दोश्रो राष्ट्रिय माछा महोत्सवको अवसरमा माछाको विभिन्न आयामहरुको बारेमा जानकारी हासिल गरेर यो माछासम्बन्धी यो बिशेष अनलाइन संस्करण प्रकाशित गरेको छ । माछासम्बन्धी यो पाठ्य सामग्री अवश्य नै पठनिय हुनेछ ।
मत्स्यपालनको विकास समृद्ध राष्ट्रको आधार भन्ने नाराका साथ शुक्रबारदेखि राजधानीमा दोश्रो राष्ट्रिय मत्स्य महोत्सव सुरु भएको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा सुरु महोत्वसको उद्घाटन गर्दै राष्टिय योजना आयोगका सदस्य डा. भारतेन्द्र मिश्रले जलस्रोतमा धनी मुलुक नेपालमा माछापालन व्यवसायको भविश्य उज्वल रहेको बताए । नेपालको मत्स्य व्यवसाय हालको अवस्थासम्म आइपुग्नुमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो । अन्य व्यवसायको तुलनामा कम जनशक्तिबाटै वढीभन्दा बढी फाइदा लिन सकिने माछापालन व्यवसायतर्फ पछिल्लो समय आकर्षण बढिरहेको पनि उनले बताए ।
उनले माछापालनको विकास र विस्तारका लागि आवश्यक कार्यक्रमसहितको प्रस्ताव लिएर आए योजना आयोग व्यवसायीलाई सहयोग गर्न तयार रहेको बताए । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) का कार्यकारी निर्देशक डा. टेकबहादुर गुरुङले सरकारबाट पर्याप्त सहयोग हुन नसकेकाले अपेक्षाअनुसार माछापालन व्यवसायले गति लिन नसकेको बताए । सरकारी निकायको संस्थागत क्षमता विकास हुन नसक्दा यस्तो अवस्था आएको उनको भनाइ थियो तर पनि साधन स्रोतले भ्याएसम्म नार्क मत्स्य विकास र विस्तारमा क्रियाशिल रहेको उनले बताए ।
मत्स्य विकास निर्देशनालका निर्देशक रामानन्द मिश्रले माछापालनको विकास र विस्तारमा निजी क्षेत्रले नै अग्रसरता देखाउनुपर्नेमा जोड दिँदै सरकारबाट नीतिगत र अन्य सहयोग जारी रहने बताए । मत्स्य व्यवसायी जालन्धर सिंहले भने अन्य व्यवसायको तुलनामा कृषि क्षेत्र सरकारका साथै बैंक तथा वित्तीय क्षेत्रबासमेत उपेक्षित रहेको गुनासो गरे ।
सरकारले प्रदान गर्ने अनुदान तथा सहुलियत कृषि कर्जा किसानले पाउन नसकेको उनको भनाइ थियो । उनले भने, “कर्जाका लाथि वैक तथा वित्तीय संस्थाहरुले शहरी क्षेत्रको घरजग्गा धितो माग्ने गरेका छन्, ग्रामीण किसानसँग त्यस्तो धितो हुँदैन, घितो नहुनेले कर्जा पाउने कुरै भएन ।” कतिपय बैंक तथा वित्तीय संस्थाहरुले कृषि कर्जाका नाममा अन्यत्रै लगानी गरेको आंशकासमेत उनले गरेका छन् ।
आयोजक संस्था नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष तुलसी गिरीले निजी क्षेत्रको निरन्तरको प्रयासले माछामा नेपाल आत्मनिर्भरतातर्फ अघि बढिरहेको र आगामी पाँचवर्षभित्र पूर्णरुपमा आत्मनिर्भर हुने बताए । नेपालमा माछा आयातमात्र नभई अहिले पनि नेपालबाट छिमेकी मुलुक भारतमा निर्यात भइरहेको र नेपाली माछाले भारतमा मूल्य पनि राम्रो पाएको उनले बताएका छन् । उत्पादन बढाए माछाका लागि बजारको अभाव नहुने पनि उनले बताएका छन् ।
उनले भने– हामीले आगामी पाँच वर्षभित्रमा नेपाललाई माछामा आत्मनिर्भर बनाउने घोषणा गरेका छौं र सरकार पनि सोहीअनुसारको नीति तथा कार्यक्रम तर्जूमामा लागिपरेको छ, जसका कारण माछापालनको भविश्य राम्रो देखिएको छ । माछापालन व्यवसायको विकास र विस्तारका लागि छुटट्ै मत्स्य मन्त्रालय स्थापनामा पनि जोड दिएका छन् । साथै उनले मत्स्य व्यवसायको विकास र विस्तार लागि संघले अघि सारेका २८ सुत्रिय माग सम्वोधनका लागि पनि सरकारसँग माग गरेका छन् ।
कार्यक्रममा कृषि विभागका उपमहानिर्देशक तेजबहादुर सुवेदी, माछाविज्ञ प्राडा रामचन्द्र भुजेल, संघका उपाध्यक्ष छोटेलाल चौहानलगायले माछापालन व्यवसायको विकास विस्तारमा जोड दिएका थिए । माघ १८ गतेसम्म आयोजना हुने महोत्सवमा माछा तथा माछाका परिकार र अन्य सूचनामूलक गरी ५० वटा स्टल रहेको आयोजकले जनाएको छ । १० वटा चेतनामूलक, २० वटा माछा तथा माछापालनसम्बन्धी आवश्यक प्राविधिक उपकरणसहितको व्यवसायिक तथा २० वटा माछाका परिकारसम्बन्धी स्टल रहेका छन् ।
विभिन्न २५ वटा जिल्लाका माछा व्यवसायीको सहभागिता रहेको महोत्सवमा मुख्य गरी सात प्रकारका माछाका साथै नया जात मानिएको टिलापिया र पंगेसियस जातको माछाको परिकार, माछाको भूरासहित रंगिन माछाको अवलोकन तथा बिक्रीका लागि राखिएको आयोजकले जनाएको छ ।
महोत्सवकै अवसरमा माछासँग सम्वन्धित राष्ट्रिय सम्मेलन पनि सुरु भएको छ । उक्त सम्मेलनमा बिभिन्न बिज्ञले सम्वन्धित विषयमा २० वटा कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालको कुल गार्हस्थ्य उत्पादनमा माछाले १ प्रतिशत तथा कृषि क्षेत्रमा ३ प्रतिशतले योगदान पुरयाउँदै आएको छ । निर्देशनालयका अनुसार नेपालको ५६ जिल्लामा व्यवसायिक उत्पादन हुदै आएको छ ।
तराईका २०, मध्य पहाडीको ३० तथा हिमाली ६ जिल्लामा माछापलन व्यवसाय विस्तार भएको छ । बारा सबैभन्दा बढी माछा उत्पादन हुने जिल्ला हो । नेपालमा मत्स्यपालन व्यवसायको विकास र विस्तार गरी आयात प्रतिस्थापन गर्ने लक्ष्यका साथ मत्स्य नीति तयारको क्रममा रहेको छ । ८० प्रतिशत स्वदेशी र २० प्रतिशत भारतीय माछाले बजार ओगटे पनि राजधानीमा भने ६५ प्रतिशतभन्दा बढी भारतबाटै आयात हुने गरेको छ । गत आर्थिक वर्र्ष ०६९/०७० मा करिव दुई अर्ब वरावरको १० हजार मेट्रिकटन माछा आयात भएको थियो । नेपालमा वार्षिक ६४ हजार ९ सय मेट्रिक टन माछा उत्पादन हुने गरेको छ ।
पाँच बर्षमा प्रति ब्यक्ति पाँच किलो
काठमाडौं / सरकारले आगामी दश बर्षभित्रमा प्रति व्यक्ति प्रति बर्ष उपभोग हुने माछाको उपलब्धतालाई बढाएर माछामा मुलुकलाई आत्म निर्भर बनाउने तयारी गरेको छ। यो योजना आगामी आर्थिक बर्षदेखि सरकारले कार्यान्वयनमा ल्याउन लागेको हो।
माछामा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले क्षेत्रफल बिस्तार, नयाँ जातका माछाको प्रवद्र्धन, ह्याचरी तथा नर्सरी स्थापना, स्थानीय तथा क्षेत्रीय बजार स्थापना तथा आइस कारखाना स्थापना गर्ने योजना बनाएको छ। माछामा आत्मनिर्भर नहुँदा अहिले नेपालमा उपभोग हुने कूल माछामध्ये करिब २० प्रतिशत भारतबाट आयात हुने गरेको छ। राजधानीमा भने ६५ प्रतिशत भारतीय र ३५ प्रतिशत स्वदेशी माछाले बजार थेगेको छ। जसअनुसार राजधानीमा १२ हजार मेट्रिक टन भारतीय तथा पाँच हजार मेट्रिक टन स्वदेशी माछाको बिक्रि हुन्छ।
नेपालमा ८० प्रतिशत आ नै उत्पादन र २० प्रतिशत भारतीय माछाले बजार ओगटे पनि राजधानीमा भने ६५ प्रतिशत भारतको र ३५ प्रतिशत मात्रै स्वदेशी उत्पादनले बजार थेगेको छ। जसअनुसार राजधानीमा दैनिक १२ हजार भारतीय र पाँचहजार स्वदेशी माछाको बिक्रि हुन्छ। मत्स्य विकास निर्देशनालयका निर्देशक रामानन्द मिश्रका अनुसार यस योजनाअन्तर्गत पहिलो पाँच बर्षभित्रमा हाल प्रति व्यक्ति प्रति बर्ष माछाको उपभोग दर पाँच किलोमा पु:याइने छ। ‘अहिले प्रति व्यक्ति प्रति बर्ष उपभोग दर २.३ किलो मात्र छ,’ उनले भने।
उनकाअनुसार पाँच बर्षभित्रमा उपभोग दरमा बृद्धि गरेर आगामी दश बर्षभित्रमा मुलुकलाई माछामा आत्म निर्भर बनाइनेछ। योजनाअनुसार पहिलो पाँच बर्षमा हाल माछाको क्षेत्रफल आठ हजार आठ सय हेक्टरमा रहेको पोखरीको क्षेत्रफलमा बृद्धि गरेर १३ हजार हेक्टरमा पु:याइनेछ। हाल नेपालभर माछा पालनस बन्धी ३१ हजार पोखरी छन्। यसैगरी हाल माछा उत्पादन गर्ने किसानको सं या २८ हजारबाट झण्डै ५० हजारमा पु:याइनेछ। माछाको क्षेत्रफल मात्रै होइन्। हाल रहेको माछाको उत्पादोकत्व प्रति हेक्टर चार मेट्रिक टनबाट साढे ६ मेट्रिक टनमा पु:याइनेछ।
योजनाअन्तर्गत पुरानो जात कार्पअन्तर्गतको रहुँ, नैनी, भाकुर, कार्प, विगहेड कार्प तथा ट्राउट र नयाँ जातका माछा टिलापिया तथा पंगेसियसको भूरा उत्पादन गरेर किसानलाई उपलब्ध गराइनेछ। यो योजना हाल तराईमा व्यवसायिक रूपमा भइरहेका २० जिल्ला सहित ल जुङ, तनहुँ, स्याङजा, कास्की, पर्वत, इलाम, उदयपुर, सिन्धुली, काभ्रे र धादिङ जिल्लालाई छनौट गरिएको छ। यसैगरी नुवाकोट, सल्यान, प्युठान, रूकुम, सुर्खेत र मकवानपुर पनि छनौट भएका छन्। यस्ता जिल्लालाई जनकपुर, लाहान, हेटौडा तथा कुलेखानी, बालाजु, भैरहवा, शमशेरगञ्ज, गेरा तथा मिर्मिस्थित मत्स्य विकास केन्द्रले आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ।
सरकारले माछाको उत्पादन बृद्धि गर्न ह्याचरी र नर्सरी स्थापनालाई पनि योजनामा राखेको छ। अहिले सरकारको आ नै ११ वटा ह्याचरी छ। बाँकी निजी क्षेत्रका ह्याचरी नेपालमा छन्। सरकारले भूराको कारोबार गर्ने, ह्याचरी र नर्सरी उत्पादन गर्ने किसानलाई अनुदान पनि उपलब्ध गराउने निर्देशक मिश्रले जानकारी दिए। अहिले खपत हुने कूल भूरामध्ये ८० प्रतिशत निजी क्षेत्रले उत्पादन गर्दैआएको छ। माछाको उत्पादन बृद्धिसँगै बजार बिस्तार गर्न निर्देशनालयले उत्पादन थलो र संकलन केन्द्रमा आइस(बर्फ) सहितको कारखाना स्थापना गर्न पनि सहकारीमा आवद्ध किसानलाई अनुदान उपलब्ध गराउने जनाएको छ।
यसैगरी क्षेत्रीय बजारअन्तर्गत स्थानीय बिक्रेता संघ वा नगरपालिकाको साझेदारीमा काठमाडौं, बिराटनगर, राजविराज, बीरगञ्ज, नारायणघाट, नेपालगञ्ज, अत्तरिया, पोखरा, सुर्खेत तथा धनकुट्टा क्षेत्रीय बजार स्थापना गरिने छ। ‘पहिलो पाँच बर्षमा भौतिक पूर्वाधारको निर्माण गरेर उत्पादनमा बृद्धि गर्ने र अर्को पाँच बर्षमा बजारीकरण गर्ने लक्ष्य राखेका छौं,’ निर्देशक मिश्रले भने। योजनाका लागि करिब १० अर्ब रूपैयाँ प्रस्ताव गरिएको छ।
उनकाअनुसार माछाले राष्ट्रिय ग्राहस्थ उत्पादनमा १ प्रतिशत तथा कृषि ग्राहस्थ उत्पादनमा ३ प्रतिशले योगदान पु:याउदै आएको छ। निर्देशनालयकाअनुसार नेपालको ५६ जिल्लामा माछाको उत्पादन हुँदैआएको छ। तराईको २०, मध्य पहाडीको ३० तथा हिमालीको ६ जिल्लामा माछा उत्पादन हुन्छ। नेपालको बारा जिल्लामा माछा उत्पादनमा पहिलो न बरमा आउछ। नेपालका २१ प्रजातिका माछा संकट सूचीमा परेका छन्। जसमध्ये सहर जातको टरटर भन्ने माछा लोप भइसकेको छ।
नेपालमा ६४ हजार ९ सय मेट्रिक टनको हाराहारीमा माछा उत्पादन हुन्छ। गत आर्थिक बर्ष ०६९/०७० मा झण्डै दुई अर्ब मूल्यबराबरको १० हजार मेट्रिक टन माछा आयात भएको थियो। भारतबाट बर्षेनी दुई अर्बभन्दा बढीको माछाको आयात हुन्छ।
के भन्छन, माछासँगै जिवन बिताउनेहरु : ——————————————————————-
- लक्ष्मी सापकोटा
-जंगबहादुर शाह, अध्यक्ष/ नेपाल मत्स्य व्यवसायी संघ बारा
बारा जिल्लामा जिउदो तथा ताजाँ माछा विक्रि गर्नेमा पहिलो व्यवसायिकरुपमा परिचित भएका जंगबहादुर शाहले २०६९ साल देखि व्यवसाय सुरु गरेका हुन । पहिलो पटक बल्खु तथा तरकारी बजारबाट जिउदो माछा विक्रि व्यवसाय सुरु गरेका हुन । उनले माछा उत्पादन र बेच्ने दुवै काम गर्छन । उनले व्यवसायिक रुपमा माछा व्यवसायलाई विस्तार गदै आएका छन् । एक हेक्टर जमिनमा माछापालन गरिरहेका छन् । डेढ लाख देखि व्यवसाय सुरु गरेको उनको लगानी अहिले ६० लाख भन्दा बढी पुगेको छ । स्वदेशमा केही गर्नुपर्छ भन्ने सोचका साथ लागेका साहले यस व्यवसायबाट छोटो समयमा उलेख्य सफलता हासिल गरेका छन् ।
उनले मासिक रुपमा ३ हजार देखि ३ हजार २ सय केजी माछा बजारमा पठाउँछन । प्रतिकेजी चार सय देखि ४सय ५० रुपैयाँ थोकमुल्यमा माछा विक्रि हुने गर्छ । यस व्यवसायबाट मासिक रुपमा एक करोडको कारोबार हुने गरेको छ । उपत्यकामा खोलिएका ५२ विक्रि केन्द्रबाट दैनिकजसो माछाको विक्रि हुने गर्छ । उपत्यका बाहिर ७ वटा विक्रि केन्द्रबाट माछा विक्रि भइरहेको छ ।
उपत्यका बजारसँगै बाहिरी मुख्य बजार, पोखरा, दाङ्ग, सिन्धुली, बर्दिवा ,चितवन लगायतका अन्य जिल्लामा उनले माछा पठाउने गर्छ । बजारमा माछाको माग दिनप्रतिदिन बढ्दै गएपनि सोहीअनुपातमा उत्पादन गर्न नसकेको उनको भनाई । जिल्लाकै उत्कृष्ट व्यवसायीका रुपमा उनीे परिचित बनेका छन ।
विशेष गरी रहु, कमनकार्प, ग्रास , बिगहेड,भाकुर, टिलापिया, बचवा लगायतका अन्य जातका माछा उत्पादन गरी उनले विक्रि गरिरहेको छन् । पहिला खेतिकिसान गर्ने शाह माछा व्यवसायका मनग्य फाइदा हुने देखेर लागे । उनले ५० देखि ६० जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरैलाई रोजगार समेत उपलव्ध गराएका छन् ।
बजारमा ३ हजार ५ सय देखि ३ हजार ७ सय केजी मासिक माग हुने गरेको छ । बजारमा माछाको माग बढ्दै गएपनि उत्पादन गर्न नसकिएको उनी बताउँछन् । समय समयमा हुने मत्स्य प्रर्दशनीमा उनले माछाको स्टल राख्ने गदै आएका छन् ।
व्यवसाय व्यवसायिकरुपमा सफल बन्दै गएपनि सञ्चालन गर्न उनलाई धेरै समस्या छ । सरकारबाट लगानी नपाउनु, माछा ढुवानी गर्न कठिनाई पर्नु, माछामा लाग्ने रोगका कारण व्यवसाय गर्न समस्या भएको उनको भनाई छ । ढुवानी गर्ने उचित साधन नहुँदा ट्याङ्गीबाट ढुवानी गर्दा धेरै माछा मर्ने गरेको उनको भनाई छ ।
६ छोराछोरी सहित आठ जनाको उनको परिवार यस व्यवसायबाट जिवीका चलाउदै आएका छन् । छोराछोरीलाई उच्च शिक्षा दिनुका साथ घरव्यवहार चलाउने माध्ययम नै माछा व्यवसाय बनेको छ । छोटो समयमा सफल बन्न सकेका शाह व्यवसायबाट सन्तुष्ट रहेको बताउँछन । राज्यबाट लगानी भए थप व्यवसाय विस्तार गर्न सकिने उनको भनाई छ ।
-जमान सिङ वाइवा, अध्यक्ष/ इन्द्रसरोबार मत्स्य व्यवसायी संघ
२०५५ सालमा दर्ता भई ६ सय ७७ जना शेयर सदस्य मिलेर संघ स्थानपना गरी सोही संघको नामबाट उनले माछा उत्पादनसँगै विक्रि वितरण गदै आएको छ । उनले सिजनका बेला पाँच सय देखि सात सय केजी र अफ सिजनका बेला एक सय देखि दुई सय केजी माछा उत्पादन गदै आएका छन । उनले विशेष गरी विगहेड, सिल्भर कार्प, कमन कार्प, ग्रास कार्प, रहु नैनि जातका माछाहरु उत्पादन गदै आएका छन् ।
प्रतिकेजी दुई सय २५ देखि दुई सय ५० सम्म माछा विक्रि हुँदै आएका छन । स्थानीय बजारमै सवै माछा खपत हुने उनको भनाई छ । सुरुमा प्रतिव्यक्ति पाँच हजारका दरले रकम उठाएर व्यवसाय सुरु गरेका उनले अहिले प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरैलाई रोजगार उपलव्ध गराएका छन् । उनले खुला र के्रज कल्चरबाट माछापालन गदै आएका छन् । सात किलोमिटर लम्वाई र आधा किलो मिटर चौडाई भएको तालमा माछापालन गदै आएका छन् । उनले शुद्ध प्राकृति दाना खुवाएर माछा उत्पादन गर्छन । जसको कारणले गदौ ग्राहको रोजाईमा धेरै पर्ने गरेका छन् ।
उनले उत्पादन बढाउका लागि वर्षनी पोखरीमा १२ देखि १५ लाख माछाका भुरा हाल्ने गर्छन । सिजमा मासिकरुपमा १२ लाख रुपैयाँको माछा विक्रि हुँदै आएको छ । बजारमा माग बढ्दै गएपनि उत्पादन बढाउन नसकिएको उनको भनाई छ । माछा व्यवसायमा प्रयाप्त सम्भावना देखेर लागेका उनलाई व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको छ ।
राज्यबाट सहयोग नहुँदा व्यवसाय विस्तार गर्न कठिन परेको उनको भनाई छ । आर्थिक सहयोगकै लागि कृषि व्यापार तथा परियोजना (प्याक्ट)मा निवेदन दिएका छन । बढीभन्दा बढी अग्रानिक माछा उत्पादन तथा विक्रि गर्नु, स्थानीयको जीवनस्तरमा सुधार ल्याउनु, युवावर्गलाई रोजगार दिनु र पर्यटकीय स्थलको विस्तार गर्ने उदेश्यका साथ उनले यस व्यवसाय सुरु गरेको बताउँछन् ।
आगामी दिनमा व्यवसाय विस्तार गदै जाने उनको भनाई छ । प्राकृतिक दाना खुवाएर उत्पादन गरिने भएकाले शुद्ध र अगानिक माछा बेच्ने गरेको उनी बताउँछन ।
-दमनबहादुर लामा, अध्यक्ष/ दोभान रेन्ब्रो ट्राउट सहकारी संघ
नुवाकोटको ककनी भन्दा वित्तिकै ट्राउट माछाले प्रचलित ठाउँ हो । मुलुकमै पहिलो पटक नमुनका रुपमा यहाँ व्यवसायिक रुपमा माछापालन हुँदै आएको छ । खादाँ स्वादिलो, औषधीको रुपमा प्रयोग हुने, प्रोटीनयुक्त माछा हुनाले पनि बजारमा यसको माग दिनप्रतिदिन बढ्दै गएको छ । १३ रोपनी जग्गामा २०५९ साल देखि दमनबहादुर लामाले माछापालन गदै आएका छन् ।
चिसो पानी र भिरालो खोलामा यो माछा हुँने गर्छ । नुवाकोटमा ट्राउट माछा पालन गर्ने सम्भावना भएकाले पनि उनले व्यवसाय सुरु गरे । ३० लाख रुपैयाँ लगानीबाट सुरु गरेको उनको यस व्यवसाय दिनप्रतिदिन फष्टाउदै गएको छ ।
उनले मासिक रुपमा पाँच सय देखि सात सय केजी माछा उत्पादन गदै आएका छन् । स्थानीय बासी मिलेर सहकारी संस्थामार्फत माछा उत्पादन गरी विक्रि वितरण गदै आएका छन । उनले प्रतिकेजी माछा १२ सय देखि १४ सय रुपैयँ विक्रि गदै आएका छन ।
ककनी पर्यटकीय क्षेत्र भएकाले उनले रेष्टुरेन्ट समेत खोलेका छन । अधिकांस माछा रेष्टुरेन्टबाटै विक्रि गर्ने गरेको र गंगबु मिटमार्टले जिउदो माछा लिने गरेको उनी बताउँछन् ।
यस व्यवसायबाट उनी राम्रो आम्दानी गर्न सफल भएका छन । प्रत्यक्ष अप्रत्यक्ष रुपमा सयौ ५० जनाले समेत रोजगारी पाएका छन् । ककनीबाट सुरु गरेको यस व्यवसाय विभिन्न २० जिल्लामा समेत विस्तार भइसकेको छ । चिसो पानीमा उत्पादन हुने, पोषणयुक्त र प्रोटिनयुक्त हुँदा बच्चा देखि बृद्ध सम्म ट्राउट माछा लोकप्रिय बन्दै गएको छ । उनले ट्राउट माछाका भुरा आफै निकाल्ने र अन्य जिल्लामा समेत पठाउने गर्छन । व्यवसाय सफल बन्दै गएपनि उनलाई सञ्चालन गर्न समस्या छ । पहाडमा उत्पादन हुने हुँदा पहिरोजाने, दाना सुपथ मुल्यमा नपाउनु ,ढुवानी गर्न कठिनाई जस्ता समस्या उनले भोगिरहेका छन ।
व्यवसाय सञ्चालन गर्न राज्यबाट सहयोग नहुँदा समस्या पदै गएको छ । बजारमा माछाको माग बढ्दै गएपनि सोही अनुपातमा उत्पादन गर्न नसकिएको उनी बताउँछन । माछाव्यवसायबाटै उनले आफनो जीवनयापन गदै आएका छन् । बजारमा यसको माग दिनप्रतिदिन बढ्दै गएकाले पनि आगामी दिनमा व्यवसाय विस्तार गदै जाने सोच रहेको उनको भनाई छ ।
-शालिग्राम शर्मा, सञ्चालक/ फिस प्यालेस रेष्टुरेन्ट एण्ड बार गैडाकोट, नवलपरासी
वैदेशिक रोजगारीमा जान मानिसहरु मरिहत्ते गर्छन । विदेशमा गएर पैसा नै फल्छ भन्ने सोचले धेरैजसो नेपाली विदेश पलायन हुन्छ । नवलपरासी गैडाकोटका शालीग्राम शर्मालाई भने नेपाल नै प्यारो लाग्छ । सामान्य परिवारमा जन्मेका उनी हलो जोतेर अध्ययन गरे । आर्थिक अभाव भएका उनी कामकै लागि एक वर्ष भारत बसे । भारतमा गएर उनले माछाका परिकार बनाउन सिके । पछि उनी कामकै शिलशिलामा माल्दिभ्स पुगे र १२ वर्ष त्यही माल्दिभ्स बसे । त्यस अवधिमा उनले माछाका परिकार बनाउने काम गरे ।
उनीसँग नत पैसाको कमी थियो नत सिपको नै । तर उनलाई माल्दिभ्समा बस्न मनलागेन र दुई वर्ष अघि फेरी नेपाल फक्रिय । माल्दिभ्समा सिकेको सिपलाई अहिले उपयोग गरिरहेका छन उनले फिस प्यालेस रेष्टुरेन्ट खोलेर । उनले माछाको सवै परिकार बनाएर वेच्ने गर्छन । जुन सिप उनले विदेशमा सिकेर आएका हुन । डेढ वर्ष अघि फिस प्यालेस खोलेर विभिन्न माछाका परिकार बनाउदै आएका छन । उनले विशेष गरी माछाको मम, सेकुवा,फिस करी, फिस फ्राइ, ग्रेभी, सलाद बनाइ विक्रि गर्छन ।
आफनो देशमै केही गर्नुपर्छ भनेर नेपाल फ्रकेका शर्माले अहिले व्यवसायिकरुपमा माछाका परिकार बनाउदै बेच्दै आएका छन् ।पैसा कमाउन भन्दै पनि असल व्यवसायी बन्न उनलाई रहर छ उनलाई । सात लाख रुपैयाँ लगानी गरेर सुरु गरेको उनको व्यवसाय अहिले २० लाख पुगेको छ ।
नवल परासीबाटै उनले माछा खरिद गर्ने गर्छ । परिकार बनाउन माछा आवश्यक पर्ने हुँदा उनले आफै माछापालन गर्ने तयारीमा समेत रहेका छन । विभिन्न स्थानमा हुने प्रर्दशनीमा उनले माछाका परिकार उपभोक्तालाई चखाउने गर्छ । परिकारप्रति ग्राहको माग बढ्दै गएको उनी बताउँछन ।प्रचार प्रसार नहुँदा ग्राहकलाई यसको बारेमा कम जानकारी हुने गरेको उनको भनाई छ ।
हालै चितवनमा भएको महोत्सवमा ९० हजारको कारोबार भएको उनको भनाई छ । उनको रेष्टुरेन्ट मार्फत मासिक ३० देखि ४० हजार रुपैयाँको कारोबार हुने गर्छ । उनले प्रत्यक्षरुपमा १० जनालाई रोजगार समेत दिएका छन् । स्वादिला माछाका परिकार बनाउदै गएकाले पनि व्यवसाय फष्टाउदै गएको उनी बताउँछन् । उनले काठमाडौमा पनि थप विक्रि केन्द्र खोल्ने तयारीमा छन् ।
बालकदेखि वृद्धसम्म सबैले पचाउन सक्ने समुद्री खाद्य हो माछा, जसको उपभोग गरिएकोमध्ये ९० प्रतिशतहिस्सा सरिरले ग्रहण गर्न सक्छ । सुपाच्य गुण भएको सुपाच्य खानाको रुपमा लिइने माछालाई यसको छुट्टै विशेषताका कारण ‘सुपर फुड’ को रुपमा समेत विश्वमा चिनिन्छ ।
यसरी छान्नुहोस् गुणस्तरिय माछा
काठमाडौं/ वर्षैभरी खान मिल्ने र सहज रुपमा सरिरले पचाउने समुद्री खाना हो माछा । अन्य मासुजन्य उत्पादनभन्दा बहु उपयोगी गुण भएको मानिने माछाको उपयोगिताको बारेमा जनचेतनाको अभाव र माग अनुसारको बजारमा आपूर्तिका कमीका कारण उपभोक्ताले आवश्यकता अनुसार उपभोग गर्न पाएका छैनन् ।
माछाको उपभोग गर्न चाहने उपभोगक्ताहरुसमेत यसको गुणस्तरियता पहिचान गर्न नसक्दा अन्यौलकैबीच माछा उपभोग गरिरहेका छन् । यसो त पछिल्लो समयमा माछाको उत्पादन व्यवसायीहरुको आकर्षण बढेको पाइन्छ । कृषिमा नयाँ क्षेत्रको रुपमा लिइने नेपाली उत्पादकको आकर्षणका कारण गत वर्ष देशभर ६४ हजार ९ सय मेट्रिक टन माछा उत्पादन भएको छ सरकारी तथ्यांक छ ।
बजारको मागलाई आपूर्ति गर्न देशभर भारतबाट थप २० प्रतिशत माछा वार्षिक रुपमा आयात गर्ने गरिएको मत्स्य विकास निर्देशनालयको तथ्यांक छ । तर सबैभन्दा बढी माग हुने काठमाडौंमा भित्रने माछा मध्ये ६५ प्रतिशत माछा भने भारतिय हुन् भने बाँकी ३५ प्रतिशत माछा मात्र नेपालका उत्पादन हुन् ।
नेपालको उत्पादन समयमै बजार पुग्ने भएकाले स्वतः गुणस्तरीय हुने तर्क नेपाल मत्स्य व्यवसायी संघको तर्क छ । “माछालाई मारेको वा पोखरीबाट निकालिएको १२ घण्टाभित्र फ्रिजमा राख्नुपर्छ वा उपभोग गर्नुपर्ने हुन्छ,” संघका अध्यक्ष तुल्सीराज गिरी भन्छन्, “सबैभन्दा टाढाको बजार मानिएको उपत्यकामा उत्पादन हुने क्षेत्रबाट बढीमा ८ घण्टामा नेपाली माछा आइपुग्छन् ।” समयमै बजारमा आउने भएकाले नेपाली माछा गुणस्तरिय हुने र नेपाली माछा स्वादिष्ट पनि हुने उनले बताए । विक्री केन्द्रमा अपनाइने सावधानिका बारेमा भने उपभोक्ता सचेत बनेर माछा खरिद गर्नुपर्ने उनको सुझाव छ ।
हरेक नागरिकले सरिरको स्वस्थ्यताको लागि वार्षिक २८ किलो माछामासु (जनावरजन्य प्रोटिन) उपभोग गर्नुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड छ । नेपालमा भने यसको आधा अर्थात् प्रतिवर्ष प्रति नेपाली जनावरजन्य उत्पादनको उपभोग १४ किलो मात्र छ । यसमा माछाको हिस्सा २ किलो ३ सय ग्राम हिस्सा माछाको छ भने बाँकी हिस्सा कुुखुरा, खसीबोका, राँगा, बंगुर लगाएतको छ । नेपालीलाई आवश्यक थप १४ किलो मासुजन्य उत्पादनको माग पूर्ति गर्न माछा पहिलो र उत्तम विकल्प रहेको विज्ञको तर्क छ ।
माछाका विषयमा भ्रम पालेर बस्नुभन्दा यसको उपयोगिता बारे सजक हुनुपर्ने माछा विज्ञ तथा मत्स्य विकास निर्देशनालयका निर्देशक रमानन्द मिश्रको सुझाव छ । “माछा बहुउपयोगी र सुपाच्य उत्पादनको हो, कहिले काँही धेरै उपभोग गर्दा समेत नपच्ने डर हुदैन,” उनी भन्छन्, “अन्य फरक फरक जनावरमा पाइने पाइने भिटामिन, मिनरल, ओमेगा, क्यालोरी, केमिनो एसिड लगाएतका तत्व एउटै माछामा पाइने भएकाले यसको उपयोगिता बढी भएको हो ।” नेपालमा विक्रेताहरुले ‘कोल्ड चेन’ (चिस्यान) ब्यवस्थित गर्नमा सावधानी अपनाउने र उपभोक्ताले पनि यसको गुणस्तरियता पहिचान गर्न आवश्यक रहेको उनी बताउँछन् ।
माछाको उपयोगिता ग्रहण गर्न भने स्वच्छतामा पनि ध्यान दिनुपर्ने विज्ञको सुझाव छ । “माछाको गुणस्तर हेरेर, सुँघेर र छोएर मात्र पनि धेरै हदसम्म छुट्टाउन सकिने भएकाले उपभोक्ताहरु अन्यौलताकाबीच खरिद गनुभन्दा बुझैरै खरिद गर्नुहोस्,” मिश्र भन्छन्, “विक्रेताहरु पनि उपभोक्तालाई आकर्षित गर्ने नाउँमा खुला रुपमा माछा राख्नु हुदैन, उपभोक्तालाई सचेत बनाउन र आफै पनि सचेत हुनुपर्दछ ।” निर्देशनालयले सचेतनाका लागि विक्रेताहरुसँग छुट्टाछुट्टै अन्तरक्रिया र सचेतनामुलक कार्यक्रम संचालन गर्नुकासाथै उपभोक्ता सचेतनाका लागि समेत अभियान चलायरहेको उनको भनाइ छ ।
उत्पादक, विक्रेता र उपभोक्ता सचेतना अभिवृद्धि गर्न आफूहरु सक्रिय रहेको मत्स्य ब्यवसास संघका अध्यक्ष गिरीले बताए । “हामी पनि गुणस्तरिय माछा उपभोक्तासम्म पुगोस् भन्ने चाहन्छौं, यसका लागि गतवर्षदेखि महोत्सव नै गरिरहेका छौं,” उनी थप्छन्, “महोत्सवमा आउने उपभोक्तालाई यस पटक माछा पकाउने तरिका समेत सिकाउनेछौं ।” माघ १६ देखि १८ गतेसम्म काठमाडौंको बानेश्वरमा माछासँग सम्बन्धित विभिन्न संघसंस्थाको आयोजनामा राष्ट्रिय मत्स्य सम्मेलन तथा दोस्रो राष्ट्रिय मत्स्य महोत्सव आयोजना हुने भएको छ ।
माछा खरिदका १० टिप्स
१- सुरुमा खरिद गर्न लागिएको माछालाई राम्रोसँग अवलोकन गर्नुहोस् । ध्यान दिएर हेरेमा कति ताजा वा पुरानो हो फरक छुट्टाउन सकिन्छ ।
२- माछालाई सुँघ्नुहोस् । यदी माछा पुरानो र विग्रदै गएको भए नराम्रो खालको गन्ध समेत आउनसक्छ ।
३- माछालाई कुहिना नदिने फर्मालिनको प्रयोगको आशंका समेत गरिन्छ । माछालाई सुघँ्दा पिरो खालको गन्ध आएमा फर्मालिनको हालिएको हुनसक्छ । सुघ्न नहिच्किचाउऔं ।
४- माछालाई मारिएको १० देखि १२ घण्टाभित्र कि त उपभोग गर्नुपर्दछ नभए कोल्ड चेन (चिस्यान) ब्यवस्थित गरेर राख्नुपर्दछ । खुला रुपमा राखिएको भए माछा कम गुणस्तरिय हुने भएकाले फ्रिज वा बरफमा राखिएको माछा मात्र खरिद गर्नुपर्दछ ।
५- माछालाई हातले थिचेर हेर्नुहोस् । थिचेको ठाउँमा डाम बस्यो वा गिलो जस्तो लाग्यो भने नकिन्नुहोस् । स्वच्छ माछा थिचेर छाडेपछि पुनः पहिलेकै अवस्था रहन्छ ।
६- माछाको आँखा हेरेर पनि यसको गुणस्तरीयता छुट्टाउन सकिन्छ । ताजा माछाको आँखा रसिला हुन्छन् भने धेरै दिन पुराना माछाको आँखा भित्रतिर धस्सिएका हुन्छन् ।
७- गुणस्तर छुट्टाउने अर्को उपाय माछाको गिल्सबाट हो । ताजा माछाको गिल्स रातो हुन्छ भने माछा पुरानो (गुणस्तर घट्दै गरेको) भए गिल्स सेतो हुन्छ ।
८- नेपालमा बजारमा जिउदो माछासमेत पाइन्छ । जिउदो माछा आफ्नै अगाडी मारिने भएकाले विश्वसनीय मानिन्छ । जिउदै खरिद गर्दा पनि माछामा ढुवानी गर्दा चोटपटक लागेको हुनसक्छ ख्याल गरेर खरिद गरौं ।
९- पछिल्लो समयमा डिप फ्रोजन गरिएका माछासमेत बजारमा पाइन्छन् । यस्ता माछा प्याकेटमा हुन्छन् । प्याकेटमा लेखिएको लेबल राम्रोसँग हेरेर खरिद गर्नु उपयुक्त हुन्छ ।
१०- खरिद गरिसकेको माछा जतिसक्यो छिटो पकाएर खाँदा राम्रो । ढिला हुने भए फ्रिजमा राख्नुपर्दछ । आफ्नो इच्छा अनुसार राम्रोसँग पकाएर माछा खानुहोस् । यसबाट फाइदा लिनुहोस् ।
माछा उपभोगका ६ फाइदा
१. मुटु रोगीलाई फाइदा :
माछाले मुटु रोगसंग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास गर्दछ । जसले गर्दा मुटु रोग भएका विरामीलाई अचानक मृत्यको जोमिख घटाउन मद्दत गर्दछ ।
२. दिमाग ताजा राख्दछ :
नियमित माछा खादा दिमागको सिललाई सधै ताजा राख्ने काम गर्दछ । जसले गर्दा उच्च रक्तचाप कम गर्दछ । २ हजार जना फ्रेच नागरकिमा गरिएको सर्वेक्षणमा हप्तामा एक पटक खाएमा अल्जाईमर्सबाट बच्न सकिन्छ ।
३. क्यान्सर रोगसँग लड्न :
स्वीडेनमा ६ हजार जना भन्दा धेरैमा गरिएको सर्वेक्षणबाट नियमित माछा उपभोग गर्दा क्यान्सर रोग लाग्नसँग बच्न सहयोगी बनेको तथ्य पत्ता लागेकोछ । सर्वेक्षणबाट माछा नखाने व्यक्तिमा क्यान्सनको जोखिम दोब्बर तेब्बर हुने गर्दछ ।
४. डिम्प्रेसन कम गर्न :
नियमित रुपमा माछा खादा डिम्प्रेसन कम हुने गर्दछ । दिमागका सेलहरुलाई सुरक्षीत बनाउन उपयोगी देखिन्छ ।
५. जोर्नी सम्बन्धी रोग कम :
ग्रीनल्याण्डमा धेरै माछा खानेमा गरिएको अध्ययनबाट अधिकाश मान्छेमा जोर्नी सम्बन्धी रोग कम लाग्ने गरेको पाइयो । त्यसैले हाडजोर्नीको सुरक्षाको लागि समेत यो उपयोगी हुने देखिएको छ ।
६. छाला राम्रो हुने :
नियमित रुपमा माछा खाने व्यक्तिको छाला आकर्षक र चिल्लो हुन्छ । छालाबन्धी रोग लाग्नबाट बच्नसमेत माछाको उपभोगलाई उपयुक्त मानिएको छ ।
साभारः न्युजएग्रो

—————————————————————————–
१० बर्षमा माछामा आत्मनिर्भर
-राजेश बर्मापाँच बर्षमा प्रति ब्यक्ति पाँच किलो

‘मासिक १ करोडको कारोबार गर्छु’

———————————————————————————————-
‘अगार्निक माछाको माग बढ्दो छ’
-जमान सिङ वाइवा, अध्यक्ष/ इन्द्रसरोबार मत्स्य व्यवसायी संघ
२०५५ सालमा दर्ता भई ६ सय ७७ जना शेयर सदस्य मिलेर संघ स्थानपना गरी सोही संघको नामबाट उनले माछा उत्पादनसँगै विक्रि वितरण गदै आएको छ । उनले सिजनका बेला पाँच सय देखि सात सय केजी र अफ सिजनका बेला एक सय देखि दुई सय केजी माछा उत्पादन गदै आएका छन । उनले विशेष गरी विगहेड, सिल्भर कार्प, कमन कार्प, ग्रास कार्प, रहु नैनि जातका माछाहरु उत्पादन गदै आएका छन् ।
प्रतिकेजी दुई सय २५ देखि दुई सय ५० सम्म माछा विक्रि हुँदै आएका छन । स्थानीय बजारमै सवै माछा खपत हुने उनको भनाई छ । सुरुमा प्रतिव्यक्ति पाँच हजारका दरले रकम उठाएर व्यवसाय सुरु गरेका उनले अहिले प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरैलाई रोजगार उपलव्ध गराएका छन् । उनले खुला र के्रज कल्चरबाट माछापालन गदै आएका छन् । सात किलोमिटर लम्वाई र आधा किलो मिटर चौडाई भएको तालमा माछापालन गदै आएका छन् । उनले शुद्ध प्राकृति दाना खुवाएर माछा उत्पादन गर्छन । जसको कारणले गदौ ग्राहको रोजाईमा धेरै पर्ने गरेका छन् ।
उनले उत्पादन बढाउका लागि वर्षनी पोखरीमा १२ देखि १५ लाख माछाका भुरा हाल्ने गर्छन । सिजमा मासिकरुपमा १२ लाख रुपैयाँको माछा विक्रि हुँदै आएको छ । बजारमा माग बढ्दै गएपनि उत्पादन बढाउन नसकिएको उनको भनाई छ । माछा व्यवसायमा प्रयाप्त सम्भावना देखेर लागेका उनलाई व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको छ ।
राज्यबाट सहयोग नहुँदा व्यवसाय विस्तार गर्न कठिन परेको उनको भनाई छ । आर्थिक सहयोगकै लागि कृषि व्यापार तथा परियोजना (प्याक्ट)मा निवेदन दिएका छन । बढीभन्दा बढी अग्रानिक माछा उत्पादन तथा विक्रि गर्नु, स्थानीयको जीवनस्तरमा सुधार ल्याउनु, युवावर्गलाई रोजगार दिनु र पर्यटकीय स्थलको विस्तार गर्ने उदेश्यका साथ उनले यस व्यवसाय सुरु गरेको बताउँछन् ।
आगामी दिनमा व्यवसाय विस्तार गदै जाने उनको भनाई छ । प्राकृतिक दाना खुवाएर उत्पादन गरिने भएकाले शुद्ध र अगानिक माछा बेच्ने गरेको उनी बताउँछन ।
—————————————————————————————–
‘लोकप्रिय बन्दै छ ट्राउट माछा’
-दमनबहादुर लामा, अध्यक्ष/ दोभान रेन्ब्रो ट्राउट सहकारी संघ
नुवाकोटको ककनी भन्दा वित्तिकै ट्राउट माछाले प्रचलित ठाउँ हो । मुलुकमै पहिलो पटक नमुनका रुपमा यहाँ व्यवसायिक रुपमा माछापालन हुँदै आएको छ । खादाँ स्वादिलो, औषधीको रुपमा प्रयोग हुने, प्रोटीनयुक्त माछा हुनाले पनि बजारमा यसको माग दिनप्रतिदिन बढ्दै गएको छ । १३ रोपनी जग्गामा २०५९ साल देखि दमनबहादुर लामाले माछापालन गदै आएका छन् ।
चिसो पानी र भिरालो खोलामा यो माछा हुँने गर्छ । नुवाकोटमा ट्राउट माछा पालन गर्ने सम्भावना भएकाले पनि उनले व्यवसाय सुरु गरे । ३० लाख रुपैयाँ लगानीबाट सुरु गरेको उनको यस व्यवसाय दिनप्रतिदिन फष्टाउदै गएको छ ।
उनले मासिक रुपमा पाँच सय देखि सात सय केजी माछा उत्पादन गदै आएका छन् । स्थानीय बासी मिलेर सहकारी संस्थामार्फत माछा उत्पादन गरी विक्रि वितरण गदै आएका छन । उनले प्रतिकेजी माछा १२ सय देखि १४ सय रुपैयँ विक्रि गदै आएका छन ।
ककनी पर्यटकीय क्षेत्र भएकाले उनले रेष्टुरेन्ट समेत खोलेका छन । अधिकांस माछा रेष्टुरेन्टबाटै विक्रि गर्ने गरेको र गंगबु मिटमार्टले जिउदो माछा लिने गरेको उनी बताउँछन् ।
यस व्यवसायबाट उनी राम्रो आम्दानी गर्न सफल भएका छन । प्रत्यक्ष अप्रत्यक्ष रुपमा सयौ ५० जनाले समेत रोजगारी पाएका छन् । ककनीबाट सुरु गरेको यस व्यवसाय विभिन्न २० जिल्लामा समेत विस्तार भइसकेको छ । चिसो पानीमा उत्पादन हुने, पोषणयुक्त र प्रोटिनयुक्त हुँदा बच्चा देखि बृद्ध सम्म ट्राउट माछा लोकप्रिय बन्दै गएको छ । उनले ट्राउट माछाका भुरा आफै निकाल्ने र अन्य जिल्लामा समेत पठाउने गर्छन । व्यवसाय सफल बन्दै गएपनि उनलाई सञ्चालन गर्न समस्या छ । पहाडमा उत्पादन हुने हुँदा पहिरोजाने, दाना सुपथ मुल्यमा नपाउनु ,ढुवानी गर्न कठिनाई जस्ता समस्या उनले भोगिरहेका छन ।
व्यवसाय सञ्चालन गर्न राज्यबाट सहयोग नहुँदा समस्या पदै गएको छ । बजारमा माछाको माग बढ्दै गएपनि सोही अनुपातमा उत्पादन गर्न नसकिएको उनी बताउँछन । माछाव्यवसायबाटै उनले आफनो जीवनयापन गदै आएका छन् । बजारमा यसको माग दिनप्रतिदिन बढ्दै गएकाले पनि आगामी दिनमा व्यवसाय विस्तार गदै जाने सोच रहेको उनको भनाई छ ।
————————————————————————————————
‘विदेशको शिप स्वदेशमा पोख्दै’
-शालिग्राम शर्मा, सञ्चालक/ फिस प्यालेस रेष्टुरेन्ट एण्ड बार गैडाकोट, नवलपरासी
वैदेशिक रोजगारीमा जान मानिसहरु मरिहत्ते गर्छन । विदेशमा गएर पैसा नै फल्छ भन्ने सोचले धेरैजसो नेपाली विदेश पलायन हुन्छ । नवलपरासी गैडाकोटका शालीग्राम शर्मालाई भने नेपाल नै प्यारो लाग्छ । सामान्य परिवारमा जन्मेका उनी हलो जोतेर अध्ययन गरे । आर्थिक अभाव भएका उनी कामकै लागि एक वर्ष भारत बसे । भारतमा गएर उनले माछाका परिकार बनाउन सिके । पछि उनी कामकै शिलशिलामा माल्दिभ्स पुगे र १२ वर्ष त्यही माल्दिभ्स बसे । त्यस अवधिमा उनले माछाका परिकार बनाउने काम गरे ।
उनीसँग नत पैसाको कमी थियो नत सिपको नै । तर उनलाई माल्दिभ्समा बस्न मनलागेन र दुई वर्ष अघि फेरी नेपाल फक्रिय । माल्दिभ्समा सिकेको सिपलाई अहिले उपयोग गरिरहेका छन उनले फिस प्यालेस रेष्टुरेन्ट खोलेर । उनले माछाको सवै परिकार बनाएर वेच्ने गर्छन । जुन सिप उनले विदेशमा सिकेर आएका हुन । डेढ वर्ष अघि फिस प्यालेस खोलेर विभिन्न माछाका परिकार बनाउदै आएका छन । उनले विशेष गरी माछाको मम, सेकुवा,फिस करी, फिस फ्राइ, ग्रेभी, सलाद बनाइ विक्रि गर्छन ।
आफनो देशमै केही गर्नुपर्छ भनेर नेपाल फ्रकेका शर्माले अहिले व्यवसायिकरुपमा माछाका परिकार बनाउदै बेच्दै आएका छन् ।पैसा कमाउन भन्दै पनि असल व्यवसायी बन्न उनलाई रहर छ उनलाई । सात लाख रुपैयाँ लगानी गरेर सुरु गरेको उनको व्यवसाय अहिले २० लाख पुगेको छ ।
नवल परासीबाटै उनले माछा खरिद गर्ने गर्छ । परिकार बनाउन माछा आवश्यक पर्ने हुँदा उनले आफै माछापालन गर्ने तयारीमा समेत रहेका छन । विभिन्न स्थानमा हुने प्रर्दशनीमा उनले माछाका परिकार उपभोक्तालाई चखाउने गर्छ । परिकारप्रति ग्राहको माग बढ्दै गएको उनी बताउँछन ।प्रचार प्रसार नहुँदा ग्राहकलाई यसको बारेमा कम जानकारी हुने गरेको उनको भनाई छ ।
हालै चितवनमा भएको महोत्सवमा ९० हजारको कारोबार भएको उनको भनाई छ । उनको रेष्टुरेन्ट मार्फत मासिक ३० देखि ४० हजार रुपैयाँको कारोबार हुने गर्छ । उनले प्रत्यक्षरुपमा १० जनालाई रोजगार समेत दिएका छन् । स्वादिला माछाका परिकार बनाउदै गएकाले पनि व्यवसाय फष्टाउदै गएको उनी बताउँछन् । उनले काठमाडौमा पनि थप विक्रि केन्द्र खोल्ने तयारीमा छन् ।
बालकदेखि वृद्धसम्म सबैले पचाउन सक्ने समुद्री खाद्य हो माछा, जसको उपभोग गरिएकोमध्ये ९० प्रतिशतहिस्सा सरिरले ग्रहण गर्न सक्छ । सुपाच्य गुण भएको सुपाच्य खानाको रुपमा लिइने माछालाई यसको छुट्टै विशेषताका कारण ‘सुपर फुड’ को रुपमा समेत विश्वमा चिनिन्छ ।
—————————————————————————————
माछा अर्थात् ‘सुपर फुड’
-किरण आचार्ययसरी छान्नुहोस् गुणस्तरिय माछा
काठमाडौं/ वर्षैभरी खान मिल्ने र सहज रुपमा सरिरले पचाउने समुद्री खाना हो माछा । अन्य मासुजन्य उत्पादनभन्दा बहु उपयोगी गुण भएको मानिने माछाको उपयोगिताको बारेमा जनचेतनाको अभाव र माग अनुसारको बजारमा आपूर्तिका कमीका कारण उपभोक्ताले आवश्यकता अनुसार उपभोग गर्न पाएका छैनन् ।
माछाको उपभोग गर्न चाहने उपभोगक्ताहरुसमेत यसको गुणस्तरियता पहिचान गर्न नसक्दा अन्यौलकैबीच माछा उपभोग गरिरहेका छन् । यसो त पछिल्लो समयमा माछाको उत्पादन व्यवसायीहरुको आकर्षण बढेको पाइन्छ । कृषिमा नयाँ क्षेत्रको रुपमा लिइने नेपाली उत्पादकको आकर्षणका कारण गत वर्ष देशभर ६४ हजार ९ सय मेट्रिक टन माछा उत्पादन भएको छ सरकारी तथ्यांक छ ।
बजारको मागलाई आपूर्ति गर्न देशभर भारतबाट थप २० प्रतिशत माछा वार्षिक रुपमा आयात गर्ने गरिएको मत्स्य विकास निर्देशनालयको तथ्यांक छ । तर सबैभन्दा बढी माग हुने काठमाडौंमा भित्रने माछा मध्ये ६५ प्रतिशत माछा भने भारतिय हुन् भने बाँकी ३५ प्रतिशत माछा मात्र नेपालका उत्पादन हुन् ।
नेपालको उत्पादन समयमै बजार पुग्ने भएकाले स्वतः गुणस्तरीय हुने तर्क नेपाल मत्स्य व्यवसायी संघको तर्क छ । “माछालाई मारेको वा पोखरीबाट निकालिएको १२ घण्टाभित्र फ्रिजमा राख्नुपर्छ वा उपभोग गर्नुपर्ने हुन्छ,” संघका अध्यक्ष तुल्सीराज गिरी भन्छन्, “सबैभन्दा टाढाको बजार मानिएको उपत्यकामा उत्पादन हुने क्षेत्रबाट बढीमा ८ घण्टामा नेपाली माछा आइपुग्छन् ।” समयमै बजारमा आउने भएकाले नेपाली माछा गुणस्तरिय हुने र नेपाली माछा स्वादिष्ट पनि हुने उनले बताए । विक्री केन्द्रमा अपनाइने सावधानिका बारेमा भने उपभोक्ता सचेत बनेर माछा खरिद गर्नुपर्ने उनको सुझाव छ ।
हरेक नागरिकले सरिरको स्वस्थ्यताको लागि वार्षिक २८ किलो माछामासु (जनावरजन्य प्रोटिन) उपभोग गर्नुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड छ । नेपालमा भने यसको आधा अर्थात् प्रतिवर्ष प्रति नेपाली जनावरजन्य उत्पादनको उपभोग १४ किलो मात्र छ । यसमा माछाको हिस्सा २ किलो ३ सय ग्राम हिस्सा माछाको छ भने बाँकी हिस्सा कुुखुरा, खसीबोका, राँगा, बंगुर लगाएतको छ । नेपालीलाई आवश्यक थप १४ किलो मासुजन्य उत्पादनको माग पूर्ति गर्न माछा पहिलो र उत्तम विकल्प रहेको विज्ञको तर्क छ ।
माछाका विषयमा भ्रम पालेर बस्नुभन्दा यसको उपयोगिता बारे सजक हुनुपर्ने माछा विज्ञ तथा मत्स्य विकास निर्देशनालयका निर्देशक रमानन्द मिश्रको सुझाव छ । “माछा बहुउपयोगी र सुपाच्य उत्पादनको हो, कहिले काँही धेरै उपभोग गर्दा समेत नपच्ने डर हुदैन,” उनी भन्छन्, “अन्य फरक फरक जनावरमा पाइने पाइने भिटामिन, मिनरल, ओमेगा, क्यालोरी, केमिनो एसिड लगाएतका तत्व एउटै माछामा पाइने भएकाले यसको उपयोगिता बढी भएको हो ।” नेपालमा विक्रेताहरुले ‘कोल्ड चेन’ (चिस्यान) ब्यवस्थित गर्नमा सावधानी अपनाउने र उपभोक्ताले पनि यसको गुणस्तरियता पहिचान गर्न आवश्यक रहेको उनी बताउँछन् ।
माछाको उपयोगिता ग्रहण गर्न भने स्वच्छतामा पनि ध्यान दिनुपर्ने विज्ञको सुझाव छ । “माछाको गुणस्तर हेरेर, सुँघेर र छोएर मात्र पनि धेरै हदसम्म छुट्टाउन सकिने भएकाले उपभोक्ताहरु अन्यौलताकाबीच खरिद गनुभन्दा बुझैरै खरिद गर्नुहोस्,” मिश्र भन्छन्, “विक्रेताहरु पनि उपभोक्तालाई आकर्षित गर्ने नाउँमा खुला रुपमा माछा राख्नु हुदैन, उपभोक्तालाई सचेत बनाउन र आफै पनि सचेत हुनुपर्दछ ।” निर्देशनालयले सचेतनाका लागि विक्रेताहरुसँग छुट्टाछुट्टै अन्तरक्रिया र सचेतनामुलक कार्यक्रम संचालन गर्नुकासाथै उपभोक्ता सचेतनाका लागि समेत अभियान चलायरहेको उनको भनाइ छ ।
उत्पादक, विक्रेता र उपभोक्ता सचेतना अभिवृद्धि गर्न आफूहरु सक्रिय रहेको मत्स्य ब्यवसास संघका अध्यक्ष गिरीले बताए । “हामी पनि गुणस्तरिय माछा उपभोक्तासम्म पुगोस् भन्ने चाहन्छौं, यसका लागि गतवर्षदेखि महोत्सव नै गरिरहेका छौं,” उनी थप्छन्, “महोत्सवमा आउने उपभोक्तालाई यस पटक माछा पकाउने तरिका समेत सिकाउनेछौं ।” माघ १६ देखि १८ गतेसम्म काठमाडौंको बानेश्वरमा माछासँग सम्बन्धित विभिन्न संघसंस्थाको आयोजनामा राष्ट्रिय मत्स्य सम्मेलन तथा दोस्रो राष्ट्रिय मत्स्य महोत्सव आयोजना हुने भएको छ ।
माछा खरिदका १० टिप्स
१- सुरुमा खरिद गर्न लागिएको माछालाई राम्रोसँग अवलोकन गर्नुहोस् । ध्यान दिएर हेरेमा कति ताजा वा पुरानो हो फरक छुट्टाउन सकिन्छ ।
२- माछालाई सुँघ्नुहोस् । यदी माछा पुरानो र विग्रदै गएको भए नराम्रो खालको गन्ध समेत आउनसक्छ ।
३- माछालाई कुहिना नदिने फर्मालिनको प्रयोगको आशंका समेत गरिन्छ । माछालाई सुघँ्दा पिरो खालको गन्ध आएमा फर्मालिनको हालिएको हुनसक्छ । सुघ्न नहिच्किचाउऔं ।
४- माछालाई मारिएको १० देखि १२ घण्टाभित्र कि त उपभोग गर्नुपर्दछ नभए कोल्ड चेन (चिस्यान) ब्यवस्थित गरेर राख्नुपर्दछ । खुला रुपमा राखिएको भए माछा कम गुणस्तरिय हुने भएकाले फ्रिज वा बरफमा राखिएको माछा मात्र खरिद गर्नुपर्दछ ।
५- माछालाई हातले थिचेर हेर्नुहोस् । थिचेको ठाउँमा डाम बस्यो वा गिलो जस्तो लाग्यो भने नकिन्नुहोस् । स्वच्छ माछा थिचेर छाडेपछि पुनः पहिलेकै अवस्था रहन्छ ।
६- माछाको आँखा हेरेर पनि यसको गुणस्तरीयता छुट्टाउन सकिन्छ । ताजा माछाको आँखा रसिला हुन्छन् भने धेरै दिन पुराना माछाको आँखा भित्रतिर धस्सिएका हुन्छन् ।
७- गुणस्तर छुट्टाउने अर्को उपाय माछाको गिल्सबाट हो । ताजा माछाको गिल्स रातो हुन्छ भने माछा पुरानो (गुणस्तर घट्दै गरेको) भए गिल्स सेतो हुन्छ ।
८- नेपालमा बजारमा जिउदो माछासमेत पाइन्छ । जिउदो माछा आफ्नै अगाडी मारिने भएकाले विश्वसनीय मानिन्छ । जिउदै खरिद गर्दा पनि माछामा ढुवानी गर्दा चोटपटक लागेको हुनसक्छ ख्याल गरेर खरिद गरौं ।
९- पछिल्लो समयमा डिप फ्रोजन गरिएका माछासमेत बजारमा पाइन्छन् । यस्ता माछा प्याकेटमा हुन्छन् । प्याकेटमा लेखिएको लेबल राम्रोसँग हेरेर खरिद गर्नु उपयुक्त हुन्छ ।
१०- खरिद गरिसकेको माछा जतिसक्यो छिटो पकाएर खाँदा राम्रो । ढिला हुने भए फ्रिजमा राख्नुपर्दछ । आफ्नो इच्छा अनुसार राम्रोसँग पकाएर माछा खानुहोस् । यसबाट फाइदा लिनुहोस् ।
माछा उपभोगका ६ फाइदा
१. मुटु रोगीलाई फाइदा :
माछाले मुटु रोगसंग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास गर्दछ । जसले गर्दा मुटु रोग भएका विरामीलाई अचानक मृत्यको जोमिख घटाउन मद्दत गर्दछ ।
२. दिमाग ताजा राख्दछ :
नियमित माछा खादा दिमागको सिललाई सधै ताजा राख्ने काम गर्दछ । जसले गर्दा उच्च रक्तचाप कम गर्दछ । २ हजार जना फ्रेच नागरकिमा गरिएको सर्वेक्षणमा हप्तामा एक पटक खाएमा अल्जाईमर्सबाट बच्न सकिन्छ ।
३. क्यान्सर रोगसँग लड्न :
स्वीडेनमा ६ हजार जना भन्दा धेरैमा गरिएको सर्वेक्षणबाट नियमित माछा उपभोग गर्दा क्यान्सर रोग लाग्नसँग बच्न सहयोगी बनेको तथ्य पत्ता लागेकोछ । सर्वेक्षणबाट माछा नखाने व्यक्तिमा क्यान्सनको जोखिम दोब्बर तेब्बर हुने गर्दछ ।
४. डिम्प्रेसन कम गर्न :
नियमित रुपमा माछा खादा डिम्प्रेसन कम हुने गर्दछ । दिमागका सेलहरुलाई सुरक्षीत बनाउन उपयोगी देखिन्छ ।
५. जोर्नी सम्बन्धी रोग कम :
ग्रीनल्याण्डमा धेरै माछा खानेमा गरिएको अध्ययनबाट अधिकाश मान्छेमा जोर्नी सम्बन्धी रोग कम लाग्ने गरेको पाइयो । त्यसैले हाडजोर्नीको सुरक्षाको लागि समेत यो उपयोगी हुने देखिएको छ ।
६. छाला राम्रो हुने :
नियमित रुपमा माछा खाने व्यक्तिको छाला आकर्षक र चिल्लो हुन्छ । छालाबन्धी रोग लाग्नबाट बच्नसमेत माछाको उपभोगलाई उपयुक्त मानिएको छ ।
साभारः न्युजएग्रो
0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !