किराना सामान डोकोमा ल्याएर घरको पालीमा पसल थाल्दा ध्रुव न्यौपाने (३६) लााई के थाहा ? आफू ‘करोडपति’ बन्ने कुरा । तेह्र वर्षे कलिलो उमेरमा पाँचसय बराबरको सामान ल्याएर ब्यापार थालेका गुल्मी हुँगाका ध्रुव न्यौपाने अहिले करोडौंको मालिक बनेका छन् । न्यौपानेले गत दुई दशकको अन्तरालमा यस्तो सफलता हात पारेका हुन् ।
‘१३ वर्षको उमेरमा कक्षा सातमा बढ्दा खेरी घर देखि करिव तिन घण्टा तल उल्लीखोलाबाट पाँच सयको किराना सामान डोकोमा ल्याएर घरमा बेच्न सुरु गरेको हुँ’–‘ न्यौपानेले भने–‘ त्यो पाँच सयको व्यापार एसएलसी पास गर्ने बेलामा आई पुग्दा ३७ हजार पुगेछ ।’
किराना पसलमा सयबाट हजारौं आम्दानी गरेपछि उनी कैलाली पुगे । ‘कैलालीमा दाई हुनुहुन्थ्यो,त्यहाँ एउटा छाप्रोमा होटल शुरु गरियो’ न्यौपानेले भने । उनले थपे–‘होटलवाट कमाई राम्रै हुन थाल्यो,त्यसले ब्यापारमा लाग्न हौसायो ।’ होटलको आम्दानीले न्यौपाने यसरी हौसिय,जसको परिणामा उनले २०५७ ताका ६५ जना लगानीकर्ता जुटाएर ‘शिद्धार्थ विजनेश ग्रुप’ नामक कम्पनी खडा गरे ।
कैलालीबाट शुरु भएको सिद्धार्थ विजनेश ग्रुपको गाडीले वुटवल हुँदै काठमाण्डौंको बाटो छिचोली सकेको छ । ‘अहिले हाम्रो व्यवसाय काठमाडौं सम्म विस्तार भैसकेको छ ।’ न्यौपानेले भने । होटल, मदिरको थोक विक्री लगायतका विभिन्न व्यवसायमा हात हालेको सो ग्रुपले आज अरबौंको कारोवार सम्हाल्न थालिसकेको छ । न्यौपानेले सिद्धार्थ विजनेश ग्रुपको प्रवन्ध निर्देशक र सञ्चालक समितिको उपाध्यक्षको भुमिका निर्वाह गरिसकेका छन् । ‘सिद्धार्थ विजनेश ग्रुपको अनुभवले मलाई गाउँको कृषि उत्पादन र सहज वजार व्यवस्थापन गर्नेतिर प्रोत्साहित ग¥यो ।’ उनले भने ।
त्यसैको परिणाम उनले २०७० को अन्तमा महिना देखि त्यस ग्रुपलाई सहकर्मीहरुको जिम्मामा छाडेर आफ्नै गाउँ फर्किए । गाउँ फर्केसँगै उनले गुल्मी हुँगा घर भई हाल नेपालगञ्ज उद्योग वाणिज्य संघका कार्यकारी सदस्य रहेका दुर्गाप्रसाद भण्डारीलाई अध्यक्ष बनाएर २९ जनाको समुहमा ‘पैंचो पसल प्रा.लि’ खोले । पैंचोमा प्रवन्ध निर्देशकको भुमिकामा रहेका न्यौपानेले गत भदौमा गुल्मीकै वलेटक्सारमा करिव तिन करोड लागतमा त्यस पैंचो पसलको औपचारिक शुभारम्भ गरे । ‘यो बर्षभरिमा पाँच करोड र आगामी ५ वर्ष भित्रमा १५ करोड लगानी गर्ने लक्ष्य छ ।’ न्यौपानेले भने । उनको त्यस पसलले हाल दैनिक तिन लाख सम्मको व्यापार गर्ने गरेको छ ।
कृषकहरुले जे उत्पादन गर्छन त्यसलाई पहिचो पसलमा प्रचलित वजार भाउ भन्दा बढिमा राखी दिने र किसानलाई त्यसवापत दैनिक उपभोग्य वस्तु वा फेन्सी सट्टामा दिने गर्नाले कृषकहरु उत्साहित भएका छन् । ‘अहिले वलेटक्सार र त्यस आसपासका १० वटा गाविसका कृषकहरु आफ्नो घरमा कुनै समय कुहीएर खेर जाने फर्सी , अमला, अम्वा, गिठो समेत त्यहाँ विक्री गर्न ल्याउँ छन् र आफुलाई आवस्यक चामल चिनी लगायतका उपभोग्य वस्तु लैजाने गरेको न्यौपानेले बताए ।
१० वटा गाविसका २९ स्थानमा रहेका संकलन केन्द्रबाट त्यस पहिचो पसलमा कृषकहरुको तरकारी ,फलफुल जम्मा गर्ने र देशकै ठुलो पैंचो तरकारी वजार वुटवल पठाउने गरिएको छ । न्यौपानेले स्थानीय तरकारी जात र फलफुल जात मात्र होइन परम्परागत कोदो मकै धान र घिउ समेत कृषकहरुबाट किन्ने गरेको बताए ।
उनले थानापति थोर्गा र दिगामको प्रशिद्ध उखु खेती र यस जिल्लाकै अर्को प्रशिद्ध सुन्तलाबाट आधुनिक खाद्य वस्तु उत्पादन गर्ने तयारी गर्दै छन् । त्यसको खुदोबाट चकलेट उत्पादन गर्ने र सुन्तलाबाट जाम बनाउने गरेका छन् । अहिले परिक्षणका रुपमा बनाएको सुन्तलाको जाम निकै मिठो बनेको छ ।
वावु दधिराम न्यौपानेका १३ सन्तान मध्ये साईला छोरा रहेका उनले वुवाकै प्रेरणाबाट स्वदेशमै केहि गरेर देखाउने आँटका साथ यो क्षेत्रमा लागेको बताए । ‘ वुवाले भारतमा गाई हेर्ने काम गर्नु हुन्थ्यो , घरमा एक महिनालाई खान नपुग्ने जमीन थियो, पछि वुवाले हामी सवै परिवारको गुजारा चलाउने गरी सम्पत्ती आर्जन गर्नु भएको थियो’– उनले भने ।
‘छोरा विदेश नजानु स्वदेशमै केहि गरेर देखाउनु वुवाले यहि निर्देशन दिनु भएको थियो त्यसैलाई शिरोधार्य गरेको छु’–उनले थपे–‘ यहि क्षेत्रमा केहि गरेर देखाउने लक्ष्य लिएको छु ।’ उनको पैंचो पसलमा अहिले पचास जनाले रोजगारी पाएका छन् र त्यस भेगका कृषकहरु कृषि उत्पानमा उत्साहित भएका छन् ।
प्रत्येक कृषकहरुले अलग अलग उत्पादनलाई व्यवसायीकरण गर्न सके यो छिट्टै यो देश समृद्धि तिर जाने बताउँदै उनले भने–‘ स्वदेशमै केहि गरौं भन्ने सोच सवैमा आए यहाँ सवै अटाईन्छ र सवैले काम पाईन्छ भन्ने कुरामा ढुक्क भए हुन्छ । ’ यसरी निजी श्रोतबाट सञ्चालित यस्ता व्यवसायहरुलाई राज्यले विभिन्न सहुलियत दिन सके आफु जस्ता तमाम युवाहरु विदेशको मुख ताक्न छाडेर स्वदेशमैं केहि गर्न प्रोत्साहित हुने उनको धारणा रहेको छ ।

ध्रुव न्यौपानेसँग लिएको अडियो अन्तर्वार्ता सुन्नका लागि यहाँ क्लिक गर्नुहोस्।
१५ करोड लगानीमा शुभारम्भ गरिएको पैंचो पसलबारे जान्न यहाँ क्लिक गर्नुहोस्।

0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !