“२३ जातका १५ हजार कुखुरा”
व्यक्तिको रुचि चाहानलाई कसैले रोक्न छेक्न सक्दैन । कर्मठ व्यक्तिहरु हरेक क्षेत्रमा सम्भावना नै सम्भावना देख्छन् । नेपालकै सन्दर्भमा केहि व्यक्तिहरुले एक बिषयमा अध्ययन गरेपनि अर्को बिषयमा लाग्दै गर्दा धेरै असफल भएको घटनाहरु हाम्रो सामु छन् ।
तर, कास्की लेखनाथका एक युवा भने यसमा सफल भएर प्रमाणित गरी दिएका छन । कास्की लेखनाथका डाक्टर राजेन्द्र अधिकारीले विगत लामो समय स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा काम गरे पनि पछिल्लो ६ बर्ष देखि व्यावसायिक रुपमा कुखुरा पालन गर्दै आएका छन् ।
उनले लेखनाथको डाँडाकोनाक शान्तिटोल ७ मा लेखनाथ पोल्ट्री ब्रिडिङ फार्म तथा तनहुँ दुलेगौडामा कुखुरा पालन गर्दै आएका छन् । हाँस र टर्की सहित कुखुरा जन्य २५ जातका पंक्षी पालन तथा चल्ला उत्पान गर्दै आएका अधिकारीले व्यावसायिक बन्न चाहाने कृषकहरुलाई समेत यसको प्राविधिक ज्ञान सहित शहुलियतमा चल्ला वितरण गर्दै आएका छन् ।
४७ बर्षीय अधिकारी विगत १२ बर्ष देखि कुखुरा पालन कृषकको रुपमा देखा परे पनि व्यावसायिक रुपमा भने ६ बर्षदेखि लाग्दै आएका हुन् । करीब ३ करोड लागतमा हाल संचालन भएको आफ्नो व्यावसायमा १५ हजार हाराहारीमा चल्ला सहित कुखुरा आफुहरुसंग भएको उनले बताए । अधिकारीले कुखुराको विभिन्न जातको क्रस गर्दै कुखुराको अनुसन्धान समेत गर्दै आएका छन । रोग लागेर उपचार गर्नू भन्दा रोग लाग्नै नदिनु उत्तम हुने भनाईलाई सार्थक दिन आफुले पोसिलो कुखुरा उत्पादन गर्न लागेको अधिकारीले बताए ।
भारतको पट्नामा २०४८ सालमा बीएससीसरहरको अध्ययन क्लीनीकल मेडिसिन ( डिप्लोमा कोर्ष) गरेका अधिकारीले २ बर्ष मुस्ताङमा स्वास्थ्य सेवा गरे वापत दुर्गम सेवा पदकबाट समेत सम्मानित भएका छन् । हेल्थ असीस्टेनको रुपमा ५ बर्ष जोमसोम, पश्चिमञ्चल क्षेत्रिय अस्पतालमा लगायतका ठाँउमा विरामीको स्वास्थ्य परिक्षण समेत गरेको उनले बताए । उनकी श्रीमती मनकेसरी अधिकारी (तण्डुकार) ले सघाउदै आएकी छन भने उनका दुई छोरी तथा एक छोराले विहान वुलेका सघाउने गर्दछन । उनकी छोरी रोजीना एमबीबीएस अध्ययनरत छन भने अर्की छोरी राजीना एचए अध्ययनरत छन । छोरा राजन भने ७ कक्षामा अध्ययनरत छन ।
अधिकाशं जातका जिउदो कुखुरा प्रतिकेजी ३ सय ५० देखि ७ सय सम्म पर्दछ भने लुईचे (वन कुखुराको मुल्य प्रति गोटा २ हजार देखि ५ हजारसम्म पर्दछ । विश्व स्वास्थ्य संगठन, वल्र्ड बैंक, जाईका लगायतका विभिन्न गैरसरकारी संस्थाका विभिन्न प्रोजेक्टमा काम गरेका अधिकारीले करीब १० बर्षजसो स्वास्थ्य क्षेत्रमा काम गरे पनि हाल कुखुरा पालनमा रमाउदै छन । उनले मासिक करीब एक लाख आम्दानी गर्ने गरेका छन । नयाँ पुस्तालाई जागर दिन, विदेशीने युवालाई स्वदेशमै केहि गर्न प्रेरणा जगाउन पनि आफु स्वास्थ्य कर्मी, राम्रो पोजेक्टमा कामको अवसर पाएदा पाउदै कुखुरा पालन व्यावसाय रोजेको अधिकारीले बताए ।
जर्मन, वेलायत तथा क्यानडाबाट समेत प्रोजेक्टमा काम गर्न आफुलाई अफर आए पनि आफ्नै घर परिवार तथा छरछिमेकरमा रमेर काम गर्न पाउदा आफुलाई यही कामबाट बढी सन्तुष्टी भएको अधिकारीले दाबी गरे । विपन्न बर्गका व्यक्तिलाई जीविको पार्जनको लागी कुखुरा पालन राम्रो व्यावसाय भएको दाबी गरे । अधिकारीको फार्ममा बनराजा ,बनकुखुरा क्रश ,जंगली लुइचे क्रश ,गिरिराज क्रश , गिरीराज ह्याबी ,हरियाणाको बनराजा र नेपाली बनकुखुरा क्रश ,मयुर कुखुरा ,घाटी खुइले लगायतका कुखुराका जात रहेका छन् । आफुहरुले प्रयाप्त मात्रमा रेखरेख गरेका कारण रोगप्रतिरोधात्मक चल्लाहरु उत्पादन गरीरहेको अधिकारीले दाबी गरे । कृषकहरुलाई कुखुरा सम्बन्धि सल्लाह सुझाब मोवाईलबाटै पनि दिने गरेको उनले बताए । उनले सस्तो मुल्यमा विभिन्न प्रजातिका कुखुराहरु उत्पादन गरी विपन्न बर्गका व्यक्तिहरुलाई थोरै लगानीमा व्यावसायिक बनाउन सकिने बताए । उनले हाल १२ जनालाइ प्रत्यक्ष रोजगार दिएका छन् ।
कुखुराको रेखदेख गर्ने ठुटे भालेको मुल्य डेड लाख
विभिन्न जातका कुखुराको रेखरेख गर्ने कुखुराको भाले नै रहेको छ । ११ बर्षको ठुटे भालले हांस र टर्की सहितका २५ जातका पंक्षिहरुको रेखदेख गर्ने गरेको अधिकारीले बताए । उनले भने, “पहिला यो भाले डन थियो , पछि तालिम दिए पछि सवै कुखुराको रेखदेख गर्न थालेको छ ।” बाहिरि क्षेत्रबाट कुनै कुखुरालाई आकमर्ण गर्न लागे तथा कुखुरा विरामी भएर लडेमा ठुटे भालेले कुखुरा धनिलाई होलाउदै कपडा समाउन आउने गरेको समेत अधिकारीले जनाए । उक्त कुखुरालाई किन्नको लागि केहि समय ५० हजार दिन आए पनि आफुले नदिएको बताएका अधिकारीले पछिल्लो क्रममा डेनमार्कबाट डेड लाख सम्म दिन आउदा आफुले नदिएको बताए ।
कुखुराको खोरमा असुरक्षीत महसुस भयो भने पनि भाले कराउन थाल्ने उनले बताए । आफ्नो फार्ममा आउने धेरै जसोले भालेको मुल्य सोध्ने गरेको बताए । सुरक्षा गार्डको रुपमा रहेको भालेको दैनिक खर्च एक सय ५० रुपैया बराबरको आहारा खाने गरेको अधिकारीको बताए ।
साभार: कारोबार दैनिक
0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !