Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » अब एक मिनेटमै रिचार्ज हुनेछन् मोवाईल र ल्यापटप

अब एक मिनेटमै रिचार्ज हुनेछन् मोवाईल र ल्यापटप

चैत २५ – घण्टौं लगाएर चार्ज गर्नुपर्ने स्मार्ट फोन, मोवाइल, नोटप्याड तथा ल्यापटप जस्ता उपकरण एकै मिनेटमा चार्ज हुन्छन् भन्ने सुन्दा पत्यार नलाग्ला, तर अब त्यो दिन पनि टाढा छैन । वैज्ञानिकहरुले हालै आल्मुनियमको यस्तो ब्याट्री बनाएका छन्, जसले एकै मिनेटमा स्मार्ट फोन, मोबाइल तथा ल्यापटपको ब्याट्री चार्ज गर्नेछ ।
अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले बनाएको आल्मुनियम आयोन ब्याट्री एक मिनेट भित्रै रिचार्ज हुन्छ । बजारमा आएपछि यो ब्याट्रीले अहिले स्मार्ट फोन, मोबाइल तथा ल्यापटप चार्ज गर्न प्रयोग भैरहेको लिथियम मोडलका ब्याट्रीलाई विस्थापित गर्ने अनुसन्धानकर्ताहरुले दावी गरेका छन् ।

अहिले सबैजसो स्मार्ट फोन तथा ल्यापटपमा लिथियम मोडलको ब्याट्री प्रयोग हन्छ । लिथियम ब्याट्री रिचार्ज गर्न घण्टौं लाग्छ । अनुसन्धानकर्ताले दिएको जानकारी अनुसार, नयाँ बनाइएको आलमुनियम ब्याट्री छिटो रिचार्ज हुन्छ । लामो समयसम्म टिक्छ र यो ब्याट्री अहिले प्रयोगमा रहेको लिथियमभन्दा सस्तो पनि हुनेछ ।
स्टानफोर्ड विश्वविद्यालयको रसायन शास्त्रका प्राध्यापक तथा नयाँ ब्याट्रीका अनुसन्धानकर्ता होङजी डाइले यो अनुसन्धानलाई “ब्याट्री प्रविधिमा अहिलेसम्मकै ठूलो उपलब्धि” भनेका छन् । होङजी डाइका अनुसार, रिचार्ज गर्न मिल्ने आलमुनियमको ब्याट्री वातावरण मैत्री छ र यो ब्याट्रीले अहिले प्रयोगमा रहेका अल्कालाइन ब्याट्री तथा अन्य स्टोरेज डिभाइसको प्रतिस्थापन गर्नेछ ।

आलमुनियमबाट बनेको एनोड र ग्राफाइटबाट बनाइएको क्याथोड जडित ब्याट्रीले २ भोल्टसम्म बिजुली निकाल्न सक्ने पनि अनुसन्धानकर्ताले बताएका छन् । अहिले, यो ब्याट्रीबाट दुई भोल्टभन्दा बढी बिजुली कसरी निकाल्ने भन्ने विषयमा अनुसन्धान जारी छ । आलमुनियम ब्याट्री बजारमा पठाउन व्यापक मात्रामा उत्पादन गर्नुभन्दा पहिले अनुसन्धानकर्ताहरु अहिले यसको बिजुली उत्पादन गर्ने क्षमता २ भोल्टबाट बढाएर हाल चलनमा रहेका ब्याट्रीको हाराहारी बनाउन लागेका छन् । अहिले स्मार्ट फोनमा प्रयोग भैरहेका लिथियम आयोन ब्याटी«हरु ३ दशमलव ७ भोल्ट वा ४ दशमलव २ भोल्टका छन् ।

अनुसन्धानकर्ताले २ भोल्टलाई बढाएर ४ दशमलव २ भोल्ट बनाउन धेरै समय नलाग्ने बताएका छन् । अहिले प्रयोगमा रहेका लिथियम आयोन ब्याट्री बेला बेलामा पड्किने गरेका छन् । तर नयाँ बनाइएको आलमुनियम आयोन ब्याट्रीले आगो नसमात्ने र प्रयोग भैरहेका बेला ब्याट्रिमा प्वाल पारे पनि नपड्किने अनुसन्धानकर्ताको दाबी छ ।
साभार: उज्यालो अनलाइन 

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !