Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » सवारी चालक (ड्राइभर) को लागि नयाँ नीतिनियम

सवारी चालक (ड्राइभर) को लागि नयाँ नीतिनियम

सवारी दुर्घटनाको संख्या बढ्न थालेपछि सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा कडाइ गर्ने गरी नयाँ नियमावली ल्याएको छ । नयाँ नियमावली अनुसार अब गाडी चलाउने ‘ड्राइभर’ बन्नका लागि शिक्षाको हदबन्दीसमेत तोकिएको छ ।
मन्त्रिपरिषदबाट पारित सवारी चालक अनुमतिपत्र नियमावलीमा १० कक्षा पास भएको व्यक्तिलाई मात्रै
लाइसेन्स दिने उल्लेख छ ।
पारित नियमावलीअनुसार अब सवारी चालक अनुमतिपत्र पाउन २५ वर्ष पूरा भएको हुनुपर्नेछ । यसअघि २१ वर्ष उमेर पुगेकाले लाइसेन्स पाउने व्यवस्था थियो ।
त्यस्तै ठूला र लामो रुटका गाडी चलाउने लाइसेन्स लिन साना गाडी चलाएको कम्तिमा २ वर्षको अनुभव हुनुपर्ने यातायात व्यवस्था विभागका उच्च अधिकारीले बताए ।
नयाँ नियमअनुसार २५ वर्ष देखि ६४ वर्ष उमेर समूहका मान्छेले मात्र गाडी चलाउन पाउनेछन् । प्रत्येक पाँच वर्षमा नवीकरण हुने लाइसेन्स ५९ वर्षभन्दा माथिकाले नवीकरण गर्न पाउने छैनन् ।
नयाँ नियमावली अनुसार तोकिएभन्दा बढी यात्रु राखेर बस वा माइक्रोबस चलाएमा चालकको लाइसेन्स रद्द गरिनेछ।

त्यस्तै मालवाहक ट्रमा तोकिएभन्दा बढी सामान राखेको पाइएमा पनि चालकको लाइसेन्स रद्द हुनेछ ।
मादक पदार्थ सेवन गरेर वा अन्य लागु औषध सेवन गरेको पाइएमा चालकको लाइसेन्स रद्द हुनेछ । आफ्नो लाइसेन्स अर्कोलाई दिएको पाइएमा पनि रद्द हुने गरी नयाँ नियमावली बनाइएको छ ।
तोकिएको भन्दा बढी गतिमा सवारी चलाएमा वा सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग गरेमा पनि चालकको लाइसेन्स रद्द हुनेछ ।

नयाँ निमावलीमा यतिसम्म कडाइ गरिएको छ कि, तोकिएको समयममा यात्रुलाई गन्तव्य स्थल पुर्‍याउन ढिलाइ गरेमा पनि लाइसेन्स रद्द हुन सक्नेछ ।
सार्वजनिक सवारी साधनमा चाहिने ब्लु बुक, लाइसेन्स, बिमा र सवारी जाँचको प्रमाणपत्र साथमा नराखी सवारी साधन सञ्चालन गरेमा पनि लाइसेन्स रद्द हुने नयाँ नियमावलीमा उल्लेख छ ।
यो नियमावली मस्यौदा २ वर्षअघि नै तयार भएको थियो । त्यसमा केही संशोधन र थपघट गरेर नयाँ नियमावली पारित गरिएको मन्त्री निधीले बताए । दसैंदेखिको आँकडा हेर्दा दिनहुँ सवारी दुर्घटना बढिरहेको र यसमा ज्यान जानेको संख्या पनि डरलाग्दो ढंगले बढेपछि सरकार गम्भीर बनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाका अनुसार यो नियमावली सार्वजनिक सवारी साधन चलाउनका लागि ल्याइएको हो ।
अन्य सवारी चालकभन्दा सार्वजनिक सवारी चालकको पेशा संवदनशील र बढी जिम्मेवारपूर्ण हुनुपर्ने भएकाले अलग्गै नियमावली ल्याउनुपरेको हो ।
सार्वजनिक सवारी साधनको दुर्घटनाका पछिल्ला तथ्यलाई समेत हेरेर नयाँ नियमावली ल्याइएको मन्त्री निधीले अनलाइनखबरलाई बताए ।
‘दुर्घटना कम गराउन सम्भाव्य सबै उपायहरुको अध्ययन गरेर यो नियमावली ल्याइएको हो’ मन्त्री निधीले भने ‘चालकलाई जिम्मेवार बनाउन खोजिएको छ’।
साभार : अनलाइनखबर

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !