Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » कम उमेरमा नै कपाल फुल्नुका कारणहरु

कम उमेरमा नै कपाल फुल्नुका कारणहरु

 तेसो त कपाल फुल्नु (सेतो हुनु) उमेरलाई नै बढी दोष दिने गरिन्छ तर आजभोली त्यस्ता धेरै कारण छन् जसले गर्दा उमेर भन्दा अगाडिनै कपाल फुल्न थाल्छ। तेसो त ३५ वर्षको आयु तिर कपाल फुल्न शुरु हुन्छ तर आजभोली युवा र किशोरीहरुको पनि कपाल फुल्न थालेको पाइन्छ। तेसो त यो समस्यालाई रोक्न सकिन्छ, तर त्यो भन्दा पहिला यो जान्न सरुरी छ कि कम उमेरमा नै किन कपाल फुल्न थाल्यो त ?

 १. मेलानिन (Melanin)
मेलानिन हाम्रो कपाल कालो राखनमा एक महत्त्वपूर्ण भूमिका खेल्छ। यो हाम्रो छालाको रंग(Pigment)मा हुन्छ। शरीर जब मेलानिनले रक्तकोषको उत्पादन गर्न रोक्दिन्छ, तब कपाल को बनावटमा परिवर्तन देखिनथाल्छ। त्यसैले मेलानिन रंग(Pigment) खतम भयो भने कम उमेरमा नै कपाल सेतो देखिन्छन्।

२. वंशाणूगत कारण (Genetic Cause)
समयभन्दा अगाडी कपाल फुल्नुको एक प्रमुख कारण वंशाणूगतले पनि हुन सक्छ। प्राय हामीले देखिन्छ कि बच्चाको कपालको रंग उसको आमा बाबुबाट पैतृक गुणको रुपमा प्राप्त हुन्छ। यदि आमा-बाबुको कपाल कम उमेरमा नै फुलेको थियो भने  वंशाणूको कारणले गर्दा तिनीहरुको बच्चाको कपाल पनि कम उमेरमा फुल्छ। कुनै कुनै व्यक्तिको त जिनको संरचना नै यस्तो हुन्छ कि कम उमेरमा कपाल फुल्न थाल्छ।

३. खानपानमा गडबडी (Food Unbalance)
यदि हाम्रो आहार ठिक छैन भने त्यसको असर कपालमा पनि पर्दछ। खानपानको गडबडीले पनि कम उमेरमा नै कपाल फुल्न थाल्छ। यदि तपाइको आहारमा भिटामिन बि, आइरन, कपर, प्रोटिन र आयोडिन जस्तो तत्वको कमि छ भने यस्तो समस्या देखा पर्दछ।

४. तनाव (Stress)
आजभोली हाम्रो जीवनमा धेरै नै तनावपूर्ण भैसकेको छ, जसमा काम, परिवार, समाज र भविष्य जस्ता कुराले गर्दा प्राय हामीमा तनाव सृजना हुने गर्दछ। त्यस्तै जुन युवा तथा किशोरीहरु सानो-सानो कुरालाई लिएर धेरै तनाव लिने गर्दछन तिनीहरुको कपाल पनि सानै उमेर देखिनै फुल्न थाल्दछ साथै यस्ता युवा तथा किशोरीहरुमा हैरानी, डर, ईर्ष्या आदि जस्ता समस्या धेरैनै हुने गर्दछ जसको असर कपालमा पनि देखा पर्दछ।

५. स्वच्छता को कमि (Lack of Hygiene)
जो युवा युवती आफ्नो कपालको सरसफाई राम्रो सँग गर्दैनन् तिनीहरुको पनि कम उमेरमा नै कपाल फुल्ने समस्या धेरै मात्रामा देखिन्छ। वातावरणमा भएको प्रदुषणले गर्दा पनि सानै उमेरमा कपाल फुल्ने समस्या देखिन्छ। त्यस्तै फ्री रेडिकल्स जति हाम्रो छालाको लागि हानिकारक छ त्यतिनै हाम्रो कपालको लागि पनि छ। त्यसैले सक्दो आफ्नो कपालको सरसफाइमा ध्यान दिनुहोस।

६. डाईटिंगको प्रभाव (Dieting Effect)
आजभोलीका युवा युवतीहरु आफ्नो फिगरको चक्करमा खानपिनलाई नै छोडेरदाइ डाईटिंग गरेको प्रसस्त मात्रामा पाइन्छ। यसले गर्दा शरीरलाई आवश्यक सही मात्रामा डाइट नलिनुले कपाललाई आवश्यक पोषण पाउन सक्दैन र कम उमेरमा नै कपाल फुल्ने समस्या देखा पर्दछ।

७. विमारी तथा औषधिको कारण (Cause of Diseases and Medicine)
लामो समयसम्म विमारी रहनु वा औषधिको अत्यधिक प्रयोगको कारणले पनि कम उमेरमा नै कपाल फुल्ने समस्या देखा पर्दछ। औषधिको कारणले शरीरको हर्मोन्समा परिवर्तन आउँछ जसको असर कपालमा पनि देखिन्छ। एक विशेषज्ञको रिपोर्ट अनुसार एन्टी मलेरिया औषधिको प्रयोगले कपाल समय भन्दा अगाडी नै फुल्न थाल्दछ।

८. थाइरोईड ग्रन्थीको (Thyroid Gland)
 थाइरोईड ग्ल्याडमा भएको गडबडीले पनि कपाल फुल्ने समस्या देखिन्छ युवा युवतीहरुमा थाइरोईड ग्ल्याड ग्रन्थीको अधिकतम वा स्रावमा कमिको असर कपालमा पर्छ र उमेर भन्दा अगावै कपाल फुल्न थाल्छ।

९. धुम्रपान (Smoking)
धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ यो त हामि सबैलाई थाहा छ, तर तपाईलाई यो कुरा थाहा नहोला कि यसले हाम्रो कपाल लाई हानि गरिरहेको हुन्छ। युवा युवतीहरुमा प्राय: धुम्रपान र पधपानको सेवनले गर्दा कपाल फुल्ने समस्या लगातार बढिरहेको छ।

१०. पौष्टिक आहारको कमि (Lack of Nutritious Diet)
पौष्टिक आहारको कमीले पनि तपाईको असमयमै कपाल फुलेर तपाईलाई परेशान गराउँछ। यसको लागि तपाइले आफ्नो दैनिक आहारमा केहि खानेकुरा जस्तै: भिटामिन बि युक्त्त हरियो सागसब्जी र दुग्ध पदार्थ, कपर तत्व युक्त दाल च्याउ, सेलेनियम युक्त्त सालमान माछा, भिटामिन सी युक्त्त स्ट्रबेरी र कागती, भिटामिन ई युक्त्त ओखर र बदाम, अमला, अण्डा, सुर्यमुखिको बियाँ आदि समावेश गर्नुभयो भने तपाईको कम उमेरमा कपाल फुल्ने समस्या बाट छुटकारा पाउन सक्नु हुन्छ।
  

 

    0 comments :

    Post a Comment

    कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
    तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !