Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » स्मार्टफोन ह्याङ्ग हुन नदिन यसो गर्नुहोस् ।

स्मार्टफोन ह्याङ्ग हुन नदिन यसो गर्नुहोस् ।

जमाना स्मार्टफोनको जमाना हो। तर यदि स्मार्टफोन मिनेट–मिनेटमा ह्याङ्ग हुन थाल्यो भने सम्पूर्ण स्मार्टपनाको केही अर्थ रहन्न। यस्तो समस्या विशेषगरी फोनको मेमोरी भरिँदा हुने गर्छ। फोन नयाँ होस या पुरानो, ह्याङ्ग हुने समस्याले सबैलाई हैरान पारेको छ। त्यसैले निम्न उल्लेखित तरिकाहरुको प्रयोग गरेर फोन ह्याङ्ग हुने समस्या कम गर्न सकिन्छ।

सीपीयू (क्यास) डाटा डिलीट गरी ममोरी स्पेश बढाउनेः
प्रयोगकर्ताले फोनको प्रयोग गर्दा क्यास अर्थात् सीपीयू मेमोरीमा नचाहिने डाटा पनि सिर्जित भइरहेको हुन्छ। त्यसकारण फोनको सीपीयू डाटा कम गर्नाले फोनमा धेरै खाली ठाउँ रहन्छ र फोन ह्याङ्ग हुने समस्या कम हुन्छ। सेटिङ्गमा गएर स्टोरेजबाट क्यास डाटा डिलीट गर्न सकिन्छ।

एप्सलाई मेमोरी कार्डमा सार्ने र इन्स्टल गर्नेः
फोनमा धेरै एप्स हुँदा फोन सुस्त हुने हुँदा केही एप्सलाई मेमोरी कार्डमा सार्न सकिन्छ। फोनको इन्टरनल मेमोरी कम छ भने एप्स सिधै मेमोरी कार्डमा इन्स्टल गर्न पनि सकिन्छ।
सेटिङ्गको एप्लीकेसन म्यानेजरमा गएर एप्स सार्न सकिन्छ।

स्टारेजका लागि मेमोरी कार्डको प्रयोग गर्नेः
सुरुदेखि नै फोटो र भिडियोहरु मेमोरी कार्डमा राख्नुपर्छ। तर यदि फोनको इन्टरनल मेमोरी धेरै छ र यसमै फोटो, अडियो र भिडियो फाइल सेभ भएको भए तिनीहरुलाई पनि मेमोरी कार्डमै सार्दा फोनको मेमोरी खाली हुन्छ र ह्याङ्ग कम हुन्छ। खिचिएका फोटाहरु पनि सिधै मेमोरी कार्डमा सेभ हुनेगरी राख्दा राम्रो हुन्छ।

मेमोरी बचाउन क्लाउड स्टोरेजको प्रयोग गर्नेः
क्लाउड स्टोरेजको सुविधा जुनसुकै स्मार्टफोनमा रहेको हुन्छ। जुन फाइल तथा फोल्डरको कम उपयोग हुन्छ तिनीहरुलाई क्लाउडमा राख्न सकिन्छ। क्लाउड स्टारेज एप्समा गुगल ड्राइभ, वान ड्राइभ, जी ड्राइभ, ड्रपबक्स आदि रहेका छन्।

इन्टरनल मेमोरी बढाउन फ्याक्ट्री डाटा रिसेटको प्रयोग गर्नेः
स्मार्टफोनमा फ्याक्ट्री डाटा रिसेटको विकल्प रहेको हुन्छ। फोनको इन्टरनल मेमोरी शुरुको अवस्थामा फर्काउने यो अन्तिम उपाय हो। तर फ्याक्ट्री डाटा रिसेट गर्दा फोनका सबै डाटा हट्ने भएकाले रिसेटमा जानुअघि आफ्ना महत्वपूर्ण डाटाहरुको ब्याकअप राख्न जरुरी हुन्छ। आवश्यकभन्दा अरु डाटा हटेपछि फोनले चाँडो काम गर्न थाल्छ। फ्याक्ट्री डाटा रिसेटका लागि फोनको सेटिङ्गमा ब्याकअप एण्ड रिसेट विकल्प रहेको हुन्छ।

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !