Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » , » एक्लैले गाई भैंसी पालेर बार्षिक ३ करोड आम्दानी

एक्लैले गाई भैंसी पालेर बार्षिक ३ करोड आम्दानी


चैत्र १४, २०७२- यहाँ पशुपालनमा युवाहरूको आकर्षण बढ्दै गएको छ । यही व्यवसायमा सम्भावनाको ढोका खुलेपछि कृषि उद्यमशीलताको विकास पनि त्यही रूपमा हुँदैछ ।

पशुपालनमा यस्तै सम्भावना देखेर नै एक युवाले पोखरा–१४ चाउथेमा बृहत् रूपमा पशुपालन गरिरहेका छन् । मकवानपुरको आमभञ्ज्याङ–४ घर भई डेढ दशकदेखि पोखरा बस्दै आएका दीपक तिमिल्सना एक्लैले १ सय २४ वटा भैंसी र ६ वटा गाई पालेर पोखरा बजारमा दूधको बिक्री वितरण गर्दै आएका छन् ।

डेढ वर्षदेखि गुजराती मुर्रा र सामान्य जातको भैंसी मिसमास गरी पाल्दै आएको उनले बताए । दुईवटा भैंसीबाट थालेको फर्ममा ६ महिनामा ४५ वटा पुर्‍याए । त्यही रूपमा बढाउँदै वर्षमा सयभन्दा बढी पुर्‍याएका हुन् । हाल फार्ममा ३ करोड रुपैयाँभन्दा बढी लगानी पुर्‍याएका छन् ।

‘बजारमा दूधको माग बढ्दै गएको देखेरै पशुपालनतर्फ आकर्षित भएँ,’ उनले भने, ‘पशुपालनमा लगानीसँगै तत्काल प्रतिफलको आशा नगरी लाग्न सके राम्रो फाइदा हुने देखेँ ।’ बजारमा दूधको मागको अनुपातमा आफूजस्तो एउटामात्रै फार्मले आपूर्ति पर्याप्त दिन नसकेको अनुभव उनको छ । उनको फार्ममा उनीसँगै १५ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । उनले मासिक २५ हजार लिटर दूध पोखरा नगर क्षेत्रमा बेच्छन् ।

भैंसीको संख्या बढाएर ५ सय पुर्‍याउने लक्ष्य उनले लिएका छन् । हाल मासिक २५ हजार लिटर दूध बिक्रीको हिसाबले वार्षिक ३ करोड ६ लाख रुपैयाँको बिक्री वितरण छ । सुरुवातमा लगानी बढाउने प्रक्रियामा रहेकाले उनले नाफा हेरेका छैनन् । मासिक सबै खर्च कटाएर अबको एक वर्षभित्रमा १० लाख बचतको लक्ष्य रहेको बताएका उनले हाल ५ लाख मात्रै मासिक बचत गर्दै आएको बताए ।

‘सबैले मनबाट यही सोचका साथ काम गर्न सके आम्दानी यसैमा छ,’ उनले भने, ‘छिटो प्रतिफल खोज्न छाडेर निरन्तर लागियो भने पशुपालनमा राम्रो सम्भावना देखेको छु ।’ उनले २४ रोपनी खाली जग्गा १० वर्षलाई भाडामा लिएर व्यवसाय थालेका हुन् । भैंसीका लागि घाँस जुटाउन उनले छुट्टै १८ रोपनीमा जई, मकै र नेनिया जातको घाँसखेती पनि गरेका छन् । दैनिक एउटा भैंसीले ६ देखि १२ लिटरसम्म दूध दिंदै आएका छन् ।

१४ वर्षअघि मकवानपुरबाट जागिर खोज्दै आएका तिमिल्सनाले सुरुमा कृषिकै उत्पादन जिम्बु र टिमुरलगायतका सामान बिक्री गर्दै कृषि व्यवसायमा लागेका हुन् । हाल पनि घरेलु उत्पादन दाल, चामलदेखि पिठोलगायतका सबै खाद्यबस्तुहरूसमेत बिक्री गर्ने उनको छुट्टै व्यवसाय पनि छ । खाद्यवस्तुबाट बचेका कच्चापदार्थहरू सबै भैंसीको दानामा प्रयोग गरेर दोहोरो फाइदा लिन सफल भएका छन् ।
साभार: कान्तिपुर 

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !