Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

निःशुल्क फिल्म डाउनलोड गर्न यो हो उत्कृष्ट साइट, मात्र एक क्लिकमा

धेरैजसो मानिस आफ्नो फुर्सदको समयमा फिल्म हेर्न रुचाउँछन् । यद्यपी, धेरैजसो अवस्थामा फिल्मको क्वालिटी राम्रो नभएकाले फिल्म हेर्दा मजा आउँदैन । हुन त धेरैजसो वेबसाइट यस्ता पनि हुन्छन् जहाँ एचडी क्वालिटीमा अनलाइन फिल्म हेर्न सकिन्छ तर बफरिङ हुँदा यहाँ पनि मजा नआउनसक्छ । यस्तोमा आज हामी तपाईंलाई यस्तो वेबसाइटबारे जानकारी दिँदै छौं जहाँ एक क्लिकले मात्र पनि एचडी मुभी डाउनलोड गर्न सकिन्छ ।

बलिउड फिल्मको भण्डारः




यो साइटमा फिल्मका थुप्रै क्याटगोरी दिइएको हुन्छ ता कि प्रयोगकर्ताले आफूले मनपराएको फिल्म छान्न सकून् । जस्तै बलिउड फिल्मका लागि इन्डिया मुभी नामको क्याटगोरी छ । योभित्र वर्षैपिच्छे सब–क्याटगोरी छ । अर्थात् तपाईं वर्षको हिसाबले कुनै पनि फिल्म निकै सजिलै खोज्न सक्नुहुन्छ ।


चर्चित फिल्मका विशेष क्याटगोरीः


बलिउडका साथै यहाँ सबैभन्दा चर्चित फिल्मको क्याटगोरी २५० टप मुभी पनि दिइएको छ । यो क्याटगोरीमा प्रयोगकर्ताले भिजिट र डाउनलोडको हिसाबले मूभी स्तवः यो क्याटगोरीमा आउँछ । यो क्याटगोरीमा २५० वटा फिल्म छन् । सबै फिल्म अल्फाबेटको हिसाबले आउँछन् ।


हलिउडको हज्जारौं फिल्मः


जुन प्रयोगकर्ता हलिउड फिल्म हेर्न चाहन्छन् उनका लागि यहाँ फिल्मको निकै ठूलो भण्डार रहेको छ । यी प्रयोगकर्ताका लागि विशेष आर्काइभ नामको क्याटगोरी बनाइएको छ । जसमा सन् १९०० देखि २०१६ सम्मका फिल्म दिइएको छ । अर्थात् यहाँ हज्जारौं फिल्म छन् ।


डुअल अडियोको क्याटगोरीः


अन्य क्याटगोरीमा कलेक्सन, डबल फार्सी र पर्सियन मुभी संलग्न छन् । सबै क्याटगोरी वर्षका अनुसार राखिएका छन् । अर्थात्, यहाँ अनलिमिटेड फिल्म छन् । डबल फार्सीमा सबै फिल्म डुअल अडियोमा दिइएको छ । अर्थात्, प्रयोगकर्ताले एउटै फिल्मलाई हिन्दी वा अंग्रेजी साउन्डसँगै हेर्न सक्छन् ।


सिररियलको क्याटगोरीः


फिल्मका साथै यहाँ अदर, पर्सियन सिरिज, सिरिज, आइकोन्स, आइएमजी र मिलाड नामको क्याटगोरी पनि छ । सिरिज क्याटगोरीमा हलिउड सिरियलको पूर्ण सिरिज दिइएको छ । अर्थात्, प्रयोगकर्ताले आफूलाई मनपरेको सिरिज यहाँबाट पूर्ण डाउनलोड गर्न सक्छन् ।


मोबाइल फ्रेन्डली वेबसाइटः



यो वेबसाइटको नाम sv1.bia2dl.xyz हो जुन कुनै पनि ब्राउजरमा सजिलै खुल्ने गर्दछ । स्मार्टफोनमा यो मोबाइल फर्मेटमा ओपन हुन्छ । अर्थात्, प्रयोगकर्ता यसलाई डेस्कटप र मोबाइल दुबैमा निकै सजिलै चलाउन सक्छन् ।


लिंकको लागि यहाँ क्लिक गर्नुहोस् 

शुन्य शक्ति शित भण्डारण प्रविधि

 ताजा फलफूल तथा तरकारी भण्डारणको घरेलु तरिका

फलफूल तथा तरकारीबालीहरु भिटामीन, प्रोटीन, खनिज पदार्थ तथा शक्तिको महत्वपूर्ण स्रोत हुन् । फलफूल तथा तरकारीबालीहरु टिपिसकेपछि पनि निरन्तर जीवन प्रक्रिया पूरा गरिरहने हुनाले यसबाट हुने वाष्पिकरण तथा श्वास प्रश्वास का कारणले गुणस्तरमा ह्रास गराउँदछ । यस्ता नियमित प्रक्रियाहरु को मात्रा र दर मुख्य रुपमा नजिकको वातावरणको तापक्रम र सापेक्षिक आद्रतामा निर्भर गर्दछ । यस अर्थमा तापक्रम र सापेक्षिक आद्रताको नियमनबाट गुणस्तरको ह्रास हुनबाट बचाउन सकिन्छ ।

उदाहरणका लागि फलफूलको वाष्पीकरण हुनु भनेको यसको तौलमा कमी आउनु हो । यस अर्थमा वाष्पीकरणबाट उडेको पानीको मूल्य र वस्तुको मूल्य उही हो । तसर्थ फलफूल तथा तरकारीबालीहरु टिपिसकेपछि जतिसक्दो छिटो चिस्याउन सकियो भने यसको समग्र गुणस्तरलाई बढी भन्दा बढी कायम राख्न सकिन्छ । नेपालको परिवेशमा किराना तथा खुद्रा पसलमा बेच्नका लागि राखिने फलफूल तथा तरकारीहरुमा खुल्ला हुनेहुँदा र कुनैपनि प्रकारको भण्डारणको प्रयोग नगरिने हुँदा गुणस्तरमा दू्रततर ह्रास आउँछ । यसरी ह्रास आउनु भनेको समग्र पौष्टिक तत्वको नाश हुनु हो भने अर्कोतिर बिक्रेतालाई वजनमा पनि घाटा हुनु हो ।

नेपालमा सामान्यतया फलफूल तथा तरकारी बिक्रेताहरुले ताजा फलफूल तथा तरकारी किनिसकेपछि दिनभरी बेच्ने तथा साँझ परेपछि छोपछाप गर्ने वा भण्डारण गर्ने गर्छन । यसको सट्टा उपलब्ध तरकारी तथा फलफुलको बारेमा जानकारी दिई फलफूल तथा तरकारीलाई भने तल भनिए अनुसारको भण्डारणमा राखेर बेच्न सके केहि हदसम्म भने पनि गुणस्तरमा आउने क्षतिलाई कम गर्न सकिन्छ । यस लेखमा आज हामी नेपालको सन्दर्भमा साना किसान वा किराना पसल वा फलफूल तथा तरकारी बिक्रेताहरुलाई सुहाउँदो तथा बिजुली तथा अन्य बाह्य शक्तिको प्रयोग विना नै फलफुल तथा तरकारीबालीलाई चिस्याई यसको गुणस्तरमा हुन सक्ने क्षति न्यूनिकरणका लागि बनाउन सकिने शुन्य शक्ति शित भण्डार बारेमा चर्चा गर्नेछौं ।

शुन्य शक्ति शित भण्डार बनाउने तरिका
यो प्रविधि पानीको वाष्पीकरणको सामान्य सिद्दान्तमा आधारित छ जसअनुसार जुन वस्तु वा सतहबाट वाष्पीकरण भएर पानी बाहिर निस्कन्छ । त्यसले उक्त वस्तुलाई चिसो बनाउँछ । यसका लागि इंट्टा, बालुवा, तथा छानो बनाउनका लागि केही खर तथा काठको खम्बाहरु आवश्यक छ । यसको आकार आफ्नो आवश्यकतामा निर्भर रहन्छ । सामान्यतया १ मिटरको चौडाई तथा पौने १ मिटरको उचाई रहने गरी आवश्यकतानुसारको लम्बाईमा यसको निर्माण गर्न सकिन्छ । पानीको श्रोत नजिकै भएको, रुखको मुनी अलिक अग्लो स्थान वा हावा खेल्ने ठाउँ यो भण्डार निर्माणका लागि उपयुक्त मानिन्छ । यसको निर्माणका लागि निम्न चरण हरु अपनाउनुपर्छ ।

क. इट्टालाई करिब आधा दिन चिसो पानीले भिजाएर राख्ने ।
ख. आफ्नो आवश्यकताअनुसारको वा सामान्यतया १ मिटर चौडाई इंट्टा बिच्छ्याउने र मसिनो शुद्ध बालुवाले सबै खाली प्वालहरु भर्ने ।
ग . करिब पौने १ मिटर अग्लाई रहने गरी तथा चित्रमा देखाए झैं बीचमा ७ देखि १० सेन्टिमिटर खुल्ला रहने गरी इंट्टाको गारो लगाउने ।
घ. दुईवटा गारोको बीचमा रहेको खाली स्थानमा अब सफा तथा शुद्ध बालुवाले भर्ने ।
ङ. बालुवामाथि अब बिस्तारै चिसो पानीले भिजाउने र सम्पूर्ण बालुवा नभिजेसम्म पानी राख्ने ।
च. माथिको खूल्ला भागलाई राम्ररी ढाक्ने गरी पराल वा खरबाट बनाइएको फरिको तयार पार्ने ।
छ. प्लाष्टिकको क्रेटमा फलफुल तथा तरकारी राखी यसरी तयार गरिएको भण्डारमा राख्ने ।
ज. उक्त भण्डारलाई घाम तथा पानीबाट बचाउनका लागि सानो टहरो बनाउने ।
झ. बालुवाबाट निरन्तर पानीको वाष्पिकरण हुन दिने र हरेक दिन साँझ र बिहान चिसो पानीले बालुवा भिजाउने ।
ञ. यसरी बनाइएको भण्डारमा फलफुल तथा तरकारीबाट निस्कने इथाइलिन नामको ग्याँसलाई पूर्ण रुपमा बाहिर निकाल्नका लागि सफा हावा खेल्न सक्ने वातावरण दिने र गुम्म हुनबाट बचाउने ।


साधारणतः अग्लो स्थानमा यो भण्डार बनाएमा प्राकृतिक रुपमा नै हावा खेल्न पाउँछ । यसरी भित्री भाग जहाँ फलफूल तथा तरकारी राखिएको हुन्छ, त्यहाँको तापक्रम मौसम र स्थान अनुसार करिब ५ डिग्रीसम्म कम हुन जान्छ भने सापेक्षिक आद्रता करिब ८० प्रतिशतभन्दा माथि हुन जान्छ जसले गर्दा यसरी राखिएको तरकारी सागसब्जी र फलफूल एक हप्ताको समयसम्म नओइलाइकन ताजा राख्न सकिन्छ । तर निमार्णको स्थान, बालुवाको गुणस्तर, पानीको उपलब्धता र प्रयोग आदिमा यसको प्रभावकारीता फरक पर्दछ ।

सामान्यतया यस्ता फ्रिजमा सागसब्जी, काउली बन्दा, धनियाँ, हरियो लसुनप्याज, गाँजर मुला, सिमीबोडी, तथा सबै प्रकारका फलफुल राख्न सकिन्छ । यसको बनावटमा सरलता, न्युन प्राविधिक ज्ञानको आवश्यकता र कम खर्चमा बनाउन सकिने भएकाले १ दिनको समयमा निर्माण गर्न सकिन्छ ।
साना किसानले उत्पादन गरेको फलफूल तरकारीहरुको मुल्य कमी भएमा यस भण्डारमा केही दिन राखी उपयुक्त समयमा बेच्न सकिन्छ भने तरकारी तथा फलफुल व्यापारीहरुको हकमा भने हरेक दिन बेच्नका लागि नै यही प्रयोग गर्न सकिन्छ भने बाँकी रहेको तरकारी तथा फलफूल अर्को दिन बेच्न सकिन्छ ।
भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् 
साभारः साझा पोस्ट 

विन्डोज १० का विशेषता र इन्स्टल गर्ने बिधि ! भिडियो सहित

कम्युटरको दुनियाँमा एकछत्र राज गर्दै आएको माइक्रोसफ्टले बुधबार अर्थात २९ जुलाईमा विश्वको १९० देशमा १११ भाषामा एकसाथ विन्डोज १० जारी हुँदैछ । यसकोलागि सिड्नी, टोक्यो, सिंगापुर बेइजिंग, दुबई, नैरोबी, बर्लिन, जोहानिसबर्ग, मेड्रिड, लंदन, साओ पाउलो,न्यूयोर्क र दिल्लीमा कार्यक्रमको आयोजना हुँदैछ ।

बहुप्रतिक्षित विन्डोज १० अपरेटिङ सिस्टम नयाँ भर्सन सार्वजनिक गर्दा यसअघि बैधानिक रुपमा किनिएको सफ्टवयेरलाई मात्र अपग्रेड गर्ने सुबिधा दिने गरेको थियो । तर, विन्डोज १० भने सवैखाले ग्राहकले प्रयोग गर्न पाउनेछन् । माइक्रोसफ्टले विन्डोज ७ वा ८ अपरेटिङ सिस्टम चलाइरहेका सवै प्रयोगकर्तालाई निःशुल्क अपग्रेड सुबिधा दिने भएको छ । चाहे त्यस्ता प्रयोगकर्ताले चोरीकै सफ्टवेयर चलाएका किन नहुन् ।

माइक्रोसफ्टको यो निर्णयबाट नेपाल लगायत बिकाशोन्मुख मुलुकका धेरै प्रयोगकर्ता लाभाविन्त हुनेछन् । नेपालमा झण्डै ९९ प्रतिशत कम्प्युटर प्रयोगकर्ताले विन्डोजको चोरी संस्करण चलाउँदै आएका छन् ।
बिकाशोन्मुख मुलुकमा ठूलो संख्यामा विन्डोजका पाइरेटेड संस्करण चलाउँदै आएका प्रयोगकर्तालाई सक्कली विन्डोजप्रति आर्कषिर्त गर्न माइक्रोसफ्टले यस्तो नीति लिएको हो ।
यसअघि माइक्रोसफ्टले सिस्टम अपग्रेड गर्न पाइरेटेड भर्सनका प्रयोगकर्तालाई निषेध गर्दै आएको थियो ।
‘लाइसेन्ससहितको सफ्टवेयर प्रयोग गर्न थालेपछि प्रयोगकर्ताले त्यसको महत्व बुझ्नेछन र हामी उनीहरुलाई लाईसेन्सवाला कपीमा अपग्रेड गर्न प्रोत्साहित गर्ने छौं’ माइक्रोसफ्टका प्रवक्ताले भने ।

विन्डोज १० मा के छ त ?

माइक्रोसफ्टको यो एस्तो अपरेटिंग सिस्टम हो जुन एकसाथ कम्प्युटर, ट्याब्लेट,स्मार्टफोन, एक्सबक्स वान, होलोलेंस र सरफेस हब आदि को लागि आको छ । विन्डोज १० अलग-अलग कामका लागि  ७ भर्जनमा उपलब्ध हुनेछ ति हुन् :

१. विन्डोज १० होम: यो साधारण उपभोक्ताको लागि डेस्कटप एडिशन हो जसमा माइक्रोसफ्टको नयाँ प्राबिधिको डिजिटल कोर्टाना ब्राउजर र अन्य थुप्रै एप्स हुन्छ ।

२. विन्डोज १० प्रो: यो सानो व्यवसायीहरुका लागि हो जो कम्प्युटर, ट्याब्लेट, र  2in1 ग्याजेटमा यसको प्रयोग गर्न चाहन्छन ।

३. विन्डोज १०  इन्टरप्राइजेज: यो मझौला तथा ठुला आकारको कम्पनी वा संगठनहरुका लागि हो जसमा संबेदनशील विजनेसको लागि धेरै नै सुरक्षित विशेषता रहेको छ ।

४. विन्डोज १० एजुकेशन: यो स्कूल स्टाफ, एडमिनिस्ट्रेटर्स, टीचर्स र स्टुडेन्टसको लागि ल्याएको हो ।

५. विन्डोज १० मोवाइल: यो मोबाइल एडिशन हो जुन सानो स्क्रिनको लागि उपयुक्त हुन्छ | यसमा युनिभर्सल एप्स हुनुका साथै एमएस अफिसको नयाँ टच एडिशन पनि उपलब्ध हुनेछ ।

६. विन्डोज १० मोवाइल  इन्टरप्राइजेज: यो खासगरी मोबाइलमा व्यवसाय गर्नेहरुका लागि भनेर बनाएको छ | अति सुरक्षित सेक्युरिटी विशेषता तथा डिभाइस म्यानेजमेन्ट युक्त छ।

७. विन्डोज १० आइओटी कोर: यो बैंक एटीएम मशिन, रिटेल पोइन्ट वाला ग्याजेटस् , हेन्डहेल्ड टर्मिनलस्, इंडस्ट्रियल रोबोटिक्स तथा सामान्य मुल्य वाला डिभाइसका लागी उपलब्ध छ ।

सिस्टम चेक गर्नुहोस् :

अपग्रेड गर्नु भन्दा पहिला हेर्नुहोस कि तपाइको कम्प्युटरको प्रोसेसर 1 GHz वा त्योभन्दा बढी गतिको हुनुपर्छ,
RAM 32-bit वाला कम्प्युटरमा १ GB र  64-bit वाला कम्प्युटरका लागि 2 GB हुनुपर्छ
हार्डडिस्कमा कम्तीमा पनि २० GB खाली हुनुपर्दछ
८००×६०० पीक्सेल रिजोलुसनको डिस्प्ले
WDDM ड्राइभरको साथै माइक्रोसफ्ट  DirectX 9 ग्राफिक डिभाइस हुनुपर्छ
माइक्रोसफ्टको एक एकाउन्ट हुनुपर्छ र यसलाई अपग्रेड हुनलाई करिब १- १:३० घण्टाको समय लग्न सक्छ

कसरि गर्ने त इन्स्टल ?

 गत सेप्टेम्बरमा विन्डोज इनसाइडरमार्फत परीक्षणको रुपमा विन्डोज १० उपलब्ध गराएको माइक्रोसफ्टले त्यसमार्फत रजिष्टर गरेका ५० लाख प्रयोगकर्ताहरुलाई विन्डोज १० निस्शुल्क अपग्रेड गर्ने सुविधा दिएको छ । त्यस्तै यो सुविधा सबैलाई एकैपटक नदिइने भएकाले धेरै प्रयोगकर्ताहरु अझै यसको प्रयोगका लागि प्रतिक्षा गर्नुपर्ने भएको छ।

उक्त विन्डोज इन्साइडरमा नाम दर्ता नगरेकाले पनि यो सफ्टवेयर डाउनलोड गर्न पाउने सुविधा रहेको छ।  जेन्युन ओपरेटिङ सिस्टमहरु विन्डोज ७ वा ८ प्रयोग गरिरहेका प्रयोगकर्तालाई लक्षित गरेर माइक्रोसफ्टले विन्डोज १० आइएसओ फाइल सार्वजनिक गरेको छ। यसको प्रयोग गरी विन्डोज अपडेटबिना नै विन्डोज १० इन्स्टल र एक्टिभेट गर्न सकिन्छ।

यो टुलबाट सिधै माइक्रोसफ्ट विन्डोज १० इन्स्टल  गर्नअुघि केही प्रक्रिया पुरा गर्नुपर्नेछ। । आफ्नो सिस्टम ड्राइभमा पर्याप्त डिस्क स्पेस र सेटअप फाइल डाउनलोड गर्न इन्टरनेट स्पिड पनि हुनुपर्छ । त्यस्तै पिसी जेन्यसन जेन्युन विन्डोज ७ वा ८ बाट सञ्चालित भएको हुनुपर्छ ।

इन्स्टल गर्ने स्टेपस् :

१- विन्डोज १० इन्स्टलको लागि माइक्रोसफ्टको यो साइट लगइन गरी मिडिया क्रिएसन टुल डाउनलोड गर्नुपर्छ। यसका लागि ३२ बिट वा ६४ बिट भर्सनको डाउनलोड टुल छनौट गर्नुपर्ने हुन्छ ।

२- विन्डोज १० मिडिया क्रिएसन टुल इन्स्टल गरेपछि इन्स्टल  भएको फाइलमा क्लिक गर्ने। केही सेकेन्डपछि नयाँ विन्डो आउनेछ, जहाँ  what do you want to do? भनेर सोध्छ र दुईवटा अप्सन दिन्छ । अपसन upgrade this PC now मा क्लिक गर्ने र Next गर्ने। इन्स्टलेसनका क्रममा प्रयोगकर्ताको पिसी रिस्टार्ट हुन्छ।

३- अर्को पिसीका लागि फ्रेस इन्स्टल गर्नुपर्ने हो भने चाँही दोश्रो अप्सन Create installation media for another PC गर्ने।

४- पहिलो अप्सन छानेपछि पिसीमा नयाँ विन्डो देखा पर्छ । जसले विन्डोज १० डाउनलोडको प्रक्रिया भएको संकेत दिन्छ । केही मिनेटपछि डाउनलोड सुरु हुन्छ र प्रोगेस इन्डिकेटर विस्तार बढेको देखिनेछ ।

५- डाउनलोड प्रोसेस सकिएपछि पिसीमा नयाँ विन्डोज देखापर्छ जहाँ Creating Windows 10 media भनेर म्यासेज आउँछ। प्रोग्रेसको काम भइरहँदा ब्याकग्राउन्डमा अन्य काम पनि गर्न सकिनेछ। यो क्रममा पिसी चारर्जमा जोड्ने ।

६- विन्डोज १० मिडिया टुल क्रिएट भएपछि पिसीमा एउटा नयाँ सानो विन्डो देखापर्छ जुन सेटअप पिसी विन्डोज १० को इँन्स्टलेसन प्रक्रियामा जान हो र यसका लागि केही समयसम्म कुर्नुपर्छ । यसपछि getting updates स्टेप आउनेछ जहाँ पिसीले सेटअपका लागि चाहिने अपडेटहरु डाउनलोड गर्छ ।

७- अब विन्डोज १० इन्स्टलेसनका लागि पिसीमा पर्याप्त स्पेस छ कि छैन भनेर नयाँ विन्डो देखापर्छ । स्पेस पर्याप्त छैन भने सेटअप नै एबोर्ट हुन्छ भने पर्याप्त छ भने विन्डोज १० सेटअप थप प्रोसेसमा बढ्छ ।

८- पिसी रिबुट पछि विन्डोज १० अपग्रेडका लागि इन्ष्टलमा क्लिक गर्ने। अब फेरि पिसी रिस्टार्ट हुन्छ । पुनः रिबुटपछि विन्डोज १० सेटअप पुनः सुचारु हुन्छ र इन्स्टलेसन प्रक्रिया अगाडि बढ्छ ।

९- इन्स्टलेसन प्रक्रिया सकिएपछि पिसी पुनः रिस्टार्ट हुन्छ र Upgrading Windows  भन्ने म्यासेज आउँछ। यसमा तीन स्टेप हुन्छन्ः  Copying files, Installing features and drivers, and Configuring Settings. विन्डोज १० अपग्रेड गर्ने यो अन्तिम स्टेप हो । यो क्रममा पिसी बारम्बार रिस्टार्ट हुन्छ ।

१०- सबै स्टेप पुरा गरेपछि अब  पिसी विन्डोज १० मा अपग्रेडेड हुन्छ। नयाँ अपरेटिङ सिस्टमका लागि लगइन गर्ने र नयाँ विन्डोका लागि कन्फिग्युरिङ सेटिङमा जानुपर्ने हुन्छ ।

यहाँ नयाँ विन्डो देखिन्छ जसमा विन्डोज १० का नयाँ एप्स पनि हुन्छन्, फोटो, माइक्रोसफ्ट एज, म्युजिक, मुभी र टिभी । अब Next क्लिक गरेपछि विन्डोज पिसी प्रयोग गर्न तयार हुन्छ।  सबै सेटिङ, फाइल, र एप्स आफै इन्स्टल भइसकेका हुन्छन् र महत्वपूर्ण एप्सहरु टास्कबारमा पनि हुन्छन् ।

यो विन्डोज १० एक वर्ष सम्मका लागि फ्री हो त्यसपछि कति चार्ज लाग्छ भन्नेबारे अहिले केहि उल्लेख गरिएको छैन ।

के छन् त विन्डोज १० का खास विशेषताहरु :

कोर्टाना
विन्डोज १० को निकै प्रचलित विशेषता मध्ये एक हो कोर्टाना। यो एक पर्सनल भ्वाइस असिस्टेन्ट सुविधा हो। यो सुविधा विन्डोज फोन प्रयोगकर्ताहरुले पहिले नै पाइसकेका छन्। यस सुविधामा भ्वाइस कमान्डका मदतले प्रयोगकर्ताहरु आफ्नो कम्प्युटरलाई चलाउन सक्नेछन्। कोर्टाना गुगलको गुगल नाओ र एप्पलको सिरीको प्रतिस्पर्धी रहेको छ।

बायोमेट्रिक्स फीचर
विन्डोज १० ले सबै डिभाइसहरुमा बायोमेट्रिक फीचर सापोर्ट गर्नेछ। फेसियल रेकोग्निशन, आइरीस स्क्यानर, फिङ्गरपिन्ट स्क्यानर आदीले लग इन सम्भव छ। यसमा प्रयोगकर्ताको शरीरका अङ्गहरु ९आँखा, अनुहार र औँला० को स्क्यान हुनेछ र यसैको सहायताले प्रयोगकर्ताहरु लग इन गर्न सक्नेछन्।

स्मार्ट स्क्रिन
यस विशेषताको नाम कन्टिनम हो।  यस सुविधाका सहयोगले प्रयोगकर्ताहरु जुन कम्प्युटरमा विन्डोज १० प्रयोग गरिरहेका छन् त्यसमा स्वतः विन्डोज १० ले आफ्नो लेआउट परिवर्तन गर्नेछ। यसको अर्थ यदि प्रयोगकर्तासँग टच स्क्रिन डिभाइस छ भने सानो मेनु आफैं ठुलो भएर आउँछ। यदि डेस्कटप कम्प्युटर हो भने मेनु सानो भएर आउने छ।

वेबपेज एडिट
विन्डोज १० को नयाँ ब्राउजर एजको मदतले वेब पेजलाई एडिट गर्न सकिन्छ। नयाँ इङ्किङ टुल्समा रहेका डिजिटल पेन, हाइलाइटनर्स आदीका मदतले वेब पेजमा नोट लेख्न सकिन्छ।

बेटर सर्च
विन्डोज १० मा स्टार्ट स्क्रिनमा रहेको सर्च अझै राम्रो भएको छ। यस सुविधामा प्रयोगकर्ताहरुले सर्च गरेको फाईल वा शब्दलाई विन्डोज १० ले पहिले सिस्टममा खोज्ने छ। यदि सिस्टममा फाईल भेटिएन भने क्लाउड स्टोरेजमा खोज गरिने छ र यदि त्यहाँ पनि भेटिएन भने इन्टरनेटमा खोजिने छ। वेब सर्चका परिणामहरु एक नयाँ पपअप मेनुमा देखिने छन्। ब्राउजर खोलेर सर्च गर्नु पर्ने समस्याबाट अब मुक्ति पाउन सकिन्छ।

त्यस्तै :
- विन्डोज १०, विन्डोज फोन र विन्डोज ट्याब्लेटलाइ एकसाथ सजिलैसँग सिंक्रनाइज गर्न सकिन्छ । मोबाइलको विन्डोज स्टोरबाट डाउनलोड गरेको सबै एप्स डेस्कटपमा पनि चलाउन सकिन्छ ।

- विन्डोज १० मोबाइल मा एडभान्सकान्ति कन्टिनम विशेषताको प्रयोग गरिएको छ , जसलाइ पर्सनल कम्प्युटर जस्तै प्रयोग गर्न सकिन्छ साथै ठुलो स्क्रिनमा प्रोजेक्टर जस्तै प्रयोग गर्न पनि सकिन्छ ।  त्यस्तै यसै विशेषताको प्रयोगले विन्डोज मोबाईललाइ टि.भी. संग कनेक्ट गर्न सकिन्छ साथै किबोर्ड र माउस पनि जोडेर चलाउन सकिन्छ ।

- विन्डोज १० मा स्टार्ट स्क्रिनमा रहेको सर्च अझै राम्रो भएको छ। यस सुविधामा प्रयोगकर्ताहरुले सर्च गरेको फाईल वा शब्दलाई विन्डोज १० ले पहिले सिस्टममा खोज्ने छ।

- विन्डोज १० मा नया ब्राउजर राखिएको छ, जसको नाम ‘एज’ छ। ‘एज’ ब्राउजर विन्डोज एक्सप्लोरर भन्दा धेरै फास्ट हुने छ ।नयाँ ब्राउजर एजको मदतले वेब पेजलाई एडिट गर्न पनि सकिनेछ।

विन्डोज १० मा बदलिन्छ यी सर्टकट कि :

- विन्डोज स्क्रिन लेफ्ट स्न्याप गर्नका लागि : Windows key+Left
- विन्डोज स्क्रिन राइट स्न्याप गर्नका लागि : Windows key+Right
- विन्डोज म्याक्सिमाइज् गर्नका लागि : Windows key+Up
- विन्डोज मिनिमाइज गर्नका लागि : Windows key+Down
-पछिल्लो भर्चुअल डेस्कटपमा जानका लागि: Windows key+Ctrl+Left

How to download and update Windows 10 without Windows Update



How to force Windows (7, 8, 8.1) to download the Windows 10 update files



Here's how you install Windows 10 on a Mac


जिमेलका केहि सुविधाहरु

जिमेलमा पठाइसकेको मेल क्यान्सिल गर्ने सुविधा


जिमेलका प्रयोगकर्ताहरुलाई खुसीको खवर छ । जिमेलले आफ्ना प्रयोगकर्ताले भुलबस पठाएका इमेल हटाउन र डिलिट गर्न मिल्ने सुविधा दिएको छ ।

कुनै पनि प्रयोगकर्ताले आफूले भूलबस पठाएको इमले ३० सेकण्ड भित्र क्यान्सिल गर्न सक्छन् जसले गर्दा मेल जानबाट रोकिन्छ ।

गुगलले आफ्नो सेफगार्ड सेटिङमा यो सुविधा थपेको हो । पठाइसकेको मेल लाई “undo send” फिचर प्रयोग गरेर क्यान्सिल गर्न सकिन्छ । तर यो सुविधा लिनका लागि गुगलका प्रयोगकर्ताले केही थप कुरा गर्नु पर्नेछ ।

यद्यपी गुगलले यस अघी पनि भित्रका गतिविधीमा undo सुविधा दिँदै आएको थियो । अब भने जिमेल सेटिङमा गएर “undo send” गर्दा भुलबस पठाइसकेको मेल पनि क्यान्सिल गर्न सकिन्छ ।

तर यो फिचर प्रयोग गर्नका लागि गुगलले पछिल्लो पटक लञ्च गरेको “Inbox” एप्लिकेसन प्रयोग गर्नु पर्नेछ ।

११ वर्ष अघी शुरु भएको जिमेल अहिले सबैभन्दा लोकप्रिय मेल सेवा प्रदायक बनिसकेको छ । यसका अहिले ९० करोड प्रयोगक कर्ता छन् ।


जिमेलमा स्नुज सुविधा राख्न सकिने


इन्टरनेटमा प्रयोगकर्ताले चलाउने हरेक कुराको जानकारी गुगलसँग हुन्छ। त्यसैले गुगलले जीमेल एकाउण्टका प्रयोगकर्ताहरुको जरुरी ईमेलहरुको ट्रयाक गर्ने तरिका ल्याएको छ।

यदि कसैले कहीँ जाने भनेर १५ दिन अगाडि टिकट बुकिङ गरेको छ र पछि यो इमेल खोज्न परेमा गुगलले सहयोग गर्नेछ।

इनबक्समा रहेको कुनै इमेललाई स्वाइप गरेर त्यसलाई स्नुजमा राख्न सकिनेछ। आफ्ना महत्वपूर्ण कामहरुको लागि १ घण्टा अगाडि याद गराउन जिमेलले सहयोग गर्नेछ।

यसमा ६ किसिमका ईमेलको क्याटेगोरीहरु– रेस्टुरेन्ट, क्यालेण्डरका लाागि इन्भाइट, फ्लाइट, होटल, कार रेन्टल र प्याकेज ट्रेकिङ रहेका छन्।

यी ६ वटा विषयसँग सम्बन्धित इमेलहरु इनबक्सको  सबैभन्दा माथि आउँछन्। यसका लागि प्रयोगकर्ताले स्क्रिनमा पपअप पनि आउँछ जसकारण् प्रयोगकर्ताले आफ्नो फोन हेर्दा यसको जानकारी पाउँछन्।

यसले प्राइभेसीमा भने जोखिम ल्याउन सक्नेछ।

इन्टरनेटको कनेक्सन बिना पनि जिमेल सुबिधा


गुगलले केही दिन अघि मात्र एक गुगल एपको सार्वजनिक गरेको छ । इनबक्स नाम राखिएको यो एपको प्रयोग गर्दा बिना इन्टरनेट कनेक्सन पनि लपाईंले मेल खोल्न सक्नुहुनेछ र म्यासेज रिप्लाई गर्न पनि सक्नुहुनेछ । यसका लागि गुगल नाउ (google now) को मद्दतले सिंक्रोनाइज गरेको छ ।

 यो अन्य तमाम एप भन्दा भिन्न र रोजक प्रकृतिको छ । जिमेलको काम यो युजर्स प्रयोग गरेपछि हुन्छ । सायद तपाईंलाई यो थाहा छैन की जिमेलको अफलाईन म्यासेज पनि प्रयोग गर्न सकिन्छ । यो एक क्रोम एक्सटेशन हो, जुन प्रयोगकर्ता आफ्नो इनबक्सको मेल चेक गर्न, रिप्लाई गर्नसक्ने सुविधा दिन्छ । अफलाई जिमेल खोल्नकालागि के गर्नसकिन्छ ?

 सबैभन्दा पहिला तपाईं इनबक्सको दाइने तर्फको माथि सेटिङमा जानुस् । यस पछि सेटिङमा गएर अफलाइन ट्याब खोल्नुस् । यदि यो एप इन्स्टल छैन भने चलाउन मिल्दैन । त्यसैले इन्टल जिमेल अफलाईनमा क्लिक गर्नुस् । यो पछि पेज खुल्छ । जसमा जिमेल अफलाईन एप इन्स्टल गर्नुस् । यस पछि जब युजर्सले अफलाईन म्यासेज चेक गर्ने हो, तयाईले यो एप प्रयोग गर्न सक्नुहुन्छ ।

मोबाइल र कम्प्युटरबारे केहि अनावश्यक भ्रम

तपाई मोवाइलमा ब्याट्री कसरी चार्ज गर्नुहुन्छ ? कति मेगापिक्सेलको क्यामेराले भनेजस्तो फोटो खिच्छ ? के एप्पल कम्प्युटरमा भाइरस लाग्दैन ? बजारमा हरेक दिन नयाँ नयाँ प्रविधि आइरहेको हुन्छ । तीब्र रुपमा विकास भइरहेका नयाँ प्रविधिका बारेमा सधै अपडेट भइरहन असम्भव पनि छ । यस्ता प्रविधिबारे समयमै अपडेट नभएपछि मान्छेहरुमा धेरैले थुप्रै भ्रम छरिरहेका हुन्छन् । त्यही भ्रमको शिकार धेरै मान्छेहरु हुन्छन् । यदि तपाईमा पनि यी कुराको भ्रम छ भने आजै देखि त्यसलाइ त्यागिदिनुस । केही भ्रमहरु यस्ता छन्ः

१. एप्पल कम्प्युटरमा भाइरस लाग्दैन
ल्यापटप वा कम्प्युटर प्रयोगकर्ताका वीचमा एउटा ठूलो भ्रम छ कि एप्पलका डिभाइसमा भाइरस लाग्दैन् । यो भ्रमलाई मलजल गर्नेगरी एप्पलले आफ्नो वेबसाइटमा म्याकबुक भाइरस फ्रि रहेको दावी गरेको थियो । तर, उसको दावी कति हावादारी थियो भने कुरा सन् २०१२ मै पुष्टी भयो जब हजारौं एप्पल कम्प्युटर एकैसाथ भाइरस आक्रामणको निशानामा परे । विन्डोज कम्प्युटरको तुलनामा एप्पल आईओएस डिभाइस तुलनात्मक रुपमा सुरक्षित भए पनि भाइरस नै नलाग्ने भने हैन् । त्यसैले आजैदेखि यो भ्रमबाट मुक्त हुनुहोस् ।

२. प्राइभेट ब्राउजिङमा पहिचान लुक्छ
आजकल वेब ब्राउजरहरुले सुरक्षित ब्राउजिङ सुबिधा ल्याएका छन् । सफारीमा यसलाई प्राइभेट ब्राउजिङ भनिन्छ भने क्रोममा इनकङनितो । ब्राउजरलाई यस्तो सुरक्षित मोडमा परिवर्तन गरियो भने ब्राउज गर्नेको सारा पहिचान लुक्छ र जे जे ब्राउज गरेपनि थाहा हुँदैन भन्ने भ्रम धेरैमा छ ।
यस्तो ब्राउजिङ मोडले के मात्र गर्छ भने तपाईले कुन(कुन साइट खोल्नुभयो भन्ने कुराको रेकर्ड तपाईको डिभाइसमा स्टोर गर्दैन् । प्राइभेट ब्राउजिङ गर्नुको अर्थ तपाईले कुन देशबाट कम्प्युटर चलाउनुभएको छ, कुन नेटवर्क प्रयोग गर्नुभएको र तपाईले प्रयोग गर्ने डिभाइसको आइपी ठेगाना कुन हो सवै कुरा लुकाइदिन्छ भन्ने होइन् ।

३. पूर्ण चार्ज भएपछि पनि जोडिराख्दा ब्याट्री खतम हुन्छ
अन्य धेरै फोन प्रयोगकर्ताले जस्तै तपाईंले पनि आफ्नो फोन रातभरी चार्जमा जोडिराख्नुहुन्छ होला । तर, ब्याट्री एकपटक पूर्ण चार्ज भइसकेपछि हत्तपत्त निकालिएन भने ब्याट्री ड्यामेज हुन्छ भन्ने धारणा ब्याप्त छ । त्यसैले धेरै मानिस साँझमा मोबाइल पूर्ण चार्ज भएपछि अनप्लग गरेर मात्र सुत्ने गर्छन् ।
तर, यो मान्यता पूर्णतया भ्रम हो । किनभने पछिल्ला सवैजसो मोबाइलमा अत्याधुनिक ब्याट्री प्रबिधि प्रयोग गरिएको हुन्छ जसले गर्दा ब्याट्री एकपटक सत प्रतिशत चार्ज भएपछि आफै चार्ज हुन बन्द हुन्छ । तपाईले बिजुलीमा फोन जोड्नु भएको छ कि छैन भन्ने कुराले खासै अर्थ राख्दैन् ।

४. धेरै मेगापिक्सेलको क्यामेराले राम्रो तस्वीर खिच्छ
आजकल निकै सस्ता स्मार्टफोन पनि १२१५ मेगापिक्सेलका क्यामेरासहित आएका छन् । अक्सर धेरै प्रयोगकर्तालाई लाग्छ कि, धेरै मेगापिक्सेलको क्यामेरा हुनु भनेको राम्रो फोटो खिच्नु हो, उच्च गुणस्तरको फोटो खिच्नु हो ।
वास्तवमा स्तरीय फोटो खिच्नुसँग मेगापिक्सेलको निकै कम साइनो छ । कहिलेकाहीँ १३ मेगापिक्सेलको क्यामेराले भन्दा ८ मेगापिक्सेलको क्यामेराले उच्च गुणस्तरको तस्वी खिच्न सक्छ । कुनै पनि तस्वीरको गुणस्तर त्यो क्यामेराले कति धेरै प्रकाश सेन्सर गर्न सक्छ भन्ने कुराले निर्धारण गर्छ न कि मेगापिक्सेलको नम्बरले । त्यसैले मेगापिक्सेलको नम्बर बढ्दैमा राम्रो क्यामेरा हो भ्रम त्याग्नुहोस् ।

५. ब्याट्री पुरै नसकिएसम्म चार्ज गर्नु हुँदैन
यो पनि भ्रम छ कि मोबाइल वा ल्यापटपको ब्याट्री पुरै नसकिएसम्म चार्जमा जोड्नु हुँदैन, यसले ब्याट्रीको आयु घटाइदिन्छ । तर, वास्तविकता चाहिँ ठिक उल्टो छ । यदि तपाईले ब्याट्री पुरै सकिएपछि, आफ्नो डिभाइस अफ भएपछि ब्याट्री चार्जमा राख्नुभयो भने चार्ज हुन निकै बेर लाग्छ । ब्याट्रीको लाइफ सकिने कुरा ब्याट्री साइकल कति सकियो भन्ने कुराले निर्धारण गर्छ । चार्ज आधा बाँकी हुँदै फेरी जोड्दा तपाईको ब्याट्रीको आयु घट्दैन् ।

६. हाइ रिजुलेसनको स्क्रिन भएको स्मार्टफोन राम्रो हो
आजकल हरेक नयाँ स्मार्टफोनले धेरै रिजुलेसनको स्त्रिmनयुक्त फोन ल्याउने होडबाजी गरिरहेका छन् । पछिल्लो समय एलजीले २५६०हृ १४४० पिक्सेलको स्त्रिmन भएको जी ३ मोबाइल ल्यायो । के यो फोन प्रतिस्पर्धी १९२० पिक्सेलवाला स्मार्टफोनभन्दा राम्रो छ त रु भिडियो वा तस्वीर हेर्दा प्रयोगकर्ताको आँखाले यी दुईमा प्रष्ट भेद थाहा पाउन सक्छ ?
प्रबिधि साइट गिजमोडोले बिज्ञको भनाई उदृत गर्दै उल्लेख गरेअनुसार मानिसको आँखाले प्रतिइन्च ३०० पिक्सेलभन्दा माथिको पिक्सेल पढ्न सक्दैन र भेद छुट्टयाउन सक्दैन् । त्यसैले एप्पलजस्ता कम्पनीले पिक्सेल बढाउने प्रतिस्पर्धामा भन्दा ब्राइटनेस बढाउनेतिर बढि ध्यान दिएका छन् ।

७. आइप्याड चार्जरले आइफोन चार्ज गर्नु हुँदैन
अर्को भ्रम के पनि छ भने आइप्याडको एडप्टरले आइफोन चार्ज गर्नु हुँदैन, यसले आइफोनको ब्याट्री लाइफ खतम गर्छ । तर, एप्पलको वेबसाइटका अनुसार १२ वाटको आइप्याड एडप्टरले आइफोन र आइप्याड दुवै चार्ज गर्न सकिन्छ । त्यसले केही पनि फरक पार्दैन् । केही बिज्ञहरुले एक बर्षभन्दा लामो समयसम्म आइप्याडको एडप्टरले आइफोन चार्ज गर्दा समस्या आउने बताए पनि एप्पलले त्यसलाई स्वीकार गरेको छैन् ।

८. हरेक दिन कम्प्युटर बन्द गर्नु हुँदैन
 सायद तपाईंले आफ्नो कार्यालय वा घरको कम्प्युटर प्रयोग गरेपछि हरेक दिन सट डाउन गरेर जानुहुन्छ होला । आम बिश्वास के छ भने यसरी हरेक दिन कम्प्युटर बन्द गर्दा कम्प्युटर बिग्रन्छ, ल्यापटपको ब्याट्री बिग्रन्छ । त्यसैले धेरै जना प्रयोगकर्ता आफ्नो ल्यापटप स्लीप मोडमा राख्ने गर्छन् । लाइफ ह्याकर वेबसाइटका अनुसार कम्प्युटर हेरक दिन बन्द गर्दा प्रोसेसर र अन्य इन्जिनमाथिको दबाब कम हुन्छ र डिभाइसको आयु लम्बिन सक्छ । त्यसैले हरेक दिन कम्प्युटर अफ गर्नु बुद्धिमानी हुन्छ ।

गुगलमा सर्च गर्ने केही महत्वपुर्ण तरिकाहरु

गुगलमा सर्च गर्दा केही महत्वपुर्ण अपरेटरहरुको प्रयोग सम्झना गर्ने हो भने आफुले खोजेका जानकारी  सजिलै र छिट्टै पाउन सकिन्छ । जसको केहि उदाहरण तल प्रस्तुत गरिएको छ ।

१. सर्च बक्सलाई क्याल्कुलेटर बनाउनेः
गुगल सर्च बक्सलाई क्याल्कुलेटर बनाउन सकिन्छ। सर्च बक्समा गएर आफूले हिसाब गर्नुपर्ने कुरा लेख्नु पर्छ। यसपछि खोजेको हिसाब प्राप्त हुनुका साथै क्याकुलेटर पनि खुल्छ। जस्तैः  २+२

२. गुगलमा टाइमर सेट गर्नः
सर्च बक्समा गएर ‘टाइमर’ (Timer) टाइप गर्ने र इन्टर थिच्ने। यदि कुनै समयको टाइमर सेट गर्नुछ भने उक्त समयको टाइम सेट गर्ने। जस्तै १ मिनेट २५ सेकेन्डको टाइमर सेट गर्नु परेमा सर्च बक्समा गएर set timer 1 minute 25 seconds.
 
३. विभिन्न खानाको न्युट्रिशनल कम्पोजिसन (Nutritional Composition)  हेर्नः

कुनै खानाको न्युट्रिशनल कम्पनेजिशन चेक गर्नु परेमा उक्त खानाको नाम सर्च बक्समा लेख्ने। जस्तैः potato vs tomato गरेपछि दुवै तरकारीको न्युट्रिशनल कम्पनेजिशन थाहा पाउन सकिन्छ।

४. जनसङ्ख्याको ग्राफ थाहा पाउनः
कुनै पनि देशको जनसङ्ख्याको ग्राफ सहित जानकारी चाहिएमा सर्च बक्समा गएर population र उक्त देशको नाम लेख्ने। जस्तै नेपालको जनसङ्ख्या थाहा पाउन Population Nepal टाइप गर्ने।
 
५. सुर्योदय र सुर्यास्तको समय थाहा पाउनः

कुनै पनि देशको सुर्योदय र सुर्यास्तको समय थाहा पाउन सर्च बक्समा sunrise वा sunset का साथ उक्त देशको नाम लेख्ने।

६. नम्बरलाई टेक्सटमा बदल्नः
कुनै पनि सङ्ख्यालाई टेक्सटमा बदल्न सर्च बक्समा गएर टेक्सटमा बदल्न चाहेको सङ्ख्या र in english लेख्ने। जस्तै:  44563 in english लेख्ने।

७. कुनै दुई वटा शब्द अनिवार्य रुपमा भएको रिजल्ट खोज्न:
कुनै दुई वटा शब्द अनिवार्य रुपमा भएको रिजल्ट चाहीएका AND वा ‌+ अपरेटरको प्रयोग गरिन्छ । जस्तो Sun ‌+ Moon लेखेर सर्च गर्नु भयो भने अनिवार्य रुपमा SUN र Moon भन्ने शब्द भएको सर्च रिजल्ट देखा पर्दछ ।

८. कुनै दुईवटा शब्द मध्ये एउटा मात्र शब्द भएको रिजल्ट खोज्न:
कुनै दुईवटा शब्द मध्ये एउटा मात्र शब्द भएको रिजल्ट चाहीएमा OR अथवा - प्रयोग गर्नु पर्छ । जस्तो कि Sun – Moon लेखेर सर्च गर्दा Sun र Moon मध्ये कुनै एक भएको पेजहरुको सर्च रिजल्टहरु देखा पर्दछ ।


९. ठ्याक्कै कुनै शब्द वा वाक्य भएको सर्च रिजल्ट खोज्न:
ठ्याक्कै कुनै शब्द वा वाक्य भएको सर्च रिजल्ट खोज्न परेमा "" को प्रयोग गरिन्छ । जस्तो कि "the sun lights up the moon" लेखेर सर्च गर्दा देखा पर्ने सर्च रिजल्टहरुमा अनिवार्य रुपमा "the sun lights up the moon” भन्ने वाक्य रहेको हुन्छ ।


१०. कुनै कुरा निश्चीत साईटमा मात्र खोज्नु पर्दा:
कुनै कुरा निश्चीत साईटमा मात्र खोज्नु पर्दा site: अपरेटरको प्रयोग गरिन्छ । जस्तो कि “Baburam Bhattari” site : bbc.co.uk लेखेर सर्च गर्ने हो भने बिबिसीको आधिकारीक वेबसाईटमा मात्र बाबुराम भट्टराईको बारेमा लेखीएका सामग्रीहरुको लिङ्क देखा पर्दछ ।


११. कुनै पनि वेबसाइटको लिङ्क कहाँ छ भनेर  खोज्नु पर्दा:
कुनै पनि वेबसाइटको लिङ्क कहाँ कहाँ छ भनेर  खोज्नु पर्दा link: अपरेटरको प्रयोग गरिन्छ । जस्तो : link:einfonews.net लेखेर टाईप गर्ने हो भने einfonews.net भन्ने साईटको लिङ्क कुन कुन साईटमा राखेको छ त्यस खालको रिजल्ट देखा पर्दछ ।


१२. filetype को प्रयोग:
यस्तै filetype लेखेर त्यसको यसको पछाडी कुनै फाईलको एक्सटेन्सन लेख्ने हो भने दिएको सर्च स्ट्रीङ्ग लाई त्यही फाईल टाईपमा मात्र खोज्ने काम हुन्छ जस्तो कि History of Nepal filetype:pdf लेखेर गुगलमा सर्च गर्ने हो भने नेपालको ईतिहास बारेमा लेखीएका pdf फाईल मात्र खोज्ने काम हुन्छ ।


१३. Software को Serial Key वा Crack खोज्न:
कुनै पनि Software को Serial Key वा त्यो Software को Crack खोज्न छ भने 94fbr लेखेर त्यसको पछाडी आफुले खोज्ने Software को नाम लेख्ने हो भने त्यो Software को Serial Key वा Crack पाइन्छ । जस्तै: 94fbr internet download manager लेखेर सर्च गर्ने हो भने internet download manager संग सम्बन्धित Serial Key र Crack भएका website हरु देखा पर्दछ ।


१४. define: को प्रयोग:
यो define: लेखेर त्यसको पछाडी कुनै अग्रेजी शब्द लेख्ने हो भने त्यसको अर्थ दिन्छ । जस्तो define:love 


१५. घटाउ - चिन्हको प्रयोग:
कुनै शब्द वा वाक्यलाई हटाएर सर्च गर्नु पर्दा घटाउ - चिन्हको प्रयोग गर्नु पर्दछ ।  उदारणको लागी sun -”moon and stars” भन्दा यसको सर्च रिजल्ट सन आउदाँ Moon र Stars को कुरा चाँही आउनु हुन्न भन्ने वुझीन्छ।


१६. स्टार * चिन्हको प्रयोग:
५. स्टार * चिन्हलाई गुगल ले वाईल्ड कार्डको रुपमा वुझ्दछ जसले गर्दा कुनै वाक्यको विचमा कुनै शब्द विर्सियो भने गुगले संभावित शब्द चयन गरेर सर्च गर्दछ। "the * lights up the moon"


१७.  ~ चिन्हको प्रयोग:
६. यस्तो ~ चिन्हको प्रयोगले गुगलले कुनै शब्दको पर्यावाची शब्द खोजेर देखाई दिन्छ। ~sun


अन्य केही महत्वपुर्ण टिप्सहरु :-

१८. बिदेशी विनिमय दर रुपान्तरणको लागी (currencies)
    100 Euro in USD

१९. नाप तौल रुपान्तरणको लागी (weight, length, volume, etc)
    100kg in lb

२०. समय थाहा पाउनको लागी (time)
    time kathmandu

२१. मौसम थाहा पाउनको लागी
    weather kathmandu

२२. प्रतिशत निकाल्नको लागी
    51% of 900

२३. यसलाई पनि ट्राई गर्ने हो कि?
    5^3
    sqrt(4)
    cos(45)
    tan (45)
    4! (फ्याक्टोरियल पत्ता लगाउन)

 २४. त्यस्तै गुगलमा What is the population of Nepal लेखेर सर्च गर्नुस त गुगललाई के भन्छ ?

तपाईले जान्नैपर्ने ८ किबोर्ड सर्टकट कि

कम्प्युटरमा काम गर्दा हरेकपटक माउस चलाउँदा हैरान हुनुभएको छ ? त्यसो भए तपाईका लागि केही सहज उपायहरु छन जसले तपाईको कम्प्युटरमा काम गराईलाई सजिलो बनाइदिने छ ।

कम्प्युटर किबोर्डमा यस्ता थुप्रै सर्टकट फर्मूलाहरु हुन्छन, जसले गर्दा तपाईले हरेकपटक माउस चलाउन पर्दैन, किबोर्डबाटै छिटो र सजिलोसँग गर्न सक्नुहुन्छ ।


माइक्रोसफ्ट विन्डोजको वर्ड, पावरपोइन्ट, एक्सेल लगायतका प्रोग्राममा यस्ता धेरै छोटकरी नम्बरहरु सेट गरिएको हुन्छ ।

तालिमप्राप्त र अनुभवी प्रयोगकर्ताका लागि यहाँ उल्लेखित टिप्स सामान्यजस्ता लाग्न सक्छन् । तर, नयाँ प्रयोगकर्ता र तालिम नलिइ कम्प्युटर चलाउन सुरु गर्नुभएका प्रयोगकर्ताका लागि भने यी टिप्स दैनिक जीवनका लागि निकै उपयोगी हुनसक्छन् ।

१. ओपन र क्लोज ट्याव

तपाईं इन्टरनेट सर्फिङ गरिरहनुभएको छ । मोजिला, गुगल क्रोम लगायतमा तपाईले एउटै विन्डोभित्र धेरै ट्यावमा नयाँ नयाँ साइट खोल्न सक्नुहुन्छ । तर, तपाईंले कुनै एउटा ट्याव वा पुरै विण्डो बन्द गर्नुप¥यो भने माउस चलाइरहनुपर्दैन् । Ctrl + W ले एउटा ट्याव बन्द हुनेछ भने Ctrl + Shift + W ले पुरै विण्डो बन्द हुने छ ।

कतिपय अबस्थामा तपाईंले नचाहँदा नचाहँदै पनि कुनै ट्याव बन्द भयो भने पनि त्यसलाई सर्टकटबाटै पुनः खोल्न सकिन्छ । यसका लागि तपाईंले Ctrl + Shift + T  प्रयोग गर्नुपर्छ । यदि नयाँ ट्याव खोल्नुपर्यो भने Ctrl + T  गर्दा पुग्छ ।

२. फण्ट साइज घटाउन–बढाउन

तपाईं वर्ड फाइलमा केही टाइप गरिरहनुभएको छ, र फण्ट साइज निकै धेरैपटक घटाउनु वा बढाउनुपर्ने छ भने हरेक पटक माउसको सहारा लिनु पर्दैन् । तपाईले परिवर्तन गर्न चाहेको अक्षर सेलेक्ट गर्नुहोस । साइज बढाउनका लागि Ctrl + ]  को प्रयोग गर्नुहोस्, घटाउनका लागि Ctrl + [

३. विण्डो परिवर्तन

कम्प्युटरमा तिब्र गतिमा बिभिन्न विण्डो खोलेर काम गर्नुपर्दा दायाँ हरदम माउसमा कुदाउनु परिरहेको हुन्छ । विण्डो परिवर्तनका लागि तपाई किबोर्डबाटै काम चलाउन सक्नुहुन्छ, जुन छिटो पनि हुन्छ । यसका लागि विन्डोजका जुनसुकै भर्सनमा पनि   Alt + Tab को प्रयोग गर्न सक्नुहुन्छ ।

विण्डोज ७ र ८ भर्सनमा भने तपाईले Windows key + Tab प्रयोग गर्न सक्नुहुन्छ ।

४. एकै स्क्रिनमा दुईवटा विण्डो

तपाई केही अनुसन्धान गरिरहनुभएको छ र त्यहीबेला तपाईलाई इन्टरनेट सर्फ गर्नुपर्ने अबस्था आयो । घरि इन्टरनेट खोल्ने र घरि वर्डमा आउने गर्दा काम दिक्कलाग्दो हुन्छ । यो दिक्दारी घटाउन तपाईले एउटै स्क्रिनभित्र दुईवटा विण्डो बनाउन सक्नुहुन्छ जसले गर्दा हरेकपटक विण्डो परिवर्तन गर्नुपर्दैन् ।

यसका लागि तपाईले वर्ड फाइल खोल्नुहोस र Windows + right arrow key थिच्नुहोस् । यसले गर्दा तपाईको वर्ड फाइल दायाँ सर्छ । अब तपाईले बायाँपट्टीको अर्को विण्डोमा सजिलै सर्फ गर्न सक्नुहुन्छ । Windows + left arrow key थिचेर तपाईले विण्डोलाई बायाँ सार्न सक्नुहुन्छ ।

५. फाइल डिलिट गर्न र स्क्रिन सट क्याप्चर गर्न

तपाईंले कुनै फाइल आइकन सेलेक्ट गर्नुभयो र डिलिट हान्नुभयो । यसले तपाईको फाइल फोल्डरबाट मात्र हट्छ तर रिसाइकल बिन फोल्डरमा भने रहिरहन्छ । यदि तपाईले त्यसको सट्टा  Shift + Del गर्नुभयो भने तपाईको फाइल कम्प्युटरबाट सधैंका लागि हट्छ ।

तपाईंको स्क्रिनको तस्वीर लिन चाहनुहुन्छ भने  डेस्कटप किबोर्डमा रहेको Print Screen  बटन थिच्न सक्नुहुन्छ । ल्यापटपमा भने Function (Fn) key कि सँगै Print Screen थिच्नुपर्ने हुन्छ ।

६. शब्द गन्ने र अक्षर ठूलो सानो गर्ने

कुनै काम गर्दा जहिले पनि तपाईंलाई निश्चित वर्डभित्र सक्न भनिएको हुन्छ । यसका लागि हरेकपटक टुल मेनुमा गएर वर्ड काउन्टमा जानु पर्दैन यदि तपाईले सर्टकट प्रयोग गर्नुभयो भने । यसका लागि तपाईले Alt + T + W थिचे पुग्छ ।

यसैगरि तपाईले अंग्रेजीमा टाइप गरिरहनुभएको छ भने निकैपटक क्यापिटल लेटर र स्मल लेटर चेन्ज गर्नुपर्ने हुन्छ । यसका लागि तपाईले हरेकपटक ती अक्षर ठूलो वा सानोमा टाइप गरिरहनु पर्दैन् । जुन अक्षर परिवर्तन गर्नुपर्ने हो, त्यसलाई सेलेक्ट गर्नुस र  Shift + F3 थिच्नुस् ।

७. डेस्कटपमा जाने र कम्प्युटर लक गर्ने

यदि तपाई कम्प्युटरमा धेरै विण्डोज खोल्नुभएको छ र यस्तो अबस्थामा सिधै डेस्कटपमा जान चाहानुहुन्छ भने सवै विण्डोजलाई बन्द गरिराख्नु पर्दैन् । किवोर्डमा रहेको विण्डो किका साथ मा D (Windows key + D)  थिच्नुभयो भने सिधै डेस्कटपमा जान सकिन्छ । काम सक्नुस र फेरि त्यही प्रकृया अपनाउनुस्, तपाई पहिलेकै विण्डोजमा फर्किन सक्नुहुन्छ । यदि तपाई कम्प्युटर लक गर्न चाहानुहुन्छ भने Windows +L हान्नुहोस् ।

८. टेक्स्ट सेलेक्ट

वर्ड फाइलमा काम गर्दा टेक्स्ट सेलेक्ट गरिरहनुपर्छ । यस्तो बेलामा तपाईले केही सर्टकट कि प्रयोग गर्नुभयो भने टेक्स्ट सेलेक्ट सजिलो बनिदिन्छ ।

जस्तो कि, तपाईले Shift + Home गर्नुभयो भने तपाईको क्रसर जहाँ छ त्यहाँबाट सुरुसम्मको सवै अक्षर सेलेक्ट हुन्छ । यसैगरि Ctrl + Shift + Up थिच्नुभयो भने क्रसरदेखि प्याराग्राफ सुरुसम्म टेक्स्ट सेलेक्ट हुन्छ भने  Shift + End थिच्दा  क्रसरदेखि प्याराग्राफको अन्त्यसम्म सेलेक्ट गर्छ ।

यी तरिकाबाट ल्यापटप र मोबाइलको ब्याट्रि लाइफ बढाउनुहोस्

आफ्नो ल्यापटपमा निकै महत्वपूर्ण काम गरिरहँदा वा फोनमा कुरा गर्दा, हामीमध्ये धेरैले जीवनमा एकपटक ब्याट्रिका कारण समस्या झेल्नु परेको होला । एक समयपछि चाहे त्यो ल्यापटप होस् या फोन सबैको ब्याट्रिको क्षमतामा बिस्तारै ह्रास आउने गर्दछ । तर यदि तपाईं केहि कुरामा ध्यान दिनुहुन्छ भने तपाईंको स्मार्टफोन र ल्यापटपको ब्याट्रि एक वर्ष बढि टिक्ने गर्दछ । ल्यापटप अथवा फोनको ब्याट्रिलाई यदि राम्रोसँग हेर्ने हो भने त्यसमा केहि निर्देशन दिइएको हुन्छ जसलाई हामी मध्ये धेरैले पढ्दैनौँ । कतिपय कुराहरु हामीलाई त्यहाँ दिइएको निर्देशनबाट थाहा हुन्छ भने कतिपय कुराहरु हामी तपाईंलाई अहिले बताउँदैछौँ ।

१. ब्याट्रिलाई अत्यधिक तापक्रमबाट टाढा राख्नुहोस्ः 
कुनै पनि डिभाइसको ब्याट्रि लाइफ त्यसलाई प्रयोग गर्ने ठाउँको तापमानसँग गहिरो सम्बन्ध रहेको हुन्छ । यदि तपाईं आफ्नो ल्यापटप र मोबाइलको प्रयोग त्यस्तो ठाउँमा प्रयोग गर्नुहुन्छ जहाँको तापमान ३५ डिग्रिभन्दा बढि र जिरो डिग्रीभन्दा कम भएको अवस्थामा ब्याट्रिको क्षमता निकै चाँडै कम हुने गर्दछ । यसका लागि आफ्नो ल्यापटपलाई सकेसम्म तातो हुनबाट बचाउनुहोस् । यसको लागि सम्भव भएको खण्डमा कुलिङ प्याडमा ल्यापटपको प्रयोग गर्नुहोस् ।

 २. फुल डिस्चार्जः 
थुप्रै जानकारहरुका अनुसार ब्याट्रि फुल डिस्चार्ज हुनुभन्दा अगाडि नै चार्ज गर्नपर्ने हुन्छ । अर्थात जब तपाईंको फोन ४० प्रतिशत चार्ज भएको छ भने चार्जर निकाल्नुहोस् र केहि क्षण पछि त्यसलाई फेरि चार्ज गर्नुहोस् । यसले तपाईंको ब्याट्रि लाइफलाई बढाउन मद्दत गर्दछ र चार्ज पनि धेरैबेरसम्म रहने गर्दछ । ब्याट्रि ओभर चार्ज हुनबाट बचाउनुहोस् किनभने यसले ब्याट्रिमा भएको लिथियम प्लेट खराब हुने गर्दछ ।

 ३. तेज चार्जिङ गर्ने चार्जरको प्रयोग नगर्नुहोस्ः 
ल्यापटप अथवा मोबाइल तेज चार्ज गर्नबाट बचाउनुहोस् । कुनै पनि डिभाइस चार्ज गर्नका लागि ओरिजिनल चार्जरको प्रयोग गर्नुहोस् । यसले तपाईंको ब्याट्रि लाइफलाई सेफ राख्दछ ।

४. जहिले पनि केहि प्रतिशत चार्ज राख्नुहोस्ः 
यदि तपाईं १ वा २ हप्ताको लागि कतै बाहिर जाँदै हुनुहुन्छ भने कम्तीमा ५० प्रतिशतसम्म मोबाइल अथवा ल्यापटप चार्ज गरेर मात्र बन्द गर्नुहोस् ता कि जब तपाईं बाहिरबाट आउनुहुन्छ, त्यसमा ब्याट्रिको मात्रा रहिरहोस् । यसले ब्याट्रिको भित्र भएको चार्जिङ पार्टिकललाई एक्टिभ राख्ने गर्दछ ।

५. नक्कली चार्जरबाट बच्नुहोस्ः 
फुटपाथमा पाइने चार्जरहरुबाट बच्नुहोस् । यस्ता नक्कली चार्जरले तपाईंको डिभाइस चार्ज नभएता पनि गलत चार्जिङ लाइट देखाउने गर्दछ ।
(एजेन्सी)

अत्याधुनिक विशेषतायुक्त ‘विण्डोज १०’ निःशुल्क

के छ विन्डोज १० मा ?

माइक्रोसफ्टले नयाँ कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज टेन ल्याउने भएको छ । आवाज नियन्त्रण प्रणालीबाट समेत चल्ने विन्डोज टेनलाई पछिलो पुस्ताको आधुनिक ल्यापटप, हाइबि्रड कम्प्युटर, ट्याबलेट तथा विन्डोज फोन जस्ता ग्याजेटहरूमा स्थापित गरिनेछ । विन्डोज टेनको अर्को विशेषता के हो भने यो अपरेटिङ सिस्टमअन्तर्गत ग्याजेटलाई मानिसको मस्तिष्क र विचारका आधारमा पनि चलाउन सकिनेछ, जसका लागि माइक्रोसफ्ट कम्पनीले टाउकोमा लगाउन मिल्ने एक विशेष प्रकारको हेडसेटसमेत विकास गरेको छ । कम्पनीले विन्डोज टेनको प्रोमो शो पनि गरिसकेको छ । विन्डोज सेभेन र एट चलाइरहेकाहरूलाई विन्डोज टेन नि:शुल्क प्रदान गरिनेछ । विन्डोज एटमा प्रसस्त कमीकमजोरी भएको र उपभोक्ताहरूबाट धेरै आलोचना खेपेकाले कम्पनीले विन्डोज टेन ल्याउन लागेको बताइन्छ ।


अहिले विन्डोज टेनमा नासाले समेत काम गरिरहेकाले थुप्रै काम बाँकी रहेको बताइएको छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले विकास गर्ने एप्सको मदतबाट मंगलग्रहस्थित अन्तरिक्ष यान मार्स रोभरलाई पनि विन्डोज टेनभित्रको एपको सहायताबाट निर्देशित गर्न सकिनेछ । त्यसैगरी ड्रोनहरूलाई निर्देशन दिन र चलाउन, मौसमको भविष्यवाणी, कार पार्किङको स्थिति तथा ग्रह र ताराहरूको स्थानका सम्बन्धमा समेत जानकारी दिने विन्डोज टेन निकै तीव्र गतिमा चल्ने छ । विन्डोज टेन आएपछि यस अघि मुख्य एप्लिकेसनहरू अपडेट गर्दा लाग्ने शुल्कमा समेत परिवर्तन गरिने कम्पनीले जनाएको छ ।

फरेस्टर कन्सलटेन्सीका विश्लेषक फ्रान्क जिलेटका अनुसार जम्मा १० प्रतिशत कम्प्युटर विन्डोज टेनबाट चल्दै आएकाले विन्डोज टेनको एडप्सन धेरै नै कम हुने छ । विश्लेषक जिलेटको विचारमा विन्डोज एट कम्प्युटर तथा ग्याजेट उपभोक्ताहरूले रुचाएका छैनन् । त्यस्तै एप्स निर्माताहरूले पनि एप्पलको आइप्याड अपरेटिङ सिस्टम र एन्ड्रोइडलाई मात्र ध्यानमा राखेर एप्स निर्माण गरिरहेको सन्दर्भमा अब एप्स निर्माताहरूले विन्डोज टेनलाई आधार बनाएर विश्वव्यापी रूपमा आम उपभोक्तामुखी एपको विस्तार गर्ने विश्वास लिइएको छ ।

विन्डोज टेनले शक्तिशाली र प्रभाकारी एप्स निर्माणलाई प्रोत्साहित गर्ने तथा एप्स बजारलाई व्यवसायिक एवं प्रतिस्पर्धीसमेत बनाउनेछ । कम्पनीका कार्यकारी प्रमुख सत्य नाडेला भन्छन्- जादुयी होलोग्राफिक हेलमेटले विन्डोज टेन अपरेटिङ सिस्टमबाट सोचेको जे पनि तयार गर्न सकिनेछ । गेम र भर्चुअल वल्र्डको विकासमा यसले महत्वपूर्ण भूमिका खेल्नेछ । समग्रमा यो अपरेटिङ सिस्टमले एउटा नयाँ पुस्ताको निर्माण गर्ने दाबी गरिएको छ । अपरेटिङ सिस्टम विन्डोजभित्र पनि नयाँ इन्टरनेट ब्राउजर स्थापित हुने भएको छ । माइक्रोसफ्ट कम्पनीले अहिलेको इन्टरनेट एक्सप्लोलर ब्राउजरको सट्टामा स्पार्टन नामक ब्राउजर ल्याउने भएको छ । उक्त ब्राउजर गुगल क्रोम जस्तै स्वरुपमा भए पनि त्यसले तीव्र गतिमा काम गर्नेछ ।
साभारः साप्ताहिक 

‘विण्डोज १०’ सवैले निःशुल्क प्रयोग गर्न पाउने

माइक्रोसफ्टले केही महिनाभित्रै बहुप्रतिक्षित विन्डोज १० अपरेटिङ सिस्टम नयाँ भर्सन सार्वजनिक गर्दा यसअघि बैधानिक रुपमा किनिएको सफ्टवयेरलाई मात्र अपग्रेड गर्ने सुबिधा दिने गरेको थियो ।
तर, विन्डोज १० भने सवैखाले ग्राहकले प्रयोग गर्न पाउनेछन् ।
माइक्रोसफ्टले विन्डोज ७ वा ८ अपरेटिङ सिस्टम चलाइरहेका सवै प्रयोगकर्तालाई निःशुल्क अपग्रेड सुबिधा दिने भएको छ । चाहे त्यस्ता प्रयोगकर्ताले चोरीकै सफ्टवेयर चलाएका किन नहुन् ।

माइक्रोसफ्टको यो निर्णयबाट नेपाल लगायत बिकाशोन्मुख मुलुकका धेरै प्रयोगकर्ता लाभाविन्त हुनेछन् । नेपालमा झण्डै ९९ प्रतिशत कम्प्युटर प्रयोगकर्ताले विन्डोजको चोरी संस्करण चलाउँदै आएका छन् ।
बिकाशोन्मुख मुलुकमा ठूलो संख्यामा विन्डोजका पाइरेटेड संस्करण चलाउँदै आएका प्रयोगकर्तालाई सक्कली विन्डोजप्रति आर्कषिर्त गर्न माइक्रोसफ्टले यस्तो नीति लिएको हो ।
यसअघि माइक्रोसफ्टले सिस्टम अपग्रेड गर्न पाइरेटेड भर्सनका प्रयोगकर्तालाई निषेध गर्दै आएको थियो ।
‘लाइसेन्ससहितको सफ्टवेयर प्रयोग गर्न थालेपछि प्रयोगकर्ताले त्यसको महत्व बुझ्नेछन र हामी उनीहरुलाई लाईसेन्सवाला कपीमा अपग्रेड गर्न प्रोत्साहित गर्ने छौं’ माइक्रोसफ्टका प्रवक्ताले भने ।

हालै चीनमा आयोजित एक सम्मेलनमा माइक्रोसफ्टका एक कर्मचारीले यस्तो घोषणा गरेका थिए ।
चीन, भारत, इन्डोनेसिया लगायत ठूलो जनसंख्या भएका मुलुकमा पनि अधिकांश कम्प्युटर प्रयोगकर्ताले विन्डोजको चोरी संस्करण प्रयोग गर्छन् । उनीहरुलाई आफ्नो बैधानिक प्रयोगकर्तामा रुपान्तरण गर्न माइक्रोसफ्टले निःशुल्क अपग्रेड गर्ने सुबिधा दिन लागेको बताइएको छ ।

विन्डोज १0 अपरेटिङ सिस्टमको विशेषता

विन्डोज १०, माइक्रोसफ्टको हालसम्मको सबैभन्दा उत्कृष्ट अपरेटिङ सिस्टम भएको कम्पनीले दावी  पनि गरेको छ  । कम्प्यूटर र मोबाइल दुवै किसिमको एप्लिकेशन सहजताका साथ प्रयोग गर्न मिल्नु नै विन्डोज १० को मुख्य विशेषता हो ।
यसका थप विशेषताहरु निम्न छन् :

१. विन्डोज १० मा भएका विशेषताले प्रयोगकर्तालाई विन्डोज एक्सपीको याद दिलाउनुका साथै विन्डोज ८.१ वा त्यो भन्दा पनि बढी ग्राफिक्स इन्टरफेसको अनुभूति दिन्छ ।

२. विन्डोज ८ मा स्टार्ट मेनु हटाउँदा आलोचना खेपेपछि अहिले विन्डोज १० मा स्टार्ट मेनु राखिएको छ । मोबाइलमा पनि आउने यसको स्टार्ट मेनुको स्वरुप भने नयाँ छ । विन्डोज ८ मा जस्तो सर्टकर्ट पनि भएको यसलाई प्रयोागकर्ताले आवश्यकता अनुसार मिलाएर चलाउन सक्नेछन् ।

३. विन्डोज १० ले मोबाइलमा डेस्कटपको आनन्द लिने सुविधा पनि दिएको छ  ।

४. माइक्रोसफ्टको व्यक्तिगत डिजिटल असिस्टेन्ट कोरटाना पनि यो विन्डोज १० को डेस्कटपमा उपलब्ध गराइएको छ ।

५. विन्डोज १० ले आफ्नो  सिस्टमका साथै ब्राउजर पनि नयाँ ल्याएको छ । स्पारटन नाम दिइएको यो ब्राउजरमा नयाँ र सहज विशेषताहरु  समावेश गरिएको छ ।

६. विन्डोज १० ले तपाईँको कम्प्यूटरमा गेमिङ कंसोल अर्थात् एक्सबक्स एपको पनि सुविधा दिएको छ ।

७. यसमा ल्यापटप र डेस्कटपमा झैँ मोबाइल र ट्याबलेटमा पनि यूनिफाइड अफिस चलाउन सकिनेछ । यसबाट वायरलेस प्रिन्ट पनि गर्न सकिने बताइएको छ ।

८. विन्डोज १० मा वानड्राइभको अहम भूमिका रहेको हुन्छ ।

९. यसको मेल क्लाइन्ट आउटलुकको स्वरुपमा पनि परिवर्तन गरी नयाँ बनाइएको छ ।

१०. विन्डोज १० मा तस्विरहरु आफैँ गएर वानड्राइव क्लाउडमा अपलोड हुन्छन् ।

११. विन्डोज १० अपरेटिङ सिस्टम स्मार्टफोनका लागि हलुका बनाइएको छ । यसो हुनाले स्मार्टफोन ह्याङ हुँदैन ।  
साभारः अनलाइनखबर 

५० जिबी फ्रि स्पेस लिनुहोस्

अनलाइनमा तपाइले ५० GB को फ्री स्पेस लिएर तपाइको आवश्यक कागज पत्र, फाइल, डकुमेन्ट, फोटो, भिडियो इत्यादि राख्न सक्नुहुन्छ । जसको लागि तल दिएको लिंकमा क्लिक गरेपछि पेज खुल्छ र त्यो पेजमा आफ्नो ई-मेल राखि रजिस्टर गर्नु पर्छ  ।


तपाइले प्रयोग गर्नु भएको साधन अनुसार फरक-फरक लिंक तल दिएको छु :-

आधुनिक प्रविधिको नकारात्मक प्रभाव

आधुनिक प्रविधिको उत्पादन सेल फोन, स्मार्ट फोन, पिसी, ल्यापटप, ट्याबलेट आदिले हाम्रो जीनवशैलीलाई प्रभावित गरेको छ । यस्ता प्रविधिले हाम्रा सामु अनेकौं समस्या पनि उत्पन्न गरेकाछन् ।


यस्ता आधुनिक प्रविधिको प्रयोगले हाम्रो जीवनमा पार्ने नकारात्मक प्रभावहरु यसप्रकार छन् :-

१. स्मरणशक्ति कमजोर हुनु :
प्रविधिको सबैभन्दा नकारात्मक प्रभाव हाम्रो स्मरण शक्तिमा परेको छ । मित्रजनको जन्मदिन होस् वा वेडिङ एनिभर्सरी, मिटिङ, अफिसियल अप्वाइन्टमेन्ट, महत्वपूर्ण इमेल होस् वा अफिसियल टु डु लिस्ट, मात्र एकपटक अलार्म वा नोट्स सेट गरे निर्धारित समयमा स्मार्ट फोनले नै व्यक्तिलाई स्मरण गराउँछ कि आजको दिन आफ्ना लागि किन विशेष र महत्वपूर्ण छ । यसबाट प्राकृतिक स्मरण शक्तिको सदुपयोग नहुने मात्र होइन, भएको स्मरणशक्ति पनि क्षीण हुँदै जान्छ ।

२. अल्छीपन :
प्रविधिप्रतिको बढ्दो रुचि एवं प्रयोगले हामीलाई अल्छी बनाउँदै लगेको छ । चाहे बिजुली, पानी तथा फोनको बिल तिर्न होस् वा बस, हवाईजहाजको टिकट बुक गर्न वा घर बसेर अनलाइन सपिङ गर्न, मात्र एउटा क्लिक गर्दैमा सबै समस्या समाधान हुन थालेका छन् । स्मार्ट फोनको इजी एप्लिकेसन वा ल्यापटप, कम्प्युटर अनि इन्टरनेटको सुविधाले उक्त कुरा सहज बनाएको छ र त्यसले हामीलाई अल्छी बनाउँदै लगेको छ ।

३. नराम्रो ह्यान्डराइटिङ :
पिसी-ल्यापटपको किबोर्ड र मोबाइलको कि-प्याडले हाम्रो ह्यान्डराइटिङलाई पूर्णरूपमा बिगारेको छ । टेक्स्ट म्यासेजले नेपाली र अंग्रेजी भाषाको मिश्रण र सर्ट ल्याङ्ग्वेज लेख्न तथा थरीथरीका स्माइली बनाउन त सिकाएको छ, तर सबैभन्दा बढी नोक्सान हाम्रो शब्दकोशलाई भएको छ ।

४. सिर्जनशीलता रित्तिँदै जानु :
प्रविधिका क्षेत्रमा नयाँ-नयाँ प्रयोगका कारण बालबालिकाहरूको सिर्जनात्मकता विस्तारै मर्दै गएको छ । पहिले बालबालिकाहरू ड्रइङका लागि पेपर पेन्सिल प्रयोग गर्थे तर आजभोलि पिसी-ल्यापटपमा उपलब्ध पेन्ट सफ्टवेयरबाट ड्रइङ गर्न थालेका छन् । त्यसको प्रभाव उनीहरूको प्राकृतिक सिर्जनामा पर्दैै गएको छ ।

५. परिवारका लागि समय अभाव :
स्मार्ट फोन, ट्याबलेट वा ल्यापटपबाट टाढा रहनु अब असम्भव हुँदै गएको छ । केही समय प्राप्त हुनेबित्तिकै म्यासेज, इमेल, कल्स, सोसल नेटवर्किङ साइट्स अन हुन्छ । परिवार र बालबालिकाका लागि समय निकालिँदैन । अवस्था कहाँसम्म पुगेको छ भने सोसल नेटवर्किङ साइट्स नै हाम्रो जीवन बनेको छ ।

६. मित्रतामा ग्रहण :
आजभोलि बालबालिका एवं युवावर्ग मात्र नभई प्रौढ उमेरकाहरू पनि टेक्नो फ्रेन्डली हुन थालेका छन् तर प्रविधिको सबैभन्दा ठूलो प्रभाव युवापुस्तामा परेको पाइन्छ । नेटवर्किङ साइट्स आएपछि युवापुस्ता अन्तर्मुखी भएको छ । स्कुल-कलेजका साथीहरू मात्र सोसल नेटवर्किङ साइट्समा सीमित हुन पुगेका छन् ।

७. अकारण अनलाइन सपिङ :
प्रविधिको बढ्दो प्रसारका कारण व्यक्तिमा अनलाइन सपिङको क्रेज बढ्दो छ । अनलाइन सपिङबाट प्रभावित भएर कतिपयले अकारण वा आवश्यकता नभए पनि अनलाइन सपिङ गर्छन् । कतिपय कम्पनीले आफ्ना अनलाइन ग्राहकलाई लोभ्याउन आकर्षक अफर प्रदान गर्छन् र ग्राहकहरू पनि ती अफरको प्रभावमा बढी सपिङ गर्छन् ।

८.पोर्न साइट्सको बढ्दो प्रभाव :
प्रविधिका कारण पोर्नोग्राफीले युवाहरूको मोबाइल, ल्यापटपमा तीव्र गतिमा प्रवेश गरेको पाइन्छ । एक अध्ययनअनुसार युवावर्ग नै पोर्न साइट्स प्रयोग गर्नेमा सबैभन्दा अगाडि छ, जसमा १३ वर्षदेखि २२ वर्षका युवा बढी सक्रिय छन् ।

९. अटेन्सन प्राप्त गर्ने होड :
अनेकौं सोसल नेटवर्किङ साइट्सको आगमनपछि व्यक्तिमा अटेन्सन प्राप्त गर्ने होड बढेको पाइन्छ । उनीहरूको मन-मस्तिष्कमा हरेक समयमा तस्बिर वा कमेन्टमा अटेन्सन प्राप्त गर्ने चाहना बढ्दो छ । विशेषज्ञहरूका अनुसार मानसिक रूपबाट कमजोर व्यक्ति त ती साइटलाई नै आफ्नो संसार मान्न थाल्छन् । जब कुनै कारणले फेसबुक फ्रेन्ड वा च्याट फ्रेन्डले कुरा गर्न कम वा बन्द गर्छ, तब उनीहरू तनावग्रस्त हुन्छन् वा डिप्रेसनको सिकार हुन्छन् ।

१०. ज्यानको खतरा :
सडकमा हिँड्दा, मर्निङ वाक वा जगिङ गर्दा, ड्राइभ गर्दा फोनमा कुरा गर्नु, इयरफोन वा हेड फोन लगाएर म्युजिक सुन्दै सडक पार गर्नु, ड्राइभिङ गर्दै म्यासेज पठाउनु, फोनमा लामो समयसम्म कुरा गर्नु जीवनका लागि खतरनाक साबित हुन सक्छ । प्रविधिको यो सबैभन्दा खतरनाक पक्ष हो ।

कसरी जोगिने ?

- मोबाइल, ल्यापटपको प्रयोग आवश्यक कामका लागि मात्र गर्नुपर्छ ।

- प्रविधिको लतबाट जोगिन दैनिक कम्तीमा आधा घन्टा आफ्नो रुचिको पुस्तक वा पत्रिका पढ्नु राम्रो हुन्छ ।

- कुनै क्लब वा लाइब्रेरीको मेम्बर बन्नु उपयुक्त हुन्छ वा आफ्नो रुचिअनुसार पेन्टिङ, म्युजिक, डान्स, गल्फ, फिसिङ, जिम वा एक्सरसाइज क्लास ज्वाइन गर्नुपर्छ ।

- मित्रवर्ग र आफन्तजनसित  व्यक्तिगत भेटघाट गर्ने योजना बनाउनु उपयुक्त हुन्छ ।

- अफिसबाट घर आएपछि मोबाइल, ल्यापटप आदि बन्द गर्नुपर्छ । त्यसो हुन सक्यो भने परिवारजनसित समय बिताउन सकिन्छ ।

विद्यार्थीका लागी उपयोगी वेबसाइट

इन्टरनेट, सूचनाको द्रुत राजमार्ग मात्र होइन, ज्ञानको महत्त्वपूर्ण स्रोत पनि हो । अहिले हरेक कुरा इन्टरनेटमा छ, कोर्सका कुरादेखि लिएर होमवर्कका कुरा सबै । यद्यपि इन्टरनेट जोडेर कम्प्युटर चलाउन बसेका धेरैलाई पर्ने समस्याचाहिँ के हो भने आफूलाई चाहिने ती ज्ञान र सूचना प्राप्त गर्न कहाँबाट सुरु गर्ने ? अनि ती सामग्रीको विश्वसनीयता के होला ? अधिकांशले आफूले खोजेको, चाहेको विषयलाई दुई वा तीन शब्दमा गुगलमा खोजी गर्छन्, त्यसले व्यापक नतिजा देखाइरहेको हुन्छ जुन आफूले चाहेको भन्दा निकै टाढाको विषय पनि हुनसक्छ । त्यसका लागि इन्टरनेटमा उपलब्ध केही वेबसाइटलाई साथी बनाउन सकिन्छ । त्यो कुनै प्रोफेसरको ब्लग पनि हुनसक्छ अनि कुनै रेफरेन्स लाइब्रेरी पनि ।

www.refdesk.com

फ्याक्ट चेकर फर द इन्टरनेट, नारा बोकेको यो वेबसाइटमा नारामा जस्तै सत्य-तथ्यमा आधारित सामग्री छन् यसमा गुगल गरेर पाइने सामग्रीभन्दा बिलकुलै फरक सामग्री छन् । विश्वभरका समाचार, तिनको संग्रह, विश्वप्रसिद्ध व्यक्तित्व तिनका कामहरू, भूगोल, प्रकृति, अर्थव्यवस्था, समाज, व्यवस्थापन, इन्जिनियरिङ आदि अनेकन विषयका लेख यसमा उपलब्ध छन् । यसले गुगल, बिंग, याहु, विकिपीडियाजस्ता प्रमुख सर्चइन्जिनका अप्सन पनि होमपेज मै उपलब्ध गराएको छ । युट्युबका साथ धेरै डिक्सनरी र विश्वकोषमा खोजी गर्ने अप्सन पनि यसमा उपलब्ध छ । यसको विशेषता भनेको सूचना र ज्ञानका लागि आवश्यक इन्टरनेटका पेजहरू एकै ठाउँमा उपलब्ध हुनु हो ।

www.actmonster.com

एउटा विद्यार्थीले यो वेबसाइटमा अध्ययनका लागि सामग्री प्राप्त गर्न सक्छ । यसमा रेफरेन्स डेस्कका रूपमा होमवर्क सेन्टर, एटलास, डिक्सनरी, इन्साइक्लोपेडिया, क्विज, प्रसिद्ध व्यक्तिका जीवनी आदि उपलब्ध छ जसले होमवर्क गर्न सघाउनेदेखि विश्वभर भएका भौतिक, अध्यात्मिक उन्नति एवं विकासको पूर्ण विवरण उपलब्ध गराउँछ । विश्व, विज्ञान, खेलका साथै गणितका तथ्यपूर्ण सामग्री यसको विशेषता हो । यसको टाइमलाइन सेक्सनमा इतिहासका भर्चुअल यात्राको अवसर छ । यो वेबसाइट सिकाउने मात्र होइन सम्झाउने गुण सहित उपलब्ध छ ।

www.wolframalpha.com

यो वेबसाइट विद्यार्थी एवं अनुसन्धानकर्ताहरू लागि महत्वपूर्ण स्रोत हो । यसको विशेषता खोजीलाई क्याल्कुलेट गर्न सक्नु हो । यो वेबसाइट आवश्यकताअनुसारको सूचना दिन सक्षम छ । त्यसैले यसका सञ्चालकहरू यसलाई कम्प्युकेसनल नलेज इन्जिनियरिङ भन्छन् । यो एउटा सामान्य सर्च इन्जिन मात्र होइन, एउटा बुद्धिमान खोज पनि हो, जसले सूचना खोज्ने मात्र होइन नतिजा पनि दिन्छ । यसमा दुई शब्द टाइप गरेर खोज गर्दा सामान्य सर्च इन्जिनले जस्तो ती दुई शब्द भएका पेजहरू मात्र खोजेर देखाउँदैन, ती दुईबीचको तुलनात्मक अध्ययनसमेत गरेर रिजल्ट देखाउँछ ।

www.infoplease.com

इन्फोप्लिज, एउटा स्रोत-संग्रहको वेबसाइट हो, जसमा इतिहासदेखि वर्तमानसम्म समेटिएको छ । यसमा उपलब्ध तथ्यहरूले अध्ययनलाई तार्किक निष्कर्षमा पुर्‍याउन सजिलो बनाउँछन् । यसमा विश्वभरका अखबार पढ्न सकिन्छ । इतिहास, खेलकुद, जीवनी कला मनोरञ्जन, व्यापार स्वास्थ्य र विज्ञानका लेख एवं सम्बन्धित विषयका राम्रा वेबसाइटको लिंक यसमा उपलब्ध छ ।

www.wisegeek.com

वाइजगिकडटकम लेखहरूको भण्डार हो । अनुसन्धानमूलक लेखको संग्रह रहेको यो वेबसाइटमा कलेज एवं विश्वविद्यालयहरूमा अध्यापन हुनेदेखि सबै विषयका राम्रा तथा स्तरीय लेखहरू उपलब्ध छन् । यसले आफूसँग विज्ञान तथा इन्जिनियरिङसँग जोडिएका धेरै विषयमा साढे चार हजार, युवा शिक्षा तथा तालिममा साढे १५ हजार, महान् व्यक्तित्वका विषयमा १ हजार ३ सय, अर्थका सम्बन्धमा ७ हजार, जनावर तथा पर्यावरणका सम्बन्धमा करिब ५ हजार, प्रविधि, ग्याजेटका सम्बन्धमा ४ हजार लेख भएको दाबी गरेको छ । यति धेरै लेख र विषय उपलब्ध हुनु नै यसको विशेषता हो ।

www.pustakalaya.org

नेपाली भाषाका वेबसाइटमध्ये यो अध्ययनका लागि उपयुक्त वेबसाइट हो । यो साझा शिक्षा ई-पाटीको ई-पुस्तकालय नेपाली कला, साहित्य, विज्ञान, पत्रपत्रिकाको सँगालो भएको नि:शुल्क वेबसाइट हो । यसमा नेपाली पत्रपत्रिकाहरू विषय सामग्री, सन्दर्भ सामग्रीका साथै शिक्षण सामग्रीहरू उपलब्ध छन् । यसमा भिडियो, नक्सा, स्कुल विकिपिडिया, अंग्रेजी भाषा क्रियाकलाप, ई-पाठका साथै बालबालिकाका लागि ई-अध्ययनसमेत उपलब्ध छ । यसमा सरकारी स्रोतसामग्री देखी विषयगत सामग्रीमा सामाजिक शिक्षा, समाजशास्त्र, संस्कृत, विज्ञान, वातावरण, राजनीतिशास्त्र, दर्शनशास्त्र, अंग्रेजी आदि विषयका अध्ययन सामग्री छन् । यो वेबसाइटमार्फत विभिन्न साहित्यिक रचना तथा पुस्तक नि:शुल्क डाउनलोड गर्न सकिन्छ ।

www.dictionary.com.np

नेपालमा अध्ययन गर्ने धेरै विद्यार्थीका लागि अंग्रेजी जटिल विषय हो । अंग्रेजी र नेपाली दुई प्रमुख भाषा कलेजमा प्रयोग हुने भएकाले त्यसका शब्दको प्रयोग राम्रोसँग गर्नु आवश्यक छ । कहिले अंग्रेजीको कुनै शब्दको अर्थ आउँदैन त कहिले नेपाली शब्दलाई अंग्रेजीमा अथ्र्याउन सकिँदैन । त्यस्तो अवस्थामा यो डिक्सनरी सहयोगी हुन्छ । अंग्रेजी भाषामा धेरै डिक्सनरी अनलाइनमा भेटिए पनि नेपालीको अंग्रेजीमा अर्थ दिने डिक्सनरी फेला पार्न मुस्किल छ । यो नेपाली र अंग्रेजी भाषाका शब्दको अर्थ भएको वेबसाइट हो ।

www.gutenberg.org

प्रोजेक्ट गुटेनबर्ग अन्तर्गत सञ्चालन गरिएको यो वेबसाइट विद्यार्थीका लागि यसकारण पनि महत्वपूर्ण छ कि यसले ऐतिहासिक पुस्तकहरू नि:शुल्क रूपमा उपलब्ध गराउँछ । यसबाट अंग्रेजी साहित्य, विश्व इतिहासका साथै विभिन्न विषयका महत्वपूर्ण पुस्तक नि:शुल्क डाउनलोड गर्न सकिन्छ ।

www.library.nu

यो इन्टरनेटमा उपलब्ध अनलाइन लाइब्रेरीमध्ये विद्यार्थीका लागि राम्रो काम दिने पुस्तकालय हो । यसमा क्याम्पसदेखि विश्वविद्यालय तहमा आवश्यक पर्ने अनेकन पुस्तक उपलब्ध छन् । मानविकी, व्यवस्थापन, विज्ञान, प्रविधि, कानुन आदि सबै क्षेत्रका पुस्तक यसमा उपलब्ध छ । अनलाइन प्रतिलिपि अधिकारसम्बन्धी विधेयक सोपा र पिपाको चर्चा हुनुभन्दा अघि यसमा ४१ हजार पुस्तक नि:शुल्क प्राप्त गर्न सकिन्थ्यो । अहिले पनि यसमा विभिन्न पुस्तकको जानकारीका साथै अनलाइन अध्ययनको सुविधा पाइन्छ ।
साभार: साप्ताहिक

अवसरले आर्थिक सम्पन्नतातर्फ

हाम्रो जीवनशैली सूचना-प्रविधिमा अभ्यस्त हुँदै गएको छ । नेपालको आईटी क्षेत्रमा अवसरका सम्भावनाहरू पनि बढेर गएका छन् । बढ्दो आउटसोर्सिङसँगै कतिपय युवाले सूचना-प्रविधिको क्षेत्रबाटै राम्रो आम्दानी गरिरहेका छन् । अनलाइनबाटै सरल एवं भरपर्दो सेवा प्रदान गर्न सकिने भएकाले यो व्यवसायको आकर्षण बढी छ भने सूचना-प्रविधिको क्षेत्रमा देखिएको कमाइले पनि युवाहरूलाई आधारभूत ज्ञान लिन आईटीका विविध कोर्सतर्फ अग्रसर गराउँदै लगेको छ ।

आईटीमा कार्यरत युवाहरूको कामको चर्चा गर्दा विगत एक दशकदेखि सक्रिय चक्रपाणि अधिकारीको नाम अंग्रपंक्तिमा आउँछ । डोमेन रजिस्ट्रेसन, वेभ होस्टिङ, वेबसाइट निर्माण एवं प्रोग्रामिङका सेवाहरू आइसफ्ट टेक्नोलोजीमार्फत दिँदै आएका अधिकारीले गुगल एडसिन तथा आइसिटी परामर्श सेवाबाटै आईटीमा आफ्नो करियर बलियो बनाउन सके । अधिकारीले नेपालभित्र सरकारी तथा प्राइभेट क्षेत्रलाई आइसिटी कन्सल्टेन्सी सेवासमेत उपलब्ध गराउँदै आएका छन् ।       

अमेरिका, क्यानाडालगायत युरोपमा आइटसोर्स सेवा प्रदान गर्ने अधिकारीले क्यानको सफ्टवेयर क्षेत्रको विकास एवं प्रवर्द्धनका लागि बीपीओ संयोजक भएर जिम्मेवारीसमेत वहन गरिसकेका छन् । आईटीएस नेपालका पूर्वअध्यक्ष अधिकारी नेपाल सरकारको कार्यालयका डकुमेन्टहरू डिजिटल फर्मेटमा लानुपर्ने हुँदा आईटीमा प्रसस्त अवसर थपिँदै गएको बताउँछन् ।

ई. कुमार श्रेष्ठ वेब प्रगामिङका हस्ती हुन् । श्रेष्ठसँग पाँच वर्ष लामो अनुभव छ । वेब होस्टिङ, वेभ निर्माण तथा आइसिटी परामर्श सेवा एवं गुगल एडसिन एकाउन्टका लागि नेपाली मिडिया सञ्चालकहरूलाई टिप्स दिएर ३० भन्दा बढी गुगल एडसिन एकाउन्ट नेपाली अनलाइन साइट ब्लगमा राख्ने सरल उपाय सिकाउने खुबी छ श्रेष्ठमा  ।

वेब प्रोगामिङ तथा वेब होस्टिङमा दक्ष ई.कुमार श्रेष्ठ भन्छन्-९१ प्रतिशत काम विदेशबाट आउँछन् । आफूले यो क्षेत्रबाटै राम्रो कमाइ गरेको बताउँदै विदेशबाट अफरहरू आए पनि स्वदेशमै रहेर आईटीमा सफल उद्यमी बन्ने लक्ष्य लिएको श्रेष्ठले उल्लेख गरे ।

सुरेन्द्र बुढाथोकी वेब प्रोग्रामिङमा सक्रिय छन् । बुढाथोकी सीएमएस भर्सनको वेबसाइट डिजाइन गरेरै महिनाको लाख रुपैयाँ कमाउँछन् । वेबमा काम गर्नु आफ्ना लागि कुनै नौलो काम नभएको सुरेन्द्र बताउँछन् । फ्रि वेब थेम र टुल्सहरू अनलाइनबाटै पाइए पनि त्यसको व्यवस्थापन गर्न जानिएन भने त्यो वेभ निर्माणको व्यवसायिकता नहुने सुरेन्द्रको तर्क छ ।

अन्तर्राष्ट्रिय बजार मूल्य नेपालको बजार मूल्यभन्दा धेरै राम्रो भएकाले युवाहरू आईटीसँग जोडिने गरेका हुन् । प्रोग्रामिङको क्षेत्रमा हात हालेका कुमार श्रेष्ठ तथा सुरेन्द्र बूढाथोकीका अनुसार यो क्षेत्रमा काम गर्दाको मज्जा बेग्लै छ । काम निश्चित समय र मापदण्डभित्र पूरा हुनुपर्ने भएकाले एकपटक गुणस्तरीय काम दिन सकियो भने कामको कुनै दु:ख हुँदैन । सुरेन्द्र आफ्नो कमाइबाट आफू मात्र नभै परिवारसमेत सन्तुष्ट रहेको बताउँछन् ।

छिमेकी मुलुक भारतमा आईटीका कामहरू महँगो हुँदै गएकाले नेपाली बजारमा सम्भावना बढ्दै गएको छ र यसमा युवापुस्ता अगाडि पनि छ । साइवर स्टेसन, इन्टरनेट सेवाप्रदायकदेखि आईटी कम्पनीसम्म युवापुस्ताकै बाहुल्यता छ । नेपाली बजारमा काम गर्ने युवाहरू सयबाट हजारको संख्यामा प्रत्येक वर्ष थपिँदै गएका छन् । अधिकारी, कुमार श्रेष्ठ एवं सुरेशको आईटी प्रोफायलले युवापुस्तालाई प्रेरणा मिल्नेछ भने हजारौं युवा आत्मनिर्भर बन्ने कुरामा पनि कुनै शंका छैन । सरकारले पनि सम्भावना बोकेको आईटी क्षेत्रलाई पहिलो दर्जामा राखेर युवापुस्तालाई यो क्षेत्रमा लाग्न सक्ने वातावरण सिर्जनाका लागि बलियो आईटी नीति तयार गर्न गम्भीर रूपमा चिन्तन गर्नुपर्ने बेला आइसकेको छ ।
साभार: साप्ताहिक

कम्प्युटरको Folder लाई कसरी Colorful र आकर्षक बनाउने

तपाईको कम्प्यूटरमा रहेका फोल्डरहरुलाई कसरि राम्रो, आकर्षक र  कलर फुल बनाउन सकिन्छ भनेर आज मैले यो पोस्ट लिएर आएको छु । यसको मार्फत तपाईहरुले पनि आफनो Windows को Desktop र Hard-drive भित्र रहेको फोल्डरलाई थरी-थरीका रंगमा सजाउन सक्नुहुन्छ ।


 यसकालागि तल दिइएका प्रक्रियाहरु अपनाउनुपर्ने छ :- 

१. कलर फुल Folder बनाउन को लागि एउटा ''Folder Colorizer '' नामक Software चाहिन्छ त्यसको लागि यहाँ क्लिक गर्नुहोस ।

२. Download भएपछि यसलाई Install गर्नुहोस् ।

३. अब यसलाई उपयोग गर्न सक्नुहुन्छ । त्यसकालागि कुनै पनि फोल्डरमा Right Click गरि Colorize मा जानुहोस्।

४. अनि तपाईलाई मनपर्ने कुनैपनि रंग छान्नुहोस् ।

५. यदि त्यहाँ देखाएको रंग मन परेन भने त्यहिं अन्तिममा Colors... मा click गरि मनपर्दो विभिन्न रंग बनाउन सक्नुहुन्छ ।


नोट:- यदि तपाईलाई यो बनाएको रंग मन परेन भने वा कुनै कारणले पनि ठिक लागेन भने त्यहाँ देखाएको रंगको दोस्रो अन्तिममा Restore Original Color मा Click गरि पुरानै तरिका (रंग) मा जानसक्नुहुन्छ ।

कम्प्युटर छिटो बनाउने ७ तरिका : जानिराखौ

कम्प्युटर, यो उपकरणसँग हाम्रो दैनिकी र रोजीरोटी नै जोडिइसकेको छ। कम्प्युटर बिना संसार मात्र होइन घरबार पनि चल्न सक्छ भन्ने सोच निक्कै कमसँग हुने अवस्था बनिसकेको छ। यसको माध्यम भएर नै हिसाब किताब देखी लेखन र सम्पर्क सबै हुने गर्दछ। त्यसो त अनलाइन भइसकेको दैनिकीमा यो नै इन्टरनेट र साथीभाईसँग जोडिने सर्म्पर्कमा बस्ने माध्यम हो। मनोरञ्जन देखी कार्यालयको काम अनि व्यवसायको प्रबर्द्धन सबै काम हुन्छ यो प्राविधिक बट्टो कम्प्युटरमा। घर वा कार्यालय २४ सै घण्टा जस्तो कम्प्युटर
खुल्ला पनि हुन्छ अनि सक्रिय पनि। यसरी कम्प्युटरमा काम गरिरहँदा तपाइँलाई कम्प्युटर सुस्तो भएको अनुभव भएको पनि होला। कम्प्युटर चलाउँदा चलाउँदा तपाइँको हातले दिने कमाण्ड कम्प्युटरले काम गर्ने गति भन्दा छिटो पनि भइसकेको हुन्छ। जसका कारण पनि तपाइँलाई कम्प्युटर सुस्तो भएजस्तो लाग्छ। त्यसो त लामो समय सम्म इन्टरनेट हेर्दा वा दैनिक जस्तो चलाउँदा कम्प्युटरमा बन्ने टेम्पोररी फाइलका कारण पनि कम्प्युटरको काम सुस्तो हुनसक्छ। कारण जे भएपनि तपाइँ हामी आजकल कम्प्युटर सुस्तिएको मन पराउँदैनौं। हामीलाई कम्प्युटर छिटो खुलोस् अनि छिटो छिटो काम गर्न सकियोस् भन्ने लाग्छ। तर विभिन्न कारणले कम्प्युटर भने सुस्तो भइरहेको हुन्छ।

तपाईको कम्प्युटर पनि सुस्तो भएको अनुभव गर्नुभएको छ भने कम्प्युटरलाई छिटो बनाउनका लागि यस्ता सात उपाय अपनाउन सकिन्छ।

१. टेम्पोररी फाइल फाल्नुस (Delete Temporary Files) :
कम्प्युटर चलाउँदा कम्प्युटरमा हामीले खोलेका फाइल तथा सफ्टवेयर चल्ने क्रममा धेरै अरु टेम्पोररी फाइलहरु बन्ने गर्दछन्। त्यस्ता फाइलहरुले पनि कम्प्युटरलाई सुस्त बनाउँछन्। त्यसैले यस्ता फाइल समय समयमा हटाउनु (डिलिट गर्नु) पर्छ। कम्प्युटरमा यस्ता खालका फाइलहरु जम्मा हुने एउटै मात्र वीण्डो हुन्छ। कम्प्युटरलाई छिटो बनाउन चाहनुहुन्छ भने तपाइँले कम्प्युटरको स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको रन वीण्डोमा गएर   %temp%  टाइप गर्नुपर्छ । यती टाइप गरेर इन्टर गरेपछि तपाइँको कम्प्युटरमा उत्पन्न भएका सबै टेम्पोररी फाइल भएको फोल्डर वीण्डो खुल्छ। त्यहाँ भएका सबै फाइल तथा फोल्डर डिलिट गर्न सक्नुहुन्छ। जसले तपाइँको कम्प्युटरलाई छिटो बनाउँछ।

२. अनावश्यक फाइल फाल्नुहोस (Remove Unused Files) :
हामीले इन्टरनेट चलाउँदा हाम्रो कम्पूटरमा विभिन्न् अनावश्यक र हिस्ट्री फाइलहरु आफैँ डाउनलोड भएर बसेको हुन्छ जुन हामीलाई कुनै उपयोगी हुँदैन। यस्ता फाइलहरुले पनि हाम्रो कम्प्यूटर सुस्त बनाउँछ । तसर्थ यस्ता नचाहिने फाइलहरुलाई बेला-बेलामा हटाउनु (डिलिट गर्नु) पर्छ । कप्यूटरमा यस्ता खालको फाइल जम्मा हुने पनि  एउटै मात्र वीण्डो हुन्छ। यस्ता अनावश्यक फाइल हटाइ कम्प्यूटरलाई फास्ट बनाउनका लागि सबैभन्दा पहिला कम्प्यूटरको स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको रन वीण्डोमा गएर  prefetch  टाइप गर्नुपर्छ । यती टाइप गरेर इन्टर गरेपछि तपाइँको कम्प्युटरमा उत्पन्न भएका सबै अनावश्यक फाइल भएको फोल्डर वीण्डो खुल्छ। त्यहाँ भएका सबै फाइल तथा फोल्डर डिलिट गर्न सक्नुहुन्छ। जसले तपाइँको कम्प्युटरलाई छिटो बनाउँछ।      

३. इन्डेक्सीङ बन्द गर्नुस (Close Indexing) :
कम्प्युटरमा एउटा सुविधा हुन्छ तपाइँले सुरक्षित (सेभ) गरेको फाइल तथा फोल्डरलाई इन्डेक्सीङ गर्ने। जसको कारण कम्प्युटरले तपाइँले कुनै पनि ड्राइभमा राखेको फाइल तथा फोल्डर खोज्दा छिटो पत्ता लगाउँछ। कम्प्युटरको कुनै पनि ड्राइभको प्रोपर्टिजमा तपाइँले इन्डेक्सीङको सुविधा उल्लेख गरेको पाउनु हुन्छ। जसले कम्प्युटरको प्रोसेसर र मेमोरीको धेरै अंश खपत गर्दछ। यसको मतलब हो तपाइँको कम्प्युटर सुस्त हुन्छ। यसखालको इन्डेक्सीङ सुविधा नीजि तथा व्यक्तिगत प्रयोगका कम्प्युटरहरुमा प्रयोग नगर्दा पनि हुन्छ। किनभने तपाइँ आफूले राखेको फाइल तथा फोल्डर कहाँ हो भन्ने थाहा नै नहुने भन्ने हुँदैन इन्डेक्सीङ सेवालाई प्रयोग नगर्दा (डिसेबल गर्दा) कम्प्युटरमा पर्ने प्रभाव भनेको खोजी (सर्च) सुस्तो (स्लो) हुने मात्र हो। यसरी कम्प्युटरमा इन्डेक्सीङ बन्द गर्न वा प्रयोग नगर्न कुनै पनि ड्र्राईभ (सी, डी वार् इ)को आइकनमा दायाँ (राइट) क्लिक गरेर प्रोपर्टिजमा गएर ‘Allow files on this drive to have content indexed in addition to file properties ‘ मा रहेको ठीक (चेक) लाई हटाउन सक्नुहुन्छ। यसो गर्नुभयो भने तपाइँको कम्प्युटर छिटो हुन्छ।

४. डिस्क क्लिनअप (Disc Cleanup) :
कम्प्युटर चलाउँदा यसमा रहेका विभिन्न ड्राइभमा अनावश्यक वा आवश्यक फाइलहरुले गर्दा खाली ठाउँको कमी हुँदै गयो भने पनि कम्प्युटर सुस्तो हुन्छ। कम्प्युटरका प्राथमिक र दि्वतिय खालका ड्राइभमा विभिन्न सफ्टवेयर वा फाइलहरु चलाउँदाका अनावश्यक टेम्पोररी फाइल साथै विभिन्न समयका इरर रिपोर्ट जम्मा हुन्छन्। वीण्डोज प्रणालीले यस्ता खालका फाइल हटाउने सुविधा दिएको हुन्छ। जुन तपाइँले सम्बन्धित ड्राइभमा दायाँ क्लिक गरेर डिस्क क्लिनअप भन्ने सुविधा पाउनुहुन्छ। जसले अनावश्यक त्यस्ता फाइल हटाइ दिन्छ र तपाइँको कम्प्युटरको गति बढ्छ। त्यसका लागि तपाइँले कम्प्युटरमा स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको डिस्क क्लिनअपमा जानुपर्छ। त्यसपछि देखीने वीण्डोमा गएर डिस्क क्लिनअपमा क्लिक गरेपछि तपाँइको कम्प्युटरको छनौट गरिएको डिस्कमा रहेका अनावश्यक फाइलहरु हटेर तपाइँको कम्प्युटर छिटो चल्छ।

५. हार्ड ड्राइभ डिफ्र्यागमेन्ट गर्ने (Hard-disc Defragment) :
कम्प्युटरको डिस्कमा गरिने डिफ्र्यागमेन्टेसनले कम्प्युटरको हार्ड डिस्कलाई केही थप कामहरु लगाउँछ। जसको कारण कम्प्युटरले गर्ने कामहरु सुस्तो हुन्छ। यसको विपरित डिफ्र्यागमेन्टेसनले कम्प्युटरको हार्ड डिस्कमा रहका फाइलहरुलाई क्रमबद्ध रुपमा यसरी मिलाउँछ ताकि उसले त्यसलाई छिटो भेट्न र खोल्न सकोस्। त्यसैले समय समयमा कम्प्युटरका ड्राइभहरुलाई डिफ्र्यागमेन्ट गर्नुपर्छ। यसो गरेको खण्डमा पनि कम्प्युटरको गति केही बढेको अनुभव गर्न सकिन्छ। डिफ्र्यागमेन्ट गर्नका लागि कम्प्युटरमा क्रमैसँग स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको डिस्क डिफ्र्यागमेन्टर जानु पर्दछ। त्यसो त कुनै पनि ड्राइभका दायाँ क्लिक गरेर प्रोपर्टिजमा रहेको टुल भन्ने विकल्प (अप्सन)मा गएर डिफ्र्यागमेन्ट गर्ने बटन पाउन सक्नुहुन्छ।

६. अनावश्यक सुरुवाती प्रोग्राम बन्द गर्ने (Close Unused Start Programme) :
जब तपाइँ कम्प्युटर खोल्नुहुन्छ। कम्प्युटरसँगै विभिन्न सफ्टवेयरहरु पनि खुल्छन्। मेसेन्जर, नेपाली मिती र क्यालेण्डर, डाउनलोड मेनेजर लगायतका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुलिरहेका हुन्छन्। जुन तपाइँका लागि सँधै आवश्यक नभएपनि तपाइँको कम्प्युटरमा पृष्ठभूमिमा चलिरहेका हुन्छन्। जसले तपाइँको कम्प्युटर र इन्टरनेटको गति दुवैलाई सुस्तो बनाउँछन्। यस्ता सफ्टवेयरहरुलाई बन्द गराउनु भयो भने कम्प्युटरको गति कम्तिमा २० प्रतिशत बढ्छ। कम्प्युटरका सुरुवाती (स्टार्टअप) प्रोग्राम हटाउनका लागि तपाइँले कम्प्युटरको स्र्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको रन वीण्डोमा गएर  msconfig  टाइप गर्नुपर्छ। त्यसपछि गरिने इन्टरले तपाइालाई सिस्टम कन्फिगरेसनको विकल्पमा पुरयाउँछ त्यहाँ रहेको स्टार्टअप विकल्पमा गएर तपाइँलाई कम्प्युटरसँगै खुल्नु आवश्यक नभएका सफ्टवेयरहरुलाई नखुल्ने बनाउन सक्नुहुन्छ। स्टार्टअपमा देखिएका सफ्टवेयरहरु मध्ये आफूलाई आवश्यक नलागेकामा भएको ठीक (चेक)लाई हटाउनुस् र ओके गर्नुहोस्। तपाइँको कम्प्युटर अब छिटो खुल्छ।

७. सि क्लिनर (C Cleaner) :
हामीले कम्प्यूटर र इन्टरनेट प्रयोग गर्ने क्रममा विभिन्न किसिमका अनुपयोगी फाइलहरु आफैँ बन्छन् जस्तै: इन्टरनेट तथा कम्पूटर टेम्प्रोरी फाइल, हिस्ट्री, कुकीस्, क्यास, इरर, आदि जस्ता फाइलहरु। यस्ता नचाहिने फाइलले  गर्दा हाम्रो कम्प्यूटर स्लो हुन जान्छ । यी अनुपयोगी फाइलहरुलाई सि क्लिनर सफ्टवेरको मदतबाट समय-समयमा हटाउनु पर्दछ । यसका लागि सि क्लिनर इन्स्टल गरेपछि त्यसलाई ओपन गर्नुहोस् र रन क्लिनरमा क्लिक गर्नुहोस्।  यदि तपाईको कम्प्युटरमा यो सि क्लिनर सफ्टवेयर इन्स्टल छैन भने यहाँ क्लिक गरि डाउनलोड गर्न सक्नुहुन्छ। त्यसमा नभए यसमा क्लिक गरि डाउनलोड गर्नुहोला ।

नोट:- माथिका सम्पूर्ण उपायहरु अपनाएर बेला-बेलामा तपाइले आफ्नो कम्पूटर सफा गर्ने हो र तपाइको कम्प्युटरमा ओर्जिनल एन्टीभाइरस राखेर समय-समयमा भाइरस स्क्यान गर्ने हो भने तपाइले आफ्नो कम्प्यूटरको गति पहिलाको भन्दा ३०-४० प्रतिशत छिटो भएको पाउनुहुनेछ ।