मुलुककै ठूलो तरकारी बजार कालिमाटीलाई तरकारी तथा फलफूलमा ४७ जिल्लाबाट तरकारी आउने गरेको छ । यीमध्ये सबैभन्दा धेरै तरकारी पुर्याउनेमा धादिङ पहिलो स्थानमा छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष पनि राजधानीवासीलाई सबैभन्दा धेरै तरकारी खुवाउनेमा धादिङ १ नम्बरमै थियो । 'यसलाई हालसम्म उछिन्न अरू जिल्लाले सकेका छैनन् । विगत १५/१६
वर्षदेखि धादिङको योगदान पहिलो नम्बरमै छ,' समितिका सूचना अधिकृत विनय श्रेष्ठले भने ।
कालिमाटीमा गत आर्थिक वर्ष २०७०/०७१ मा २ लाख २९ हजार १ सय ५९ टन तरकारी, फलफूल, माछा र मसलाजन्य उपज आएका थिए । यसमध्ये १६ दशमलव २१ प्रतिशत तरकारी तथा फलफूल धादिङबाट आएको समितिले जनाएको छ । धादिङपछि काभ्रे दोस्रो स्थानमा छ । २०४३ सालमा स्थापना भएको कालिमाटी बजारलाई गत वर्ष काभ्रेका किसान र व्यावसायिक र्फमहरूले १३ दशमलव ४६ प्रतिशत तरकारी दिए ।
यी दुई जिल्लापछि तेस्रो स्थानमा मकवानपुर र चौथो स्थानमा काठमाडौं पर्छन् । यसपछि चितवन, सर्लाही, भक्तपुर, झापा, दोलखा, पर्सा, नुवाकोट क्रमशः प्रमुख जिल्ला हुन् । यी जिल्लाबाट प्रायः बाह्रै महिना कालिमाटी बजारमा कृषि उपज बिक्रीका लागि व्यवापारीहरूले ल्याइरहन्छन् ।
राजधानीभित्र व्यावसायिक तरकारी खेती सुरु भए पनि ललितपुरबाट उत्पादन हुने तकारीको उपस्थिति कमै छ । गत वर्ष ललितपुर १५ औं स्थानमा पुग्यो । त्यसैगरी मोरङ, बारा, गोरखा, लमजुङ, तनहुँ, बाँके, कञ्चनपुरलगायत जिल्लाबाट पनि कालिमाटीमा तरकारी, फलफूल, माछालगायत उपजको आयात हुने गरेको छ । कालिमाटीमा स्वदेशी उत्पादन मात्रै नभई भारत, बंगलादेश र चीनलगायत मुलुकबाट पनि कृषि उपज आउने गरेको छ ।
गत वर्ष आएको कुल तरकारीमध्ये स्वदेशी उत्पादन ७३ प्रतिशत थियो भने २६ प्रतिशत हाराहारी विदेशबाट आयात हुने गरेको छ । यसमा भारतबाट २५ दशमलव १८ प्रतिशत आयात भएको थियो भने चीनबाट १ दशमलव ५२ प्रतिशत आयात भएको थियो ।
भारतबाट आयात हुने उपजहरूमा माछा, प्याज, कागती, फलफूल, आलु आदि छन् भने चीनबाट आयात हुनेमा लसुन र स्याउ छन् । ७०/७१ मा २ लाख २९ हजार १ सय ५९ लाख टन आयात भएको कृषि उपजमा तरकारी ८० प्रतिशत थियो भने फलफूल ११ प्रतिशत थियो । त्यसैगरी मसलाजन्य उपजको हिस्सा ४ दशमलव ७८ प्रतिशत र माछाले २ प्रतिशत हिस्सा ओगटेको थियो ।
समितिले कालिमाटी बजारमा कारोबार बढ्दै गएकाले अहिलेको क्षेत्रफल साँघुरो भन्दै विस्तारको माग गरेको छ।
कृषि विकास मन्त्रालयलाई बहुतले बहुउदेश्यीय तरकारी तथा फलफूल बजारको माग राख्दै समितिले सरकारलाई गुरुयोजना बनाई पेस गरिसकेको छ ।
उपभोक्ता र विक्रेताको चाप विकेन्दि्रत गर्न राजधानीका कम्तीमा पनि तीन स्थानमा थोक र स्रोत बजार स्थापना हुनुपर्ने बताउँदै बजेटका लागि समितिले मन्त्रालयलाई भनेको छ ।
कालिमाटीमा दैनिक साढे ६ सय टन तरकारी तथा फलफूल भित्रिन्छ । समितिले यहाँ रहेका करिब ५ सय थोक तथा खुद्रा व्यापारीले दैनिक ३ करोड हाराहारीको कारोबार गर्ने अनुमान गरेका छ । जहाँ कम्तीमा १० हजार हाराहारी ग्राहक दैनिक किनमेलका लागि पस्छन् ।
यसैबीच चोभारमा रहेको २३ रोपनी जग्गामा फलफूल र पुष्प बजार निर्माणका लागि समितिले काम थालिसकेको छ । त्यहाँ व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले बजार कस्तो बनाउनेबारे डिजाइन गराइरहेको छ ।
साभार : कान्तिपुर
प्रकाशित मिति: २०७१ भाद्र २३

0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !