
कृषि क्षेत्रमा कार्यरत सबैको गर्वको विषय भन्दै सहसचिव डिलाराम भण्डारीले प्लास्टिक घर र टनेल हाउस प्रविधि देशभर विस्तार भएको बताए। यो प्रविधि अपनाउँदै आएका किसानहरूले बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन्। सर्वेक्षणले गएको आर्थिक वर्ष देशभर ९५ लाख ६२ हजार टन खाद्यान्न उत्पादन भएको भनेको छ। पूर्वाञ्चल क्षेत्रमा अलैंची खेतीमा किसानहरू आकषिर्त भएको सर्वेक्षण प्रतिवदेनले भनेको छ। १ सय २० हेक्टर क्षेत्रमा अलैंची बगान स्थापना भएको जनाउँदै विभागले ६० वटा नयाँ नर्सरी स्थापना भएको बताएको छ। मध्य क्षेत्र यान्त्रीकरणमा अघि बढेको छ।
मध्य क्षेत्रका सबै जिल्लामा ३ हजार १ सय २९ थ्रेसर, २ हजार ७ सय ७४ ट्याक्टर, पावर तथा मिनी टिलरलगायत यन्त्र छन्। किसानहरूले परम्परागत उपकरण र पशुको प्रयोग घटाउँदै लगेको देखिन्छ। विभागले यस क्षेत्रमा अनुदानबाट मात्रै १३ हजार कृषि औजार वितरण गरेको दाबी गरेको छ। त्यसैगरी मध्य क्षेत्रमा आलुको ट्यागिङ र प्याकेजिङ हुन थालेको छ। सिन्धुपाल्चोकको मुडेको आलु उत्पादन गर्ने व्यवसायीहरूले थालेको यस कार्यलाई पनि विभागले उत्कृष्ट कार्य भनेको छ।
प्रतिवेदनअनुसार यसरी ६० हजार टन हिउँदे आलु बजारमा गई ९५ करोड आम्दानी किसानले गरेका छन्। त्यसैगरी गत वर्ष त्यहाँका किसान र व्यवसायीले करिब ३ करोड ५० लाख रुपैयाँको बर्खे आलु बिक्री गरेका छन्।
साभार : कान्तिपुर
प्रकाशित मिति: २०७१ भाद्र ४
0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !