Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » कृत्रिम गर्भाधानले दूध उत्पादनमा वृद्धि

कृत्रिम गर्भाधानले दूध उत्पादनमा वृद्धि

पशुमा गरिने कृत्रिम गर्भाधानका कारण महोत्तरी जिल्लामा दुई प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको छ ।

जिल्ला पशु सेवा कार्यालय महोत्तरीका अनुसार आर्थिक वर्ष २०७०÷०७१ मा १३ हजार ४२५ वटा गाईभैँसीमा कृत्रिम गर्भाधान गरिएको छ भने चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिभरि चार हजार ५२८ गाईभैंसीमा कृत्रिम गर्भाधान गरिएको छ ।

स्थानीय गाईभैँसीको नस्ल सुधार गरी दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यले महोत्तरी जिल्लामा २०३९÷०४० सालदेखि सुरु भएको यो सेवाबाट प्रतिवर्ष तीन हजार ३५ किसान परिवारले गाईभैंसीमा कृत्रिम गर्भाधान गरी लाभान्वित भइरहेको वरिष्ठ पशु विकास अधिकृत डा. रवीन्द्र ठाकुरले बताउनुभयो ।

अघिलो वर्ष १० हजार गाईभैंसीमा कृत्रिम गर्भाधान गरिने लक्ष्य रहेको थियो भने त्यसका लागि सरकारले एक लाख ५८ हजार बजेट विनियोजन गरेको थियो । त्यसैगरी चालु आर्थिक वर्षमा १२ हजार गाईभैँसीमा कृत्रिम गर्भाधान गर्ने लक्ष्य रहेको र त्यसका लागि सरकारले दुई लाख ५० हजार रकम विनियोजन गरेको छ ।

सदरमुकाम जलेश्वरस्थित जिल्ला पशु सेवा कार्यालय लगायत २९ ठाउँबाट किसानलाई गाईभैंसीमा कृत्रिम गर्भाधान गराउने यो सेवा उपलब्ध भइरहेको पशु विकास अधिकृत मोहन रायले जानकारी दिनुभयो । सिवेन (भ्रूण) पशु प्रजनन केन्द्र पोखराबाट आउने गरेको र सरकारको नीतिअनुरूप गाईभैँसीमा एउटा सिवेन प्रयोग गर्दा २५ रुपैयाँ शुल्क लिइने गरेको छ ।

पशु प्राविधिकले किसानको घरदैलोमै गएर गाईभैँसीमा कृत्रिम गर्भाधान गराउन थालेपछि किसानलाई गाउँगाउँ घुमेर साँढे खोज्नुपर्ने बाध्यता हटेर गएको विज्ञहरू बताउँछन् । कृत्रिम गर्भाधानका कारण पशुमा नस्ल सुधार हुन थालेपछि किसानले भारतबाट उन्नत जातको गाईभैँसी किनेर ल्याउनुपर्ने बाध्यता हटेर गएको छ । यो कार्यक्रमले दूध उत्पादनमा वृद्धि हुन थालेपछि किसान यस कार्यक्रमप्रति आकार्षित भएको छ । रासस

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !