मस्तिष्क हाम्रो शरीरको त्यो भाग हो जस्को संकेतको बिना शरीरको कुनै पनि अंगले काम गर्न सक्दैन। तर प्रायजसो बढदो उमेर, गलत बानी, लागु पदार्थ दुर्व्यसन, पोषक तत्वको कमि आदि जस्ता कुराले गर्दा मानिसको स्मरण शक्त्ति कमजोर हुनेगर्दछ। तर केही विशेष जडीबुटीहरू आफ्नो आहार मा समावेश गरेर तपाईंले आफ्नो स्मरण शक्त्तिमा तेजी ल्याउन सक्नुहुन्छ। आउनुहोस जानौं त्यस्ता कुन-कुन जडिबुटीहरु छन जस्को सेवनले सजिलै आफ्नो स्मरण शक्त्तिलाई बढाउन सकिन्छ ।
१. जटामसी (Spikenard)
जटामसी औषधीय गुणद्वारा भरिपूर्ण जडिबुटी हो। यो मस्तिष्कको लागि रामवाण औषधि हो, यसले अलि ढिलो काम गर्छ तर प्रभावकारी ढंगले गर्दछ। साथै यो स्मृति बढाउने अचुक औषधि हो। त्यसको लागि एक चम्चा जटामसीलाई एक कप दुधमा मिसाएर पिउनाले स्मरण शक्त्तिमा वृद्धि हुन्छ।
२. ब्राह्मी (Brahmin)
ब्राह्मी नामक जडिबुटी मस्तिष्कको लागि शक्तिवर्धक औषधि मानिन्छ। यसले मस्तिष्कलाई शान्ति तथा स्पष्टता प्रदान गर्छ र स्मृतिलाई बलियो पनि बनाउन मदत गर्छ। यसको लागि आधा चम्चा ब्राह्मीको धुलो र महलाई तातो पानीमा मिसाएर पिउनाले स्मरण शक्त्तिमा वृद्धि हुन्छ।
३. शंख फूल (Shellfish Flower)
शंख फूल मस्तिष्कलाई बढाउनुको साथै मस्तिष्कमा सही मात्रामा रक्त्त सञ्चार गराउँदछ। यो जडीबुटीले हाम्रो स्मरण शक्त्ति र नयाँ कुरा सिक्ने क्षमताको पनि विकास गर्छ । यसको लागि आधा चम्चा शंख फूललाई एक कप तातो पानीमा मिसाएर पिउनुहोस् ।
४. दालचिनी (Cinnamon)
दालचिनी गरम मसाला मात्र होइन यो एक जडिबुटी पनि हो । यो दिमाग तेज बनाउने राम्रो औषधि हो । रति सुत्नु अगाडि एक चिम्टी दालचिनीको धूलोमा एक चम्चा मह मिसाएर नियमित रुपमा सेवन गर्नाले स्मरण शक्त्ति बढ्नुको साथै मानसिक तनावलाई राहत पनि प्रदान गर्छ ।
५. बेसार (Turmeric)
बेसार मस्तिष्कको लागि राम्रो जडिबुटी हो । यसको काम खानामा स्वाद र रंग दिनु मात्र नभई मस्तिष्कलाई पनि स्वस्थ राख्न सहयोग गर्छ । क्यालिफोर्निया विश्वविद्यालयमा भएको अनुसन्धान अनुसार, बेसारमा पाइने रासायनिक तत्व कुरकुमीन (Kurkumin) ले मस्तिष्कको क्षतिग्रस्त कोषिकाहरुलाई मर्मत गर्न मदत गर्छ साथै यसको नियमित सेवनले एल्जाइमर (Alzheimer) रोग लाग्दैन ।
६.जायफल (Nutmeg)
स्मरण शक्त्ति बढाउने जडिबुटीमा जायफल पनि एक उपयोगी जडिबुटी हो । जायफल थोरै मात्रा को सेवन गर्नाले स्मरण शक्त्ति तेज हुन्छ । यसको नियमित सेवनले कहिल्यै अल्जाइमर अर्थात बिर्सने बिमारी हुने छैन।
७. ज्वानोको पात (Celery Leaves)
ज्वानोको पात खानामा सुगन्ध दिनुको साथै शरीरलाई स्वस्थ बनाउन पनि मदत गर्छ । यसमा प्रचुर मात्रामा पाइने एन्टी-ओक्सीडेंटले मष्तिस्कको लागि एक महत्वपुर्ण औषधिको काम गर्छ ।
८. तुलसी (Basil)
तुलसी धेरै प्रकारको बिमारीको उपचारका लागि प्रख्यात र बहुउपयोगी जडिबुटी हो । यसमा पाईने शक्तिशाली एन्टी-ओक्सीडेंटले हृदय र मस्तिष्कको रक्त्त प्रवाहमा सुधार गर्छ । साथै यसमा मौजुद एन्टी-इंफ्लेमेटरी (Anti-inflammatory) ले अल्जाइमर जस्तो रोगको लागि सुरक्षा प्रदान गर्छ ।
९. केसर (Saffron)
केसर एक त्यस्तो जडिबुटी हो जसको प्रयोगले खानामा स्वाद बढाउनुको साथै अनिन्द्रा र डिप्रेशनबाट मुक्ति दिने औषधिको रुपमा पनि लिईन्छ । यसको नियमित सेवनले स्मरण क्षमतामा पनि बृधि गर्न सकिन्छ ।
१०. मरिच (Black Pepper)
मरिचमा पाईने पेपरिन (Peprin) नामक रसायनले शरीर र मस्तिष्कको कोषिकालाई आराम दिनुका साथै स्मरण शक्त्तिमा पनि बृधि गर्छ । डिप्रेसनबाट हटाउन पनि यो रसायनले राम्रो काम गर्छ । त्यसैले मष्तिस्कलाई स्वस्थ बनाउन मरिचको प्रयोग गर्नुहोस् ।

यसका साथै तपाईले आफ्नो दैनिक आहारमा अलि ध्यान दिने र हरियो साग-सब्जी, गेडागुडी, फलफूल, दुग्ध प्रदार्थ, माछा, अन्डा आदि जस्तोको नियमित सेवनले पनि तपाईको शरिर र मष्तिस्क दुबैलाई धेरैनै फाइदा दिन्छ । साथै नियमित रुपमा गरिने शारीरिक व्यायाम र मष्तिस्क कसरतले पनि स्वस्थ र स्वस्फूर्त बनाउनमा मदत गर्छ ।
0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !