Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » १० घरेलु हेयर मास्क जसले कपाल नरम, बलियो, चम्किलो र आकर्षक बनाउँछ

१० घरेलु हेयर मास्क जसले कपाल नरम, बलियो, चम्किलो र आकर्षक बनाउँछ

जो कसैलाई पनि सुन्दर र आकर्षक बनाउन कपालले महत्वपूर्ण भूमिका निभाउछ। त्यसैले कपाललाई स्वस्थ, मुलायम र चम्किलो बनाउनको लागि त्यसलाई भरपुर पोषण दिन धेरै जरुरि हुन्छ। तेसो त बजारमा धेरै प्रकारको उपचार बिधि उपलब्धछ, तर यो महँगो हुनुको साथ-साथै केमिकल युक्त्त हुन्छ। त्यसैले कपालको राम्रो हेरचाह गर्न का लागि घरैमा पाईने प्राकृतिक कुराहरुले बनेको कपाल मास्कको प्रयोग गर्नु पर्दछ। यो मास्क सजिलै बनाउन सकिन्छ र यसको कुनै साइड इफेक्ट पनि हुँदैन साथै यसले तपाइको कपाललाई बलियो र आकर्षक पनि बनाउँछ। त्यसैले आज म यस्तै केहि घरेलु चीजबाट आफैंले सजिलै बनाउन सकिने केहि हेयर मास्कको जानकारी दिन गईरहेको छु।

१. केरा क्रिम (Banana Cream) हेयर मास्क
केराले कमजोर कपालको जरालाई बलियो बनाउँछ। केरामा पाईने आइरन र भिटामिनबाट कपालले प्रयाप्त पोषण प्राप्त गर्दछ। यो बाट बनाएको मास्क्ले कम्जोर र ड्यामेज कपालले पुनर्जीवन प्राप्त गर्दछ। यो मास्क बनाउनको लागि एउटा केरालाई राम्रोसंग पिसेर त्यसमा एक चम्चा मह मिसाउनुहोस र यो मास्कलाई टाउकोमा कपालको जरासम्म पुग्नेगरि राम्ररी लगाउनुहोस। लगाएको १५-२० मिनेट पछि कपालाई हल्का तातो (मन तातो) पानीले धुनुहोस। राम्रो मह एउटा प्राकृतिक कन्डिसनर हो, जसले कपाललाई नरम, मुलायम र स्वस्थ बनाउन मदत गर्छ। 

२. जौंको पिठो/दलिया (Oatmeal) हेयर मास्क
ओटमिल हेयर मास्क त्यस्ता व्यक्तिको लागि उत्तम छ जसको कपाल तैलीय वा चायाँको समस्या छ। यसले अधिक तेल हटाएर कपाललाई पोषण दिन्छ। यसलाई बनाउनका लागि एक ठूलो चम्चा जौंको पिठोमा एक ठुलो चम्चा ताजा दूध र एक ठुलो चम्चा बदामको तेल मिसाएर पेस्ट बनाउनुहोस। यो पेस्टलाई कपालको जरासम्म पुग्नेगरी राम्रोसँग लगाउनुहोस। लगाएको १५-२०  मिनेट पछि हल्का तातो पानीले धुनुहोस्। राम्रो परिणाम प्राप्त गर्न मास्क लगाएपछि पानीमा कागतीको रस मिसाएर लगाउन सक्नुहुन्छ।

३. घिउफल (Avocado) हेयर मास्क
घिउफल  सुक्खा र निर्जीव कपालका लागि धेरै राम्रो उपाय हो। घिउफलमा पाईने प्राकृतिक तेल निर्जीव कपालको लागि उत्तम कंडीशनिंगको काम गर्दछ। यो मास्क बनाउनका लागि  एउटा घिउफललाई ताछेर पिस्नुहोस र दुई चम्चा जैतुनको तेल मिसाएर फिट्नुहोस। यदि तपाईलाई इच्छा लाग्छ भने जोजोबा वा बदामको  तेल पनि मिसाउन सक्नुहुन्छ। यसलाई कपालमा लगाएर ३० मिनेट राखेपछि टाउको मालिश गर्दै धुनुहोस। घिउफलले कपाललाई पोषण दिई नरम र बलियो बनाउँछ।

४. घन्टी फुल (Hibiscus) हेयर मास्क
घन्टी फुल मास्क कमजोर कपाल को जराका लागि सबै भन्दा राम्रो उपचार हो। घन्टी फूलमा एक यस्तो तत्व पाइन्छ, जुन कपालको जरा बलियो बनाउनुको साथै टाउकोको त्वचा (छाला) मा रक्त्त संचार बढाएर खुलेको छिद्रलाई बन्द गर्न सहयोग गर्दछ। यो मास्क बनाउनका लागि १-२ ओटा घन्टी फुलको पत्रलाई एक कप पानीमा रातभरी भिजाउनुहोस्। बिहान जैतुनको तेल र दुधमा राम्ररी मिसाउनुहोस् र कपालमा राम्ररी लगाउनुहोस् । लगाएको २०-२५ मिनेट पछि कपाल धुनुहोस।

५. करी पात (Curry Leaves) हेयर मास्क
करी पातबाट बनेको मास्क कपाल झर्ने समस्यालाई हटाउनुको साथै कम उमेरमा कपाल फुल्ने समस्याबाट पनि बचाउँछ। यो मास्क्ले कपाल बढनलाई पनि मदत गर्छ।यसलाई बनाउन २०-२५ ओटा करी पात, एक टुक्रा सजीवन र १/४ कप नरिवलको तेल लिनुहोस् अनि करी पातलाई एक कप पानी र सजीवनलाई नरिवलको तेलमा रातभरी भिजाउनुहोस। बिहान सजीवनलाई तेलबाट निकाल्नुहोस अनि  त्यो तेल र भिजाएको करी पातलाई संगै पिस्नुहोस। अब तयार भएकोलाई कपालको जरा जरासम्म पुग्नेगरी राम्ररी लगाई १-२ घण्टासम्म राख्नुहोस अनि कपाल धुनुहोस।

६.नरिवल क्रिम (Coconut Cream) हेयर मास्क
नरिवल क्रिम मास्क रुखो (फुस्रो) कपालको लागि धेरै राम्रो हुन्छ। यसको मोस्चराईजिंग गुणले कपाललाई नरम तथा रेशमी बनाउन मदत गर्छ। यो मास्क बनाउन दुई ठुलो चम्चा नरिवल तेलमा एक ठुलो चम्चा जैतुन तेल मिसाएर कपालको जरामा राम्रो संग लगाउनुहोस र १/२-१ घण्टासम्म राखी माइल्ड हर्बल स्याम्पुले धुनुहोस।

७. अन्डा (Egg) हेयेर मास्क
कपालको गुमेको चमक र नरमपना फर्काउनलाई अन्डा हेयर मास्क धेरै फाईदाजनक छ। अन्डामा पाईने प्रोटिनले कपालको जरालाई बलियो बनाउनुको साथै कपाललाई चम्किलो बनाउँछ। यो मास्क बनाउनका लागि एउटा अन्डाको पहेलो भागमा एक ठुलो चम्चा वनस्पति (Castor Oil) को तेल र एक ठुलो चम्चा मह मिसाएर पेस्ट बनाउनुहोस्। बनेको पेस्टलाई कपालको जरासम्म राम्ररी लगाई आधा घण्टा जति राखि धुनुहोस।

८. घिउकुमारी (Aloe Vera) हेयर मास्क
घिउकुमारी हेयर मास्क्ले कपालको प्राकृतिक नरमपना ल्याएर त्यसमा चम्किलो तथा रेशमी बनाउँछ। यो मास्कलाई बनाउनको लागि एक ठुलो चम्चा घिउकुमारीको रस/जेल, एक ठुलो चम्चा कागतीको रस र दुई ठुलो चम्चा नरिवल वा जैतुनको तेल मिसाएर पेस्ट बनाउनुहोस्। यसलाई कपालको जरासम्म राम्ररी लगाई ४०-५० मिनेट राखि हर्बल स्याम्पुले राम्ररी धुनुहोस।

९. बियर (Beer) हेयर मास्क
बियर पिउनलाई मात्र नभएर कपालको स्वस्थलाई राम्रो बनाउनका लागि पनि प्रयोगमा ल्याउन सकिन्छ। बियर कपालको लागि एक राम्रो स्याम्पु र कंडिशनरको काम गर्दछ। बियरमा फस्फोरस, म्याग्नेशियम, पोटाशियम र मालाटोस पाइन्छ, जुन कपालको हेरचाहको लागि महत्त्वपूर्ण तत्व मानिन्छ। यो मास्क बनाउनका लागि दुई ठुलो चम्चा बियर एक ठुलो चम्चा वनस्पति (castor oil) को तेल, एउटा अन्डाको पहेलो भाग र एक सानो चम्चा मह मिसाएर पेस्ट बनाउनुहोस्। यो पेस्टलाई कपालमा राम्ररी लगाई १०-१५ मिनेट राखि कपाललाई हल्का मालिस गर्दै धुनुहोस।

१०. चना बेसन (Gram Flour) हेयर मास्क
रुखो(फुस्रो) कपालको लागि चनाको बेसन एक राम्रो उपाय सावित हुन्छ। चनाको बेसन मास्क बनाउनाका लागि तिन ठुलो चम्चा कालो (सानो) चनालाई रातभरी भिजाउनुहोस र बिहान पिस्नुहोस। यसमा एउटा अन्डा, एक ठुलो चम्चा कागतीको रस र एक कप दहि मिसाएर पेस्ट बनाउनुहोस्। यो पेस्टलाई कपालको जरा जरासम्म राम्ररी लगाई २५-३५ मिनेट राखि कपाल धुनुहोस।


0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !