सन् १९८९ मा कम्प्युटर वैज्ञानिक टिम वार्नस लिले गरेको आविष्कार अहिले २५ वर्ष पुगेको छ । आविष्कारको जीवित साक्षी ली अहिले पनि वल्र्ड वाइड वेब -डब्लूडब्लूडब्लू) को सर्वसुलभता र विकासका लागि सक्रिय छन् । यस्तो आविष्कारका लागि विश्व उनीप्रति कृतज्ञ छ, जसले छरिएर पाइने जानकारी एकै ठाउँबाट लिने सुविधा मिलाइदिए ।
२५ वर्ष अगाडि वल्र्ड वाइड वेबको डिजाइन आजको जस्तो आकर्षक थिएन । छोटै अवधिमा यसले यति धेरै चमक पाएको छ जसले विश्वभरका मानिसको दैनिकी बदलेको छ । लीकै आविष्कारको आडमा अहिले ९२ करोडभन्दा धेरै वेबसाइट सञ्चालनमा छन् । विश्वभरका इन्टरनेटका प्रयोगकर्ताका लागि उनको आविष्कार सबैभन्दा काम लाग्ने साधन भयो ।
अहिले हामीसँग इन्टरनेट हातमै छ, तर कुनै वेबसाइट नभएको भए के हुन्थ्यो ? हामी चाहेको कुरा कहाँ खोज्ने थियौं ? हामीले कसरी सबै समाचार एकै ठाउँमा पाउँथ्यौं ? हामीले अरूसँग कसरी सम्पर्क गथ्र्यौं ? गुगलमा सर्च नै कसरी हुन्थ्यो ? फेसबुकमा च्याट नि ? अनि टि्वटर ? २५ वर्षअघिको अवस्था सम्झने हो भने यिनै प्रश्नले दिमाग खियाउँछ ।
लीले वल्र्ड वाइड वेबको सोच सार्वजनिक गर्नु करिब झन्डै ३ दशकअघि नै इन्टरनेटको सुरुवात भएको थियो । उनले सबै जानकारीलाई एकै ठाउँमा राख्न सक्ने सिस्टमको कल्पना गर्नुअघि नै इन्टरनेटमार्फत मेल पठाउने र पाउने सुविधाको प्रयोग भइसकेको थियो । हामी कल्पना गरौं त ? इन्टरनेटमा मेल पठाउने मात्रै सुविधा हुने हो भने हामीलाई यो कति सुख्खा सुविधा लाग्न सक्छ ?
आफ्नै हातमा चलाउँदा लाग्छ, वल्र्ड वाइड वेब नै इन्टरनेट हो । यो इन्टरनेटमार्फत सञ्चालन हुने सुविधा मात्रै हो । इन्टरनेट टाढा टाढाको कम्प्यटुर जोड्ने माध्यम हो भने वल्र्ड वाइड वेब चाहेको कुरालाई एकै ठाउँमा राख्ने सुविधा । एकै ठेगानामा मानिसले चाहेको कुरा राख्न सक्छ ।
रमाई-रमाई चलाउने फेसबुक, टि्वटर, गुगल, विकिपिडिया हुन् वा छिनछिनमा जानकारी लिन खोल्ने न्युज पोर्टल । सबै लीकै आविष्कारको उपज हुन् । वल्र्ड वाइड वेबको आविष्कार भएकै कारण गुगल जन्मिएको हो । अहिले हामी साेच्न पनि सक्दैनौं गुगलबिनाको दैनिकी । किनकि गुगलसँग एन्ड्रोइड, जीमेल, म्याच, सर्च इन्जिनबाहेक पनि थुप्रै चीज छन् । यी चीजबिना हाम्रो दैनिकी कस्तो हुन्थ्यो होला ?
लीले डकुमेन्ट एकत्रित गर्न बनाएको सिस्टम संसारमा छरिएका मानिस जोड्ने माध्यम बनेको छ । धेरै सामग्री एकै ठाउँमा राख्न गरिएको कल्पनाले सोसल मिडियाको रूप पाएको छ । अहिले मोबाइलमै वेब ब्राउजिङका लागि 'मोबाइल ब्राउजर' को विकास भएको छ । यसले हातमै इन्टरनेट चलाउनेलाई झन् सजिलो बनाएको छ । मानिसहरू मोबाइलमा कुराकानी मात्रै गर्दैनन्, समाचार पढ्छन्, च्याट गर्छन्, चाहिने जानकारी पनि लिन्छन् । यसले मानिसलाई खुसी हुने बहानासँगै व्यक्तिगत विकासको अवसर दिएको छ । संसार साँघुरो बनाउन यही आविष्कारको ठूलै भूमिका छ ।
बदलिँदो स्वरूपले २५ वर्षे यात्रामा वेबको डिजाइन र महत्त्व बढाएको हो । अहिले वेबसाइट केका लागि काम लाग्दैन ? जानकारी सार्वजनिक गर्न होस् वा समाचार बाँड्न, केही खोज्न होस् वा केही रोज्न, जेका लागि पनि वेबसाइट नै अपरिहार्य छ । अहिले गुगल, फेसबुक, युट्युब विश्वका सबैभन्दा बढी प्रयोग हुने वेबसाइट हुन् । जानकारी एकै ठाउँमा राख्न सुरु भएका यी प्रविधि आवश्यकताअनुसार खोज्न, सम्पर्क गर्न र मनोरञ्जनका लागि प्रयोग भइरहेका छन् ।
समाचार सार्वजनिक गर्ने सबैभन्दा छिटो माध्यम बनेको छ । त्यसैले विश्वभर न्युज पोर्टलहरू विस्तारै पत्रिका, टीभी, रेडियोभन्दा छिटो समाचार प्रवाह गर्ने माध्यम भएका छन् । अहिले संसारका त्यस्ता कुनै चर्चित रेडियो, पत्रिका वा टीभी नहोला जसको वेबसाइट छैन । वेबकै कारण प्रसारणको संरचनामा बदलाव आएको छ । समाचार पत्रिकाबाट वेबमा सरिरहेको छ ।
सन् १९९१ मा पहिलो वेबसाइटका रूपमा इन्फो डट सीईआरएन डट सीएच सञ्चालन भएको थियो । त्यसको दुई वर्षपछि युरोपियन अर्गनाइजेसन फर न्युक्लियर रिसर्च -सीईआरएन) ले सर्वसाधारणका लागि वल्र्ड वाइड वेब खुला गरेको थियो । ली सीईआरएनकै कम्प्युटर वैज्ञानिक थिए । ली नै पहिलो वेब ब्राउजर र वेब सर्भरको आविष्कारक हुन् । उनैले सुरुमा वेबसाइट डिजाइन गर्ने एचटीएमएलको पनि आविष्कार गरेका थिए । जसले वेबसाइटको डिजाइनमा विविधता ल्यायो । अहिले यसको भर्सन ५ आइसकेको छ । सर्वसाधारणका लागि खुला गरेको दुई वर्षभित्रै २३ हजार ५ सय वेबसाइट चलेको थियो ।
सर्वसाधारणका लागि वेब खुला हुनेबित्तिकै याहु, अमेजन, गुगल, पेपाल, वैदु, विकिपिडिया, वल्र्डप्रेस, फेसबुक, फि्लकरजस्ता दैनिक जीवनमा काम लाग्ने वेबसाइट खुलेपछि यसको लोकपि्रयतासँगै इन्टरनेटको प्रयोगकर्ता ह्वात्तै बढे । अहिले विश्वका ३८ प्रतिशत जनसंख्याले इन्टरनेट चलाउँछन् । उनीहरूले मुख्यतः सुविधा उपभोग गर्न इन्टरनेट चलाउँछन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा ७५ लाख इन्टरनेट प्रयोगकर्ता छन् । यो कुल जनसंख्याको २८ प्रतिशत हो । नेपालका प्रयोगकर्तामध्ये ९० प्रतिशतभन्दा बढी मोबाइलमै इन्टरनेट प्रयोग गर्छन् । उनीहरूलाई जोड्ने माध्यम पनि वल्र्ड वाइड वेब नै हो ।
साभार: कान्तिपुर
प्रकाशित मिति: २०७० चैत्र ७

0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !