Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » , » बाख्रा पालनबाटै मासिक २ लाख आम्दानी

बाख्रा पालनबाटै मासिक २ लाख आम्दानी

गुल्मी रुरु गाविस–७,भट्कुवा गाउँका पर्शुराम पौड्यालको दिनचर्या अहिले फेरिएको छ । कुनै बेला होटल सञ्चालनमा आफ्नो अधिक समय खर्चने पौड्याललाई अहिले आफ्नै बाख्रा फर्मको रखबारीमा ब्यस्त भइरहेको देख्न सकिन्छ ।
रिडीको सनराईज होटलका मालिक ४७ वर्षीय पौड्यालले होटलबाट भन्दा बाख्रा पालनबाट राम्रो आम्दानी हुने देखेर यसतर्फ आकर्षित भएका पौड्यालले १५ लाखको लागतमा बाख्रा पालन फर्म खोलेपछि उनको दिनचर्या बदलिएको हो । अन्य २ जना साथीहरुलाई समेत शेयर धनी बनाएर गत चैत्र महिनादेखि पौड्यालले बाख्रा पालन सुरु गरेसँगै स्थानिय युवाहरु समेत बाख्रा पालन व्यवसाय तर्फ आकर्षित हुन थालेका छन् ।
सुरुमा ५४ वटा बाख्राबाट बाख्रापालन सुरु गरेका पौड्यालको फर्ममा अहिले एक सय वटा त माउ बाख्रा नै छन् । एक सय वटा माउ बाख्रा जुटाएर व्यवसाय अघि बढाइरहेका पौड्याल मासिक २ लाख रुपैयाँ आम्दानी लिनेमा विश्वस्त छन् ।

साढे दुई रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको बाख्रा फर्ममा दसैंलाई लक्षित गरेर ४० किलोसम्मका वोका र खसीहरु हुर्काइएको छ । ‘आफ्नै होटलमा मासु पुराउन गाह्रो छ,’ पौड्यालले भने, ‘त्यसले पनि होटलसंगै बाख्रा पालन सुरु गरेको हुँ ।’
उनीसहित रुरु संस्कृत विद्यापिठका प्राध्यापक शोषनारायण मरासिनी र जैसी थोकस्थित लक्ष्मी पोखरेल पनि पौड्यालसँगै व्यवसायमा लागेका छन् । राजस्थानी उन्नत जातका १० वटा बोकाहरु वुटवलबाट किनेर ल्याएका पौड्यालले बाख्राहरु भने स्थानिय जातका पालेका छन् ।
पाल्न सके मासुको वजार प्रयाप्त भएको बताउदै पौड्यालले भने–‘ आफु वजार खोज्न जानै पर्दैन, गाडी ल्याएर ग्राहकहरु यहि लिन आउने गर्दछन् ।’
फर्ममा बाख्राहरु संगै कुखुरा पनि पालिएका छन् । ‘ब्रोईलर कुखुराहरु सबैले पालेका छन् , जसका कारण लोकल कुखुराहरु लोप हुनै लाग्यो,’ पौड्यालले फर्ममा रहेका कुखुरा देखाउँदै भने,‘त्यसैले यी कुखुराहरु पनि पाल्न थालेको हुँ ।’
पौड्यालले फर्ममा तीन स्थानीयलाई रोजगार पनि दिएका छन् । ऋण काढेर पैसा कमाउन विदेश जान तम्सिएका युवाहरुलाई विदेश जाने रकम कुखरा पालन,बाख्रा पालन वा तरकारी खेतीमा लगानी गर्न आह्वान गरे । उनले स्वदेशमै बाख्रा,कुखुरा वा तरकारी खेती गरे स्वदेश मै त्यो भन्दा बढि पैसा कमाउन सकिने बताए ।

साभार : रातोपाटी
प्रकाशित मिति : २०७१,भदौ २७

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !