अन्य ठाउँका मानिसका लागि फोहोर र रोगको मुख्य स्रोत बनेको मानिसको दिसापिसाब जनज्योति उच्च मावि कुनाथरी सुर्खेतका लागि भने उपयोगी बनेको छ । कृषि जेटिए विषयको पढाई भईरहेको विद्यालयमा यसको अनुसन्धान र प्रयोगात्मक अध्ययनका लागि प्रयोग भैरहेको हो ।
विद्यालयमा इकोशान शौचालयको निर्माण गरिएको छ । विद्यालयले पिसाबमा पाइने विभिन्न तत्वको अध्ययन अनुसन्धान र बाली विज्ञानमा यसको प्रयोगका बारेमा अध्ययन गर्ने बताएपछि वातावरण र जनस्वास्थ्य संस्था एन्फोले इकोशान शौचालय निर्माण गरेको हो । एन्फो सुर्खेतका प्राविधिक सुनिल हेमाफुकी भन्छन्, ‘विद्यालयमा कृषि जेटिए विषयको अध्यापन गराउने भएपछि स्रोत खोज्दै
वातारण तथा जनस्वास्वास्थ्य संस्था एन्फोमा आईपुग्यो, आफ्नो उद्देश्यसँग मेल खाने भएपछि एन्फोे पनि मल चर्पीमा लगानी गर्न राजी भयो, जसले गर्दा विद्यार्थीहरुले आज यसलाई अनुसन्धानकै विषय बनाउन पाएका छन् ।’
बालीनालीका लागि दिसापिसाबको महत्व बुझेका कृषि जेटिए अध्ययनरत विद्यार्थीहरु हिजोआज दिसापिसाबलाई हत्तपत्त खेर फाल्दैनन् । कृषि जेटिएका विद्यार्थी पुरन नेपालीले आफू सुत्ने कोठामा समेत सानो ड्रम राखेर पिसाब संकलन गर्न थालेका छन् । यसबाट राती बाहिर निस्कनुपर्ने झन्झट त हटेको छ नै, संकलित पिसाब बालीनालीमा लगाउँदा बालीनाली पनि फस्टाएको छ ।
कृषि जेटिए अध्ययन गर्दै आएका नेपालीले बालीविज्ञान अन्तर्गत मानिसको दिसापिसाबलाई कसरी मलको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने बुझेका छन् । यसलाई प्रयोगात्मक रुपमै अध्ययन गर्दै आएका नेपाली गाउँघरमा समेत पिसाबलाई मलको रुपमा प्रयोग गर्न सल्लाह दिदै हिडेको बताउँछन् ।
पुरनले मात्र होइन, कृषि जेटिए अध्ययन गर्ने सबै विद्यार्थीले मल चर्पी र पिसाबको फाइदाका बारेमा बुझेका छन् । उनीहरुले पिसाबलाई पानीको मात्रासँग मिलाएर प्रयोग गर्ने विधि समेत सिकिसकेका छन कृषि जेटिए विषयका विद्यार्थी गोपाल महतरा भन्छन् ‘हामीले नजानेर मात्र यसलाई फोहोर बस्तुको रुपमा मानिरहेका रहेछौं सफा तरीकाले व्यवस्थापन गर्न जान्यौं भने दिसापिसाब बाट पनि मनग्गे पैसा कमाउन सकिने रहेछ ।’
मल चर्पीकोे प्रभाव विस्तारै गाउँमा समेत बढ्न थालेको छ । कृषि जेटिएमा अध्ययनरत विद्यार्थीहरुका कारण पनि यसको प्रभाव गाउँमा समेत फैलदै जान थालेको विद्यार्थी महतरा बताउँछन् ।
पिसाब मलको रुपमा मात्र होइन, यसलाई जैबिक विषादीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । पिसाबको प्रयोगबारे विद्यालयले प्रयोगात्मक अनुसन्धान थालनी गरिरहेको छ । यसबाट विषय शिक्षकलाई समेत प्रयोगात्मक ज्ञान प्रदान गर्नका लागि ठूलो मद्दत मिलेको छ, विद्यालयका शिक्षक कृष्ण प्रसाद भट्टराई भन्छन् ‘सैद्धान्तिक ज्ञानले मात्र कहिल्यै पनि पूर्ण हुदैन हामीले त अहिले व्यवहारिक ज्ञान प्रदान गरिरहेका छौं, यो मल चर्पीले दिएको अवसर हो ।’
जनज्योति उच्च माध्यमिक विद्यालयमा मध्यपश्चिम र सुदुरपश्चिमका धेरै जिल्लाका विद्यार्थीहरु अध्ययन गर्छन् । विद्यालयमा मलचर्पीको प्रयोगात्मक अध्ययनले यसको उपयोगिता धेरैजसो जिल्लामा फैलिसकेको शिक्षक भट्टराईको दाबी छ ।
आउँदो दिनमा विद्यालयमा पिसाब बैंक स्थापना गर्ने विद्यालयको लक्ष्य छ । विद्यालयका प्रधानाध्यापक नारायण सिग्देल भन्नुहुन्छ ‘हामीले विद्यालयमा पिसाब बैंक स्थापना गर्नेछौं र विद्यालयको जग्गामा बालीनाली लगाउनेछौं ।’
सैद्धान्तिक ज्ञानले मात्र तहगत उद्देश्य पूर्ण हुदैन । झनै कृषि जेटिए जस्तो विषयमा नियमित प्रयोगात्मक अभ्यास गर्न जरुरी छ । भनाई नै छ सुनेको कुरा विर्सन्छ, हेरेको कुरा सम्झन्छ, गरेको कुरा जानिन्छ । जानिनकै लागि पिसाबको प्रयोगात्मक अभ्यास गर्दैछन् जनज्योति उच्च मावि सुर्खेतका शिक्षक तथा विद्यार्थीहरु ।
साभारः उज्यालो अनलाइन

0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !