सी बुकिङ सेवा



चाहिएकै समयमा आफ्नो एरियामा ट्याक्सी नपाउने समस्या सामान्यजस्तै भइसकेको छ । झन मिटरमा जानै नमान्ने र बढी भाडा असुल्ने प्रवृत्तिबाट यात्रुहरु दिक्क छन् । तर, अब भने तपाईले आफूलाई ट्याक्सी चाहिएकै बेला अनलाइन स्मार्ट एपमार्फत बुकिङ गर्न सक्नुहुने छ ।

नेपालमा अहिले ‘अन्भर स्मार्ट ट्याक्सी’ मोबाइल एप प्रचलनमा आएको छ । यसबाट जोसुकैले ट्याक्सीलाई आफू भएको स्थानमा बोलाउन सक्छन् । यी ट्याक्सीले अरुले जस्तो किच-किच गर्ने छैनन् र मिटरकै आधारमा उठेको रकम लिनेछन् ।

एपमार्फत सेवा दिन २ सय वटा स्वरोजगार ट्याक्सी चालक अन्भरमा दर्ता भएका छन् । यी ट्याक्सीले एपमार्फत आएको अनुरोधअनुसार तपाईंलाई सेवा दिनेछन् । अन्भरमा संस्थापक ओम खड्काका अनुसार यसमार्फत सेवा दिने ट्याक्सीहरुलाई जीपीएस ट्रयाकिङ गरिएको छ ।
उनीहरुले सेवा दिइरहेको समयमा त्यसलाई ‘अन’ राख्छन् । एपमार्फत यात्रुले अनुरोध गरेपछि उनीहरु म्यापका आधारमा सेवाका यात्रु भएकै स्थानमा पुग्छन् ।

कसरी प्रयोग गर्ने ?

यो एप डाउनलोड गरेपछि यसमा यात्रुले एकपटक मोबाइल नम्बर, इमेल र पासवर्ड राखेर रजिष्टर गर्नुपर्छ । त्यसपछि आफूलाई ट्याक्सी चाहिएका बेला आफ्नो स्मार्टफोनबाट एप खोल्नुपर्छ ।

एप खुल्नासाथ आफू रहेको स्थान देखाउँछ । र, ट्याक्सीमार्फत आफू कुन गन्तब्यमा पुग्ने हो, त्यसमा क्लीक गर्नुपर्छ । आफू जाने गन्तव्यलाई अक्षरमा टाइप गर्ने सुविधा पनि छ । त्यसपछि अन्भर एपले त्यो गन्तब्यमा पुग्ने सबैभन्दा छोटो रुट जानकारी दिन्छ ।

त्यसपछि सँगै देखिने ‘फाइण्ड ट्याक्सी’ अप्सनमा क्लिक गर्नुपर्छ । यसमा क्लिक गरेपछि तपाईं रहेको क्षेत्र वरपर अन्भरको सेवा दिने गरी दर्ता भएका ट्याक्सी देखाउँछ । ट्याक्सी आफू बसेको क्षेत्रबाट कति परको दूरीमा छ भन्ने पनि एपमै देखिन्छ ।

सबैभन्दा नजिक देखिएको ट्याक्सीलाई तपाईंले सेवाका लागि अनुरोध गर्न सक्नुहुन्छ । तपाईंले आफ्ना केही कुरा भए ट्याक्सी चालकलाई एपमार्फत नै म्यासेज गर्न सक्नुहुन्छ ।

ट्याक्सीले तपाईंको ‘रिक्वेष्ट’ स्वीकारेपछि तपाईं सेवाको लिनका लागि तयार बन्न सक्नुहुन्छ ।



नेपालीभन्दा विदेशी यात्रुको आकर्षण

अन्भरका संस्थापक खड्का अनुसार यो यो प्रविधिबाट ट्याक्सी बुकिङ सुरु भएको ४ महिना बितेको छ । तर, यसमा नेपाली यात्रुको भन्दा विदेशबाट आएका पर्यटकको बढी चासो देखिएको छ ।

विदेशमा यस्तो प्रविधि निकै प्रचलनमा छ । धेरै ट्याक्सी कम्पनीहरुले आफ्नै ट्याक्सीलाई यो सिस्टमबाट चलाउँछन् । तर, नेपालमा भने यो प्रविधि बिल्कुलै नयाँ रुपमा आएको छ ।

सेवा विस्तार हुँदै

धेरैजसो स्वरोजगार ट्याक्सी चालकहरुले यसलाई बुझेका पनि छैनन् । त्यसैले अन्भरलाई यसबारे बुझाउनै समस्या परेको छ । यात्रुमा पनि यसप्रति विश्वास जागिसकेको छैन । ‘नेपाली यात्रुभन्दा बढी विदेशी पाहुनाले अन्भरको प्रयोग गरिरहेका छन् । उनीहरु गुगलमा खोजेर पनि यो एप डाउनलोड गरिरहेका छन् र एपमार्फत ट्याक्सी सेवाको बुकिङ गरिरहेका छन्’ खड्का भन्छन् ।

अन्भरमा अब झण्डै थप ४ सय ट्याक्सी जोडिने प्रक्रियामा आइसकेका छन् । २ सय मात्रै ट्याक्सी यसमा आएकाले सेवा विस्तारै प्रभावकारी हुँदै जाने अन्भरको विश्वास छ ।

‘हाम्रो आफ्नै ट्याक्सी नभएकाले चालकले आफूलाई पायक पर्दा मात्रै जीपीएस अन गर्छ । नेपालमा सकेसम्म चालकहरुले अनलाइन बुकिङ लिन चाहेको देखिँदैन’ खड्काले भने,’अब विस्तारै यो प्रविधिमा नगई सुख छैन ।’
साभार : अनलाइनखबर

‘जडीबुटीयुक्त दानाले कुखुराको तौल वृद्धि’



पर्सा– स्वदेशमै उत्पादित जडीबुटी ‘लेमन ग्रास तेल’ मिसिएको दाना खुवाए कुखुराको तौल छिट्टै बढाउन सकिने तथ्य पत्ता लागेको छ । पशु आहार महाशाखाले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा गरकोे ६ साता लामो अनुसन्धानले यस्तो परिणाम देखाएको हो। महाशाखाका वरिष्ठ वैज्ञानिक डा. मेघराज तिवारी नेतृत्वको टोलीले ‘कब ५ सय’ जातको ब्रोइलर कुखुरामा अनुसन्धान गरकोे हो।

नेपालमा कुखुरापालक किसानले हाल सबैभन्दा बढी पाल्ने यो जातको कुखुरालाई अनुसन्धानको क्रममा दानामा लेमन ग्रास तेल मिसाइएको थियो। सामान्य दानाभन्दा यो खाएका कुखुराको ४२ औं दिनसम्ममा अत्यधिक बढी तौल भएको उनले बताए । ‘सामान्य अवस्थामा ४२ दिनसम्ममा ब्रोइलर कुखुराको तौल २ देखि अढाइ कलोसम्म हुन्छ, डा तिवारीले भने, ‘तर, लेमन ग्रास तेल मिसिएको दाना खाएका कुखुराको तौल अढाइदेखि ३ किलो ९ सय ग्रामसम्म पुग्ने गरकोे अनुसन्धानबाट देखियो।’



अनुसन्धानमा १ सय किलो दानामा २ सय मिलिलिटर, ४ सय र ६ सय गरी ३ खाले दाना बनाएर कुखुरालाई खुवाइएको थियो। त्यसमध्ये सबैभन्दा बढी ६ सय मिलिलिटर लेमनग्रास तेल मिसिएको दाना खाएका कुखुराको तौल बढी भएको पाइएको छ । किसानले यसरी पाल्ने कुखुरालाई १ महिनामै २ देखि अढाइ किलोसम्म वजन हुने भएकाले किसानको पालन लागत हालको भन्दा ३० प्रतिशतले कम हुने उनले बताए । यस्तो दाना खाएका कुखुरामा बोसोको मात्रा कम, खदिलो र रसादार मासु बढी भएको पाइएको छ । ‘यी कुखुराको मासु चाख्ने जो कोहीले पनि सामान्य ब्रोइलर कुखुराभन्दा मिठो स्वाद रहेको प्रतिक्रिया दिएका छन्,’ उनल भने, ‘अब यो प्रविधि किसानलाई हस्तान्तरण गर्ने तयारीमा हामी लागेका छौं ।’


अनुसन्धान टोलीका सदस्य एवं क्षेत्रीय कृषि अनुसन्धान केन्द्र कुखुरा अनुसन्धान एकाइका प्रमुख डा अजित झाले लेमन ग्रास स्वदेशमै उत्पादन हुने र किसानले यसलाई सहजै खरिद गर्न सक्ने बताए । यो तेल जडीबुटी प्रशोधन केन्द्रले उत्पादन गर्छ । प्रतिलिटर ४ हजार रुपैया पर्ने यो तेल किसानलाई केही महगो पर्न गए पनि यो विधिबाट कुखुरा पाल्दा अन्य एन्टिबायोटिक र औषधिहरू कुखुरालाई दिनु नपर्ने भएकाले लागत सस्तो पर्न जान्छ । ‘हामी थप अनुसन्धान गरी दानामा लेमन ग्रास तेलको मात्रा घटाउने प्रयासमा लागेका छौं,’ उनले भने, ‘एन्टिबायोटिक तथा अन्य औषधि नखाएको तथा स्वस्थ्य दाना खाएका कुखुराको मासु सेवन गर्ने उपभोक्ताले स्वस्थ्य र अग्र्यानिक स्वाद पाउने हाम्रो ठहर हो।’
साभार: कान्तिपुर 

निःशुल्क फिल्म डाउनलोड गर्न यो हो उत्कृष्ट साइट, मात्र एक क्लिकमा

धेरैजसो मानिस आफ्नो फुर्सदको समयमा फिल्म हेर्न रुचाउँछन् । यद्यपी, धेरैजसो अवस्थामा फिल्मको क्वालिटी राम्रो नभएकाले फिल्म हेर्दा मजा आउँदैन । हुन त धेरैजसो वेबसाइट यस्ता पनि हुन्छन् जहाँ एचडी क्वालिटीमा अनलाइन फिल्म हेर्न सकिन्छ तर बफरिङ हुँदा यहाँ पनि मजा नआउनसक्छ । यस्तोमा आज हामी तपाईंलाई यस्तो वेबसाइटबारे जानकारी दिँदै छौं जहाँ एक क्लिकले मात्र पनि एचडी मुभी डाउनलोड गर्न सकिन्छ ।

बलिउड फिल्मको भण्डारः




यो साइटमा फिल्मका थुप्रै क्याटगोरी दिइएको हुन्छ ता कि प्रयोगकर्ताले आफूले मनपराएको फिल्म छान्न सकून् । जस्तै बलिउड फिल्मका लागि इन्डिया मुभी नामको क्याटगोरी छ । योभित्र वर्षैपिच्छे सब–क्याटगोरी छ । अर्थात् तपाईं वर्षको हिसाबले कुनै पनि फिल्म निकै सजिलै खोज्न सक्नुहुन्छ ।


चर्चित फिल्मका विशेष क्याटगोरीः


बलिउडका साथै यहाँ सबैभन्दा चर्चित फिल्मको क्याटगोरी २५० टप मुभी पनि दिइएको छ । यो क्याटगोरीमा प्रयोगकर्ताले भिजिट र डाउनलोडको हिसाबले मूभी स्तवः यो क्याटगोरीमा आउँछ । यो क्याटगोरीमा २५० वटा फिल्म छन् । सबै फिल्म अल्फाबेटको हिसाबले आउँछन् ।


हलिउडको हज्जारौं फिल्मः


जुन प्रयोगकर्ता हलिउड फिल्म हेर्न चाहन्छन् उनका लागि यहाँ फिल्मको निकै ठूलो भण्डार रहेको छ । यी प्रयोगकर्ताका लागि विशेष आर्काइभ नामको क्याटगोरी बनाइएको छ । जसमा सन् १९०० देखि २०१६ सम्मका फिल्म दिइएको छ । अर्थात् यहाँ हज्जारौं फिल्म छन् ।


डुअल अडियोको क्याटगोरीः


अन्य क्याटगोरीमा कलेक्सन, डबल फार्सी र पर्सियन मुभी संलग्न छन् । सबै क्याटगोरी वर्षका अनुसार राखिएका छन् । अर्थात्, यहाँ अनलिमिटेड फिल्म छन् । डबल फार्सीमा सबै फिल्म डुअल अडियोमा दिइएको छ । अर्थात्, प्रयोगकर्ताले एउटै फिल्मलाई हिन्दी वा अंग्रेजी साउन्डसँगै हेर्न सक्छन् ।


सिररियलको क्याटगोरीः


फिल्मका साथै यहाँ अदर, पर्सियन सिरिज, सिरिज, आइकोन्स, आइएमजी र मिलाड नामको क्याटगोरी पनि छ । सिरिज क्याटगोरीमा हलिउड सिरियलको पूर्ण सिरिज दिइएको छ । अर्थात्, प्रयोगकर्ताले आफूलाई मनपरेको सिरिज यहाँबाट पूर्ण डाउनलोड गर्न सक्छन् ।


मोबाइल फ्रेन्डली वेबसाइटः



यो वेबसाइटको नाम sv1.bia2dl.xyz हो जुन कुनै पनि ब्राउजरमा सजिलै खुल्ने गर्दछ । स्मार्टफोनमा यो मोबाइल फर्मेटमा ओपन हुन्छ । अर्थात्, प्रयोगकर्ता यसलाई डेस्कटप र मोबाइल दुबैमा निकै सजिलै चलाउन सक्छन् ।


लिंकको लागि यहाँ क्लिक गर्नुहोस् 

लाइसेन्स लिखित परीक्षाको तयारी अब मोबाइल एपबाटै



सवारी चालक अनुमतिपत्र पास गर्नको लागि लिखित परीक्षा पास गर्न किताब किनेर पढ्ने सोचमा हुनुहुन्छ भने एकपटक सोच्नुहोस।

यदि तपाईसँग एन्ड्रोइड स्मार्ट फोन छ भने तपाईले किताब होइन एउटा एप्लीकेशन डाउनालोड गरेपुग्छ। हो नेपाली एप डेप्लभमेन्ट कम्पनी माकुरा क्रियशनले त्यस्तै एप ल्याएको छ, जसले तपाईलाई लाइसेन्सको सैद्धान्तिक ज्ञानको बारेमा जानकारी दिनेछ।

नेपाल ड्राइभिङ लाइसेन्स नामको उक्त एपमा दुई÷चार पांग्रे सवारी चालक अनुमतिपत्रको लागि आवस्यक सम्पूर्ण सामग्रीहरु समेटिएको निर्माता चन्दन गुप्ताले जानकारी दिए।

त्यस्तै सरकारी नियम परिवर्तन हुनेवित्तिकै तत्काल एपमा त्यसको अपडेट राखिने भएकोले एप अपडेट गरे पुग्ने बताइएको छ।

एपमा परीक्षामा सोधिने सम्पूर्ण जानकारीहरु राखिएको र ट्राफिक सिग्नल,नियम तथा सबै रोड सेफ्टीका उपायहरु सामावेस गरिएको निर्माताहरुले जानकारी दिएका छन्।

तत्कालको लागि सैद्धान्तिक परीक्षको बारेमा मात्र केन्द्रित एप्लीकेशनमा आगमी भर्सनबाट अनलाई फर्म भर्ने सुविधा पनि उपलब्ध गराइने गुप्ताले जानकारी दिए।

एप डाउनलोड गर्नको लागि यहाँ जानुहोस 

नेपालको पहिलो कृषि टेलिभिजन

कृषि टेलिभिजन नेटवर्क प्रालिले आइतबारदेखि आफ्नो प्रसारण सुरु गर्ने भएको छ ।

सर्वसाधारणलाई कृषि गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले सञ्चालन हुन लागेको उक्त टेलिभिजन नेपालको पहिलो कृषि टेलिभिजन हो ।

ललितपुरको कुमारीपाटीबाट प्रसारण हुने सो टेलिभिजनले ‘किसानको सम्मान, स्वाभिमान, राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि कृषिको विकास हाम्रो अभियान’ भन्ने मूल उद्देश्य लिएको छ ।

कृषि, भूमि, जलस्रोत, वन, पशुपक्षी, सिचाइ, कृषि शिक्षा, स्वास्थ्य, कृषि पर्यटन, वातावरण, उपभोक्ता, मनोरञ्जनलगायत कृषिसँग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने मुद्दालाई समाचार बनाउने अभिप्रायबाट कृषि टेलिभिजन नेटवर्कको स्थापना गरेको अध्यक्ष तेजविक्रम थापाले शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए ।

नेपालको पहिलो टेलिभिजन नेपाल टेलिभिजन हो । उक्त टेलिभिजनको स्थापना २०४२ सालमा भएको थियो । तर, कृषि गतिविधिका समाचार सम्प्रेषण गर्ने अठोटले स्थापित यस टेलिभिजनले किसान वर्गमा उत्साह आउने विश्वास सञ्चालकले लिएका छन् ।

नेपाल कृषि प्रधान देश हो । झन्डै ६७ प्रतिशत जनता कृषि पेसामा आबद्ध छन् । खेती गर्ने युवा जनशक्ति विदेश पलायन हुँदैछन् भने खेतीयोग्य जमिन घडेरीमा परिणत हुँदैछ । परम्परागत ढङ्गले चलेको कृषिमा सयौं कठिनाइ छन् । मल, बीउ र प्रविधिको अभावमा लागत अनुरुपको मूल्य प्राप्त हुन सकेको छैन ।

कृषि, भूमि, जलस्रोत, वन, पशुपन्छी, सिंचाई, कृषि शिक्षा, कृषि स्वास्थ्य, कृषि पर्यटन, वातावरण, उपभोक्तालगायतका बिषयबस्तु उक्त टेलिभिजनमा समावेश गरिएका छन् । आइतबारदेखि परिक्षण प्रशारण हुने उक्त टेलिभिजनको तिहारपछि पूर्ण प्रशारणमा आउनेछ । पहिलो चरणमा केवुल नेटवर्कबाट प्रशारण हुन लागेको उक्त टेलिभिजन तिहारपछि सैटेलाइट प्रविधिबाट मुलुकभर प्रशारणमा आउनेछ ।  साथै स्मार्टफोन मार्फत विश्वको जुनसुकै स्थानबाट पनि हेर्न सकिने छ । यसका लागि स्मार्टफोनमा नेपाली च्यानल एफ डाउनलोड गरि कृषि टेलिभिजन हेर्न सकिने छ ।

‘कृषिमा राज्यको लगानी धेरै भएपनि प्रतिफल शुन्य अवस्थामा छ’, टेलिभिजनका अध्यक्ष थापाले भने,‘नीतिगत सूचनाहरु ग्रामिण भेगका किसानको जानकारीमा आउदैंन् । सिंहदरबारमा शहरिया किसानको पहुँच भएपनि बास्तविक किसानको पहुँच छैंन् । ग्रामिण भेगका किसानलाई वास्तविक सूचना उपलब्ध गराई नीतिगत रुपमा उनीहरुलाई माथि उठाउन कृषि टेलिभिजन ल्याएका छौं ।’  टेलिभिजनले अहिले १० घण्टासम्म प्रशारण गर्नेछ । केही समयपछि दैनिक १८ घण्टासम्म कृषिका बिषयबस्तु प्रशारण गरिनेछ । कूल साढे दुई करोड रुपैयाँको लगानीमो उक्त टेलिभिजन सुरु गरिएको हो ।

कृषि पत्रकार प्रतिष्ठानका महासचिव गोविन्द शर्माले राज्यले अनुदान, बिमा, कृषिमा यान्त्रिकीकरण गरेको छ तर सो सुविधा प्राप्तिका लागि किसानले आवश्यकता महसुस गर्न नसकेको बताए । रासस




जिरो बजेट अर्गानिक खेति प्रबिधि तथा जैविक किटनाशक औषधि

किसानको लागि यो भन्दा बिडम्वना के हुनसक्छ कि पुरा देशभरिका जनताको पेट भर्ने किसान आफैमा भोकमरीको शिकार हुनुपरेको छ । उसको घरको छानाबाट पानी चुहिन्छ फेरी पनि वर्षाको पर्खाइमा हुन्छ । हाम्रो देश कृषि प्रदान देश भएर पनि कृषि उत्पादन प्रत्येक वर्ष घट्दो क्रममा छ आखिर किन त ?
हरेक वर्ष किसान  सरकारको अनुदान तथा राहतको प्रतिक्षामा बस्नुपर्छ के यसको समाधान छैन र ?
महँगो रासायनिक मलखाद तथा किटनाशकको लागि किसान चर्को व्याजमा ऋण लिनुपर्ने बाध्यता छ के यसको विकल्प छैन र ?
आज म तपाईहरुलाई यो पोस्ट मार्फत माथिका समस्याका समाधान तथा विकल्पका उपायबारे जानकारी उपलब्ध गराई सहयोग गर्नेछु ।


किसानको खेति गर्दाको मुख्य खर्च भनेको रासायनिक मलखाद र किटनाशक औषधि नै हो, जसको लागि महँगो ब्याजमा ऋण लिनेगर्दछन जसले गर्दा किसानहरुलाई ऋणको भार बढ्दै गैरहेको छ । जसअनुरुप उत्पादन भने बढेको छैन जसले गर्दा किसान निराश, चिन्तित तथा भुकमरीको शिकार बनेका छन् । खेती गर्नकालागि किसानले आफ्नो खेतमा यूरिया, DAP, Superphosphate जस्ता मलखाद र एंडोसल्फान ,मेलाथ्यान आदि जस्ता किटनाशक औषधिको प्रयोग गर्दछन । यो सम्पूर्ण विदेशी कम्पनीको उत्पादन हो जसको खरिदको लागि किसानको पैसा लुटिन्छ र देशको ठुलो धनराशी बाहिरिन्छ ।

भारतको कर्नाटक, महाराष्ट्रमा, छतिसगढका हजारौं किसानले रासायनिक मलखाद छोडेर अहिले गाईभैंसीको गोबर हाल्न थालेका छन् । जसको प्रयोगले उत्पादन र गुणस्तरमा राम्रो उन्नति हात पारेका छन् । जुन खेतमा रासायनिक मलखादबाट एक बिघामा ६-८ मेट्रिकटन उखु हुन्थियो आज त्यो खेतमा २४-२६ मेट्रिकटन उत्पादन भएको छ । जुन खेतमा रासायनिक मलखादबाट एक बिघामा ४ क्विन्टल गहुँ उत्पादन हुन्थियो अहिले त्यो खेतमा ६-७ क्विन्टल उत्पादन भैरहेकोछ । त्यस्तै नेपालको झापामा पनि केहि किसानले प्रयोग गर्न सुरु गरेका छन् ।

खेतमा जैविक मलखाद हाल्नाले के हुन्छ त ?
वास्तवमा गोबर पनि धेरै जसो जीवजन्तु, किराको भोजन (आहार) हो भने रासायनिक मलखाद जहर हो । तपाइको खेतमा यस्तो एउटा जीव हुन्छ जसलाई हामीले गड्यौला हुन्छ । अब उदाहरणको लागि एउटा गड्यौलालाइ समातेर त्यसको माथि अलिकति रासायनिक मल हाल्नुस् र हेर्नुस् त के हुन्छ अब त्यो गड्यौला तड्पिन थाल्छ र एकैछिनमा मर्छ भने हामीले क्विन्टलका क्विन्टल रासायनिक मलखाद हालेर करोडौं गड्यौला मारिरहेका छौं ।

गड्यौलाले हाम्रो खेतमा के गर्छ त ?
गड्यौलाले हाम्रो खेतको माटोलाई नरम तथा खुकुलो बनाउने काम गर्छ । गड्यौलाको काम हो माथिबाट तल जाने र तलबाट माथि आउने एक दिनमा एउटा गड्यौलाले ३-४ पटक सम्म तलमाथि गर्छ । जब गड्यौला तल जान्छ एउटा बाटो (छिद्र) बनाएर जान्छ भने माथि आउँदा अर्कै बाटो(छिद्र) बनाएर आउँछ । यसबाट के हुन्छ त भन्दा यसरि गड्यौला तलमाथि गर्दा सानो सानो छिद्र तयार हुन्छ र वर्षाको पानी यहि छिद्र हुँदै जमिनको भित्रीभागमा पुगि जमाहुन्छ । यसको अर्थ Water Recharging को काम गर्ने सारा संसारमा गड्यौला मात्र एउटा जीव हो जो रासायनिक मलखादका कारणले मर्दछ । तसर्थ रासायनिक मलखाद हाल्नुको मतलब किसानले आत्महत्या गर्नु सरह हो । जुन किसानले खेतमा रासायनिक मलखाद हाल्छ त्यसको खेतमा रहेको गड्यौला मर्छ यदि गड्यौला मर्यो भने खेतको माटो तलमाथि हुन पाउँदैन खेतको माटो तलमाथि भएन भने माटो कडा बन्दै जान्छ जसले गर्दा उत्पादन मा ह्रास आउँछ ।

के हो माटो उल्टोपुल्टो भनेको ?
जसरि रोटी पकाउँदा उल्टोपुल्टो गरि पकाउँछौं त्यसरी नै खेति गर्दा माटो पनि उल्टोपुल्टो गर्नु पर्छ । रोटी उल्टोपुल्टो गरिएन भने डढछ, माटो उल्टोपुल्टो गरिएन भने माटो कडा भै ढुंगा जस्तो हुदैं जान्छ । जुन काम गड्यौलाले मात्र गर्दछ, त्यसैले गड्यौला किसानको सबै भन्दा राम्रो साथी हो । एउटा गड्यौलाले एक वर्षमा ३६ मेट्रिकटन माटोलाइ  उल्टोपुल्टो बनाउँछ यतिनै माटो ट्याक्टरले गरेमा १०० लिटर डिजल लाग्छ १०० लिटर डिजल रु.८० को दरले हिसाब गर्ने हो भने रु.८,००० हुन आउँछ यसको अर्थ एउटा गड्यौलाले किसानको वर्षमा रु.८,००० को वचत गराउँछ  भने यस्ता करोडौं गड्यौलाले किसानको र देशको कति पैसा वचत गर्न मदत गर्छ सोचौं त ?


जैविक मलखाद हाल्नाले के हुन्छ ?
रासायनिक मलखाद हाल्नाले गड्यौला मर्छ भने गोबरको मलखाद हाल्नाले गड्यौला भोजन प्राप्त गरि बाँच्छ र आफ्नो जनसंख्या तिब्र रुपले बढाउँछ । गड्यौलाको प्रजनन क्षमता यति धेरै हुन्छ कि एउटा गड्यौलाले आफ्नो जीवनमा ५० हजार बच्चा जन्माउँछ कुनै कुनै प्रजातिले त १ लाख सम्म बच्चा जन्माउँछ । अब आफै बिचार गर्नुस् त एउटा गड्यौलाले १ लाख बच्चा जन्माउँछ भने ति १ लाखले १ लाखको दरले जन्माउँदा कति पुग्छ । र यो क्रम यहि रुपमा अगाडी बढे के हुन्छ यदि जैविक मलखाद हाल्नु भयो भने ।

कसरी बनाउने त जैविक मलखाद ?
प्राय किसानहरुले घुर फोहोर फाल्ने ठाउँमा गोबर जम्मा गर्ने गर्छन र पुरा वर्षभरि घाममा राखेर सुकाउँछन् जसले गर्दा गोबरमा हुने उत्पादकत्व शक्ति हराएर जान्छ र त्यो गोबरले कुनै लाभ दिदैन । त्यसैले गोबरलाई जहिले पनि चिसो(ताजा) मै हाल्नुपर्छ । जैविक मलखाद बनाउने तरिका निम्नानुसार छ ।
यो एक बिघा खेतको लागि तयार गरेको फर्मुला हो ।

एउटा प्लास्टिकको ड्रममा तल दिइएको पांच चिजलाई एक आपसमा राम्ररी मिलाउने(घोल्ने) ।

# ५ किलो गोबर (लोकल गाई, गोरु वा भैंसीको)
# ५ लिटर मुत्र  (लोकल गाई, गोरु वा भैंसीको)
# १/२ (आधा) किलो भेली(गुँड) (खाना योग्य नभएको सडेगलेको जस्तो भए पनि हुन्छ)
# १/२ (आधा) किलो दाल वा चोकर (खान योग्य नभएको जस्तो भए पनि हुन्छ)
# १ किलो पुरानो पिपल वा बरको फेदको माटो ( पिपल र बरको रुखले २४ घण्टानै अक्सिजन निकाल्छ जसमा जीवाणुको संख्या धेरै हुन्छ जुन खेतको लागि अत्यन्तै उपयोगी हुन्छ)

यो पांच चिजलाई एक आपसमा राम्ररी मिलाउने । यदि मिलाउन अलि गाह्रो भयो भने अलिकति पानी हालेर घोल बनाउने । अब यो घोललाइ १५ दिन सम्म छाँयामा राख्ने (रुखको छाँयामा राख्दा राम्रो) ख्याल राख्नु कि घाम पर्न हुँदैन । प्रत्यक दिन बिहान र साँझ एक पटक मिलाउने(घोल्ने) । १५ दिन पछि यो मलखाद प्रयोगको लागि तयार हुन्छ । अब यसमा करोडौं करोड सुक्ष्म जीवाणु छन् जुन माटो हामीले हालेको थियौं त्यसमा रहेको जीवाणुले  आफ्नो संख्या बढाएको हो । जुन दिन हामीले माटो राखेको थियौं यदि त्यो दिन जीवाणुको संख्या १ लाख थियो भने अहिले(१५ दिनमा) त्यसको संख्या बढेर १ करोड भन्दा बढी पुग्यो ।

अब यो जीवाणु मलखाद(घोल) लाई खेतमा हाल्नु भन्दा पहिला पानी मिसाउनु पर्छ । पानी मिसाउँदा गोबरको मात्राको १० गुणा मिसाउने ५ किलो गोबर थियो भने ५० लिटर पानी मिसाउने । पानी मिसाएपछि यो पूर्ण रुपले तयार भयो अब यसलाई १ बिघा खेतमा छर्नुपर्छ । जसरि धुलो नउडोस भनेर पानी छर्किन्छौँ  त्यसरी नै छर्कने सबै तिर पुग्ने गरि । जब यो जीवाणु खेतको माटोमा पुग्छन तब आफ्नो काम गर्न सुरु गर्छन ।

जीवाणुले खेतमा के काम गर्छन त ?
विरुवाको जरालाई नाइट्रोजन चाहियो भने यो जीवाणुले उपलब्ध गराउँछ ।
विरुवाको जरालाई क्याल्सियम चाहियो भने यो जीवाणुले उपलब्ध गराउँछ ।
विरुवाको जरालाई आइरन चाहियो भने यो जीवाणुले उपलब्ध गराउँछ ।
त्यस्तै विरुवालाई चाहिने जति पनि सुक्ष्म तत्व छन् सबै यो जीवाणुले उपलब्ध गराउँछ । त्यति मात्र होइन हामीलाई चाहिने तत्व पनि फलको माध्यमबाट हामीलाई उपलब्ध गराउँछ । जुन विरुवाले जीवाणु धेरै पाउँछ त्यो छिटो हुर्किन्छ र फल पनि धेरै दिन्छ जसले गर्दा उत्पादन धेरै हुन्छ ।

जैविक मलखाद हाल्ने समय 
अब यो मलखाद हाल्ने समयको राम्ररी ख्याल गर्नुहोस् कि कहिले कहिले हाल्ने भनेर । सबै भन्दा राम्रो तरिका भनेको बिउ छर्नु अगाडी खेत जोत्नु भन्दा १ दिन अगाडी छर्कने ।
बिउ छरेको २१ दिनमा फेरी दोस्रो पटक छर्कने । र हरेक २१ दिनमा छार्किदै गर्ने । यसरी यदि ४ महिनामा त्यो बाली तयार हुन्छ भने ५ पटक जीवाणु मलखाद हाल्न पर्यो ।

जैविक मलखाद हाल्ने विधि:
जैविक मलखाद हाल्ने ४ वटा विधि छन् ति हुन्
१) एउटा बाल्टीमा हालेर सानो डब्बाले छर्कने
२) दोस्रो तरिका भनेको खेतमा सिंचाइको पानी लगाउँदा आलीबाट खेतमा जाने ठाउँमा सानो ड्रम राखेर टुटीधारा बाट थोपा थोपा  झारेर छर्न सकिन्छ ।
३) यदि तपाइकोमा जनावर धेरै छन् र गोबर पनि धेरै छ भने १५ दिनमा तयार भएको जीवाणु घोलमा भएको गोबर हालेर १०० लिटर पानी हालेर  लड्डु जस्तो गोलो गोलो बनाएर खेतमा छर्न सक्नुहुन्छ ।
४) खेतको माटो खनेर १५ दिनमा तयार भएको घोललाइ माटोमा मिसाएर सानो सानो लड्डु आकारको गोलो बनाइ खेतको चारैतिर फाल्ने ।

यसरि सुन्य लागतको मलखाद तयार भयो कसरीभने गोबर र मुत्र गाईवस्तुको, भेली(गुँड/सक्खर) बेच्ने ठाउँबाट फालिएको ल्याए पनि भयो, यदि खेतीपाती गर्ने किसान हो भने दाल पनि सित्तैको जस्तो भयो र माटो जताततै पाइन्छ । तर गुणस्तरको कुरा गर्ने हो भने जबर्दस्त छ किनभने यसमा क्याल्सियम, आइरन, म्याग्नेसियम, नाइट्रोजन आदि जस्ता १८ किसिमका पोषक तत्व प्रचुर मात्रामा पाइन्छ, यी पोषक तत्व नै खानाको माध्यमबाट हाम्रो शरीरमा जान्छ र हामी बलियो स्वस्थ हुन्छौँ । जुन रासायनिक मलखादमा पाइन्दैन । अब किसानहरुले सम्झनु पर्यो कि जैविक मलखाद नै आफ्नो खेतमा प्रयोग गर्ने जसको खर्च शुन्य छ । यदि उत्पादनको कुरा गर्ने हो भने पहिलो वर्ष रासायनिक मलखाद प्रयोग गर्दाको भन्दा कम भयो भने पनि त्यो मलखादमा हाल्ने पैसा त वचत भएको छ नि त्यसैले बराबर गराउँछ भने हरेक वर्ष उत्पादन बिस्तारै बढ्दै जान्छ र १०-१२ वर्षमा रासायनिक मलखादको तुलनामा दोब्बर उत्पादन हुन्छ । तर एउटै कुराको ध्यान दिनुहोला जैविक मलखादमा प्रयोग गर्ने गोबर केवल लोकल गाईवस्तुको हुनुपर्छ विदेशी जर्सी गाईको गोबरबाट लाभ मिल्दैन ।

जैविक किटनाशक औषधि 
जैविक मलखाद मात्र हालेर पूर्ण रुपमा अर्गानिक हुँदैन किनभने जुन बलि लगाए पनि त्यसमा किरा नलाग्ने भन्ने हुँदैन र त्यो किरा मर्न रासायनिक किटनाशक औषधि प्रयोग गरियो भने अर्गानिक बाली प्राप्त हुँदैन तसर्थ जैविक किटनाशक औषधि कसरी बनाउने भन्नेबारे जानकारी दिन गैरहेको छु ।
जैविक किटनाशक औषधि १ बिघा खेतको लागि बनाउनका लागि निम्नानुसार चिज आवश्यक पर्दछ ।

१) ८ लिटर मुत्र (लोकल गाई, गोरु वा भैंसीको)
२) १ किलो पिसेको निमको पात
३) १ किलो पिसेको सिताफलको पात
४) १ किलो पिसेको आँकको पात
५) १ किलो पिसेको धतुरोको पात
६) १ किलो पिसेको बेलको पात
७) १००-१५० ग्राम पिसेको पिरो रातो खुर्सानी
८) २०० ग्राम पिसेको लसुन र अर्को महत्वपुर्ण कुरा तपाइको छेउछाउमा रहेको झारपात जुन गाईवस्तुले खाँदैनन त्यो सबै हालेर खुब उमाल्नुहोस  । अब त्यो उम्लेको झोललाइ चिसो भएपछी छानेर भाँडा वा जर्किनमा राख्नुहोस । जब खेतको बालीमा किरा लाग्छ तब यसमा ८० लिटर  पानी मिसाएर छर्कीदिनुहोस् । छर्केको दिनमा नै बालीमा लागेका सबै किराहरु मर्छन । जसको लागि बजार बाट केहि किन्न नि परेन पैसा पनि खर्च भएन सजिलै आफ्नो घरमा बनाउन सकियो ।

किसानहरुले यो शुन्य लागत जैविक मलखाद तथा किटनाशक औषधि प्रयोग गरि आफ्नो पैसाको वचत गरि देशको ठुलो धनराशी विदेशीनबाट जोगाउनुहोस् । जसले गर्दा तपाइले चर्को व्याजमा ऋण लिन पर्दैन र अतिरिक्त आर्थिक भारको बोझ तपाई किसानहरु माथि पर्दैन ।

शुन्य लागत जैविक मलखादद्वारा खेति गर्दा केहि समस्या आइपरेमा नेपाल र भारतमा रहेका किसान (जुन तल दिएकोछ) फोन नम्बरमा सम्पर्क राखी आवस्यक जानकारी तथा सल्लाह सुझाव लिन सक्नुहुन्छ ।

डिल्ली खतिवडा :- ९८४२७१९०८८                नेपाल  
अमित आनंद     :- +९१-८०९००१२३४९         भारत 
माधव राव          :- +९१-९८६६५४८२७८       भारत 
सचिन शिंदे        :- +९१-९९२२४१९३३४         भारत       

                                      

युट्युब लिंक :-  https://www.youtube.com/watch?v=XAdAP7DGh1U



                                    

युट्युब लिंक :- https://www.youtube.com/watch?v=cab-PNqho4I




किसान धनी बनाउने कृषिविद् मदन राईका १० सूत्र

‘बीस वर्षमा नेपाललाई अर्गानिक देश बनाउँछु,’ ललितपुरको जाउलाखेलमा रहेको डीएनएन गेष्टरुममा कृषिविद् मदन राईले उत्साहित हुँदै सुनाए, ‘म त्यसको जिम्मेवारी लिन्छु । दस वर्षमै अर्गानिक देश बन्छ । तर, २० वर्षमा नेपाल विश्वकै पहिलो अर्गानिक देश बन्नेछ ।’ पहिलो अर्गानिक देश हुनेबित्तिकै सालिन्दा पाँच करोड पर्यटक नेपाल आउँछ । सर्वोच्च शिखर सगरमाथा नेपालमै छ । नेपाल धर्मको त्रिवेणी पनि हो । पाँच करोड पर्यटक भित्रिनेबित्तिकै १० करोड मानिसले रोजगारी पाउँछन् । नेपालमा तीन करोड जनसंख्या छ । कामदार नपुगेपछि विदेशबाट झिकाउनुपर्छ । रासायिक मल र कीटनाशक औषधि बिक्री गर्ने नेपालकै पहिलो अधिकृत तथा कृषिविद् मदन राईसँग ‘किसानलाई धनी कसरी बनाउन सकिन्छ’ भनेर गरेको कुराकानीको सम्पादित अंश :

कृषिविद् मदन राईको सम्पर्क नम्बर: ९८४१-७४६-५५५
‘प्रतिशतका आधारमा संसारमा सबैभन्दा बढी किसान भएको देश नेपाल होला,’ कृषिविद् राईले दाबी गरे, ‘नेपाल अनपढ किसानप्रधान देश पनि हो । पढ्यो भने हलो जोत्न पर्दैन भन्ने मान्यता छ । पढ् है पढ्, पढिनस् भने हलो जोत्ने होलास् भन्नेको बाहुल्य छ । अनि कसरी शिक्षित व्यक्ति खेतीकिसानमा आकर्षित होलान् ?’

हलो जोत्नु भनेको उब्जाउने संकेत हो । वनस्पति तथा धातुको उत्खनन/सम्भार गरेर त्यहाँबाट उत्पादित उब्जनीबाट मानिसले ज्यान बचाएका छन् । पढेलेखेकाले हलो जोत्न नहुने भएपछि ५० काटेका, त्यो पनि अनपढले मात्रै खेतीकिसानी गर्ने भए । अनपढ किसानको संख्या दिनदिनै घट्दै छ । यसैले सालिन्दा खेतबारी बाँझिदै गएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरू स्वदेश फर्केपछि कृषितिर आकर्षित छन् । उब्जाएर देशलाई धनी बनाउन कृषिभन्दा अर्को आधार नभएको राईको जिकिर छ ।

कोठामा बसेर किताब पढ्ने ८४ लाख नेपालीलाई भात खान आउँछ, पकाउन आउँदैन । लुगा लगाउन आउँछ, बनाउन आउँदैन । उब्जनी नगरी उपभोग गर्न पाइँदैन । राणाकालदेखि नै उब्जाउने र उपभोग गर्नेबीच स्तर निर्धारण गरियो । उब्जाउने काम त्यति सजिलो छैन । उब्जाउनेलाई सानो र बसिखानेलाई ठूलो बनाइयो । मानिसले उब्जाउने चीज ८० प्रतिशत वनस्पति हुन् । २० प्रतिशत धातुले ओगटेको छ । उद्योग वनस्पतिमा आधारित छन् । उद्योग भनेको खेती हो । खेती भनेको वनस्पतिको स्याहार, सम्भार गरेर मानिसलाई काम लाग्ने वस्तु उब्जनी गर्ने हो । चाउचाउ, बिस्कुट, राइस मिल, फ्लावर मिल, जाँड–रक्सीदेखि चुरोट, कपडा, कागज कारखानालगायत सबै वनस्पति हुन् ।

उद्योगधन्दाका आधार भनेको कृषि नै हो । तिनीहरूका लागि कच्चा पदार्थ उत्पादन भएन भने उद्योग चल्दैन । कृषि भनेको मानिसको समृद्धिको मूल आधार हो । कृषिका लागि नेपाल सम्भावनै सम्भवाना बोकेको मुलुक हो । यहाँको हावा त्यत्तिकै राम्रो छ । हावा भनेको चिसो र तातो अवस्था हो । हामीसँग न्यानो पनि छ । करिब १८ प्रतिशत भू–भाग तराई–मधेस छ । करिब ६० प्रतिशत पहाडै पहाड छ । जहाँ चिसो हावा पाइन्छ । त्यसपछि अत्यधिक चिसो हुने हिमाली क्षेत्र पनि हामीसँग छ । वनस्पतिले अत्यधिक चिसो, ठिकठिकै चिसो र न्यानो मन पराउने हुन्छन् । पृथ्वी भनेको न्यानो, चिसो र अत्यधिक चिसो ठाउँ न हो । यस हिसाबले नेपाल सिंगो पृथ्वी हो । त्यतिमात्रै होइन, नेपालमा पिउनेपानी त्यत्तिकै छ । जमिन त्यत्तिकै राम्रो छ । जमिन गरा–गरा (ट्यारेस) परेको छ । नेपाल गराको देश पनि हो । पुर्खाले हजारौं वर्ष मिहिनेत गरेर बनाएको गरा त्यत्तिकै सुन्दर छन् ।

माटो, पानी र हावा प्रयोग गरेर हामीले खेती गरेपछि देश कृषिप्रधान बन्नेछ । ‘खेतीकिसानीका लागि माटो, पानी र हावा चाहिने न हो,’ उनको तर्क छ, ‘जल र मल अभाव छैन । केवल प्रयोग गर्न जान्नुपर्छ । म त भन्छु मल र जल आधारभूत कुरा हुन् ।’ किसानले निम्नलिखित भूमिका निर्वाह गरे धनी बन्न समय लाग्दैन ।

पानी भनेको सम्पत्तिको खानी हो । सुन र पेट्रोलभन्दा हजार गुना बढी पानीको महत्व छ । पानीले नै पेट्रोल निकाल्ने हो । पेट्रोल भनेको वनस्पति न हो । वनस्पति पानीविना हुँदैन । नेपालमा पानी नभएको ठाउँ छैन । कम्तीमा पनि तीन/चार महिना पानी भइहाल्छ । बर्खामा वर्षा हुन्छ । बाह्रैमास पानी नहुने ठाउँमा बर्खाको पानी संकलन गरेरसमेत खेतीपाती गर्न सकिन्छ ।

(१) जमिन : उत्पादनको पहिलो सर्त जमिन हो । हिजोआज एक रोपनी जग्गा हुने पनि किसान, दुई रोपनी जग्गा हुनेलाई पनि किसान नै भनिन्छ । सरकारले ७५ रोपनीभन्दा बढी जमिनमा खेतीपाती गर्न दिँदैन । धेरै खेती गर्छु भन्नेलाई समेत बन्देज लगाएको छ । २० रोपनीभन्दा थोरै जमिनमा खेती गर्नेलाई किसान भन्न उचित हुँदैन । त्यति जग्गाबाट उत्पादित अन्नबालीले सम्बन्धित किसानको परिवारलाई खानसमेत पुग्दैन । पहाडमा ५० रोपनी र तराईमा पाँच बिघा नभई किसानलाई व्यावसायिक खेती गर्न प्रोत्साहित गर्न हुँदैन । किसानले भाडामै लिएर भए पनि जग्गाको प्रशस्त व्यवस्था गर्नैपर्छ । भाडामा पाइएन भने खेती गर्ने–गर्नेबीच मिलेर खेती गर्न सकिन्छ । ‘कोअपरेटिभ फार्मिङ’लाई प्रोत्साहित गर्नुपर्छ । यन्त्रको उपलब्धता हेरेर जमिनको हदबन्दी तोक्नुपर्छ । जमिनको क्षेत्रफल ठीक भएन भने नाफा हुँदैन । मिहिनेत गरे पनि फाइदा हुँदैन ।

(२) पानी : पानी भनेको सम्पत्तिको खानी हो । सुन र पेट्रोलभन्दा हजार गुना बढी पानीको महत्व छ । पानीले नै पेट्रोल निकाल्ने हो । पेट्रोल भनेको वनस्पति न हो । वनस्पति पानीविना हुँदैन । नेपालमा पानी नभएको ठाउँ छैन । कम्तीमा पनि तीन/चार महिना पानी भइहाल्छ । बर्खामा वर्षा हुन्छ । बाह्रैमास पानी नहुने ठाउँमा बर्खाको पानी संकलन गरेरसमेत खेतीपाती गर्न सकिन्छ ।

(३) मल : हामीसँग मल प्रशस्त छन् । त्यो पनि अर्गानिक । नेपालका पहाड र तराईमा धानलाई मल हालिँदैन । तर पनि उत्पादन घट्दैन । त्यो भलपानीको देन हो । बर्खाको भलपानी मलिलो हुन्छ । त्यही भलपानी खेतमा हालिन्छ ।

हामी भलपानी छेक्न जाँगर चलाउँदैनौँ । चैत, वैशाखको भलपानी छोपियो भने १० मुरी उब्जनी हुने खेतबारीमा २० मुरी हुन्छ । भलपानी कसरी छोप्ने ? ‘सजिलो छ,’ कृषिविद् राईले सुझाए, ‘बाटोभरि गोबर, पत्कर, सुली हुन्छ । पानी पर्दा बगेर जान्छ । त्यो कहाँबाट बग्दै छ, पहिचान गरी सम्बन्धित किसानले आफ्नो बारीमा डोर्याउनुपर्यो । बारी भिरालो भए पनि खेतैजस्तो बनाउनुपर्दैन । प्रत्येक गरामा भलपानी जम्न सक्ने भयो भने पुग्छ ।’ भलपानी जम्नबित्तिकै जोतिहाल्नुपर्छ । नत्र उडेर जान्छ । जोतेपछि माटोमा मिसिन्छ । त्यसपछि फेरि एकपटक भलपानी हाल्न सके बारीमा समेत मल हाल्न पर्दैन ।

खेतमा त झन् सजिलो छ । कुलो, नहरबाट भलपानी डोर्याएर खेतमा हाले भइगयो । पानी पर्यो भनेर हात बाँधेर घरभित्र बस्न भएन । पानी पर्नासाथ भलपानी छेक्ने संस्कार विकास गर्ने हो भने साबिक जमिनबाट उत्पादन दोब्बर हुन्छ ।

मलका लागि पत्कर, सोत्तर त्यत्तिकै उपयोगी मानिन्छ । हिमाल, पहाड र तराईमा त्यत्तिकै खेर गइरहेको छ । नेपालमा ५५ लाख भैँसी, ७५ लाख गाई छन् । भैँसी र गाईले मात्रै एक दिनमा कम्तीमा आठ करोड लिटर पिसाब निकाल्छ । त्यति पिसाबले मात्रै हजारौँ हेक्टर जमिनलाई मल पुग्छ । हामी संकलन गर्दैनौ । सबै उडेर जान्छ । सबै मिथेन र नाइट्राइट भएर आकाश डढिरहेको छ । गोबर पनि त्यत्तिकै मात्रामा हुन्छ । एक दिनको कम्तीमा पाँच करोड किलो मल पनि घामले तताएर उडाइरहेको छ । सोलिडलाई हिट गरे लिक्विड हुन्छ । लिक्विड हिट गरे ग्यास बन्छ । गोबरमा ९० प्रतिशत पानी हुने भएकाले त्यो लिक्विड हो । गोबरमा भएको नाइट्रोजन उडेर गएपछि काम लाग्दैन । काम लाग्ने चीज उडेर गएपछि मल नभएर छोक्रामात्रै बाँकी रहन्छ । त्यो पनि बारीमा लगेर महिना दिन त्यत्तिकै राखिन्छ । त्यसो भएपछि मलले मलको काम गर्दैन । गोबर, सोत्तर र पत्करमिश्रित मल एक नम्बर हुन्छ ।

पत्करले नेपालका हजारौँ हेक्टर वन डढेलो लगाउँछ । खरानीजति हिन्दमहासागरमा पुग्छ । एक हेक्टर वनमा झन्डै दुई टन पत्कर निकाल्न सकिन्छ । पत्करलाई कम्पोस्ट मल बनाउन सकियो भने खेती सप्रिनुका साथै डढेलो रोक्न सकिन्थ्यो । यसैगरी, दैनिक गाई, भैँसीको पिसाब र गोबरमात्रै संकलन गरी प्रतिहेक्टर २० टन गोबर मल र २० टन पिसाब मल प्रयोग गरेमा १० टन अन्नबाली उत्पादन हुन्छ । ५० टन तरकारी सजिलै फलाउन सकिन्छ । उत्पादनमा यति धेरै सम्भावना हुँदाहुँदै पनि किसानले ध्यान दिएका छैनन् ।

(४) यन्त्र : किसानलाई यन्त्र नभई हुँदैन । गोरु जोतेर खेती गर्दा मानिस पनि गोरु हुन्छ । गोरुले एक दिनमा तीन रोपनीभन्दा बढी खेतबारी जोत्न सक्दैन । सानो ट्याक्टरले दैनिक नौ रोपनीसम्म जोत्न सक्छ । गोरुलाई घाँसपानी खुवाउनुपर्छ । जोतिसकेपछि ट्याक्टरलाई बन्द गरेर राखे पुग्यो । पहाडमा कसरी सम्भव होला सानो ट्याक्टर प्रयोगमा ल्याउन ? उनी भन्छन्, ‘हिजोआज सानो ट्याक्टरसमेत निर्माण भइसकेको छ । पार्टपार्ट खोलेर पहाड पुर्याउन सकिन्छ । रोबोर्टमात्रै होइन, ड्रोन टेक्नोलोजी आइसकेको समयमा पहाडमा सानो ट्याक्टर प्रयोग गर्न असम्भव छैन ।’

‘पहाडमा समेत सानो ट्याक्टरलाई व्यापकीकरण गर्नुपर्छ,’ उनको मान्यता छ, ‘यो राज्यको काम हो । अहिलेसम्म उपलब्ध प्रविधि परिमार्जन गरेर हिमाल, पहाड र तराईमा यन्त्र प्रयोग गर्नुपर्छ ।’ हुन पनि हो– पछिल्लो समय पोर्टेबल यन्त्र आइसकेका छन् । रोप्ने, गोड्ने र काट्ने फरक–फरक यन्त्र बनेका छन् । तसर्थ, गोरु जोतेर व्यावसायिक खेती गर्न सम्भव छैन । ‘गोरु जोत्नुपर्छ,’ कृषिविद् मदन राईको तर्क छ, ‘तर, पर्यटकलाई देखाउनमात्रै । निश्चित ठाउँमा ५÷६ रोपनी जग्गामा संग्रहालय बनाएर साँच्चिकै गोरु जोतेको दृश्य देखाइयो भने लाखौं पर्यटक हेर्नचाहिँ आउलान् ।’ विकसित देशमा किसानले ट्याक्टर छाडेर रोबर्टले जोत्न थालिसके ।

(५) बीउ : बीउको जात छान्न जान्नुपर्यो । उखान छ– हुलमुलमा जिउ जोगाउनू, अनिकालमा बीउ । बीउ नै उत्पादनको स्रोत हो । हामी सबै बीउ हौँ । खेती भनेको बीउ हो । तसर्थ, बीउ अत्यन्तै महत्वपूर्ण मानिन्छ । सर्वप्रथम शुद्ध बीउ हुनुपर्यो । बीउ भनेको जात हो । रोप्न लागेको जात, धेरै फल्ने जातमा विचार पुर्याउनुपर्छ ।

बीउको जात छान्न जान्नुपर्यो । उखान छ– हुलमुलमा जिउ जोगाउनू, अनिकालमा बीउ । बीउ नै उत्पादनको स्रोत हो । हामी सबै बीउ हौँ । खेती भनेको बीउ हो । तसर्थ, बीउ अत्यन्तै महत्वपूर्ण मानिन्छ । सर्वप्रथम शुद्ध बीउ हुनुपर्यो । बीउ भनेको जात हो । रोप्न लागेको जात, धेरै फल्ने जातमा विचार पुर्याउनुपर्छ ।

(६) पुँजी : सम्बन्धित किसानले पुँजीबारे ध्यान दिनुपर्छ । पुँजी कहाँ पाइन्छ ? पुँजीविना केही काम सम्भव छैन । ट्याक्टरदेखि बीउ किन्नसम्म पुँजी चाहियो । ढुवानी गर्न पुँजी चाहियो । पुँजीको सहज व्यवस्था कहाँ छ ? सरकारमा कि सहकारीमा छ, पहिचान गर्नुपर्यो । पुँजी छैन भने माग्नुपर्यो । पुँजी नभई यन्त्रीकरण सम्भव छैन, यन्त्रीकरणविना उत्पादन सम्भव छैन, उत्पादनविना समृद्धि सम्भव छैन ।

(७) व्यवस्थापन/योजना : सबै कुरा चुस्त–दुरुस्त भए पनि व्यवस्थापन ठीक भएन भने किसानलाई धनी बनाउन सकिँदैन । ५० रोपनीमा तरकारी, ५० रोपनीमा किबी, ५० रोपनीमा माछापालन र ५० रोपनीमा गाईपालन गरेँ भने मेरो उत्पादन यति हुन्छ । उत्पादित वस्तु त्यहाँसम्म लगेर बेच्छु, यस्तो तरिकाले बेच्छु भनेर योजना बनाउनैपर्छ ।

व्यवस्थापनमा प्राविधिक ज्ञान जरुरी छ । प्राविधिक ज्ञानबारे सम्बन्धित किसान निरन्तर ‘अपडेट’ हुनुपर्छ । के–कस्ता प्रविधि भित्रिइरहेका छन् भनेर खोजी गर्नुपर्छ । उत्पादन, व्यवस्थापनदेखि बजारसम्मको प्राविधिक ज्ञानबारे पूर्ण जानकारी हुनैपर्छ । अर्को किसानले त्यही उत्पादन प्याकेजिङ गरेर बजार पुर्याइसक्यो तर आफ्नो उत्पादन राम्रो हुँदाहुँदै बारीमै छ भने उसले गरिखाँदैन ।

यसैगरी, सम्बन्धित किसानले खेती लगाएपछि पानी र मल कहिले हाल्ने, रोग, कीरा लागेको छ कि छैन भनेर समय–समयमा विचार पुर्याउनैपर्छ । हिजोआज पनि कतिपय किसानले ‘भए होस्, नभए नहोस्’ भन्ने गर्छन् । व्यावसायिक किसानले त्यसो गर्नुहुँदैन ।

(८) बजार : किसानले बजारबारे जान्नैपर्छ । बजारसम्म कसरी पुग्ने ? बजारको मागसमेत बुझ्न जरुरी हुन्छ । उदाहरणका लागि पूर्वी पहाडबाट मोरङको विराटनगरमा काउली थुप्रियो । २० रुपैयाँ केजी नबेचे आफूलाई फाइदा हुँदैन । किन्नेले दुई रुपैयाँ केजी पनि हाल्दैनन् । परेन आपत । स्थानीय खोलामा फालौँ फोहोर भयो भन्दै उल्टै कारबाहीमा परिएला भन्ने डर । त्यसो भएपछि पुनः ढुवानी गरेर अर्को ठाउँ लैजानुको विकल्प हुँदैन ।

त्यही काउली सिलगुडीमा ५० रुपैयाँ केजी बिक्री भइरहेको छ भन्ने पूर्वजानकारी भएमा उसले पहिल्यै त्यतै लैजान्छ । व्यावसायिक खेती गर्नेले ‘मार्केट इन्टेलिजेन्स÷इन्फर्मेसनबारे जानेन भने दुःख पाउँछ । त्यसपछि नजानी नहुने भनेको मूल्य साङ्लो ‘भ्यालु चेन’ हो । ‘भ्यालु चेन’ लाई सिधा तरिकाले यसरी बुझ्न सकिन्छ । जस्तै, माछा व्यवसायीले माछा पाल्यो । तर, ग्राहक किन्न आएनन् भनेर चिन्ता मान्नु पर्दैन । त्यसो भए बजारसम्म पुर्याएर जिउँदै बेच्दा कि पकाएर बेच्दा बढी मूल्य आउँछ ? त्यो थाहा पाउनु भनेको ‘भ्यालु चेन’ हो ।

(९) रोग/कीरा : बिरुवा प्राणी भएकाले उसलाई रोग÷कीरा लाग्छ । रोग÷कीराले आक्रमण गरिरहन्छ । गोलभेँडा व्यवसायीले खेती गर्नअघि गोलभेँडामा कुन–कुन रोग लाग्छ भनेर पहिल्यै थाहा पाउनुपर्छ । रोग लाग्न नदिन के गर्ने भनेर पहिल्यै सचेत हुनुपर्छ ।

पछिल्लो समय गोलभेँडा खेती गर्ने र कुखुरा पाल्नेहरू सम्बन्धित व्यवसायबारे अज्ञानताले लगानी डुबाइरहेका छन् । ‘नयाँ जग्गामा पहिलोपटक टनेल बनाएर गोलभेँडा लगाउनुभयो भने सय प्रतिशत नाफा दिन्छ,’ कृषिविद् राईको बुझाइ छ, ‘त्यही टनेलमा दोस्रोपटक गोलभेँडा लगाउनुभयो भने नाफा ५० प्रतिशतमा झर्छ । तेस्रोपटक लगाउँदा ३० प्रतिशत नाफा होला । तर, त्यही टनेलमा चौथोपटक गोलभेँडा लगाउँदा नाफा होइन लगानीसमेत उठ्दैन ।’ कारण ? पहिलोपटक लगाउँदा त्यहाँ रोग÷कीरा केही थिएन । तसर्थ, १०० प्रतिशत नाफा भयो । दोस्रोपटक त्यहीँ गोलभेँडा लगाउँदा पहिल्यै केही रोग÷कीरा पसिसकेका थिए । त्यसले आक्रमण गर्ने नै भयो । तेस्रोपटक लगाउँदा रोगैरोग, कीरैकीरा भएपछि उसले गोलभेँडा लगाउनसाथ आक्रमण गर्न थालेपछि उत्पादनमा ह्रास आउने नै भयो ।

कुखुरापालकको समस्या पनि गोलभेँडासँग मेल खान्छ । कुखुरापालकले लेयर एक र ब्रोइलर भए तीन लट उत्पादन गरेपछि गोठ सारिहाल्नुपर्छ । नत्र रोग लाग्न थालिहाल्छ । रोग लागेपछि औषधि दिँदादिँदा कुखुरा विषालु हुन्छन् । रोग त निको पार्न सकिएला तर खर्च बढ्छ । खानेकुरासमेत विषालु हुन्छ ।

(१०) सुरक्षा : बाली सुरक्षा त्यत्तिकै महत्वपूर्ण मानिन्छ । चोरी, डकैतीबाट बाली बचाउनैपर्छ । बाली राम्रो हुनासाथ चोरी, डकैती हुन सक्छ । किसानले जुन ठाउँमा खेती गर्दै छ, उसले सरकारलाई जानकारी गराउनुपर्छ । किसानले बाली सुरक्षार्थ बीमा गर्नुपर्यो । बीमा गर्न खर्च लाग्ला तर पाँच लाख आम्दानी हुने ठाउँमा दुईदेखि १० हजार रुपैयाँसम्म खर्च गरे फरक पर्दैन ।

प्रकृति हाम्रा लागि वरदान हो र अभिसाप पनि । घाम नभई हुँदैन, धेरै घाम भयो भने खडेरी लाग्छ । पानी नभई हुँदैन, धेरै भयो भने बगाउन बेर लगाउँदैन । विशेषगरेर रोग÷कीरा र मौसम परिवर्तनले गर्दा किसानलाई मर्कामा पार्न सक्छ । तसर्थ, उसले खोजीखोजी बीमा गर्नुपर्छ । खेती गर्नुअघि कुन–कुन खेतीको बीमा छ भनेर बुझ्न आवश्यक छ । नभएको बालीको बीमा व्यवस्था गरिदिनुपर्यो भनेर सरकारलाई घचघच्याउन पछि पर्नुहुँदैन ।

किसानले यति भूमिका निर्वाह गरेपछि लगाएको बालीनालीले उत्पादन नदिने कुरै छैन । वनस्पति, पशु, पक्षी, कीरा वा कीटाणुले आम्दानी दिन्छ दिन्छ । खेती भनेको बिरुवा हो । दोस्रो पशु हो । तेस्रो पन्छी । कीरा भनेको मौरी हो । कीटाणु भनेको च्याउ । जल भनेको माछा भयो । यी सबैले बिरुवा खान्छन् । आधार त बिरुवा हो । त्यसकारण बिरुवा जान्न जरुरी छ । बिरुवा जान्नेमात्रै सक्कली किसान हुन् । उनै त हुन्– धनी बन्न सक्ने ।
साभार: रातोपाटी

कृषिमा हाइड्रोपोनिक्स प्रविधिको महत्व

हाइड्रोपोनिक्स प्रविधिः आवश्यकता र दीगोपनाः 

हाइड्रोपोनिक्स प्रविधि वा प्रणाली (Hydroponics Techniques) माटो बिना नै पानीमा पोषण तत्व (पानी युक्त खाद) हरूको सहायताले कृत्रिम माध्यम (बालुवा, रोडा, नरिवल जटा आदी) को प्रयोग वा बिना प्रयोग बिरुवाहरू उत्पादन गर्ने एक विधि हो । वास्तवमा हाइड्रोपोनिक्स विधिलाइ खनिज तथा पोषक तत्वहरूको घोलमा बाली हुर्काउने तरीकाको रूपमा परिभाषित गरिन्छ । अर्थात् यो soilless culture हो ।यसलाइ जमरे खेती पनि भन्ने गरिन्छ । यसमा पानी र पोषण बिरूवाको मूल जरामा हुनु अति आवश्यक हुन्छ । विश्वमा यस पद्दतिको नामांकरण सहित विकास सन् १९३७ बाट मात्र शुरू भएको मानिन्छ ।

नेपालमा यसको आवश्यकता किन?
नेपालमा यो प्रणाली खास गरी तरकारी र फूलहरूमा मात्र प्रयोग भएको पाइन्छ । अब हाइड्रोपोनिक्स विधि पशु उत्पादन नर्देशनालय हरिहरभवन मार्फत् व्यवसायिक पशुपालक कृषकहरूमा पनि छोटो समयमा पोषिलो घाँस उत्पादनका लागि प्रयोगमा आउने भएको छ । नेपालमा भित्रने कुनै पनि प्रविधि उपयोगी छ वा छैन, कृषकको लागी फाइदा हुन्छ वा हुदैन, यसको कार्यान्वयन पक्ष कत्तिको प्रभावकारी छ वा छैन भन्ने कुराको यकिन नगरी सिधै लागू गर्ने प्रचलन त नयाँ कुरा भने होइन । यसको कार्यान्वयन पक्ष  र प्रभावकारीता त पछिको कुरा हो । तर नेपाली व्यवसायिक पशुपालक कृषकहरूले भोगेको प्रमुख समस्या भनेको हरियो घाँसको उपलब्धता नहुनु नै हो भने धेरै जसो पशुपालन गरिरहेका साना कृषकहरू सँग घाँस उत्पादनको लागी प्रसस्त जग्गाको कमि हुनु भने सत्य कुरा हो। मुख्यतः नेपाली पशुपालन क्षेत्रले चरन तथा घाँस उत्पादन गर्ने जमिनको समस्या झेलिरहेको बेला यो प्रविधि प्रभावकारी  हुन सक्दछ । त्यसैले डेरी ब्यावसायलाइ प्रभावकारी, दीगो र बाह्रै महिना हरियो घाँसको उपलब्धता बढाउन नेपालमा पनि पशु सेवा विभागले शुरूवात गर्न लागेको यो हाइड्रोपोनिक्स प्रविधि पशुपालन क्षेत्रमा एक विकल्पको रूपमा स्थापित हुन सक्दछ । यसमा सबै तह र तप्काको उत्तिकै सहयोग र भूमिका हुनु जरूरी भने अवश्य छ ।

हाइड्रोपोनिक्स प्रविधि नेपालमा परीक्षण र विकास 
पछिल्लो समय नेपालका किसान हाइड्रोपोनिक्स प्रविधिप्रति आकर्षित हुन थालेका हुन् । माटोको सहायता नलिईकन पानीमा गरिने खेती प्रणाली हाइड्रोपोनिक खेती हो । यो प्रविधिअन्तर्गत बिरुवालाई आवश्यक पर्ने खाद्यतत्त्व पानीमा नै राखेर आवश्यक बिरुवा हुर्काउने गरिन्छ । यो पोखरीमा गरिने खेती पनि होइन । यो कुनै भाडामा पानी राखेर त्यसै पानीमा गरिने खेती हो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वरिष्ठ वैज्ञानिक मनोज ठाकुरले हालसम्म आलुमा यसको सफल परीक्षण गरिसकिएको बताए । ‘प्रशस्त खेती गर्ने जमीन नभएको, चाँडो उत्पादन गर्न र आफूले चाहेजस्तो तरकारीलगायत बाली उत्पादन गर्न यो उत्तम विकल्प हो,’ उनले भने । उनका अनुसार बालीलाई १६ ओटा खाद्यतत्त्व आवश्यक हुन्छ तर, माटोमा यी सबै तत्त्व बिरुवाले प्राप्त गर्न सक्दैन । यो प्रविधिले माटोमा भन्दा बिरुवा चाँडो हुर्कने तथा सुक्खा, झरीलगायत समस्याले असर नगर्ने उनको भनाइ छ । ‘परम्पपरागत प्रविधिबाट माटोमा आलु हुर्काउन करीब ४ देखि ५ महीना लाग्छ,’ उनले भने, ‘यो नयाँ प्रविधिलाई अपनाए २० दिन चाँडो हुर्किन्छ ।’ उक्त प्रविधिको खेती ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी आवश्यक रहेको उनको भनाइ छ ।

वरिष्ठ वैज्ञानिक ठाकुरले उक्त प्रविधिको नार्कमा करीब ५ वर्षअघि नै परीक्षण गरिसकिएको बताए । ‘आलुमा गरेको हाम्रो परीक्षण सफल भएको थियो,’ उनले भने, ‘किसानलाई आवश्यक परे नार्कले यससम्बन्धी आवश्यक सहयोग गर्छ ।’ यद्यपि यसका बारेमा किसानहरू अझै पनि अनभिज्ञ नै छन् ।

हालसम्म आलुमा मात्र भएको यसको परीक्षण अन्य बालीमा पनि गर्ने योजना रहेको उनले बताए । यस प्रविधिका बारेमा अनुसन्धान हुन अझै बाँकी रहेको वैज्ञानिक ठाकुरको भनाइ छ ।

हाइड्रोपोनिक प्रविधिका सामग्री भित्र्याउन शुरू गरेका दाहाल ट्रेडिङ कन्सर्नका सञ्चालक दुर्गाप्रसाद दाहालले हाल बजारमा यसको माग बढिरहेको बताए । ‘किसानहरूको मागअनुसार कम्पनीहरूले यससँग सम्बन्धित सामग्रीहरू ल्याउन थालेका छन्,’ उनले भने, ‘यसको माग बढ्नेक्रममा छ ।’ शुरुआती चरणअन्तर्गत हाल हाइड्रोपोेनिक प्रविधिका ट्रेहरू उपलब्ध गराएको बताउँदै उनले भने, ‘चाँडै स्वचालित मेशिनहरू भित्र्याउने योजना छ ।’ उनका अनुसार यो प्रविधिबारे मानिसहरू अझै पनि अनभिज्ञ छन् । उनले यस प्रविधिबाट साग, गाईबस्तुलाई खुवाउने घाँस, जौ, अङ्कुरण खानेकुरालगायत उत्पादन गरिसकिएको जानकारी पनि दिए । यो प्रविधिको प्रयोगबाट बिरुवाहरू हुर्र्कन जमीनभन्दा आधा मात्रै समय लाग्ने उनको भनाइ छ । उनका अनुसार यो प्रविधि उपयोग गर्दा १ किलो जौको बीउबाट १० किलोसम्म उत्पादन गर्न सकिन्छ । ‘कम्प्युटराइज्ड’ खेती प्रणालीसमेत विश्वमा प्रयोगमा आइसकेको ठाकुर बताउँछन् ।

हाइड्रोपोनिक्स प्रविधि फाइदा तथा बेफाइदाहरू के के छन्?
सबै किसिमका बिरूवाहरू यो विधिबाट उत्पादन गर्न सकिदैन तर बाह्रै महिना बाली बिरुवाको खेती गर्न भने सकिन्छ । यसमा बिरुवाहरूलाई नियन्त्रित वातावरणमा हुर्काइने हुँदा परंपरागत जलवायुमा राम्रो संग बिकास नहुने बिरुवाहरु पनि यस विधिबाट हुर्काइन सम्भव छ । रोगव्याधी कम लाग्ने, थोरै समयमा धेरै उत्पादन लिन सकिने, थोरै ठाउँमा र शहरी क्षेत्रका पनि गर्न सकिने यसका मुख्य मुख्य फाइदाहरू हुन् । हरियो जमरे घाँसको नियमित प्रयोगबाट गाइ भैंसीहरूको पाचन प्रणाली स्वस्थ तथा अधिकतम उपयोग हुन्छ । साधारण घाँस खेती गर्न आवश्यक भूमिको पाँच भागको एक भागमा बाह्रै महिना उच्च पोषणयुक्त सफा र ताजा आहारा उत्पादन हुन्छ । एक किलो जमरे घाँसले तीन किलो सन्तुलित दाना बराबर पोषकतत्व प्रदान गर्छ । यो घाँस खुवाउनाले पशुहरूको रक्त सञ्चार प्रणालीमा रातो रक्त कोशिका र अक्सिजनको मात्रा बढाउँछ । साथै यस प्रविधिमा ठाउँ र ऊर्जाको बचत हुन्छ । यसमा फोलिक एसिड, ओमेगा-3, फैटी एसिड, anti-oxidant, anti-ulcer र anti-inflammatory गुण समावेश हुन्छ । यसरी तयार गरिएको हरियो घाँसमा उच्च गुणयुक्त प्रोटीन, इन्जाइम र भिटामिनहरू रहेको हुनाले यसको नियमित सेवनबाट प्रति बेत १० देखि १५ प्रतिशत सम्म दूध उत्पादनमा वृद्धि हुन्छ भने प्रजनन विकृति, भ्रूण मृत्यु दर र गर्भपतनमा समेत कमि ल्याउँछ । मकैबाट उत्पादित जमरे घाँस दैनिक १० किलो प्रति गाईको दरले खुवाउँदा प्रति गाई १ किलो दानाका कमि हुने र दैनिक १ लीटर प्रति गाई दूध वृद्धि हुने विभिन्न अनुशन्धान तथा यो प्रविधि प्रयोग गरिरहेका कृषकहरूले नै बताउँदछन् । त्यस्तै दैनिक १ देखि २ किलो जमरे घाँसले हेफरहरूमा शारीरिक वृद्धि राम्रो संग हुने र प्रजनन संग सम्वन्धित रोग तथा विकृतिहरूमा पनि कमि हुन्छ ।
यो प्रविधिले मानिसको खाद्य वस्तुसँग प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्दछ । यस प्रविधिमा हरियो घाँस खेतीको लागि प्रयोग हुने जौ, गहुँ, मकै, जै, जुनेलो, बरसिम, बोडी मानिसको आहारासँग प्रत्यक्ष सरोकार राख्ने हुनाले खाद्य संकटको जोखिम हुन पनि सक्छ । साधारण किसिमबाट घाँस खेती गर्दा भन्दा यसमा निकै नै कम बायोमास प्राप्त हुने हुनाले बिउको आवश्यकता बढ्दछ । हाइड्रोपोनिक्स प्रविधिबाट तयार गरिएको घाँसमा सुखापदार्थको मात्रा केवल १२–१५ प्रतिशतमात्र हुने हुदाँ यसले मात्र धेरै दूध दिने पशुहरूको शारीरिक आवश्यकता पूर्ति गर्न सक्दैन ।

हाइड्रोपोनिक्स खेती कसरी गर्ने ?
हाइड्रोपोनिक्स प्रविधिमा जौ, गहुँ, मकै, जै, जुनेलो, बरसिम, बोडी वा तिनीहरूको मिश्रणको खेती घाँस उत्पादनका लागि प्रयोग गरिन्छ । यसमा मुख्य रूपमा सोलुसन कल्चर (solution culture) र मेडियम कल्चर (medium culture) गरी दुई प्रकारका घोलहरूको प्रयोग गरिन्छ । सोलुसन कल्चरमा बिरूवा विकासको लागी ठोस मध्यमको प्रयोग हुदैन, पोषक तत्वहरूको घोल मात्र प्रयोग हुन्छ । सोलुसन कल्चरका पनि स्थिर सोलुसन कल्चर, लगातार-फ्लो सोलुसन कल्चर र aeroponics सोलुसन कल्चर गरी तीन मुख्य प्रकार वर्गीकृत गरिएको हुन्छ । मेडियम कल्चर विधिमा बिरूवा विकासको लागि जरामा ठोस मध्यम (बालुवा, रोडा वा काठ) को प्रयोग हन्छ । जुनसुकै माध्यमबाट कल्चर गरेपनि बिरुवा हुर्कने अवधिभरी ड्रिप वा स्प्रे सिँचाइ प्रणाली अन्तरगत पानी छम्केर चिसो राख्नु पर्दछ । बिरूवालाइ छोटो समयमा राम्रोसँग हुर्कन बेलाबेलामा पानीसँगै पोषक तत्वको घोल पनि छर्कनु आवश्यक हुन्छ । Liquid hydroponic systems (तरल हाइड्रोपोनिक्स प्रणाली) मा संयंत्र जराका लागि अन्य कुनै समर्थन मध्यमको आवश्यक पर्दैन भने aggregate systems (कुल प्रणाली) मा अरू ठोस मध्यम समर्थनको रूपमा आवश्यक पर्दछ ।

बीउ वा तिनीहरूको मिश्रणलाइ प्लास्टिक, आल्मुनियम  वा अन्य धातुको ट्रेमा पानीमा भिजाइ राखेको बीउ एकनासले छरि उमारेर कलिलो जरासहितको बिरुवा गाईभैंसी वा अन्य जनावरलाई खुवाइन्छ । एकपटक मोक्राएको बीउ एक दिन भित्रमा नै अँकुराउन थाल्दछ र ५ देखि ७ दिनको अवधिमा करिब २५–३० सेन्टिमिटर अग्लो खान योग्य जमरे घाँस तयार हुन्छ । जमरे घाँसका बिरुवाका जराहरू एक अर्कामा गुज्मिुजिएर फम जस्तो बन्दछ जसलाइ गुन्द्रीजस्तै दोब्राएर गाइभैंसीलाइ खुवाउन प्रयोग गरिन्छ । यस्तो जमरे घाँस प्रति दुधालु गाई वा भैंसीलाई दिनको दस किलोको दरले खुआउन सकिन्छ । यो सबै किसिमको चौपायाहरू तथा कुखुराको लागि पनि उपयुक्त मानिन्छ । यसमा बिरुवा, जरा र बीउ कुनै पनि भाग खेर नफाली खुवाइन्छ । हाइड्रोपोनिक्सका लागि १०० वर्गमिटरमा १००० ट्रे हुने गरी ग्रीन हाउस बनाउँदा प्रति ट्रे १ किलोको दरले दिनमा १००० किलो जमरे घाँस उत्पादन गर्न सकिने विभिन्न अनुषन्धानहरूले देखाएका छन ।

यसमा कठिनाइ र दीगोपना के छन?
हाइड्रोपोनिक्सको तरीकाबाट हरियो घाँस उत्पादन गर्न कुनै पनि बन्द कोठा वा गोदाम घरमा गर्न सकिए तापनि तापक्रम तथा आद्रता नियन्त्रण गर्नु पर्ने भएकाले कृषि तथा यस प्रविधिमामा कौशल कर्मचारीहरु आवश्यक हुन्छ । विशेष प्रविधिले बनाइएको शिशा निर्मित्त ग्रिनहाउमा संगको संयोजनमा गर्नु पर्ने हुनाले शिप, ज्ञान, कौशलता र धैर्यताको पनि उत्तिकै जरूरी छ । ग्रीनहाउस संरचनामा र यसको वातावरणमा विशेष ध्यान नदिएमा कुनै पनि सिस्टमबाट आर्थिक फाइदा लिन कठीन हुन्छ । बिउको लागी मानिसको आहारासँग प्रतिस्पर्दा, कृषकहरूको रूचि, कृषकहरूलाइ हुने आर्थिक फाइदा, आदि यसको निरन्तरता र दीगोपन संग जोडिएका विषयहरू हुन । यो प्रविधि अलि जटिल भएपनि यसको विकास र प्रचारको लागी विभिन्न दुग्घ उत्पादक सहकारी संस्था मार्फत् मोडेलको रूपमा स्थापना तथा अभ्यास गरी अरू कृषकहरूलाइ पनि अनुशरण गराउन सकिन्छ भने प्रगतिशील आधुनिक डेरी कृषकहरू सँग नै यो प्रविधिको सफलता गाँसिएको छ ।

हाइड्रोपोनिक्स प्रविधि सम्बन्धि भिडियो


https://www.youtube.com/watch?v=2BYvgIlJ2Fo

२० गुणासम्म बढ्यो ट्राफिक जरिवाना

काठमाडौं— सरकारले सडकमा ट्राफिक नियमविपरित सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने चालकसँग असुल गर्ने जरिवानाको रकम २० गुणासम्म बढाएको छ। नियम विपरित सवारी चलाउनेलाई न्यून जरिवाना हुँदा दुर्घटना बढ्नुका साथै सडकमा अराजकता बढेको भन्दै सरकारले जरिवानाको मात्रालाई बढाएको हो।
महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संसोधन गर्दै जरिवाना बापतको रकमलाई बढाइएको छ। जरिवानाबापत बढाइएको रकम आइतबारबाट देशभर लागू हुने महाशाखा प्रमुख डिआइजी प्रकाश अर्यालले जानकारी दिए।

डिआइजी अर्यालका अनुसार विगतमा कारवाहीबापत रहेको २५ रुपैयाँ जरिवानालाई बढाएर ५०० पुर्याइएको छ। यस्तै नियमविपरित सवारी चलाउनेलाई ट्राफिक प्रहरीले १५ सय रुपैयाँसम्मको चिट काट्न सक्ने गरी जरिवानाको रकम बढाइएको छ। यसअघि मापसेमा सबैभन्दा बढी एक हजार रुपैयाँ मात्र जरिवाना हुने व्यवस्था थियो।

'सवारी नियमको प्रभावकारी कार्यान्वयद्धारा दुर्घटना न्युनिकरण गरी सडकलाई सुरक्षित बनाउन समयसापेक्ष कारबाही बापतको जरिवाना बढाइएको हो,' उनले भने, 'यो व्यवस्थापछि सडक सभ्यता कायम राख्न धेरै सहयोग पुग्ने छ।'

नयाँ जरिवानाको व्यवस्था अनुसार नियम मिच्ने चालकलाई अब न्यूनतम ५ सय रुपैयाँ जरिवाना हुनेछ। यसअघि न्यूनतम जरिवाना २५ रुपैयाँ थियो । सरकारले ऐनमा भएको २५ रुपैयाँ देखी ५० रुपैयाँसम्म, ५० देखी एक सय रुपैयाँसम्म र एक सय देखी २ सय रुपैयाँसम्मको कारवाहीको दरलाई संसोधन गर्दै क्रमश ५ सय, एक हजार र १५ सय बनाएको हो।

महाशाखाका अनुसार न्यूनतम ५ सय रुपैयाँ जरिवाना पाएको चालकले पटक पटक एउटै अपराध गरेमा क्रमश जरिवानाको दर बढ्दै जाने छ । पहिलो पटक कारबाहीमा पर्नेले ५ सय, दोस्रो पटक परेमा एक हजार र तेस्रो पटक परेमा १५ सय जरिवाना हुने छ । नियम अनुसार ५ पटकसम्म कारवाहीमा परेको चालकलो लाइसेन्स ६ महिनाका लागि खारेज हुने छ ।
कुन नियममिच्दा कति कारबाही ?

५०० जरिवाना हुने कसुरहरु
१. तोकिएको भन्दा बढि मालसामान राखेमा
२. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको
३. सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको
४. प्रयोजन बिपरीत सवारी चलाएको
५. हेल्मेट नलगाएको
६. सवारी आवागमनमा बाधा पुरयाएको
७. अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको
८. छतमा यात्रु बोकेको वा राखेको

१००० जरिवाना हुने कसुरहरु
१. सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको
२. सार्वजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा
३. दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुयाएको वा सम्पर्कमा नआएको
४. मादक पदार्थ सेवन गरी सवारी चलाएको
५. सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा

१५०० सम्म जरिवाना हुने कसुरहरु
१. ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको
२. सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको
३. सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको
४. सडकमा गलत साईड तर्फबाट सवारी चलाएको
५. एकतर्फि सडकमा सो विपरित सवारी चलाएको ।
६. अवस्था ठिक नभएको सवारी चलाएको ।
७. निर्धा्रित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।
८. राती बत्ती नबाली सवारी चलाएको ।
९. सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।
१०. नम्बर प्लेट नराखी सवारी चलाएको ।
११. सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको ।
१२. पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको ।
१३. सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धा्रित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।
१४. सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको ।
१५. निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको ।
१६. लापरवाहीका साथ सवारी चलाएको ।
१७. बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको ।
१८. सवारी चालक अनुमती पत्र, सवारी दर्ता किताब, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएको ।
साभार: नागरिक न्युज 

ह्याचरीमा तीन अर्व रुपैयाँ लगानी?

नवलपरासी। चितवन छाडेर २० किलोमिटरजति पार गर्दै महेन्द्र राजमार्गलाई छाडेर नारायणीको किनार पछ्याउँदै केही भित्र पुगेपछि एउटा ठूलो कम्पाउन्ड अगाडि रोकिन्छ - ल्यान्ड क्रुजर। त्यसमा हामी छौं र हामीलाई यात्रामा लैजाँदैछन् गुणचन्द्र विष्ट।

गाडीका सौखिन उनी अविनाश समूहका अध्यक्ष हुन् र हामीलाई आफ्नो ह्याचरीतिर लैजाँदै छन्। कुनै भव्य रिसोर्टको सम्भावना रहेको नारायणी किनारमा रहेको उनको एउटा महत्वकांक्षी प्रोजेक्ट हेर्दैछौं हामी।

गेट खुल्यो। अगाडि पानी जमेको बाटो रहेछ। बाटोमाथि ढकनी झै जालि राखिएको थियो। चर्को गर्मीमा वातानुकुलित यात्रामा रहेका हामी चढेको गाडी पानी पार गर्दै हिड्यो। टायर जमिनको पानीमा रहँदा हामी चढेका गाडीको माथिको भागमा स्प्रे भइरहेको थियो। यो भाग कट्दा बा १२ च ३१६६ नम्बरको गाडी भिजिसकेको थियो।

‘बायो सेक्युरिटीका लागि यसको प्रयोग भएको हो,’ हामी अनौठो मानिरहँदा गुणचन्द्र विष्टले सुनाउँदै थिए। २८ विगाहमा फैलिएको कम्पाउन्डभित्र हामी छिरिसकेका छौं। यहाँ छन् लामा लामा कुखुराका खोरहरु। हामी गाडीबाट उत्रियौं। त्यसपछि गाडीमाथि जसरी स्प्रे भएको थियो हामीमाथि पनि हुने रहेछ।


गुगल म्यापबाट लिइएको तस्वीर

सतहमा पानी टेक्दै करिब ५ मिटर दुरी पार गर्दा हामीमाथि अटोमेटिक प्रविधिबाट स्प्रे भइरह्यो। टाउकोदेखि पैतालासम्म हामीलाई स्प्रे गरिएको थियो।

एउटा ह्याचरीको कम्पाउन्डभित्र गाडी र हामीलाई ‘शुद्ध’ बनाइँदै थियो। त्यसपछि पालो रह्यो कुखुरा पालन भएको ठाउँ छिर्ने र चल्ला उत्पादनको प्रकृया हेर्ने।


‘त्यहाँ हात डुबाएरमात्र अगाडि जानुस्,’ ढोका नजिकै राखिएको बाटा देखाउँदै विष्टले भने।
हामी हात डुबाउँदै भित्र छिर्‍यौं। ‘अस्पतालको आइसीयु छिरेभन्दा चर्को भयो त!’

‘लगाएको लुगामाथि एउटा सबैले प्रयोग गर्ने गाउन र त्यही मिल्काइएको जुत्ता लगाएर कहीँ हुन्छ?’ अस्पतालका आइसीयुमा रहेको चलनलाई व्यङ्ग्य गर्दै उनले भने, ‘यहाँ त कामदारले छिर्ने बेलामा नुहाएर भित्रको लुगा लगाएरमात्र काम गर्न पाउँछन्।’

हामीले आज जति प्रकृया पूरा गरेर यहाँ पुगेका छौं त्यो सबै कामदारले हरेक दिन पूरा गर्नुपर्छ। यहाँ आउने कामदारले कुखुरा र चल्लाको संगत गर्दा नुहाएर मात्र भित्र छिर्न पाउँछन्। ‘बायोलोजिक सुरक्षाका चरणहरु हामीले जीवनमा पहिलो पटक पार गरिरहेका थियौं।’

अटोमेसन संरचना  

कुखुराको हरेक खोरअगाडि ठूला र अग्ला भकारीहरु। ती भकारी हुन् कुखुराको दानाका लागि। यहाँ ट्रकबाट ल्यइएका दाना सोझै भकारीमा राखिन्छ। र, कम्प्युटरको कमाण्डबाट कुखुराको खोरभित्र पठाइन्छ। दाना र पानी पाइप मार्फत् कुखुरा रहेकै ठाउँमा पुग्छ। दाना पानीको व्यवस्थापन कम्युटराइज्ड नै छ। कुखुरालाई दाना र पानी हाल्न मानिसले हात लगाउनै नपर्ने रहेछ यहाँ।

हामी एउटा खोरको ढोकाबाट भित्र छिर्‍यौं। भित्र बेपत्ता हावा चलेको थियो। चल्ला हुर्काउँदै गर्दा आवश्यकताअनुसारको तापक्रममा हावा भित्र पठाउने र निकाल्ने प्रविधिको प्रयोग यहाँ भइरहेको थियो।

अन्डाबाट कुखुराको चल्ला उत्पादन गर्ने मेसिन यहाँ चौविसै घन्टा चलिरहन्छ। कुखुरा हुर्काउनदेखि अन्डाबाट चल्ला कोरल्न समेत ‘इन्भायरोमेन्ट कन्ट्रोल सिस्टम’ प्रयोगमा छ। र हरेक एक/एक घन्टाको अन्तरालमा अन्डाहरु एउटाबाट अर्को भागतिर ढल्किरहने गर्छ। ठूला ठूला केसमा राखिएका अन्डाहरु वातानुकुलित मेसिनभित्र राखिएका थिए जसलाई कम्प्युटराइज्ड सिस्टमबाट संचालन गरिने रहेछ।

अटोमेसनले ल्याएको परिवर्तन

यहाँ उत्पादन हुने चल्ला मानिसले नछोइ नै तयार भएर निस्किन्छ। अटोमेसन प्रयोग भएपछि २ लाख कुखुरा उत्पादनका लागि ६० जना कामदार भए पुग्छ। जवकि पुरानै तरिकाले उत्पादन गर्ने हो भने ४ सय मानिस यसमा खटिनुपर्छ।

‘यहाको क्षमताअनुसार दिनको डेढ लाख अन्डा चाहिन्छ,’ उनले सुनाए। पूर्ण रुपमा संचालन आउने हो भने वर्षमा ६ करोड अन्डा कोरल्न सक्ने रहेछ यसले। कुखुरा उत्पादनमा यहाँ प्रयोग हुने नयाँ प्रविधिले एउटा अन्डा उत्पादनमा हुने खर्चको आठ गुना बढ्ने रहेछ।

‘लगानी त बढ्छ तर त्यसले चल्ला बढी उत्पादन गर्छ र गुणस्तर पनि राम्रो हुन्छ,’ उनले भने। तत्कालका लागि ठूलो खर्च भए पनि दीर्घकालमा यसबाट राम्रो मुनाफा निसक्ने भएपछि विष्ट तातेका रहेछन्।

ह्याचरीमा अहिलेसम्मकै ठूलो लगानी 

यहाँभित्र करोडैका धेरै प्रविधिहरु प्रयोगमा छन्। सबै कम्प्युटराइज्ड भएकाले महँगा हुनु स्वभाविक नै हो। ह्याचरीमा ३ सय करोड अर्थात् ३ अर्ब रुपैयाँ!

‘इन्भेस्टमेन्ट बैंकसँग लोनको प्रकृया अघि बढ्दा राष्ट्र बैंकका कर्मचारीहरुले नै पत्याएका रहेनछन्। कुखुरापालनमा पनि यत्रो खर्च हुन्छ र भन्ने रहेछ उनीहरुमा,’ विष्टले भने, ‘यहाँ देखेपछि यो उद्योग के हो भन्ने थाहा पाए।’

यहाँ ६ महिनाअघि विश्वकै उत्कृष्ट पिटरसाइमका मेसिन प्रयोगमा ल्याइएको छ। ‘बेल्जियममा उत्पादन हुने यी स्वचालित मेसिनहरु भारतका केही फार्ममा मात्रै जडान भएका छन्,’ उनले भने।

यसकारण सस्तो र आत्मनिर्भर

गुणचन्द्र विष्टले जतिखेर चितवनमा ह्याचरीको थालनी गरे त्यतिखेर ७५ प्रतिशत चल्ला भारतबाट नेपाल भित्रन्थ्यो। बाँकी काठमाडौंमा उत्पादन हुन्थ्यो। पोल्ट्री व्यवसायमा मानिसहरु थिए तर न्युन।

‘थोरै कुखुरा पाल्ने अनि महँगो बनाएर बेच्ने चलन थियो,’ उनले विगत कोट्याए। नयाँ प्रविधि भित्र्याएर ह्याचरीलाई अगाडि बढाउन धेरैले धक मान्थे। तर, १२ वर्ष ओशोको कम्युनमा बसेर सन्यासी बनेका उनले त्यो परम्परालाई खण्डित गरे। काठमाडौंमा मात्र सीमित रहेको पोल्ट्री र ह्याचरी चितवनमा गजबले फस्टायो।


नयाँ प्रविधिको प्रयोग गर्दै उनले विश्वकै उत्कृष्ट मेसिनहरु नेपाल भित्र्याए। त्यसैको प्रतिफल हो – कुखुराको मासुमा आत्म निर्भरता र सस्तो मोल। यिनी पोल्ट्री व्यवसायी महासंघको अध्यक्षसमेत बने।

आफूले प्रयोग गर्ने प्रविधि अरुलाई पनि ल्याउन उक्साए। ‘धेरैलाई मैले सिकाएँ,’ उनले भने, ‘प्रतिस्पर्धा होला भन्ने चिन्ता मलाई थिएन जतिसक्यो जानुन् भन्ने थियो।’ त्यसैले उनले धेरैलाई यो व्यवसायको क्लास नै लिएर सिकाए। चितवन ह्याचरीको ‘हव’ बन्नुको मियो उनै रहे।

वातावरण मैत्री अभ्यास

उनका कुरा सुन्दै र ह्याचरी फार्म हेर्दै हामी एउटा ठूलो हलभित्र छिर्‍यौं। यहाँ सबै अटोमेटिक प्रविधि रहेछ। हामी अगाडि परेपछि ढोका खुल्यो। हामी अघि बढ्दै गएपछि बिजुली वत्ती पनि बल्दै गयो। त्योभन्दा पनि अनौठो त बाहिर ४१ डिग्री सेल्सियको तातो रहँदा भित्र चिसो।

कोरलिएका चल्ला यहाँ भेला पारिँदै थियो। काम गर्नेलाई सहज होस् भनेर उनले यहाँ ठूला कुलर र पर्याप्त हावा भित्रने र बाहिर निस्कने व्यवस्था मिलाएका रहेछन्। ‘म र एकजना पिटरसाइमको इन्जिनियरले डिजाइन गरेका हौं,’ उनले सुनाए। नयाँ प्रविधिका मेसिनको प्रयोगसँगै उनले इन्जिनियरहरुले तयार गरेका डिजाइनलाई आफ्नै सक्रियतामा मोडिफाइ गराएर काम गर्ने वातावरण सहज बनाएका रहेछन्।

चार क्षेत्र नम्बर १ खेलाडी

सबैभन्दा ठूलोमध्येको एक नेपाल ग्याँस विष्टकै कम्पनी हो। ग्याँस उद्योगमा यिनको बिजनेस १ नम्बरमै छ। त्यसबाहेक पोल्ट्री र ह्याचरीमा पनि यिनको सामुन्ने अरु कमजोर नै छन्। पूरा सञ्चालनमा नआउँदा पनि यहाँ दैनिक १ लाख चल्ला उत्पादन हुन्छ।

लेयर्स उत्पादनमा दोस्रो स्थानमा रहेको फार्म भन्दा दुई गुणा बढी क्षमता छ उनको ह्याचरीको।


ब्रोइलर कुखुरा उत्पादन गर्ने दोस्रो ठूलो पोल्ट्री फार्म भन्दा चार गुणा ठूलो छ उनको कम्पनी। ब्रोइलर चल्ला उत्पादनमा उनको कम्पनी अर्को वर्ष दोस्रो भन्दा आठ गुणा ठूलो हुँदैछ। दैनिक २ लाख अण्डा उत्पादन गर्ने क्षमता छ अविनाश ह्याचरीको।

अण्डा उत्पादनका लागि चितवनमै अविनाशको सात विघामा फैलिएको अर्को फार्म छ। कुखुराले अण्डा पारेपछि त्यसलाई कलेक्शन गर्ने, तौलअनुसार ग्रेड छुट्टयाउने र प्याकेजिङसम्म सबै अटोमेटेड छ।

‘पैसा कसले कमाएको छ वा छैन भन्ने सेकेन्डरी कुरा हो। राज्यमा योगदानको हिसाबले हामी धेरैमा नम्बर वान छौं,’ उनले भने, ‘व्यापार र दलाली गरेर पैसा कमाएर जति धनी भए पनि म मान्दिन। उद्योग गरेर कमाउनु ठूलो कुरा हो।‘

यो ह्याचरीमा अविनाश समूहको लगानी ६० प्रतिशत छ।

हिम्मत, हौसला र सफलता 

त्यसो त विष्टलाई यो व्यवसायबाट टाढिन मन नलागेको होइन। ‘एक पटक साझेदारले छाडेपछि यो व्यवसायबाट हात झिक्न चाहेको थिएँ,’ उनले सुनाए, ‘तर पछि मैले यसलाई अत्याधुनिक फार्म बनाएर दक्षिण एसियाकै नमुना बनाउने अठोट लिएँ र बन्यो पनि।‘

त्यही दौरान उनले नेपाल ग्याँस पनि किने। ग्यास व्यवसायमा आउन उनले समृद्धि ग्याँस दर्ता समेत गरेर राखेको थिए। जतिखेर उनले नेपाल ग्याँसमा हात हाले त्यहाँको अवस्था सुधार नै नहोला कि जस्तो थियो।

‘झन्डै लगिदे गाँड भन्दा थपिदे गाँड भनेको जस्तो भयो,’ उनले भने, ‘नेपाल ग्याँस सेतो हाती थियो। कम्पनी संचालन घाटामा थियो तर फिक्स्ड डिपोजिटमा भएको रकमले कर्मचारीले बोनस खान्थे। कम्पनीको खर्च अस्वभाविक थियो। मैले डेढ वर्षमा सुधार गरेँ र एक्सपान्सन समेत गरेँ। अहिले हाम्रो क्षमता १० हजार टन पुग्दैछ। त्यो पनि अत्याधुनिक र स्वचालित बनिसकेको छ।‘

फेरिएको सोच

उनको ह्याचरीबाट हामी उनकै गाडीमा चितवनतिर फर्किँदै छौं। उनले व्यवसायिक जीवनका किस्सासँगै जीवन र जगतमाथि ओशोका प्रसंगहरु पनि पस्किँदै थिए। ३ सय  करोड रुपैयाँमा यो क्षेत्रमा भएको लगानी र प्रविधिको बेजोड प्रयोगले हामीलाई पोल्ट्री र ह्याचरीमाथिको सोच बदलिसकेको थियो। अरु व्यवसायले झै नाकाबन्दी र भूकम्पको मार उनको यो क्षेत्रले पनि बेहोर्‍यो। त्यतिमात्र हो अरु थलिएर बसे यिनी जुटिरहे।


फर्किँदा उनी सुनाउँदै थिए – सबैभन्दा ठूलो दाना उद्योगबाट छिटै उत्पादन हुनेबारे। तर, उनी संलग्न दाना उत्पादन गर्ने उद्योगले उत्पादन गर्ने सबै दानाले पनि उनको यो प्रोजेक्टलाई धान्न नसक्ने रहेछ। पूर्ण रुपमा संचालनमा नआइसकेको र अझै नयाँ प्रविधि जोडिने क्रममा नै रहेको यो उद्योगमा विष्टको महत्वकांक्षा देख्दा हामी पनि उत्साही नभइ रहन सकेनौं।
साभार: विजमान्डु 

नेपाल टेलिकमको नेटवर्कमा फोन गर्दा शेयरधनी बन्ने अवसर

दूरसञ्चार प्रदायक नेपाल टेलिकमले चाँडै आफ्ना ग्राहकलाई शेयरधनी बन्ने अवसर दिने भएको छ । आगामी आर्थिक वर्षको बजेटमै समावेश गर्ने गरी नेपाल टेलिकमको नेटवर्क प्रयोग गरी सोही नेटवर्कमा फोन गर्ने ग्राहकहरु लक्षित ‘एक कल एक शेयर’ वा ‘एक सीम एक शेयर’को नौलो अवधारणा आउन लागेको हो ।

बुधबार नेपाल टेलिकम कम्पनी लिमीटेडको भद्रकालीस्थित मुख्य कार्यालयमा ‘टेलिकम सुधारको मार्ग्चित्र’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यो कुराको जानकारी दिइएको हो । ‘एक कल एक शेयर’का अवधारणा संचारमन्त्री शेरधन राईले ल्याएका हुन् ।

कम्पनीको संचालक समिति अध्यक्ष तथा संचार मन्त्रालयका सचिव दिनेश थपलियाले अब नेपाल टेलिकमलाई जनताको कम्पनी बनाउन एक कल गर्दा त्यसबाट निश्चित रकम उसको शेयरमा रुपान्तरण हुने नौलो अवधारण ‘एक कल एक शेयर’ कार्यक्रम ल्याएको बताए ।

थपलियाले भने–‘उदाहरणका लागि एनटीसी प्रयोगकर्ताले एउटा लोकल कल गर्दा त्यसबाट ३ पैसा शेयरमा जम्मा हुने व्यवस्था हुन्छ । यस्तै सानो सानो रकम जम्मा हुँदै गएर ऊ केही वर्षपछि ठूलै कम्पनीको राम्रो शेयरधनी बन्छ ।’

यो कार्यक्रममा अहिलेका टेलिकम प्रयोगकर्तामध्ये ५० प्रतिशत मात्र सहभागी भए भने पनि ५ वर्षमा जम्मा भएको पैसाले ठूलै जलविद्युत आयोजना बन्नसक्ने सरकारी अध्ययनले देखाएको थपलियाको दाबी थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित संचारमन्त्री शेरधन राईले समेत आगामी बजेट कार्यक्रममै ‘एक कल एक शेयर’को नौलो कार्यक्रम आउने वचन दिए । ‘यो कार्यक्रममार्फत सेवाग्राहीलाई जोड्न सक्ने नौलो र सफल प्रयोग हुनसक्छ, यो दीर्घकालीन हिसाबले सेवाग्राहीलाई एनटीसीमै जोडिरहन समेत सफल प्रयोग बन्ने विश्वास छ’, उनले थपे–‘अब हामीले नयाँ–नयाँ अवधारणा ल्याएर टेलिकमलाई निर्विकल्प पहिलो नम्बरको दूरसंचार प्रदायक कम्पनी बनाउनुपर्छ ।’

नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्यले मन्त्री राईको अवधारणालाई कार्यान्वयनका लागि आफूहरु हरदम तयार रहेको बताएका थिए ।
साभार: आइसिटी 

विदेशबाट ल्याएका मोबाइल दर्ता गर्नुस्, नत्र ब्लक होला ! कसरी गर्ने त दर्ता ?

विदेशबाट आउँदै गरेका परिवारका सदस्य वा साथीभाइलाई नेपालमा भएकाहरुले गिफ्टको आशा गर्नु सामान्य नै भयो। तीमध्ये केहीले मोबाइल माग्छन्। हुनत अहिले सजिलो पनि हो, विदेशबाट मोबाइल मगायो, यहाँ बजारमा किन्नेभन्दा सस्तो भइहाल्छ। नेपालमा ल्यायो, यताको सिम राख्यो- चलायो। आनन्दै। तर पख्नुस्, अब यति सजिलो हुनेछैन विदेशबाट ल्याउने मोबाइल चलाउन।

मोबाइल फोनहरुबारे नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख १ गतेदेखि नयाँ नियम बनाउँदैछ। प्राधिकरण भनेको टेलिफोन, मोबाइल, इन्टरनेटलगायतका सेवा नियमन गर्ने निकाय हो। यसले नेपाल टेलिकम, एनसेल, युटिएल आदि मोबाइल सेवा दिनेदेखि आइएसपीसम्मलाई निर्देशन दिने काम गर्छ।


नयाँ नियम अनुसार तपाईँले विदेशबाट ल्याएको मोबाइल के हुन्छ त?
नेपाल दूरसञ्चार प्राधिकरणले अवैध तथा गैह्रकानुनी रुपमा भित्रिएका मोबाइल फोनलाई व्यवस्थित गर्न नयाँ निर्देशिका लागु गरेको छ । निर्देशिकाअनुसार अब अनिवार्य रुपमा सबै मोबाइल सेटहरु सरकारी निकायमा दर्ता गर्नुपर्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणमा मोबाइल सेटको आइएमइआई नम्बर दर्ता नगरे कात्तिकदेखि तपाईंको मोबाइल ‘ब्लक’ हुन्छ । ‘अब भन्सार नतिरी भित्रिएका र विदेशमा किनेर ल्याइएका मोबाइलको आइएमइआई नम्बर दर्ता नगरिएका मोबाइलले नेपालमा काम नै गर्ने छैनन्,’

तपाईँले त्यसरी विदेशबाट ल्याएको मोबाइल नेपाल दूरसञ्चार प्राधिकरणमा लगे दर्ता गर्नुपर्ने हुन्छ। त्यसका लागि तपाईँले यस्तो फाराम भर्नुपर्छ




फारामका साथ तपाईँले नागरिकता वा पासपोर्ट पनि बुझाउनु पर्छ। वैशाख १ गतेदेखि प्राधिकरणको यो अन्तरिम निर्देशिका लागू हुने भए पनि विदेशबाट ल्याएका मोबाइलको IMEI नम्बर फाराम भरेर दर्ता गराउन लानुपर्ने यो व्यवस्था चाहिँ दशैँपछि अर्थात् २०७३ कात्तिक १ गतेदेखि मात्रै लागू हुनेछ।

दर्ता गर्नका लागि तपाईँसित भन्सार तिरेको कागजात पनि पक्कै खोजिनेछ। प्राधिकरणले क्लियरेन्स दिइसकेपछि मात्रै तपाईँले हाल्ने एनसेल वा नेपाल टेलिकम वा अन्य सिमहरुले यी मोबाइलमा काम गर्नेछन्।

व्यक्तिगत रुपमा नभई बेच्नका लागि कम्पनीले ल्याउने मोबाइलमा भने तपाईँले केही गर्नुपर्ने छैन। कम्पनीले नै IMEI नम्बर दर्ता गरिदिन्छ। सक्कली र भन्सार तिरेका मोबाइलहरुमात्र प्रयोगमा आउन् भनेर यस्तो नियम लागू गर्न लागिएको हो।


कसरी थाहा पाउने आइएमइआई नम्बर ?


आइएमइआई नम्बर मोबाइलको पहिचान हो जुन *#06# थिच्यो भने देखिन्छ । सामान्य खालको मोबाइलमा ब्याट्रि निकालेपछि र आइफोनमा सेटिङ भित्र गएर पनि आइएमइआई नम्बर  हेर्न सकिन्छ ।

अब मोबाइल आयातकर्ताले आफूले वैध रुपमा बेच्न ल्याएका मोबाइलको आइएमइआई नम्बर समेत सरकारलाई बुझाउनुपर्ने छ । नेपालमा किनिएका मोबाइलको भने आइएमइआई दर्ता गर्नुपर्ने छैन । गैरकानुनी रुपमा भित्रिएका मोबाइल फोनले विभिन्न समस्या भएपछि प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । अब अबैध तरिकाले भित्रिएका मोबाइल फोन दर्ता हुनेछैनन् र नेपालमा काम पनि गर्ने छैनन् ।

प्राधिकरणका अनुसार आजदेखि सबैखाले मोबाइलको युनिक आइडेन्टिटी रजिष्ट्रिको काम सुरु भएको छ । योसँगै अवैध आइएमइआई नम्बर भएका मोवाइलको ट्रयाकिङ पनि सुरु भएको छ । कत्तिकदेखि प्राधिकरणले मोबाइल ट्रयाकिङ सिस्टमलाई फूल अपरेसनमा लैजाने बताएको छ । कात्तिकदेखि आइएमइआई नम्बर फर्जी भएका मोबाइललाई ब्लक गरिनेछ ।




पुराना मोबाइल के हुन्छन् त ?
२०७२ चैत ३० गतेसम्म चलाइएका मोबाइलहरुको सेवा रोकिने छैन। ती मोबाइलहरु विदेशबाट ल्याइएका हुन् कि नेपालमै किनिएका हुन् कि जेसुकै होस्, सेवा रोकिने छैन।

त्यस्तै अब जस्तोसुकै मोबाइल पनि चलाउन पाइने छैन। प्राधिकरणले टाइप अप्रुभ गरेका मोबाइलहरु मात्रै व्यापारीले आयात गर्न पाउने छन्।

ग्राहकका रुपमा तपाईँले के के गर्नुपर्ने भन्ने बारे अन्तरिम निर्देशिकाको यो भागमा विस्तृत छ-


विदेशबाट ल्याएकालाई के गर्ने ?
अब विदेशबाट आएको मोबाइलको आइएमइआई नम्बर अनिवार्य रुपमा दर्ता गराउनुपर्नेछ । यस्ता विदेशबाट आएका मोबाइलमा अब सेवा प्रदायक मोबाइल कम्पनीले दर्ताका लागि एसएमएस पठाउनेछन् ।

त्यसपछि आफ्नो मोबाइलको आइएमइआई नेपाल दूरसञ्चार प्राधिकरणमा गएर दर्ता गराउनुपर्नेछ । मोबाइलको यस्तो नम्बर दर्ता नभए विदेशबाट आएका मोवाइल ब्लक हुनेछन् । नेपालमा किनिएका मोबाइलको भने आइएमइआई दर्ता गर्नुपर्दैन । अब आफ्ना मोबाइल हराएमा त्यसलाई नचल्ने बनाउन पनि सकिनेछ ।

मोवाइल हराएपछि त्यसका विवरण राखेर दूरसञ्चार प्राधिकरणमा निवेदन दिनुपर्ने हुन्छ । यसो गरेपछि हराएको मोबाइल चल्ने छैन । आइएइआई नम्बरका आधारमा ति मोबाइल ब्लक हुनेछन् ।

अब मोबाइल हरायो वा चोरी भयो भने पनि सजिलै हुने भयो। तपाईँले फाराम भरेर त्यस्तो मोबाइल ह्यान्डसेटलाई ब्लक गर्न सक्नुहुनेछ। अथवा ट्रयाक पनि गर्न सक्नुहुनेछ। यो अनुसार
अब हराएको मोबाइल कसैले भेट्टायो भने पनि त्यसमा सिम राखेर चलाउन मिल्ने छैन।

विदेशबाट नेपाल आएका पाहुना वा पर्यटकहरुले आफूले ल्याएको मोबाइलमा यहाँको सिम हालेर चलाउन चाहेमा पनि १५ दिनभित्र  IMEI  कोडसहित फाराम बुझाउनु पर्नेछ।
साभार: मेरो संसार र अनलाइन खबर 

फोन अनलक नगरी यूट्युब कसरी चलाउने?

फोनलाई अनलक नगरी यूट्युब प्रयोग गर्न पनि सकिन्छ। यसका निम्ति फोनमा मोजिला फायरफक्स (Mozilla Firefox) डाउनलोड गर्नु पर्ने हुन्छ। डाउनलोड गरिसकेपछि मोजिला फायरफक्सको ब्राउजरमा गएर यूट्युब खोल्ने र ब्राउजरको सेटिङमा गएर ‘रिक्वेस्ट डस्कटप साइज’ (Request Desktop Size) मा क्लिक गर्ने। उक्त प्रक्रिया पुरा गरेपछि फोन लक गरेपनि यूट्युब चल्ने छ।

टर्च म्युजिक एप (Torch Music App) का मद्दतले पनि फोनको ब्याकग्राउण्डमा यूट्युब भिडियो हेर्न सकिन्छ। यसका लगि यस एपमा गएर कुनै भिडियो सर्च गरेर प्ले गर्ने। यसपछि फोन लक गरे पनि भिडियो हेर्न सकिने छ। टर्च म्युजिक एपलाई प्ले स्टोरबाट फ्रि डाउनलोड गर्न सकिनेछ।

यसका साथै इन्टरनेट ब्राउजरको एड्रेसबारमा youtube.com/tv टाइप गर्ने। उक्त लिंक राखेपछि यूट्युब टिभी जस्तै खुल्ने छ। यसलाई बिना माउस पनि प्रयोग गर्न सकिन्छ।

हराएको वा चोरी भएको फोन कसरि प्राप्त/कन्ट्रोल गर्ने

सूचना प्रविधीको विकासले मोवाईल गास बास कपास जत्तिकै महत्वपूर्ण बनेको छ। यस्तो आवश्यकताको कुरा मोवाईल हरायो भने कस्लाई चिन्ता नहोला? अझ महङ्गो मोवाईल हरायो भने त दुखद घटना नै बन्न पुग्छ। मोबाईल हराएमा मोबाईलमा रहेका सम्पूर्ण फोन नम्बर र अरु डाटाहरु गुमाइन्छ जसले हामीलाई सानो देखी लिएर ठुलै नोक्सान सम्म पुर्याउन सक्छ। मोबाईल हराउने र चोरी हुने क्रम एकदमै बडीरहेको हुनाले मोबाईल हराउने र चोरी हुने बड्दो चिन्ताको बिषय भएको छ । तर अब तपाइले चिन्ता लिनु पर्दैन किनभने फोन  हराएको वा चोरी भएपछि पनि तपाईंको फोनमा पूर्ण नियन्त्रणमा गर्न सक्नुहुन्छ। यसर्थ चोरी गरिएको फोन चोरका लागि सिर्फ एक खेलौना रूपमा अन्त हुनेछ।

१. Android Device Manager
आफ्नो फोन हराएको छ भने, पहिला यो सुविधाको सहयोग लिनुहोस् । यो सुविधा एन्ड्रोइड स्मार्टफोनमा  'Device Manager' हुन्छ । यसको उपयोगिता यो छ कि तपाइको फोन चोरी भएको अवस्थामा फोन  जहाँ  छ त्यहाँको लोकेशन देखाउंछ । त्यसकोलागि आफ्नो फोनको Android Device Manager सधैं अन राख्नुपर्छ । हुन त तपाइले आफ्नो फोनमा  मेल आईडी राख्न साथ यो आफैं स्वत अन हुन्छ त्यहि पनि  तपाईं एन्ड्रोइड स्मार्टफोनको सेटिङमा गएर अन गर्न सक्नुहुन्छ । त्यसका लागि :

1. पहिला  setting मा जानुहोस् ।

2 अब, Security मा क्लिक गर्नुहोस्।

3. त्यसपछि Device Administrators मा जानुहोस्।

4 अब Android Device Manager मा टिक लगाई अन गर्नुहोस् ।

अर्को अथवा अरु कसैको Smart Phone बाट तपाइको चोरी भएको फोनको Location Track गर्न सक्नुहुन्छ  त्यसका लागि Android Device Manager App डाउनलोड गरि वा Google Search मा गएर Track My Phone अथवा  Android Device Manager लेखेर चोरी भएको फोनको Location Track गर्नसक्नुहुन्छ । याद राख्नुहोस् Location Track गर्दा तपाईंको चोरी भएको फोनमा रहेको  G-mail आईडी ले नै लगिन गरनुपर्ने हुन्छ ।

क. चोरि भएको फोनलाई कन्ट्रोल गर्नुहोस:
Android Device Manager द्वारा चोरिभाएको फोन मार्फत चोरलाई चेतावनी वा संदेश पठाउन सक्नुहुन्छ साथै तपाइले आफ्नो वैकल्पिक नम्बर पनि दिनसक्नु हुन्छ जसमा त्यो मानिसले फोन गरेर फिर्ता दिन सकोस ।  अथवा नयाँ Password राखी चोरी भएको फोनको स्क्रिन लक गरि कन्ट्रोल पनि सक्नुहुन्छ ।

ख. चोरि भएको फोनको Data वा Apps Erase गर्नुहोस् :
यदि तपाईलाई लाग्छ कि त्यो चोरी भएको फोन फिर्ता प्राप्त हुँदैन भने त्यसमा रहेको आफ्नो Data तथा Apps लाई  Erase गरि मेटाउन सक्नुहुन्छ जसलेगर्दा तपाइको Data वा Apps बाट कुनै दुरुपयोग हुन पाउँदैन ।

२. आइएमइआइ (IMEI) नम्बर
आफ्नो मोबाइलको आइएमइआइ नम्बर सुरक्षित राख्नु पर्दछ अथवा त्यसलाई कपिमा टिपेर सुरक्षित राख्न सक्नुहुनेछ । यसले तपाईंको मोबाइल हराएमा भेट्टाउन सहयोग गर्छ । आफ्नो फोनको IMEI नम्बर पत्ता लगाउनका लागि *#06# डायल गर्नुपर्ने हुन्छ अथवा मोबाइलको ब्याट्री निकालेर पनि हेर्न सकिन्छ । हराएको फोन खोज्नका लागि तपाईंले मोबाइलको आइएमइआइ नम्बरसहित प्रहरीलाई उजुरी गर्न सक्नुहुन्छ । यदि त्यस मोबाईलमा आइएमइआइ नम्बर छैन भने तपाईंको सीम यदि युज भएको रहेछ भने पनि मोबाइल भेट्टाउने सम्भावना हुन्छ । त्यसका लागि तपाईंले प्रहरीमा उजुरी दिनुपर्ने हुन्छ ।

३. JEENYA Mobile Security एप्लिकेशन
जेन्या प्रलिले बजारमा ‘जेन्या मोवाईल सेक्युरेटी’ एप्लिकेशन ल्याएको छ । अब तपाईको हराएको मोवाइलको विवरण तपाईले चाहेमा सहजै उपलब्ध हुन सक्ने छ। नेपालका केही सूचना प्रविधि क्षेत्रमा लागेका युवाहरुको समुहले एउटा गजबको मोबाइल एप्लीकेशन निमार्ण गरेका छन् जसले तपाईको हराएको मोवाइलको स्थान र प्रयोग गरेको व्यक्ती एक छिनमै पत्ता लगाउन सकिन्छ। यो एप्लिकेशन एण्ड्रोइड मोबाइलहरुमा उपलव्ध छ। सूचना प्रविधीको क्षेत्रमा काम गदै आएको जेन्या प्रालिले अहिले मोबाईल सुरक्षाको क्षेत्रमा पनि हात हालेको छ। निर्माण गरिएको एप्लिकेशनले तपाईको हराएको मोवाईलमा एउटा यूनिक कोडको मार्फत प्रयोग भएको स्थान र प्रयोग कर्ताको जानकारी सजिलै पत्ता लगाउन सकिन्छ । यो एप्लिकेसन हराएको खण्ढमा सकृय हुने भएकाले मोबाईलमा राखेपछि नदेखिने अथवा काम नगरिरहेको भान हुन सक्छ ।

‘जेन्या मोबाईल सेक्युरेटी’ डाउनलोड गरेपछि त्यो मोबाईल सम्बन्धि सम्पूर्ण जानकारी पाउन मोबाईल भेरिफाइ गर्नु पर्नेछ । भेरीफिकेसन प्रणाली मोबाईल ब्यक्तीको नाममा दर्ता हुन्छ । दर्ता भएको ब्यक्तिले आफ्नो मोबाईल कहाँ छ भनेर जानकारी पाउन सक्छन । भेरीफिकेसन प्रणाली कहाँ र कसरी गर्ने भनेर जेन्या कम्पनीबाट यो एप्लिकेसन डाउनलोड गरिसक्नु भएको मोबाईलहरुमा सम्पर्क गरेर जानकारी दिईनेछ ।
यो एप्लिकेशन एण्ड्रोइड प्रयोग कर्ताले ‘Play Store’ मा ‘JEENYA Mobile Security’ खोज्दा भेटिने छ । यो एप्लिकेशनको सम्पूर्ण जानकारी ‘http://mobilesecurity.jeenya.com‘ मा पाउन सकिन्छ।

४. Where's My Droid एप्लीकेशन
यो एप्लीकेशन Google Play Store बाट नि:शुल्क डाउनलोड गर्न सकिन्छ ।  डाउनलोड गरिसकेपछि Commander मा जानुहोस् र Create Account मा गएर  Username, password, Email (यो Email राख्दा Gmail Account राख्दा राम्रो हुन्छ ) राखिसकेपछि एउटा Security Question माग्छ र त्यो सकेपछि Submit मा click गर्नुहोस । त्यसपछि एउटा नयाँ पेज खुल्छ त्यसमा तपाइको आफ्नो Device को नाम लेखेर Add Device मा click गरि Done मा click गर्नुहोस । अब प्रयोग को लागि तयार भयो तपाइको Email Account मा एउटा भेरिफिकेशनको लिंक Message आउँछ त्यसमा click गरेर भेरिफाई गर्नुहोस् ।

1. साथीको फोनबाट हराएको फोन खोज्ने तरिका :
 क. Message पठाएर
साथीको फोनको Message  Box मा गएर  wmd gps लेखेर तपाइको हराएको फोन नम्बरमा Message पठाउनुहोस ।  अब एकै छिनमा तपाइलाई Message को Reply आउँछ त्यसमा त्यो फोन कहाँ छ भनेर Address दिन्छ, साथै google map को लिंक पनि पठाउँछ जसमा click गरेर map मा फोन भएको ठाउं हेर्न सक्नुहुन्छ ।

ख. घन्टी बजाएर 
साथीको फोनको Message  box मा गएर  wmd ring लेखेर तपाइको हराएको फोन नम्बरमा Message पठाउनुहोस  । अब तपाइको हराएको फोनमा घन्टी बज्न थाल्छ , अब तपाइले आफ्नो फोन भेटाउनु भयो भने Found Phone मा click गरेपछि फोनको घन्टी बज्न छोड्छ ।

2. ल्यापटपबाट हराएको फोन खोज्ने तरिका :
ल्यापटपमा गएर www.wheresmydroid.com Type गर्नुहोस् ।  अब खुलेको वेब साइटमा Commander मा Click गरि खुलेको नयाँ पेजमा Username/Email र Password राखी Login मा Click गर्नुहोस । तपाइको Device को नाम सहितको पेज खुल्छ त्यसमा Find, Rename र  Delete को Option पनि हुन्छ  त्यसमध्ये Find मा click गर्नुहोस् । Find मा Click गरेपछि Location, Ring, Camera, Lock र Wipe को Option देखिनेछ । Location मा Click गरेर हराएको मोबाइल रहेको ठाउं  Quick Location वा Accurate Location बाट पत्ता लगाउन सकिन्छ। त्यस्तै Ring मा Click गरि Make Device Ring मा Click गरि हराएको फोनमा घन्टी बजाउन पनि सक्नुहुन्छ ।
Camera, Lock र Wipe Option भने Pro Version मा मात्र उपलब्ध छ ।



युट्युब लिंक : https://www.youtube.com/watch?v=0OiM_9M5QZ8

त्यस्तै:  Contact Owner, Plan B, Find My Lost Phone इत्यादी जस्ता थुप्रै एप्लीकेशन छन् भने Avg, Lookout अथवा Avast जस्ता Antivirus App को Remote Tracking Facility द्वारा पनि तपाइले आफ्नो हराएको वा चोरी भएको  फोनलाइ लक वा Data डिलिट गरि कन्ट्रोल गर्नसक्नुहुन्छ ।


Apple Phone (iPhone) को लागि 
एप्पलले आइओएस डिभाइसका लागि आफ्नै एन्टी थेफ्ट ऐप फाइन्ड माई आईफोन (Find My iPhone) सुविधा दिएको छ । यसको सेटअफ निकै सजिलो छ र सिंगल एप्पल एकाउन्टबाट सबै डिभाइसलाई व्यवस्थापन गर्न सकिन्छ । आईक्लाउड एकाउन्डमा लग इन गरेपछि कुनै पनि ब्राउजरबाट डिभाइसलाई लोकेट गर्न सकिन्छ । यसपछि फोनमा म्यासेज पठाउन, लक गर्न साथै डाटा डिलिट गर्न पनि सकिन्छ । आइओएस प्रयोगकर्ताले आफ्नो फोन पुन पाउनका लागि सिक्युरिटी वा आईलस्टफाइन्डर पनि प्रयोग गर्न सक्छन् ।

Black Berry फोनको लागि 
ब्लाकबेरीले पनि एन्टिथेफ्ट सल्युसनका लागि ब्लाकबेरी प्रोटेक्ट सुविधा उपलब्ध गराएको छ । यसलाई ब्लाकबेरी एकाउन्टबाट ब्लाकबेरी डिभाइसमा सेट गर्न सकिन्छ । यो एक्टिभ भएपछि सम्पर्क नम्बरहरु, क्यालेन्डर एन्ट्री तथा बुकमार्कहरुको अटो ब्याकअप बनाइदिन्छ । प्रोटेक्ट बेभसाइटमा लगइन गरेपछि डिभाइसको लोकेसन ट्रयाक गर्न सकिन्छ भने म्यासेज पठाउन, लक गर्न र डाटा डिलिट गर्न पनि सकिन्छ ।

Windows फोनको लागि 
विन्डोज फोनको एन्टी थेफ्ट फिचर फाइन्ड माई फोन हो । प्रयोगकर्ताले विन्डोज स्मार्टफोनमा प्रयोग गर्ने आइडीबाट नै यस वेबसाईट लिंकमा साइन इन गर्न सक्छन् । त्यसपछि ब्राउजरमा रहेको म्यापमा फोनको लोकेसन देख्न सकिन्छ । यस ब्राजउरबाट फोनमा ठूलो आवजमा रिङ बजाउन र आवश्यक डाटा डिलिट गर्न पनि सकिन्छ ।

SMS द्वारा फोन खोज्नको लागि  
यदि तपाई नेपालमा हुनुहुन्छ भने नेपालको फोन प्रयोग कर्ता ले SMS बाट यो सेवा प्रयोग गर्न सक्नुहुन्छ ।त्यसका लागि यो उपाय अपनाउनु होला ।

यो सेवा Register गर्न को लागि (FOR REGISTRATION)
सुरुमा मोबाइल को Message Box मा जाने त्यसपछि
reg एउटा space mobile imei no. एउटा space अनि वैकल्पिक मोबाइल नम्बर  Type गर्ने र  ७२७२ मा SMS पठाउने ।

उदाहरणका लागि: Reg 356415025025891 98******** अनि 7272 मा SMS पठाउनुहोस् ।

यति गरे पछी तपाई को मोबाइल मा एउटा मेसेज आउछ, जसमा तपाइको Password रहेको हुन्छ ।
 यो password  लाइ सुरक्षित रुपमा राख्नुहोस तपाइको फोन  हराएमा काम लाग्छ ।

यदि हराएमा (IF LOST)
जुन वैकल्पिक मोबाइल नम्बर दिनुभएको छ त्यस  मोबाइलको Message Box मा जाने त्यसपछि
lost एउटा space mobile imei no.एउटा space अनि  password. Type गर्ने  र ७२७२ मा SMS पठाउने ।

उदाहरणका लागि: lost 356415025025891 1234 अनि 7272 मा SMS पठाउनुहोस् ।

अब यति गरिसके पछि तपाइको वैकल्पिक मोबाइल नम्बरमा तपाइको हराएको फोनको सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ । त्यो प्राप्त जानकारी को आधारमा पुलिस रिपोर्ट गरि फोनको खोजि गर्न सक्नुहुन्छ ।