यात्रा गर्दा शरीरका इन्द्रीयहरु आँखा, कान आदिले सन्तुलित ढंगबाट आ–आफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य वान्ता उत्पन्न हुन्छ । मोसन सिकनेस पनि व्यक्तिपिच्छे फरक–फरक हुन्छ । कसैलाई सवारी साधन जस्तैः– बस, ट्याक्सी, हवाईजहाज चढेको केही मिनेटमै सुरु हुन्छ भने कसैलाई घन्टौं पछि । मोसन सिकनेस भएमा यात्रा सार्है कष्टकर हुन्छ ।
अतः आफ्नो यात्रा सुखदायी र रमाईलो बनाउनका लागि हाम्रै घर भान्सामा प्रयोग हुने केही प्रभावकारी घरेलु उपाय र औषधीय गुणयुक्त जडिबुटीको बारेमा जानकारी लिई राखौं ।
१. जेठीमधु : यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ । अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसीरहनु पर्दछ ।
२. ल्वाङ्ग : ल्वाङ्ग मुखमा राखेर चुसीरहँदा पनि वान्ता हुँदैन ।
३. जामुन : जामुनको फल तथा यसका पातहरुमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ । अतः जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको वीच–वीचमा अलि–अलि रस पिउँदा पनि वान्ता हुँदैन । साथै जामुनको फल नै फलफुलका रुपमा प्रयोग गर्न सकिन्छ ।
४. आँप : काँचो आँपले खानामा रुची लगाउँछ, खाना पचाउन सहयोग गर्दछ । त्यही आँपको पातले वान्ता रोक्ने काम गर्दछ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर वीच वीचमा पिउने गर्नुपर्दछ ।
५. सौंफ : सौंफले पनि वान्ता रोक्ने काम गर्दछ । यात्राका क्रममा मुखमा सौंफ राखेर चपाईरहँदा पनि वान्ता हुँदैन ।
६. अदुवा : रुघा खोकी, अरुची आदिमा प्रयोग गरिने तथा दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ । अतः यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसीरहँदा पनि मोसन सिकनेस कम हुन्छ ।
यसैगरी फलफुलका रुपमा प्रयोग हुने दाडिम (अमिलो अनार), बयर, बिमिरो आदि यात्राका क्रममा पटक–पटक खाँदा पनि मोसन सिकनेस कम गर्न सकिन्छ । अथवा माथि भनिएका मध्ये मौसम अनुसार काँचो आँप वा दाडिम जे उपलब्ध हुन्छ त्यही लिई त्यसको जुस बनाउने र उक्त जुसमा पुदिना, अदुवा, ल्वाङ्ग मिसाएर अलिकति नुन र सौंफको पाउडर पनि राखी यात्राका क्रममा पटक–पटक पानीका रुपमा प्रयोग गर्दा पनि मोसन सिकनेसलाई कम गर्न सकिन्छ ।
छोटो यात्रामा भन्दा लामो यात्रामा, सोझो बाटोमा भन्दा घुम्ती बाटोमा बढी उल्टी हुनु स्वभाविकै हो। उल्टी हुनु नहुनुमा मानिसको प्रकृति तथा स्वस्थ र अस्वस्थ अवस्थाले पनि फरक पार्छ। यदि तपाइँहरूलाई पनि लामो यात्रा गर्दा उल्टी हुने गरेको छ भने निम्न लिखित कुरामा ध्यान दिनु भई पालना गर्नुभयो भने यसबाट मुक्ति पाइन्छ।

- सम्भव भएसम्म रात्रिबसमा यात्रा गर्ने।
- अगाडिका सिटहरूमा मात्र सीधा अगाडि फर्केर बस्ने। क्याविनमा भए पनि हुन्छ।
- यात्रा सुरु हुनुभन्दा १ घण्टा जति अगाडि नै हल्का तातो खाना खाने।
- खाना खाँदा तरल पदार्थ बढी खाने। भोको पेट पटक्कै नहिँड्ने यात्रा गर्नुभन्दा १ घण्टा अगाडि औषधि खाने (डाक्टरको राय लिई)
- बस चढेपछि सकेसम्म निदाउने निन्द्रा नलागे पनि आँखा चिम्लने। यात्रा गर्नुभन्दा अगाडि रातमा कम निदाएमा सो दिन अवश्य निन्द्रा पर्छ।
- मुख खाली नराख्ने। प्रायः नुनिलो पदार्थ चापाइराख्ने (जस्तै अदुवा±नुन या हजमोला क्याण्डी) आदि।
- बसको घ्यार घ्यार आवाजबाट पेट नर्थकोस् भनी पेटमा टाइट हुने गरी ५-७ फन्का पटुका कस्ने।
0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !