Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » अब सित्तैमा फेसबुक चलाउनुहोस् !

अब सित्तैमा फेसबुक चलाउनुहोस् !

के तपाइलाई थाहा छ पक्कैपनि छैन होला । उसोभए जानिराख्नुहोस है । तपाई हामिको लागि खुसिकै खबर हो । किनकि अब तपाई हामि माझ लोकप्रिय सामाजिक संञ्जाल फेसबुकले मिडिया फेसबुकले झण्डै एक सय मुलुकका गरिव जनतालाई सित्तैमा इन्टरनेट सेवा दिने तयारी गरिरहेको छ । बिश्वको नम्बर एक सोसल साइड फेसबुकको अगुवाईमा सुरु भइरहेको इन्टरनेट डट ओआरजी अभियान अन्र्तगत यसै बर्षभित्र एक सय वटा मुलुकका जनतालाई सित्तैमा मोबाइल इन्टरनेट उपलब्ध गराउने तयारी भइरहेको फेसबुकले जानकारी दिएको छ।

इन्टरनेट डट ओआरजीका उपाध्यक्ष क्रिस ड्यानियल्सले अभियान निकै आक्रामक तरिकाले अगाडी बढ्न लागेको जानकारी गराएको बिभिन्न संञ्चार माध्यमहरुले जनाएका छन् ।हाल फेसबुकले परिक्षणका रुपमा भारत, जाम्बिया, तान्जानिया, केन्या, घाना र कोलम्बियामा त्यहाँका मोबाइल सेवा प्रदायकहरुसँग मिलेर इन्टरनेटसँग नजोडिएका जनतालाई सित्तैमा इन्टरनेट बाँडेको जनाइएको छ ।

यो परिक्षणबाट उत्साहित फेसबुकले सन् २०१५ को अन्तयसम्ममा करिव एक सय मुलुकमा यो सेवा बिस्तार गर्ने तयारी गरिरहेको ड्यानिलले जानकारी दिएका छन् ।
यी ६ वटा मुलुकमा फेसबुकले मोबाइल सेवा प्रदायसँग मिलेर करिव ७० लाख मानिसलाई सित्तैमा इन्टरनेट दिइरहेको छ ।

जसमार्फत् प्रयोगकर्ताहरुले फेसबुकसहित स्वास्थ्य, रोजगारी, स्थानीय सूचना लागयतका निश्चित एप बिना पैसा चलाउन सक्छन् ।यसले फेसबुकका प्रयोगकर्ता त बढाएको छ नै ग्रामिण भेगका गरिव जनताले इन्टरनेटसँग जोडिएर धेरै सुबिधा पाएका छन् । यस्तो सुबिधाका कारण मोबाइल सेवा प्रदायकको समेत ब्यापार बढेको छ, डाटा प्रयोगकर्ताको संख्या ह्वात्तै बृद्धि भएको छ ।

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !