Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » टेलिकमको नयाँ सेवा फोन इन्टरनेट र केबल टिभी एउटै लाइनमा

टेलिकमको नयाँ सेवा फोन इन्टरनेट र केबल टिभी एउटै लाइनमा


नेपाल टेलिकमले इन्टरनेट प्रोटोकलमा आधारित टेलिफोन सेवा सञ्चालनमा ल्याउने भएको छ । हाल प्रयोगमा रहेको PSTN टेलिफोन सेवामा परिवर्तन गर्दै त्यसैमा नयाँ विशेषता थप्ने जनाएको छ । टेलिकमले आइपी टेलिफोन सञ्चालन गर्न साउन महिनाभित्रै टेन्डर आह्वान गर्दैछ । नयाँ सेवापछि ग्राहकले भ्वाइस, उच्च गतिको इन्टरनेट र केबल टिभी एउटै लाइनमा पाउने नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक बुद्धि आचार्यले बताए ।

सबैले मोबाइल बोक्न थालेबाट घरमा हुने PSTN लाइनको प्रयोग कम भएपछि बढ्दो डाटा बजारलाई ध्यानमा राखेर PSTN लाइनमा पनि डाटा सेवा थप गर्न लागेको उनले बताए । टेलिकमले अहिले साढे ६ लाख फिक्स्ड लाइन प्रयोगकर्ता रहेको जनाएको छ । नयाँ सेवापछि १० लाखसम्म ग्राहक पुग्ने कम्पनीले लक्ष्य राखेको आचार्यले बताए ।

टेलिकमले नयाँ सेवालाई देशव्यापी बनाउने उद्देश्य राखेको छ ।। देशव्यापी टेलिफोन परिवर्तन गर्न तीनवर्षे योजना रहेको आचार्यले बताए ।

कम्पनीले नयाँ सेवाबाट २० एमबीसम्मको स्पिड दिने योजना बनाएको छ । टेलिफोनको भ्वाइस सेवाको महसुल परिवर्तन नहुने र डाटा सेवा थप भएपछि महसुल थपिने कम्पनीले जनाएको छ । केवल टिभी सेवा भने टेलिकमले दिने छैन । ‘केबल टिभी सेवा प्रदायकसँगको साझेदारीमा यो सेवा दिने योजना छ,’ आचार्यले बताए ।
यसै साता नियुक्त भएका आचार्यले तीनवर्षे रणनीतिक योजना बनाएर प्रविधि, मानव संसाधन, बिजनेस तथा फाइनान्समा काम गर्ने बताए । ‘कतिपय कुरा हामीले आफैं गरेका हुन्छौं । तर ग्राहकले अरु नै चाहेका हुन्छन्, त्यसैले योजना बनाएर ग्राहकको माग अनुसार गर्छाैं,’ उनले भने ।

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !