चितवन नेपालमै दुध उत्पादनमा पहिलो स्थानमा, दैनिक २ लाख २५ हजार दुध उत्पादन
संञ्चार कर्मी र पशुसेवा कार्यालयका कर्मचारीहरुले आईतबार चितवनको गाई फार्म तथा बाख्रा पालन ब्यावसायको अवलोकन गरेका छन् ।अवलोकनमा पश्चिम चितवनको गीतानगरको अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्था,यज्ञपुरीको लक्ष्मि बाख्रा पालन, धौलागीरी गाई फार्म र पुर्वी चितवन खैरहनी नगरपालिकाकोे कुमरोजमा अवस्थित चितवनकै ठुुलो गाई फार्म लालीगुरास बहुउदेश्यीय सहकारी संस्थाको अवलोकन गरेका हुन्।
लालीगुरास गाई फार्ममा जर्सी र होलीस्टेन जातका ३ सय २ वटा गाई पालन गरीएको छ । ति मध्ये १ सय ७१ माउ गाई, ७२ वटा कोरली गाई र ४१ वटा साना गाई रहेका छन् । १ सय ७१ माउ गाई मध्ये पनि १ सय २५ मात्र दुहुना गाई भएको फार्मका सुपरभाईजर सि.पि पौडेलले जानकारी दिनु भयो ।दैनीक करिब १२ सय ५० को हाराहारीमा गाईले दुध दिने पनि जानकारी दिनु भयो । साथै सो दुध स्थानिय डेरीमा नै विक्री हुने गरेको बताउनु भयो ।
२०७० सालमा स्थापना भएको सो गाई फार्म मा अहिले ३९ जना कर्मचारी रहेकाछन्। जसमा २ जना भेटेरीनरी १ जना डाक्टर १ जना प्राविधिक रहेका छन् ।४६ विगाहा जमिन मध्ये २० विगाहा संस्थाको र २६ विगाहा भाडामा रहेको छ। ति मध्ये ६ विगाहामा १६ वटा गोठ भवन निमार्ण गरीएको छ । आफनै जमिनमा उत्पादीत घास नेपीएर, टिउसेन्टी, बादरा जातका घास तथा चोकर दानाको रुपमा खुवाउदै आएको संस्थाले जनाएको छ ।
यस्तै पश्चिम चितवनको गीतानगरमा अवस्थित अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्थाद्धारा संञ्चालित उन्नत गाई केन्द्रमा ४५ वटा गाई पालन गरीएको छ। यस्तै लक्ष्मी बाख्रा पालनमा ४० वटा बाख्रा पालन गरीएको छ। भने धौलागीरी गाई फार्ममा ४१ वटा गाई पालन गरीएको छ ।जिल्ला पशु सेवा कार्यालयका प्रमुख रामकुमार कार्कीले चितवनमा २ सय भन्दा बढि गाई फार्म भएको बताउनु भएको छ । यस्तै ७१ वटा ह्याचरी ,५० वटा बाख्रा पालन र करिब १६ वटा भैसी पालन भएको बताउनु भयो ।
यस्तै युवा लक्षित पशु विकास कार्यक्रम अन्तगर्त २३ वटा गाई फार्म, ६ वटा बाख्रा पालन, ५ वटा बंगुर पालनका लागी अनुदान रकम दिन लागेको बताउनु भयो । चितवनमा दैनिक २ लाख २५ हजार दुध उत्पादन हुने भएकोले अहिले चितवन नेपालमै बढी दुध उत्पादनमा पहिलो स्थानमा भएको जानकारी गराईएको थियो ।
जिल्ला कृषि बिकास कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७१-७२ मा सञ्चालीत कार्यक्रमहरुको अनुगमन
अभियानमुखी मत्स्य उत्पादन कार्यक्रम अन्र्तगत कुमरोजमा रहेको रोयल चितवन एकिकृत प्राली द्धारा माछा व्यवसायी गरेका प्रल्हाद पन्त ,काजीमान गुरुङ र एकनाथ रानाभाट, जीवन वि.क ,अनया कर्माचार्य, को मत्स्य उत्पादनको अनुगमन गरीएको हो । जसमा जिल्ला कृषि बिकास कार्यालय ,चितवनले मत्स्य व्यवसायीलाई क्षेत्र को आधारमा अनुदान समेत प्रदान गरेको छ । अनुगमनको क्रममा ती कृषकहरुले माछाको व्यापार गर्न र बजार पाउन गाह्रो रहेको गुनासो गरेका छन् ।
त्यस्तै युवा लक्षीत मौरी पालन कार्यक्रम अन्र्तगत खैरहनी नगरपालिका चैनपुरका मौरी व्यवसायी टेक बहादुर गुरुङ र किरण लामाको मौरी उत्पादनको अनुगमन गरीएको हो । जसमा जिल्ला कृषि बिकास कार्यालय , चितवनले मौरी पालनको लागि १ लाख ८० हजार अनुदान दिएको छ ।
त्यस्तै गड्यौला मल उत्पादन सहयोग कार्यक्रम अन्र्तगत पूर्वी चितवनको पदमपुरमा रहेको भिमवली बहुउद्धेश्य एकिकृत कृषक समुह अन्र्तगत गड्यौला उत्पादन गरेका कृषक प्रताप चौधरी र बासुदेव चौधरीको पनि अनुगमन गरीएको थियो ।
त्यस्तै कृषि कार्यक्रम अन्र्तगत रत्न नगर नगरपालिकाको जिरौनामा रहेको नागबेली कृषक समुह अन्र्तगत कृषकहलाई कृषि विकास कार्यालयले अनुदान प्रदान गरेको छ । सो अनुदान बाट १ सय ओटा प्लाष्टिकका क्रेट , ईस्प्रे टंकी ८ ओेटा ,र गाईवस्तुको मुत्र संकलनका लागी २ सय लिटरका १५ ओटा कालो ड्रम प्रदान गरीएको थियो । त्यस्तै साना सिँचाई कार्यक्रम अन्र्तगत रत्न नगर नगरपालिकाको जिरौनामा रहेको जनजाती तथा दलित कृषक समुहले बडहर खोलामा सञ्चालन गरेको सिँचाईको पनि अनुगमन गरीएको हो ।
कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालयका प्रमुख सोमनाथ घिमिरे र कृषि कार्यलयका अधिकृतहरु त्यस्तै विभिन्न संघ संस्थाका प्रतिनिधीहरुसहित २९ जनाको टोलिले अनुगमन गरेको हो ।
सोमनाथ घिमिरे, जिल्ला कृषि बिकास कार्यालय प्रमुख ।
जिल्ला कृषि बिकास कार्यालय ,चितवनले चालु आर्थिक वर्ष २०७१र२०७२ मा सञ्चालीत कार्यक्रमहरुको आज अनुगमन÷ पूर्वी चितवनको कुमरोज, खैरहनी, पदमपुर,जिरौना मा सञ्चालन भईरहेको विभिन्न व्यवसाय को अनुगमन ।
साभार: कालिका एफएम

0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !