७० रोपनी क्षेत्रफलमा घाँस खेती
सामान्यतया ६० वर्ष नाघेका धेरैलाई लौरोको सहारा चाहिन्छ । यहाँका ६७ वर्षीय वामदेव खनाल भने तन्नेरी जसरी जोसका साथ घाँसखेतीमा जुटेका छन् । घाँस बेचेर उनले असार महिनामा मात्रै २० लाख रुपैयाँ हात पारेका छन् । उनका अनुसार अझै ५ लाख बराबरको घाँसको बिरुवाको माग छ । बेचेकामध्ये सीओफोर जातको घाँस मात्र १५ लाख रुपैयाँको रहेको उनले बताए ।
‘यसरी घाँस किन्नेको भिड लाग्ला भन्ने आफैंले सोचेको थिइनँ,’ बारीको घाँस स्याहार्दै गरेका जामुने २ गुणादीका खनालले भने, ‘भनेजति घाँस पुर्याउनै नसकेर अड्कलेर दिने गरेको छु । के गर्नु सम्पर्क गर्ने सबैलाई पुर्याउनैपर्यो ।’
असार महिनामा पूर्वको इलाम, धनकुटा, तेह्रथुम, पाँचथरलगायत जिल्लाका कृषकहरूले मात्रै १०/१२ लाख रुपैयाँको घाँसको बिरुवा खरिद गरेपछि आफू थप उत्साहित भएको उनले बताए । आफ्नै ३५ रोपनी र भाइ नारायण र अन्य छिमेकीको त्यति नै भाडाको गरी करिब ७० रोपनी क्षेत्रफलमा आफूले घाँस खेती गर्दै आएको उनले जानकारी दिए ।
गत वर्ष आफूले ५० रोपनी क्षेत्रफलमा लगाएको घाँस बिक्रीबाट करिब ७ लाख रुपैयाँ कमाएको उनले बताए । घाँस खरिद गर्न पूर्वदेखि पश्चिमसम्मका कृषकहरू आउने गरेपछि उत्साहित भएर आफूले थप २० रोपनी क्षेत्रफलमा घाँस विस्तार गरेको उनले बताए । असार महिनामा मात्रै घाँसको बिरुवा निकाल्न दैनिक ९/१० जना श्रमिक लगाउने गरेको र करिब १ लाख रुपैयाँ श्रमिक खर्च भएको उनले बताए ।
‘पहिले पहिले मानिसहरूले धान रोप्न छाडेर घाँस लगाएको देख्दा बिग्रियो भन्थे,’ खनालले भने, ‘अहिले घाँस लिनको लागि कृषकहरूको भिड देख्दा ती मान्छेहरू छक्क पर्ने गर्छन् ।’
२०५४ सालमा पोखरामा सम्पन्न सातदिने घाँस खेतीसम्बन्धी तालिमबाट आफूले प्राप्त गरेको स्टाइलो जातको घाँसको ३ वटा गाँठो रोपेर घाँस खेतीमा होमिएको उनले बताए । तत्कालीन पशु कार्यालयका वरिष्ठ पशु विकास अधिकृत कृष्णप्रसाद रिजाल र प्राविधिक रेवत शाहको हौसलाले गर्दा आफूले केही गरेर देखाउने प्रण गरेको उनले बताए । उनको घाँसको बगैंचामा अहिले स्टाइलो, मलातो, बदामे, नेपियर, सीओथ्री, सीओफोर, ज्वाइन्टभेज, सोम्बा सिटेरिया, पास पलाम, विक्वु, बडहर, इपिलइपिल, नेवारा, जैंलगायत घाँसका बिरुवा छन् ।
घाँसको प्रजाति हेरेर १ रुपैयाँ प्रतिगिँडदेखि २० रुपैयाँ प्रतिबिरुवासम्म बिक्री गर्ने गरेको उनले बताए । असारमा मात्रै १५ लाख रुपैयाँको बिक्री भएको सीओफोर जातको घाँसको बिरुवा पनि कृषक खनालले तीन वर्षअघि उनै कार्यालय प्रमुख रिजालबाट प्राप्त गरेको बताए । आफूले घाँस विस्तारका लागि राज्यबाट सहयोग पाउन पाए नमुना देखाउने उनले इच्छा व्यक्त गरे ।
‘राज्यले केही सहयोग गरे घाँस खेतीमा उत्पात मच्चाउने मन छ,’ खनालले भने, ‘तर घाँसका लागि राज्यले सहयोग गर्दैन भन्ने सुनेपछि त्यसै छु ।’ सुरुका दिनमा छिमेकीहरूले घाँस पनि लगाउने भन्दै खिस्याउने गरे पनि पछिल्ला दिनमा श्रमको इज्जत गर्ने गरेको खनालकी ६३ वर्षीया श्रीमती रञ्जताले बताइन् । उनले आफू र श्रीमान् दुवैको खटाइले मात्र ठूलो क्षेत्रफलमा घाँस खेतीलाई विस्तार गर्न सकेको बताइन् ।
‘अघिल्ला वर्षहरूमा १/२ लाख रुपैयाँको घाँस बिक्री हुन पनि मुस्किल थियो,’ रञ्जनाले भनिन्, ‘गाईपालनतर्फ मानिसहरूको आकर्षण बढ्दै गएकाले पनि अहिले घाँसको माग ह्वात्तै बढेको छ ।’
साभार: कान्तिपुर

0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !