Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » १५ करोड लगानीमा पैंचो पसल

१५ करोड लगानीमा पैंचो पसल

फलफूल तथा तरकारीका लागि भारतीय बजारमा निर्भर रहेका बुटवलका उपभोक्ताले अबदेखि नेपालकै पहाडी क्षेत्रमा उत्पादित ताजा फलफूल तथा तरकारी खान पाउने भएका छन् । केहि महिना पहिले सञ्चालनमा आएको पैंचो पसलले पहाडी क्षेत्रमा उत्पादित फलफुल तथा तरकारी बुटवलबाट बिक्रिवितरण सुरुगरेपछि उपभोक्ताहरुले गाउँघरमा उत्पादित ताजा फलफूल र तरकारी खान पाएका छन् ।

बुटवलको सुख्खानगरमा खुलेको पैंचो पसलमा गुल्मी तथा पाल्पामा उत्पादित फलफुल र तरकारी आउन थालेको छ । गुल्मीमा फलेको सुन्तला र पाल्पाको अर्गलीमा फलेको काउली बुटवलमै पाईन थालेपछि स्थानीय उपभोक्ता पनि खुशी भएका छन् ।
तरकारी किन्न पैंचो पसल पुगेकी बुटवल मिलनचोककी गृहिणी भागिरथी शर्माले भारतीय तरकारी भन्दा पहाडको तरकारी रसिलो हुने बताउनुभयो ।
तराईमा नपाईने जंगली गिठा समेत पैचो पसलले राखेको छ । खरानी पानीमा उमालेर गिठा खाँदा शरीरको रोगब्याधी हट्ने भन्दै पैंचोमा गिठा लिन आएको बताउनुभयो बुटवलकै अर्का उपभोक्ता अर्का उपभोक्ता गुरुदत्त पाण्डेले ।

निर्माणको काम पुरा नहुँदै पैंचो पसलमा ग्राहकको भीड लाग्ने गरेको छ । फलफुल तरकारीसँगै पैंचो पसलले प्रशोधन गरेको चुक अमिलो, मकैको
आटो (च्याँख्ला), बेसार र अदुवाको धुलो पनि केहि महिनामा उपलब्ध हुने पसलका प्रबन्ध निर्देशक ध्रुव न्यौपानेले बताउनुभयो ।
बुटवलको पसलमा हाल तरकारीमा फर्सी , कुभिन्डो , गोलभेंडा , काउली, बन्दा , गिठा , सिमी उपलब्ध छन् भने फलफुलमा सुन्तला , अम्वा, मौसम र कागती राखीएको छ ।


पैंचोले गुल्मीको बलेटक्सार र दिगाम तथा पाल्पाको अर्गलीमा बिक्रि कक्षका साथै कृषि उत्पादन संकलन कक्ष सञ्चालनमा ल्याईसकेको छ । हाल  दैनिक २ देखि ३ लाख सम्मको बिक्रि हुने गरेको पसलका सञ्चालकहरुले बताएका छन् ।
करिब ३ करोड लगानी गरिसकेको पैंचो पसलले अर्गानिक उत्पादनका कृषिजन्य उपभोग्य सामानमा जोड दिएकाले गृहिणीदेखि कलेज पढाउने शिक्षकसम्म पैंचो पसलमा पुग्ने गर्छन् । अर्गानिक उत्पादन बढाउन पैचो पसलले पहाडी जिल्लाका ग्रामीण क्षेत्रका किसानहरुलाई आधुनिक तालिम दिनेदेखि विभिन्न प्रविधीहरु उपलब्ध गराएको पैंचो पसलले जनाएको छ ।
साभारः टुरिज्म अफ नेपाल

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !